Thursday, January 4, 2018

असफलताको चाङ्गभित्र लुकेको नेपाली संभावना


रातोखबर साप्ताहिक 
बर्ष ३, अंक २९ पूर्णङ्क १२४ 
२०७४ पुस १९ बुधबार काठमाण्डौ । 
चिरन पुन 
१. असफल संसदवादी राजनैतिक पार्टी र सरकार ः 
बहुदलको आगमन पछि सवैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली काग्रेस हो । २०४७ मा काग्रेस नेता कृष्णप्रसाद भटराईको नेतृत्वमा पहिलो अन्तरिम सरकारबाट काग्रेसले आफ्नो सरकारको यात्रा तय गर्यो । त्यसपछि २०४८ मा गिरिजाप्रसाद कोईरालको नेतृत्वमा दोश्रो, २०५५ बैशाख २ गते सभापति कोईरालाकै नेतृत्वमा तेश्रो, २०५६ जेठ १३ गते नेता कृष्णप्रसाद भटराईको नेतृत्वमा चौथो, २०५६ चैत्र ७ गते गिरिजाप्रसाद कोईरालाकै नेतृत्वमा पाँचौ,  २०५८ साउन ११ गते नेता शेरबहादुर देउवाको नेतृत्वमा छैठौपल्ट नेपाली काग्रेस सरकारमा बस्यो । २०६१ जेठ २१ गते नेका (प्रजातान्त्रिक) का सभापती शेरबहादुर देउवाको नेतृत्वमा सातौ, २०६३ बैशाख १२ गते  सभापती गिरिजाप्रसाद कोईरालाकै नेतृत्वमा आठौ पटक काग्रेसकै सरकार बन्यो । २०७० माघ २८ गते  पार्टी सभापती शुशिल कोइरालाको नेतृत्वमा नवौं, र २०७४ असोज महिनामा सभापती शेरबहादुर देउवाको नेतृत्वमा दशौं पटक काग्रेसको तर्फबाट प्रधानमन्त्रीमा बने । वहुदलपछिको यो २८ बर्षमा सवैभन्दा धेरै आफ्नो नेतृत्वमा सरकार बनाउने पार्टी नेपाली काग्रेसनै हो । उसको पालामा निकैधेरै राष्ट्रघात, जनघातका घटनाहरु भयो । भ्रष्टाचार, कमिसनखोर, कालोबजारी जस्ता विषयहरुले चुलि नाध्यो । त्यसैले नेपाली काग्रेस र उसले सचालन गरेको सरकार पूर्णत असफल, राष्ट्रविरोधी, जनविरोधी सरकारको रुपमा नेपाली जनताको अघि चिरपरिचत बनेको छ । 

त्यस्तै एमाले पनि निकै ठुलो ढुलमुले र अवसरवादी पार्टीको रुपमा परिचत छ । २०५१ सालमा एमाले अध्यक्ष मनमोहनको नेतृत्वमा पहिलो एमालेको सरकार बन्यो । २०६६ जेठ ११ गते एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा दोश्रो, २०६७ माघ २३ गते एमाले नेता झलनाथ खनालको नेतृत्वमा तेश्रो,  २०७२ असोज २५ गते एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वमा चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन भए । तर उसले सरकारका लागि राप्रपाजस्तो पार्टीसँग पनि गठवन्धन सरकारमा सामेल भयो । काग्रेस भन्दा पनि धेरै पटक गठवन्धन सरकारमा सामेल हुने पार्टी पनि एमाले नै हो । अझ तत्कालिन राजा ज्ञानेन्द्रलाई समेत एमाले नेता माधव नेपालले प्रधानमन्त्रीको लागि विन्ती पत्र चडाएर आफ्नो र पार्टीको अवसरवादी चरित्रलाई जनतासमक्ष छर्लङ्ग पारे । एमाले पूर्णत अवसरवादी पार्टी हो, उसको भुमिका चरमप्रतिक्रियावादी भुमिकातर्फ परिलक्षित छ । कैयौ जनविरोधी, राष्ट्रविरोधी पहिचान एमालेको परिचय हो । भ्रष्टाचार, कालोवजारी, कमिसनलाई आफ्नो राजनीतिको केन्द्रविन्दुमा  राखेको एमालेले आफ्नो संशोधनवादी अनुहार जनतासमक्ष उदाङ्गो पारेकोछ । 

१० बर्ष जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड र उनको पार्टी माओवादी केन्द्र (माके) शान्तिप्रकृया पश्च्यात ठुल्ठुला जनविरोधी गतिविधीमा केन्द्रीकृत भयो । उसले मुख्यत १० बर्षको महान जनयुद्धको प्रस्तावनालाई ठुलो धोका र गद्धारी गरेर दलाल ससदवादमा पतन भयो । २०६४ को संविधानसभाको निर्वाचन मार्फत सवैभन्दा ठुलो दलको नेताको रुपमा २०६५ साउन ३१ गते माके अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसिन भए । त्यसपछि, २०६८ भदौ १२ गते माओवादी नेता डा. बाबुराम भटराई र २०७३ साउन १९ गते माके अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बसे । शन्तिप्रकृया पछि कैयौ पटक माके संयुक्त सरकारमा समेत सामेल बन्यो । २०६४ को संविधानसभाको निर्वाचनमा जनतले गरेको आशालाई रड्डीको टोकरीमा मिल्काउदै आफ्नो नवसंशोधनवादी राजनैतिक चरित्रमा इमान्दार पात्रको रुपमा खडा भए र हाल एमालेसँग गठवन्धन गरेर आफ्नो सशोधनवादी यात्रामा पूर्णत नेपाली जनताले स्पस्ट बुझ्ने गरि रुपान्तरीत बन्न पुगको छ । 

२०५३ फागुन २९ एमालेको समर्थनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । २०५४ असौज २१ गते काग्रेसको समर्थनमा राप्रपा नेता सुर्यवहादुर थापा  र २०५९ असोज २५ गते राप्रपा नेता लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्रीको कुर्सीमा आसिन बने । २०६० जेठ २२ गते राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा पुनः प्रधानमन्त्री नियुक्त भए । यसबाहेक पनि तत्कालिन राजा ज्ञानेन्द्र र २०६९ चैत्र १ गते सर्वोच्च अदालतका प्रधानन्यायधिस खिलराज रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रीपरिषदको गठन गरियो । अहिले हाम्रो देश दक्षिण एसियामा मात्र होईन, पुरै विश्वमा छोटो समयमा धेरै पटक सरकार गठन र पुर्नगठन गर्ने र छोटो समयमा सवैभन्दा धेरै मानिसलाई  मन्त्री बनाउने देश बनेको छ । सरकारहरु वारम्वार परिवर्तन भयो । कुर्सी प्राप्त गर्ने खेल धेरै गरियो । तर, देशको आर्थिक र विकाशको अवस्था निकै दयनिय बन्यो । राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोर र विचौलियाको चंगुलमा देशलाई फसाउने काम गरियो । आजसम्मको अवस्थालाई हेर्दा राजनीति ठेकेदार, व्यापारी, तस्करी, कालोबजारिया, गुण्डा, भ्रष्टाचारी र विचौलियाको हातमा सुम्पने काम भएको छ । यहाँका संसदवादी पार्टीहरु साम्राज्यवाद र दलाल पँुजीवादी बर्गलाई खुसि बनाउदै आफ्नो कर्सी स्वार्थमा तल्लिन बनेका छन् । यसरी नेपालका संसदवादी पार्टी र बनेका सरकारले ठुलो राष्ट्रघात, जनघात गर्दै, नेपाली जनताको हक, हित र अधिकारलाई साम्राज्यवाद र दलालको पोल्टामा सुम्पदै गएका छन् । यसअर्थमा, नेपालमा क्रियाशिल संसदवादी पार्टी र उनको नेतृत्वमा बनेका सरकार पूर्णतह् असफल सिद्ध भैसकेको छ ।  

२. असफल शान्तिप्रकृया ः 
२०६३ मंसीर ५ गते सरकार र तत्कालिन माओवादीवीच बिस्तृत शान्ति संझौतामा हस्ताक्षर गरियो । २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन मार्फत तत्कालिन नेकपा (माओवादी) सवैभन्दा ठुलो दल पनि भयो । प्रचण्ड, बाबुराम र फेरी प्रचण्डको नेतृत्वमा सरकार पनि बन्यो । यो विचमा क्रमश ः जनसत्ता, जनअदालत, जनमुक्तिसेना सवै विघटन गरियो । तत्कालिन माओवादी पार्टीले उठाएका राजनीतिक मुद्धाहरुलाई चटक्कै बिर्सेर पुरानै संसदवादीहरुको गठजोडमा प्रचण्ड र बाबुरामहरु लागे । जनमुक्तिसेनाको भरणपोषणका लागि भनेर राज्यकोषबाट अरबौ रकम बुझेर आफ्नो दुना सोझाउने काम गरे । आफ्नो निकटका नेता कार्यकर्ताहरुलाई रक्तचन्दन, सुन तस्करीमा समेत लगाउने काम गरे । 

प्रचण्ड÷बाबुरामले सवै दार्शनिक र सैद्धान्तिक आदर्शहरुलाई बेचे । जनयुद्धमा उठाएका राजनैतिक मुद्धाहरुलाई तिलान्जली दिएर, दलाल संसदवादी सत्तासँग आत्मसमर्पण गरे । नयाँ जनवाद, वैज्ञानिक समाजवाद, सर्वहारा वर्गको अधिनायकत्व, बलप्रयोगको सिद्धान्त आदीलाई बिर्से । जनयुद्धका महान योगदानहरुलाई साम्राज्यवादी÷प्रतिक्रियावादी र संसदवादीशक्तिहरुसँग बेचेर कुर्सीस्वार्थमा लागे । आफ्ना सवै क्रान्तिकारी÷कम्युनिस्ट मुल्य÷मान्यताहरुलाई छोडेर यात्रालाई संशोधनवादी÷अवसरवादी दिशातर्फ केन्द्रीत बनाउदै लगे । कुर्सीका लागि राष्ट्रघात र जनघातमा केन्द्रीत बन्न पुगे । भ्रष्टाचार, कालोबजारी, कमिसनखोरीको प्रकृयामा लागे । दलाल बर्गसँग साँठगाँठ र गठजोठ गर्न पुगे । तर, जनयुद्धमा आफ्नो बलिदान दिने बीर शहीद, परिवार आज आकुल÷व्याकुल अवस्थामा छन् । हजारौ वेपत्ता योद्धाका परिवारहरुको दैनिकी दयनिय अवस्थामा गुज्रिरहेको छ । जनयुद्धका घाईते÷अपाङ्ग योद्धाहरुको समस्या पनि विकराल छ । यस्तो अवस्थामा तत्कालिन माओवादी भित्रका क्रान्तिकारीहरुले प्रचण्डको संशोधनवाद विरुद्ध विद्रोहको झण्डा उठाए । त्यो सँग सम्वन्ध विच्छेद गर्दै, नेपाल कम्युनिस्ट पार्टीको पुर्नगठन गरेर क्रान्तिकारी विचार, महान जनयुद्ध र उत्पीडित नेपाली जनतामाथि भए गरिएका सवै प्रकारका गद्धारी र धोखाधडीको विरुद्ध एकीकृत जनक्रान्तिको उद्धघोष गरिसकेको अवस्था छ । यस्तो परिवेशमा स्वभावैले तत्कालिन माओवादी र राज्यपक्षसँग भए गरिएका सवै शान्ति÷संझौताहरु व्यवहारत स्वतह ः भङ्ग हुन पुगेको छ । 

क. विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आजको विश्व र नेपालको राजनीतिक अवस्थाको वस्तुनिस्ट सस्लेषण गर्दै एकीकृत जनक्रान्तिमा लामवद्ध हुने÷बनाउने प्रकृयाको उद्धघोष गरिसकेको छ । न त यो संसदीय व्यवस्थाका लागि १० बर्षको महान जनयुद्ध संचालित थियो ? न प्रचण्ड÷बाबुराम मण्डलीले गरेको गद्धारीलाई सहर्ष स्वीकार गरेर संसदवादको फोहोरी खेलमा सामेल बनाउने कुरा क्रान्तिकारीहरुका लागि मान्यहुने विषय हो । के माओवादी क्रान्तिमा हारेर वा आत्मसर्मपण गरेर शान्तिप्रकृयामा आएका हुन ? के राज्यले माओवादीमाथि युद्ध जितेर वा एकलौटी हतियार खोसेर शान्तिप्रकृयामा ल्याईएको हो ? त्यसैले, शान्तिप्रकृयालाई क्रान्तिकारीहरुले मान्नु पर्ने कुनै सन्दर्भ र कारणहरु तत्थ्यपरक छैनन् । यस मानेमा तत्कालिन अवस्थामा गरिएका शान्ति÷संझौता स्वातह ः खारेज हुने वा भंङ्ग भएको अर्थमा जान्नु, बुझ्न आवश्यक छ । जहाँसम्म आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले हतियार उठाउने कुरा छ, त्यो राज्यको नीतिमा भर पर्ने विषय हो । राज्यले राजनीतिक हिसावले व्यवहार गर्छ त्यससँग प्रतिस्पर्दा गर्न नेकपा तयार भएको कुरा बारम्वार उद्धघोष भएकै छ । होईन, राज्यले हतियारको बलमा ठिक लगाउन सकिन्छ भन्ने युद्धवादी नीति अख्तियार गर्छ र दमन गर्न आउँछ भने, त्यसको प्रतिवादमा उत्पीडित नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टी तमतयारनै रहेको कुरामा कोहि पनि दुविदामा नससे हुन्छ ।  

३. असफल कथित संसदवादी चुनाव ः 
धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिका अन्तरर्गत सेर्तुङ स्थित बोराङको मुक्रव देवी मावि मतदान केन्द्रमा ९९ दशमलव २६ प्रतिसत मत खस्यो । त्यहाँ मतदाता संख्या ८ सय १५ जना थिए । चुनावमा ८ सय ९ मत खस्यो । जबकी मतदाता नामावलीमा रहेको मध्ये १७ जनाको मृत्यु पहिलेनै भैसकेको थियो । बाजुरामा १ जनाले ६० पटकसम्म मत खसालेको समाचार बाहिरै आयो । । अझ संकटकाललाई विर्साउने गरी सेनाको घेरावन्दीमा यो चुनाव गरियो । मतदान गर्न नजाने जनतालाई बन्दुक तेर्साउदै मतहाल्न बाध्य पारियो । निर्दोश नेकपाका कैयौ नेता कार्यकतालाई हिरासतमा कोच्यो । यसरी दिनको संकेत विहानीबाटै गर्न सकिन्छ भनेजस्तै यो चुनाव कस्तो भयो, सानो नमुना यी विषयहरुबाटै प्रष्ट हुन सकिन्छ । यहाँसम्मको राजनीतिक परिस्थिती हेर्दा नेपालको राजनीति पुरै तस्कर, व्यापारिक घराना, गुण्डानाईके, ठेकेदार, राष्ट्रघाती, जनघाति, भ्रष्टाचारी, मानवतस्करी र हत्याराहरुको हातमा पुगेकोछ । राजनीतिमा हामीले नियतलाई हेर्ने होइन परिणामबाट मुल्याङ्कन गर्नेहो । चुनावमा जुनढंगले आर्थिक चलखेल भएको छ, त्यो रुपमा नेपाली वैकहरुबाट खर्चको निकासी नभएको सन्दर्भले मुलुक कालोबजारीयाहरुको चङ्गोलमा पुगेको छ । आज देउवा, केपी, प्रचण्डहरु तिनै तस्कर, भ्रष्टाचारी, व्यापारिक घराना, गुण्डा नाईके, ठेकेदार, राष्ट्रघाती, जनघाति, हत्यारा र कालोबजारीयाको नेता बन्न पुगका छन् । जीवनभर आस्था र ईमान्दार राजनीति गर्ने कार्यकर्ताहरु निरिह र अपमानित बनेर ओठ सुकाउदै हिन्ने अवस्था पैदा भएको छ । आफ्नो जिवनभर तस्कर, व्यापार, गुण्डागर्दी, ठेक्कापट्टा, राष्ट्रघात, जनघात, हत्या÷हिंसा र आतंङ्क, कालोबजारी, चेलिबेटी बेचविखन र मानव तस्कर गरेर देशलाई ब्रम्ह्लुट र कंङ्गाल बनाउनेहरु राजनीतिको ठुल्ठुला गफ हाँक्दै जनताको बीचमा हल्लिनेकुरा झनै लाजमर्दो र उदेकलाग्दो छ । त्यसैले परिणामत यो कथित चुनाव असफल मात्र हैन, जनताको बीचमा खारेजको तहमानै पुगेको छ । 

४. असफल सुरक्षा नीति ः 
सरकारले (सेना, सशस्त्रप्रहरी, प्रहरी, म्यादीप्रहरी र राष्ट्रीय अनुसन्धान) गरी झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरेको कुरा बारम्वार भनिरहेको थियो । तर, देशभर उम्मेदवार केन्द्रीत बम विस्फोटनका घटनाहरु चुनावकै दिनसम्म रोकिएन । १ जना म्यादी प्रहरी चौधरीको ज्यान गयो । दर्जनौ उम्मेदवारको घर र गाडिमा बम पड्कियो । भने, देशभरका दर्जनौ चुनावी सभामा विस्फोटनका घटनाहरु भए । कैयौ उम्मेदवार र सर्वसाधारणहरु घाईते बने । देशभरका सैयौ स्थानमा वेवारिसे बमहरु फेला परे । गृहमन्त्रालय र सुरक्षा निकायले जतिनै सुरक्षा व्यवस्था कडा भनेपनि बिशेषत ः दलाल, भ्रष्ट, तस्कर उम्मेदवारहरु र तिनका आसेपासेहरुका लागि यो चुनाव निकै त्रस्त, भयवित र आतंङ्कित बन्न पुग्यो । 

२०७४ मंसीर १९ गते बर्ष २५ अंक २८५ कान्तिपुर दैनिकले “कहाँ चुके सुरक्षा निकाय ?” भन्ने मुख्य व्यानरमा समाचार छाप्यो । सुरक्षा निकाय चुक्नुमा ७ वटा कारण देखाईएको छ । एक ः गुप्तचर संयन्त्र फितलो हुनु । दुई ः सुरक्षा निकायको समन्वय कमजोर हुनु । तीन ः पहिलो चरणमा धेरै सुरक्षा कर्मी उपत्यका बाहिर खटाईनु । चार ः जाँच र खानतलासी प्रभावकारी नहुनु । पाँच ः विस्फोटक पदार्थ पहिले देखिनै काठमाण्डौमा हुनु । छ ः विस्फोटनमा भाडाका अपराधी प्रयोग हुनु । सात ः विप्लव समुहलाई हेर्ने प्रस्ट सरकारी दृष्टिकोण नहुनु आदी । यो निस्कर्ष गृहमन्त्रालय र सुरक्षा निकायको  उपल्लो तहको हो । 

माथिको निस्कर्षमाथि धेरै घोत्लिनु पर्छ जस्तो लाग्दैन । सुरक्षा निकायको असफलता गलत सुरक्षा नीतिका कारणले गर्दा हो । त्यो नीतिको बागडोर सरकार संचालकहरुको हातमा थियो । निर्वाचन सुरक्षामा यसप्रकारको परिणाम आउनु निम्न कारणहरु हुन । पहिलो ः सुरक्षा निकायहरुमा राष्ट्रभक्त÷देशभक्तिको भावना प्रवल हुनु र यो चुनावले उनिहरुको मन नछुनु, दोश्रो ः यो दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्र र जनविरोधी गतिविधीबाट सुरक्षा निकाय वाक्क÷दिक्क हुनु, तेश्रो ः यी राष्ट्रघाती, जनघाति, भ्रष्टाचारी उम्मेदवारलाई जिताएर के हुन्छ ? भन्ने भावना परिवेशले बन्न जानु, चौथो ः  वर्तमान राज्यसत्ताले लादेको उत्पीडनले घरपरिवार र सामाजिक जिवन भताभुङ बनेको अवस्थाले यो व्यवस्था प्रति वितिष्णा जाग्नु, पाचौं ः आफुलाई ठुलाभन्ने संसदवादी दलहरुको आपसी अन्तरविरोधको उत्पीडनमा पर्नु, छैठौं ः वर्तमान समस्या राजनैतिक भएकाले यसको समाधान पनि राजनैतिक ढंगले गरिनु पर्दछ भन्ने मान्यता सुरक्षानिकायमा बलियो देखिनु, सातौ ः सरकारमा बसेका संसदवादी दलले मुलुकमा जवर्जस्त युद्ध थोपर्ने रणनीति मन नपर्नु, आठौंः २४ सै घण्टा राष्ट्रसेवामा रहेका सुरक्षाकर्मीहरुलाई उचित सेवा÷सुविधाबाट बच्तित गरिनु रहेकाछन । किनकी, सुरक्षानिकायमा अधिकांश हिस्सा किसान, मजदुर र श्रमिकका छोरा÷छोरी छन् । र, सुरक्षा निकायभित्रैका केही सम्भ्रान्तवर्गको रवैया, भ्रष्टाचारले हैरान बनेका छन् । यि सवै समस्याको केन्द्रमा वर्तमान दलाल संसदिय सत्ता र त्यसको राजनैतिक कारण मुख्य आधार बन्न पुगेको हो ।   

५. असफलताको चाङ्गभित्र लुकेको नेपाली संभावना ः 
भनिन्छ, हरेक असफलताले सफलताको पाठ सिकाउछ । आज विश्वका आर्थिक सम्पन्नता भएका मुलुकहरुको ईतिहाँस हेर्दा पनि निकै संकटग्रस्त अवस्थाबाट माथि उठेको पाईन्छ । ति देशहरु आ—आफ्नै सापेक्षताका समस्याहरुमा जकडिएका थिए । चीन सन् १९४९ सम्म विभिन्न साम्राज्यवादी देशहरुको रजाईस्थल बनेको थियो, त्यहि चीन आज आर्थिक सम्पन्नताको शिखरमाछ । अमेरिकाले आफ्नो अर्थतन्त्रलाई यो अवस्थासम्म पुर्याउन निकै ठुलो टिकडम गरिरहेको छ । जापान दोश्रो विश्वयुद्धमा हार सहित अर्थतन्त्रमा निकै ठुलो तहस÷नहस भयो, तर उसले ति शिक्षालाई सहिढंगले सधुपयोग गर्दै आफ्नो सम्वृद्धिलाई विश्वसामु टिकाईराख्न सक्यो । ठुलो अन्तरद्धन्दबाट गुर्जदै आएको जर्मनी आफ्नो आर्थिक सम्वृद्धीकालागि निकै ठुलो कष्ट बेहोरेको देखिन्छ । २०० भन्दा धेरै राज्यलाई एकतावद्ध गराउदै, पूर्वी र पश्चिम जर्मनीका समस्यालाई समाधान गर्दै एकतावद्ध बनेर उसले विश्वसामु आर्थिक शिर ठाडोबनाउन सफल भएको हो । फ्रान्स, ब्राजिल, ईटाली, रसिया, क्यानडा, अष्ट्रेलियाआदी देशहरु पनि धेरै असफलताहरुका वीच यो अवस्थासम्म आईपुगका हुन । सन् १९४७ सम्म वेलायत, जापान, जस्ता देशहरुको उपनिवेशमा रहेको हाम्रै छिमेकी मुलुक भारतले अहिले विश्व आर्थिक बजारमा माथिनै फड्को मारिसकेको छ । 

भुगोलको हिसावले १९० औ र जनसंख्याको हिसावले ११६ औं स्थानमा रहेको सिंङ्गापुरलाई तत्कालिन प्रधानमन्त्री लि क्वान यू को पहलबाट १९५९ सम्म प्रतिव्याक्ति आय ४ सयबाट आज प्रतिव्याक्ति आय ५३ हजार डलर सम्म पुर्याउन सफल बने । जम्मा ५ लाख ३७ हजार जनसंख्या भएको लक्जम्वर्गले १,०३११६ प्रतिव्याक्ति आम्दानी गरेर विश्वमा प्रथम मुलुक बन्न सफल बनेकोछ । भौगोलिक हिसावले ४१,२२४ किमी सहित विश्वमा १३५ स्थनमा रहेको स्वीर्जल्याण्ड ७९,२४२ सहित दोश्रो, नर्वे ७०,३९२ सहित प्रतिव्याक्ति आम्दानीका हिसावले विश्वमा तेश्रो, ६७,०७९ प्रतिव्याक्ति आम्दानी सहित मकाउ चौथो, आईसल्याण्ड ६२,५६२ सहित पाँचौ  र जनसंख्याको हिसावले १९,७४००० भई विश्वको १४८ औं स्थानमा रहेको कतार ६०,७८७ प्रतिव्याक्ति आम्दामी सहित विश्वको छैठौ मुलुक बन्न सफल बनेको छ । ति मुलुकहरुले पनि आ आफ्नै प्रकारका समस्याबाट माथि उठेको हो । विश्व स्तरमा देखिएका यी आर्थिक सम्वृद्धिलाई हेर्दा हाम्रो देशको आजसम्मको  आर्थिक÷राजनीतिक असफलताको चाङ्गभित्र निकै ठुलो संभावना बोकेको अवस्था विद्धमान छ । यतिधेरै श्रोत÷साधन भएको सुन्दर देश हाम्रो प्रतिव्यााक्ति आम्दानीका हिसावले वार्षीक जम्मा ७३३ सहित विश्वमा १७९ नम्वरमा रहेको छ । यो हुनुमा नेपालको सत्ताधारीहरुले नेपालको श्रोत साधनहरुलाई कौडीको मुल्यमा वेचेर आफ्नो पेट भर्ने परम्पराले गर्दा नै हो । जलश्रोतमा विश्वको दोश्रो ठुलो देश हाम्रै हो । पर्यटन र जडिवुटी नेपालको अर्को महत्वपूर्ण श्रोत हो । अनेकै श्रोत साधनहरुको संभावना बोकेको हाम्रो देशलाई भिखमङ्गा र गरिव मुलुकको सुचिमा पुर्याईएको छ । यो अवस्थाबाटमुक्त हुन हामीले नै हरेक संभावनाहरुका बाटोलाई खोजि गर्नुपर्ने हुन्छ । 

हालै सम्पन्न भएको भनिएको कथित चुनावसम्म आउदा दलाल संसदीय व्यवस्था पूर्णत असफल बनेको छ । नेपालमा हाल देखिएका आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक समस्याको जग वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्था नै हो । उत्पीडकहरुको स्वार्थसिद्ध गर्ने लुटको व्यवस्था हो यो ।  यो व्यवस्था रहेसम्म राजनीतिक समानता, शान्ति, सम्वृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन । त्यसैले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन अनिवार्य छ । अब सम्पूर्ण उत्पीडित बर्ग, क्षेत्र, लिङ्गका जनसमुदाय एकतावद्ध हुदै बैज्ञानिक समाजवादका लागि गोलवन्द बन्नु पर्दछ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सवै राष्ट्रभक्त तथा देशभक्तहरु, किसान, मजदुर, विद्यार्थी, वकिल, वुद्धिजिवी, कर्मचारी, सुरक्षा निकाय, मध्ययम बर्गका जनसमुदाय एकतावद्ध हुनु पर्दछ । एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने अभियानमा लामवद्ध हुनु पर्दछ । अन्याय र उत्पीडनले नै विद्रोहको जन्म दिन्छ । विद्रोहले क्रान्तिको संङ्खघोष गर्दछ । वर्तमान दलाल संसदीय व्यवस्थाले पैदा गरेको असफलताको चाङ्गभित्र लुकेको नेपाली क्रान्तिको संभावनालाई आत्मसाथ गरौं । वैज्ञानिक समाजवाद स्थापना गर्ने गौरवपूर्ण यात्राको प्रारम्भ गर्दै, एकीकृत जनक्रान्तिको आँधी बेह्री सृजना गरौ । 



No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...