Friday, December 29, 2017

कथित चुनाव खारेज गरौं


रचना ÷संगीत ः चिरन पुन 
ऐरेन्ज ः सौगात सायर
स्वर ः टेक, सौगात, रमण, निर्मला, बविता, सोनु 
स्टुडियो ः हाम्रो स्टुडियो पुतलीसडक 

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौं
दलाल सत्ताको उत्पीडन तोड्न सवैमिली अघि बढौं,,,,,,,,,,, २
झुक्याउन फेरीनि बोकी आउलान नोट
यि राष्ट्रघातिलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनै पर्छ चोट
यि जनघातिलाई किन दिने भोट ।

हाम्रो देशको नदिनाला बेची खाने यिनै हुन
असमान यी संझौताले देश ठग्ने यिनै हुन,,,,,,,,,,, २
यो देशको श्रोत साधन लुटिखाने यिनै
मुल्यवृद्धि चर्काएर मस्ति गर्ने यिनै
सुकुम्वासी वस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाई गर्ने यिनै

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौं
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौं
झुक्याउन फेरीनि बोकि आउलान् नोट
यि भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यि जनतामारालाई किन दिने भोट

जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नै पर्छ
शान्ति, समानता, सम्वृद्धिलाई बैज्ञानिक समाजवाद ल्याउनै पर्छ ,,,,, २
उत्पीडित श्रमिकहरु सवै मिली उठौं
राष्ट्रभक्त नेपाली हो जुर्मुराउदै हिडौं
एकीकृत जनक्रान्तिको महासमरमा बढौं
मक्किएको यो व्यवस्था एकधक्कामा फालौं
जनसत्तालाई,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, ।

२०७४ बैशाख १५

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...