Tuesday, January 16, 2018

क्रान्तिकारी आन्दोलनका ऐतिहाँसिक विरासत र जनताको विद्रोह ः


दृष्टिकोण मासिक
बर्ष २, अंङ्क ३ 
२०७४ पुस, काठमाण्डौ । 
चिरन पुन 
प्रारम्भ ः 
वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आदरणीय महासचिव क. नेत्रविक्रम चन्द “विप्लव” को कुशल नेतृत्वमा एकीकृत  जनक्रान्तिको उद्धघोष सहित नेपाल कम्युनिस्ट पार्टी अघि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी विश्वक्रान्तिको अभिछिन्न उत्तराधिकारीको रुपमा नेपालमा पुर्नगठन गरिएको हो । सन् १८७१ को पेरिश कम्युनबाट शुरु भएको विश्व क्रान्तिका ज्वारभाटाहरु निकै उथलपुथल अवस्थाबाट यहाँसम्म आईपुगेको छ । विश्वक्रान्तिको अनगिन्ति पेरणाका सन्दर्भहरु क्रान्तिकारीहरुका लागि जगजाहेर छन् । हजारै कृतिमानी संघर्ष र बलिदानबाट क्रान्तिकारी आन्दोलन यो अवस्थासम्म आईपुगेको हो । नेपाली क्रान्तिकारी आन्दोलनको सम्पूर्ण ऐतिहासिक सन्दर्भहरुलाई र आजको नेपाली समाजको बस्तुनिस्ट र बैज्ञानिक सस्लेषण सहित त्यसको नेतृत्व गर्न नेपाल कम्युनिस्ट पार्टी सक्षम बनेकोछ । क. विप्लवको कुशल नेतृत्व, आजको समाजको वस्तुनिस्ट कार्यदिशा र क्रान्ति संभव छ भन्ने मान्यतालाई हाम्रो पार्टीले सकुसल÷सक्षम ढंगले स्थापीत गर्न सिङ्गो पार्टी दृढ संकल्पीत छ । यसैको आलोकमा नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा लामवद्ध हुन नेपाली जनतालाई उद्धघोष गरिराखेको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादी व्यावस्थाको स्थापना आजको अनिवार्य आवश्यकता हो । उत्पीडनका विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । दमनले विस्फोट जन्माउछ, भन्ने कुरा विस्वको अनगिन्ति ईतिहासले प्रमाणीत गरिसकेको विषय हो ।  

क्रान्तिकारी आन्दोलनका ऐतिहाँसिक विरासत ः 
सन् १९१७ को रसियन अक्टुवर क्रान्ति, सन् १९१८—१९ को जर्मन क्रान्ति हुँदै, सन् १९४५ मा भियतनामको अगष्ट रेभोलेसन, सन् १९४९ मा सम्पन्न भएको चाईनिज क्रान्ति, नेपालमा सन् २००६ मा सुरुभएको जनयुद्ध र सन् १९६७ देखि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा आजसम्म संचालन भैरहेको जनयुद्ध हुदै कोरिया, क्युवा, भियतनाम, युरोपका कैयौ देशहरु, फिलिपिन्स, पेरु जस्ता विश्वभर देखिएका क्रान्तिकारी आन्दोलनहरुले संसारभर ठुलो क्रान्तिकारी शिक्षा र परिवर्तनहरुको दिशावोध बोकेर ल्याएको छ । चाहे त्यो प्रथम विश्वयुद्धको आहालबाट सोभियत समाजवादी सत्ताको जन्म होस, या दोश्रो विश्वयुद्धको परिवेशबाट चिनी जनवादी÷समाजवादी सत्ता निर्माणको प्रकृया नै किन नहोस । आजको विश्वव्यापी आर्थिक आधारको एउटा महत्वपूर्ण हिस्सा विस्व समाजवादी व्यवस्थाको गर्भबाट जम्मेको हो भन्न हामीले रक्तिभर हिचकिचाउने पर्दैन । 

हामीले यो पनि भन्न सक्नेछौ, कि विश्वभर समाजवादी व्यवस्थाका लागि सवैभन्दा धेरै रगत कम्युनिस्ट क्रान्तिकारीहरुलेनै बगाएका छन । नेपालको सन्दर्भमा भन्नु पर्दा पनि सवैभन्दा धेरै बलिदान, सवैभन्दा धेरै जेल, नेल, हिरासत र यातना, सवैभन्दा धेरै वेपत्ता, र सवैभन्दा धेरै घाईते÷अपाङ्ग हुनेहरु क्रान्तिकारी कम्युनिस्टहरुनै हुन । अझ भनौ, जसले राष्ट्रका लागि सवैभन्दा धेरै बलिदान पोखेको हुन्छ, उसैलाई राष्ट्रप्रति धेरै चिन्ता हुन्छ भन्ने कुरामा पनि हिचकिचाउनु पर्दैन । यो दिनको घामझै छलङ्र्ग भएको ईतिहाँसलाई कुल्चेर एकलौटी दलाल सत्ताले नेपाली जनतालाई उत्पीडन लाद्न चाहन्छ, भने यो नेपाली जनताका लागि कुनै पनि हालतमा मान्यहुने विषय हुदै होईन । नेपाली महान र गौरवपूर्ण जनयुद्धको ऐतिहाँसिक प्रस्तावनाहरुलाई बेचेर दलाल सत्ताको मतियारमा नियुक्त हुने प्रचण्ड÷बाबुराम मण्डलीलाई छुट ÷छाम्यहुने विषय कतापी हुनुहुदैन र हुनेछैन । प्रचण्ड÷बाबुराम मण्डलीले आफ्नो स्वार्थका लागि महान जनयुद्धका महान ऐजेण्डाहरुलाई विक्रि गर्न तयार भएको फाईदा उठाउदै जनयुद्धका ऐतिहाँसिक विरासतलाई आफ्नो हितानुकुल बनाउन सफल मानिएका साम्राज्यवादका दलाल देउवा, केपी गुटका दलाल प्रवृतिले कुनैपनि मान्यतामा दोष मुक्त हुन सक्ने छैनन् । 

नेपालमा भएका विद्रोह र त्यसका शिक्षा ः 
हामीले नेपालको राजनैतिक सन्दर्भहरुलाई पनि हेर्न, जान्न र वुझ्न सक्छौ, कि अनेकौ विद्रोह र क्रान्तिबाट हालसम्मका राजनैतिक अवस्थाको आगमन भएको हो । नेपालका प्रथम सहिद लखन थापाले राणा शासन विरुद्ध विक्रम सम्वत १९३३ तिर विद्रोह, राणा प्रधानमन्त्री जंगबहादुरको सरकारले लखन थापा सहित ६ जना युवाहरुलाई गोर्खा मनकामनामा  रुखमा झुण्डाएर हत्या गरे । प्रचण्ड गोरखाका सदस्यहरुले वि. स १९८८ मा भीम शमसेर माथि बम प्रहार र त्यो बेला सघर्षको दौरानमा ४ जनाको हत्या गरियो । वि. स. २००४ सालमा स्थापना भएको नेपाली काग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासन विरुद्ध सशस्त्र संघर्ष शुरु, त्यो बेला तत्कालीन सरकारले दजर्नौको हत्या भयो । वि. स. २००८ सालमा सामन्तवाद र विस्तारवाद विरुद्ध सुदुर पश्चिममा किसान नेता भिमदत्त पन्तले सशस्त्र विद्रोहको उठान गरे । पन्तको “कि जोत हलो कि छोड थलो नत्र हुने छैन भलो” को नारामा सयौं युवाहरु सामेल भएका थिए । अन्त्यत ः भिमदत्तलाई झुण्डाएर मारियो । 

२००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्र विद्रोहको उठान पश्च्यात राज्यको दमनद्धारा उनको हत्या गरियो । राजाको कु विरुद्ध नेपाली काग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलन शुरु, सोही साल माघ ५ गते जनकपुरको रगभूमीमा राजाको गाडिमाथि बम प्रहार, सोही आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फाँसी । २००७ साल देखि २०१७ सालसम्म संचालन भएको संघर्षमा ८ जनाले ज्यान गुमाए । २०१८माघमै कागे्रसले भरतपुर कव्जा गर्यो । सोही सेरोफेरोमा पर्सा, कन्चनपुर, विराटनगर, रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधी गर्यो, यो दौरानमा ११९ जना निर्ममतापूर्वक मारियो । २०१९ असौज १७ गते पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएको बझाङी राजा सहित ११ जना काग्रेसी कार्यकर्तालाई शाही सेनाले गिरफ्तार गरी वित्थड लेकमा हत्या गर्न पछि परेनन् । नेपाली काग्रेसले सशस्त्र संघर्षको क्रममा २०३१ सालमा ओखलढुङाको टिमुरेबोटेमा ४१ जना  कार्यकर्ता शाही सेनाको मारे । गिरफ्तार परेका लडाकु टुकुडीका नेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । २०३१ सालमा राजा विरेन्द्रमाथि विराटनगरमा बम प्रहार भयो । २०२७ सालमा तत्कालिन “झापा जिल्ला कमिटी नेकपा” ले “बर्ग सत्रु खत्तम पार्ने” विद्रोह शुरु गरे, त्यो दौरानमा २३ जनालाई राज्यले हत्या गर्यो, तर पनि आन्दोलन र जनताको विद्रोह रोकिएन ।  

२०३० र ३१ सालमा झापामा किसान संघर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी, धनुषा, सिन्धुलीमा पनि किसान संघर्ष चल्यो । २०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोशिस गरियो, जुगेडीमा धर्मे र घोडे भन्न दुई सामन्तको अन्न खोसेर त्यहाँका जनतालाई बाडियो । २०३६ सालको आन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो । सोही साल सुर्खेत काण्डमा ७ जनालाई मार्ने काम भयो । २०३७ सालमा सिन्धुलीका केहि युवाहरुले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालिन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठान गर्न खोजे तर राज्यले व्यापक दमन गर्दै श्रृषी देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मारिए र अन्य जेलमा परे । 

२०३८ सालको राष्ट्रिय पन्चायतको चुनावमा रोल्पा थबाङमा जनताले विद्रोह गरे र त्यस मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्ने स्थिति बन्यो । २०४० सालको सिन्धुपाल्चोकको पिस्कर काण्डमा ६ जनालाई मारियो । २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबार वरिपरी, सिंहदरवार दक्षीण ढोका, राष्ट्रिय पन्चायत भवनको आसपास बम प्रहार भयो ।  २०४२ साल चैत्रमा चुनावमा ध्वस्त बनाउन भन्दै तत्कालिन नेकपा (मशाल)का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण भयो । २०४६ सालको जन आन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमानउनु परेको थियो । २०५२ साल तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा  महान जनयुद्ध सुरु भयो र त्यो १० बर्ष सम्म चल्यो । त्यसमा १७  हजार भन्दा धेरै शहीद बने । हजारौ आजसम्म पनि वेपत्ता अवस्थामा छन । हजारौ योद्धाहरु अपाङ्ग र घाईते जीवन वितााईरहेका छन । 

२०६२÷ ६३ को आन्दोलनमा पनि नेपाली जनतालाई मार्ने काम रोकिएन । मद्येश आन्दोलनका दौरुन पनि दर्जनौ मानिसहरुको हत्या भयो । र कथित स्थानिय निर्वाचन खारेजको दौरानमा समेत नेपाल कम्युनिस्ट पार्टीका क.धनरुप बटाला र क. सनराईजले आफ्नो जिवनको आहुति दिएर एकीकृत जनक्रान्तिका प्रथम र दोश्रो शहीद बन्न पुगे । यो ऐतिहाँसिक संघर्ष  र विद्रोहका श्रङ्गखलाको  शिक्षाले के पाठ शिकाउछ भने, जब राष्ट्रमा अन्याय÷अत्याचार हुन्छ, जनतामाथि उत्पीडन लादिन्छ, त्यतिखेर जनताले िवद्रोह गर्दछ । जनताको विद्रोह हिजो पनि थियो, आज पनि छ र भोली पनी हुदै जानेछ । जनताले आवश्यकता परे हतियार पनि बोक्छन्, दुस्मनलाई धावा पनि वोल्छन् र आफुले नजित्दासम्म लडिपनि रहन्छन्, भन्ने कुरा प्रमाणीत भैसकेको कुरा पनि हो । राज्यको कुनै पनि ताकतले जनताको विद्रोहलाई रोक्न र दवाउन सक्दैन । आजको नेपाली जनतासँग सहि दर्शन, विचार, राजनीति, कार्यदिशा, रणनीति, कार्यनीति बोकेको सक्षम क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी साथमा छ । मालेमावादको सिद्धान्तले ओतप्रोत जनमुक्ति सेना छ । जनताको आफ्नो सत्ता जनपरिषद (जनसत्ता) छ । जनताकै न्यायलय क्रियाशिल छ । जनतालाई सुख दुखमा साथदिने स्थानीय तहसम्म पार्टीका नेता ÷कार्यकर्ता क्रियाशिल छन् । त्यसैले, हामीले ढुक्क भन्न सक्छौ कि, यदि सुरक्षा निकायको परिचालन र दलाल सत्ताको जुनसुकै टिकडमलाई जनताले परास्त गर्नेछन ।  
अन्त्यमा ः   
सन् १९१४ जुन २८ मा बाल्कन राज्यको सानो सहर सेरावेजोमा अस्ट्रो हङ्गेरियाली हेब्स बुर्क राजवंशका उत्तराधिकारी (राजकुमार) अस्ट्रियाका आर्क डयुक फर्डिन्यान्ड पत्नी सोफिया सहित सर्बीयालीको आक्रमणमा गोलीको शिकार भए, यहि घटनाले प्रथम विश्वयुद्धको शुरुवात भयो । २०५१ सालमा तत्कालिन संयुक्त जनमोर्चाको ४८ वुँदे मागलाई वेवास्था गरेर राज्यले दमन गर्दा १० बर्षे महान जनयुद्ध शुरुवात भयो । यो सन्दर्भलाई सवैले मनन गर्न आवश्यक छ । 

दलाल सत्ताले राष्ट्रघात गरेको छ । जनघात गरेको छ । जनतामाथि अनेक प्रकारका उत्पीडन लादेको छ । भ्रष्टाचारले देश आकुल÷व्याकुल बनेको छ । राजनीति ठेकेदार, भ्रष्टाचारी र व्यापारीसँग पैसा मोलमोलाईको हतियार बनेको छ । मुलुक कमिसनखोर, कालोबजारी र विचौलियाको रजाईस्थल बनेको छ । आफुलाई ठुला दलका ठुला नेता भन्नेहरुले साम्राज्यवादको पाउमा लम्पसार परेर राष्ट्रिय स्वाधीनतालाई मागिखाने भाँडो बनाएका छन । यस्तो परिवेशमा घोषणा गरिएको कथित संसदीय चुनावले जनता र राष्ट्रको हितमा काम गर्न नसक्ने कुरा आजसम्म उनिहरुले निर्वाह गरेका भुमिकाबाटै प्रस्ट हुन सकिन्छ । आफ्नो सत्ता स्वार्थलाई पुरा गर्न तयार गरिएको कथित गठवन्धनको नौटकीले जनविरोधी खलपात्र जन्माउनु वाहेक अरु आशा गर्न सकिने कुनै स्थान देखिदैन । नेपाल कम्युनिस्ट पार्टीको अपीललाई जनताले सहर्ष स्वीकार गरेर दलाल राज्यसत्ताको कथित चुनाव विरुद्ध विद्रोह र प्रतिवाद गर्न शुरु गरेका छन । अवश्य पनि जनताको यो विद्रोह र प्रतिवाद अझ उच्च तहसम्म लम्कने छ । सम्पूर्ण उत्पीडित जनसमुदाय, विभिन्न पार्टी, कर्मचारी, सुरक्षा निकाय, न्यालयभित्र रहेका देशभक्त तथा राष्ट्रभक्त चिन्तन र प्रवृतिको एकतावद्धा सहकार्य र विभिन्न तह र तप्कामा रहेका जनसमुदायको बलियो एकताले वैज्ञानिक समाजवादको स्थापना गर्ने क्रान्तिलाई सफलताको विन्दुमा पुर्याउने छ । नेपाल कम्युनिस्ट पार्टीको यो महान र गौरवपूर्ण यात्रामा सहकार्य गर्न सवै तमतयार बनौ । 

धन्यवाद । 






No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...