Thursday, December 28, 2017

छक्याउन आउनेलाई दिनै पर्छ चोट, यि जनता मारालाई किन दिने भोट ः



रातो खबर साप्ताहिक 
बर्ष ३ अंक ४५ पूणाङ्क १२० 
२०७४ मंसीर २० वुधवार, काठमाण्डौ । 

चिरन पुन 
जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौं,
दलाल सत्ताको उत्पीडन तोड्न सवैमिली अघि बढौं  २ । 
झुक्याउन फेरीनि बोकी आउलान् नोट
यि राष्ट्रघातिलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनै पर्छ चोट 
यि जनघातिलाई किन दिने भोट । 

हाम्रो देशको नदिनाला बेची खाने यिनै हुन 
असमान यी संझौताले देश ठग्ने यिनै हुन २ ।
यो देशको श्रोत साधन लुटिखाने यिनै
मुल्यवृद्धि चर्काएर मस्ति गर्ने यिनै 
सुकुम्वासी वस्तीमाथि डोजर लाउने यिनै 
भ्रष्टाचारको आहालमा रजाई गर्ने यिनै ।

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौं,
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौं ।
झुक्याउन फेरीनि बोकि आउलान् नोट
यि भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यि जनतामारालाई किन दिने भोट ।  

जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नै पर्छ 
शान्ति, समानता, सम्वृद्धिलाई बैज्ञानिक समाजवाद ल्याउनै पर्छ २ । 
उत्पीडित श्रमिकहरु सवै मिली उठौं
राष्ट्रभक्त नेपाली हो जुर्मुराउदै हिडौं
एकीकृत जनक्रान्तिको महासमरमा बढौं 
मक्किएको यो व्यवस्था एकधक्कामा फालौं 
जनसत्तालाई,,,,,,,, । कथित चुनाव खारेज अभियानको सन्दर्भमा तयार पारिएको एउटा गितको शव्दहरु हुन यि । २०७४ बैशाख १ गते यो गित लेखे र संगीत पनि तयार भयो । हतार हतार रेकर्र्ड पनि गरियो । सामना परिवारका थुप्रै कलाकारले गित गाउनु भयो । यो गितमा दलाल सत्ताका अंगरक्षकहरुको चरित्र र कथित चुनावको सन्दर्भलाई केहि प्रस्ट्याउन खोजिएको छ । कथित चुनावमा जनताको प्रतिकार जारी छ । बम विस्फोटका घटनाहरु रोकिएको छैन । संकटकालमा जस्तो गरी सेना परिचालन गरिएको छ । संसदवादी दल, सुरक्षाकर्मी र निर्वाचन आयोग एकअर्कालाई दोश देखाउदै आफु चोखो बन्ने होटवाजीमा लागिपरेका छन । कथित आचारसंहितालाई लत्याउदै दलाल र पैसावाला उम्मेदवारहरु २ किलोमिटरको बाटोमा समेत हेलिको प्रयोग गरेर राज्यकोषको दुरुपयोग गरिरहेका छन् । राजनीति पैसावाला दलाल र ठेकेदारको हातमा पुगेको छ भन्ने कुरा  जनतालाई बुझ्न मुस्किल परेको छैन । संसदवादी व्यवस्थाका मतियार देउवा, केपी, प्रचण्ड लगाएतहरु पुरानै प्रतिक्रियावादी÷संशोधनवादी राग अलाप्दै  छन् ।  

होईन, हान्नै पर्नेहरुलाई हानेका छन्, देउवाको कार्यक्रममा पड्कियो रे नि ? केपी ओली र प्रचण्ड गएको कार्यक्रममा पनि  विस्फोट भयो रे ? रामचन्द्रे, बर्षमान, जनार्दन, रामशरण महत त झण्डै पो गएनन् हई ? होईन कान्छा यी देश लुटाहालाई त ठिकै पो गरेछन् जस्तो लाग्छ जस्ले गरेपनि मलाई त ठिकै पो लाग्याछ ! हो है वा मलाई पनि ठिकै लाग्याछ आखिर देश लुट्ने यिनै त हुन नि होईनर ? ताकेरै दलाल, भ्रष्टाचारी नेतै, नेतालाई हानेका छन हो यिनलाई अझै पुगेन जस्तो लाग्छ ! मकवानपुर जिल्लाको सदरमुकाम हेटौडा बजारको सिमाचोक स्थित ठुले दाईको चिया पसलमा भएको छलफलको सन्दर्भ हो यो । आजभोली देशभर एकाविहानै चोक चोक र हरेक चिया पसलमा चिसोलाई प्रवाह नगरेर मानिसहरु जम्मा हुन्छन् र यस्तै यस्तै बहस सुरु गरिहाल्छन् । ए,,,, बाबु यि मुलाहरुलाई भोट दिएर केहि हुनैवाला छैन मत चुनावका दिन मासुभात खाने घरमै मजाले सुत्ने विचार गर्या छु, भोट हाल्न नजा केही हुन्न यी नकचरालाई भोट हालेर बुढी र केटा केटीलाई पनि त्यहि भनेको छु मईलेत ! बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालीका १६ टाङ्गीयावस्ती ४६ का राममान भोलनको भनाई हो यो । 

“सर्वहारा बर्गका महान नेता माक्र्स र ऐङ्गेल्सले भूदास प्रथाको पतन भएझै, पूजिवादी व्यवस्थाको पनि पतन हुनेछ र पूजिवादले सर्वहाराबर्गको रुपमा आफ्नो च्याहान खन्ने बर्ग जन्माउदैछ भनेर बताउनु भएको थियो ।” त्यस्तै आज उत्तर साम्राज्यवादको पालन पोषणमा हुर्किएको दलाल संसदीय व्यवस्थाको चिहान खन्न बैज्ञानिक समाजवादी व्यवस्थाको आँधी हुरी फैलाउनु पर्ने परिवेश सृजना भएको छ । शान्ति, समानता, सम्वृद्धी र स्वाधीनताका लागि वर्तमान दलाल संसदीय व्यवस्था वाधक छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका लागि पनि यो व्यवस्था झनै अवरोधक छ । दलाल संसदीय  व्यवस्था भनेको लुटिखाने बर्गको व्यवस्था हो । राष्ट्रलाई लुट्ने, जनतालाई ठग्ने यसको परिचायक हो । त्यसैले, यो दलाल संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । जससम्म नेपाली जनताले यो व्यवस्थालाई फालेर वैज्ञाानिक समाजवादी व्यवस्थाको स्थापना गर्नसक्ने छैनन् तबसम्म जनताको अधिकार माथि यिनीहरुको धावाबोल्ने क्रम रोकिने छैन । यो विषयलाई आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले जोडतोडले उठाएको छ । 

“माक्र्स र ऐङ्गेल्सले बताउनु भएझै, पूजिपति बर्गको विरुद्ध क्रान्तिकारीहरुले सर्वहारा क्रान्तिद्धारा आफनै राजनैतिक शासन सर्वहारा बर्गको अधिनायकत्वले शोषकहरुको प्रतिरोधलाई चकनाचुर पारेर नयाँ बर्गहीन, कम्युनिष्ट समाजको सिर्जना गर्नु पर्छ ।” आज नेपाल कम्युनिस्ट पार्टी माक्र्स ऐङ्गेल्सले बताउनु भएझै दलाल बर्गको अधिनायकत्वलाई चकनाचुर पार्न चाहन्छ । जनताको मुटुमा किला सरह बनेर बसेको दलाल संसदीय व्यवस्थाको शोषणयुक्त समाजलाई जरै देखि उखलेर फाल्न चाहन्छ । यो सन्दर्भमा देखिएको एउटा सानो अन्तरविरोधको झलक कथित चुनावका सन्दर्भमा पनि देखा परेको छ । संसदवादीहरु बल लगाएर आफ्नो कथित संविधानको क्रियाशिलतालाई अघि बढाउन चाहन्छन् भने नेपाल कम्युनिस्ट पार्टी जनताको बलमा कथित चुनावको नौटकीलाई ध्वस्त पार्न चाहन्छ । आजको अन्तरविरोधको चुरो कुरा यहिमा अन्तरनिहित बनेको छ । 

राज्य लाचार छ, निकम्मा छ र पदभ्रष्ट पनि छ । बाटो हिड्ने बटुवालाई समाउछ, हिरासत राख्छ अनि भन्छ बम पड्काउने मान्छे ? बजार गर्न जानेहरुलाई समाउछ, पुलिस कस्टडीमा राख्छ अनि भन्छ विस्फोटक पदार्थ बोक्ने मान्छे ? कस्ले विस्फोट बनायो, कस्ले बम पड्कायो, किन विस्फोट बनायो ? लत्तो पत्तो पाउदैन । विस्फोटका बारेमा कुनै तत्थ्य सार्वजनिक गर्न सक्दैन अनि कतै लुगा सुकाउने १ मिटर तार र टिभीको विग्रेको रेमोट भेट्यो भने कुर्लनछ बम बनाउने सामग्री सहित गिरफ्तार ।  राजनैतिक आस्थाको आधारमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई समात्छ, विभिन्न मुद्धामा फसाउछ, हिरासत राख्छ, षडयन्त्र गर्छ तर रोकिदैन बम विस्फोटका घटनाहरु । किरिया पुत्री बसेकै अवस्थामा बैतडीका सेक्रेटरी क. बाशुदेव जोसीलाई लतार्दै पुलिसले गिरफ्तार गर्यो । बेहोस अवस्थामा रहेका आफ्नो छोरालाई आईसियुमा उपचार गराईरहेका पार्टीका पिविएम क. विरजंगलाई काठमाडौंबाट अपहरण सैलीमा पुलिसले समात्यो । ८८ बर्षका क. नन्दन अर्याल र ८५ बर्षका दरोगालाई बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुलिसले हिरासतमा लियो । दुर्घटनामा सिकिन्त परेको विरामी अस्पतालमा उपचार गराउदा गराउदै अस्पतालकै बेडबाट सिसिएम क. सुमनलाई विराटनगर न्युरो अस्पतालबाटै प्रहरीले समात्यो । 

आफै विरामी अवस्थामा घरमा लडिरहेका दाङ्गका मकर ओलीलाई पनि पुलिसले छोडेन । विद्यार्थीलाई पडाईरहेकै अवस्थामा ताप्लेजुङ्गका शिक्षीका शुशिला गौतमलाई स्कुलकै कक्षा कोठाबाट गिरफ्तार गरेर लग्यो ।  निर्वाचनकै सन्दर्भमा गठवन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागीहुँदा बुटवलको पत्रकार प्रकाश डुम्रेलाई पत्रकार सम्मेलन स्थलबाटै समातियो । मानव अधिकारका लागि अहोरात्र खट्ने निर्वाचन आयोगले पर्यव्क्षकका लागि परिचयपत्र सहित पर्यव्यक्षणमा हिडेका मानवअधिकार कर्मी रौतहटका होमप्रसाद गौतमलाई समेत हिरासतमा कोच्यो । यि त केहि नमुना सन्दर्भ मात्र हुन लाचार सरकारको गिरफ्तारीको । यि र यस्ता गतिविधी के हुन, राज्यले बोल्नु पर्दैन ?  कथित ठुलापार्टीका नेताहरुले भन्नु पर्दैन ? कथित लोकतन्त्रका मसिया ठान्नेहरुले देख्नु पर्दैन ? क्रान्तिकारी जनताले बुझेकै छन्, कि क्रान्तिकारीहरुका लागि राज्यका दमन उत्पेरणाका सन्दर्भहरु बन्ने गर्दछ । राज्यको दमनले प्रतिवद्धतालाई जगाउने गर्दछ । विचारमा आक्रोशको ज्वाला थपेर दन्काउने गर्दछ । त्यसले ठुला ठुला विस्फोटहरु बोकेर ल्याउछ । त्यही विस्फोटको भुवरीमा परेर ठुला ठुला तानाशाहहरु खरानी हुन्छन् ।  हामीले यतिमात्र भन्न सक्नेछौ, हेक्का रहोस् तिम्रा यो नौटकी तालले तिम्रो स्वार्थको स्वर्गलाई बचाउन सक्ने छैन । तिम्रो एकलौटी कालोयुद्ध जनताले स्वीकार गर्ने छैनन् । आंतकवादको नाममा युद्धको साहरामा आफ्नो स्वार्थ पुरा गर्ने तिम्रा अभिष्टलाई कतापी जनताले पुरा हुन दिने छैनन । 

जसरी चिन कम्युनिस्ट पार्टीको तत्कालिन महासचिव छन तु स्यूको दक्षिणपंथी अवसरवादी गुटको नेतृत्वले गर्दा सन् १९२४ देखि १९२७ सम्मको क्रान्तिकारी नीतिमा गढबढ गरेर पार्टीको नीतिमा गम्भिर भड्काव पैदा भयो  । जसको कारणले गर्दा तत्कालिन अवस्थामा क्रान्तिमा ठुलो क्षेत्रि व्यहोर्नु पर्यो । त्यसै गरी तत्कालिन माओवादीको नेतृत्वमा रहेर प्रचण्ड÷बाबुराम मण्डलीले गरेको गभ्भीर गल्तीले गर्दा आज नेपालको क्रान्तिकारी आन्दोलनमा समेत ठुलो धोकाधढी भएको छ । यो अवस्थाबाट मुक्त बन्दै एकीकृत जनक्रान्तिको महासमरलाई अघि बढाउन क. विप्लवको नेतृत्वमा पुर्नगठित पार्टी नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको शिरलाई उँचो बनाउने अभियानमा लामवन्द बनेका छन् । दाङ्ग जिल्लाको तुल्सीपुरमा भएको देउबाको कार्यक्रमका दौरान भएको विस्फोटनमा परेर एकजना म्यादी प्रहरी चौधरीको ज्यान गयो । राजनैतिक वृतमा र  अहिले सुरक्षा निकायहरुमा पनि व्यापक बहस हुन थालेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चरित्र राजनैतिक हो वा होईन ? के यो पार्टी साँच्चिकै आतंकवादमा विस्वास राख्दछ ? के यो पार्टीले उठाएका मुद्धाहरु राजनैतिक छैनन् ? यस्ता बहसमा घोत्लिन थालेको नेपालको वौद्धिक बर्ग, सुरक्षा निकाय, मानवअधिकारकर्मी र सवैले एकपटक फेरी निधार तन्काएर सोच्नु पर्ने बेला भएको छ । “कागलाई बेलपाक्यो हर्ष न विस्मात” भने जस्तै कथित विस्लेषक र सुरक्षाविद्धको भ्रष्ट अनुहार झल्काउदै टुप्पिदेखिको बल लगाएर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आतंकारी देख्ने तिम्रा कुदृष्टिको मुल्याङ्गकन नेपाली जनताले गर्नेनै छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई समातेर जेल हाल्दैमा यो बैज्ञानिक समाजवादी आन्दोलन रोकिन्छ भन्ने लागेको छ भने फेरी एकपटक समाजशास्त्र, मानवशास्त्र  र राजनैतिक अर्थशास्त्रको शिक्षा लिन र “राम राम भन्ने तर काध नथाम्ने” परिपाटी जस्तै एकीकृत जनक्रान्तिले तिम्रा सवै भ्रमलाई च्यातचुत पारिदिनेछ । तिम्रा सवै कुदृष्टिहरुलाई नाङ्गो झार पारिदिनेछ । जसरी रुसमा लोकवादीले मानव ईतिहाँसको बुझाई गलत थियो, ईतिहाँसको निर्माता बर्गहरु र बर्गसंघर्षहरु होईनन् त्यसका प्रमुख व्याक्ति÷ नायक बीरहरु हुन भन्दथे । त्यस्तै, आज कथित वुद्धिजिवी र सुरक्षाविदहरुले  नेकपाले उठाएको माग र मुद्धालाई आतकंवादको जामा पहिलाएर हेर्ने उनिहरुको गलत दृष्टिकोणको पनि छिट्टै पर्दाफास हुनेछ । 

चिनमा सन् १९२७ अक्टुवरमा हुनान च्याङसी सिमान्त क्षेत्र स्थित चिङकाङशान पहाडमा ऐतिहासिक क्रान्तिकारी आधार क्षेत्र स्थापना गर्दै, १९२८ अप्रैलमा क. चु तेहको नेतृत्वमा रहेको नानछाङ विद्रोहमा भाग लिने सैन्य दललाई क. माओ नेतृत्वमा रहेको सैन्य दलसग मिलाएर चिनी मजदुर तथा किसानको लाल फौजको चौथो सेनाको गरेर च्याङ क्याई सेकको नेतृत्वमा रहेको सेनालाई संयुक्त प्रतिरोध गर्दै चिङकाङशान पहाडको आधार क्षेत्रलाई जसरी सुढृढ गरिएको थियो । त्यसै गरी नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई अघि बढाउदै दलाल संसदीय व्यवस्थाका हरेक जिवाणुहरुलाई नस्ट गर्न योजनावद्ध र संगठित अभियानमा लामवद्ध भएको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादी सत्ता, दलाल सरकारको विकल्पमा जनसरकार, पुरानो सेनाको विकल्पमा नयाँ र सुद्धढ जनसेना, पुरानो अदालतको विकल्पमा जन अदालतको पुर्नगठन गर्दै अघि बढेको छ । यसैको वरिपरी जनताको व्यापक साथ समर्थनले गर्दा, कथित चुनावलाई खारेज गर्ने र जनसत्तालाई सुद्धृढ गर्ने अभियानले शिखर चुम्दै गएको छ । सम्पूर्ण किसान, मजदुर, युवा, विद्याार्थी, महिला, कर्मचारी, शुरक्षाकर्मी, मध्ययमवर्ग,  राष्ट्रभक्त र देशभक्त शक्तिहरु एकतावद्ध हुदै गएका छन  । पुरानो सत्ताले फैलाएका अफवाहहरुलाई चकनाचुर पार्न लामवन्द बन्दै अघि बढेका छन । दलाल सत्तालाई ढाल्ने र वैज्ञानिक समाजवादी सत्तालाई आगमन गर्ने यो अभियानमा खाचो परेको खण्डमा गोला — बारुद, बम मात्र हैन, सवैखाले क्रान्तिका औजारहरुलाई प्रयोग गर्न क्रान्तिकारीहरु कत्तिपनि पछिहड्नु हुदैन भन्ने क्रान्तिकारी मान्यतामा अविचलित बन्दै गएका छन । नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको कथित चुनाव खारेज अभियानले अवश्य सार्थक महत्वका साथ सफलता प्राप्त गर्दै अघि बढेको छ । र जनताले फेरी पनि भन्दै गएका छन्, झुक्याउन फेरीनि बोकी आउलान् नोट, यि राष्ट्रघातिलाई किन दिने भोट ? 

धन्यवाद 
२०७४ मंसीर १७ । 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...