Thursday, November 25, 2010

नेपालको कम्युनिष्ट आन्दोलनले उजागर गरेका विषयहरु


अग्रगती साप्ताहिक
बर्ष ५, अंक १४
०६७ मंसीर ९ गते ।

१. विषय प्रवेशः
नेपालको कम्युनिष्ट आन्दोलनले ६१ बर्ष पार गर्न लागेको छ । (शुक्रबार) १० बैसाख २००६ (२२ अपे्रल १९४९) मा चार जना उत्साही युवाहरु मिलेर नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो । क. पुष्पलाल, क. निरञ्जन गोविन्द बैद्य, क. नरबहादुर कर्माचार्य, क. नारायण विलास जोसी कम्युनिष्ट पार्टीको संस्थापकहरु हुनुहुन्छ । जसमा क. मोतिदेवीको नाम आज पनि विवादिद अवस्थामा छ । यो छोटो समयको विचमा पनि नेपालको कम्युनिष्ट आन्दोलनले निकै आरोह–अवरोह पार गरेको सन्दर्भ हाम्रो अगाडि ताजै छ । आजको विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको भए पनि नेपालमा जनताले कम्युनिष्ट पार्टी र विचारलाई साथ, सर्मथन, सहयोग र विश्वास गरिरहेको अवस्था छ । आफुलाई कम्युनिष्ट भन्ने, कम्युनिष्ट पार्टीको झण्डा बोक्ने झण्डै २ दर्जन पार्टीहरु क्रियाशिल छन नेपालमा । तर, उनिहरुले आत्मसाथ गर्ने रणनैतिक प्रश्नहरुमा समानता छैन । कार्यनैतिक प्रश्नहरुमा पनि ठुलो बेमेल छ । विश्व स्तरमा कम्युनिष्ट आन्दोलनका अग्रजहरुले स्थापित गरेका मुल्य मान्यताहरुको बु“झाई पनि छुट्टा–छुट्टै रुपमा आत्मसाथ गर्दछन । दार्शनिक, सैद्धान्तिक, राजनीतिक र सांगठनिक प्रश्नहरुमा पनि समानता देखिन्न । सवैको व्यवहार, मुल्यमान्यता, अनुशासनमा पनि एकरुपता छैन । तर, सवैले आफुलाई कम्युनिष्टनै भन्छन । सच्चा क्रान्तिकारी विचारधाराको मुल प्रवाह आफुलाई नै सम्झन्छन । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनमा स्थापित गर्न खोजिएका नया“ तथा पुराना दर्शन, सिद्धान्त, नीति, विचार, मुल्यमान्यताहरु, अनुशासन, कार्यप्रणाली, पद्धती आदी सवैका विषयमा व्यापक छलफल हुन आवश्यक छ ।

२. कम्युनिष्ट आन्दोलनका नकरात्मक प्रवृति ः
क. आज नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै प्रवृतिहरु विद्धमान छन । जसमा फुट परस्त प्रवृतिले नेपालको कम्युनिष्ट आन्दोलनलाई निकै ठुलो धक्का दिईरहेको छ । आज जनताले संविधानसभामा ६२ प्रतिसत भन्दा धेरै कम्युनिष्टलाई जिताएर पठाउदा पनि किन कम्युनिष्टले चाहेको जस्तो संविधान बनाउन नसकेको होला भन्ने प्रश्न गरिरहेका छन । तर विडम्वना जनताको यो तर्कमा सत्यता भएको भएता पनि त्यसको आन्तरिक सैद्धान्तिक राजनीतिक पक्षको सारतत्वलाई नबुझ्दा जनतालाई नै ठुलो भ्रम पैदा भएको छ । संविधानसभामा जनताबाट कम्युनिष्टको नाममा ६२ प्रतिसत भन्दा धेरै मत प्राप्त गरेको भए पनि ति सवै कम्यनिष्ट होईनन । उनिहरुमा कम्युनिष्ट मुल्य मान्यता, कम्युनिष्ट विचारधाराको सृङ्खला, आचरण, राजनैतिक स्पस्टता, सहि सिद्धान्तप्रतिको प्रतिवद्धता र जनताप्रतिको विश्वास छैन । त्यसैले नै आज पनि जनताको भावना माथि तुषारापात भएको सन्दर्भ सत्य हो ।

ख. जनवादी केन्द्रीयताको सिद्धान्तलाई सहि रुपमा परिचालन गर्न नसक्दा कहिले नोकरशाह – तानाशाह प्रवृति र कहिले अराजकतावादी प्रवृतिले कम्युनिष्ट आन्दोलन भित्र विगत देखि आजसम्म जडा गाडेको अवस्था छ । आज व्यवहारमा देखिने अराजकतावाद, निष्कृयतावाद, केन्द्रीयतावाद र आर्दशवाद जस्ता नकरात्मक पक्षहरु कम्युनिष्ट आन्दोलनबाट विस्तापित हुन सकिरहेका छैनन । यान्त्रिक, भौतिक, रासाईनिक, जैविक र सामाजिक गतिको महत्वलाई कम्युनिष्ट आन्दोलनले बुझ्न सकिरहेको छैन । प्रकृति, समाज, चिन्तन, सा“स्कृतिक मुल्यमान्यता लगाएत हरेक क्षेत्रमा हुने सवै परिघटनाहरुको विशेषता भनेकै तिनिहरुमा अन्तरनिहित विरोधी तत्वहरुको बीचको एकता र संघर्षलाई राम्रो गरी कम्युनिष्ट आन्दोलनले बुझ्न, पक्रन र दिशानिर्देश गर्न सकिरहेको छैन । मेहनतकस जनता उत्पादक शक्तिको मुख्य तत्व हो भन्ने कुरालाई तिलाञ्जली दिदै, कम्युनिष्ट आन्दोलन भित्र आफ्नो व्याक्तिगत स्वार्थ र गुट स्वार्थलाई महत्व दिएको स्थिति छ । कम्युनिष्ट आन्दोलनमा देखा पर्ने बैचारिक अराजकतावाद, अवसरवाद, विखण्डनवाद, निष्कृयतावाद, संङ्किणवाद, व्याक्तिवाद, नातावाद, आर्दशवादलाई पुरै नष्ट गर्न आवश्क छ । यिनिहरुको बर्ग श्रोत केहो ? यसको सैद्धान्तिक जग कहा“बाट बिग्रेको छ ? आजको आन्दोलनमा यसको हिमायती को बनेका छन ? कुन आफुलाई कम्युनिष्ट भन्ने पार्टीले यि प्रवृतिहरुको भण्डारण गरिरहेको छ । यो कुरालाई अबको सहि आन्दोलनले बुझ्न र परित्याग गर्न आवश्यक छ ।

३. नेपालको कम्युनिष्ट आन्दोलनका बैचारिक सन्दर्भ ः
क. २०१० माघ १३ देखि १७ (१९५४, जनवरी २६ देखि ३०) सम्म कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन, २०१७ साल जेठ (१९५६ मई) मा दोश्रो महाधिवेशन, २०१९ बैसाख ४ देखि १५ (१९६२, अपे्रल १६ देखि २७) को तेश्रो महाधिवेशनसम्म नेपालको कम्युनिष्ट आन्दोलन अभिवाजित रुपमानै रहेको पाईन्छ । आज क्रियाशिल पार्टीहरुले २०१० माघ १३ देखि १७ गते सम्म सम्पन्न भएको पहिलो महाधिवेशनले नेपालमा नेकपा सवभन्दा मजदुर बर्गको क्रान्तिकारी पार्टी हुने प्रतिवद्धता जनाएको थियो । नेकपा मजदुर बर्गको सुःसंगठित अगुवा र यस बर्गको बर्ग संघर्षको सर्वश्रेष्ठ रुवरुप हुने नीति पारित गरेको थियो । जसमा नेपालमा साम्यवाद र समाजवादको स्थापना पछि नै मजदुर बर्गको अन्तिम लक्ष्य र स्वार्थ पुरा हुने नीति मुख्य रुपमा पारित गरेको थियो । तर, ति मुल्य मान्यतालाई आज क्रियाशिल रहेका आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरुले आत्मबोध गरेका छन त ? निश्चय नै छैनन । के यी मुल्यमान्यताहरु आजको सन्दर्भमा पुरा भएका छन ? छैनन । यदी यी मुल्य मान्यताहरु आज पनि आत्मसाथ गर्नु पर्ने हो भने किन तिलाञ्जली दिदैछन त यी उल्लेखित नीति र प्रतिवद्धताहरुलाई आजको आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरुले ?

ख. २०१९ बैसाख ४ देखि १५ (१९६२, अप्रेल १६ देखि २७) सम्म भारतको बनारस मयुरगंजमा सम्पन्न भएको कम्युनिष्ट पार्टीको तेश्रो महाधिवेशनले पनि निकै महत्वपूर्ण नीतिहरु पारित गरेको थियो । समाजवाद र साम्यवाद स्थापना गर्नुलाई पार्टीको मुख्य उदेश्य मान्नु, नेकपाको आन्दोलन अन्र्तराष्ट्रिय कम्युनिष्ट मजदुर आन्दोलनको एक अभिन्न अंग भएकोले माक्र्सवाद लेनिनवाद र सर्वहारा अन्र्तराष्ट्रियवादको दृढतापूर्वक सर्मथन गर्दै अन्र्तराष्ट्रिय मजदुर आन्दोलनस“ग भाईचारा सम्वन्ध कायम गर्न प्रयास गर्ने नीति थियो । गलत अवसरवादी तत्वहरुबाट पार्टीलाई मुक्त गरी सहि अर्थमा सर्वहारावर्गको पार्टीको रुपमा नेकपा लाई स्थापित गर्ने नीति थियो । आजको कम्युनिष्ट आन्दोलनले यी कुराहरुलाई आत्मसाथ गरेका छन ? आज आफुलाई कम्युनिष्ट भन्नेहरुले पार्टीलाई सर्वहारावर्गको पार्टीको रुपमा स्थापित गरेका छन वा गर्न खोजेका छन ? यी प्रश्नहरुलाई गम्भिर ढंगले हेनर्, बुझ्न र जान्न अनिवार्य रहेको छ ।

ग. २०२५ सालमा क. पुष्पलालले गोरखपुरमा सम्मेलन गरेर माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पथ प्रदशक सिद्धान्तको रुपमा स्वीकार गर्ने नीति अवलम्वन गरिएको थियो । त्यस्तै, २०२८ मंसीर २० गते क. मोहन विक्रम सिंह, क. निर्मल लामा, क. मनमोहन, क. जयगोविन्द शाह, क. शंभुराम लगाएत मिलेर केन्द्रीय न्युक्लस गठन गरिएको थियो । त्यसले पनि माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पथ प्रदशक सिद्धान्तको रुपमा स्वीकार गर्ने नीति बनायो । त्यतिमात्र होईन, २०३१ असार १४ बाट शुरुभई भारतको बनारसमा सम्पन्न भएको पार्टीको चौथो महाधिवेशनले पनि माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पथ प्रदशक सिद्धान्त मान्ने, अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको बस्तुपरक मुल्याङ्कन गर्ने, उर्गबामपंथी र दक्षिणपंथी अवसरवादले कम्युनिष्ट आन्दोलनलाई पार्ने असरको बारेमा राम्ररी चिरफार गर्ने आदी नीति पारित गरेको सन्दर्भ छ । जतिवेला क. मोहन विक्रम सिंह, क. निर्मल लामा, क. मोहन बैद्य क. भक्तबहादुर श्रेष्ठ, क. जयगोविन्द शाह आदी नेतृत्वहरु थिए ।

उल्लेखित प्रस्तावना र पथ प्रदशक सिद्धान्तको मुल मर्म, भावना र सैद्धान्तिक आधारहरुलाई न त ए माओवादीले बोकेको छ न त एमालेले ? नेपालको कम्युनिष्ट आन्दोलनमा र विश्व कम्युनिष्ट आन्दोलनमा स्थापित भएका मुल्य र सैद्धान्तिक मान्यताहरुलाई तिलाञ्जली दि“दै आज एमालेले बहुदलिय जनवादको नाममा चरम दक्षिणपंथी संशोधनवादमा पतन भैसकेको अवस्था कायम छ, र एमाओवादीले २१ औं सताव्दीको जनवादको नाममा संशोधनवादी यात्राको प्रारम्भ गरिसकेको छ र एमालेकै बाटोमा पछि पछि लाग्दै छ । उनिहरुको लागि आज नत सर्वहारा बर्गको पार्टी नै सत्य छ, न जनवादको । नत माक्र्सवाद लेनिनवाद माओविचारधारा सत्य छ, न बर्ग संघर्षनै । नत सर्वहाराबर्गको अधिनायकत्व सहि छ, नत महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य मान्यता । त्यसैले आजको कम्यनिष्ट आन्दोलनमा आफुलाई ठुलो र मुलधार बताउदै नेपाली जनतालाई निकै ठुलो भ्रम छरिरहेको एमाले र ए माओवादीको ग्रैर क्रान्तिकारी चरित्रलाई जनताले राम्ररी बुझ्न आवश्यक छ ।

घ. आज मुख्यत नेपालको कम्युनिष्ट आन्दोलन तिन धारमा विभक्त छ । पहिलो, एमालेले आफुलाई बहुदलिय प्रतिष्प्रदी धारामा रुपान्तरित गरिसकेको छ । बर्ग संघर्षको नीतिलाई तिलाञ्जली दिईसकेको छ । क्रान्तिबाट होईन शन्तिपूर्ण संक्रमणबाट जनताको बहुदलिय जनवाद स्थापना गर्ने भन्ने उसको आजको मुल सैद्धान्तिक जग र धरातल छ । बर्ग संर्षलाई तिलाञ्जली, सर्वहारावर्गको अधिनायकत्वलाई अस्विकार, माक्र्सवाद लेनिनवाद माओविचारधारालाई परित्याग, बलप्रयोगको नीतिलाई परित्याग गरिसकेर उ आज साम्राज्यवाद र विस्तारवादको दलाली चाकडी र उनिहरुकै तौर तरिकामा चल्ने पार्टीको रुपमा बदलिसकेको छ । त्यसैले आजको पहिलो र चरम संशोधनवादी बहुदलिय प्रतिष्प्रदी धाराको नेतृत्व र प्रतिनिधित्व नेकपा (एमाले) ले गरेको छ । अर्को आज नेपालमा सवैभन्दा ठुलो पार्टीको रुपमा स्थापित ए नेकपा (माओवादी) ले छुट्टै पहिचान देखाउन सकिरहेको छैन । उग्रबामपथी बिचारधाराको पतन अन्त्यतः संशोधनवाद नै हुन्छ भन्ने सैद्धान्तिक मान्यतालाई मनन गर्दा पनि त्यो चरित्र ए माओवादीमा स्पस्ट देख्न सकिन्छ । आज त्यो पार्टीको मुल बैचारिक चरित्रलाई हेर्दा उसको पनि यात्रा र बोटोको दिशा एमालेको जस्तै बहुदलिय प्रतिष्प्रदा तर्फ नै कुदिरहेको छ । नया“ जनवाद छोडेर २१ औं सताव्दीको जनवाद, बर्ग संघर्ष छोडेर शान्तिपूर्ण संङक्रमण, सर्वहारावर्गको अधिनायकत्व छोडेर पुजि“वादीहरुको खुल्ला प्रतिष्प्रदा, खुल्ला आर्थिक नीति र माओवादी नेतृत्वको सरकारले खेलेको भुमिका र त्यसको सकरात्मक नकरात्मक पक्षहरुलाई हेर्दा ए माओवादी पनि अब बहुदलिय प्रतिष्प्रदी पार्टीको रुममा क्रमश रुपान्तरित हु“दै अगाडि बढिरहेको छ ।

दोश्रो, अहिलै समाजवादी क्रान्तिको विचार र यसको संस्थागत प्रीतनिधित्व नेमकिपा ले गरिरहेको छ । उसले आजको अवस्थामा पुजीको विकास र विस्तार, अर्थतन्त्रको अवस्था आदीलाई हेर्दा पुजीवादी क्रान्तिको महत्व र सन्दर्भलाई तिलाञ्जली दिईरहेको छ । यतिवेलाको नेपालको आर्थिक, राजनीतिक, सा“स्कृतिक र सामाजिक सन्दर्भलाई निकै परिपक्को र माथिको अवस्थामा राखेर हेर्ने भुल उसले गरेको छ । ठोस परिस्थितिको ठोस मुल्याङकनले नै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाईरहेको हुन्छ । तर, परिस्थितिको परिपक्कता बिना हुने आन्दोलन वा युद्धले सहि निकाश निकाल्न सक्दैन भन्ने कुरा माओवादी विद्रोहले बिजय हासिल गर्न नसक्नुको सन्दर्भलाई हेर्दा पनि स्पस्ट हुन्छ । त्यसैले आजको नेपालको सन्दर्भमा एकैचोटी समाजवादी क्रान्तिको विचार र धाराले पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई सहिबाटोमा डोर्याउन सक्दैन भन्ने छर्लङ्ग छ ।

तेश्रो र सहि क्रान्तिकारी बैचारिक धाराको नेतृत्व भनेको माक्र्सवाद लेनिनवाद माओविचारधाराले नै गर्दछ । विचारको तहमा नेपालको कम्युनिष्ट आन्दोलनमा यहि धारानै अबको विकल्प बोकेको छ । किनकी, नेपालको आर्थीक, राजनीतिक, सामाजिक, सा“स्कृतिक अवस्था र चरित्र अर्धसामन्ती र अर्ध औपनिवेशिक धरातलमानै रहेको छ । यसको लागि किसान मजदुर एकतामा सर्वहारावर्गको नेतृत्वमा पुजीवादी जनवादी क्रान्ति अनिवार्य रहेको छ । त्यो बलप्रयोगको सिद्धान्तबाट गरिन्छ । शसस्त्र संघर्षको माध्यमबाट गरिन्छ । क्रान्तिकारी बिचार र पार्टीले त्यसको नेतृत्व गर्दछ । त्यसैले आजको अवस्थामा सहि र क्रान्तिकारी धार भनेको माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आत्मसाथ गर्ने, बर्ग संघर्षलाई स्वीकार गर्ने, सर्वहारा बर्गको अधिनायकत्वलाई स्वीकार गर्ने, महान सर्वहारा सा“स्कृतिक क्रान्तिको दिशा निर्देशलाई पहिल्याउने र नया जनवाद बलप्रयोगको सिद्धान्तबाट स्थापना गर्ने उदेश्य राख्ने र त्यसको तयारीको दिशामा अगााडि बढ्ने धारानै आजको विन्दुमा सहि र क्रान्तिकारी धार बन्न सक्दछ ।

४. अब विकल्पको तयारी ः
क. हरेक परिस्थितिमा जनताले नया“ विचार र विकल्पको खोजि गरिरहेका हुन्छन । राणाहरुको विकल्पमा पञ्चायत बन्न सक्यो । पञ्चायती व्यवस्थाको विकल्पमा बहुदलीय व्यवस्था बनिरहेको छ । यसमा पनि संघीय गणतन्त्रको स्थापना भैसकेको छ । यी व्यवस्थाहरुको नेतृत्व पनि कुनै न कुनै बर्गले गर्दै आईरहेको छ । बहुदलीय व्यवस्थाको आगमन पछि केहि समय नेपाली काग्रेस सवै भन्दा ठुलो शक्तीको रुपमा स्थापित भयो । तर त्यो स्थायी कुरा थिएन । उसको आफ््नो कमजोरी र प्रतिक्रियावादी चरित्रका कारणले गर्दा उ निकै लामो समयसम्म सरकारमा रहन सकेन । त्यसको बदलामा ०५४ साल ताका जनताले नेकपा (एमाले) लाई विकल्पको रुपमा देखे र लगभग ४२ प्रतिसत भन्दा धेरै भोट प्राप्त गरी सवैभन्दा ठुलो पार्टीको रुपमा एमाले स्थापित भयो । उसको पनि राष्ट्र र जनविरोधी नीति र क्रियाकलापको कारणले गर्दा त्यो पार्टीमा पनि जनताको विश्वास लामो समय टिक्न सकेन । संविधानसभाको चुनाबको परिणामले गर्दा ए माओवादी देशको सबैभन्दा ठुलो पार्टीको रुपमा देखिएको छ । त्यसैको जगमा प्रचण्डको नेतृत्वको सरकार समेत देशले बेहोरेको छ । एमाओवादीको नीति, सरकार संचालनको तरिका, साम्राज्यवाद र विस्तारवादस“गको सम्वन्ध, राष्ट्र र जनताप्रतिको उत्तरदायीत्व के रहेछ भन्ने कुरा बुभm्न जनतालाई धेरै समयनै लागेन । त्यसैले जनताले यसको विकल्पको खोजी पनि गर्ने बेला भैसकेको अवस्था विद्यमान छ ।

अहिले धेरै कम्युनिष्ट पार्टीहरुको बीचमा नेकपा (एकीकृत) समेत क्रियाशिल छ । बिचारधाराको हिसावले यसलाई अबको बैकल्पिक धाराको रुपमा मान्न सकिन्छ । तर नेकपा (एकीकृत) भित्र रहेका नेता तथा कार्यकर्ताहरुको कामगर्ने परिपाटी र देखिएको वर्तमान स्थितिलाई हेर्दा यो पार्टी बैकल्पिक कम्युनिष्ट पार्टीको रुपमा स्थापित हुन सक्छ वा सक्दैन ? ठोकेरै भन्न मुस्किल छ । हुनत, नेकपा (एकीकृत) को पुर्नगठन भएको धेरै भएको छैन । यसले छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलवन्द गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको बैचारिक, आन्दोलनात्मक र संगठनात्मक अवस्थाले नेतृत्व गर्ने प्रस्तावना बोकेको थियो । आज यसको अगाडि गम्भिर चुनौतिहरु छन । चुनौतिहरुलाई डटेर सामना गर्न सक्ने वा नसक्ने ? आम पाटीं पङ्तीमा यो प्रश्न सोझिन्छ । अझ त्यसमा पनि यतिबेला मुख्य नेतृत्वहरु तर्फ यो प्रश्न केन्द्रीत हुन्छ । केन्द्रीय समितिमा रहेका कुनै पनि कामरेडहरु यो प्रश्नको जवाफदेयीताबाट उम्कन सक्दैनन । नेकपा (एकीकृत) ले विचारको तहमा कति प्रभावशाली भुमिका स्थापित गर्न सक्ने ? संगठनात्मक कामको क्षेत्रमा कति परिणाममुखी र प्रभावकारीता हासिल गर्न सक्ने ? आन्दोलनात्मक क्षेत्रमा पार्टी र नेतृत्वले के कति सफलता चुम्ने ? वैचारिक धु्रविकरणमा कति सहज ढंगले जान सक्ने ? तलका कार्यकर्ताले उठाउने गरेका मागहरुलाई कति संबोधन गर्न पहल प्रयत्न गर्ने ? आदी प्रश्नहरु नेकपा (एकीकृत) को पङ्तीलाई सोझिन्छ । यसलाई बैज्ञानिक, सैद्धान्तिक, संगठनात्मक, अनुशासित र समयसान्दर्भिक हिसावले हल गर्दै, निकै ठुलो आत्मविश्वासका साथ पार्टीको कामलाई परिणाममुखी र आन्दोलनको दिशालाई क्रान्तिकारी रुपान्तरणमा लैजाने हो भने, अनेकौ चुनौतिहरुको बीच फड्कोयुक्त संभावना समेत नेकपा (एकीकृत) ले बोकेको छ । अब आन्दोलनको परम्परागत ढर्रालाई त्याग्नु पर्दछ । रणनैतिक प्रश्नहरुको हल खोज्ने तर्फको आन्दोलनको तयारीलाई केन्द्रीत गर्नु पर्दछ । पार्टीलाई मिलिटेन्ट, अनुशासित र जुझारु बनाउने तर्फ ध्यान दिनु पर्दछ । पार्टीमा देखिने गरेका निष्कृयता र अराजकतालाई माथिबाटै त्याग्नु पर्दछ । पार्टी, नीति तथा कार्यक्रम, नया“ ढंगको आन्दोलन प्रतिको विश्वास र प्रतिवद्धतामा पार्टीको सिङ्गो पङ्तीलाई ढाल्नु पर्दछ । अनि मात्र नेकपा (एकीकृत) ले अबको सहि विचार र क्रान्तिकारी आन्दोलनको बैकल्पिक भुमिका निर्वाह गर्न सफल हुनेछ । यहि नै आज नेपालको कम्युनिष्ट आन्दोलनको अवस्थाले उजागर गरेको विषयहरु हुन ।






जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...