Saturday, July 2, 2011

कम्युनिष्ट आन्दोलनमा नेकपा (एकीकृत) नीति सिद्धान्त र नेतृत्व बारे


चिरन पुन
अग्रगति साप्ताहिक
बर्ष ५, अंक ४३,
२०६८ असार १६ विहिबार,
काठमाण्डौ, नेपाल ।


प्रारम्भ ः
२००६ साल बैसाख १० गते शुक्रबार, (२२ अप्रेल १९४९) मा स्थापना भएको नेपालको कम्युनिष्ट पार्टीले ६१ वर्ष विताईसकेको छ । निकै उतार चडाव, टुट फुट, आरोह अवरोह पार गर्दै कम्युनिष्ट आन्दोलन यहा“सम्म आई पुगेको हो । ४ जना युवाहरुले स्थापना गरेको कम्युनिष्ट पार्टी आज एक दर्जन भन्दा बढीको संख्यामा विभाजित भएको अवस्था छ । कम्युनिष्ट पार्टीमा आस्था राख्ने र कम्युनिष्ट दर्शन, सिद्धान्त र विचारलाई विस्वास गर्नेहरुको लागि यो अत्यन्त पिडादायी अवस्था हो । क्रान्तिकारी दर्शन, सिद्धान्त, विचार र आचरणलाई हेर्दा निकै निर्णयक मोडमा आज नेपालको कम्युनष्टि आन्दोलन उभिएको छ । क. पुष्पलालको नेतृत्वमा २०२५ साल, गोरखपुरमा भएको राष्ट्रिय सम्मेलनबाट नेपालको कम्युनष्टि आन्दोलनले माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पार्टीको मार्ग दर्शक सिद्धान्त स्वीकार गर्ने र नया“ जनवादको कार्यक्रमलाई अघि सारेको थियो ।

आज जनतालाई ठुलो भ्रम छ । जनताले कम्युनिष्ट पार्टी चाहन्छन । क्रान्ति चाहन्छन । आमुल परिवर्तन चाहन्छन । गरिखाने बर्गको राज्य व्यवस्था चाहन्छन । तर, के गर्नु ? जनताको चाहना माथि आज ठुलो तुषारापात भएको छ । जनताको विस्वास माथि निर्मम धोखा भएको छ । आफुलाई कम्युनिष्ट पार्टीका मुलधार सम्झनेहरु चाहे बहुदलीय जनवादको आधारमा अघि बढ्दै गरेको एमाले होस या २१ औं सताव्दीको जनवादको कुरा गर्दै हिडेको एमाओवादी उनिहरु यो वा उ ढंगले बहुदलीय प्रतिष्प्रदालाई स्वीकार गर्दै आएका पार्टीहरु हुन । आज उनिहरु दुवै पार्टीले माक्र्सवाद लेनिनवाद माओविचारधारालाई मार्ग दर्शक सिद्धान्त मान्दैनन । एमाले दक्षिणपंथी अवसरवादमा चुर्लुम्मै डुविसकेको छ भने एमाओवादीको यात्रा पनि तेतै सोझिएर दगुर्दै छ । अन्य कतिपय कम्युनिष्ट पार्टीहरु साना छन । जनताले विस्वास गर्न लायक बनिसकेका छैनन । कतिपयको दर्शन, सिद्धान्त क्रान्तिकारी छैन । यो विडम्वनामा आज हाम्रो देश तड्पीरहेको छ । क्रान्ति, क्रान्ति भन्ने जनता छटपटाईरहेका छन । क्रान्तिकारी विचार, दर्शन, सिद्धान्त, राजनीति, आचरणहरुमा संशोधनवादीहरुले खिल्ली उडाईरहेका छन । कम्युनिष्ट पार्टीको झण्डालाई आफ्नो विकाउ वस्तु मात्र बनाउन अवसरवादीहरु सफल भएका छन । यस्तो अवस्थामा रहेको कम्युनष्ट आन्दोलनमा नेकपा (एकीकृत) क्रान्तिको संभावहक बन्न सक्ला ? वा उसको गति पनि अहिले बगेको हावाको बेग जस्तै यो परिस्थितिमा रोमलिएर हराउला ?

कम्युनिष्ट पार्टी ः
“क्रान्तिकारी कम्युनिष्ट पार्टी समस्त जनताको नेतृत्वको केन्द्रीय शक्ति हो । यो शक्ति विना समाजवादको उदेश्य विजयी हुन सक्दैन” मे २५, १९५७ मा क. माओले यो कुरा बताउनु भएको थियो । हामीले नेपालका नकली होईन असली कम्युनिष्ट पार्टी निर्माण गर्न चाहन्छौ । सहि दर्शन र सिद्धान्तनिष्ट कम्युनिष्ट पार्टी भएको हेर्न चाहन्छौ । क. माओले भनेजस्तै, कम्युनिष्ट पार्टीलाई समस्त जनताको नेतृत्वको केन्द्रीय शक्ति बनाउन चाहन्छौ । हो यो, अभियानमा हामी लागेका हौ । त्यसैले हामीले २०६३ सालमा नेकपा (एकीकृत)को स्थापना गरेका हौ । आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरु त प्रसस्तै थिए, फेरी त्यही हुलमा अर्को कम्युनिष्ट पार्टी, त्यस्तै रुपरङ्गको, त्यस्तै चालढालको नेकपा (एकीकृत) शुभनाम गरेको पार्टीको संख्या थप गर्न खोजिएको पटक्कै होईन । बरु, नेपालमा आमुलपरिवर्तन गर्नु हो । आज सम्म अपुरो भएको नया“ जनवादी क्रान्ति सम्पन्न गर्नु हो । सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्न लाग्नु हो । नेपालमा धेरै मानिसहरु कम्युनष्ट भएर मरे । नहुनु भन्दा कम्युनिष्ट भएर मर्नु पनि ठुलो कुरा होला ? तर, कम्युनिष्ट भएर मर्नु र मरिसकेपछि कम्युनिष्ट पार्टीको झण्डा ओड्नैको लागि कम्युनिष्ट हुनुले मात्रै नेपाली क्रान्तिलाई पटक्कै हित गर्दैन, र गरेको पनि छैन ।

हामी आन्दोलनमा लाग्दा लाग्दा थाकेर विसाईमार्न यो पार्टी नेकपा (एकीकृत) स्थापना गरेका होईनौ । फेरी अन्य कुनै पार्टीमा टिक्नै नसकेर वा काम गर्न लायक नै नभएर यो पार्टी हामीले बनाएका पक्कै होईनौ । निष्कृयहरुको डम्पीङ् साईट बनाउन वा अराकतावादीहरुको संगम स्थल बनाउन पनि हामीले नेकपा (एकीकृत) निर्माण गरेका थिएनौ । हामी कोहि नेता हुन वा कसैको पद जोगाउन वा कसैको जयजयकार गर्न यो पार्टी नेकपा (एकीकृत) स्थापना गरेका पनि थिएनौ । कम्युनिष्ट हुनैको लागि ? कम्युनिष्ट भएर मर्नैको लागि ? मरिसकेपछि कम्युनिष्ट पार्टीको झण्डा ओड्नैको लागि ? हामीले नेकपा (एकीकृत) मा पक्कै लागेका होईनौ । हामीले नेपाली क्रान्तिको लागि केहि गर्नु छ । गरिखाने वर्गको लागि केहि गर्नु छ । दलाल, नोकरशाह, पुजिपति र सामन्तको विरुद्धमा केहि गर्नु छ । त्यसैले हामीले यो पार्टी बनाएका हौ, नेकपा (एकीकृत) पुर्नगठन गरेका हौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी भनेको सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो । सर्वहारा बर्गको संगठित दस्ता हो । सर्वहारा बर्गको उच्चरुप हो । सवै जनसंगठनहरुको उच्च रुप हो । मजदुर बर्गको अगुवाको सजिव रुप हो । क्रान्तिकारी परिवर्तनको संंभाहक हो । आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक रुपान्तरणको उच्चतम रुप हो ।

“हामीले जनतामा विस्वास गर्नै पर्छ र हामीले पार्टीमा पनि विस्वास गर्नै पर्छ । यी मुलभुत सिद्धान्त हुन । हामीले यी सिद्धान्तमा संङ्का गर्यौ भने हामी केही पनि गर्न सक्ने छैनौ” कृषी सहयोगको सम्वन्धमा क. माओले जुलाई ३१, १९५५ मा बताउनु भएको थियो । क. माओले बताउनु भए जस्तै, हामी नेकपा (एकीकृत) लाई क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुपमा परिचालन गर्न खोजेका छौ । यो दायीत्ववोध नेकपा (एकीकृत) का सवै नेता तथा कार्यकर्ताले गर्नै पर्ने भएको छ । नया“ जनवादी क्रान्तिको विस्वासमा, त्याग, बलिदान, समर्पण मुक्तिको लागि हामी नेकपा (एकीकृत) का सवै नेता कार्यकर्ताहरु लाग्नै पर्ने भएको छ ।

क्रान्तिकारी नीति तथा सिद्धान्त ः
सहि क्रान्तिकारी दर्शन, नीति, सिद्धान्त क्रान्तिकारी पार्टीको मुटु हो, जसले सधैभरी क्रान्तिकारी पार्टीलाई सहि बाटोमा सहि कार्यको लागि हिडाईराख्न भुमिका खेलिरहेको हुन्छ । आज हाम्रो देशमा कम्युनिष्ट पार्टीको नाममा बुर्जुवा र संशोधनवादी थुप्रो लागेको छ । कम्युनिष्ट आन्दोलनको नाममा थुप्रिएको त्यो अवसरवादी थुप्रोलाई सफा गर्नु सहि क्रान्तिकारी नीति र सिद्धान्तकै आवश्यकता पर्दछ । त्यसैले “क्रान्तिकारी सिद्धान्त नभईकन कुनै क्रान्तिकारी आन्दोलन चल्न सक्दैन, सवभन्दा समुन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाई पुरा गर्न सक्छ” “लेनिन चुनिएको रचनाहरु, अग्रेजी संस्करण – मास्को, १९४७ भाग १, पृष्ठ १६३ – १६४” मा लेनिनले स्पस्ट ढंगले लेख्नु भएको छ । त्यसैले क्रान्तिकारी आन्दोलनको लागि क्रान्तिकारी सिद्धान्तले मेरुदण्डको भुमिका खेलिरहेको हुन्छ । जसरी मेरुदण्ड विना मानिस चल्न र हिड्न सक्दैन त्यसैगरी क्रान्तिकारी सिद्धान्तविना क्रान्तिकारी आन्दोलन चल्न र हिड्न सक्दैन । प्राविधिक र टाक्क टुक्कको आधारमा क्रान्तिकारी सिद्धान्त र नीतिलाई बुझुने र लागु गर्न खोज्ने भनेको पक्कै पनि अन्धोले हाक्तिका कान छामेर सुपोको अनुभुत गरेको जस्तै हुन्छ । त्यसैले नै क. माओले जोड दिदै २७ फरवरी १९४८ मा भन्नु भएको प्रश्न हो, “सहि नीति र सिद्धान्तनै क्रान्तिकारी पार्टीको समस्त व्यवहारिक कारवाहिहरुको आरम्भ विन्दु हो” । त्यसैले हाम्रो पार्टी नेकपा (एकीकृत) ले अवलम्वन गरेको बैचारिक, सैद्धान्तिक विषयलाई हेरौ, समिक्षा गरौ, फेरी पनि १० चोटी सोचौ र सहि निष्कर्षको आधारमा पार्टीको नीति निर्माणमा लागौ ।

फेरी अर्को पक्षलाई पनि हामीले निकै चनाखोपूर्ण ढंगले हेर्न, बुझ्न र मुल्याङ्कन गर्न निकै सिपालु बन्नै पर्दछ । तत्कालीन रुपमा भएपनि अवसरवादीहरु, बुर्जुवाहरु निकै शानमानपूर्ण देखिने गर्दछन । उनिहरुले आमुलपरिवर्तनलाई आत्मसाथ नगर्ने भएकोले नया“ संभावनाहरुलाई देख्दैनन बरु, नया“ संभावनाहरुको अवमुल्यन गर्दछन । त्यसैले गर्दा नै विश्व कम्युनिष्ट आन्दोलनमा अवसरवादीहरु परास्त हु“दै आईरहेको तथ्य हाम्रो सामु उभिएको छ । क्रान्तिकारीहरु हार्दा हार्दै जित्नसक्छन भने, अवसरवादीहरु जित्दा जित्दै हार्दछन, यो विश्व कम्युनिष्ट आन्दोलनले हामीलाई सिकाएको पाठ हो । आज विश्व कम्युनिष्ट आन्दोलनले रक्षात्मक अवस्थामा हिड्दै छ, भन्ने गरिन्छ । आन्दोलन कहिले पनि रक्षात्मक हुदैन बरु, आन्दोलनले अघि बढ्न वा पछि हड्न जानेको हुनु पर्दछ । निश्चितै रुपमा चिनको कम्युनिष्ट पार्टीले माक्र्सवाद लेनिनवाद माओविचारधाराको पद प्रदशनमा चिनिया क्रान्ति सन् १९४९ मा सम्पन्न गरेको थियो । थुर्पै बर्ष वितेको छ, परिस्थिति पनि फेरिएको होला तर सारमा हालको नेपालको अवस्था भनेको अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक परिवेशमा नै रहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । त्यसैल्ो आज जसले माक्र्सवाद लेनिनवाद माओविचारधाराको मार्ग निर्देशक सिद्धान्तलाई तिलाञ्जली दिएका छन, उनिहरु यो उ ढंगले भड्कावमा फसेको तथ्यलाई आजको कम्युनिष्ट आन्दोलनले बुझ्न आवश्यक छ । आज एमाओवादी, एमाले ठुलो छ । धेरै जनताले उनिहरुलाई विस्वास पनि गरेका छन । उनिहरु बाहेक अरुहरुलाई नदेखेका पनि होलान तर, उनिहरुको चरित्रले कम्युनिष्ट आन्दोलनको चरित्रस“ग कहा“ नेर मेल खाएको छ त ? उनिहरुको अवलम्वन गरेको सिद्धान्तले क्रान्तिकारी सिद्धान्तस“ग कहा“ नेर मेल खाएको देखिन्छ त ? उनिहरुको देश र जनताको निम्ति खेलेको भुमिकाले कहा“नेर सकरात्मक भेद छुट्याउन मिल्छ त ? यी प्रश्नहरुमा सवै घोत्लिन आवश्यक देखिन्छ । पार्टी ठुलो बनाउने नाममा कम्युनिष्ट चरित्रहरुको नस्ट गर्दै जाने । साम्राज्यवाद र विस्तारवादस“गको लगनगा“ढो जोडिदै जाने लाममा मरिहत्य गर्ने । सुविधाहरु बढ्दै जान्छ र रुपरङ्ग फेरिदै जान्छ । पार्टी भित्र सुकिलो मुकिलोहरुको स“ख्या बढ्दै जान्छ । अनि सर्वहारा, किसान, मजदुर, सुकुम्वासी र गरिबहरु किनारा लाग्दै जाने र उच्च घरानाहरुको बोलवाला बढ्दैजाने, सम्पक्तिवालाहरुको हाई द्वाई बढ्दै जाने अवस्थामा एमाले र एमाओवादी पार्टी फेरिएका छन । आलिसान महल, पजेरो, ठेक्का पट्टा, तस्करी, सुविधामा रोमलिएको अन्तरविरोधको आजको कम्युनिष्ट आन्दोलनका असली हकदार एमाले र एमाओवादीहरु होईनन ? कहा“ गयो सुकुम्वासीको कुरा ?, कहा“ पुग्यो क्रान्तिकारी भुमिसुधारको कुरा ?, कहा“ छ, असमान सन्धी संझौता खारेज गर्ने कुरा ?, कहा“ पुग्यो जनआन्दोलन ०६२÷६३ का अपराधीहरुलाई कारवाही गर्ने कुरा ? कहा“ पुग्दैछ साम्राज्यवाद र विस्तारवादको विरुद्ध संघर्ष गर्ने कुरा ? यसको जवाफ एमाले र एमाओवादीले जनतालाई दिनु पर्दछ । उनिहरुले भन्ने गरेको क्रान्तिकारी नीति, सिद्धान्त र त्यस भित्र लुकेको र कम्युनिष्ट विचारको नाममा अवसरवादको खोल क्रमश फुकिदै छ । संशोधनवादी अनुहार जनताको विचमा छर्लङ्ग हुदै गएको छ । यसबाट सवै सचेत र चनाखो बन्नै पर्दछ ।

क. माओले अक्टोवर १९३८ मा भन्नु भए जस्तै, “क्रान्तिकारी सिद्धान्त तथा ईतिहासको ज्ञान र व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहुन्जेल कुनै पनि राजनैतिक दलले महान क्रान्तिकारी आन्दोनललाई विजय तर्फ लैजान संभव छैन” यहि विषयले आजको यथार्तलाई संवोधन गर्दछ । त्यसैले हाम्रो पार्टी नेकपा (एकीकृत) ले आफ्नो नीति र सैद्धान्तिक प्रश्नहरुमा सधै निधार तन्क्याउने र दृढतापूर्वक काममा लाग्ने कुरामा विषेश जोड दिनु पर्दछ । क्रान्तिकारी सिद्धान्त र नीतिको दिशाबोधलाई सधै महान जिम्मेवारीको रुपमा लिनु पर्दछ । सहि नीति, सिद्धान्त र कार्यक्रमहरुले मात्र नेकपा (एकीकृत) को जनता र पार्टीको विचको अन्तरसम्वधलाई तार्किक निष्कर्षमा पुर्याउने छ ।

कम्युनिष्ट नेतृत्व ः
लेनिनवादी संगठनात्मक सिद्धान्तको एउटा महत्वपूर्ण पक्ष सहि नेतृत्वको चईनको प्रश्न पनि हो । कम्युनिष्ट पार्टीमा सहि र सक्षम नेतृत्वको अभावले आन्दोलनमा झारा टार्ने काम त गर्ला तर, त्यसले क्रान्तिकारी आन्दोलन अघि बढ्न सक्दैन । आज कम्युनिष्ट आन्दोलनमा सहि र संक्षम नेतृत्वको अभाव छ । त्यो नेतृत्व रेडिमेट बनेर आउछ ? त्यो पनि होईन । कम्युनिष्ट आन्दोलनकै जगबाट खोजिनु पर्दछ । पार्टीको केन्द्रमा रहने सवै मानिसहरु नेतृत्व क्षमताको हुन्छन भन्ने होईन । तर, नेतृत्वको संभावना र विकल्पको खोजिलाई कम्युनिष्ट पार्टीले सधै सचेत पुर्वक ध्यान दिनै पर्दछ ।

“म के दावा गर्छु भने, निरन्तरता कायम राख्ने नेताहरुको टिकाउ संगठन नभएमा कुनै पनि क्रान्तिकारी आन्दोनल टिकाउ हुन सक्दैन, क्रान्तिकारी कामको लागि क्रान्तिकारी पार्टीमा मुख्य रुपले त्यस्ता मानिसहरु हुनै पर्छ जसले क्रान्तिकारी कामलाई आफ्नो पेशा बनाएका हुन्छन ।” “लेनिन संकलित रचनाहरु, रसियाली संस्मरण भाग ४, पृष्ठ ४५६ मा क. लेनिनले बताउनु भएको यो सन्दर्भलाई हामी, हाम्रो नेतृत्व र हाम्रो पार्टीले अवस्य ध्यान दिनु पर्दछ । कम्युनिष्ट पार्टीको नेतृत्व बन्नको लागि यि विषयहरु निश्चयनै महत्वपूर्ण बन्न जाने विषय हुन । क – सिद्धान्तनिष्ट, बैचारिक प्रतिवद्धता र राजनीतिक परिपक्कता नेतृत्वमा हुने अतिआवश्यक गुण हो । ख – त्यसको साथै ईमान्दारिता र निरन्तरताको अभावले पनि कम्युनिष्ट आन्दोलनको नेतृत्व बन्न सकिदैन । ग – जुझारु हुनु, सक्रिय हुनु, विद्रोही हुनु, सिकारु हुनु, सृजनसिल हुनु, समर्पणभाव हुनु, र संघर्षप्रेमी बन्न सक्नु आवस्य नेतृत्वको कसी हो । घ – जनमुखी चरित्र नेतृत्वको मुख्य विषेशताको प्रश्न हो । तर, नेपालको कम्युनष्टि आन्दोलनमा नेतृत्वमा रहेको संङ्किण, व्याक्तिवादी, गुटवादी, फुटपरस्त चिन्तन सैली र सैद्धान्तिक बैचारिक चिन्तनको अभाव जस्ता नकरात्मक पक्षहरु छन जसले गर्दा सधै आन्दोलनलाई घाटा पुरईरहेको छ । नेतृत्वको कुरा गर्दा अर्को पक्ष तिर पनि ध्यान जानु आवश्यक छ । आज सवै पार्टीमा नया“ पुस्ता र पुराना पुस्ताको बीच अन्तरविरोध छ । उमेर हुनेहरुले जहिले पनि काममा सक्रियता र जुझारुपनको माग गर्दछ, कामको लागि दौडधुपको भुमिका खोज्दछ । सवै आफै जस्तै सक्रिय भैदिउन भन्ने लाग्दछ । जब उसको उमेर ढल्कदै जान्छ उसले अनुभवको कुरा गर्ला वा परिपक्कताको कुरा गर्ला वा यति भोटो फटालेको र दाह्री जु“गा फुलेको कुरा गर्ला । यसको सन्तुलन सहि ढंगले राख्नु पनि कम्युनिष्ट आन्दोनलमा लागेका नेतृत्वहरुको कर्तव्य बन्न जाने विषय हो ।

“नीति र कार्यनीति पार्टीका ज्यान हुन, सवै स्तरका नेता कामरेडहरुले यसबारे पुरा ध्यान दिनै पर्छ र कुनै हालतले पनि यसबारे लापरबाही गर्नु हुन्न” २० मार्च १९४८ मा क. माओले परिस्थितिको विषयमा परिपत्र गर्दै भन्नु भएको थियो । नेतृत्वमा बस्न खुब रुचाउने तर, सक्रिय नहुने प्रवृति कम्युनिष्ट आन्दोलनमा प्रयाप्त छ । फेरी कम्युनिष्ट नेतृत्वलाई समय विताउने उपयुक्त स्थानको रुपमा पनि लिने गरेको पाईन्छ । कम्युनिष्ट आन्दोलनको नेतृत्वमा प्रभावकारी भुमिका निर्वाह गर्न नसक्ने अवस्था भैसक्दा पनि नेतृत्वमा बसिरहन खोज्ने प्रवृति पनि आन्दोलनमा कम छैन । आफु रहदा“ सम्म अरुको भुमिकालाई नजरअन्दााज गर्ने वा मेरै जगमा अरुको राजनीतिक भुमिका उभिएको छ, भन्ठान्ने प्रवृति पनि आन्दोलनमा रहेको नेतृत्वको नराम्रो पक्ष हो । पार्टीको कामलाई कुनै सरकारी अफिसको काम सरह ठान्ने र म विना संसार हल्लिदैन भन्ने आन्दोलनको नेतृत्वमा देखिएको अर्को रोग हो । फेरी नेतृत्वले कुनै पनि बेला गल्ती नै गर्दैन भन्ने प्रश्न भने होईन तर, नेतृत्व सधै, सवैबेला पार्टी र क्रान्तिको बारेमा सकरात्मक सो“चले सक्रिय पुर्वक अघि बढेको छ वा छैन भन्ने प्रश्नले निर्णयक भुमिका खेल्दछ । आज हाम्रो पाटीै नेकपा (एकीकृत) मा रहेका हामी केन्द्रीय सदस्य, पोलिटव्युरो र पदाधिकारीहरुमा पनि यस प्रकारको कही, कतै, कसैस“ग मिल्न सक्ने विषयलाई नजरअन्दाज गर्न सकिन्न । गर्न सक्छौ ? गरौ । लाग्न सक्छौ ? लागौ । सम्दैनौ ? जतिसक्छौ त्यति गरौ । त्यो पनि सक्दैनौ ? कम्युनिष्ट आन्दोलनको बोझ नबनौ । पार्टीलाई समर्थन गरौ, बसौं । नया“ पिडिलाई वाटो छोडिदिउ । उसले पनि गर्न सक्दैन फेरी त्यहि प्रकृया अगाडि बढाऔं । यो प्रकृयाले नै कम्युनिष्ट आन्दोलनमा देखिएको गोलचक्करवादको अन्त्य गर्न सकिएला । अकृमन्यतालाई तोड्न सफल होईएला । निष्कृयतालाई रोक्न सकिएला । अराजकतालाई सहि बाटोमा ल्याउन सफल भईएला । त्यसैले हामी सवैले पार्टीको आठौ महाधिवेशन सम्म पुग्दा संङ्कल्प गर्ने बेला भएको छ । पार्टी परिवर्तन र क्रान्तिको लागि आफ्नो लागि आफैले आत्मसमिक्षा गरेर उपयुक्त निकाशमा पुग्नै बेस हुन्छ । यसले पार्टी र क्रान्तिलाई अवस्य घात गर्ने छैन । बरु नया“ संभावनाको लागि ढोका खोलिदिनेछ । नया“ नया“ नेतृत्वको विकाश र विस्तारमा बल पुग्नेछ र कम्युनिष्ट आन्दोलनमा र नेतृत्वमा रहेको सकरात्मक रिक्ततालाई पुरा गर्न सकिने छ ।

धन्यवाद ।



जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...