Friday, December 29, 2017

यो हो हाम्रो एकीकृत जनक्रान्ति


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक 
रेकडिस्ट ः राजीव 
निम्छरा अनुहारमा खुसीको लाली छर्ने
दासताको जंजीर तोड्न क्रान्तिको मसाल बाल्ने,,,,,,,,,,,२ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,, ४  

संसारबाटै रातो सुर्य अस्ताईसक्यो लाग्नेलाई
विश्वभरी क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई 
सगरमाथा देश बोल्छ (हिमाल पहाड मधेश बोल्छ) ,,, २ 
खोला नाला छहरा बोल्छ (गाँउ शहर पहरा बोल्छ),,,,, २ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,, ४ 

गाँउ शहरको विशेषता मध्यमबर्गको उपस्थिति
विज्ञान प्रविधी विकाश र भुपरिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ (दलित मधेशी एकत्व खेल्छ),,, २
दलाल सत्ताको उत्पीडन बोल्छ (देशभक्तको एकता फुल्छ),,,,, २
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,,,,,,,४

राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालो बजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजिवीको एकता वन्दै (दलालको चिहान खन्छ),,, २ 
स्वाधीनताको आवाज बोल्दै (जनक्रान्तिको विहान खुल्छ),,,,, २ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,,,,,,,, 

२०७३ माघ २० 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...