Thursday, December 28, 2017

कथित निर्वाचन खारेजको नीति, अन्तर्रविरोध र निर्वाचन विरुद्ध जनताको प्रतिकार ः


रातो खबर साप्ताहिक 
बर्ष ३ अंक २२
पूर्णङ्क ११८ 
२०७४ मंसीर ६ बुधवार 

चिरन पुन 
विषय प्रवेश ः 
दलाल संसदवादी सत्ताले तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको कथित निर्वाचन नजिकिदै गर्दा जनतामा नयाँ तरङ्ग पैदा भएको छ । एकातिर नेका, एमाले र मद्येशवादी गठवन्दनको नेतृत्वमा दलाल संसदवादी कथित चुनावलाई  टुप्पी देखिको बल लगाएर नौटकी गर्न कस्सिएका छन भने, अर्कोतिर नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको बैज्ञानिक र बैचारिक आधारमा जनताले यसको विरुद्ध प्रतिरोध, असहमति र खारेज गर्दै बैज्ञानिक सत्ताको विजारोपण गरेका छन । भ्रष्ट उम्मेदवार लक्षित दिनहुँ बम विस्फोट भैरहेको छ । उम्मेदवारहरुलाई जनताले गाँउ छिर्न नदिन ढुङ्गा मुडा गरेका छन् । शहीद परिवारले उम्मेदवारलाई चप्पलले हानेका छन् । विभिन्न ढंगले यो कथित निर्वाचनलाई जनताले अस्वीकार र असहमति प्रकट गरेका छन । यो सन्दर्भमा आज देखिएको राजनैतिक, बैचारिक, आर्थिक अन्तर्रविरोधलाई हुर्न, बुझ्न र जान्न आवश्यक हुन्छ । 

आजको विश्व परिवेश ः 
अहिले विश्वमा बहुध्रुविय अन्तरर्विरोध छ । साम्राज्यवादी शक्तिहरुको अन्तरर्विरोध एकातिर छ भने अर्कोतिर साम्राज्यवादी र बैज्ञानिक समाजवादी दर्शन, विचार, राजनीतिका बीच पनि चर्को अन्तरविरोध सतहमा आएको छ । विश्वस्तरमा देखा परेका अन्तरविरोधले तेश्रो विश्वयुद्धको परिवेशलाई निम्ता दिएको आकलन विस्लेषकहरुको छ । हामीलाई थाहा छ, प्रथम विश्वयुद्ध साम्राज्यवादी स्वार्थको टकरावको परिणाम थियो, जसले धेरै भन्दा धेरै उपनिवेश कव्जा गर्न चाहन्थे ।  दोश्रो विश्वयुद्ध विश्व कब्जा गर्ने फासिवादी अहङ्कारका कारण भयो, जो प्रवृति र विचार दोश्रो विश्वयुद्धको अन्त्यसम्म आईपुग्दा चकनाचुर मात्र भएन, निर्लज्ज प्रकारले पराजित पनि भयो । 

अहिले विश्वमा देखा परेका अन्तरविरोधहरुलाई यसरी उल्लेख गर्न सकिने अवस्था रहेको छ । एक, विभिन्न साम्राज्यवादी शक्तिकेन्द्रहरु बीच देखा परेको अन्तरविरोध । दुई, शक्तिराष्ट्र र मुस्लिम देशहरु बीच देखा परेको अन्तरविराध । तीन, उत्तरसाम्राज्यवाद र बैज्ञानिक समाजवादी देशहरुका बीच देखा परेको अन्तरविरोध । चार, दलाल प्रवृति र उत्पीडित जनताबीच देखा परेको अन्तरविरोध । पाँच, उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्रवीच दोखा परेको अन्तरविरोधहरु ज्वलन्त छन् । यी अन्तरविरोधका कारणले गर्दा विश्वमा तेश्रो विश्वयुद्ध नजिकिएको आकलन विश्व राजनीतिमा चर्चा भैरहेको छ । यसले निश्चयनै नेपालको आर्थिक राजनैतिक परिवेशलाई पनि जर्बजस्त जोड्ने छ वा तान्ने छ भन्न सजिलै सकिन्छ । अमेरिका उत्तरकोरिया वीच चलेको द्धन्द, कोरियन क्षेत्रमा भएको अन्तर्रविरोध, मध्यपूर्वमा देखिएको अन्तर्रविरोध, साम्राज्यवाद र मुस्लिम राष्ट्र बीचमा चलेका द्धन्दको कारक तत्व माथि उल्लेखित विषयहरुमा नै केन्द्रीकृत बन्न पुगेको छ । 

नेपालमा देखिएका अन्तरविरोध र कथित निर्वाचन ः  
विश्व राजनीतिको अन्तर्रविरोधले नेपालको आर्थिक, राजनीतिक, समाजिक र साँस्कृतिक अन्तरविरोधको परिवेशलाई पनि सतहमा उतारिदिएको छ । आजको सन्दर्भमा भन्दा नेपालको अन्तरविरोध र संघर्षले पनि नयाँ चरणमा आफ्नो स्थान ओगट्न पुगेको छ । पहिलो, दलाल सत्ता र क्रान्तिकारी शक्तिबीचको अन्तरविरोध । दोश्रो, दलाल सत्ता र देशभक्त शक्तिबीचको अन्तरर्विरोध । तेश्रो, संसदवादी —संसदवादी दलबीचको अन्तरविरोध । चौथो, दलाल सत्ता र आम उत्पीडित बर्ग, राष्ट्र क्षेत्र, लैङ्गिक समुदायबीचको अन्तरविरोधहरु हुन । 

आज हाम्रो देशमा देखिएका अन्तरविरोध यसैको जगमा केन्द्रीत छ । यो कुरा कथित निर्वाचनको विषयमा पनि लागु हुन्छ । पहिलो, आज नेपालमा एकातिर दलाल सत्ता छ भने अर्कोतिर क्रान्तिकारी शक्तिहरु छन् । दलाल सत्ताले आफ्नो सत्तालाई झन् बलियो बनाउन चाहन्छ, त्यसको प्रयोग कथित संसदीय प्रतिनीधि सभा र प्रदेशसभाको निर्वाचन मार्फत गर्न चाहन्छ । उसले आफ्नो सत्ताको सुद्धढ र विस्तार कथित चुनाव मार्फत झनै स्थापीत गर्न चाहन्छ । करोडौ राज्यको ढुकुटी खर्चेर भए पनि आफुले चुनाव जित्न मरिहत्य गरेका छन । भने अर्कोतिर क्रान्तिकारी शक्ति पनि उतिनै क्रियाशिल छन् । त्यसको नेतृत्व राजनैतिक हिसावले नेपाल कम्युनिस्ट पार्टीले कथित चुनाव खारेजको नीति मार्फत गरेको छ । आम क्रान्तिकारी र उत्पीडित जनताले नेपाल कम्युनिस्ट पार्टीको त्यो नीतिलाई समर्थन गरेर स्वतस्फत प्रतिरोेध र खारेजमा लागेका छन् । जनताले दलाल सत्ताको कथित चुनावको नौटकीलाई अस्वीकार मात्र गरेका छैनन, बरु बम विस्फोट सम्म उत्रिएर प्रतिकार गरेका छन् । दलाल सत्ताका मतियार संसदवादी दलका नेतालाई गाँउमा पस्न नदिन ढुङ्गा मुडा गरेका छन् । बाटो अवरोध गरेका छन । शहीद परिवारले नेतालाई चच्पलले हानेका छन । गुण्डाहरु, ठेकेदारहरु र व्यापारीहरुको चंगुलमा पुगेको नेपाली राजनीतिको खुलेरै असहमत र विरोध जनस्तरबाटै भएका छन । 

दोश्रो, एकातिर दलाल सत्ताले कथित चुनाव मार्फत आफुले छानेका विस्वास पात्रहरुालाई चुल्ठे मुन्द्रे, पैसा, सत्ताका दुरुपयोग गरेर वा जुनसुकै हतकण्डा प्रयोग गरेर जिताउने र आफ्नो स्वार्थको पुरा गर्न नीतिमा केन्द्रीत छन । अहिले जे सुकै गठवन्दनमा भए पनि तिनै राष्ट्रघाती, नदिनाला बेचुवा, भ्रष्टाचारी, रातो पार्सफोर्ट दुरुपयोग कर्ताहरु, पजेरो काण्डमा फसेकाहरु, पुरुष मान्छेले सुत्केरीको भत्ता खानेहरुनै लाचार अनुहार लिएर कथित चुनावको नाममा जनतामा फर्कने कोशिस गरेका छन् यो कुरा देशभक्त, राष्ट्रवादी र जनताको हित चाहने मानिसहरुलाई कत्तिपनि मन परेको छैन त्यसैले उनिहरु पनि यो कथित चुनावको विरुद्धमा जतिसक्दो कथित चुनाव खारेज अभियानमा लामवद्ध हुन पुगेका छन । र कथित चुनावको प्रतिकारमा लामवद्ध भएका छन । विभिन्न पार्टी भित्र रहेका, कर्मचारी भित्र रहेका,  सुरक्षा निकाय भित्र रहेका, न्यायलयभित्र रहेका राष्ट्रभत्त र देशभक्तहरुको मिलन भएको छ कथित चुनाव खारेज अभियान । अवश्य यसले कथित निर्वाचनको राजनैतिक महत्वलाई चकनाचुर पार्दै धुलो मिलाइदिने छ । राष्ट्रभक्त र देशभक्तहरुको एकतालाई बल पुर्याउने छ । 

तेश्रो, संसदवादी संसदवादीबीचमा पनि चर्को अन्तरविरोध कायमै छ । तर, त्यो उनिहरुको अन्तरविरोध भनेको आफ्नो सुविधा, अवसर र कुर्सी स्वार्थमा मात्र केन्द्रीत छ । उनिहरुसवै “एउटै ड्याङका मुलाहरु” जस्तै हुन । किनकी, उनिहरु साम्राज्यवादलाई कसले बढि रिझाउने, कस्ले बढि राष्ट्रघात÷ जनघात गर्ने, कल्ले बढि सुख÷सुविधा लिने, कसरी धेरै भ्रष्टाचार गर्ने जस्ता कुरामा मात्र केन्द्रीत छन् । त्यसैले उनिहरु एकल पार्टीबाट चुनावमा जाँदा आफु पराजित हुने र आफ्नो कुर्सी स्वार्थ गुम्ने डरले एकाएक गठवन्धनमा गएको कुरा दिनको घामझै जनताले छर्लङै देखेका छन । मानौ यसलाई प्राकृतिक नै गठवन्धन मानिएला तर यसबाट फल प्राप्त हुने छैन वा यसले बब्चा दिने छैन वा यसले जनतालाई परिणाम दिने छैन । किनकी यिनिहरु साम्राज्यवादका पाल्तु बोयलर कुखुराहरु हुन । उनिहरु आफ्नो विचको अन्तरविरोध केवल सत्ता, कुर्सी र स्वार्थमा मात्र केन्द्रीत छ भन्ने कुरा हजारौ प्रमाण सहित ठोकेरै भन्न सकिन्छ । 

चौथो, एकातिर दलाल सत्ता छ भने अर्कोतिर उत्पीडित बर्ग, क्षेत्र, लिङ्गका आम जनसमुदायहरु छन । नेपाली काग्रेसको गठवन्धनमा रहेको दलहरु, एमालेको नेतृत्वमा रहेको गठवन्धन र मद्येशवादी दलहरुको गठवन्धनले यिनै दुषीत साम्राज्यवादको दलाली र गुलामीको काम गरेका छन । साम्राज्यवादको मतियार र एजेण्ट बनेर कथित चुनाव मार्फत आफ्नो मालिकलाई झनै बढी खुसी बनाउन चाहन्छन र त्यसको साथै आफुले पनि सुविधा लिन चाहन्छन उनिहरुको कित्ता छ भने अर्कोतिर नेपाल कम्युनिस्ट पार्टीको राजनैतिक, बैचारिक र संगठनात्मक नेतृत्वमा देशभरका उत्पीडित बर्ग, क्षेत्र र लिङ्गका समुदायहरु गोलवन्द हुँदै यो कथित चुनाव खारेज अभियानमा लामवद्ध भएका छन् । यो अन्तरविरोधका असर पनि अहिले कथित निर्वाचन खारेजको अभियानमा केन्द्रीकृत बनेर देखिएको छ । 

पाचौं, अहिले नेपालमा दुईओटा सरकार, सेना, न्यायलय क्रियाशिल छ । पहिलो जनताको सरकार (जनसत्ता) नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कमरेड सन्तोष बुढा “विषम” को नेतृत्वमा र दोश्रो राष्ट्रघाति, जनघाति र जनविरोधी साम्राज्यवादको मतियार दलालसत्ताको ऐजेण्ड देउवाको नेतृत्वमा छ । दुईओटा सेना छन, र न्यायलय पनि दुईओटा छन । दर्शन, विचार, राजनीति पनि दुईओटा छ । त्यसैले एकातिर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्ति मार्फत अघि बढ्ने बैज्ञानिक र सहि क्रान्तिकारी विचार, राजनीति छ । भने अर्कोतिर साम्राज्यवादको मतियार र दलाल संसदीय सत्ता, विचार र राजनीति छ यो दुई विपरित अन्तरविरोधका बीच जनताले कथित निर्वाचन खारेज गर्दै वैज्ञानिक समाजवादतर्फको बाटोलाई पहिल्याउने अठोटका साथ कथित निर्वाचनका विरुद्ध लामवद्ध छन  । यसको प्रत्यक्ष असर आजका कथित निर्वाचन विरोधी गतिविधीमा विभिन्न ढंगले केन्द्रीकृत हुन पुगेको छ । 

कथित निर्वाचन र देउवा सरकारको दमन ः 
“तिर्व गति र क्रुरतामा सारा शक्ति लुकेको हुन्छ ः हिटलर ।” यो कुरा दोश्रो विश्वयुद्धका बेला विश्व तानाशाहका बादशाह हिटलरले भनेका थिय । तर यहि कुराले हिटलर आफ्नो सत्ताबाट त च्युत हुन पुगे यसले उनको आत्महत्यलाई समेत रोक्न सकेन । आज नेपालको परिवेशमा देउवा सरकारले अवलम्वन गरेको नीति हिटलरी नीतिसँग मिल्दो जुल्दो छ भन्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुलाई मात्र हैन समर्थक जनता र समर्थकको घरमा पालेको कुकुरलाई पनि नछोड्नु भन्ने आदेश यो सरकारले गरेको छ । देशभरबाट निर्दोश घरमा बसेका समर्थकलाई राति राति घर घेराहालेर संकटकालमा जस्तो गरी गिरफ्तार गरेको छ । झुट्टा मुद्धा लगाउने, विभिन्न शारिरिक तथा मानिसिक यातना दिने काम गरेको छ । शान्तिपूर्ण कार्यक्रममा रोक लगाएको छ । वालपेन्टीङ गर्न आफ्नो विचारको प्रचार प्रसार गर्न समेत बन्देज लगाएको छ । संकटकालमा जस्तो गरी सेनाको घेरावन्दीमा कथित चुनावको नाटक मंचन गरिदै छ । 

यो परिवेशले के बताउछ भने सरकारले युद्ध चाहन्छ, अझ हतियारको युद्ध । यो सरकारले तानाशाही दमन चाहन्छ, त्यो पनि हिटलरी सैलीमा । यो सरकारले फाँसिवाद चाहन्छ त्यो पनि तत्कालिन इटालियन मुसोलिनोको तरिकाले । यो परिस्थिति नरोकिएमा अब जनताले विचार गर्नु पर्ने छ । कथित निर्वाचनका सन्दर्भमा जनताको तर्फबाट भए गरिएका प्रतिकारलाई देखेर विभिन्न दलाल सत्ताका मतियार पात्र र प्रवृतिहरु जुका जस्तै गरी फेरी जाग्न थालेका छन । टेलिभिजनहरुमा कथित विज्ञको नाममा उफ्रिन र कुतर्क दिन थालेका छन् ।  नेपाल कम्युनिस्ट पार्टीलाई दमन गरेर तह लगाउनु पर्दछ भनेर बुरुक बुरुक भौतारिन थालेका छन । उनिहरुका लागि यतिमात्र भन्न सकिने छ, कि तिम्रा जेल, नेल, दमन, बन्दुक, कानुन र चुरिफुरीले क्रान्तिकारीहरुलाई डगमगाउन सक्ने छैन । ईतिहाँस पडेका छौ भने, बुझे हुन्छ ? सन्दर्भ हेरेका छौ भने मनन् गरे हुन्छ ? जारको दमन, हिटलरको तानाशाह, मुसोलिनोको फाँसिवाद र नेपालमा राणा, पन्चहरु टिक्न सकेनन । अब तिम्रा लुटको स्वर्गको आयु धेरै समय रहने छैन । जनताले बुभिसकेकाछन कि फेरी एकीकृत जनक्रान्तिमा लामवद्ध हुने दिन  नजिक आएको छ । फेरी शिरमा कफन बाधेर उठ्ने दिन नजिक आएको छ । फेरी दुस्मनलाई धावा बोल्ने दिन नजिक आएको छ ।  त्यसैले  नेपाल कम्युनिष्ट पार्र्टीले घोषणा गरेको कथित निर्वाचन खारेजको नीति र निर्वाचन विरुद्ध जनताको प्रतिकार सहि र वस्तुस्थितिको आनिवार्य आवश्यकता बनेको छ । 

धन्यावद । 
२०७४ मंसीर २ ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...