Sunday, September 12, 2010

साम्राज्यवादीको दलाली गर्नेहरु क्रान्तिकारी हुनै सक्दैनन

देशप्रेम साप्ताहिक, काठमाण्डौं ।
बर्ष १२, अंक २२,
०६७ भदौ २७ गते, (आईतवार)
प्रकाशित

चिरन पुन
केन्द्रीय सदस्य – ईन्चार्ज, मगरात स्वशासित प्रदेश ।
०६७ भदौ २५ ।
  • भर्खर कार्यक्षेत्रबाट फर्कनु भएको छ । के छ तपाईको कार्यक्षेत्र मगरात प्रदेशको गतिविधी ?
संगठन विस्तार नै, अहिले मगरात प्रदेशको मुख्य काम हो । पार्टीको आयोजनामा प्रशिक्षण कार्यक्रमहरु संचालन भैरहकेका छन । विभिन्न स्थानहरुमा अन्तरक्रिया कार्यक्रम, बैठक, पार्टी सदस्यहरुको अद्यावधिक गर्ने, नया“ आवेदन फारम संकलन गर्ने आदी कामहरु पनि भैरहेका छन । त्यसको साथै, अहिले मगरात प्रदेशको प्युठान, बागलुङ, म्याग्दी, पर्वत जिल्लाहरुमा विभिन्न पार्टीहरु परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ । “सार्थक संविधान निर्माणको लागि जनदबाब सृजना गरौं” भन्ने मुल नाराका साथ संचालन हुने “जनजागरण अभियान ०६७” को तयारी पनि छौं ।
  • देशको तत्कालिन राजनीति बारे तपाईको क्षेत्रका जनता र कार्यकर्ताहरुमा कस्तो धारणा रहेको छ ?
  • अहिले सत्तामा रहेका र आफुलाई ठुलो भन्ने नेपाली काग्रेस, एमाले र ए नेकपा (माओवादी) को तत्कालिन गतिविधी देखेर जनता छक्क परेका छन । उनिहरुले सत्ता र कुर्सीको लागि गरेको तछाड–मछाड देखेर जनतालाई घृणा पैदा भएको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको दलाली गर्ने, चाकडी गर्ने र नेपाली जनताको समस्या प्रति बेवास्था गर्दै आफ्नो व्याक्तिगत तथा गुटगत स्वार्थमा तल्लिन हुने ठुला दलको अवस्था देखेर ति दलहरु प्रति जनताको क्रमश आक्रोश बढ्दै गएको छ ।
सवैले थप गरिएको समयमा नया“ अग्रगामी सार्थक संविधान निर्माण होस भन्ने चाहन्छन । बहुमतीय खेल छोडेर राष्ट्रिय सहमतीको प्रकृयामा जाने र सरकार र कुर्सीे लछाचुडीको खेल बन्द गर्न माग गरेका छन ।
  • नेकपा (एकीकृत) को बैठक हु“दैछ भन्ने सुनिन्छ, के के छन् एजेण्डाहरु ?
हो हाम्रो पार्टीको केन्द्रीय समितिको नवौं बैठक यहि ०६७ असौज ३ गतेबाट शुरु हुदैछ । बैठकमा तत्कालिन राजनीतिक परिस्थितिको मुल्याङ्कन, पार्टीको आगामी संगठनात्मक कार्यक्रम, पार्टी एकता र संयुक्त मोर्चा, सार्थक संविधान निर्माणको लागि आन्दोलनका कार्यक्रम, जन शुरक्षा दस्ता आदी विषयहरुमा छलफल भई आवश्यक निर्णयहरु गरिनेछ ।
  • पार्टी एकताको कुरा पनि सुनिन्छ, तत्काल को को स“ग एकता गर्दै हुनुहुन्छ ?
हो सा“च्चीकै नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने र जनवादी अधिनायकत्वयुक्त राज्य व्यवस्था ल्याउने हो भने, क्रान्तिकारीहरुको बीचमा धु्रविकरण अनिवार्य छ । तर त्यो एकता विचार र दृष्टिकोणको आधारमा हुनु पर्दछ । अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा अवसरवादी धारा बलियो जस्तो देखिएको छ त्यसैले पनि क्रान्तिकारी शक्तिहरुको एकता झन आवश्यक बनेको छ । यहि अभिभारालाई पुरा गर्न हामी सहि क्रान्तिकारी धाराको निर्माण प्रकृयाको अभियानमा छौ । हामीले तिनओटा पार्टी मिलाएर नेकपा (एकीकृत) बनाएका हौ“ । क्रान्तिकारी धु्रवीकरणलाई अझ तिर्व बनाएर लैजानु पर्दछ भन्ने मान्यता हाम्रो पार्टीले राख्दछ ।
तत्कालमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालस“ग एकताको लागि छलफलहरु भैरहेका छन । आधारभुत विषयहरुमा हाम्रो सहमती कामय भैसकेको छ । मुख्य राजनीतिक विषयहरुमा समेत कुरा मिलिसकेको छ । अव केही तात्कालिन विषयहरुलाई दुवै केन्द्रीय समितिले निर्णय गर्नु पर्ने भएकोले त्यो पनि अवको केन्द्रीय समितिको बैठकमा निर्णय गरिनेछ र पार्टी एकताको घोषणा हुनेछ ।
त्यसको साथै अहिले क. मातृका यादवले नेतृत्व गर्नु भएको नेकपा (माओवादी), पुर्नगठित नेकपा (मसाल) र नेकपा (माले –समाजवादी) स“ग पार्टी एकताको लागि सकरात्मक ढंगले छलफल अगाडि बढिरहेको छ । त्यसमा नेकपा (माक्र्सवादी) को एउटा हिस्सा समेत समावेश हुने कुरा भएको छ ।
  • संविधान सभाले संविधान र सरकार दुवै बनाउन सकेन अव के गर्नु पर्ला ?
अहिले संविधानसभामा प्रतिक्रियावादी र अवसरवादी राजनीति बोक्ने दलहरुको बोलवाला छ । त्यसैले उनिहरु समयमा संविधान बनोस भन्ने पक्षमा छैनन । उनिहरु राजनीतिक अस्थिरताको फाईदा उठाउ“दै यहिबेलामा आफ्नो स्वार्थ पुरा गर्न चाहन्छन । साम्राज्यवादी, विस्तारवादीहरुको दलाली गरेर आफ्नो कुर्सीको आयु लामो बनाउन चाहन्छन । त्यसैले प्रधानमन्त्रीको चुनावमा बारम्बार परिणाम ननिस्कदा समेत त्यसैमा मरिहत्य गरेर लागेका छन नि त ? त्यसैले, राष्ट्रिय सहमतीको लागि दबाब दिनु पर्दछ । थपिएको समयमा सार्थक संविधान निर्माणको लागि सम्पूर्ण जनता एकतावद्ध हुनु पर्दछ । संविधानसभाका सभासद, सरकार र आफुलाई ठुला भन्ने दलहरुलाई खबरदारी गर्नु पर्दछ । अब झन ठुलो आन्दोलनको आ“धी बेहरी सृजना गर्नु पर्दछ ।
  • संविधान सभा विघटन गरेर नया“ अन्तरिम व्यवस्था हुनु पर्दछ भन्ने कुरा पनि त उठेको छ नी ?
हो सतहमा हेर्दा, यो संविधान सभाले तोकिएको समयमा संविधान निर्माण गर्न नसकेकै हो । राती १२ बजे आफ्नो आयु आफैले लम्व्याएकै हो । तर, जनताले आफ्नो प्रत्यक्ष मत प्रदान गरेर निर्वाचित गरेको संविधानसभालाई त ठुला भन्ने पार्टीले यस्तो हालत बनाए भने यसलाई विघटन गरेर अन्तरिम अवस्थामा मुलुकलाई लैजादा झन प्रतिगामी, साम्राज्यवादी, विस्तारवादी र यथास्थितिवादी शक्तिलाई बल पुग्ला नि त होईनर ?
  • देश भित्रै क्रियाशिल दलका बीच बृहत छलफल गरेर १२ बु“दे सहमती जस्तै नया“ सहमती हुनु पर्छ पनि भन्छन नि ?
जति सहमति गरे पनि के भो र, त्यसलाई लागु गर्न नपरेपछि । सहमती गर्ने तर त्यसलाई लागु नगर्ने प्रवृति नै यतिबेलाको मुख्य समस्या हो । अर्कोतिर, सहमती गर्ने बेलामा कुर्सी स्वार्थको कारणले गर्दा जस्तो सुकै एजेण्डामा पनि लम्पसार पर्ने प्रवृति सत्ताधारीहरुको गलग तरिका हो । त्यसैले हाम्रो पार्टीले राष्ट्रिय सहमतीको प्रकृयामा जानु पर्दछ भनेको छ । अब नया“ सहमती गर्नुृ पर्दछ जस्तो मलाई लाग्दैन । ऐतिहा“सिक जन आन्दोलन ०६२÷६३ को दिशा निर्देशलाई सम्झे पुगिहाल्छ । जनताको माग र अहिले मुखरित भएको ऐजेण्डाहरुलाई आत्मसाथ गरे भैहाल्छ ।
  • विदेशी हस्तक्षेपको निकै चर्चा चल्छ । के के रहेछन साम्राज्यवादी र विस्तारवादी नया“ नीतिहरु ?
विस्तारवादी र साम्राज्यवादी नीति कस्तो हु“दो रहेछ भनेर तपाईले हालसम्म भोगी हाल्नु भएको छ नि हैनर ? हाम्रो देशमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप बाट कुन चा“ही क्षेत्र बचेको देख्नु हुन्छ ? एउटा प्रधानमन्त्रीको चुनावमा त विस्तारवादका एजेण्टहरु कसरी दौडधुप गरे । त्यसैले साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले नेपाललाई आफ्नो स्वार्थ पूर्ति गर्ने मनोरम स्थान बनाउन खोजिरहेका छन । यसमा हामी सम्पूर्ण नेपाली जनता सचेत हुन आवश्यक छ ।
  • बाम एकताको सरकार त बन्न नसक्दो रहेछ हैन ?
संविधानसभामा ६२ प्रतिसत मत बामपंथीहरुको रह“दा पनि किन मिलेर जान नसकेको होला भनेर आज सवैले भन्ने गरेको सुनेको छु । तर, सवैमा बामपंथी चरित्र भैदिएको भए किन देशको यस्तो अवस्था हुने थियो ? आफुलाई कम्युनिष्ट भन्ने तर काग्रेसले भन्दा पनि तल्लो दर्जाको राष्ट्रघाती र जनघाती काम गर्न तयार हुने प्रवृतिलेनै बामपंथी आन्दोलनलाई दिग्भ्रमित पारेको अवस्था देख्छु मैले । जहा“ सम्म बामपंथी सरकारको कुरा छ, अहिले त्यो अवस्था बन्ला जस्तो लाग्दैन ।
  • ए माओवादीका पछिल्ला गतिविधीलाई कसरी हेर्नु हुन्छ ?
बैचारिक हिसावले ए माओवादीको यात्रा संशोधनवाद तर्फ दौडिरहेको छ । एक्काईसौ सताव्दीको जनवादलाई आत्मसाथ गर्नु, बर्ग संघर्ष प्रतिको मोह भंग हुनु, खुल्ला अर्थ तन्त्रलाई स्वीकार गर्नु, पथप्रदशक सिद्धान्तमा समेत स्पस्ट नीति बनाउन नसक्नु आदी उनिहरुको संशोधनवादी यात्राको पहिचानहरु हुन । जहा“सम्म उनिहरुको व्यवहारको कुरा छ, उनिहरु अहिले पनि उग्रबामपंथी सो“च र चिन्तनबाट ग्रसित छन । अराजकतावादी गतिविधीमा तल्लिन छन । त्यहा“ भित्र अनेकौं प्रकारका विकृतिहरु मौलाईरहेका छन । पार्टीका ईमान्दार कार्यकर्ता पाखालाग्ने र अवसरको लागि झुम्मिएका दरबारीया देखि घरबारीया सम्मका अवसरवादी व्याक्तिहरुको बोलवाला हुने अवस्था देखिएको छ । त्यो कुरा त स्वयं ए माओवादीको नेताहरुले नै खुल्ला बोल्दै हिडेका छन ।
  • सार्थक संविधानको लागि नेकपा (एकीकृत) ले चलाएको जन दबाब अभियान कहा“ पुग्यो ?
हाम्रो अभियान निरन्तर जारी रहेको छ । संविधान नबन्दा सम्म यो अभियानले निरन्तरता पाउने छ । विगतमा पनि तोकिएको समयमा सार्थक संविधान निर्माणको लागि जनदबाब अभियान चलायौं । मेची महाकाली मोटर साइकल र्याली गर्यौं । अभियानमा विभिन्न कार्यक्रमहरु संचालन गरियो । तर, जेठ १४ गते संविधान बनेन । पार्टीको केन्द्रीय समितिले फेरी निर्णय गरेर असार १ गते देखि अवध–भोजपुरा र तमुवान प्रदेशबाट जनदबाब अभियानको शुरुवात भै सकेको छ । अबको केन्द्रीय समितिको बैठकमा विगतमा संचालित अभियानको समिक्षा गरिनेछ र अझ व्यवस्थित ढंगले यो अभियानलाई देशव्यापी बनाउने योजनामा छौ । जसले सार्थक संविधान निर्माण गर्न बल पुग्ने छ ।
  • जनदबाब अभियानमा कस्ता कार्यक्रमहरु छन त ?
विभिन्न कार्यक्रमहरु संचालित छन । प्रचा वितरण, माईकिङ, कोण सभा, सभा, अन्तरक्रिया, साईकल तथा मोटरसाईकल र्याली, जुलुस, गोष्ठि, जनभेटघाट, वालपेन्टिङ आदी जस्ता कार्यक्रमहरु छन ।
  • यो सार्थक संविधान भनेको के हो ?
आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय गणतन्त्रको स्थापना, सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हानको अनिवार्य व्यवस्था, शिक्ष्ाँ, स्वास्थ, रोजगार, सामाजिक सुरक्ष्ाँ लगाएतका विषयहरुलाई राज्यको अनिवार्य दायीत्व, किसान र मजदुर बर्गबाट राज्यमा विशेष प्रतिनिधित्वका व्यवस्था र राज्यको सवैतह र प्रकृयाहरुमा शोषित पिडित बर्ग, उत्पीडित समुदाय, जात–जाती, आदिवासी÷जनजाती, दुर्गम क्षेत्र र तराईवासी लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागु, वर्तमान सुरक्षा नीतिको खारेजी र जन सुरक्षा नीतिको लाग, समाजवाद उन्मुख अर्थ व्यवस्थाको अनिवार्यता, पुरानो सम्पूर्ण असमान सन्धी संझौताको खारेजी र समानताको आधारमा अन्तराष्ट्रिय सम्वन्धको विस्तार र व्यवस्थापन । राष्ट्रिय स्वाधीनताको निम्ति ठोस नीति निर्माण आदी विषयहरुलाई अव बन्ने संविधानले अनिवार्य रुपमा समावेश गरिनु पर्दछ अनिमात्र अव बन्ने संविधान सार्थक बन्नेछ भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ ।
  • अन्त्यमा केही भन्नु छ ?
तपाईलाई धन्यवाद, पार्टीको विचारलाई राख्ने अवसर दिनुभयो । थप गरिएको समयमा सार्थक संधिवान निर्माणको लागि दबाब सृजना गर्न तपाई पत्रकारहरु पनि लाग्नु पर्ने भयो । सवैे एकतावद्ध बनौ ।





जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...