Sunday, September 3, 2023

शुभकामना


नन्द किशोर पुन
उपराष्ट्रपति 

जनवादी गीतसङ्गीतका सर्जक एवम् गायक चिरन पुनका रचना तथा सङ्गीतबद्ध गीतहरूको सङ्ग्रह ‘सपनाका यात्री’ कृतिका रूपमा प्रकाशन हुन लागेकोमा मलाई ज्यादै खुसी लागेको छ । ‘सपनाका यात्री’ को प्रकाशन सफलताको कामनासहित यो महत्त्वपूर्ण कृतिका लागि सर्जक चिरन पुनलाई बधाई दिन चाहन्छु ।

कलासाहित्य, गीतसङ्गीत, संस्कृति आदि मानवजातिकै मानक उत्पादन हुन् । जीवन जगत्का यथार्थलाई यिनले नै प्रारूपीकरण गर्छन् । यीबिना मानिस पशुतुल्य हुन्छ पनि भनिन्छ । साहित्यले समाजको चित्रण गर्दै विशेषतः सही दिशामा रूपान्तरण गर्न सक्नुपर्दछ । यो सधैँ अग्रगमन, परिवर्तन र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ । नेपालको क्रान्ति तथा आन्दोलनमा जनवादी गीतसङ्गीतको ठूलो महत्त्व र भूमिका छ । 

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताजस्ता परिवर्तन प्राप्तिको मुख्य  आधार जनयुद्धलाई अगाडि बढाउन क्रान्तिकारी गीतसङ्गीत र कलाकारहरूको भूमिका ऐतिहासिक छ । उच्च मनोबल र बलिदानी भावका साथ युद्धमोर्चामा सहभागी हुन क्रान्तिकारी गीतसङ्गीत र कलाकारहरूले प्रेरित गर्थे । क्रान्तिकारी विचार निर्माणका साथै वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य र मुक्ति तथा राष्ट्रिय स्वाधीनताका लागि निरन्तर लाग्न क्रान्तिकारी गीतसङ्गीतले नै प्रेरित गर्थे । आज जनवादी गीतसङ्गीत सिर्जनामा कमी आएको हो कि जस्तो लाग्छ । जबसम्म देशमा उत्पीडन र विभेद भइरहन्छ, सुदृढ राष्ट्रिय एकतासहित राष्ट्रिय स्वाधीनता बलियो हुँदैन, तबसम्म जनतालाई जागरुक बनाइराख्न जनवादी तथा देशभक्तिभावले ओतप्रोत गीतसङ्गीतको महत्त्व भइराख्दछ । यस अवस्थामा सर्जक चिरन पुनले जनवादी गीतहरूको सङ्ग्रह प्रकाशनमा ल्याउनु खुसीको कुरा हो । 

जनवादी गीतसङ्गीतमार्फत नेपालको राजनीतिक तथा सामाजिक रुपान्तरणमा चिरन पुनले पु¥याउनुभएको योगदान उच्च छ । जनवादी तथा देशभक्ति भावका गीतसङ्गीतको संरक्षण तथा प्रवद्र्धनमा समेत उहाँको ठूलो योगदान छ । म जनवादी गीतसङ्गीतको सिर्जना तथा गायनमार्फत देशको परिर्वतनमा उहाँले पु¥याउनुभएको योगदानको प्रशंसा गर्दछु । 

अन्त्यमा, २०४९ सालदेखि २०७९ मङ्सिरसम्म चिरन पुनद्वारा रचना तथा सङ्गीतबद्ध छानिएका गीतहरूको प्रकाशनले नेपालको जनवादी गीतसङ्गीतको उत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने मैले विश्वास लिएको छु । महत्त्वपूर्ण कृति ‘सपनाका यात्री’ का लागि पुनः बधाईसहित जनवादी गीतसङ्गीत सिर्जना तथा गायन यात्राको उत्तरोत्तर प्रगतिको शुभकामना ।

धन्यवाद् ।
१९ फागुन, २०७९

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...