Friday, December 29, 2017

एकीकृत जनक्रान्ति तिमि,,,,,,,,,

रचना ः क. आधार 
संगीत ः चिरन पुन 
स्वर ः विमला विक, रमेश नेपाली । 
एकीकृत जनक्रान्ति तिमि हाँसिराख है (हासिराख है)
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,२ 
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घरघरमा टाँसिराख है । 

गाँउ शहर चारैतिर तिम्रै चर्चा छ रे 
जताहेर्यो उतैतिर तिम्रै पर्चा छ रे
सजिव पात पलाईरहे निर्जिव पात झरे
स्वाधिनता र मुक्ति पाउन तिम्रै भर परे
एकीकृत जनक्रान्ति तिमी हाँसिराख है (हाँसिराख है)  
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,,२
ए हो संगीहो जनक्रान्ति हाँसिराख है
ए हो साथीहो घरघरमा टाँसिराख है । 

संसार भरी दलाल पूँजी गलपासोमा छरे 
सिङ्गो धर्ति क्रान्ति गित आहै गाँउदै छरे
वैज्ञानिक समाजवाद लहै छाउदै छरे
हाम्रो प्यारो देशले नयाँ जिवन पाउदै छरे
एकीकृत जनक्रान्ति तिमी हाँसिराख है (हाँसिराख है)  
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,२
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घरघरमा टाँसिराख है 
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो सम्वन्ध गासिराख है,,,,,, ।  


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...