Thursday, December 28, 2017

किन आवश्यक छ बैज्ञानिक समाजवाद ?



रातोखबर साप्ताहिक 
बर्ष ३, अंक २६ 
पूर्णाङ्क १२१ 
२०७४ मंङ्सिर २७ बुधबार । 
चिरन पुन 

प्रारम्भ ः 
“कम्युनिष्टहरुले आफ्ना विचार र लक्ष्यलाई लुकाउन चाहन्नन् । उनिहरुले आफ्ना उद्देश्यहरु अहिलेका सबै सामाजिक अवस्थालाई वलपुर्वक फ्याकेर मात्र प्राप्त हुन सक्दछ भन्ने कुरा खुल्ला रुपले घोषणा गर्दछन ।” – माक्र्स÷एङ्गेल्स कम्युनिष्ट घोषणा–पत्र । क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको, सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो । सर्वहारा बर्गको संगठित दस्ता हो । सर्वहारा संगठनको उच्च रुप हो । सवै जन संगठनहरुको उच्च रुप हो । मजदुर बर्गको अगुवाको सजिव रुप हो । क्रान्तिकारी परिवर्तनको संवाहक हो । र आर्थिक, साँस्कृतिक, राजनैतिक, सामाजिक, धार्मिक रुपान्तरणको जग हो । त्यसैले उनिहरुले जनता समक्ष आफ्ना विचार, सिद्धान्त र लक्ष्यलाई खुल्लमखुल्ला र स्पस्ट ढंगले राख्छन । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल कम्युनिस्ट पार्टीले माक्र्स÷एङ्गेल्सले राख्नु भएको उक्त सन्दर्भलाई आत्मसाथ गर्ने मात्र होईन कि त्यो दिशावोधलाई पुरम्पुरा लागु गर्न दृढ संकल्पीत छ । नेपाल कम्युनिस्ट पार्टी वर्तमान दलाल संसदीय व्यवस्थालाई बलपूर्वक फ्याकेर त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छ । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र हाल भएका सवैखाले उत्पीडन र विभेदको अन्त्य गर्न सक्नेछ । न्यायपूर्ण र समानतामूलक समाजको स्थापनार्थ क. विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी क्रियाशिल बनेको छ । 
मानवसमाजको विकाश क्रमको अवस्था ः  
 उत्पादन प्रणालीको विकाशक्रममा उत्पादक शक्तिको विकाश र  परिवर्तन  अनुशार मानिसको उत्पादन सम्वन्ध, उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जाने भएकाले, समाजको विकाशक्रममा देखा परेका आर्थिक आधारहरु अनुरुप मानवसमाजको विकाशक्रम आजसम्म परिचालित बनेको छ । उत्पादनको साधनमा सामुहिक स्वामित्व हुने आदिम साम्यवादी युगको चरण मानवसमाजले पार गरिसकेका छौ । उत्पादनका साधनहरुमाथि दाश÷मालिकको स्वामित्व हुने दासयुगलाई समेत मानवसमाजले पार गरिसकेको अवस्था हो । औजारहरु धातुको हुने, राज्यहरुको विकाशक्रम शुरु हुने, श्रमको विभाजन हुने, वैद्धिक श्रम शारिरिक श्रमको विभाजन हुने, शोषित जनसमुदायलाई दवाउन सेना, राज्य, कानुन आदीको जन्म र शुरुवात हुने, उधोगहरुको अनेकन शाखाहरु खुल्ने, दास मालिकको नामले परियोजना, नहर, सडक, भवन आदी निमार्ण हुने दास÷मालिकको हक हित अनुकुल व्यवस्थाले मानवसमाजको हल नहुने भएपछि त्यो युगलाई समेत मानव समाजले पछाडि छोडेर अघि बढे । 

उत्पादनका साधनहरु माथि सामन्तहरुको स्वामित्व हुने सामन्तवादी व्यवस्थालाई समेत मानवसमाजले धुलो चटाईदिईसकेका छन । किसानहरुको व्यापक उत्पक्ती र विकाश र जमिनहरुको मालिक सामन्तहरुनै हुने, औजारहरुमा झनै आधुनिकता आएको र समाजमा जल र बायु शक्तिको प्रयोग आरम्भ भएको सामन्तवादी व्यवस्थालाई पनि मानवसमाजले देखे, बुझे र अनुभव गरे । धर्मको प्रभुत्व पनि यसै युगबाट शुरु र विकाश भएको, र श्रमको मुल्य, बजार र सामन्तवादी दासताको बीच संघर्ष शुरुभए पश्च्यात त्यहि अन्तरसंघर्षले सामन्तवादी युगको मानवसमाजले विदा गरे । 

उत्पादनका साधनहरु माथि पुजिपतीको स्वामित्व हुने पुजिवादी व्यवस्थाको आगमन भयो । ठुला उधोग कारखानाहरुको विकाश, माल उत्पादन नाफाको लागि गरिने व्यवस्था, र विधुत विस्तार र विकाशले ठुलो फड्को मारेको पुजिवादी युगमा यि सवै विषयहरुमा पुजिपतिको मात्रै स्वामित्व कायम रह्यो । उत्पादनको विस्तार, टेक्नोलोजीको  विकाश, मजदुरहरुको शोषणमा तिर्वता, उत्पादनमा अराजकता, पुजीवादी अन्तरविरोधको सघनीकरण, सामाजिक सम्पदाको विशालरुपमा बिनास आदी पुजिवादका विशेषताहरु हुन । पुजिवाद उत्पादन विधिको सवभन्दा ठुलो अन्तरविरोध हो । उत्पादनको सामाजिक स्वरुप र व्याक्तिगत स्वामित्व  बीचको अन्तरविरोध  यो व्यवस्थाको मुलकडि हो । यो व्यवस्थाले सेना तथा आधुकिन बल प्रयोगको व्यापक विस्तार पनि गर्यो । तर यो पुजिवादी युगले पनि मानवसमाजको न्यायपूर्ण पक्षलाई संवोधन गर्न सकेन । पुजिवादको विकाश र विस्तारसँगै साम्राज्यवादमा रुपान्तरण हुन पुग्यो । त्यसले पनि ठुला ठुला अन्तरविरोधहरुकोे जन्म दिदै आणविक होटवाजी सम्म विश्वलाई पुराइरहेको छ । यो व्यवस्थाको चरण अन्तिम अवस्थामा प्रवेश गरिसकेको छ, त्यसैले नेपाल कम्युनिस्ट पार्टीले आजको साम्राज्यवादलाई उत्तरसम्राज्यवाद भनेर सस्लेषण गरिएको हो । अझ यसलाई निभ्न लागेको साम्राज्यवाद, वा अन्तिम चरणमा पुगेको साम्राज्यवाद, वा अस्ताउन थालेको साम्राज्यवाद भनेर पनि वुझ्न सकिन्छ । 

बैज्ञानिक समाजवादको संघारमा मानवसमाज ः 
“कम्युनिस्टहरुको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य गर्नु हो ।” “— माक्र्स÷एङ्गेल्स कम्युनिस्ट घोषणा पत्र ।” जसरी बर्गहरुको विभाजन नीजि सम्पत्तिका कारणले पैदा भएको हो, त्यसैगरी ति बर्गहरुमा देखिएको आर्थिक समस्यालाई हल गर्न पनि नीजि सम्पत्तिको उन्मुलन वा अन्त्य आवश्यक छ । माक्र्स÷एङ्गेल्सले निकै सुन्दर तर्क अघिसार्नु भएको थियो । क. लेनिनले “साम्यवादमा क्षमता अनुसारको काम र काम अनुसारको दाम” भनेर व्याख्या गर्नु भयो ।  

वैज्ञानिक समाजवादका २ चरणहरु छन । एक ः समाजवादी व्यवस्था र दुई ः साम्यवादी व्यवस्था । यो अवस्थसम्म पुग्दा राज्य र बर्गहरुको पूर्ण उन्मुलन सम्म पुग्नेछ । आदीम साम्यवादी युग, दाश युग, सामन्तवादी युग र पुजिवादी÷साम्राज्यवादी युगको अन्त्य पछि बैज्ञानिक समाजवादी युगको शुरुवात अनिवार्य छ । माथिनै चर्चा गरिएझै विभिन्न अन्याय र उत्पीडनयुक्त समाजलाई पार गर्दै आईरहेको मानवसमाजले अव न्यायपूर्ण समाजको आवश्यकतालाई वोध गरेको छ । वैज्ञानिक समाजवादले समानतामुलक समाजको प्रतिनिधित्व गर्ने भएकाले त्यो व्यवस्थाको अनिवार्यतालाई नेपाल कम्युनिस्ट पार्टीले जोड दिएको हो । वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनको साधन माथि सामुहिक स्वामीत्व हुने र माल उत्पादन समाजको आवश्यकता अनुशार गरिन्छ । 

आजको सन्दर्भमा देखिएका आर्थिक समस्या÷अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तिन आधारलाई अघि सारेको छ । एक ः आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । दुई ः पार्टी कार्यकर्ताहरुका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकता अनुसारको दामको नीति तय गरिनु पर्दछ । तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरुका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनु पर्दछ । जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त गर्ने आधाभाग गरी उनीहरुको नीजि जिवनमा समेत सुखपूर्ण हुनेछ । त्यसका साथै कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरुले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने श्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरुले नीजिसम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरुको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्ने छ । यो समाजका लागि सरल र आदर्शयुत्त हुनेछ । जुनकुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हलगर्न संभवनै देखिदैन । त्यसैले बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित गर्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको प्रकृयाबाट गुर्जनुपर्ने हुन्छ, हो यसैका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले छलफल, बहस र आन्दोलनलाई केन्द्रीकरण गर्दै अघि बढिरहेको छ । 

नेपालमा देखिएको बर्गीय पक्षधरता ः 
आज नेपालमा रहेको मानवसमाजको बर्गीय पक्षधरतालाई हामीले राम्ररी नबुझेसम्म नेपालको बर्गीय आन्दोलनलाई ठिकढंगले अघि बढाउन सकिदैन । आजको राजनैतिक शक्तिको चरित्र के हो ? र नेपाली समाजको अर्थराजनीतिक विशेषता कस्तो छ ? भनेर ठिक निस्कर्ष निकाल्न आवश्यक छ । आर्थिक दृष्टिले हेर्दा हाल नेपालमा ८ वटा वर्ग विद्धमान छन् । एक ः दलाल नोकरशाही पुँजीपति बर्ग, दुई ः सामन्त बर्ग, तीन ः राष्ट्रिय पुँजीपति वर्ग, चार ः सुदखोर, माफिया बर्ग, पाँच ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग) छ ः सर्वहारा वा मजदुर वर्ग, सात ः किसान वर्ग, आठ ः भुमिहिन सुकुम्वासी वर्गहरु हुन । हालमा देखिएका यी वर्गहरुमा एक ः दलाल नोकरशाही पुँजीपति वर्ग, दुई ः सामन्त वर्ग र तीन ः सुदखोर, माफिया वर्गको हातमा नेपालको राज्यसत्ताको केन्द्रीकरण भएको छ । यो वर्ग जनविरोधी र उत्पीडक वर्गहरु हुन । अर्कोतिर एक ः राष्ट्रिय पुँजीपति वर्ग, दुई ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग), तीन ः सर्वहारा वा मजदु वर्ग, चार ः किसान वर्ग, पाँच भूमिहिन सुकुम्वासी वर्ग नेपालको उत्पीडित, श्रमिक, शोषीत ÷पिडित र क्रान्तिकारी वर्गहरु हुन । राष्ट्रभक्ती र देशभक्ती भावनालाई क्रान्तिकारी शक्तिहरुले गोलवन्द गर्न हरदम पहल गर्न आवश्यक छ । यी दुई वर्गको विचको अन्तरविरोध नै आज नेपालको मुख्य अन्तरविरोध हो । यसलाई एकीकृत जनक्रान्ति मार्फत दलाल नोकरशाही पुँजीपति, जनविरोधी वर्गको हातमा रहेको राज्यसत्तालाई खोसेर क्रान्तिकारी वर्गको हातमा लिन अनिवार्य हुन्छ । यसले मात्र समाजमा रहेको उत्पीडनलाई हल गर्न सक्नेछ । यो व्यवस्था भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । 

जसरी आर्थिक दृष्टिले वर्गको बारेमा उल्लेख गरियो, त्यसैगरी राजनीतिक हिसावले पनि नेपालमा रहेका राजनैतिकशक्तिहरुलाई हेर्न, वुझ्न र जान्न आवश्यकता छ । हाल नेपालमा रहेका राजनीतिकशक्तिलाई मुख्यत ः सात (७) वटा शक्तिमा विभाजन गर्न सकिन्छ । एक ः दलाल पुँजीवादी शक्ति, दुई ः पुँजीवादी शक्ति, तीन ः नोकरशाही शक्ति, चार ः सुदखोर, माफिया शक्ति, पाँच ः देशभक्त शक्ति, छ ः सुधारवादी शक्ति र सात ः क्रान्तिकारी शक्तिहरु हुन । आजको नेपाली समाज यिनै शक्तिहरुको बीचमा देखा पर्ने राजनीतिक अन्तरविरोधको बीचमा छ । दलाल पुँजीवादी शक्ति, नोकरशाही शक्ति, सुदखोर, माफिया शक्तिहरु यो दलाल संसदवादी सत्तालाई टिकाउन लागि परेका छन् । उनिहरुले वर्तमान राज्यसत्ताको सवै सुख सुविधा÷र अंगहरुको प्रयोग गरेर क्रान्तिकारी शक्तिलाई आतकंकारीका भिल्ला भिराउदै युद्धमार्फत आफ्नो लुटको सत्तालाई कायम राख्न चाहन्छन् भने अर्कोतिर, सवै देशभक्त, राष्ट्रिय पुँजीपति शक्ति र क्रान्तिकारी शक्तिहरु यो दलाल संसदवादी शक्तिको हातमा रहेको राज्यसत्तालाई फालेर वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न लागि परेका छन । राष्ट्रभक्त, देशभक्त र क्रान्तिकारीहरु उनिहरुको विरुद्ध एकीकृत जनक्रान्तिमा लामवद्ध हुदै वैज्ञानिक समाजवादका लागि एकतावद्ध बन्दै गैरहेका छन् । यो अवस्थामा आजको आर्थिक तथा राजनैतिक दृष्टिले देखा परेका समस्याको हल वैज्ञानिक समाजवादले मात्र गर्न सक्नेछ । उत्पीडितहरुको समाज र न्यायपूर्ण समाजका लागि वैज्ञानिक समाजवाद यसमानेमा अर्थपूर्ण र अनिवार्य मानिएको हो । 

पुछारमा ः  
उल्लेखित विषय र अवस्थाका आधारमा वैज्ञानिक समाजवादका लागि उत्पीडित जनसमुदाय एकतावद्ध हुन अनिवार्य छ । कम्युनिस्ट आन्दोलनमा देखा परेका सवैखाले प्रतिक्रिवाद÷अवसरवाद ÷संशोधनवादलाई परास्त गर्न जरुरी छ । सवैखाले राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, लुटपाट र वचौलियाको जगजगीलाई तोड्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको बाटो सहि हुन्छ भन्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको मान्यता रहेको छ । अवश्य पनि हरेक क्रान्ति सभ्य, शुशिल र सरल बाटोमा जाँदैन । त्यसका लागि निकै उथल पुथल अवस्थाको खाँचो पर्न सक्छ । दलाल संसदवादी सत्ताले जनतालाई एकतर्फी युद्ध थोपरेर अघि बढेकाले त्यो अन्यायपूर्ण युद्धलाई रोक्न र परास्त गर्न क्रान्तिकारीहरु र उत्पीडित वर्गहरुले पनि न्यायपूर्ण क्रान्तिको साहारा लिनु पर्ने हुनसक्छ । हरेक युद्धहरुलाई सहि ढंगले समाधान गर्ने भनेको सहि क्रान्तिकारी दर्शन, सिद्धान्त, राजनीति र विचार बोकेको क्रान्तिकारी पार्टीको नेतृत्वमा संचालन हुने क्रान्तिले मात्र हो । अवश्यपनि हामीले कसैलाई लुकाउनु हुदैन, बलप्रयोगको सिद्धान्तलाई तिलान्जली दिने पार्टी क्रान्तिकारी हुन सक्दैन । नेपाल कम्युनिस्ट पार्टीले बलप्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्दछ । आवश्यकता परेको खण्डमा क्रान्तिका सवैखाले साधन र श्रोतलाई प्रयोग गर्नुपर्ने आदर्शमाथि विस्वास राख्छ । त्यसैले दलाल संसदवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता, सेना, न्यायलयको अवधारणालाई मुर्तरुपमा लागु र क्रियाशिल गर्न थालिएको हो । सवै उत्पीडित जनसमुदाय यो महाअभियानमा लामवद्ध बनौ । दलाल व्यवस्था — मूर्दावाद ! वैज्ञानिक समाजवाद — जिन्दावाद !

२०७४ मंसीर २० 
 


 






No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...