Monday, September 4, 2023

गीतहरु २


- बस्नु भने छाप्रो छैन
- चट्याङजस्तै गोली
- बिदाइ आज  (बिदाइ गीत)
- महिना बित्यो
- रिमझिम पानी
- सुकुमबासी
- उठ्नुपरेछ
- पश्चिमबाट  (राष्ट्रियता)
- आँट बोकेर
- कस्ता छन् है (कमेडी)



बस्नु भने छाप्रो छैन

बस्नु भने छाप्रो छैन, महल यहाँ बनाउनेलाई
राम्रो लाउनु कहिल्यै छैन, मेसिनहरू चलाउनेलाई
पेटभरि खानु छैन, अन्न यहाँ फलाउनेलाई ।

मजदुर हाम्रो पाखुरामा कारखानाको इन्जिन चल्छ
किसान हाम्रो पसिनामा फाँटैभरि अन्न फल्छ
कुल्ली हाम्रो रगतमाथि, ठुला ठुला महल बन्छ
मजदुर हाम्रो पौरखमा सडकभरि मोटर गुड्छ
बस्नु भने ...

बसिखाने मानिसहरू करोडौँको मालिक भए
नेपालीको अस्मितालाई रातो रात बेचिखाए
जसले रगत बगाउँदै छ, उनैमाथि शोषण गरे
जसले संसार सिँगार्दै छ, उनैमाथि दमन गरे ।
बस्नु भने ...

हामीबिना संसारमा न त कोही बाँच्न सक्छ
हामीबिना यो धर्तीमा न त राज्य टिक्न सक्छ
किसान मजदुर सबै मिली जुर्मुराउनुपर्छ अब
एक ढिक्का बन्याँैँ भने लुट्ने राज्य फाल्छौँ तब

बस्नु भने छाप्रो छैन, महल यहाँ बनाउनेलाई
राम्रो लाउनु कहिल्यै छैन, मेसिनहरू चलाउनेलाई
पेटभरि खानु छैन, अन्न यहाँ फलाउनेलाई ।
ááá
२०५२
रचना÷सङ्गीत ः चिरन पुन

चट्याङजस्तै गोली

चट्याङजस्तै गोली चल्यो,
तुवाँलोले देशै छोप्यो
गरिब हामी जनतालाई
पुलिसले गोली ठोक्यो
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

सरकारका लठैतहरू गाउँ गाउँमा पस्न थाले
बिना–कसुर जेलमा लगी भोकै प्यासै थुन्न थाले
सबै बस्तीको आँसु झारेर
जहानबालालाई बिच पारेर
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

पारि गाउँकी बैनीलाई झुक्काई लग्यो मुम्बईमा
सानो भाइलाई ढालिहाल्यो स्कुलको मैदानमा
हाम्रो गाउँमा पुलिस पसेर
बाँधी पल्टायो सिक्री बेरेर
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

अन्धकारमा पिल्सिएका सबै जनता जुट्नैप¥यो
हाम्लाई दुःख दिनेमाथि जाईलाग्नै पर्ने भयो
खूनको बदला खुनै लिनु छ,
गोलीको बदला गोली दिनु छ
राँको सल्किन्छ, अब युद्ध चर्किन्छ ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन
एल्बम ः रक्तिम परिवार, भाग १०
स्वर ः तुलबहादुर सलामी, विष्णु पुन, लक्ष्मी गुरुङ, दलबहादुर विक
एरेन्ज ः शिलाबहादुर मोक्तान

बिदाइ आज  (बिदाइ गीत)

बिदाइ आज हुन्छौँ हामी स्वीकार दिनुहुनेछ,
वर्गीय मायाले सधैँ हाम्लाई डो¥याउनेछ
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

जसको सरकार आए पनि हाम्लाई केही भएन
सामन्तीले राज ग¥यो, हाम्रो दुःख गएन
बुझौँ है दिदी बैनी बुझौँ आमा बाबुले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

गरिबको खुनमाथि शोषक पौडिरहेछन्
पुलिसको गोलीबाट जनता मरिरहेछन्
बुझौँ है मजदुरले बुझौँ हामी सबैले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

हामी सबै मिल्यौँ भने विशाल शक्ति बन्नेछौँ
फटाहाको छातीमाथि, हामी चढ्न सक्नेछौँ
बुझौँ है नारी बुझौँ मुक्तिकामीले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

महिना बित्यो

महिना बित्यो, बर्षौं बित्यो कसै भएन
महिलालाई समानता हुँदै भएन

हिमालबाट नदी बग्छ, भई नागबेली
दाउरा घाँसमा सीमित हुन्छन् नेपालका चेली
बुझिदिनुस् है नारीको आह्वान सुनिदिनुस् है ।

दुःखपूर्ण वेदनाले हाम्रो मन रुन्छ
अत्याचारको भुँमरीमा नारी बढी हुन्छन्
सम्झी बुझ्दै छन् अधिकार लिनलाई एकजुट हुँदै छन्

नेपालका दिदी बहिनी अब हामीले बुझौँ
हामी पनि साहस बोकी न्याय निम्ति लडौँ
एकजुट भएर छोड्नेछौँ समानता देशमा लिएर

महिना बित्यो, बर्षौं बित्यो कसै भएन
महिलालाई समानता हुँदै भएन ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन


रिमझिम पानी

रिमझिम पानी परेकै बेलामा
आमा रुँदै साहुको मेलामा
भीरको टाकुरामा गरिबको बेहाल भो स्याउले बुकुरामा

बुबालाई दुश्मनले गोली हानी मा¥यो
ठूलो दाइलाई फटाहाले जेलभित्र पा¥यो
सानी बैनी मरिहालिन् खान नपाएर
घरमा आई साहु ठालुले जान्छन् हप्काएर
रिमझिम पानी ...

सुर्केबारी स्याउले झुप्रा दुष्ट मिली लुटे
गरिब हाम्रो खुन पसिना सामन्तीले चुसे
आउँछ पालो हाम्रो पनि घुमिफिरी कुनै दिन
छितिजमुनि किरण छर्दै ल्याउनेछौँ नि दिव्य दिन

रिमझिम पानी परेकै बेलामा
आमा रुँदै साहुको मेलामा
भीरको टाकुरामा गरिबको बेहाल भो स्याउले बुकुरामा ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

सुकुमबासी

सुकुमबासीको कथालाई
निर्धा दुःखीको व्यथालाई
गाउँमा सुनाउँदै आयौँ हामी नाच्दै गाउँदै

चुक्लीको भरैमा जालीको घरैमा
झुप्रालाई जलायो महल ठडायो
गरिबको पसिना ठालुले चुस्दै छ
शोषित जनताको घरबास उठ्दै छ
सुकुमबासी ...

दुष्टको जालोले जनतालाई तर्साउँछ
सत्ताको भरैमा आतङ्क मच्चाउँछ
उठौँ है दाजुभाइ दलाल मास्नलाई
बन्द यो पिंजडा मिलेर तोड्नलाई

सुकुमबासीको कथालाई
निर्धा दुःखीको व्यथालाई
गाउँमा सुनाउँदै आयौँ हामी नाच्दै गाउँदै ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

उठ्नुपरेछ

उठ्नुपरेछ हामी जुट्नुपरेछ
शोषित जनताहरू जुट्नुपरेछ

गाउँ घरमा चिप्ला मिठा कुरा लिई आउँछन्
हुने कुरा गर्नु छैन फूर्ति मात्र लाउँछन्
बेचिखाए माक्र्सवाद र लेनिनवादका नीति
शोषकसँगै मिलिमतो देखियो उनको गति

सही नीति छोडिसके भाषण गर्ने जाली
सङ्घर्षका बाटो छोडे कुर्सीको परे भोगी
हँसिया र हथौडाको झन्डा रुचाउने
व्यवहार हामी हे¥यो भने कति नसुहाउने

नेताहरू ठुला ठुला धाक मात्र लाउँछन्
सझौता र सन्धि भन्दै विदेशतिर धाउँछन्
उठौँ अब न्यायप्रेमी सबलाई बुझाउनु छ
क्रान्तिकारी रातो झन्डा माथि उठाउनु छ ।

उठ्नुपरेछ हामी जुट्नुपरेछ
शोषित जनताहरू जुट्नुपरेछ
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

पश्चिमबाट  (राष्ट्रियता)

पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ,
लम्क नौजवान
खुकुरी र बन्दुक बोकी चम्क नौजवान

हैकमवादी नीतिले देशै डसिसक्यो
हाम्रो कालापानीमा सेना आइबस्यो
भारतीय विस्तारवाद हाम्रो सीमा छोड्
कालापानी छोड् अब हाम्रो भूमि छोड्

खबरदार दुश्मनहरू जनता जुट्दै छन्
ठाउँ ठाउँमा आन्दोलनको आँधी उठाउँदै छन्
पूर्व पश्चिम सङ्घर्षको ज्वाला दन्कँदै छ
विस्तारवादी झन्डा त्यो अब च्यातिनेछ ।

पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ,
लम्क नौजवान
खुकुरी र बन्दुक बोकी चम्क नौजवान
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः दलबहादुर विक, विष्णु पुन, लक्ष्मी गुरुङ, तुलबहादुर सलामी
एल्बम ः रक्तिम परिवार, भाग ११
एरेन्ज ः शिलाबहादुर मोक्तान

आँट बोकेर

आँट बोकेर अघि बढ
बाटो त्यसै खुल्नेछ
दीप बालेर लड्दै जाऊ
जनताले साथ दिनेछन्
एकजुट सबै हुनेछन्

झुप्रामा तिमी पुग्ने गर
क्रान्तिको सन्देश छर्ने गर
पिल्सिएका बस्तीलाई बिहानीजस्तै हँसाउने पार
हिम्मत बोकेर आऊ सबै
कहिल्यै नझुक्ने सिपाही भै
आँट बोकेर ...

गरिब जनता मिल्यौँ भने
सामन्ती सत्ता ढल्नेछ
आँधी बनेर बढ्यौँ भने दिन खुलेर आउनेछ
बन्दुक भिरेर मैदानमा लड
फाल्नु नै पर्छ दुष्टको राज

आँट बोकेर अघि बढ
बाटो त्यसै खुल्नेछ
दीप बालेर लड्दै जाऊ
जनताले साथ दिनेछन्
एकजुट सबै हुनेछन् ।
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन

कस्ता छन् है (कमेडी)

कस्ता छन् है देशका नेता हाँसो मात्र उठ्छ,
उनको व्यवहार हेर्दाखेरि मलाई दिक्क लाग्छ
छि छि रिस मात्र उठ्छ

यति सानो हाम्रो देशमा कति धेरै मन्त्री
विकास गर्ने होइनन् सबै राजदरबारका सन्त्री
गरिब देशका धनी नेता पजेरोमा चढ्छन्
राजस्वलाई स्वाहा पारी मोजमस्ती गर्छन्

गण्डकी, कोशी, टनकपुर बेची देशको विकास गरे
दरबारलाई खुसी पारी सबले भुँडी भरे
त्यतिले पनि नपुगेर महाकाली पनि बेचे
सोझा साझा जनतालाई कस्तो जाल रचे

बाँदरको बथान आई हाम्रो देशलाई घे¥यो
देश विकासको नाम पारी आफ्नो भुँडी भ¥यो
सिक्किमजस्तै नेपाललाई क्वाप्पै खाने हो कि
आस्त आस्त नेपालीलाई उतै लाने हो कि
हा हा हा पीर प¥यो मलाई
सोधौँ अब कल्लाई ।

कस्ता छन् है देशका नेता हाँसो मात्र उठ्छ,
उनको व्यवहार हेर्दाखेरि मलाई दिक्क लाग्छ
छि छि रिस मात्र उठ्छ
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन
 

गीतहरु १





- थाप्लोमा थोत्रे टोपी
- भैलो खेल्न आएछौँ हामी
- यही हो हाम्रो जिन्दगी
- पीपलुको फेदीमा  (गाउँको सन्दर्भमा)
- के सुनाऊँ साथी
- तिहार आयो गाउँघर (तिहारको सन्दर्भमा)
- मादीको तिरैमा
- कालो बादल



थाप्लोमा थोत्रे टोपी

थाप्लोमा थोत्रे टोपी काँधमा हलो बोकी
अघि पछि गोरु खेदी जानुपर्ने साहुको मेलामा

दिन रात दुःख गर्दा न खान पुग्यो
साहुको हली बनी न ऋण तिरियो
त्यो सुर्केबारी थियो साहुले खाइदियो
चुहिने झाप्रो थियो पहिरोले लैदियो

लालबाला खान नपाई रुँदै छन् धरधरी
आँखामा आँसु बग्यो बर्सात्को भेलसरि
न बस्ने गाउँ अब नटेक्ने ठाउँ पायौँ
जीवनभरि हाम्रो सन्तान साहु ठालुको दासी बन्याँे

यो व्यवस्था रहेसम्म हाम्लाई लुट्न छोड्नेछैन
कालो कानुन रहेसम्म हाम्रो दिन आउनेछैन
अधिकार मागी होइन, खोसी लिनुपर्छ अब
शिरमा कफन बाँधी उठ ठोकी लिनुपर्छ अब ।

थाप्लोमा थोत्रे टोपी काँधमा हलो बोकी
अघि पछि गोरु खेदी जानुपर्ने साहुको मेलामा ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

भैलो खेल्न आएछौँ हामी

भैलो खेल्न आएछौँ हामी
दुःख हजुरले नमान्दिनू है
भैलो, भैलो भैलो भनिदेऊ साथी खुसी खुसीले
भैलो, भैलो, भैलो भनिदेऊ सँगी जोशै जोशले

तिहारको बेला आयो
देशभरि खुसी छायो
रङ्गी बिरङ्गी फूलले
बगँैचा सारा सजायो
भैलो ...

गाउँ सहर झलमल भयो
घर घरमा दीप बालेर
ताङ घिन्ताङ मादल बज्यो
देउसी र भैलो खेलेर

भैलो खेल्न आएछौँ हामी
दुःख हजुरले नमान्दिनू है
भैलो, भैलो, भैलो भनिदेऊ साथी खुसी खुसीले
भैलो, भैलो, भैलो भनिदेऊ सँगी जोशै जोशले ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

यही हो हाम्रो जिन्दगी

यही हो हाम्रो जिन्दगी
दुई दिनको जीवन पनि हुने भो बन्धकी

देश भयो कङ्गाल यो देशका जनता भैसके गास न बास
दुष्टको जालो फिजिँदै गयो, हुने भो वनवास
विस्तारवादी नीतिमा नाच्ने यो देशका नाइकेहरू
धाकधम्की लगाई हिँड्दै छन् देशमा विदेशी दलालहरू

गरिबको खून बगाउँदै हिँड्यो सामन्ती नीतिले
झुप्रा र छाप्रा जलाउँदै हिँड्यो शोषकको नीतिले
चुपचाप लागि कति दिन बस्नू राज ग¥यो दुष्टले
सामन्ती बन्धन कसी है गयो बुझेनौँ हामीले ।

यही हो हाम्रो जिन्दगी
दुई दिनको जीवन पनि हुने भो बन्धकी ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

पीपलुको फेदीमा
(गाउँको सन्दर्भमा)

पीपलुको फेदीमा चौतारीमा बसियो
चैतको महिना घाम लाग्यो घमाइलो
जन्मोत्सव मनाउन टाढाबाट आइयो
सुखौरा गाउँमा गरौँ है रमाइलो
घमाइलो आऊ बसौँ गरौँ है रमाइलो

माथिलाई प¥यो निउरेको वन
सुखौरादेखि तल बग्यो तम्मुखोला
अहिलेको साल रमाइलो गरौँ
दुईदिने जीवन फेरि भेट होला नहोला
तम्मुखोला फेरि भेट होला कि नहोला

जति जति हे¥यो झनै राम्रो लाग्छ
ढकमक पार्दै फुलेको गुँरास
टाढाको सँगी भेट भयो आज
सम्झँदै गर्दा मन हुन्छ उराठ
गुँरास सम्झनाले मन हुन्छ उराठ

धौलागिरी छाया बाग्लुङमा पर्ने
माछापुच्छ«े छाया पोखराको फेवातालैमा
हुन्छ त दाजुभाइ बिदा पाऊँ आजलाई
नमरे बाँचे भेट होला अर्को सालैमा
तालैमा फेरि भेट अर्को नि सालैमा

पीपलुको फेदीमा ... ।
ááá
२०५०
रचना÷सङ्गीत ः चिरन पुन

के सुनाऊँ साथी

के सुनाऊँ साथी हो हाम्रो नि देशको हाल
सामन्तीहरूले फिँजाइसके जाल

कोपिला थियो बगैँचामाथि चिचिला भनेनन्
पिस्तोलको गोली छातीमा गड्यो बा भन्न पाएनन्
जनता मार्ने हत्यारालाई कानुनले के ग¥यो
गरिबमाथि परेड खेल्दै दुशमनले राज ग¥यो
के सुनाऊँ ...

लेक र बेसी, भीर पहरामा फुलेका फूलहरू
आउनेछ एकदिन अँध्यारो चिर्दै लुकेका दिनहरू
खबरदार यहाँ जनता मार्ने दुश्मनहरू हो
मसाल बोकी जुट्दै छ बस्ती गरिबहरूको

के सुनाऊँ साथी हो हाम्रो नि देशको हाल
सामन्तीहरूले फिँजाइसके जाल ।
ááá
२०५०
रचना÷सङ्गीत ः चिरन पुन

तिहार आयो गाउँघर
(तिहारको सन्दर्भमा)

तिहार आयो गाउँघर दैलोमा
हिँड्यौँ सबै देउसी र भैलोमा
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

आयौँ हामी नाच्दै र गाउँदै
तिहारको सन्देश सुनाउँदै
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

सामन्तले नौ जाल बुन्याँै
गरिबलाई घर न घाट बनायो
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

फेरि आयौँ जोरमादल भिरेर
यो सत्ताको दशहन्डर सहेर
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

फूल फुल्यो घाम लाग्यो घमाइलो
सुख दुःख गरौँ है रमाइला
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

सँगै लडौँ हातमा हात समाऊँला
बाँच्यौँ भने अर्को साल भेटौँला
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल ।
ááá
२०५०
रचना ÷सङ्गीत ः चिरन पुन


मादीको तिरैमा

मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले बल्ल भेटियो

मादी नदी बग्दै छ, सुस्साहट लिएर
यो देशका जनता हामी बस्नुपर्ने रोएर
यस्तै हाम्रो कर्म हैन नेपालका जनताको
अत्याचारलाई बुझेनौँ तानाशाही फटाहाको
मादीको ...

थारु, शेर्पा, गुरुङ, मगर, दरै, तामाङ, दनुवार
जुटौँ अब सबै जाति भिर्नैप¥यो हतियार
कति दिन सहने हामी दासताको साङ्लोलाई
भेल बनी अघि बढौँ नयाँ दिन ल्याउनलाई

मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले बल्ल भेटियो
ááá
२०५१, चिन्तुटार, तनहुँ
रचना÷सङ्गीत ः चिरन पुन

कालो बादल

यो धर्तीका कालो बादल हटाउनलाई छ
यो माटोमा बिहानीको किरण छर्नलाई
जुट्दै छन् जनता कम्मर कसेर
उठ्दै छन् जनता मुट्ठी कसेर

माक्र्सवाद भन्दै जनता लाम लागेर अघि बढ्नेछन्
अन्धकार पन्छाउनलाई साहस बोकी अघि बढ्नेछन्
उकुस मुकुस भाको धर्ती ब्युँझेर पक्कै उठ्नेछन्
ठाउँ ठाउँमा शोषक मास्दै योद्धा सारा अघि बढ्नेछन्

चारैतिर रातो झन्डाले यो धर्ती सिँगारिनेछ
क्रान्तिको ठूलो हुरीले कोलो मैलो बढारिनेछ
सामन्तीको सत्ता ढलाई देशको मुहार फेरिनेछ
साम्यवाद निर्माण गरी हाम्रो आह्वान पूरा हुनेछ ।

यो धर्तीका कालो बादल हटाउनलाई छ
यो माटोमा बिहानीको किरण छर्नलाई
जुट्दै छन् जनता कम्मर कसेर
उठ्दै छन् जनता मुट्ठी कसेर
ááá
२०५१
रचना÷सङ्गीत ः चिरन पुन
 

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...