Sunday, September 7, 2014

नेकपा – माओवादीको जिल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न, केन्द्रीय उपाध्यक्ष क. सिपी गजुरेल “गौरब” ले पार्टीलाई जिल्लाको १ नं. पार्टी बनाउन प्रशिक्षण ।


नेपाल कम्युनिष्ट पार्टी — माओवादी जिल्ला समिति सिन्धुलीको आयोजनामा  कमलामाई नगरपालीका सभागृह हलमा जिल्ला प्रशिक्षण कार्यक्रम भव्यरुपमा सु सम्पन्न भएको छ । जिल्ला प्रशिक्षण कार्यक्रम प्रशिक्षण दिदै प्रमुख अतिथि क. सिपी गजुरेल “गौरब”ले नव संशोदनवादीहरुसग सम्वन्ध विच्छेद गर्नु तत्कालिन अवस्थामा हाम्रो अनिवार्य आवश्यकता तथा वाध्यता रहेको बताउनु भयो । क्रान्तिकारीहरुले आफ्नो लक्ष्यमा पुग्न विभिन्न खाले अवसरवादी तथा संशोदनवादी र नवसंशोदनवादीहरुसँग सम्वन्ध विच्छेद र विद्रोह गर्दै क्रान्तिकारी योजनाको लागि अगाडि बढ्नु पर्ने कुरा भन्नु भयो । पार्टीले केन्द्रीय सत्ता कव्जा गर्ने अभियानमा रहेको बेला नियोजित ढंगले नेतृत्वले आन्दोलनलाई ठुलो गद्धारी गरेर धोका दिएकोले आफुहरुले त्यो पार्टीबाट विद्रोह गरी नयाँ जनवादी क्रान्तिको लागि नयाँ ढंगले पार्टीलाई पुर्नगठन गरेर यहासम्म आएको बताउनु भयो । यतिले मात्र पुग्दैन जिल्लामा हाम्रो पार्टीलाई जिल्लाको १ नंम्वरको पार्टी बनाउनु छ,  हामीले ठिकै गरेका थियौ, त्यसको पुष्टी आजको राष्ट्रिय राजनीतिमा हामीले अघि सारेको नीति र कार्यक्रममा आउन  सवै दलहरु बाध्य परेको र अझै पनि जन संविधान बन्न सक्नेमा आफुहरु ढुक्क नहुने कुरा राख्नु भयो । आन्दोलनको बलले नै हामीले जनताको अधिकार स्थापीत गर्न सफल हुने भएकोले अझै पनि शसस्क्त आन्दोलनको लागि तयार रहनु पर्ने कुरा बताउनु भयो । पार्टीलाई सुद्धिढ, सक्रिय, सशस्क्त बनाउदै अपुरो रहेको नेपाली क्रान्तिलाई पुरा गर्ने कुरा बताउनु भयो । 

जिल्ला प्रशिक्षण कार्यक्रमा केन्द्रीय सदस्य तथा दक्षीण ताम्सालिङ ईन्चार्ज क. “सन्ध्या” ले पार्टी अहिले विभिन्न चरणको संघर्षको कार्यक्रम लिएर आएको छ, त्यसलाई  सफल पार्न सम्पूर्ण सदस्यहरु जोडदार ढंग्ले लाग्नु पर्ने कुरा प्रशिक्षणको दौरानमा बताउनु भयो । अर्का केन्द्रीय सदस्य तथा सेक्रेटरी क. चिरन पुनले जिल्ला पार्टीले खेल्नु पर्ने भुमिका, संगठन परिचालन र जिल्ला पार्टीले संचालन गर्ने संघर्षको बारेमा प्रशिक्षण दिनु भएको थियो । जिल्लामा पार्टीले प्रशासनिक कामलाई कसरी प्रभावकारी  र हस्तक्षेपकारी बनाउन सकिन्छ ? पार्टीको स्थानीय तथा एरिया र जिल्ला तहमा जनताको समस्याहरुलाई विभिन्न सम्वन्धित निकायहरुमा उठाउन सकिन्छ भन्ने बारे प्रशिक्षण जिल्ला कार्यालय सदस्य क. डम्मर कार्कीले दिनु भएको थियो । 

शहिदहरु प्रति १ मिनेट मौन धारण गरि अघि बढेको जिल्ला प्रशिक्षण कार्यक्रमको अध्यक्षता सेक्रेटरी क. चिरन पुन, स्वागत जिल्ला कार्यालय सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” र संचालन जिल्ला कार्यालय सदस्य क. विनोद दहालले गर्नु भएको थियो भने, केन्द्र, राज्य र जिल्लाको पाचौं पूर्ण बैठकले गरेका निर्णयहरुको परिपत्र बाचन जिल्ला कार्यालय सदस्य क. बर्तमान राई “शशी” ले गर्नु भएको प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका सल्लाहकारहरु, सदस्यहरु, एरिया तथा गाँउ पार्टी समितिका सेक्रेटरीहरु र पार्टीको तर्फबाट स्थानिय निकायमा प्रतिनिधित्व गर्ने सदस्यहरुको सहभागीता रहेको थियो । जिल्ला प्रशिक्षणले पार्टीको भुमिकालाई जिल्ला भर अझ प्रभावकारी बनाउने महत्वपूर्ण भुमिका खेल्न थप उत्साह थपको र विभिन्न संगठनात्मक, प्रशिक्षणात्मक तथा संघर्षका कार्यक्रमहरु समेत निर्माण गरेको छ । 


नेपाल कम्युनिष्ट पार्टी – माओवादी 
जिल्ला कार्यालय सिन्धुली 



२०७१ भदौ २० । 

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...