Saturday, November 6, 2021

दुई (२) दुस्मन कारोना भाइरस (कोभिड –१९)र प्रतिवन्द्धको विरुद्धमा नेपाली जनता

 
ईरातोखबर अनलाईन २०७६ चैत्र २१ शुक्रबार १२ ः १८ बजे । 

चिरन पुन ‘मिलन’ 
आरम्भ ः 
अहिले हाम्रो देश नेपाल दुई (२) दुस्मनसँगको लडाईमा केन्द्रीत बनेको छ, ति दुस्मनहरु हुन ः 
एक ः कोरोना भाइरस (कोभिड –१९) । 
दुई ः केपी सरकारले जनतामाथि लादेको फाँसिवादी प्रतिवन्द्ध । 
नेपाली जनताको अगाडि यि दुवै दुस्मन निकै खतरनाक, भयानक र डरलाग्दो छ । एकातिर आज संसारभर कोरोना भाइरस (कोभिड –१९)ले हालबेहाल मच्चाइरहेको छ । विश्वनै लकडाउनको अवस्थामा छ । आजसम्मको तथ्याङ्को अवस्थालाई हेर्दा कोरोना भाइरस(कोभिड – १९)को कारणले मृत्युहुनेको सङ्ख्या ५१ हजार ४ सय ४२ जना पुगेको छ । सङ्क्रमितको सङ्ख्या १० लाख, २ हजार, २ सय नाघेको छ ।  अहिले सम्म ईटालीमा १३ हजार ९ सय १५ जना, स्पेनमा १० हजार ९६ जना, अमेरिकामा ५ हजार, ६ सय, ३२ जना, फ्रान्समा ४ हजार, ५ सय ३ जना, चीनमा ३ हजार, ३ सय, १८ जनाको मृत्यु भैसकेको छ । त्यस्तै बेल्जियममा १ हजार ११ जना, ईरानमा ३ हजार, १ सय, ६० जनाको मृत्यु भैसकेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या २ लाख, ३६ हजार, २ सय, ११ जना नाघिसकेको छ भने, ईटालीमा १ लाख २५ हजार, फ्रान्समा १ लाख १० हजार भन्दा धेरै छन् । यो अहिले संसारभरी फैलिएको छ र युरोपका देशहरु अहिले यसको मुख्य चपेटामा छन् । अहिले यो भाइरस भुसको आगोजस्तै संसारका हरेक देशहरुमा फैलिरहेका कारणले गर्दा यो महामारी कहाँसम्म पुग्छ भन्नेकुरा अहिलै भन्न सकिने अवस्था छैन । अर्कोतिर हाम्रो देशमा केपी सरकारले जनतामाथि लादेको फाँसिवादी प्रतिवन्द्धका कारणले निर्दोश मानिसहरु मारिएका छन् । झुट्टामुद्धा लगाईएको छ । नेल भीराइएका छन् । जेल–हिरासतमा डुलाइएका छन । लकडाउनकै अवस्थामा पनि गिरफ्तारीमा पारिएका छन । । त्यसैले नेपाली जनता अहिले दुई (२) दुस्मनका अगाडि निरन्तर निडर÷सचेत संघर्षमा छन । मानवजातिले एकातिर प्राकृतिकरुपमा देखा पर्ने भयाभह मानवमृत्युको कहर बेहोरेकाछन् भने अर्कोतर्फ दलाल पुँजिवादी ÷साम्राज्यवादी शक्तिहरुले जनतामाथि लादिएको दमन, उत्पीडन र मानवमृत्युको कहर बेहोरिरहेको छन । 

जनताको दुई (२) दुस्मनका विरुद्ध सङ्घर्ष र विजय ः 
एक ःकुनै बेला रुस र युरोपका जनताहरु पनि दुई दुस्मनको विरुद्ध भिषण संघर्षमा केन्द्रीत बनेका थिए । त्यो हो एक ः विश्वयुद्धमा सम्केन्द्रीत बनेका साम्राज्यवादीहरु र दुई ः आफ्नै देशका जनविरोधी तानाशाहहरु । सन् १९१४ देखि १९१८ सम्म ४ बर्ष प्रथम विश्वयुद्ध चल्यो । त्यो बेला फ्रान्स, बेलायत र जमर्नी औपनिवेशको मालिक थिए । युरोपका तिनै साम्राज्यवादी देशहरुको टक्करमा प्रथम विश्वयुद्ध शुरु भएको थियो । प्रथम विश्वयुद्धमा युरोपका अस्ट्रो — हङ्गेरी, फ्रान्स, जर्मनी, बेलायत, ईटाली, रुस, जापान र उत्तर अमेरिकाका संयुक्त राष्ट्रहरु जोडिएका थिए । जहाँ दुई (२) करोेड भन्दा धेरै मानिसहरु मारिए । १ करोड भन्दा धेरै मानिसहरु घाईते अपाङ्ग बने । त्यहि युद्धमा जर्मनीले पहिलो चोटी विशालु ग्यासको समेत प्रयोग गर्यो । साम्राज्यवाद–साम्राज्यवादको अन्र्तविरोध र साम्राज्यवाद र उत्पीडित जनताविचको अन्तरविरोध र युद्धका बीच सन् १९१७ नोभेम्वर ७ मा बोल्सेविक पार्टी र क. लेनिनको नेतृत्वमा सोभियत समाजवादी क्रान्ति सम्पन्न भयो । यो क्रान्तिले एकातिर प्रथम विश्वयुद्धको गलत प्रस्तावनाहरुमाथि विजय हासिल गर्यो भने अर्कोतर्फ आफ्नै शाषकहरुले जनतामाथि लादेको तानाशाही दमनलाई परास्त गर्न सफल बन्यो । जसको कारणले गर्दा एकातिर सोभियत समाजवादी सत्तालाई जन्मदियो भने, अर्कोतिर युरोपभर समाजवादी सत्ताको विजारोपण गर्यो । यसरी सोभियत समाजवादी सत्ता स्थापनामा जनताको दुई (२) दुस्मनका विरुद्ध सङ्घर्ष गरे र विजयी प्राप्त गरे । 
दुई ःजतिखेर चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनी जनवादी क्रान्ति अघिबढिरहेको थियो । त्यो अवस्थामा पनि चिनी कम्युनिस्ट पार्टी र त्यहाँका जनताले दुई (२) दुस्मनका विरुद्ध सङ्घर्षलाई एकैचोटि अगाडि बढाउनु परेको थियो । ति दुस्मनहरु थिए एक ः जापानी साम्राज्यवाद जसले लामोसमयदेखि चिनलाई कब्जागरेर बसेको थियो । दोश्रो विश्वयुद्धका गलत प्रस्तावहरु र तिनका नेतृत्वदायी साम्राज्यवादी शक्तिहरु । दुई ः चिनी जनताको विरुद्ध लागिपरेका चिनीया शाषकहरु । (सन् १९३९ देखि १९४५ सम्म) दोश्रो विश्वयुद्धचल्यो । दोश्रो विश्वयुद्ध पनि मानविय क्षेति र विनास निकै ठुलो हुन पुग्यो । सोभियत संघले  २ करोड मानिसहरु गुमाउनु पर्यो । पोल्याण्ड  ६० लाख, जर्मनी  ८० लाख, युगोस्लाभिया  १७ लाख, फ्रान्स  ६ लाख २० हजार, चेकोस्लाभियामा  ८ लाख ५ हजार मानिसहरुको मृत्यु भयो ।  त्यस्तै अमेरिकामा ३ लाख ६७ हजार, फिनल्याण्डमा  ९७ हजार, ईटालीमा  ६ लाख ७० हजार, अष्ट्रीयामा  ३ लाख ४६ हजार, हल्याण्ड २ लाख ५५ हजार, बुल्गेरियामा  ३२ हजार, डेनमार्क  ४ हजार, रोमानियामा७ लाख ७० हजार, बेलायत  ६ लाख ६५ हजार मानिसहरुले मृत्युवरण गरे । भने, ग्रीसमा  ५ लाख ७० हजार, हङ्गेरी  ७ लाख ९० हजार, बेल्जियममा  १ लाख ६० हजार, चिनमा  ३० लाख, भारतमा ५० लाख मानिसहरु त्यसैबखत भएको भोखमरीका कारणले गर्दा मानिसहरुको मृत्यु भयो । यसैविच सन् १९४५ अगष्ट ६ गते विहान ७ ः १५ बजे जापानको हिरोसिमामा ९ हजार पाउण्ड वजन भएको लिटिल व्वाई नामक बम खसाईयो । ९० हजार घरहरु ध्वस्त भयो । ८० हजारभन्दा धेरै मान्छेहरु जलेर खरानी परे । १ लाख भन्दा धेरै  मान्छे जलेर घाईते भए भने, करिब २० हजारभन्दा धेरै बच्चाहरु खरानी भएका सन्दर्भहरु यसै परिवेशमा भएको थियो । 
दोश्रो विश्वयुद्धसम्म आईपुग्दा केहि पात्रहरु मानवसमाजमा सकारात्मक तथा नकारात्मक प्रवृतिहरु बोकेर उदाएका थिए । क)एडोल्फ हिटलर जर्मन (तानाशाह नाईके) ख) बेनिटो मुसोलिनो  (ईटाली)  सन् १८८३ –१९४५, ग)  हितेकी तेजो (जापान)  सन् १८८४ – १९४८, घ) फ्रान्सिस्कोबहमन्डे फ्रेङ्को (स्पेनी तानाशाह)  सन् १८९२ – १९७५,(उनि हिटलर, मुसोलिनो पछिका ठुला कम्युनिस्ट विरोधी तानाशाह थिए) ।  ङ) फ्रेङ्कलिन डियालो रुजवेल्ट (अमेरिका) सन् १८८२ –१९४५  दुईओटा विपरित धु्रवका नेता स्टालिन र चर्चिललाई मिलायर लैनाने पहलकर्ता थिए । च) नेविल चेम्बरलेन  (बेलायत)  सन् १८६९ – १९४०, उनले विश्वयुद्धको बेला फासिवादलाई निकै सन्तुस्ट बनाए । छ) विन्स्टन स्पेन्सर चर्चिल  (बेलायत)  सन् १९७४ – १९६५ ।  उनि पनि निकै ठुलो कम्युनिष्ट विरोधी सासक मानिन्थे । ज) जोसेफ स्टालिन  (सोभियत संघ)  सन् १८७९ – १९५३ ।  रुसी समाजवादी क्रान्तिका योद्धा । सोभियत समाजवादी सत्ताका अगुवा रहनु भएको थियो । झ) चाल्र्स दिगाल (जर्मनी)  सन् १८९० – १९७०,  ञ) च्याङ काई सेक  चीन सन् १८८७– १९७५,  च्याङ काई सेक चिनिया कोमिन्ताङ सरकारको प्रमुख थिए, र उनले कम्युनिष्ट माथि ठुलो दमन गरे । ट) माओत्सेतुङ  चिन सन् १८९३ –१९७६ । यी पात्रहरु मानव हित र मानव मृत्युका निम्ति मुख्य पात्रहरु मानिन्छ । जसले राष्ट्र, उत्पीडित जनता, कम्युनिस्ट सत्ताको पक्ष वा विपक्षमा आफ्नो सकारात्मक तथा नकारात्मक भुमिका युग युगसम्म रहिरहने छाप छोडेका छन् । यस्तो सन्दर्भ र परिवेशमा विश्वसर्वहारा बर्गका महान नेता कमरेड माओले चिनी कम्युनिस्ट पार्टीको नेतृत्वमा एकातिर विस्व साम्राज्यवादका नाईकेहरु र अर्को देशभित्रैका जनविरोधी तत्वहरु र साम्राज्यवादका मतियारहरुलाई एकैचोटी परास्त गरेर चिनमा जनवादी ÷समाजवादी सत्ताको सन् १९४९ मा विजारोपण गर्नुभयो । र त्यसको प्रभाव विश्वभरमा र मुख्यत ः एसियाका धेरै मुलुकहरुमा पर्यो । चिनी जनताको साथ समर्थनमा चिनी कम्युनिस्ट पार्टी र कमरेड माओको नेतृत्वमा  दुई (२) दुस्मनलाई परास्त गरेर आफ्नो सुनौलो योजनालाई पुरा गरे । आज चिनले  कोरोनाको भाइरसको सन्दर्भमा पनि अर्को चमत्कारिक कार्य गरेर विश्वलाई चकित पार्ने कार्य गरेका छन् । यो सन्दर्भहरु समेत हेर्न लाएक छ । यसको अन्त्यसम्म पुग्दा निश्चित देश र त्यसको नीति र नेतृत्वहरुको भुमिका उल्लेख्य हुनेछन् । 
३. जसरी सोभियत समाजवादी सत्ता र चिनी जनवादी ÷समाजवादी सत्ता स्थापनाको बेलामा त्यहाँका जनताले दुई (२) दुस्मनहरुलाई परास्त गरेर अघि बढ्नु परेको थियो । त्यहि परिवेश आज नेपाली जनतामाथि सृजना भएको छ । दुस्मन एक ः कोरोना भाइरस (कोभिड –१९)र दुस्मन दुई ः प्रतिवन्द्ध नेपाली जनताविच उपस्थित भएको छ र, नेपाली जनताले यसका विरुद्ध सङ्घर्ष गर्नु परिरहेको छ । आज यी दुई दुस्मनको कहर झेल्नु परिरहेको छ । हाम्रो जनप्रीय तथा गौरवशाली पार्टीका आदरणीय महासचिव कमरेड विप्लवले केन्द्रीय समितिको तर्फबाट मिति २०७५ चैत्र १० गते प्रेस विज्ञप्ती मार्फत “कोरोना सङ्क्रमणका विरुद्ध आम नागरिकलाई सचेत रहन आग्रह गर्दछ । यो बेला देशका सवै चिकित्सक एवम् स्वास्थ्य कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछ । तत्काल पार्टी कार्यककर्ता र जनसेनाहरुलाई आफु सचेत बन्दै आम जनतालाई कोरोना विरुद्ध जागरुक हुन निर्देशन गर्दछ । साथै कोरोना भाइरसबाट देशमुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कार्वार्ही बाहेक अन्य आक्रमक कावार्हीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा आवगत गराउँछौ” भन्दै जनतालाई एकढिक्का बन्दै बर्तमानमा देखिएको कोरोना विरुद्ध लाग्नु पर्नेकुराको अपील गर्नुभएको छ । र देशव्यापीरुपमा पार्टीका सम्पूर्ण निकाय सक्दो जनतासँग सहकार्य गरेर विभिन्न राहत र जनसचेतना कार्यक्रमहरु सहित जनतसँग पुगिरहेको छ । तर सरकारको तर्फबाट हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी माथि र क्रान्तिप्रेमी जनसमुदायमाथि थोपरेको प्रतिवन्द्ध फिर्तालिने र जेल हिरासतमा भएका कामरेडहरुलाई विनासर्त छोडिदिनुको सट्टा उल्टै देश लकडाउन भैरहेकै बेला दाङ जिल्लाबाट एकराज चौधरीलाई चैत्र १३ गते गिरफ्तार गरेर झुट्टामुद्धामा फसाएको छ ।
गणतान्त्रिक खेलकुद महासघंका केन्द्रीय अध्यक्ष जयन्द्र चन्दसहित महासचिव विनोद चन्द, केन्द्रीय सदस्यहरु कमर आरसी र प्रेम केसीलाई चैत्र ९ गते गिरफ्तार गरेर वेपत्ता पारेको झुट्टामुद्धामा फसाएको छ । वर्तमान केपी सरकारको षडयन्त्र, फाँसिवादी दमन, जनविरोधी चरित्र, तानाशाही शैली र कुटिल योजनाहरुलाई हेर्दा उनको खुनी, आततायी र मानवमृत्युमा रमाउने खालको छ भन्नेकुरा स्पस्ट हुन्छ । क्रान्तिप्रेमी जनतामाथि दमन लादेको छ । विश्वभर कोरोना भाईरस (कोभिड – १९) को आतङ्क मच्चिरहँदा केपी सरकार कानमा तेलहालेर बसेको छ । सम्पूर्ण नेताहरु घरमै क्वारेन्टाईनमा बसेर आफ्नो राष्ट्रघाति र जनघाति आयु लम्ब्याउन मनसायमा छन् भने अर्कोतर्फ देशभित्रै बैज्ञानिक समाजवाद, एकीकृत जनक्रान्तिको पक्षमा र चर्को भ्रष्टाचार, कालोबजारी, घुसखोरी, तस्करी, जनहत्या, जनघात र राष्ट्रघातको बिरुद्धमा उभिदा प्रतिवन्द्धको कहर बेहोर्नु परिरहेको छ । अवश्य ! नेपाली जनताले कोरोना भाईरस (कोभिड –१९) र प्रतिवन्द्ध विरुद्धको संघर्षमा विजयी हुनेछन । यो प्राकृतिक र अप्राकृतिक दुस्मनहरुलाई नेपाली जनताले परास्त गर्नेछन । संसारभर फौलिएको मानवमृत्युलाई रोक्न र वैज्ञानिक समाजवाद स्थापना गर्न नेपाली जनता सफल रहनेछन । 

मानवमृत्युको भुवरीमा फसेको विस्व परिवेश ः 
मानिसले विभिन्न प्रकारका मानवमृत्युको भुवरीहरु बेहोर्दै आईरहेका छन । विभिन्न प्रकारका रोगहरु, युद्ध तथा क्रान्ति, प्राकृतिक प्रकोप लगाएतका कारणबाट संसारभर करोडौँ मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको छ । सवै सन्दर्भहरुमा ति मानवमृत्युको महामारी बोकेर आएको छ । अहिले संसारभर कोरोना भाइरस (कोभिड – १९)भुसको आगोजस्तै फैलिरहेको छ । संसारभरका विकसित र अर्थतन्त्रमा धनि  देशहरुलाई समेत यसको प्रभावले लपेटेको छ । यसले संसारभर के कति मानिसलाई सङ्क्रमित बनाउनछ  र के कति मानिसको मृत्यु हुन्छ अहिलै भन्न सकिदैन किनकी, हालसम्म यसको औषधी पत्ता लागेको अवस्था छैन र यो फैलदो अवस्थामा छ । संसारभरका मानिसहरु एकतावद्ध बनेर कोरोना भाइरस (कोभिड – १९)सँग लडाई लड्नु परेको छ ।
हामीले मानवमृत्युका केहि सन्दर्भहरुलाई हेर्न सक्छौ कि कति भयानक र दर्दनाक थियो ति मानवमृत्युका काला दिनहरु । सन् १६५ देखि सन् १८० सम्म फैलिएको युरोप एन्टोनाईन प्लेगले ५० लाख मानिसलाई मृत्युको मुखमा धकेलेको थियो । त्यस्तै सन् २५० देखि सन् २७१ सम्म युरोपमा साईप्रोयन्को प्लेगले एकैदिन रोम शहरमा ५ हजार मानिसको ज्यान लिएको सन्दर्भ छ ।  सन् ५४१ देखि ५४२ को १ बर्षमा जस्टिनियन्को प्लेग विश्वको झन्डै १० प्रतिसत मानिसको मृत्यु भएको पाईन्छ ।  सन् १५४५ देखि सन् १५४८ सम्म मध्ये अमेरिकामा फैलिएको कोकोलिजटली महामारीले गर्दा १ करोड ५० लाख मासिनको मृत्युको घाट उतार्यो । त्यस्तै सन् १६६५ देखि १६६६ सम्म लण्डनमा फैलिएको भयानक प्लेगले १ लाखजना मानिसको मृत्यु भयो । सन् १७२० देखि १७२३ सम्म फ्रान्समा फैलिएको भयानक प्लेगबाट १ लाख मानिसको निधन भयो । सन् १७७० देखि १७७२ सम्म रुसमा फैलिएको रसियाली प्लेगका कारण गर्द १ लाख मानिस मरे । त्यस्तै सन् १८८९ देखि १८९० सम्म युरोपमा फैलिएको ईन्फुलुन्जाबाट १० लाख मानिसको मृत्यु भएको छ । 
मानवमृत्युको भयानक श्रङ्खला त्यतिमामात्रै सिमित रहेन । सन् १९१८ जनवरी देखि सन्१८२० डिसेम्वरसम्म फैलिएको स्पेनी फ्लुले करिव ५० करोड भन्दा बढि मानिसलाई सङ्क्रमण र करिव ५ देखि १० करोड मानिसको मृत्यु भएको थियो । जो आजसम्म पनि यसप्रकारका महामारीको सामना मानवसमाजले बेहोर्नु परेको देखिदैन । सन् १९५७ देखि १९५८ सम्म फैलिएको एसियाली फ्लु (ईन्फुलुन्जा) ले ११ लाख भन्दा धेरै मानिसले ज्यान गुमाउनु परेको तत्थ्य जगजाहेर छ । त्यस्तै सन् १९८१ देखी आफ्रीकाबाट शुरुभएको एचआइभाी एडस्ले संसारभरका ४ करोड भन्दा धेरै मानिसलाई सङ्क्रमित पारेको छ भने यसले ३ करोड ५० लाख भन्दा धेरै मानिसको ज्यान लिईसकेको अवस्था छ । सन् २००९ देखि २०१० सम्म उत्तर अमेरिकी देश मेक्सिकोबाट शुरुभएको स्वाईन फ्लुले १ अर्व ४० करोड मानिसलाई सङ्क्रमित बनायो भने झण्डै ५ लाख भन्दा धेरै मानिसको मृत्यु भएको सन्दर्भ देखिन्छ । त्यस्तै सन् २०१४ देखि २०१६ सम्म पश्चिमी अफ्रीकाबाट शुरुभएको ईभोला भाइरसले १८ हजार भन्दा धेरै मानिसलाई सङ्क्रमित बनायो भने ११ हजार भन्दा धेरै मानिसको ज्यान लियो । 
सन् १९०७ देखि १९११ सम्म चिनमा अनिकालका कारणबाट २ करोड ५० लाखजनाको मृत्यु भएको थियो । भने दाश्रो विश्वयुद्धताका भारतमा ७० लाख मानिसहरु मरे । सन् १९२० को भुकम्पमा झण्डै २ लाख ७३ हजार मानिसको निधन चिनमा भयो ।  सन् १९४५ मा बाढीका कारणबाट १ लाख ४५ हजार मानिसले आफ्नो ज्यान गुमाउनु पर्यो । त्यस्तै सन् १९५८ देखि १९६३ सम्ममा चिनमै अनिकालको कारणबाट ४३ लाख मानिसले ज्यान फाले ।  सन् १९१० मा हैटीमा गएको विनासकारी भुकम्पका कारणबाट ३ लाख १६ हजार भन्दा धरै मानिसहरु मरे । हाम्रै देश नेपालमा विस २०७२ सालमा गएको भुकम्पका कारणबाट झण्डै १० हजार मानिसको जिवनलिला समाप्त भएको अवस्था हाम्रै अगाडि ताजै छ ।  प्रथम विश्वयुद्धका कारणले करिब २ करोड भन्दा धेरै र दोश्रो विश्वयुद्धका कारणबाट झण्डै ६ करोड भन्दा धेरै मासिनको ज्यान गएको छ । यसबाट अङ्ग ÷भङ्ग, घाईते÷अपाङ्ग हुनेको सङ्ख्या असिमित नै छ । भने विभिन्न समयमा जाने भुकम्प, बाढी, पहिरो आदीका कारणबाट मृत्यु हुनेको सङ्ख्याको कुनै लेखा जोखानै छैन । यसरी मानवमृत्युको भयानक श्रृङ्खलाहरुका पहाड मानव समुदायसामु भयानक ढङ्गले उभिएको छ । यसरी मानवसमाजले विभिन्न खाले भयानक मृत्युलाई स्वीकार गर्दै अगाडि बढेको छन् । अहिले संसारभर एकैचोटी आगोको लप्काले बेरिएजस्तै कोरोना भाइरस (कोभिड – १९)ले संसारलाईनै आक्रान्त पारेको छ । विगतका दिनहरुमा कुनै स्थान विशेषमा देखिने गरेको महामारी यो पटक ंसंसारभर एकैपटक फैलिदै छ र मानिसको जिवन लिदैँछ । यसैको कारणबाट विश्वनै अहिले लकडाउनमा छ । 

कोरोना भाईरस(कोभिड – १९) र नेपाली परिवेश ः 
हाम्रो देशमा आजको मितिसम्म कोरोना भाईरस (कोभिड – १९)सङ्क्रमितको सङ्ख्या जम्मा ६ जना देखिएका छन् । अमेरिकामा बस्ने २ जना र अष्ट्र्लियामा १ जना नेपालीको कोरानाकै कारणले ज्यान गएको समाचार आएको छ । यो अवस्था अरुदेशको तुलनामा नगन्य हो । तर मुस्किल प्रश्न के हो भने राज्यले कसरी कति मानिसलाई कोरोनाको सङ्क्रमित छन भनेर थाहा पाउने ? कति मानिसलाई कोरोना चेकअपको निम्ति वातावरण मिलेको होला ?कति मानिसहरु चेकअप बनाउन स्वास्थ्य सस्थाहरु पुगे होलान् ? चेकअप गर्ने उपकरण देशको सवैभागहरुमा प्रयाप्त थियो वा थिएन ?नमुना परिक्षणहरु देशब्यापी ठुलोमात्रामा भएको भएपो जानकारीको अवस्थालाई अनुमान लगाउन सकिने थियो आदी जस्ता वस्तुनिष्ट तत्थ्यहरुको अभावमा हाम्रो देश र नेपाली समाजलाई कोरोना भाईरस (कोभिड – १९) को असर के कति छ भनेर कुर्लनु मनासिव रहने छैन । तर यत्तिभन्न सकिन्छ कि सङ्क्रमित विरामी देशको राजधानी काठमाण्डौ, पूर्वको मुख्य शहर विराटनगर र पश्चिमको मुख्य शहर धनगढिसम्म फौलिएको देखिएको र नेपाली परिवारहरुको सरसम्पर्क विश्वका धेरै मुलुकहरुमा रहेकाले यसको प्रभाव देशभर रहन सक्नेछन् यो अनुमान लगाउन अन्यथा रहनेछैन । 
यसप्रकारका प्राकृतिक महाविपत्ती र मानवमृत्युको भयानक श्रृङ्खलाहरु मानिसलाई पहिल्यै सुचित गरेर आउने विषयहरु होईनन् । त्यसैले संसारभर मानिसहरु सचेत बन्नु पर्दछ । यसप्रकारका महाविपत्तीहरु र मानवमृत्युको महामारीबाट सकेसम्म कम मानविय क्षेती होस्भन्नका लागि राज्यहरु जनहितैसी बन्नु पर्दछ । तर हाम्रो देशको सासनसत्ता जनउत्तरदायी छैन । जनहितैषी पनि छैन । घर हुनेहरु घरमै क्वारेन्टाईनमा बस्लान् ? सम्पत्ति हुनेहरुले खालान ?तर घरबार नहुनेहरु कहाँ बस्ने ?सम्पक्ति नहुनेहरुले के खाने ?दिनभर अर्काको कामगरेर जिवन गुजारा चलाउने मजदुर, सुकुम्वासी र श्रमीक बर्गले के गरी जिवन गुजारा गर्ने ?राज्यले चर्को कर थोपरेको छ । दौनिक जिवन निर्वाहका सामाग्रीहरु किनी नसक्नु महँगो छ । बजारमा सामान्य मास्कमा समेत कालोबजारी भएको पाइन्छ । कोरोना भाइरस (कोभिड – १९)कै बहानामा बजारमा कालोबजारी र भ्रष्टाचार देखिन शुरुभैसकको छ । भुकम्पको बेला राहतमा आएको चामल र त्रिपाल समेत बेचेर खाएको कुरा थियो भने, अहिले सामान्य मास्कसमेतमा बालोबजारी भैरहेको छ । बजारमा स्वास्थ्यकर्मीहरुले लगाउने पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट (पिपिई) छैन । औषधी छैन । मास्क, पञ्जा, सेनिटाइजर, बुट लगाएतका उपकरणहरु छैनन् । लगाउने गाउनहरु छैन । पेटभर्ने खाना छैन । बस्ने घर छैन । मासिक पैसा आउने रोजगार छैन । निजी अस्पतालहरु आफ्नो मुलगेटमा ताला ठोकेर बसेका छन । सरकारी अस्पतालमा स्वास्थ्यकर्मीहरुको सङ्ख्यानै कमी छ । भएका स्वास्थ्यकर्मीहरु पनि असुरक्षाका बावजुद उपचारमा खटिएका छन । विरामीहरुलाई प्रायाप्त सुविधा छैन । एम्वुलेन्स छैन । अतिआवाश्यक औषधी र स्वास्थ्य सामाग्रीहरुमा समेत विदेशीको भरपर्नु पर्ने भएको छ । यसैसन्दर्भमा ठुला ठुला भ्रष्टाचारको किर्तिमानी दलाल सरकारले देखाईसकेको छ । 
विभिन्न देशहरुमा कोरोना भाइरस (कोभिड – १९)कै कारणले नेपाली कामदारहरु कामबाट निकालिएको अवस्था छ । विभिन्न समाचार माध्यमहरुहेर्दा उनिहरु नत स्वदेश फर्कन सक्छन् न त्यहीँ काम गर्न सक्छन् उनिहरुको उद्धार कस्ले गर्ने ? भारतबाट समेत फर्कने लाखौ नेपालीहरु अहिले बाटो घाटोमा अलपत्र परेका समाचारहरु आईरहेकै छन् । हजारौँ चिलविचल्ली परेका छन । शहरमा बसेर मजदुरी गर्ने मजदुरहरुको जिवन यतिवेला कसरी बितेको होला ? तर,नेताहरु सुविधासम्पन्न घरमै क्वारेन्टाईनमा जिवन बाँचेका छन् । मन्त्रीहरु सम्पूर्ण भेटघाट नै बन्द गरेर सुरक्षीत बसेका छन् भने गरिव जनताले के गर्ने ? कसरी जिवन चलाउने ? कसरी कोरोना भाइरसको उपचार गर्ने ?कसरी यो महासङ्कटलाई टार्ने ? यो विषय आज निकै ज्वलन्त बन्दै गैरहेको छ । अझै यो अवस्था अलि लामो समय लम्वियो भने देशको हालत के हुन्छ ?यस्तो अवस्थामा आज नेपाली जनता बाँचिरहेका छन् वा बाँच्दा बाँच्दै मरिरहेका छन ।

अन्त्यमा ः 
यसरी एकातिर नेपाली जनतालाईकोरोना भाइरस (कोभिड – १९)र अर्कोतर्फ दलाल पुँजिवादी राज्यसत्ता र फासिस्ट केपी सरकारले थोपरेको प्रतिवन्द्धको मारले सताएको छ । यसले ठुला भन्ने साम्राज्यवादी देशहरुको धोति फुस्किएको छ । माथि उल्लेखित सन्दर्भहरुलाई हेर्दा विभिन्न रोगहरुले भन्दा धेरै मानिस पुँजिवादले वा साम्राज्यवादले मारेको छ । विभिन्न समयमा देखा पर्ने रोगब्याधी भन्दा साम्राज्यवादको उत्पीडन धेरै गुणा खतरायुक्त छ । हाम्रै देशको कुरा गर्दा हालसम्म कोरोना भाइरस (कोभिड – १९)ले भन्दा धेरै मानिस त यो दलाल केपी सरकारले मारेको छ ।यो अवस्थाबाट नेपाली क्रान्तिकारी, जनप्रेमी र राष्ट्रप्रेमी  जनता कुनै पनि हातलमा झुक्ने छैनन्, तर्सने छैनन । कहिल्यै हिम्मत हार्ने छैनन् । जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार हुनेछन । र आज हाम्रो देशमा देखिएको दुई (२) दुस्मन कारोना र प्रतिवन्द्ध विरुद्धको लडाईमा नेपाली जनता विजयी हुनेछन । कोरोना भाइरस (कोभिड – १९) पराजित हुनेछ र केपी सरकारले लादेको प्रतिवन्द्धको षडयन्त्रलाई चकनाचुर पार्दै एकीकृत जनक्रान्ति सफल हुनेछ र वैज्ञानिक समाजवाद स्थापना हुनेछ । 
२०७६ चैत्र २१ 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...