Thursday, March 29, 2012

संयुक्त राष्ट्र्रिय जन आन्दोलन समिति, नेपालको नाराहरु ।



संविधान निर्माण सम्वन्धी ः
१. ०६९ जेठ १४ गते भित्र जनताको लोकतान्त्रिक संघीय गणतन्त्मक संविधान अनिवार्य जारी गर ।
२. नया संविधानमा गणतन्त्र, संघीतया, पहिचानको आधारमा संघीय ईकाईको निर्माण, आत्मनिर्णयको अधिकार, धर्म निरेपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर ।
३. महिला दलित र मुस्लिमको लागी विषेश अधिकारको व्यवस्था गर ।
४. अदिवासी जनजाति र मद्येशीहरुको लागि जातिय क्षेत्रीय स्वायतत्ता र स्वाशासनको संवैधानिक ग्यारेन्टी गर ।
५. पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर ।
६. राज्यका सवै अंगमा जनसंख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर ।
७. शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य्य, आवास र सामाजिक सुरक्षालाई संविधानमा मौलिक हकको रुपमा ग्यारेन्टी गर ।
८. क्रान्तिकारी भूमिसुधार लागु गर ।
९. आइ एल ओ १६९ कार्यन्वयन गर ।
१०. आदिवासी जनजाति अधिकार सम्वन्धी संयुक्त राष्ट्र् संघीय घोषणा पत्र लागु गर ।
११. नया संविधानमा किसान र मजदुरको प्रतिनिधित्व सुनिश्चित गर ।
१२. राज्यको सवै निर्वाचित निकायहरुमा जन विरोधी तथा राष्ट्र्विरोधी गतिविधि गर्नेलाई प्रत्याआव्हानको व्यवस्था लागु गर ।
१३. मातृभाषामा पठन पाठनको व्यवस्था गर ।
१४. शहीद परिवार, बेपत्ता नाागरिक परिवार, घाईते, अपाड्गता भएका व्याक्तिहरुलाई विशेष व्यवस्था गर ।
१५. जनताको लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान विरोधी तत्वहरु मुर्दावाद ।
१६. संघीयता विरोधीहरु मुर्दावाद ।
१७. यथास्थितिवादी, एकाधिकारवादी, जातिवादी, तथा प्रतिक्रियावादीहरु मुर्दावाद ।

जन जिविकाको पक्ष ः
१. आकासिदो महगी नियन्त्रण गर ।
२. कृतिम अभाव सृजना गर्नेहरुलाई कडा कारवाहि गर ।
३. खाना पकाउने ग्यास, ईन्धन लगाएतका दैनिक आवश्यकताका वस्तुहरु सर्वसुलभ गर ।
४. कालो बजारी, तस्कर, भ्रष्टाचार, कमिसतन्त्र, लागु औषध, मानव बेचविखनमा संलग्नहुनेलाई कडा कारबाही गर ।
५ राष्ट्र्रिय औधोगिक अर्थतन्त्रको संरक्षण र विकाश गर ।
६. औधोगिक क्षेत्रमा बहुराष्ट्र्यि कम्पनीहरुको बोलवाला अन्त्य गर ।
७. पेट्र्रोलियप पदार्थमा नियमित भैरहेको मुल्य वृद्धि फिर्ता गर ।
८. बढ्दो लोड सेडिड. बन्द गर ।
९. बेपत्ता नागरिक सार्वजनिक गर ।
१०. नक्कली नागरिकता खारेज गर ।
११. राजनैतिक भ्रष्टाचार र अपराधिकरण बन्द गर ।

राष्ट्र्रियता सम्वन्धी ः
१. सन् १९५० को असमान सन्धी लगाएतका सम्पूर्ण असमान सन्धी संझताहरु खारेज गर ।
२. सिमा अतिक्रमण बन्द गर ।
३. बढ्दो बैदेशिक हस्तक्षेप बन्द गर ।
४. राष्ट्र् हित विपरीत माथिल्लो कर्णाली, पंचेश्वर परियोजना, कोशि उच्च बाघ, गण्डक लगाएतका जलश्रोत सम्वन्धी सम्पूर्ण असमान सन्धिहरु खारेज गर । नया आधारमा पुन संझौता गर ।
५. भारतसंग गरिएको राष्ट्र्घाती विप्पा संझौता खारेज गर ।
६. सिमानामा नेपाली जनता माथि विदेशी सुरक्षा कर्मीद्धारा भैरहेको हत्या, हिंसा, अपहरण, लुटपाट लगाएतका ज्यादती बन्द गर ।
७. भारतीय सेना कालापानी छोड ।
८. मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्र्रिय स्वाधीनताको रक्षा गर ।
९. राष्ट्र्घाती तथा विदेशी दलालहरु मुर्दावाद ।
ड्ड

संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपालको नीति र कार्यक्रम




राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारका विरुद्ध सम्पूर्ण प्रगतिशील, देशभक्त, गणतन्त्रवादी एवं संघीयताका पक्षधर शक्तिहरु एकजुट होऔं πजनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संंविधानका निम्ति संघर्ष गरौं π।

नेपाली समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैगिक उत्पीडन, अन्याय, अत्याचार, शोषण, दमन, भेदभाव व्याप्त छन् र जनता यी सबैबाट मुक्ति चाहन्छन् र निरन्तर संघर्षरत छन् । त्यसैले, मुलुकमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति, थारु, दलित, महिला, मुस्लिम आदि आन्दोलनहरु हुँदै आएका छन् । त्यसैको फलस्वरुप देशमा केही वर्षदेखि शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रिया चलिरहेको छ । तर शान्ति प्रक्रिया धरापमा परेको छ भने संविधान लेखन कार्य अवरुद्धजस्तै छ । सिंगो देश गम्भीर राजनीतिक एवं आर्थिक संकटबाट गुज्रिरहेको छ र स्थिति निकै भयावह र विस्फोटक बन्दै गैरहेको छ ।

मुुलुकको सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप र सीमा अतिक्रमण तीव्र गतिमा बढिरहेको छ । थुपै्र असमान सन्धिहरु यथावत् छँदैथिए, त्यसमाथि सरकारद्वारा थप राष्ट्रघाती सन्धिहरु गरिएका छन् । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता खतरामा परेको छ । संघीयता, जातीय÷क्षेत्रीय स्वायत्तता र स्वशासन, आत्म–निर्णयको अधिकार, विशेषाधिकार, समावेशीता र समानुपाँतिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, क्रान्तिकारी भूमिसुधार, न्यायप्रणाली, शिक्षा, स्वास्थ्य, आवास, खाद्यलाई मौलिक अधिकारअन्तर्गत पार्नु पर्नेजस्ता सबै महत्वपूर्ण एजेन्डाहरु रद्दीको टोकरीमा फालिने भएका छन् । पहिचानको आधारमा संघीय एकाइको निर्माणको सुझावको घोर विरोध गरिंदैछ र जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान नबन्ने निश्चितप्रायः देखिएको छ । यथास्थितिवादी तथा प्रतिक्रियावादी तत्वहरुले नयाँ संविधान निर्माण नगर्ने र पुरानै संविधानलाई ब्युँताउने षडयन्त्र गरिरहेका छन् । सेना समायोजनका नाममा अपमानित एवं आत्मसमर्पण गराउने काम भएको छ । भ्रष्टाचार सर्वत्र व्याप्त छ, आकाशिंदो महंगी, कृत्रिम अभाव, काला बजारी, तश्करी, बेरोजगारी, गुण्डागर्दी, बलात्कार, अपहरण, हत्या, हिंसा, असुरक्षा आदिले जनजीवन आक्रान्त बनेको छ ।

त्यसैले, राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति तथा जनजीविकाका निम्ति र भ्रष्टाचार एवं सामाजिक विकृतिहरुका विरुद्ध संयुक्त रुपमा र सशक्त प्रकारले संघर्ष गर्ने उद्देश्यले हामी निम्न राजनीतिक पार्टी तथा संगठनहरु संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपाल गठन गरिएको सगौरव घोषणा गर्दछौं र सम्पूर्ण प्रगतिशील, देशभक्त, गणतन्त्रवादी र संघीयताका पक्षधर शक्तिहरुसंग यस समितिमा गोलबन्द भै संघर्षमा सहभागी हुनुहुन हार्दिक अपील गर्दछौं ।
१) संयुक्त राष्ट्रिय जन–संघर्ष समिति क. सी.पी. गजुरेल संयोजक
२) नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क. मातृका प्रसाद यादव सदस्य
३) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) क. चिरन पुन सदस्य
४) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल क. आङगामी सदस्य
५) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच खगेन्द्र माखिम सदस्य
६) ताम्सालिङ नेपाल राष्टिय दल परशुराम तामाङ सदस्य
७) जनमुक्ति पार्टी, नेपाल अटलमान राई सदस्य
८) नेपाल नागरिक पार्टी राजकुमार लेखी सदस्य ९) अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) नगेन्द्र राई सदस्य
१०) आदिवासी जनजाति महासंघ (समाजवादी) रामसिंह लामा सदस्य
११ ) थारु म्ुक्ति संग्राम डा. ललन चौधरी सदस्य
१२) आदिवासी—जातीय—क्षेत्रीय महासंघ, नेपाल सुरेश आले मगर सदस्य

हाम्रा नारा एवं नीतिगत कार्यक्रमहरु —
१) राष्ट्रियतासम्बन्धी
क) सम्पूर्ण असमान सन्धिहरुको खारेजीको माँग गर्दै संघर्षलाई अघि बढाउने,
ख) सीमा अतिक्रमणको विरोध र भण्डाफोर गर्ने,
ग) सबै क्षेत्रमा भएका बाह्य हस्तक्षेपको विरोध र भण्डाफोर गर्ने,
घ) राष्ट्रिय हितविपरीत भएका माथिल्लो कर्णाली, पञ्चेश्वर परियोजना, कोशी उच्च बाँध, गण्डकलग जलश्रोतसम्बन्धी सम्पूर्ण असमान सन्धी–सम्झौताहरु तुरुन्त खारेज गरी नयाँ आधारमा पुनः सम्झौता गर्ने माग गर्दै संघर्ष गर्ने,
ङ) भारतसँग पहिल्यै सम्झौता भैसकेर पनि हालसम्म कार्यान्वयन नभै स्थगित रहेका असमान सन्धी–सम्झौताहरुलाई हालै उर्जा मन्त्रीले कार्यान्वयन गर्न गरेको सहमतिकोे भण्डाफोर गर्ने र त्यसलाई खारेज गराउन प्रयत्न गर्ने,
च) राष्ट्रघातीहरुको भण्डाफोर गर्ने,
छ) राष्ट्रियताको पक्षमा प्रभावकारी जागरण अभियान संचालन गर्ने ।

२) संविधानसम्बन्धीः
क) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानमा गणतन्त्र, संघीयता, आत्म–निर्णयको अधिकार, जातीय÷क्षेत्रीय स्वायत्तता र स्वशासन, पहिचानका आधारमा संघीय एकाइको निर्माण, धर्मनिरपेक्षता, विशेषाधिकार, समानुपाँतिक प्रतिनिधित्व र समावेशीताको ग्यारण्टी गराउन संघर्ष गर्ने,
ख) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका अन्तर्वस्तुको सूत्रीकरण र मूर्तिकरण गरी जनतामा प्रचार गर्ने,
ग) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको पक्षमा २४० सै निर्वाचन क्षेत्रमा मतदाताहरुको हस्ताक्षर एकैसाथ संकलन गर्ने र उक्त हस्ताक्षर २०६९ जेठ १० गते संविधान सभाका अध्यक्षलाई बुझाउने,
घ) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान यही २०६९ जेठ १४ गतेभित्र अनिवार्य जारी गर्न दबाव दिने,
ङ) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानविरोधी र संघीयताविरोधीहरुको भण्डाफोर गर्ने,
च) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको पक्षमा विविध प्रकारका प्रचारात्मक अभियान संचालन गर्ने ।

३) जनजीविकासम्बन्धीः
क) खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाउनका लागि संघर्ष गर्ने,
ख) अकाशिंदो मूल्यवृद्धि तथा कृत्रिम अभाव सिर्जना गर्नेहरुका विरुद्ध संघर्ष गनर्,े
ग) जनताका दैनिक आवश्यकताका वस्तुहरु उपलब्ध गराउन यथाशक्य प्रयत्न गनर्,े
घ) तश्कर, काला बजारीया, भ्रष्टाचारी, लागू पदार्थका कारोबार तथा महिला बेचबिखन गर्ने अपराधीहरुलाई कडा कार्वाही गराउन संघर्ष गर्ने,
ड) राष्ट्रिय स्तरका माफिया, तश्कर, भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने रकार्वाह ीगर्ने,
च) किसान, मजदूर, सुकुम्बासी, विद्यार्थी, शिक्षक, आदिवासी जनजाति, दलित, मधेशी, महिला, मुस्लिमलगायतका संगठन एवं समुदायहरुले चलाएका न्यायपूर्ण संघर्षको समर्थन गनर्,े
छ) जनतालाई निःशुल्क एवम् सहुलियतपूर्ण शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउनका लागि प्रयत्नशील रहने ।

ठोस कार्यक्रमहरुः संघर्षका कार्यक्रमहरु चैत, बैशाख र जेठमा ३ चरणमा सम्पन्न गरिनेछन् ।
१) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा
२४० वटै निर्वाचन क्षेत्रमा हस्ताक्षर अभियान आरम्भ — २०६८ चैत १८ गते
२) विशेष भित्तेलेखन — २०६८ चैत २० गते
३) सबै संविधान सभा सदस्य (५९८ जना) लाई जनताको संघीय, लोकतान्त्रिक,
गणतन्त्रात्मक संविधानका पक्षमा उभ्भिन अपील गर्दै ज्ञापनपत्र बुझाउने — २०६८ चैत २२ गते
४) सम्पूर्ण असमान सन्धिहरु जलाउने र राष्ट्र्रिय प्रतिरोध दिवसको रुपमा मनाउने । २०६८ चैत २४ गते
५) सबै निर्वाचन क्षेत्रमा जनगोष्ठी गर्ने — २०६८ चैत २७ गते
६) राष्ट्रघात, महगी, भ्रष्टाचार, कालाबजारी, हत्या, हिंसा, बलात्कार, अपहरण आदिका
विरुद्ध मशाल जुलुश — २०६८ चैत २९ गते
७) संविधान सभाभित्र र बाहिर विरोध प्रदर्शन गर्ने । — २०६८ चैत ३० गते

नोट—२०६९ बैशाख र जेठका कार्यक्रमहरु पछि नै क्रमशः सार्वजनिक गरिनेछन् ।
मिति ः २०६८ चैत १० गते शुक्रवार ।

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...