Sunday, September 3, 2023

व्यवस्था बदल्न अभिप्रेरित गर्ने गीत ‘चुनाव’

 

गीति समीक्षा ३
– नारायण शर्मा

देशमा आगामी मङ्सिर ४ गतेलाई संसदीय चुनावको मिति तोकिएको छ । केही पार्टी र नेताहरूलाई चुनाव निकै लागेको छ । हवाईकल्पनाका अनेकौँ रङ्गिन सपनाहरूले रङ्गाएर अनेकौँ पार्टीले चुनावी घोषणापत्र, अपिल र पोस्टरहरू बनाएका छन् । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालहरूबाट समेत ती नेता र पार्टीहरूले भोट माग्दै व्यापक प्रचार प्रसार गरिरहेका छन् । चुनाव जितेर सत्तामा पुगेपछि कहिल्यै गाउँ नफर्केकाहरूसमेत यतिबेला आफ्नो चुनावी क्षेत्रमा पुगेर गाउँलेका अगाडि घनुष्टङ्कार शैलीमा नुगिरहेका छन् । हो, यो चुनावमा अनेकथरी उम्मेदवार हरूले आफूलाई विकल्पका रूपमा उभ्याउँदै भोट मागिरहेका छन् । तर के यो व्यवस्थाअन्तर्गत हुने निर्वाचनहरूबाट चुनिने व्यक्तिहरूले देश र समाजको मुहार फेर्ने सामथ्र्य राख्दछन् ? अहिलेको आवश्यकता चुनावबाट शासन गर्ने व्यक्ति फेर्ने हो कि यो भ्रष्ट व्यवस्था बदल्ने ? यही प्रश्नको उत्तर बोकेर नेपाली साङ्गीतिक बजारमा एउटा गति आइपुगेको छ, ‘चुनाव’ ः
एमसीसी, एसपीपीलाई नपारी चिहान
आउँदैन देशमा शान्तिको बिहान
आफैँभित्र आफैँलाई जगाऊँ
देशप्रेमी भएर चिनाऊँ
संसदवादी चुनाव होइन स्थिरता बसालौँ
विकल्पमा व्यक्ति होइन व्यवस्था बदलौँ ।

यसरी गतिले स्पष्ट रूपमा यो व्यवस्थाअन्तर्गत हुने निर्वाचनबाट चुनिने व्यक्तिहरूले देश र जनताको अवस्थामा परिवर्तन ल्याउन नसक्ने बताएको छ । चुनाव वास्तवमा अस्थिरताको जड हो । ‘साम, दाम, दण्ड, भेद’ को नीति अपनाएर, झुट्टा आश्वासनका सपनाहरू बाँडेर जनताको भोट बटुली सत्तामा पुग्नेहरूले देशलाई समृद्धि र विकासको मार्गमा होइन, विनासको बाटोमा हिँडाएको हामीले देख्दै र भोग्दै आएका छौँ । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता गर्नेहरू, एसपीपीजस्तो झनै राष्ट्रघाती सम्झौता गर्न तम्सनेहरू फेरि पनि जनताका बिचमा भोट माग्दै आइरहेका छन् । गीतले देशभक्त नेपालीहरूलाई आफूभित्रको देशभक्तिपूर्ण भावना जगाई त्यस्ता राष्ट्रघाती सन्धि सम्झौताहरूलाई चिहान बनाउन आह्वान गरेको छ । गीतमा देशको सार्वभौमिकता र स्वाधीनतालाई माया गर्ने हरेक देशभक्त नेपालीहरूको मनको भावना समेटिएको छ । त्यसकारण यसलाई एक देशभक्तिपूर्ण चेतनामूलक गीतका रूपमा पनि लिन सकिन्छ ।

‘चुनाव’ नामक यस चेतनामूलक देशभक्तिपूर्ण गीतलाई (जनगायक चिरन पुन ‘मिलन’को यु–ट्युब च्यानलबाट) २०७९ कात्तिक २० गते पर्यटन बोर्डको सभाहल काठमाडौँमा विशेष समारोहका बिच सार्वजनिक गरिएको थियो । नेकपाका प्रवक्ता ‘ प्रकाण्ड’ को प्रमुख आतिथ्यतामा सो गीत सार्वजनिक समारोह अघि बढेको थियो । प्रमुख अतिथि प्रकाण्डले यु–ट्युबमा गीत अपलोड गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रकाण्डले यसप्रकारका प्रगतिशील गीत÷सङ्गीतले देशको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढाउन ठूलो मद्दत पुग्ने बताएका थिए । समारोहमा सार्वजनिक गरिएको गीत ‘चुनाव’ माथि वरिष्ठ प्रगतिवादी
साहित्यकार आहुति, वरिष्ठ जनगायक माधव प्रधान र रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष एवम् हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्माले समीक्षा गरेका थिए । समारोहलाई नेकपाका अध्यक्ष ऋषि कट्टेल, चलचित्र निर्माता सङ्घका अध्यक्ष, राष्ट्रवादी अभिनेता नवल खड्काले समेत सम्बोधन गरेका थिए । समारोहमा प्रगतिवादी सांस्कृतिक आन्दोलनमा लामो समयदेखि योगदान पु¥याउँदै आउनुभएका वरिष्ठ जनगायक माधव प्रधान र नयाँ पुस्ताकी उदयमान जनगायिका अनु शर्मालाई सम्मान एवम् कदरपत्र प्रदान गरिएको थियो । गीतका सर्जक प्रेम स, सङ्गीतकार एवम् गायक चिरन पुन ‘मिलन’, गायिका शारदा रसाइली, सङ्गीत संयोजक नारायण दङ्गाल, निर्देशक मिलन श्रेष्ठ, छायाकार सन्तोष तिमिल्सिनालगायत ‘चुनाव’ गीत
निर्माण युनिटका सम्पूर्ण सदस्यहरूलाई समेत समारोहमा कदरपत्र प्रदान गरिएको थियो । चिरन पुन ‘मिलन’को अध्यक्षतामा अघि बढेको सो समारोहको सञ्चालन प्रेम सीले गरेका थिए ।

गीतकार सीका गीतहरू यस अघि कतै सुनिएको थिएन । सम्भवतः यो उनको पहिलो गीत होला । तर गीत सुन्दा यो पहिलो रचनाजस्तो लाग्दैन । ‘चुनाव’ गीतका शब्दहरू निकै सरल छन् तर तिनले ऊर्जाशील भाव बोकेका छन् । गीतको सङ्गीत र सङ्गीत संयोजन पनि उस्तै सुन्दर छ । गायक गायिका दुवैका ओजिला र मिठासपूर्ण स्वरहरूले गीतको शब्दभाव र सुन्दर सङ्गीतप्रति न्याय नै गरेका छन् । गीतको भीडीयो सामान्य रूपमा तयार गरिएको छ । गीतका सर्जक, सङ्गीतकारका साथमा कलाकार एवम् क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका यात्रीहरू सरल माझी, राजन नेपाली, चिरञ्जीवी सी, एलबी थापा, कविता पुन, सन्ध्या मगर, ललित विक, तारा सन्ज्याल, ललित बम, प्रेम सिजापति, रमेश रावत, प्रजिना दर्नाल, भरत रावल, पाल्देन लामा, सञ्जीव नेपाली, प्रवेश दर्नाल, विमर्श, सुशील बलम्पाकी, सुशील हमाल, राम पुन, प्रा.डा. केआर दाहाल र विक्रम क्षेत्रीको गीतको भिडियोमा भूमिका रहेको छ । सबै टोली एकै स्थानमा बसेर सामान्य अभिनय तथा नृत्य गर्दै गीतको भिडियो तयार गरिएको छ । गीतका शब्द र सङ्गीतले मागेका दृश्यहरू भिडियोमा कम नै देखिन्छ । जनमुक्ति अभियानका प्रत्येक अभियात्रीहरूलाई गीतले ऊर्जा र साहस प्रदान गरेको छ ।

गीतमा देशको यथार्थ अवस्था चित्रण गरिएको छ । देशमा स्थिरता र सुशासन चाहने हो भने जनता यसप्रकारका संसदीय चुनावहरूमा अल्झिनुहुँदैन । यो चुनावले शासन गर्ने व्यक्तिहरू मात्र बदल्न सक्छ । घुम्ने कुर्सीमा बसेर शासन गर्ने मान्छेहरू मात्र बदल्न सक्छ तर शोषित पीडित श्रमजीवी जनताको जीवन अवस्था बदल्न सक्दैन । देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा यस्तो चुनावबाट गएका व्यक्तिहरूले गर्न सक्दैनन् । बरु उनीहरू आफ्नो शासनसत्ताको कुर्सी जोगाउन साम्राज्यवादी एवम् विस्तारवादी शक्तिहरूसामु लम्पसार पर्दै जानेछन् । राष्ट्रघात र जनघातका दर्दनाक पीडामा तिनले देशलाई डुबाउँदै जानेछन् । राष्ट्रको सम्पत्तिमाथि तिनले ब्रह्मलुट मच्चाउँदै जानेछन् । महँगी, अनियमितता, भ्रष्टचार देशमा झनै बढ्दै जानेछ । देश झन्भन्दा झन्पछि कङ्गाल बन्दै जानेछ । 

जनवादी गीत समिक्षक तथा लेखक 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...