Sunday, January 31, 2010

गणतन्त्र स्थापनाका लागि युवाहरूको भूमिका



(२०६३ आश्विन २८ गते अखिल नेपाल जनवादी युवा संघको विशेष राष्ट्रिय भेला काठमाडौंमा क. चिरन प’नद्धारा प्रस्तुत प्रतिवेदन ।)

ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली युवाहरूले खेलेको भूमिका महŒवपूर्ण छ । समाज परिवर्तन गर्न र आमूल परिवर्तनकारी आन्दोलन सफल पार्नका साथै हरेक समाजलाई रुपान्तरणको प्रक्रियामा लैजान युवाहरूको भूमिकाले नै मुख्य भूमिका खेल्ने भएकोले युवा संगठनहरू मजबुत बनाउन अनिवार्य रहेको छ । यस्तो अवस्थामा पनि हाम्रो संगठन अखिल नेपाल जनवादी युवा संघ आफ्नै विशिष्ट मोडमा छ । युवा आन्दोलन र संगठनभित्र विगतका दिनहरूमा हुने गरेका विखण्डनहरूले युवा आन्दोलन र संगठनलाई ठूलो क्षति पु¥याएको थियो । त्यसलाई आत्मसाथ गर्दै क्रान्तिकारी युवा संगठनहरूको बीचमा व्यापक ध्रुवीकरण हुुनुपर्ने टड्कारो आवश्यकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । यसै उद्देश्यका साथ तात्कालीन अखिल नेपाल जनवादी युवा लिग र अखिल नेपाल युवक संघको २०५९ आश्विन १३ गते संयुक्त एकता अधिवेशनद्वारा औपचारिक रुपमा विघटन गरी अखिल नेपाल जनवादी युवा संघको निर्माण भएको थियो । जुन उद्देश्यलाई केन्द्रमा राखेर संगठनको एकता गरियो, त्यो अनुसार संगठन परिचालन हुन सकेन ।

संगठनभित्र अनेकौै समस्याहरू पैदा भए । संगठनको मुख्य नेतृत्वमा रहेका साथीहरूमा फूटपरस्त र पराई प्रवृत्ति हावी हु“दै गयो । व्यक्तिवादी, संकीर्ण र स्वेच्छाचारी प्रवृत्तिका आधारमा संगठन परिचालन गर्ने गलत शैलीहरू भित्र्याउने काम भयो । व्यापक गुटबन्दीजन्य कार्यहरू भए । संगठनात्मक पद्धति विपरीत अराजक कार्य र शैलीहरूको आधारमा चल्ने कामहरू भयो । संगठनलाई एकतामा बचाइ राख्नको लागि हाम्रो तर्फवाट धेरै पहल र प्रयत्नहरू भए तर ती प्रयत्नहरूलाई असफल पार्न र गुटगत मानसिकताको आधारमा संगठनलाई फुटाउने कार्यमा मुख्य नेतृत्व लागि प¥यो । एकातिर एउटा संगठन हु“दा–ह“ुदै अर्को को–अर्डिनेसन गठन गरेर अगाडि बढ्ने काम भयो भने अर्कोतिर संगठनभित्रै गोप्य संरचना निमार्ण गरेर अराजक गतिविधिमा लाग्नेमा मूल नेतृत्वबाटै मुख्य भुमिका खेलियो । यसरी मूल नेतृत्वमा देखिएको यिनै समस्याहरूको कारणले गर्दा आज हाम्रो संगठन पुनर्गठन गर्नुपर्ने अवस्थामा आयो । फेरि पनि विगतका दिनहरूमा जस्तै हामीले एकताको निम्ति हरदम कोशिस गर्नुपर्ने आवश्यकता छ । संगठनलाई पुनर्गठन गर्नुपर्ने अनिवार्य आवश्यकतालाई पूरा गरेर फेरी पनि व्यापक क्रान्तिकारी युवा आन्दोलन र संगठनलाई ध्रुवीकरणको प्रक्रियामा लैजानको निम्ति केन्द्रित योजनाको साथ अगाडि बढ्नुपर्ने दायित्वलाई मूल उद्देश्यभित्र राख्नुपर्ने अनिवार्य आवश्यकता छ । त्यसको साथै आमूल परिवर्तन र क्रान्तिकारी युवा आन्दोलनलाई अन्तिम लक्ष्यसम्म पु¥याउनको लागि क्रान्तिकारी विचार, संगठन, कार्ययोजना र व्यापक कार्यकर्ताको अनिवार्य आवश्यकता पर्दछ । त्यसको निम्ति हाम्रो संगठनभित्र केन्द्रित योजनाका साथ अगाडि बढ्नुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।

देशको वर्तमान राजनैतिक अवस्था र खेल्नुपर्ने भूमिका ः–
ऐतिहासिक जनआन्दोलन ०६२÷६३ ले उठान गरेका माग र नाराहरूलाई, जनताद्वारा माग गरिएको लोकतान्त्रिक गणतन्त्रको उद्देश्यलाई पूरा गर्नु आजको मुख्य काम हो । जनतालाई पूर्णरुपमा सार्वभौमसत्ता सम्पन्न बनाउनु पर्ने विषय नै यतिबेलाको मुख्य एजेण्डा हो । राज्यको पुनर्संरचना, लोकतान्त्रिक गणतन्त्र, संविधानसभाको निर्वाचन, दुवै सेना र हतियारको व्यवस्थापनको प्रश्न, नागरिकता, अन्तरिम संविधान र निर्वाचन प्रणाली, राष्ट्रिय सुरक्षा नीति, जनप्रतिनिधिहरूको प्रत्याव्हानको व्यवस्था, आदि विषयहरू नै देशको वर्तमान तात्कालीन राजनैतिक अवस्थामा देखा परिरहेका मूल र ज्वलन्त प्रश्नहरू हुन् ।
१. पुरानो राज्य संरचनालाई पुनर्संरचना गरिनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । राज्य पुनर्संरचना गर्दा भूगोल, बसोबास गरेमा जनजाति, देशभित्र बोलिने भाषाभाषि र संस्कृतिको आधारलाई केन्द्रमा राखेर गरिनु पर्दछ । त्यसो गर्दा अहिलेको राज्यलाई संघात्मक र आत्मनिर्णयको सिद्धान्त एवं जातीय, क्षेत्रीय स्वशासनका आधारमा गरिनु पर्दछ । समावेशी, सहभागितामूलक र समानुपातिक प्रतिनिधित्वमा आधारित लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक व्यवस्थाको अनिवार्य स्थापना गरिनुपर्दछ ।
२. लोकतान्त्रिक गणतन्त्रको अर्थ राजा र राजतन्त्रविहीन व्यवस्था हो । आज नेपाली जनताले राखेको मुख्य चाहना पनि यही हो । ऐतिहासिक जनआन्दोलन २०६२÷६३ द्वारा राजा र राजसंस्था एक कदम झुकेको छ । त्यसको स्थितिलाई फैसला गर्न संविधान सभाको निर्वाचनभन्दा अगावै वा एकसाथ जनमत संग्रहद्वारा टुङ्गो लगाउन सकिन्छ । त्यो प्रक्रियामा जा“दा पनि फेरी जनताको जुझारु आन्दोलनको आवश्यकताको ढोका बन्द गरिनु हु“दैन ।
३. संविधान सभाको निर्वाचन नै आजको बिन्दुमा जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने उपयुक्त बाटो हो । त्यसैले संविधान सभाको निर्वाचनलाई जनताको पक्षमा फैसलाको ग्यारेन्टी गर्न त्यसलाई प्रभावकारी बनाइनु पर्ने अनिवार्य रहेको छ । तर संविधान सभाको निर्वाचनलाई सफल पार्नको लागि त्यसमा प्रारुप, प्रक्रिया, निर्वाचन प्रणाली र प्रतिनिधित्वको व्यवस्था, निर्वाचक अंगहरू, निर्वाचनका क्षेत्रहरू जस्ता महŒवपूर्ण विषयरूपको टुङ्गो लगाउनु पर्दछ ।
४. अहिले राज्य र माओवादीस“ग रहेको सेना र हतियारको उचित व्यवस्थापन नभएसम्म संविधान सभाको निर्वाचन सफल हुन सक्ने धरातल बन्ने छैन । तत्काल नेपाली सेनालाई व्यारेकमा फिर्ता बोलाउनु पर्दछ भने माओवादी सेनालाई राज्यले अस्थायी शिविरको व्यवस्था मिलाई राखिनु पर्दछ । सरकारी र ने.क.पा.
(माओवादी)को बीचमा स्थायी युद्ध विराम सम्झौता, विस्तृत शान्ति सम्झौता गरिनु पर्दछ । साथै मानव अधिकारसम्बन्धी सम्झौता र बन्ने आचारसंहिताको दुवै पक्षद्वारा प्रतिवद्धता गरिनुपर्दछ । त्यसको प्रत्यक्ष असर नेपाली जनताले पूर्णरुपमा अनुभूति गर्न सकिने प्रकारले हुनु पर्दछ । तर पनि हाम्रो जस्तो मुलुकमा अब सेनाको जरुरी रहने छैन, नेपाल रहेको भूगोलको अवस्था, क्रान्तिकारी दृष्टिकोणको मुख्य आधारलाई हेर्दा अब हाम्रो मुलुकमा बुर्जुवा सेनाको विलोपीकरण गरी जनसुरक्षाको नीति अवलम्बन गरिनु पर्दछ । सेना र हतियारमा लगानी गरिएको ठूलो बजेट विकास निर्माणमा लगानी गरिनु पर्दछ ।
५. विशेष गरी तराईका भागहरूमा नागरिकताको समस्या ज्वलन्त रहेको छ । सम्पूर्ण नेपाली नागरिकले नेपाली नागरिकताबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीय निकायको सिफारिस, राजनैतिक दलहरूको रोहवर र विशेषज्ञहरूको टोलीद्वारा वैज्ञानिक ढंगले छानविन गरी टुङ्गो लगाइनु पर्दछ ।
६. अर्को महŒवपूर्ण प्रश्न भनेको जुनसुकै निकायहरूमा जनप्रतिनिधिहरूको प्रत्यावहानको व्यवस्था गरिनु हो, आजसम्म निर्वाचित हुने जनप्रतिनिधिहरू जे–जस्ता प्रकारका राष्ट्रघाती, जनघाति काम गरे पनि प्रत्याव्हानको व्यवस्था नभएको कारणले गर्दा गलत प्रतिनिधिहरू पनि आफ्नो कार्यकालसम्म रहिरहने व्यवस्था छ । त्यो परिपाटीको अन्त्य गरिनु पर्दछ । त्यसो भयो भने मात्र निर्वाचित जनप्रतिनिधिहरू जनतास“ग उत्तरदायित्व बन्ने सवाल जोडिने छ ।
७. जसरी राजाको अधिनायकवादी निरंकुश गतिविधिहरूलाई सात राजनैतिक पार्टी, माओवादी र सबै नागरिक समाज र सबै वर्ग वा जनसमुदायको सहभागितामा परास्त गर्न सकियो, त्यसैगरी लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि त्यही प्रकारको संघर्ष मोर्चाको अनिवार्य आवश्यकता रहेको छ । लोकतान्त्रिक गणतन्त्रको एजेण्डालाई स्वीकार गर्ने सबै पार्टी, वर्ग र पेशागत संघ संस्था लगायत जनताको सहभागितामा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण हुन जरुरी छ । जसले लोकतान्त्रिक गणतन्त्रको मुख्य एजेण्डालाई जनतासम्म लैजानेछ । त्यो उद्देश्य प्राप्तिमा आउने षड्यन्त्ररूपलाई संघर्षद्वारा चिर्नेछ ।
संगठनसम्बन्धी तात्कालीन कार्य योजना ः–
क. संगठन सम्बन्धी काम ः–
१. संगठनको सम्पूर्ण संरचनाहरूलाई गठन र पुनर्गठन गर्न जोड दिनु ।
२. संगठनको सदस्यताहरू व्यापक युवाहरूको बीचमा वितरण गर्न जोड दिनु ।
३. संगठनको भेला, प्रशिक्षण भेला, कार्यशाला गोष्ठी संचालन गर्न जोड दिनु ।
४. संगठनले पर्चा, मुखपत्र, बुलेटिन प्रकाशन गर्न माथिदेखि तलसम्म जोड दिनु ।
५.वैचारिक अन्तरसंघर्षलाई व्यवस्थित पार्न र जनवादी केन्द्रीयताको सैद्धान्तिक मूल्य मान्यतालाई खलल हुन नदिन संघर्षमा जोड दिनु ।
६. विभिन्न तहमा छरिएर रहेका युवाहरूलाई क्रान्तिकारी संगठनमा गोलबन्द गर्न जोड दिनु । संगठित युवाहरूलाई अल्पकालीन कार्यकर्ता निर्माणमा जोडदिनु र अल्पकालिन कार्यकर्ताहरूलाई पूर्णकालीन कार्यकर्तामा रुपान्तरण गर्न जोड दिनु ।
७. संगठनको दृष्टिकोणलाई जनतामा स्थापित गर्न, अन्तरक्रिया, गोष्ठी, प्रवचन जस्ता कार्यक्रम संचालन गर्नमा जोड दिनु ।
८. आमूल परिवर्तनकारी विचारमा संभव भएका संगठन र व्यक्तिहरू सबैस“ग एकताको निम्ति जोडतोडका साथ पहल र प्रयत्न गर्नु ।
९. संगठनलाई अराजक, व्यक्तिवादी, संकीर्णता, फूटपरस्त र पराइ प्रवृत्तिबाट बचाई राख्न संघर्षमा जोड दिनु ।
१०. सही संगठनात्मक पद्धतिको रक्षा गर्न र आमूल परिवर्तनकारी आन्दोलनलाई प्रभावकारी बनाउन सही क्रान्तिकारी धरातलमा रहेको संगठन निर्माण र परिचालनमा जोड दिनु ।
ख. संगठनात्मक क्षेत्र ः
संगगठनको अहिलेको अवस्थालाई हेर्दा निम्न अनुसार संगठनात्मक क्षेत्र विभाजन गर्न उपयुक्त छ ।
क्षेत्र नं. १. मेची–कोशी
क्षेत्र नं.२. सगरमाथा–जनकपुर (रामेछाप र दोलखा बाहेक)
क्षेत्र नं.३. बागमती, रामेछाप, दोलखा सहित
क्षेत्र नं.४. नारायणी र गण्डकीमा (कास्की र स्याङ्जा बाहेक)
क्षेत्र नं. ५. धौलागिरी र काश्की
क्षेत्र नं.६. ाप्ती, लुम्बिनी र स्याङ्जा
क्षेत्र नं.७. भेरी–कर्णाली
क्षेत्र नं.८. सेती–महाकाली
ग. आन्दोलनसम्बन्धी काम ः
१. लोकतान्त्रिक गणतन्त्रको एजेण्डालाई जनतासम्म लैजान र लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गर्न जोड दिनु ।
२. संविधानसभाको निर्वाचनलाई परिणाममुखी बनाउन संघर्षमा जोड दिनु ।
३. नेपाली जनताले पाउनुपर्ने नागरिकता समस्याको हल गर्न संघर्षमा जोड दिनु ।
४. पुरानो राज्य पुनर्संरचना गरी जनताको अधिकारलाई सुनिश्चित गर्न संघर्षमा जोड दिनु ।
५. समावेशी, समानुपातिक, सहभागितामूलक राज्य व्यवस्था निर्माण गर्न संघर्षमा जोड दिनु ।
६. संविधानसभाको चुनावभन्दा अगाडि सरकारी सेना, माओवादी सेना र हतियारको उचित व्यवस्थापन गर्न जोड दिने र निर्वाचन पछि सेना विलोपीकरणको प्रक्रियामा लैजान संघर्षमा जोड दिनु ।
७. संविधानसभाको निर्वाचनको प्रक्रियामा हुने विदेशी हस्तक्षेपका विरुद्ध संघर्षमा जोड दिनु ।
८. न्यायपूर्ण संघर्ष, सामाजिक, सांस्कृतिक कार्यक्रम, शिक्षा र रोजगारसम्बन्धी कार्यक्रम, रचनात्मक, सिर्जनात्मक क्रियाकलाप र जनवादी सुधार कार्यक्रम, स्वास्थ्य र शारीरिक सुगठनसम्बन्धी कार्यक्रम जस्ता कार्यक्रम जोड दिनु ।
आन्दोलनको निम्ति मूल नाराः–
“लोकतान्त्रिक गणतन्त्रको स्थापना, नेपाली युवाहरूको चाहना
अग्रगमन, संविधानसभाको निर्वाचन र राज्यको पुनर्संरचना ।”
अन्य नाराहरूः–
 संविधानसभाको तिथि, मिति घोषणा गर ।
 जनमत संग्रह घोषणा गर ।
 राजतन्त्र मूर्दावाद ।
 लोकतान्त्रिक गणतन्त्र जिन्दावाद ।
 अखिल नेपाल जनवादी युवा संघ जिन्दावाद ।
 जनआन्दोलनका दोषीहरूलाई तत्काल कार्वाही गर ।

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...