Saturday, November 6, 2021

मैमत्ता वेगिईरहेछन्... !

 कविता । 

रचना ः चिरन पुन 
मैमत्ता बेगिईरहेछन् आकाशमा सेता बाझहरु  
च्याँ च्याँ गर्दै कराईरहेछन् 
स्वाँ स्वाँ गर्दै उडिरहेछन्   
खोजिरहेछन् भिडभाडको 
गाँउ, शहर र मानववस्तीको  
खबरदार ! 
आईरहेछ, 
नोबेल कोरोना भाइरस (कोभिड–१९)
मानवमृत्युको ताण्डवनृत्य बोकेर । 

बुझ्दैनन् उनिहरु जातभातलाई
जान्दैनन् उनिहरु रङ्गभेदलाई  
चिन्दैनन् उनिहरु धनि÷गरिबलाई
सुन्दैनन् उनिहरु रोदनको कोलाहाललाई 
खबरदार ! 
फेरी पनि खबरदार !
उडिरहेछन् 
कुदिरहेछन् 
आईरहेछ 
नोबेल कोरोना भाइरस (कोभिड–१९)
मानवमृत्युको हाहाकार बोकेर । 

छैन कुनै सीमारेखा भुगोलको 
राख्दैनन् उनिहरु भेद राजनीतिको 
भन्दैनन् डाक्टर, पाईलट, वकिल, बुद्धिजिवी
गन्दैनन् प्रोफेसर, प्राविधिज्ञ, महिला, पुरुषहरु
खबरदार !
भोकाईरहेछन्  
तिर्खाईरहेछन्  
आईरहेछ  
नोबेल कोरोना भाइरस (कोभिड–१९)
मानवमृत्युको ताण्डनृत्य बोकेर । 

खोई तिम्रा थुप्रीयएको पैसा ? 
गिज्जाईरहेछन् 
पुँजिवाद÷साम्राज्यवाद कहाँ छ ?
चिच्चाईरहेछन् 
आणविक होटबाँजी, 
सोधिरहेछन् 
शक्तिको दाउपेँच 
बुझिरहेछन् 
खबरदार !
उज्यालो नभनेर 
अध्यारो नगनेर  
आईरहेछ 
नोबेल कोरोना भाइरस (कोभिड–१९)
मानवमृत्युको ताण्डवनृत्य बोकेर । 
खोई ! 
तिम्रो हैसियत हुनेहरु माथि 
खोई ! 
मेरो हैसियतहुनेहरु तल  
खोई !
तिम्रो सवैले चिन्ने शिर 
खोई !
मेरो कसैले नचिन्ने शिर 
खोई ! 
तिम्रा महल, मेरो झुप्रो 
खोई ! 
तिम्रा शान, मान र रवाफ 
खबरदार !
पाखण्डीहरुको पाखण्ड नभनेर 
लोभीहरुको लोभ नगनेर 
आईरहेछ, 
नोबेल कोरोना भाइरस (कोभिड–१९)
मानवमृत्युको ताण्डवनृत्य बोकेर !

तिम्रो मृत्यु – मृत्यु हुने 
मेरो मृत्यु – मृत्यु नहुने 
तिम्रो जिवन – जिवन हुने 
मेरो जिवन – जिवन नहुने 
तिम्ले भनेका कुरा हुने 
मैले भनेका कुरै नहुने 
तिम्रो विचार – विचार हुने 
मेरो विचार विचारै नहुने 
तिम्रो कुरुप भएपनि रुपै हुने
मेरो रुप भएपनि कुरुपै हुने 
खबरदार ! 
फेरी पनि खबरदार ! 
सचेत बनौँ ! 
कायर होईन, 
सम्मीयमित बनौँ !
सावुन पानीले हात धोऔँ, 
भिडभाडलाई नमस्कार गरौँ !
आईरहेछ, 
नोबेल कोरोना भाइरस (कोभिड–१९)
डरमाथि विस्वासले विजयी बन्नुपर्छ 
मानवमृत्युको ताण्डवनृत्यलाई 
संसारबाट बाई – बाई गर्नै पर्छ 
संसारबाट बाई – बाई गर्नै पर्छ 
धन्यवाद । 
२०७६ चैत्र १६ 






No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...