Friday, December 29, 2017

रोल्पाको थवाङ


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक 
रेकडिस्ट ः राजीव 
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

जारको सत्ता हिटलरी दमन जनताको सामु कहाँ टिक्यो खै,,,,,,,,२
राणाको सासन पन्चको हुकुम नेपाली जनता कहाँ झुके खै,,,,,,,,,,२
सिस्नेको हिमाल त्यो माछापुछ्रे धौलागिरीको शिर 
सैलुङ्गे काख त्यो साँगा झन्ज्याङ सगरमाथा उच्च शिर
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

दलाल सत्ता यो जनघात कतिदिन सहौ यो राष्ट्रघात,,,,,,,, २
नलडी हुन्न नफाली हुन्न मिलेर हामी यो अत्याचार,,,,,,,,,,२ 
पूर्वको मेची त्यो सप्तकोशी कालीगंगाको बेग
कन्चन मरस्याङदी त्यो महाकाली बागमतीमा हाम्रो भेट 
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

२०७३ पौष १९ 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...