Sunday, September 3, 2023

जनवादी गीतसङ्गीत र गायनको त्रिवेणी


मणि थापा

जनप्रचार तथा प्रकाशन प्रा. लि.ले प्रकाशित गरेको सपनाका यात्री गीतिसङ्ग्रह हातमा परेको छ । यसका गीतकार÷सङ्गीतकार रहेका छन, आफ्नो नामको पछाडि आफ्नो जात होइन, सी लेख्ने चलन सुरु गरेका नेपाल कम्युनिस्ट पार्टीका चर्चित नेता, गायक, सङ्गीतकार र रचनाकार चिरन पुन ‘मिलन’ ‘मिलन’ ।

नेपाल कम्युनिस्ट आन्दोलनमा नयाँ–नयाँ प्रयोग हुँदै आएका छन् । राजनीतिको क्षेत्रमा होस् या गीतसङ्गीत र साहित्यमा होस्, नयाँ प्रयोग आफैँमा प्रगतिशील कुरा हो । त्यहीखालको प्रयोग सपनाका यात्रीमा पनि देखिन्छ । नेपालको समाज रूपान्तरण र परिवर्तनको आन्दोलनमा जनवादी गीतसङ्गीतको अहम् भूमिका छ । कैयौँ मानेमा यो राजनीतिक आन्दोलनभन्दा जेठो पनि छ । र, कम्युनिस्ट पार्टीलाई नीति, निमार्ण गर्न पनि गीतसङ्गीतको अहम् भूमिका पनि छ । जनतालाई जागरुक बनाउन, चेतना फैलाउने, पार्टी–सङ्गठनमा लाग्न अभिप्रेरित गर्ने दुःखमा जनवादी गीतसङ्गीत एउटा सशक्त माध्यम हो । अतः सबै कम्युनिस्ट पार्टीहरूले सांस्कृतिक मोर्चा खोल्ने, त्यसमा लगानी गर्न े काम लामो समयदेखि हुँदै आएको छ । नेपालमा जति पनि जनआन्दोलनहरू भए, ती आन्दोलनमा  गीतसङ्गीत एउटा मुख्य पाटोको रूपमा रहेको छ ।

पछिल्लो कालखण्डको युद्ध, जनयुद्धमा रचना भएका सिर्जनाको हिसाबले, स्तरीयता, सरलता र लोकप्रियताको हिसाबले वा संस्थाको हिसाबले पनि धेरै गीतसङ्गीत निर्माण भएका छन् । जनयुद्धलाई उचाइमा पु¥याउन पनि गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका रहेकै थियो । गीतसङ्गीत मात्र गीतसङ्गीत नभएर यो एउटा फौजी सङ्गठनमा रूपान्तरण भएको इतिहास पनि हामीकहाँ छ । अझ जनवादी गीतसङ्गीतको टे«न्ड नेपालमा सशक्त छ । कलाकारहरू पनि राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा स्थापित छन् । तर, कम्युनिस्ट आन्दोलनको विकास, फुट र विचलनसँगै गीतसङ्गीतमा पनि विभिन्न आरोह–अवरोह हुँदै आएको छ ।

पछिल्लो दशकमा जब नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार सरकारमा प्रवेश ग¥यो, तब जनवादी गीतसङ्गीतको आवश्यकता नभएको हो कि भन्ने अनुभूति पनि नभएको होइन । के जनवादी गीतसङ्गीत आन्दोलनको साधन मात्र हुन् ? तर, यसलाई आन्दोलनको शुभकामना साधनको साथै, सामाजिक जीवनको साधन पनि बनाउन प्रयत्न गर्नुपर्दछ; जो हुन सकिरहेको छैन । पछिल्लो समय माओवादी आन्दोलनले शान्तिप्रक्रियाको चरणमा आइसकेपछि जनवादी गीतसङ्गीत सुस्ताएको अनुभूति हुने गर्दछ । यो आन्दोलनको विषयभन्दा व्यक्तिको चाहना र रुचीको विषय बन्दै आएको जस्तो देखिन्छ । तर, यसलाई पछिल्लो चरणमा आन्दोलनको विषय बनाउने कुरा मुख्य हो र यो काम नेपाल कम्युनिस्ट पार्टी र संस्कृतिकर्मीहरू नयाँ शिराबाट जनवादी गीतसङ्गीतलाई अगाडि बढाउने प्रयत्न गरेको देखिन्छ । त्यसैको प्रतिफल हो, जनवादी गीतकार, सङ्गीतकार र गायक चिरन पुन ‘मिलन’ ‘मिलन’ को सपनाका यात्री गीतिसङ्ग्रह ।

यो गीतिसङ्ग्रहमा अधिकांश चिरन पुन ‘मिलन’का गीतसङ्गीत र स्वर रहेको छ । पछिल्लो समय चिरन पुन ‘मिलन’ले जनवादी गीत, सङ्गीत र गायनलाई अभियानमा जोड्न र आन्दोलनको सशक्त औजार बनाउन निकै मिहिनेत गरेको देखिन्छ । जनवादी गीतसङ्गीत सुस्ताएको बेलामा सपनाका यात्री गीतिसङ्ग्रहले क्रान्ति, परिवर्तन, राष्ट्रियता, जनजीविकाको मुद्दामा सशक्त कलम चलाएको देखिन्छ । एक किसिमको जनवादी गीतसङ्गीतको औचित्यमाथि नै प्रश्न उठिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी र चिरन पुन ‘मिलन’को प्रयत्न यसलाई पुनर्सङ्गठित गर्ने देखिएको छ । यो अत्यन्त राम्रो पक्ष हो ।

गीत लेखनका हिसाबले होस या त्यसलाई सङ्गीत गर्ने हिसाबले होस्; चिरन पुन ‘मिलन’को प्रयत्न जनवादी गीतसङ्गीतको धारालाई अझ परिमार्जन गर्दै जनप्रिय, लोकप्रिय र क्रान्तिकारी बनाउने देखिन्छ । गीत, सङ्गीत र गायन तीनवटै विधामा सशक्त चिरन पुन ‘ मिलन’बाट भविष्यमा धेरै आशा गर्न सकिन्छ । यो प्रकाशनले जनवादी गीतसङ्गीतको धारामा अर्को एउटा नयाँ ईंटा थपिएको अनुभूति गर्न सकिन्छ । यो खडेरिएको मौसममा बर्सात् पार्ने चिरन पुन ‘मिलन’को प्रयत्नलाई धेरै–धेरै धन्यवाद ।

जनवादी गीतकार तथा सङ्गीतकार
१६ फागुन २०७९

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...