Sunday, September 3, 2023

जनताका लागि आत्मीय कोशेली


माधव प्रधान

जनवादी गीतकार, सङ्गीतकार एवम् गायक चिरन पुन ‘मिलन’ ‘मिलन’ द्वारा रचना तथा सङ्गीतबद्ध गीतहरूको सँगालो गीतिसङ्ग्रह सपनाका यात्री चिरन पुन ‘मिलन’ मिलनको अथक मिहिनेतबाट प्रगतिशील गीतहरूको सङ्ग्रह देश र जनताको मुक्तिका लागि वर्गसङ्घर्षमा हाँसी–हाँसी बलिदान गर्ने महान् सहिद तथा योद्धाहरूमा समर्पण गर्दै तयार गरिएको कृतिमाथि मेरो सर्वप्रथम हार्दिक शुभकामना ।

निकै मिहिनेतबाट तयार गरिएको प्रगतिशील गीतहरू देश र जनताका लागि आत्मीय कोशेली बनिरहनेछ भन्ने विश्वास राख्न चाहन्छु । चिरन पुन ‘मिलन’ले लेख्नुभएको प्रगतिशील÷जनवादी गीतहरूमध्ये ‘थाप्लोमा थोत्रे टोपी’, ‘रोकेर कहाँ रोकिन्छ र क्रान्ति’, ‘पलपल रसाएका’, ‘जहा दमन हुन्छ’ जस्ता गीतहरूले जनवादी भावनालाई प्रशस्त मात्रामा पोखेको पाइन्छ । समग्र सबै गीतहरू जनवादी÷प्रगतिशील तथा देशभक्ति भावनाले ओतप्रोत भएका छन् ।

नेपाली जनतालाई शोषण, दमन, अन्याय, अत्याचारबाट मुक्त दिलाउन सक्छ र जनतालाई सचेत र आन्दोलित पार्न सक्छ भन्ने मलाई लागेको छ । यो गीतिसङ्ग्रहले नयाँ पुस्तालाई प्रगतिशील, जनवादी गीतबारे नयाँ ज्ञान र चेतना प्रदान गर्न सफल रहनेछ भन्ने लागेको छ । चिरन पुन ‘मिलन’को प्रगतिशील÷जनवादी गीतिरचना र सङ्गीत साधना कर्म निरन्तर अगाडि बढिरहोस् भन्ने विश्वाससहित मेरो हार्दिक शुभकामना ।


जनवादी गीतकार, सङ्गीतकार तथा गायक
१५ फागुन, २०७९

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...