Monday, September 4, 2023

गीतहरु १





- थाप्लोमा थोत्रे टोपी
- भैलो खेल्न आएछौँ हामी
- यही हो हाम्रो जिन्दगी
- पीपलुको फेदीमा  (गाउँको सन्दर्भमा)
- के सुनाऊँ साथी
- तिहार आयो गाउँघर (तिहारको सन्दर्भमा)
- मादीको तिरैमा
- कालो बादल



थाप्लोमा थोत्रे टोपी

थाप्लोमा थोत्रे टोपी काँधमा हलो बोकी
अघि पछि गोरु खेदी जानुपर्ने साहुको मेलामा

दिन रात दुःख गर्दा न खान पुग्यो
साहुको हली बनी न ऋण तिरियो
त्यो सुर्केबारी थियो साहुले खाइदियो
चुहिने झाप्रो थियो पहिरोले लैदियो

लालबाला खान नपाई रुँदै छन् धरधरी
आँखामा आँसु बग्यो बर्सात्को भेलसरि
न बस्ने गाउँ अब नटेक्ने ठाउँ पायौँ
जीवनभरि हाम्रो सन्तान साहु ठालुको दासी बन्याँे

यो व्यवस्था रहेसम्म हाम्लाई लुट्न छोड्नेछैन
कालो कानुन रहेसम्म हाम्रो दिन आउनेछैन
अधिकार मागी होइन, खोसी लिनुपर्छ अब
शिरमा कफन बाँधी उठ ठोकी लिनुपर्छ अब ।

थाप्लोमा थोत्रे टोपी काँधमा हलो बोकी
अघि पछि गोरु खेदी जानुपर्ने साहुको मेलामा ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

भैलो खेल्न आएछौँ हामी

भैलो खेल्न आएछौँ हामी
दुःख हजुरले नमान्दिनू है
भैलो, भैलो भैलो भनिदेऊ साथी खुसी खुसीले
भैलो, भैलो, भैलो भनिदेऊ सँगी जोशै जोशले

तिहारको बेला आयो
देशभरि खुसी छायो
रङ्गी बिरङ्गी फूलले
बगँैचा सारा सजायो
भैलो ...

गाउँ सहर झलमल भयो
घर घरमा दीप बालेर
ताङ घिन्ताङ मादल बज्यो
देउसी र भैलो खेलेर

भैलो खेल्न आएछौँ हामी
दुःख हजुरले नमान्दिनू है
भैलो, भैलो, भैलो भनिदेऊ साथी खुसी खुसीले
भैलो, भैलो, भैलो भनिदेऊ सँगी जोशै जोशले ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

यही हो हाम्रो जिन्दगी

यही हो हाम्रो जिन्दगी
दुई दिनको जीवन पनि हुने भो बन्धकी

देश भयो कङ्गाल यो देशका जनता भैसके गास न बास
दुष्टको जालो फिजिँदै गयो, हुने भो वनवास
विस्तारवादी नीतिमा नाच्ने यो देशका नाइकेहरू
धाकधम्की लगाई हिँड्दै छन् देशमा विदेशी दलालहरू

गरिबको खून बगाउँदै हिँड्यो सामन्ती नीतिले
झुप्रा र छाप्रा जलाउँदै हिँड्यो शोषकको नीतिले
चुपचाप लागि कति दिन बस्नू राज ग¥यो दुष्टले
सामन्ती बन्धन कसी है गयो बुझेनौँ हामीले ।

यही हो हाम्रो जिन्दगी
दुई दिनको जीवन पनि हुने भो बन्धकी ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

पीपलुको फेदीमा
(गाउँको सन्दर्भमा)

पीपलुको फेदीमा चौतारीमा बसियो
चैतको महिना घाम लाग्यो घमाइलो
जन्मोत्सव मनाउन टाढाबाट आइयो
सुखौरा गाउँमा गरौँ है रमाइलो
घमाइलो आऊ बसौँ गरौँ है रमाइलो

माथिलाई प¥यो निउरेको वन
सुखौरादेखि तल बग्यो तम्मुखोला
अहिलेको साल रमाइलो गरौँ
दुईदिने जीवन फेरि भेट होला नहोला
तम्मुखोला फेरि भेट होला कि नहोला

जति जति हे¥यो झनै राम्रो लाग्छ
ढकमक पार्दै फुलेको गुँरास
टाढाको सँगी भेट भयो आज
सम्झँदै गर्दा मन हुन्छ उराठ
गुँरास सम्झनाले मन हुन्छ उराठ

धौलागिरी छाया बाग्लुङमा पर्ने
माछापुच्छ«े छाया पोखराको फेवातालैमा
हुन्छ त दाजुभाइ बिदा पाऊँ आजलाई
नमरे बाँचे भेट होला अर्को सालैमा
तालैमा फेरि भेट अर्को नि सालैमा

पीपलुको फेदीमा ... ।
ááá
२०५०
रचना÷सङ्गीत ः चिरन पुन

के सुनाऊँ साथी

के सुनाऊँ साथी हो हाम्रो नि देशको हाल
सामन्तीहरूले फिँजाइसके जाल

कोपिला थियो बगैँचामाथि चिचिला भनेनन्
पिस्तोलको गोली छातीमा गड्यो बा भन्न पाएनन्
जनता मार्ने हत्यारालाई कानुनले के ग¥यो
गरिबमाथि परेड खेल्दै दुशमनले राज ग¥यो
के सुनाऊँ ...

लेक र बेसी, भीर पहरामा फुलेका फूलहरू
आउनेछ एकदिन अँध्यारो चिर्दै लुकेका दिनहरू
खबरदार यहाँ जनता मार्ने दुश्मनहरू हो
मसाल बोकी जुट्दै छ बस्ती गरिबहरूको

के सुनाऊँ साथी हो हाम्रो नि देशको हाल
सामन्तीहरूले फिँजाइसके जाल ।
ááá
२०५०
रचना÷सङ्गीत ः चिरन पुन

तिहार आयो गाउँघर
(तिहारको सन्दर्भमा)

तिहार आयो गाउँघर दैलोमा
हिँड्यौँ सबै देउसी र भैलोमा
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

आयौँ हामी नाच्दै र गाउँदै
तिहारको सन्देश सुनाउँदै
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

सामन्तले नौ जाल बुन्याँै
गरिबलाई घर न घाट बनायो
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

फेरि आयौँ जोरमादल भिरेर
यो सत्ताको दशहन्डर सहेर
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

फूल फुल्यो घाम लाग्यो घमाइलो
सुख दुःख गरौँ है रमाइला
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

सँगै लडौँ हातमा हात समाऊँला
बाँच्यौँ भने अर्को साल भेटौँला
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल ।
ááá
२०५०
रचना ÷सङ्गीत ः चिरन पुन


मादीको तिरैमा

मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले बल्ल भेटियो

मादी नदी बग्दै छ, सुस्साहट लिएर
यो देशका जनता हामी बस्नुपर्ने रोएर
यस्तै हाम्रो कर्म हैन नेपालका जनताको
अत्याचारलाई बुझेनौँ तानाशाही फटाहाको
मादीको ...

थारु, शेर्पा, गुरुङ, मगर, दरै, तामाङ, दनुवार
जुटौँ अब सबै जाति भिर्नैप¥यो हतियार
कति दिन सहने हामी दासताको साङ्लोलाई
भेल बनी अघि बढौँ नयाँ दिन ल्याउनलाई

मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले बल्ल भेटियो
ááá
२०५१, चिन्तुटार, तनहुँ
रचना÷सङ्गीत ः चिरन पुन

कालो बादल

यो धर्तीका कालो बादल हटाउनलाई छ
यो माटोमा बिहानीको किरण छर्नलाई
जुट्दै छन् जनता कम्मर कसेर
उठ्दै छन् जनता मुट्ठी कसेर

माक्र्सवाद भन्दै जनता लाम लागेर अघि बढ्नेछन्
अन्धकार पन्छाउनलाई साहस बोकी अघि बढ्नेछन्
उकुस मुकुस भाको धर्ती ब्युँझेर पक्कै उठ्नेछन्
ठाउँ ठाउँमा शोषक मास्दै योद्धा सारा अघि बढ्नेछन्

चारैतिर रातो झन्डाले यो धर्ती सिँगारिनेछ
क्रान्तिको ठूलो हुरीले कोलो मैलो बढारिनेछ
सामन्तीको सत्ता ढलाई देशको मुहार फेरिनेछ
साम्यवाद निर्माण गरी हाम्रो आह्वान पूरा हुनेछ ।

यो धर्तीका कालो बादल हटाउनलाई छ
यो माटोमा बिहानीको किरण छर्नलाई
जुट्दै छन् जनता कम्मर कसेर
उठ्दै छन् जनता मुट्ठी कसेर
ááá
२०५१
रचना÷सङ्गीत ः चिरन पुन
 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...