Tuesday, August 13, 2013

लेनिनवादी संगठनात्मक सिद्धान्त
चिरन पुन

“क्रान्तिकारी सिद्धान्त नभैकन कुनै पनि क्रान्तिकारी आन्दोलन चल्न सक्दैन । सवभन्दा समउन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाइृ पुरा गर्न सक्छ ”
“चुनिएको रचनाहरु, अंग्रजी संस्करण, मास्को १९४७, भाग १ पृष्ठ १६३, १६४ क. लेनिन”

१. क्रान्तिकारी पार्टी संगठनको महत्व ः 
क. राजनीतिक रुपान्तरण,
ख. सामाजिक रुपान्तरणमा,
ग. साँस्कृतिक रुपान्तरणमा,
घ. आर्थिक रुपान्तरणमा,
ड. धार्मिक रुपान्तरणमा ,  आदी ।
“क्रान्तिकारी सिद्धान्त तथा ईतिहासको ज्ञान र  व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहोउन्जेल कुनै पनि राजनैतिक दलले महान क्रान्तिकारी आन्दोलनलाई विजय तर्फ लैजानु संभव छैन” । 
“राष्ट्र्यि युद्धमा चिनीया कम्युनिष्ट पार्टीको भुमिका”, “१९३८, अक्टोबर क. माओ ” । 

२. क्रान्तिकारी पार्टी संगठन के हो ? 
क. सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो ।
ख. सर्वहारा बर्गको संगठित दस्ता हो ।
ग. सर्वहारा संगठनको उच्च रुप हो ।
घ. सवै जन संगठनहरुको उच्च रुप हो ।
ड. मजदुर बर्गको अगुवाको सजिव रुप हो ।
च. क्रान्तिकारी परिवर्तनको संवाहक हो ।
छ. आर्थिक, साँस्कृतिक, राजनैतिक, सामाजिक, धार्मिक रुपान्तरणको गज हो ।
“नीति नै क्रान्तिकारी पार्टीका समस्त व्यवहारिक कारबाहिहरुको आरम्भ विन्दु हो” । “उद्योग बाणीज्य सम्वन्धी नीतिका विषयमा” “२७ फरवरी १९४८, क. माओ ” । 
३. संगठनात्मक सिद्धान्त ः 
१. जनवादी केन्द्रीयता ः

  • जनवाद + केन्द्रीयता (जनवादी केन्द्रीयता) 
  • जनजाद — अराजकतावाद । 
  • केन्द्रीयता — नोकरशाह तानाशाह । 

क. निर्णण पूर्व विचारमा स्वतन्त्रता निर्णय पश्चायत कार्यमा एकरुपता ।
ख. सामुहिक निर्णय व्याक्तिगत जिम्मेवारी ।
ग. अल्पमत बहुमतको अधिनस्त

  • सवै सदस्यहरु संगठनको अधिनस्त ।  
  • सवै तल्ला समिति उपल्लो समितिको अधिनस्त । 
  • सवै समिति केन्द्रीय समितिको अधिनस्त । 
  • केन्द्रीय समिति राष्ट्र्रिय सम्मेलन ÷ महाधिवेशनको अधिनस्त । 
  • राष्ट्र्रिय सम्मेलन ÷महाधिवेशन जनवादी केन्द्रीयताको अधिनस्त ।
  • जनवादी केन्द्रीयता क्रान्तिकारी सिद्धान्त, विचार र पार्टीको अधिनस्त । 

“कसैले अनुशासनको यी नियमहरुलाई उल्लड्घन गर्छ भने पार्टी एकतालाई भड्ग गर्दछ”  “राष्ट्र्रिय युद्धमा चिनियाँ कम्युनिष्ट पार्टीको भुमिका” “ अक्टोबर १९३८” 
२. अनुशासन र गोपनियता ः (अनुशासन + गोपनियता) 
क. व्याक्तिगत ।
ख. संगठनात्मक ।
ग. साँस्कृतिक ।
घ. सामाजिक ।
ड. राजनीतिक ।
च. संघर्ष प्रतिको आदी ।
३. आलोचना तथा आत्मआलोचना ( आलोचना + आत्मआलोचना) 
क. सौहाद्रपूर्ण ढंगले ।
ख. तत्थ्य मुलक ।
ग. पूर्वाग्रह विना ।
घ. सृजनात्मक ।
ड. निर्णयमा आधारित ।
च. पार्टी , निर्णय,  संगठनात्मक सिद्धान्तमा आधारित ।
४. सहि नेतृत्वको चईन । 
“नीति र कार्यनीति पार्टीका ज्यान हुन, सवै स्तरका नेता कामरेडहरुले यसबारे पुरा ध्यान दिनै पर्छ र कुनै पनि हालतमा यसबारे लापरबाही गर्नु हुन्न ”, 
“परिस्थितिको विषयमा परिपत्र”, “मार्च २०, १९४८ क. माओ ” । 
क. सिद्धान्त निष्ठ, वैचारिक प्रतिवद्धता र राजनैतिक परिपक्कता ।
ख. ईमान्दारीता र निरन्तरता ।
ग. जुझारु, विद्रोही, सिकारु, सृजनात्मक, समर्पण भाव, संघर्ष प्रमी ।
घ. जनमुखी चरित्र ।
ड. संगठनात्मक, साँस्कृतिक, व्याक्तिगत, सामाजिक, आर्थिक, राजनीतिक
अनुशासनको पालना । 
च. तिनै स्थानमा संघर्ष गर्न तयारी हुने । आफ्नो विरुद्ध, गलत विचार र सिद्धान्तको
विरुद्ध र बाहिरी    दुष्मनहरुको विरुद्ध । 

“म के दावा गर्छु भने निरन्तरता कायम राख्ने नेताहरुको टिकाउ संगठन नभएमा कुनै पनि क्रान्तिकारी आन्दोलन टिकाउ हुन सक्दैन ” । “क्रान्तिकारी कामको लागि क्रान्तिकारी पार्टीमा मुख्यरुपले त्यस्ता मानिसहरु हुनै पर्छ जसले क्रान्तिकारी कामलाई आफ्नो पेशा बनाएका हुन्छन ” । “संकलित रचनाहरु रसियाली संस्करण” “ भाग ४, पृष्ठ ४५६ क. लेनिन ”।

५. अन्तरपार्टी संघर्ष । 
क. अन्तरपार्टी संघर्षलाई व्यवस्थित बनाउने ।
ख. पार्टी भित्र देखा पर्ने  वा आउने गलत विचारको विरुद्ध संघर्ष ।
ग. संझौता परस्त विचारको विरुद्ध संघर्ष ।
घ. दक्षिणपथी, मध्यपथी, अराजकतावदी, विचारको विरुद्धको संघर्ष आदी ।

धन्यवाद ।

 ऐतिहासिक भौतिकवाद 
चिरन पुन 

१. द्धन्दात्मक भौतिकवादलाई मानव समाजमा लागु गर्नेनै ऐतिहासिक भौतिकावाद हो । 
२. माक्र्सको भौतिक खोजहरु मध्य ऐतिहासिक भौतिकवाद पनि एक हो । 
३. द्धन्दात्मक भौतिकवादले सम्पूर्ण जगतको अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादले मानव समाजको अध्ययन गर्दछ । त्यसैले ऐतिहासिक भौतिकवादको मुख्य विषय मानव समाज हो । 
४. ऐतिहासिक भौतिकवाद र अन्य सामाजिक विज्ञानको बीचको मानव समाजको अध्ययन गर्न 
अन्य धेरै माजिक विज्ञानहरु छन । 

क. ईतिहास, 
ख. राजनीति शास्त्र, 
ग. अर्थशास्त्र, 
घ. न्याय शास्त्र, 
ड. भाषा शास्त्र, आदी । 
५. ऐतिहासिक भौतिकवादले मानव समाजलाई गतिशिलरुपमा हेर्दछ । मानव समाज निरन्तर परिवर्तन 
हुदै जान्छ र भविश्यमा पनि परिवर्तन हुदै जान्छ । 
६. ऐतिहासिक भौतिकवादले समाजमा हुने परिवर्तन समाजको भौतिक जिवनको परिस्थितिहरुमा 
हुने परिवर्तनबाट शूरु हुन्छ । 
७. ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्व पहिलो र सामाजिक चेतनालाई दोश्रो मान्दछ । 
८. समाज परिवर्तनको लागि ३ ओटा प्रश्नले मुख्य भुमिका खेलेको हुन्छ । 
क. भौतिक अवस्था । 
ख. जनसंख्या । 
ग. उत्पादन प्रणाली । 
यी भौतिक परिस्थितिहरु मध्य उत्पादन प्रणाली बढी महत्वको हुन्छ । 
९. उत्पादन प्रणाली भनेको मानिसहरु बाच्नको लागि चाहिने आवश्यक भैतिक वस्तु उत्पादन 
गर्ने प्रणाली हो । 
१०. मानिसहरुले आफ्नो आवश्यकता पूर्ति गर्न उत्पादन प्रणालीको विकाश गर्दछन । उत्पादन प्रणालीम जुन
परिवर्तन हुदै जान्छ, त्यसको आधारमा नै मानव समाजको परिवर्तन हुदै जान्छ । 

११. उत्पादन प्रणाली जुन स्तरको हुन्छ समाज व्यवस्था पनि त्यही अनुशारको हुन्छ । 
क. उत्पादन शक्ति र उत्पादन सम्वन्ध मिलेर उत्पादन प्रणाली बन्दछ ।
ख. उत्पादनका औजार र उत्पादनका वस्तु मिलेर उत्पादनको साधन बन्दछ ।
ग. उत्पादनको साधन र श्रम (जनशक्ति) मिलेर उत्पादक शक्ति बन्दछ ।

१२. मेहनतकश जनता उत्पादक शक्तिको मुख्य तत्व हुन । 
क. श्रमको वस्तु र श्रमको साधनलाई उत्पादनको साधन भनिन्छ ।
ख. श्रमको वस्तु भनेको जग्गा, जमिन, खानी, कच्चा पदार्थ आदी पर्दछन ।
ग. उत्पादनका औजार भनेको मेसिन, कलकारखाना, हात हतियार आदी हुन ।
१३. उत्पादन, वितरण, विनिमय र उपभोगको प्रकृयालाई समाजमा हुने सम्वन्धलाई उत्पादन 
सम्वन्ध भनिन्छ ।

१४. उत्पादन सम्वन्ध स्वामीत्वको रुपमा आधारित हुन्छ । 
क. सम्पक्तीमा समाजिक स्वामित्वमा शोषण मुक्त समाज बन्दछ ।
ख. सम्पक्तीमा नीजि स्वामित्वमा शोषणमुलक समाज बन्दछ ।

१५. उत्पादनको साधनको स्वामित्वमा वितरणको अवस्था पनि फरक फरक हुन्छ । 
क. निजी स्वामित्वमा असमानता मुलक वितरण हुन्छ ।
ख. सामुहिक स्वामित्वमा काम अनुशार वा आवश्यकता अनुशारको वितरण हुन्छ ।

१६. ऐतिहासिक भौतिकवादको २ मुख्य विषय छन । 
क. आधार ।
क.  उत्पादनको सम्वन्धको समग्रतानै समाजको आर्थिक आधार हो ।
ख. आर्थिक आधार अन्तरगतनै उत्पादन, वितरण, विनिमय, उपभोग आदी पर्दछन ।
ग. मानिस मानिसको आपसी सम्वन्धले नै प्रकृतिसग संघर्ष गर्दछन ।
घ. सामाजिक जिवनको सामाजिक आर्थिक संरचनानै आर्थिक आधार हो ।

ख. संरचना । संरचना अन्तरगत निम्न अनुशारका विषयहरु पर्दछन ।
क. दर्शन,
ख. सिद्धान्त,
ग. दृष्टिकोण,
घ. विचार,
ड..संस्कृति,
च. राजनैतिक पार्टी,
छ. संघ संस्था,
ज. धर्म आदी ।

ग.  समाजमा जस्तो किसिमको आधार हुन्छ, त्यस्तै किसिमको संरचना हुन्छ ।
घ. आधार परिवर्तन हुदा संरचना पनि परिवर्तन हुन्छ ।
ड. पुरानो आर्थिक आधारहरु समाप्तहुदा पनि संरचना परिवर्तन भएन भने त्यहा
सास्कृतिक क्रान्ति अनिवार्य हुन्छ । 
च. आधार र संरचना बीचमा द्धन्दात्मक सम्वन्ध हुन्छ ।

१७.  उत्पादन प्रणालीको विकाशक्रममा उत्पादक शक्तिको विकाश र परिवर्तन अनुशार मानिसको 
उत्पादन सम्वन्ध, उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यसै अनुशार 
ईतिहासमा उत्पन्न सम्वन्धमा ५ रुपहरु देखा परेका छन । 
क. आदीम साम्यवादी युग ।
१. उत्पादनको साधनमा सामुहिक स्व्ँँमित्व ।
२. उत्पादनको औजारहरु पिछिडिएको थिए, जस्तो पत्थर, हाड, काठका औजारहरु ।
३. पिछिडिएको औजारहरु भएकोले अतिरिक्त वस्तु उत्पादन गर्न सकिदैनथ्यो ।
४. व्याक्तिगत सम्पक्ति र बर्गहरु थिएन ।

ख. दास युग ।
१. उत्पादनका साधनहरु माथि दाश मालिकको स्वामित्व ।
२. औजारहरु धातुको थियो ।
३. अतिरिक्तमुल्य उत्पादन हुन थाल्यो ।
४. राज्यहरुको विकाश हुन थाल्यो ।
५. उत्पादन शक्तिको विकाशले श्रम विभाजन पनि भयो ।
६. दास मालिक लगाएतका बर्गहरु देखा पर्न थाले ।
७. वैद्धिक श्रम शारिरिक श्रमबाट अलक हुन थाल्यो ।
८. शोषित जनसमुदायलाई दवाउन सेना, राज्य, कानुन आदीको जन्म भयो ।
९. उधोगहरुको अनेक शाखाहरु खुल्न थाले ।
१०. दास मालिकको नामले परियोजना, नहर, सडक, भवन आदी निमार्ण हुन थाले आदी ।

ग. सामान्ती युग । 
१. उत्पादनको साधनहरु माथि सामन्तको स्वामित्व ।
२. किसानहरुको पनि व्यापक उत्पक्ती र विकाश हुन्छ ।
३. जमिनहरुको मालिक सामन्तहरुनै हुन्छन ।
४. थोरै जमिन किसानहरुलाई कमाउन दिईन्छ ।
५. औजारहरु आफ्नो हुन्छ तर त्यसलाई किन्न र बेच्न पाईदैन ।
६. औजारहरुमा झनै आधुनिकता आउछ ।
७. यो समाजमा जल र बायु शक्तिको प्रयोग आरम्भ हुन्छ ।
८. शिल्प  र व्यापारको बिकाश तथा सहरहरुको बिकाश र विस्तारको शुरुवात हुन्छ ।
९. कृषी उत्पादनलाई परिस्कृत गर्यो । व्यापारको  विकाश हुन थाल्छ र ठुला
कारखानाहरु पनि खुल्न थाल्छन । 
१०. धर्मको प्रभुत्व पनि यसै युगबाट हुन थाल्छ ।
११. श्रमको मुल्य, बजार र सामन्तवादी दासताको बीच संघर्ष शुरु हुन्छ ।
१२. यतिबेला कल कारखाना उत्पादनको लागि व्यापक अन्तराष्ट्र्यि बजारको
आवाश्यकत हुन्छ । तर, संड्किण सामन्ती अर्थतन्त्रले त्यस्तो बजारको 
बाटोमा बाधा सृजना गर्ने भएकोले त्यसको विस्थापन पुजिवादी व्यवस्था र 
पुजिवादी क्रान्तिले गर्दछ । 

घ. पुजिवादी युग । 
१. उत्पादनका साधनहरु माथि पुजिपतीको स्वामित्व हुन्छ ।
२. ठुला उधोग कारखानाहरुको विकाश हुन्छ ।
३. माल उत्पादन नाफाको लागि गरिन्छ ।
४. यसै बेला देखि विधुत विस्तार र विकाशले ठुलो फड्को मार्दछ ।
५. उत्पादनको विस्तार, टेक्नोलोजीको  विकाश, मजदुरहरुको शोषणमा तिर्वता,
उत्पादनमा अराजकता, पुजीवादी अन्तरविरोधको सघनीकरण, सामाजिक सम्पदाको 
विशालरुपमा बिनास आदी पुजिवादका विशेषताहरु हुन । 
६. पुजिवाद उत्पादन विधिको सवभन्दा ठुलो अन्तरविरोध हो । उत्पादनको सामाजिक
स्वरुप र व्याक्तिगत स्वामित्व बीचको अन्तरविरोध । 
७. पुजीवादी समाजको मुख्य बर्ग सर्वहारा र पुँजीपती हो ।
८. किसान तथा निम्न पुजिपति बर्ग पनि सहायक बर्गको रुपमा हुन्छन ।
९. सेना तथा आधुकिन बल प्रयोगको व्यापक विस्तार पनि भयो ।
१०. बुर्जुवा विचारको साथ साथै मजदुर बर्गको विचारधाराको पनि जन्म भयो । पहिलो
ट्र्ेड युनियन र पछि सर्वहरा   बर्गको राजनीतिक पार्टी पनि गठन भयो । 

ड. समाजवादी युग । 
१. उत्पादनको साधन माथि सामुहिक स्वामीत्व हुन्छ ।
२. माल उत्पादन समाजको आवश्यकता अनुशार गरिन्छ ।
३. व्याक्तिगत सम्पक्तीको पूर्ण उन्मुलन गरिन्छ ।
४. यस व्यवस्थाको उच्चतम रुप समाजवादी व्यवस्था हो ।
५. जहाँ राज्य र बर्गहरुको पूर्ण उन्मुलन हुन्छ ।

१८. बर्ग र बर्ग संघर्ष । 
क. व्यात्तिगत सम्पक्तिको उदयसँगै बर्ग र बर्ग संघर्षको उदय तथा विकाश भयो ।
ख. समाजमा बर्गहरुको उत्पक्ति श्रम विभाजनबाट भयो ।
ग. बर्ग संघर्षमा सर्वहारा बर्गको अधिनायकत्व हुन आवश्यक छ ।
घ. बर्ग संघर्ष साम्यवादी समाज स्थापना नहुने बेला सम्म निरन्तर चलिरहन्छ ।
ड. माक्र्सले भनेका छन (दास युग देखि आज सम्मको ईतिहास बर्ग संघर्षको हो) ।
च. पुजिपतिहरुले बर्ग संघर्षलाई स्वीकार गर्दछन तर सर्वहारा बर्गको अधिनायकत्वलाई
स्वीकार गर्दैनन । 

१९. ऐतिहाँसिक भौतिकवादका प्रवृगहरु ।
राजनैतिक अस्तित्व             राजनैेतिक चेतना ।
सामाजिक चेतना कानुन ।
उत्पादन पद्धती नैतिकता ।
अधिरचना आधार (सामाजिक प्रगति)

धन्यवाद ।

 द्धन्दात्मक भौतिकवाद 
चिरन पुन 

१. द्धन्दवाद शव्द ग्रीक भाषको “दियालेगो” शव्दबाट बनेको अंग्रेजी शव्द “डाईलेटिक्स” शव्दको अनुवाद हो । २. हेगेलको द्धन्दवाद र फयरवाकको भौतिकवादमा रहेको कमजोरीलाई हटाई कार्लमाक्र्सले (१८१८  १८८३) द्धन्दात्मक भौतिकवादको निर्माण गर्नु भएको हो । 
३. द्धन्दात्मक भौतिकवादले पदार्थ, गति, दिक, काललाई अध्ययनको प्राथमिक विषयवस्तु बनाउदछ । 
४. द्धन्दात्मक भौतिकवादले प्रकृति, र ब्रहमाण्ड अध्ययन गर्दछ । 
क. पदार्थ ः पदार्थ भनेको ब्रमाण्डमा विद्धमान रहेको सम्पूर्ण भौतिकवस्तुलाई मानिन्छ । 
ख. पदार्थको उत्पक्ति र नास हुदैन, मानिसको दिमाग पदार्थको विशिष्ट उपज हो । 
ग. पदार्थ गतिको अन्तरविरोधको उच्चतम रुप हो । 
  • पदार्थ र गति ः 

क. पदार्थ र  गतिलाई सृजना र नष्ट गर्न सकिन्न । 
ख. यसको रुप र स्थिति परिवर्तन भैरहन्छ । 
ग. पदार्थ र गतिलाई एक अर्काबाट अलग गर्न सकिन्न । 
घ. जहाँ पदार्थ हुन्छ, त्यहा गति हुन्छ । जहाँ गति हुन्छ, त्यहा पदार्थ हुन्छ । 
ड. पदार्थको अस्तित्व नास भयो भने गतिको पनि अन्त्य हुन्छ । 
च. अहिले सम्मको विज्ञानले गतिलाई यसप्रकारले परिभाषित गरेको छ । 
१. यान्त्रीक 
२. भौतिक 
३. रासाईनिक 
४. जैविक 
५. सामाजिक 

छ. हाम्रो वरिपरी रहेको भौतिक जगत गतिशिल पदार्थको समग्र रुप हो । 
ज. पदार्थ भनेको वस्तुगत यथार्थ हो, र यो हाम्रो चेतना भन्दा आफ्नो अलग्गै अस्तित्वमा रहेको छ । 
  • दिक र काल 

क. दिक त्रिआयामिक हुन्छ । यो पदार्थको अस्तित्वको स्वरुप हो । 
ख. काल भुत देखि भविस्य तर्फ सरल रेखामा हुन्छ । 
ग. द्धन्दात्मक भौतिकवादले दिक र काललाई पदार्थको अस्तित्वको स्वरुपमा मान्दछ । 
घ. कुनै पनि पदार्थको गतिले दिक र कालमा नै स्थान लिन्छ र दिक र काल बाहिर कुनै पनि पदार्थको अस्तित्व रहन सक्दैन । 
ड. पदार्थ र गति जस्तै दिक र काल पनि मानव चेतना भन्दा अलग्गै अस्तित्वमा रहन्छ  र दुवै अन्तरसंवन्धीत रहन्छ । 
च. जसरी पदार्थ दिक र काल विना अस्तित्वमा रहन सक्दैन, त्यसै गरी दिक र काल पनि पदार्थ विना अस्तित्वमा रहन सक्दैन । 
छ. दिकले पदार्थको अस्तित्वको स्वरुपको रुपमा भौतिक जगतको फैलाव, स्थान र अवस्थितिलाई ईड्कित गर्दछ । 
ज. कालले पदार्थको अस्तित्वको स्वरुपको अवधि र क्रमलाई ईड्कित गर्दछ । 

५. द्धन्दात्मक भौतिकवाका मुख्य नियमहरु ः (माक्र्स एड्गेल्स संकलित रचना ग्रन्थ २५, पृष्ठ ३५६)
क. विपरित तत्वको बीच एकता र संघर्ष ।  
१. प्रकृति,  समाज र चिन्तनका हरेक क्षेत्रमा हुने सवै परिघटनाहरुको विशेषता भने तिनिहरुमा अन्तरनिहित विरोधी तत्वहरुको बीच एकता र संघर्ष हो । 
२. निजिर्व जगतमा प्रोटोन र ईलेक्ट््रोन बीचको एकता र संघर्ष, जीवित जनतमा विपरित तत्वहरुको सम्मिलन र बेमिलनको रुपमा, समाजमा बर्गीय विरोध वा बर्ग संघर्ष र चिन्तनमा विष्लेषण र सस्लेषणको रुपमा लिन सकिन्छ । 
३. एउटा विपरित तत्व अर्को विना अस्तित्वमा रहन सक्दैन । 
४. दुई विरोधी पक्षहरु मध्य एउटाको अस्तित्व लोप भयो भने त्यो वस्तु पनि अन्त्य हुन्छ । तर मुख्य भुमिका भने संघर्षले खेल्दछ, जसले कुनै पनि परिघटनालाई विकाशमा अगाडि बढाउछ र एउटा अल्पकालिन हुन्छ । 

ख. मात्राबाट गुणमा परिवर्तन र पुनरावृति ।
१. कुनै पनि वस्तुमा अन्तरनिहित विरोधी तत्वहरुका बीचमा हुने संघर्षको परिणाम स्वरुप नै त्यो वस्तुमा      मात्रात्मक परिवर्तन हुदै क्रमश ः गुणात्मक परिवर्तन हुने स्थिति हुन्छ । 
२. मात्रा र गुण एक आपसमा अन्तरसम्वन्धित र छुटाउन नसकिने अवस्थामा हुन्छ । 
३. गुणात्मक परिवर्तनको लागि मात्रात्मक परिवर्तनले एउटा उल्लेखनिय अवस्थामा आईपुग्नु पर्दछ । 
४. प्रकृति र समाजमा हुने विकाश २ किसिमबाट हुन्छ । 
क. मन्द विकाश  । 
ख. दु्रत विकाश । 
(यसरी मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन भए पछि एउटा वस्तु पुरानो अवस्थाबाट नया अवस्थामा फेरिन्छ र त्यही विन्दुबाट पुन ः त्यो प्रकृया दोहोरिन्छ र त्यसैलाई मात्राबाट गुणमा परिवतनको   नरावृति भनिन्छ । ) 

ग. निषेधको निषेध ।
१. मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन हुदा नै निषेधको निषेध हुन्छ र पुरानो वस्तुको निषेध भई नया वस्तु उत्पन्न हुन्छ । 
२. कुनै पनि विकाशको प्रकृयामा निषेध हुनु अनिवार्य छ । वा, निषेध नभै पुरानोबाट नया हुन असम्भव छ ।
३. निषेधको निषेधको कारणले पुरानो भन्दा नया तर संवृध चिजको उत्पक्ति हुन जान्छ । 

६. द्धन्दवादका प्रवर्गहरु ।  
क. एक विशेष र सामान्य 
ख. कारण र असर
ग. नियमितता र आकस्मिकता
घ. संभावना र यथार्थता
ड.. सार र रुप
च. सत्व र परिघटना

धन्यवाद । 

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...