Monday, September 15, 2014

एरिया स्तरीय संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न, नेकपा – माओवादीको एरिया तथा गाँउ समितिहरुको पुर्नगठन ।



२०७१ भदौ २९ 
एरिया नं. ५ र ६
ग्वालटार, भुवनेश्वरी सिन्धुली ।

नेकपा – माओवादी एरिया नं. ५ र ६ को संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम मिति २०७१ भदौ २९ गते एरिया नं. ५ अन्तरगत ग्वालटार भुवनेश्वरीमा भव्य ढंगले सम्पन्न भएको छ ।  एरिया स्तरीय बृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा त्यस एरिया अन्तरगतका गाविसहरुबाट पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

वृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनले राष्ट्रिय राजनीतिमा पार्टीले लिएको नीति तथा पार्टीले खेल्नु पर्ने भुमिका, संगठनको आगामी कार्ययोजना, राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निमार्णको लागि पहल, संयुक्त तथा एकल आन्दोलनका कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो । जनताले हाम्रो पार्टी माथि ठुलो अपेक्षा गरेका छन त्यसको साथै हामीले अपुरो रहेको जनवादी क्रान्ति पुरा गर्नु पर्ने दायीत्व पनि हामै्र काध माथि आईपरेको कुरा बताउदै पार्टीले जनताको अपेक्षा र वर्तमानले सुम्पेको जिम्मेवारी पुरा गर्न जोडदार ढंगले लाग्नु पर्ने कुरा बताउनु भयो । एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा अर्र्का अतिथि जिल्ला सदस्य तथा एरिया नं. १० का  सेक्रेटरी क. रोमनराज गिरी “अशोक”ले पार्टी केन्द्र, राज्य, जिल्ला समितिको पाचौं पूर्ण बैठकले गरेको निर्णयको बारे र पार्टी एरिया समितिले खेल्नु पर्ने भुमिकाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

शहीदहरु प्रति श्रद्धान्जली गरी शुरु गरिएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला सदस्य तथा एरिया नं. ५ का सेक्रेटरी क. अर्जुन थापाले गर्नु भएको थियो । जिल्ला सदस्य तथा एरिया नंं. ६ का एरिया सेक्रेटरी क. जुद्धबहादुर विक “जगत” ले कार्यक्रमको संचालन गर्नु भएको थियो । राजनैतिक प्रशिक्षणको दौरानमा एरिया समिति र कतिपय गाविसहरुको गाँउ पार्टी समितिको पुर्नगठन समेत गरिएको छ ।

एरिया समितिहरुको पुर्नगठन ः
नेकपा – माओवादी एरिया नं. ५ को पुर्नगठित समितिमा ः
सेक्रेटरी क. अर्जुन थापा र सदस्यहरुमा क. प्रेमप्रसाद पहाडी – डुडभन्ज्याङ,  क. डिल्ली तोलाङ्गे – भुवनेश्वरी,  क. गिता विक – तिनकन्या,  क. राजन चौहान – डुडभन्ज्याङ, क. गौरब विक वितिजोर  लगाएत कामरेडहरु रहनु भएको छ ।

एरिया नं. ६ को पुर्नगठित एरिया समितिमाः
सेक्रेटरी क. जुद्धबहादुर विक “ जगत”, र सदस्यहरुमा क. तेजप्रसाद देवकोटा – भिमेश्वर, क. विजय विक – जलकन्या, क. चन्द्रकला रम्तेल – रतनचुरा, क. उमेश मगराती – बाशेश्वर, क. पवित्रा तामाङ, क. भोजबहादुर देवकोटा “धनन्जय” लगाएत रहनु भएको छ ।

पुर्नगठित गाँउ समितिहरु ः
भुवनेश्वरी गाविस, 
सेक्रेटरी क. डिल्ली तोलाङ्गे, सह सेक्रेटरी द्धय क. अमृत तोलाङ्गे, क. कविन्द्र बयलकोटी र सदस्यहरुमा क. खड्कबहादुर तोलाङ्गे, क. सोमबहादु रम्तेल, क. ताराबहादुर तोलाङगे लगाएत रहनु भएको छ ।

डुडभन्ज्याङ्ग गाविस,
सेक्रेटरी क. प्रेमप्रसाद पहाडी, सह सेक्रेटरी द्धय क. राजन चौहान, क. शंकर थापा र सदस्यहरुमा क. शेरबहादुर अछामी क. झमक नेपाली लगाएत रहनु भएको छ ।

भीमेश्वर गाविस,
सेक्रेटरी क. तेजबहादुर देवकोटा सह सेक्रेटरी द्धय क. पवित्रा तामाङ, क. लक्ष्मीप्रसाद देवकोटा र सदस्यहरुमा क. कृष्णबहादुर नेपाली, क. हरी नेपाली, क. लालबहादुर श्रेष्ठ, क. चिनीमाया आले लगाएत रहनु भएको छ ।

जलकन्या गाविस,
सेक्रेटरी क. विजय विक, सह सेक्रेटरी द्धय क. सन्तबहादुर नेपाली, क. जिवन नेपाली र सदस्यहरुमा क. भेषबहादुर मगराती, क. सन्तोष मगराती लगाएत कामरेडहरु रहनु भएको छ ।

बाशेश्वर गाविस,
सेक्रेटरी क. उमेश मगराती सह सेक्रेटरी द्धय क. खिलबहादुर परियार, क. ईच्छाराम परियार र सदस्यहरुमा क. कल्पना परियार, क. दुर्गा परियार, क. अशोक परियार, क. स्यामबहादुर परियार लगाएत रहनु भएको छ भने सल्लाहकारमा क. रामबहादुर कालिकोटेलाई निर्वाचित गरेको छ ।

राजनैतिक प्रशिक्षण कार्यक्रमको दौरानमा एरिया तथा गाँउ पार्टी कार्यालयहरुको व्यवस्थापन, जवस ÷मोर्चाहरुको संगठन तथा सदस्यता वितरण, आन्दोलनको प्रचारात्मक कार्यक्रम, वडा स्तरीय समितिहरुको पुर्नगठन लगाएतका कार्यक्रमहरु समेत निमार्ण गरेको छ ।

नेकपा – माओवादी
जिल्ला कार्यालय
सिन्धुली ।
२०७१ भदौ ३० 



एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न, आवश्यक एरिया तथा गाँउ समितिहरुको पुर्नगठन ।




२०७१ भदौ २८
एरिया नं. १०
झाँगाझोली रात्माटा, सिन्धुली ।

नेकपा – माओवादी जिल्ला समिति सिन्धुलीको पाचौ पूर्ण बैठकको निर्णय अनुशार यतिखेर एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम २०७१ भदौ २८ गते झाँगाझोली रात्माटा गाविसमा  भव्य ढंगले सम्पन्न गरिएको छ । एरिया नं. १० अन्तरगत सवै गाविसहरुका पार्टी सदस्यहरुको वृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव जिल्ला सेक्रेटरी क. चिरन पुन रहनु भएको थियो । राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निमार्णको लागि जनताको जुझारु आन्दोलन निर्णयक भएको कुरा राख्नु भयो । यतिखेर  केन्द्रीय पार्टीले ठेगान गरेको ४ चरणको आन्दोलनका कार्यक्रमहरुलाई सशस्क्त ढंगले सम्पन्न गर्ने तयारीमा यो राजनैतिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रस्ट पार्नु भयो । संविधान सभाको कथित निर्वाचन अगावै पार्टीले सर्वपक्षीय राजनैतिक सम्मेलनद्धारा मुलुक निकाश दिनु पर्ने कुरा उठाउदै आएको थियो, हाम्रो माग, ऐजेण्डा र नारा जनपक्षीय, वस्तुपरक र यथार्तपरक  थियो, त्यसैले ढिलैभए पनि प्रतिक्रियावादी, अवसरवादी, नवसंशोदनवादी र संसदवादी दलहरु सर्वपक्षीय राजनैतिक सम्मेलनको लागि वाध्य भएर तयार भएको कुरा बताउनु भयो ।  राजनैतिक हिसावले हामी हस्तक्षेपकारी भुमिकामै तर संगठनात्मक अवस्थाको मजबुतिकरण यतिवेलाको मुख्य विषय भएको बताउदै पार्टीलाई चुस्त, दुरुस्त, सक्रिय, सशक्त बनाउदै लैजानु पर्ने कुरा प्रशिक्षण मन्तव्य राख्दै क. पुनले बताउनु भयो । हामीले अपुरो रहेको नेपालको जनवादी क्रान्ति पुरा गर्नु छ, जनताको जनवादी अधिनायकत्व र सर्वहारा बर्गको राज्यसक्ता स्थापना गर्दै साम्यवादी लक्ष्य चुम्नु छ त्यसैले त्यो स्प्रीरिटमा लाग्न सवै पार्टी सदस्यहरुलाई प्रशिक्षण दिनु भयो ।

एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा अर्र्का अतिथि जिल्ला कार्यालय सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” ले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई हामीले आत्मसाथ गर्नु पर्दछ । पार्टी सदस्यहरुको काम, कर्तव्यको बारेमा प्रशिक्षण दिनु भयो । क्रान्तिको लागि क्रान्तिकारी पार्टी, सेना र संयुक्त मोर्चा (सक्ता) अनिवार्य हुन्छ अब हामीले त्यसको अभ्यासमा जानु पर्दछ भन्दै यो राजनैतिक प्रशिक्षण कार्यक्रमले अवश्य बल पुर्याउने कुरा राख्नु भयो ।

कार्यक्रमको अध्यक्षता जिल्ला सल्लाहकार क. दयाराम रन्जीतकारले गर्नु भएको थियो । शहीदहरु प्रति १ मिनेट श्रद्धान्जली गरी शुरु भएको कार्याक्रममा स्वागत मन्तव्य क. निरराज गिरीले राख्नु भएको थियो भने, राजनैतिक प्रशिक्षण कार्यक्रमको संचालन जिल्ला सदस्य तथा एरिया नं. १० का  सेक्रेटरी क. रोमनराज गिरी “अशोक” ले गर्नु भएको थियो । यसै दौरानमा क. निरराज गिरी सेक्रेटरी रहनु भएको झाँगाझोली रात्माटाको गाँउ पार्टी समितिको पुर्नगठन गरिएको छ । सदस्यहरुमा क. दयाराम रन्जीतकार, क. रोहितराज गिरी, क. हरिशरण गिरी, क. अमृत विक, क. खम्व विक, क. देवी नेपाली, क. कुष्णकुमार पुरी, क. नवराज श्रेष्ठ लगाएत रहनु भएको छ । राजनैतिक प्रशिक्षण कार्यक्रमको दौरानमा एरिया स्तरीय प्रचार प्रसार, आन्दोलनको तयारीका कार्यक्रमहरुको आवश्यक निर्णयहरु समेत गरिएको छ ।

एरिया नं. ११
हायुटार वस्तीपुर सिन्धुली ।
नेकपा – माओवादी एरिया नंं ११ को आयोजनामा राजनैतिक प्रशिक्षण कार्यक्रम बस्तीपुर गाविसको हायुटारमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यालय सदस्य क. विनोद दहाल हुनुहुन्थ्यो ।

राजनैतिक प्रशिक्षण मन्तव्य राख्दै क. विनोद दहालले पार्टीका आगामी नीति र कार्यक्रमको बारेमा प्रष्ट पार्नु भयो । अहिले जिल्लामा हाम्रो पार्टी संगठन सुद्धिढिकरण अभियानमा रहेको छ, सवै एरिया हरुमा राजनैतिक प्रशिक्षण कार्यक्रमहरु ठेगान गरिएको बताउनु भयो । आन्दोलनको तयारी, संगठन सुद्धिढिकरण, जबस ÷ मोर्चाका सदस्यता वितरण र गाँउ पार्टीलाई व्यवस्थीत गर्दै हामी जनवादी क्रान्तिको तयारीमा लागेको कुरा प्रशिक्षणको दौरानमा क. विनोद दहाले बताउनु भयो ।

जिल्ला समिति सदस्य तथा एरिया नंं ११ का सेक्रेटरी क. पूर्णकुमारी देवकोटा “निमा” को अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रमको शुरुवात शहीदहरुप्रति १ मिनेट मौन धारण गरी शुरु गरिएको थियो । जिल्ला समिति सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव क. पदमशंकर सुुनुवारले कार्यक्रमको संचालन गर्नु भएको थियो । राजनैतिक प्रशिक्षणको दौरानमा एरिया स्तरीय संगठनको आगामी कार्ययोजना बनाउदै नेकपा – माओवादी एरिया नं. ११ को एरिया समितिको पुर्नगठन गरिएको छ । जसमा सेक्रेटरी क. पूर्णकुमारी देवकोटा “निमा” र सदस्यहरुमा क. ईन्दमणी सुनुवार, क. लोककुमारी खड्का, क. चन्द्रबहादुर थामी, क. रोशनकुमार व्लोन, क. गणेश वाईवा, क. नानीमैया थिङ, क. शंसेरबहादुर स्याङ्तान लगाएत रहनु भएको छ ।

नेकपा – माओवादी
जिल्ला कार्यालय
सिन्धुली ।
२०७१ भदौ २९


जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...