Monday, September 15, 2014

एरिया स्तरीय संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न, नेकपा – माओवादीको एरिया तथा गाँउ समितिहरुको पुर्नगठन ।



२०७१ भदौ २९ 
एरिया नं. ५ र ६
ग्वालटार, भुवनेश्वरी सिन्धुली ।

नेकपा – माओवादी एरिया नं. ५ र ६ को संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम मिति २०७१ भदौ २९ गते एरिया नं. ५ अन्तरगत ग्वालटार भुवनेश्वरीमा भव्य ढंगले सम्पन्न भएको छ ।  एरिया स्तरीय बृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा त्यस एरिया अन्तरगतका गाविसहरुबाट पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

वृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनले राष्ट्रिय राजनीतिमा पार्टीले लिएको नीति तथा पार्टीले खेल्नु पर्ने भुमिका, संगठनको आगामी कार्ययोजना, राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निमार्णको लागि पहल, संयुक्त तथा एकल आन्दोलनका कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो । जनताले हाम्रो पार्टी माथि ठुलो अपेक्षा गरेका छन त्यसको साथै हामीले अपुरो रहेको जनवादी क्रान्ति पुरा गर्नु पर्ने दायीत्व पनि हामै्र काध माथि आईपरेको कुरा बताउदै पार्टीले जनताको अपेक्षा र वर्तमानले सुम्पेको जिम्मेवारी पुरा गर्न जोडदार ढंगले लाग्नु पर्ने कुरा बताउनु भयो । एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा अर्र्का अतिथि जिल्ला सदस्य तथा एरिया नं. १० का  सेक्रेटरी क. रोमनराज गिरी “अशोक”ले पार्टी केन्द्र, राज्य, जिल्ला समितिको पाचौं पूर्ण बैठकले गरेको निर्णयको बारे र पार्टी एरिया समितिले खेल्नु पर्ने भुमिकाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

शहीदहरु प्रति श्रद्धान्जली गरी शुरु गरिएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला सदस्य तथा एरिया नं. ५ का सेक्रेटरी क. अर्जुन थापाले गर्नु भएको थियो । जिल्ला सदस्य तथा एरिया नंं. ६ का एरिया सेक्रेटरी क. जुद्धबहादुर विक “जगत” ले कार्यक्रमको संचालन गर्नु भएको थियो । राजनैतिक प्रशिक्षणको दौरानमा एरिया समिति र कतिपय गाविसहरुको गाँउ पार्टी समितिको पुर्नगठन समेत गरिएको छ ।

एरिया समितिहरुको पुर्नगठन ः
नेकपा – माओवादी एरिया नं. ५ को पुर्नगठित समितिमा ः
सेक्रेटरी क. अर्जुन थापा र सदस्यहरुमा क. प्रेमप्रसाद पहाडी – डुडभन्ज्याङ,  क. डिल्ली तोलाङ्गे – भुवनेश्वरी,  क. गिता विक – तिनकन्या,  क. राजन चौहान – डुडभन्ज्याङ, क. गौरब विक वितिजोर  लगाएत कामरेडहरु रहनु भएको छ ।

एरिया नं. ६ को पुर्नगठित एरिया समितिमाः
सेक्रेटरी क. जुद्धबहादुर विक “ जगत”, र सदस्यहरुमा क. तेजप्रसाद देवकोटा – भिमेश्वर, क. विजय विक – जलकन्या, क. चन्द्रकला रम्तेल – रतनचुरा, क. उमेश मगराती – बाशेश्वर, क. पवित्रा तामाङ, क. भोजबहादुर देवकोटा “धनन्जय” लगाएत रहनु भएको छ ।

पुर्नगठित गाँउ समितिहरु ः
भुवनेश्वरी गाविस, 
सेक्रेटरी क. डिल्ली तोलाङ्गे, सह सेक्रेटरी द्धय क. अमृत तोलाङ्गे, क. कविन्द्र बयलकोटी र सदस्यहरुमा क. खड्कबहादुर तोलाङ्गे, क. सोमबहादु रम्तेल, क. ताराबहादुर तोलाङगे लगाएत रहनु भएको छ ।

डुडभन्ज्याङ्ग गाविस,
सेक्रेटरी क. प्रेमप्रसाद पहाडी, सह सेक्रेटरी द्धय क. राजन चौहान, क. शंकर थापा र सदस्यहरुमा क. शेरबहादुर अछामी क. झमक नेपाली लगाएत रहनु भएको छ ।

भीमेश्वर गाविस,
सेक्रेटरी क. तेजबहादुर देवकोटा सह सेक्रेटरी द्धय क. पवित्रा तामाङ, क. लक्ष्मीप्रसाद देवकोटा र सदस्यहरुमा क. कृष्णबहादुर नेपाली, क. हरी नेपाली, क. लालबहादुर श्रेष्ठ, क. चिनीमाया आले लगाएत रहनु भएको छ ।

जलकन्या गाविस,
सेक्रेटरी क. विजय विक, सह सेक्रेटरी द्धय क. सन्तबहादुर नेपाली, क. जिवन नेपाली र सदस्यहरुमा क. भेषबहादुर मगराती, क. सन्तोष मगराती लगाएत कामरेडहरु रहनु भएको छ ।

बाशेश्वर गाविस,
सेक्रेटरी क. उमेश मगराती सह सेक्रेटरी द्धय क. खिलबहादुर परियार, क. ईच्छाराम परियार र सदस्यहरुमा क. कल्पना परियार, क. दुर्गा परियार, क. अशोक परियार, क. स्यामबहादुर परियार लगाएत रहनु भएको छ भने सल्लाहकारमा क. रामबहादुर कालिकोटेलाई निर्वाचित गरेको छ ।

राजनैतिक प्रशिक्षण कार्यक्रमको दौरानमा एरिया तथा गाँउ पार्टी कार्यालयहरुको व्यवस्थापन, जवस ÷मोर्चाहरुको संगठन तथा सदस्यता वितरण, आन्दोलनको प्रचारात्मक कार्यक्रम, वडा स्तरीय समितिहरुको पुर्नगठन लगाएतका कार्यक्रमहरु समेत निमार्ण गरेको छ ।

नेकपा – माओवादी
जिल्ला कार्यालय
सिन्धुली ।
२०७१ भदौ ३० 



No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...