Friday, December 29, 2017

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक
रेकडिस्ट ः राजीव  
जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार,,,, २ 
अब हामी सहन्नौ तेरो अत्याचार,,,,, २ 
भन्दैछौ हाम्रै हो 
लिपु हाम्रै हो,,,, २        कालापानी हाम्रै हो त्यो सुस्ता हाम्रै हो
भन्दैछौ हाम्रै हो
महाकाली हाम्रै हो,,,, २ 
गण्डक हाम्रै हो त्यो कर्णाली हाम्रै हो,,,,,,,, २ 

कति गाड्छौ सिमानामा विशालु त्यो खुनि पंजा,,,, २
कति लाउछौ पानीमाथि विस्तारवादी गिद्धे आखा,,,,,२ 
उत्पीडनको ज्वालामुखी फुट्छ अब बुझिराख
सानो झिल्का सल्किएर राख बन्छौ संझीराख
भन्दैछौ छोड अव
सिमा मिच्न छोड,,,, २ हाम्रो भुमि छोड अब तेरो हैकम छोड
भन्दैछौ छोड अव
लुटपाट छोड,,,,,,,२ हस्तक्षेप छोड अब हाम्लाई हेप्न छोड,,,,, २ 


उतैमात्र छैनन दुस्मन यतै दलाल डुलिराछन,,,, २ 
सिक्किम जस्तै बनाउन जाल बुन्दै घुमिराछन,,,,  २
देश बेच्ने राष्ट्रघाती उतै तिर बास सरेहुन्छ 
जनता लुट्ने जनघाती झिटिझाम्टो कसे हुन्छ
भन्दैछौ छोड अब 
देश बेच्न छोड,,,, २  जनता ठग्न छोड अब दलाल बन्न छोड
भन्दैछौ छोड अब 
राष्ट्रघात छोड,,,,,,,,२ जनघात छोड अब कालो सत्ता छोड,,,,,, २ 

२०७३ माघ २३ । 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...