Tuesday, August 13, 2013

 ऐतिहासिक भौतिकवाद 
चिरन पुन 

१. द्धन्दात्मक भौतिकवादलाई मानव समाजमा लागु गर्नेनै ऐतिहासिक भौतिकावाद हो । 
२. माक्र्सको भौतिक खोजहरु मध्य ऐतिहासिक भौतिकवाद पनि एक हो । 
३. द्धन्दात्मक भौतिकवादले सम्पूर्ण जगतको अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादले मानव समाजको अध्ययन गर्दछ । त्यसैले ऐतिहासिक भौतिकवादको मुख्य विषय मानव समाज हो । 
४. ऐतिहासिक भौतिकवाद र अन्य सामाजिक विज्ञानको बीचको मानव समाजको अध्ययन गर्न 
अन्य धेरै माजिक विज्ञानहरु छन । 

क. ईतिहास, 
ख. राजनीति शास्त्र, 
ग. अर्थशास्त्र, 
घ. न्याय शास्त्र, 
ड. भाषा शास्त्र, आदी । 
५. ऐतिहासिक भौतिकवादले मानव समाजलाई गतिशिलरुपमा हेर्दछ । मानव समाज निरन्तर परिवर्तन 
हुदै जान्छ र भविश्यमा पनि परिवर्तन हुदै जान्छ । 
६. ऐतिहासिक भौतिकवादले समाजमा हुने परिवर्तन समाजको भौतिक जिवनको परिस्थितिहरुमा 
हुने परिवर्तनबाट शूरु हुन्छ । 
७. ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्व पहिलो र सामाजिक चेतनालाई दोश्रो मान्दछ । 
८. समाज परिवर्तनको लागि ३ ओटा प्रश्नले मुख्य भुमिका खेलेको हुन्छ । 
क. भौतिक अवस्था । 
ख. जनसंख्या । 
ग. उत्पादन प्रणाली । 
यी भौतिक परिस्थितिहरु मध्य उत्पादन प्रणाली बढी महत्वको हुन्छ । 
९. उत्पादन प्रणाली भनेको मानिसहरु बाच्नको लागि चाहिने आवश्यक भैतिक वस्तु उत्पादन 
गर्ने प्रणाली हो । 
१०. मानिसहरुले आफ्नो आवश्यकता पूर्ति गर्न उत्पादन प्रणालीको विकाश गर्दछन । उत्पादन प्रणालीम जुन
परिवर्तन हुदै जान्छ, त्यसको आधारमा नै मानव समाजको परिवर्तन हुदै जान्छ । 

११. उत्पादन प्रणाली जुन स्तरको हुन्छ समाज व्यवस्था पनि त्यही अनुशारको हुन्छ । 
क. उत्पादन शक्ति र उत्पादन सम्वन्ध मिलेर उत्पादन प्रणाली बन्दछ ।
ख. उत्पादनका औजार र उत्पादनका वस्तु मिलेर उत्पादनको साधन बन्दछ ।
ग. उत्पादनको साधन र श्रम (जनशक्ति) मिलेर उत्पादक शक्ति बन्दछ ।

१२. मेहनतकश जनता उत्पादक शक्तिको मुख्य तत्व हुन । 
क. श्रमको वस्तु र श्रमको साधनलाई उत्पादनको साधन भनिन्छ ।
ख. श्रमको वस्तु भनेको जग्गा, जमिन, खानी, कच्चा पदार्थ आदी पर्दछन ।
ग. उत्पादनका औजार भनेको मेसिन, कलकारखाना, हात हतियार आदी हुन ।
१३. उत्पादन, वितरण, विनिमय र उपभोगको प्रकृयालाई समाजमा हुने सम्वन्धलाई उत्पादन 
सम्वन्ध भनिन्छ ।

१४. उत्पादन सम्वन्ध स्वामीत्वको रुपमा आधारित हुन्छ । 
क. सम्पक्तीमा समाजिक स्वामित्वमा शोषण मुक्त समाज बन्दछ ।
ख. सम्पक्तीमा नीजि स्वामित्वमा शोषणमुलक समाज बन्दछ ।

१५. उत्पादनको साधनको स्वामित्वमा वितरणको अवस्था पनि फरक फरक हुन्छ । 
क. निजी स्वामित्वमा असमानता मुलक वितरण हुन्छ ।
ख. सामुहिक स्वामित्वमा काम अनुशार वा आवश्यकता अनुशारको वितरण हुन्छ ।

१६. ऐतिहासिक भौतिकवादको २ मुख्य विषय छन । 
क. आधार ।
क.  उत्पादनको सम्वन्धको समग्रतानै समाजको आर्थिक आधार हो ।
ख. आर्थिक आधार अन्तरगतनै उत्पादन, वितरण, विनिमय, उपभोग आदी पर्दछन ।
ग. मानिस मानिसको आपसी सम्वन्धले नै प्रकृतिसग संघर्ष गर्दछन ।
घ. सामाजिक जिवनको सामाजिक आर्थिक संरचनानै आर्थिक आधार हो ।

ख. संरचना । संरचना अन्तरगत निम्न अनुशारका विषयहरु पर्दछन ।
क. दर्शन,
ख. सिद्धान्त,
ग. दृष्टिकोण,
घ. विचार,
ड..संस्कृति,
च. राजनैतिक पार्टी,
छ. संघ संस्था,
ज. धर्म आदी ।

ग.  समाजमा जस्तो किसिमको आधार हुन्छ, त्यस्तै किसिमको संरचना हुन्छ ।
घ. आधार परिवर्तन हुदा संरचना पनि परिवर्तन हुन्छ ।
ड. पुरानो आर्थिक आधारहरु समाप्तहुदा पनि संरचना परिवर्तन भएन भने त्यहा
सास्कृतिक क्रान्ति अनिवार्य हुन्छ । 
च. आधार र संरचना बीचमा द्धन्दात्मक सम्वन्ध हुन्छ ।

१७.  उत्पादन प्रणालीको विकाशक्रममा उत्पादक शक्तिको विकाश र परिवर्तन अनुशार मानिसको 
उत्पादन सम्वन्ध, उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यसै अनुशार 
ईतिहासमा उत्पन्न सम्वन्धमा ५ रुपहरु देखा परेका छन । 
क. आदीम साम्यवादी युग ।
१. उत्पादनको साधनमा सामुहिक स्व्ँँमित्व ।
२. उत्पादनको औजारहरु पिछिडिएको थिए, जस्तो पत्थर, हाड, काठका औजारहरु ।
३. पिछिडिएको औजारहरु भएकोले अतिरिक्त वस्तु उत्पादन गर्न सकिदैनथ्यो ।
४. व्याक्तिगत सम्पक्ति र बर्गहरु थिएन ।

ख. दास युग ।
१. उत्पादनका साधनहरु माथि दाश मालिकको स्वामित्व ।
२. औजारहरु धातुको थियो ।
३. अतिरिक्तमुल्य उत्पादन हुन थाल्यो ।
४. राज्यहरुको विकाश हुन थाल्यो ।
५. उत्पादन शक्तिको विकाशले श्रम विभाजन पनि भयो ।
६. दास मालिक लगाएतका बर्गहरु देखा पर्न थाले ।
७. वैद्धिक श्रम शारिरिक श्रमबाट अलक हुन थाल्यो ।
८. शोषित जनसमुदायलाई दवाउन सेना, राज्य, कानुन आदीको जन्म भयो ।
९. उधोगहरुको अनेक शाखाहरु खुल्न थाले ।
१०. दास मालिकको नामले परियोजना, नहर, सडक, भवन आदी निमार्ण हुन थाले आदी ।

ग. सामान्ती युग । 
१. उत्पादनको साधनहरु माथि सामन्तको स्वामित्व ।
२. किसानहरुको पनि व्यापक उत्पक्ती र विकाश हुन्छ ।
३. जमिनहरुको मालिक सामन्तहरुनै हुन्छन ।
४. थोरै जमिन किसानहरुलाई कमाउन दिईन्छ ।
५. औजारहरु आफ्नो हुन्छ तर त्यसलाई किन्न र बेच्न पाईदैन ।
६. औजारहरुमा झनै आधुनिकता आउछ ।
७. यो समाजमा जल र बायु शक्तिको प्रयोग आरम्भ हुन्छ ।
८. शिल्प  र व्यापारको बिकाश तथा सहरहरुको बिकाश र विस्तारको शुरुवात हुन्छ ।
९. कृषी उत्पादनलाई परिस्कृत गर्यो । व्यापारको  विकाश हुन थाल्छ र ठुला
कारखानाहरु पनि खुल्न थाल्छन । 
१०. धर्मको प्रभुत्व पनि यसै युगबाट हुन थाल्छ ।
११. श्रमको मुल्य, बजार र सामन्तवादी दासताको बीच संघर्ष शुरु हुन्छ ।
१२. यतिबेला कल कारखाना उत्पादनको लागि व्यापक अन्तराष्ट्र्यि बजारको
आवाश्यकत हुन्छ । तर, संड्किण सामन्ती अर्थतन्त्रले त्यस्तो बजारको 
बाटोमा बाधा सृजना गर्ने भएकोले त्यसको विस्थापन पुजिवादी व्यवस्था र 
पुजिवादी क्रान्तिले गर्दछ । 

घ. पुजिवादी युग । 
१. उत्पादनका साधनहरु माथि पुजिपतीको स्वामित्व हुन्छ ।
२. ठुला उधोग कारखानाहरुको विकाश हुन्छ ।
३. माल उत्पादन नाफाको लागि गरिन्छ ।
४. यसै बेला देखि विधुत विस्तार र विकाशले ठुलो फड्को मार्दछ ।
५. उत्पादनको विस्तार, टेक्नोलोजीको  विकाश, मजदुरहरुको शोषणमा तिर्वता,
उत्पादनमा अराजकता, पुजीवादी अन्तरविरोधको सघनीकरण, सामाजिक सम्पदाको 
विशालरुपमा बिनास आदी पुजिवादका विशेषताहरु हुन । 
६. पुजिवाद उत्पादन विधिको सवभन्दा ठुलो अन्तरविरोध हो । उत्पादनको सामाजिक
स्वरुप र व्याक्तिगत स्वामित्व बीचको अन्तरविरोध । 
७. पुजीवादी समाजको मुख्य बर्ग सर्वहारा र पुँजीपती हो ।
८. किसान तथा निम्न पुजिपति बर्ग पनि सहायक बर्गको रुपमा हुन्छन ।
९. सेना तथा आधुकिन बल प्रयोगको व्यापक विस्तार पनि भयो ।
१०. बुर्जुवा विचारको साथ साथै मजदुर बर्गको विचारधाराको पनि जन्म भयो । पहिलो
ट्र्ेड युनियन र पछि सर्वहरा   बर्गको राजनीतिक पार्टी पनि गठन भयो । 

ड. समाजवादी युग । 
१. उत्पादनको साधन माथि सामुहिक स्वामीत्व हुन्छ ।
२. माल उत्पादन समाजको आवश्यकता अनुशार गरिन्छ ।
३. व्याक्तिगत सम्पक्तीको पूर्ण उन्मुलन गरिन्छ ।
४. यस व्यवस्थाको उच्चतम रुप समाजवादी व्यवस्था हो ।
५. जहाँ राज्य र बर्गहरुको पूर्ण उन्मुलन हुन्छ ।

१८. बर्ग र बर्ग संघर्ष । 
क. व्यात्तिगत सम्पक्तिको उदयसँगै बर्ग र बर्ग संघर्षको उदय तथा विकाश भयो ।
ख. समाजमा बर्गहरुको उत्पक्ति श्रम विभाजनबाट भयो ।
ग. बर्ग संघर्षमा सर्वहारा बर्गको अधिनायकत्व हुन आवश्यक छ ।
घ. बर्ग संघर्ष साम्यवादी समाज स्थापना नहुने बेला सम्म निरन्तर चलिरहन्छ ।
ड. माक्र्सले भनेका छन (दास युग देखि आज सम्मको ईतिहास बर्ग संघर्षको हो) ।
च. पुजिपतिहरुले बर्ग संघर्षलाई स्वीकार गर्दछन तर सर्वहारा बर्गको अधिनायकत्वलाई
स्वीकार गर्दैनन । 

१९. ऐतिहाँसिक भौतिकवादका प्रवृगहरु ।
राजनैतिक अस्तित्व             राजनैेतिक चेतना ।
सामाजिक चेतना कानुन ।
उत्पादन पद्धती नैतिकता ।
अधिरचना आधार (सामाजिक प्रगति)

धन्यवाद ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...