द्धन्दात्मक भौतिकवाद
चिरन पुन
१. द्धन्दवाद शव्द ग्रीक भाषको “दियालेगो” शव्दबाट बनेको अंग्रेजी शव्द “डाईलेटिक्स” शव्दको अनुवाद हो । २. हेगेलको द्धन्दवाद र फयरवाकको भौतिकवादमा रहेको कमजोरीलाई हटाई कार्लमाक्र्सले (१८१८ १८८३) द्धन्दात्मक भौतिकवादको निर्माण गर्नु भएको हो ।
३. द्धन्दात्मक भौतिकवादले पदार्थ, गति, दिक, काललाई अध्ययनको प्राथमिक विषयवस्तु बनाउदछ ।
४. द्धन्दात्मक भौतिकवादले प्रकृति, र ब्रहमाण्ड अध्ययन गर्दछ ।
क. पदार्थ ः पदार्थ भनेको ब्रमाण्डमा विद्धमान रहेको सम्पूर्ण भौतिकवस्तुलाई मानिन्छ ।
ख. पदार्थको उत्पक्ति र नास हुदैन, मानिसको दिमाग पदार्थको विशिष्ट उपज हो ।
ग. पदार्थ गतिको अन्तरविरोधको उच्चतम रुप हो ।
- पदार्थ र गति ः
क. पदार्थ र गतिलाई सृजना र नष्ट गर्न सकिन्न ।
ख. यसको रुप र स्थिति परिवर्तन भैरहन्छ ।
ग. पदार्थ र गतिलाई एक अर्काबाट अलग गर्न सकिन्न ।
घ. जहाँ पदार्थ हुन्छ, त्यहा गति हुन्छ । जहाँ गति हुन्छ, त्यहा पदार्थ हुन्छ ।
ड. पदार्थको अस्तित्व नास भयो भने गतिको पनि अन्त्य हुन्छ ।
च. अहिले सम्मको विज्ञानले गतिलाई यसप्रकारले परिभाषित गरेको छ ।
१. यान्त्रीक
२. भौतिक
३. रासाईनिक
४. जैविक
५. सामाजिक
छ. हाम्रो वरिपरी रहेको भौतिक जगत गतिशिल पदार्थको समग्र रुप हो ।
ज. पदार्थ भनेको वस्तुगत यथार्थ हो, र यो हाम्रो चेतना भन्दा आफ्नो अलग्गै अस्तित्वमा रहेको छ ।
- दिक र काल
क. दिक त्रिआयामिक हुन्छ । यो पदार्थको अस्तित्वको स्वरुप हो ।
ख. काल भुत देखि भविस्य तर्फ सरल रेखामा हुन्छ ।
ग. द्धन्दात्मक भौतिकवादले दिक र काललाई पदार्थको अस्तित्वको स्वरुपमा मान्दछ ।
घ. कुनै पनि पदार्थको गतिले दिक र कालमा नै स्थान लिन्छ र दिक र काल बाहिर कुनै पनि पदार्थको अस्तित्व रहन सक्दैन ।
ड. पदार्थ र गति जस्तै दिक र काल पनि मानव चेतना भन्दा अलग्गै अस्तित्वमा रहन्छ र दुवै अन्तरसंवन्धीत रहन्छ ।
च. जसरी पदार्थ दिक र काल विना अस्तित्वमा रहन सक्दैन, त्यसै गरी दिक र काल पनि पदार्थ विना अस्तित्वमा रहन सक्दैन ।
छ. दिकले पदार्थको अस्तित्वको स्वरुपको रुपमा भौतिक जगतको फैलाव, स्थान र अवस्थितिलाई ईड्कित गर्दछ ।
ज. कालले पदार्थको अस्तित्वको स्वरुपको अवधि र क्रमलाई ईड्कित गर्दछ ।
५. द्धन्दात्मक भौतिकवाका मुख्य नियमहरु ः (माक्र्स एड्गेल्स संकलित रचना ग्रन्थ २५, पृष्ठ ३५६)
क. विपरित तत्वको बीच एकता र संघर्ष ।
१. प्रकृति, समाज र चिन्तनका हरेक क्षेत्रमा हुने सवै परिघटनाहरुको विशेषता भने तिनिहरुमा अन्तरनिहित विरोधी तत्वहरुको बीच एकता र संघर्ष हो ।
२. निजिर्व जगतमा प्रोटोन र ईलेक्ट््रोन बीचको एकता र संघर्ष, जीवित जनतमा विपरित तत्वहरुको सम्मिलन र बेमिलनको रुपमा, समाजमा बर्गीय विरोध वा बर्ग संघर्ष र चिन्तनमा विष्लेषण र सस्लेषणको रुपमा लिन सकिन्छ ।
३. एउटा विपरित तत्व अर्को विना अस्तित्वमा रहन सक्दैन ।
४. दुई विरोधी पक्षहरु मध्य एउटाको अस्तित्व लोप भयो भने त्यो वस्तु पनि अन्त्य हुन्छ । तर मुख्य भुमिका भने संघर्षले खेल्दछ, जसले कुनै पनि परिघटनालाई विकाशमा अगाडि बढाउछ र एउटा अल्पकालिन हुन्छ ।
ख. मात्राबाट गुणमा परिवर्तन र पुनरावृति ।
१. कुनै पनि वस्तुमा अन्तरनिहित विरोधी तत्वहरुका बीचमा हुने संघर्षको परिणाम स्वरुप नै त्यो वस्तुमा मात्रात्मक परिवर्तन हुदै क्रमश ः गुणात्मक परिवर्तन हुने स्थिति हुन्छ ।
२. मात्रा र गुण एक आपसमा अन्तरसम्वन्धित र छुटाउन नसकिने अवस्थामा हुन्छ ।
३. गुणात्मक परिवर्तनको लागि मात्रात्मक परिवर्तनले एउटा उल्लेखनिय अवस्थामा आईपुग्नु पर्दछ ।
४. प्रकृति र समाजमा हुने विकाश २ किसिमबाट हुन्छ ।
क. मन्द विकाश ।
ख. दु्रत विकाश ।
(यसरी मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन भए पछि एउटा वस्तु पुरानो अवस्थाबाट नया अवस्थामा फेरिन्छ र त्यही विन्दुबाट पुन ः त्यो प्रकृया दोहोरिन्छ र त्यसैलाई मात्राबाट गुणमा परिवतनको नरावृति भनिन्छ । )
ग. निषेधको निषेध ।
१. मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन हुदा नै निषेधको निषेध हुन्छ र पुरानो वस्तुको निषेध भई नया वस्तु उत्पन्न हुन्छ ।
२. कुनै पनि विकाशको प्रकृयामा निषेध हुनु अनिवार्य छ । वा, निषेध नभै पुरानोबाट नया हुन असम्भव छ ।
३. निषेधको निषेधको कारणले पुरानो भन्दा नया तर संवृध चिजको उत्पक्ति हुन जान्छ ।
६. द्धन्दवादका प्रवर्गहरु ।
क. एक विशेष र सामान्य
ख. कारण र असर
ग. नियमितता र आकस्मिकता
घ. संभावना र यथार्थता
ड.. सार र रुप
च. सत्व र परिघटना
धन्यवाद ।
No comments:
Post a Comment