Sunday, September 3, 2023



गीति समीक्षा १
युग बदल्ने ‘सपनाका यात्रीहरू’
– खेम थपलिया

मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले यस्तै सन्दर्भलाई इङ्गित गरेर भन्नुभएको थियो, “जब मान्छे एउटा असल कामका लागि समर्पित हुन्छ, त्यति बेला ऊ मर्नदेखि डराउँदैन । यदि मलाई गिरफ्तार गरियो भने पनि म गाउँछु । यदि उनीहरूले मेरो जिब्रो काटिदिए भने पनि म आफ्नो हत्केलाले टेबुलमाथि बजाएर गाउँछु । यदि उनीहरूले मेरो हत्केलालाई पनि काटिदिए भने मैले आफ्नो खुट्टाबाट आवाज निकाल्नेछु । यदि उनीहरूले मेरो खुट्टा पनि काटिदिए भने मैले आफ्नो शरीरलाई युद्धमा लडिबुडी गराउनेछु । यदि उनीहरूले मलाई फासिमै चढाए भने मैले रक्तसङ्गीतम्द्वारा आफ्नो सन्देश जनतासमक्ष पु¥याउनेछु ।” प्रख्यात गद्दरको यो कुरा अहिले नेपाल कम्युनिस्ट पार्टीको जीवनमा ठ्याक्कै लागु भएको छ । 

इतिहासको संवेदनशील यस घडीमा क्रान्तिकारीहरूले आफ्नो ज्यानलाई हत्केलामा राखेर देश र जनताको सेवा गरिरहेका छन् । राज्यद्वारा प्रतिबन्धात्मक अवस्थामा पनि सिर्जनात्मक काममा तीव्रता आएको छ । त्यही सिर्जनात्मक कार्य–शृङ्खलामा आइपुगेको छ, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा रचित गीत, ‘सपनाका यात्रीहरू ।’ ‘सपनाका यात्रीहरू’ यु–ट्युवमार्फत् सार्वजनिक पनि भइसकेको छ ः
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ
सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन ।

विप्लव राजनीतिक पार्टीको नेतृत्व मात्र हुनुहुन्न, उहाँ उत्पीडित तथा श्रमजीवी  जनताको मन र हृदयलाई छामेर लेख्न सक्ने गीतकार पनि हुनुहुन्छ । उहाँका गीतहरू नेपाली साङ्गीतिक फाँटमा विशेष चर्चामा रहने गरेका छन् । उहाँका ‘देशको मुहार’, ‘उठ साथी हो’, ‘चेले भन्नुभएको’, ‘जागै बस’, ‘हामी माओवादी’, ‘तुफानमा जिउने’, ‘कसले बनायो’, यस्तो पनि’, ‘भुल्नुहुँदैन कमरेड’, ‘क्रान्तिकारीको जीवन’ जस्ता ज्ञटण् ÷ सपनाका यात्री गीतहरू स्थापित छन् । यु–ट्युवमा राखिएका उहाँका गीतका भ्युअर्स लाखौँ छन् । गम्भीर अन्तर्वस्तुसहित समृद्धशाली गीति–शृङ्खलामा उहाँको ‘सपनाका यात्रीहरू’ पनि जोडिन आइपुगेको छ । 

जनयुद्धका तत्कालीन नेतृत्वले क्रान्तिकारी सपनाको रातो झन्डालाई चौबाटोमा अलपत्र छाडेर भागेपछि विप्लवले त्यो सपनाको रातो झन्डालाई सम्हाल्दै क्रान्तिकारी जनसमुदायमा क्रान्तिकारी आशावाद र क्रान्तिकारी सपना जगाउन यो गीतको रचना गर्नुभएको हो । गीत सङ्गीत प्राचीन विधा हो । यो समाजको श्रम तथा उत्पादन प्रक्रियाको विकाससँग जोडिँदै आएको छ । पुँजीवादले गीत सङ्गीतलाई बजारु मालमा फेरिदिए पनि यसको वर्ग पक्षधरता कायम नै छ । यो विचार र संवेदनाको प्रकटीकरणमार्पmत् मूर्तीकृत हुन्छ । गीत सङ्गीतमा अन्तर्वस्तु र रूप एकापसमा अन्तप्र्रविष्ट भएको हुन्छ । सङ्गीतभित्र ध्वनि साङ्गीतिक स्वरूपमा उत्पन्न हुने स्वर, त्यसको आघात– सङ्घात, आरोह–अवरोह, ताल–तान–नाद–मान, गीत सङ्गीत र विन्याँस यसका अवयव हुन्छन् ।

आज पनि नेपाली समाजमा लोकभाका, लोकलय र लोकपरम्परा जीवितै छन् । दुनियाँमा दिन–प्रतिदिन विकसित नवीन प्रविधिको अधिकतम उपयोगले गीत सङ्गीतको प्रभावकारिता बढाउन सकिने कुरा हान्स आइन्सलरको भनाइ मननीय छ । यसको प्रभावकारितामा गीतसित सङ्गीतको संयोजन तथा गीत र स्वरको उचित चयनजस्ता कुरा आउँछन् । शब्दअनुसार सङ्गीत र सोहीअनुरूप स्वर भएन भने त्यो कर्णप्रिय र कालजयी बन्न सक्तैन । वर्गसमाजमा हरेक वर्गले आफ्नो वर्गप्रेमअनुसार गीत सङ्गीतको पनि निर्माण र प्रचार–प्रसार गरिरहेका हुन्छन् । नेपालमा हाँसो–आँसु, सुख–दुःख, आक्रोश–पीडा, विद्रोह तथा प्रतिबद्धताका साथै, जनताका अनुभव, अनुभूति र संवेदनाको अभिव्यञ्जनापूर्ण क्रान्तिकारी गीत सङ्गीत अघि बढिरहेको छ । त्यसैको पछिल्लो कडी हो, ‘सपनाका यात्रीहरू ।’

नेपालमा राणाविरोधी आन्दोलनदेखि नै जनताका गीत सङ्गीत सामन्तवादको शिरमाथि बज्रिन थालेको हो । जनयुद्धकालमा पुरानो सत्ताले क्रान्तिकारी गीत सङ्गीतमाथि दमनको दुष्चक्र मात्र चलाएन, उसले जनताका गीत सङ्गीतलाई भयङ्कर खतरा मात्र पनि देखेन, उसले कृष्ण सेन ‘इच्छुक’ लगायत १७० बढी संस्कृतिकर्मीको हत्यासमेत गरिदियो । राष्ट्रियता, जनतन्त्र, जनजीविका, न्याय र समानताको आवाजलाई गीत सङ्गीतमा उन्ने जनताका कलाकारको अनेकोट, भाबाङ, डुङ्लाहरूमा सामूहिक हत्या गरियो । हुन त पुरानो सत्ताले समग्र सपनाकै हत्या गर्ने दुष्प्रयत्न नगरेको होइन, आज तिनै सपना चिहान खोतल्दै वैज्ञानिक समाजवादी युगको आराधना गरिरहेका छन् । लेनिनले भन्नुभएको छ– हामीले सपना देख्नुपर्छ ।

हो, हामीले सपना देखिरहेका छौँ, सपना जगाइरहेका छौँ । निश्चय पनि सपनालाई पूरा गर्ने महान् अभियानमा लामबद्ध यात्रीहरूले सपनालाई जगाउनुपर्दछ, जगाउन सक्नुपर्दछ र जगाउन जान्नुपर्दछ । जीवन सपनामा जिउँछ, सपनामै रमाउँछ । जीवन र सपनाका बिच अन्योन्याश्रित सम्बन्ध हुन्छ । जीवन र सपनामध्ये एकको अभावमा अर्कोको कुनै अर्थ हुँदैन । हेरौँ, एक साक्ष्य ः
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ
सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन
सपना बाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ
सपनाहरू मर्न नदेऊ, सपनाहरू झर्न नदेऊ ।

क्रान्तिकारी गीत सङ्गीतमा सङ्घर्ष, समर्पण र बलिदानको इतिहास गाँसिएर आउँछ । नेपालमा न्यायपूर्ण समाज स्थापनार्थ हजारौँ योद्धाले बलिदान गरिसकेका छन् । हाम्रा गीत सङ्गीत मालेमावादी सौन्दर्य चिन्तनमा आधारित छन् । वर्गसङ्घर्ष प्रतिभाहरू जन्माउने र हुर्काउने प्रयोगशाला पनि हो । यसको विकास र विस्तारमा राजनीतिक कार्यदिशाबाट निर्देशित जनकलाकारको बलिदान, समर्पण र साधनाले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । जसरी हिजो जनयुद्धका निमित्त क्रान्तिकारी गीत सङ्गीतले प्रेरणा, प्रोत्साहन र ऊर्जा थपेको थियो; त्यसैगरी, आज एकीकृत जनक्रान्तिका लागि क्रान्तिकारी गीत सङ्गीतले सोही भूमिका निर्वाह गरिरहेको छ ।

सुपष्ट योजना, लक्ष्य र दृष्टिकोण भएको मान्छे चराजस्तै स्वतन्त्र उड्न सक्तछ । उसलाई कसैले पनि कैद गर्न सक्तैन । ऊ साँघुरो घेराबाट मुक्त हुँदै विस्तृत आयामका साथ विचरण गरिरहेको हुन्छ । उसले एकैछिनमा आकाश–धर्ती जोडिदिन सक्तछ । महान् सहिदहरू आकाशमा चम्किरहने तारा हुन् । आकाशमा चम्किरहेका तारा हाम्रा लक्ष्य पनि हुन् । जसरी महान् सहिदहरू आकाशमा तारा बनेर चम्किरहेका हुन्छन्, त्यसैगरी तिनको योगदानले धर्ती पनि चम्किरहेको छ । धर्ती र सपना एकापसमा चम्किरहेका हुन्छन् किनकि सपनाको फूल धर्तीमै फुल्दछ । एकीकृत जनक्रान्तिमा मात्र एघारजना महान् योद्धाहरूले बलिदान दिइसक्नुभएको छ । यो ज्ञटद्द ÷ सपनाका यात्री बलिदानको प्रतापद्वारा हाम्रो धर्ती, हाम्रो आकाश र हाम्रो सपना चम्किरहेको छ । रूप र अन्तर्वस्तुको सुन्दर समायोजनद्वारा कालजयी बनेको गीत ‘सपनाका यात्रीहरू’ ले नयाँ यथार्थलाई आत्मसात् गर्दै क्रान्तिकारी सचेतन हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको छ । हेरौँ, अर्को एक साक्ष्य ः
भुरुरु उड्यो पंक्षी, पंक्षीझैँ उड्यो मान्छे
सपना उड्यो पंक्षीसँग, मान्छे उड्यो सपनासँग
चम्किने आकाशका तारा, ताराजस्तै चम्क्यो धर्ती
सपना चम्क्यो तारासँग, धर्ती चम्क्यो सपनासँग ।

गीत सङ्गीतले जनसमुदायको ठूलो हिस्सालाई एकैचोटि प्रभावित पार्न सक्तछ । हाम्रा गीत सङ्गीतमा प्रतिध्रुबीय गीत सङ्गीतका विरुद्ध लड्ने प्रचुर क्षमता रहेको छ । जनताका प्रत्यक्ष जीवनमा आधारित भएर लेखिएका गीतहरू जनताको ढुकढुकी बन्दछन् । ‘सपनाका यात्रीहरू’ पनि त्यही ढुकढुकी हो । दुनियाँ परिवर्तनशील छ । यो निरन्तर बदलिँदै आएको छ । समयको यो विशाल र अथाह प्रवाहमा युगहरू पनि बदलिँदै आएको छ । आज केही मान्छेहरू आफ्नो लुटको स्वर्ग बचाउन क्रान्तिको युग सकिएको, परिवर्तनको औचित्य नरहेको भन्दै छन् । यस्तो अवैज्ञानिक र सफेद झुटलाई प्रस्तुत गीतले पूरै इन्कार गरिदिएको छ । जब क्रान्तिकारीहरूका सपना युग परिवर्तनसँगै फेरिन्छ, तब समाज र जनताको जीवन पनि सुन्दर र हराभरा हुन्छ । प्रस्तुत गीतले शोषण, दमन, अन्याय र अत्याचारको युगको अन्त्य भएर न्याय, समानता, वैज्ञानिक समाजवादी युग आउने अमीट विश्वास व्यक्त गरेको छ । हेरौँ, प्रस्तुत गीतको अर्को एक साक्ष्य ः
निरन्तर बग्ने समय, समयझैँ बदलिन्छ युग
सपना उड्छ युगसँग, युग फेरिन्छ सपनासँग ।

हामीलाई थाहा छ, हतारो–चटारोमा गरिएका शब्दसंयोजन, सङ्गीतबद्धता तथा प्रस्तुतिले गीत सङ्गीतमा समस्या निम्त्याउँछ । नेपालमा गीतलेखन तथा सङ्गीत संयोजनको एकरेखीयताले अनुभूति र सम्प्रेषण, रागानुभूति र भाव बोधगम्यताको अभाव नदेखिएको होइन । गीत सङ्गीतमा आधुनिक र लोकशैलीको सुन्दर संयोजनद्वारा गुण र परिमाण दुवैमा छलाङ मार्न सकिन्छ । गीत सङ्गीत प्रचारात्मक अङ्ग मात्र होइन; यो स्तरीयकरण, वैचारिकीकरण र लोकप्रियकरणको सुन्दर सम्मिलन पनि हो । ‘सपनाका यात्रीहरू’ मा शब्द, सङ्गीत र स्वरको उपयुक्त सम्मिलन रहेको छ । प्रस्तुत गीत एउटै केन्द्रीय भावमा लेखिएको छ, यो सुन्दा मात्र होइन, पढ्दा पनि लययुक्त छ ।

क्रान्ति र क्रान्तिकारी मनोविज्ञानका कारण क्रान्तिकारी गीतहरूमा वीर रसको घनत्व प्रचुर मात्रामा रहेको पाइन्छ । क्रान्तिकारी गीत सङ्गीतमा करुण रसलाई वीर रससँग जोडेर संवेदनायुक्त क्षणमा पनि निराशालाई आशामा एवम् मृत्युलाई गौरवपूर्ण बलिदानमा फेर्ने परम्परा रहिआएको छ । आज पूर्वको मारुनीदेखि पश्चिमको देउडासम्म एवम् हिमालको सेलोदेखि तराईको सखिया गीतहरू जनपक्षीय उपयोग गर्ने क्रम तीव्रतामा छ । हामीले आधुनिकताको नाममा लोकलाई बिर्सिने र लोकको नाममा आधुनिकतालाई घृणा गर्ने परम्पराको अन्त्य गर्नैपर्दछ । हाम्रा गीतहरू आदर्श बन्नुपर्दछ । हाम्रा गीतहरू फासिवादी दलाल एवम् प्रतिक्रान्तिकारीहरूका मुटुभेदन गर्ने तीर बन्नुपर्दछ । 

हाम्रो आन्दोलनसित व्यथा, आवेग, पीडा मात्रै छैन; प्रतिशोध, प्रतिरोध र वीरत्व भावको गहिराइ पनि छ । हाम्रा गीत सङ्गीतले जनता र जनसंस्कृतिकर्मीबिचको सम्बन्धलाई सामिप्यता र जीवन्तता प्रदान गर्दै आएको छ । हाम्रा गीत सङ्गीत भीषण युद्धमोर्चामा बारुदको धुवाँमा फुलेका फूल हुन् । हाम्रो यात्रा हजारौँ माइलको छ, चढ्नुपर्ने सर्वोच्च शिखर छ, फोड्नुपर्ने अनगिन्ती काला पहाड छन् । हामीलाई विश्वास छ, एक दिन सपनाका यात्रीहरूले हजारौँ माइलको यात्रा पूरा गर्नेछन्, सर्वोच्च शिखरमा चढेर रातो झन्डा पहराउनेछन्, काला पहाडहरू तोड्नेछन् । करिब ६ मिनेटको समयावधि रहेको प्रस्तुत गीत ‘सपनाका यात्रीहरू’ मा जनसंस्कृतिकर्मी चिरन पुनको सङ्गीत र योगेश काजीको स्वर रहेको छ ।

माक्र्सवादी साहित्यकार तथा लेखक
१ असार, २०७७ 
 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...