Wednesday, September 13, 2023

किन आवश्यक छ वैज्ञानिक समाजवाद



 किन आवश्यक छ वैज्ञानिक समाजवाद

“कम्युनिस्टहरूले आफ्ना विचार र लक्ष्यलाई लुकाउन चाहन्नन् । उनीहरूले आफ्ना उद्देश्यहरू अहिलेका सबै सामाजिक अवस्थालाई बलपूर्वक फ्याँकेर मात्र प्राप्त हुन् सक्दछ भन्ने कुरा खुल्ला रूपले घोषणा गर्दछन्”, (माक्र्स–एङ्गेल्स, कम्युनिस्ट घोषणा–पत्र) ।

प्रारम्भ
क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको सर्वहारावर्गको सचेत र अगुवा दस्ता हो । सर्वहारावर्गको सङ्गठित दस्ता हो । सर्वहारा सङ्गठनको उच्च रूप हो । सबै जनसङ्गठनहरूको उच्च रूप हो । मजदुरवर्गको अगुवाको सजीव रूप हो । क्रान्तिकारी परिवर्तनको संवाहक हो र आर्थिक, सांस्कृतिक, राजनीतिक, सामाजिक, धार्मिक रूपान्तरणको जग हो । त्यसैले उनीहरूले जनतासमक्ष आफ्ना विचार, सिद्धान्त र लक्ष्यलाई खुलमखुल्ला र स्पस्ट ढङ्गले राख्छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल कम्युनिस्ट पार्टीले माक्र्स– एङ्गेल्सले राख्नुभएको उक्त सन्दर्भलाई आत्मसात् गर्ने मात्र होइन कि त्यो दिशाबोधलाई पूराका पूरा लागू गर्न दृढ सङ्कल्पित छ । नेपाल कम्युनिस्ट पार्टी वर्तमान दलाल संसदीय व्यवस्थालाई बलपूर्वक फ्याँकेर त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छ । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र हाल भएका सबैखाले उत्पीडन र विभेदको अन्त्य गर्न सक्नेछ । न्यायपूर्ण र समानतामूलक समाजको स्थापनार्थ विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी क्रियाशील छ ।

मानवसमाज विकासक्रमको अवस्था
उत्पादन प्रणालीको विकास क्रममा उत्पादक शक्तिको विकास र परिवर्तनअनुसार मानिसको उत्पादन सम्बन्ध, उनीहरूको आर्थिक सम्बन्ध पनि बदलिँदै जाने भएकाले, समाजको विकास क्रममा देखापरेका आर्थिक आधारअनुरूप मानव समाजको विकासक्रम आजसम्म परिचालित छ । उत्पादनको साधनमा सामूहिक स्वामित्व हुने आदिम साम्यवादी युगको चरण मानव समाजले पार गरिसकेका छौँ । उत्पादनका साधनहरूमाथि दास–मालिकको स्वामित्व हुने दासयुगलाई समेत मानव समाजले पार गरिसकेको अवस्था हो । औजारहरू धातुको हुने, राज्यहरूको विकासक्रम सुरु हुने, श्रमको विभाजन हुने, बौद्धिक श्रम, शारीरिक श्रमको विभाजन हुने, शोषित जनसमुदायलाई दबाउन सेना, राज्य, कानुन आदिको जन्म र सुरुआत हुने, उद्योगहरूको अनेकन् शाखाहरू खुल्ने, दास–मालिकको नामले परियोजना, नहर, सडक, भवन आदि निर्माण हुने दास–मालिकको हकहितअनुकूल व्यवस्थाले मानव समाजको हल नहुने भएपछि त्यो युगलाई समेत मानव समाजले पछाडि छोडेर अघि बढे ।

उत्पादनका साधनहरूमाथि सामन्तहरूको स्वामित्व हुने सामन्तवादी व्यवस्थालाई समेत मानव समाजले धुलो चटाइदिइसकेका छन् । किसानहरूको व्यापक उत्पत्ति र विकास र जमिनहरूको मालिक सामन्तहरू नै हुने, औजारहरूमा झनै आधुनिकता आएको र समाजमा जल र वायु शक्तिको प्रयोग आरम्भ भएको सामन्तवादी व्यवस्थालाई पनि मानव समाजले देखे, बुझे र अनुभव गरे । धर्मको प्रभुत्व पनि यसै युगबाट सुरु र विकास भएको र श्रमको मूल्य, बजार र सामन्तवादी दासताको बीच सङ्घर्ष सुरु भएपश्चात् त्यही अन्तर्सङ्घर्षले सामन्तवादी युगको मानवसमाजले बिदा गरे । उत्पादनका साधनहरूमाथि पुँजीपतिको स्वामित्व हुने पुँजीवादी व्यवस्थाको आगमन भयो ।

ठूला उद्योग–कारखानाहरूको विकास, माल उत्पादन नाफाको लागि गरिने व्यवस्था र विद्युत विस्तार र विकासले ठूलो फड्को मारेको पुँजीवादी युगमा यी सबै विषयहरूमा पुँजीपतिको मात्रै स्वामित्व कायम रह्यो । उत्पादनको विस्तार, टेक्नोलोजीको विकास, मजदुरहरूको शोषणमा तीव्रता, उत्पादनमा अराजकता, पँुजीवादी अन्तर्विरोधको सघनीकरण, सामाजिक सम्पदाको विशाल रूपमा विनास आदि पुँजीवादका विशेषताहरू हुन् । पुँजीवाद उत्पादन विधिको सबभन्दा ठूलो अन्तर्विरोध हो । उत्पादनको सामाजिक स्वरूप र व्यक्तिगत स्वामित्वबीचको अन्तर्विरोध यो व्यवस्थाको मूल कडी हो । यो व्यवस्थाले सेना तथा आधुनिक बल प्रयोगको व्यापक विस्तार पनि ग¥यो । तर, यो पुँजीवादी युगले पनि मानव समाजको न्यायपूर्ण पक्षलाई सम्बोधन गर्न सकेन । पुँजीवादको विकास र विस्तारसँगै साम्राज्यवादमा रूपान्तरण हुन पुग्यो । त्यसले पनि ठूला–ठूला अन्तर्विरोधहरूको जन्म दिँदै आणविक होडबाजीसम्म विश्वलाई पु¥याइरहेको छ । यो व्यवस्थाको चरण अन्तिम अवस्थामा प्रवेश गरिसकेको छ, त्यसैले नेपाल कम्युनिस्ट पार्टीले आजको साम्राज्यवादलाई उत्तर सम्राज्यवाद भनेर संश्लेषण गरिएको हो । अझ यसलाई निभ्न लागेको साम्राज्यवाद वा अन्तिम चरणमा पुगेको साम्राज्यवाद वा अस्ताउन थालेको साम्राज्यवाद भनेर पनि बुझ्न सकिन्छ ।

वैज्ञानिक समाजवादको सङ्घारमा मानवसमाज
“कम्युनिस्टहरूको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य गर्नु हो”, (माक्र्स–एङ्गेल्स, कम्युनिस्ट घोषणापत्र) । 
जसरी वर्गहरूको विभाजन निजी सम्पत्तिका कारणले पैदा भएको हो, त्यसैगरी ती वर्गमा देखिएको आर्थिक समस्यालाई हल गर्न पनि निजी सम्पत्तिको उन्मूलन वा अन्त्य आवश्यक छ । माक्र्स–एङ्गेल्सले निकै सुन्दर तर्क अघि सार्नुभएको थियो । लेनिनले “साम्यवादमा क्षमताअनुसारको काम र कामअनुसारको दाम” भनेर व्याख्या गर्नुभयो ।

वैज्ञानिक समाजवादका २ चरणहरू छन् ।  एक ः समाजवादी व्यवस्था र, दुई ः साम्यवादी व्यवस्था । यो अवस्थासम्म पुग्दा राज्य र वर्गहरूको पूर्ण उन्मूलनसम्म पुग्नेछ । आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग र पुँजीवादी–साम्राज्यवादी युगको अन्त्यपछि वैज्ञानिक समाजवादी युगको सुरुआत अनिवार्य छ । माथि नै चर्चा गरिएझँै विभिन्न अन्याय र उत्पीडनयुक्त समाजलाई पार गर्दै आइरहेको मानव समाजले अब न्यायपूर्ण समाजको आवश्यकतालाई बोध गरेको छ । वैज्ञानिक समाजवादले समानतामूलक समाजको प्रतिनिधित्व गर्ने भएकाले त्यो व्यवस्थाको अनिवार्यतालाई नेपाल कम्युनिस्ट पार्टीले जोड दिएको हो । वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनको साधनमाथि सामूहिक स्वामित्व हुने र माल उत्पादन समाजको आवश्यकताअनुसार गरिन्छ ।

आजको सन्दर्भमा देखिएका आर्थिक समस्या–अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तीन आधारलाई अघि सारेको छ ।  एक ः आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । दुई ः पार्टी कार्यकर्ताहरूका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकताअनुसारको दामको नीति तय गरिनुपर्दछ । तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरूका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनुपर्दछ । जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त गर्ने आधा भाग गरी उनीहरूको निजी जीवनमा समेत सुखपूर्ण हुनेछ । त्यसका साथै, कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरूले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरूले निजी सम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरूको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्नेछ । यो समाजका लागि सरल र आदर्शयुक्त हुनेछ । जुन कुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हल गर्न सम्भव नै देखिँदैन । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित गर्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको प्रक्रियाबाट गुर्जनुपर्ने हुन्छ, हो यसैका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले छलफल, बहस र आन्दोलनलाई केन्द्रीकरण गर्दै अघि बढिरहेको छ ।

नेपालमा देखिएको वर्गीय पक्षधरता
आज नेपालमा रहेको मानवसमाजको वर्गीय पक्षधरतालाई हामीले राम्ररी नबुझेसम्म नेपालको वर्गीय आन्दोलनलाई ठीक ढङ्गले अघि बढाउन सकिँदैन । आजको राजनीतिक शक्तिको चरित्र के हो ? र, नेपाली समाजको अर्थ–राजनीतिक विशेषता कस्तो छ ? भनेर ठीक निष्कर्ष निकाल्न आवश्यक छ । आर्थिक दृष्टिले हेर्दा हाल नेपालमा ८ वटा वर्ग विद्यमान छन् ।
एक ः दलाल नोकरशाही पुँजीपतिवर्ग
दुई ः सामन्त वर्ग
तीन ः राष्ट्रिय पुँजीपति वर्ग
चार ः सुदखोर, माफिया वर्ग
पाँच ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग)
छ ः सर्वहारा वा मजदुर वर्ग
सात ः किसान वर्ग
आठ ः भूमिहीन सुकुमबासी वर्ग

हालमा देखिएका यी वर्गहरूमा एक ः दलाल नोकरशाही पुँजीपति वर्ग, दुई ः सामन्त वर्ग र तीन ः सुदखोर, माफिया वर्गको हातमा नेपालको राज्यसत्ताको केन्द्रीकरण भएको छ । यो वर्ग जनविरोधी र उत्पीडक वर्गहरू हुन् । अर्कोतिर एक ः राष्ट्रिय पुँजीपति वर्ग, दुई ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग), तीन ः सर्वहारा वा मजदुर वर्ग, चार ः किसान वर्ग, पाँच भूमिहीन सुकुमबासी वर्ग नेपालको उत्पीडित, श्रमिक, शोषीत–पीडित र क्रान्तिकारी वर्गहरू हुन् । राष्ट्रभक्ति र देशभक्ति भावनालाई क्रान्तिकारी शक्तिहरूले गोलबन्द गर्न हरदम पहल
गर्न आवश्यक छ । यी दुई वर्गको बीचको अन्तर्विरोध नै आज नेपालको मुख्य अन्तर्विरोध हो । यसलाई एकीकृत जनक्रान्तिमार्फत दलाल नोकरशाही पुँजीपति, जनविरोधी वर्गको हातमा रहेको राज्यसत्तालाई खोसेर क्रान्तिकारी वर्गको हातमा लिन अनिवार्य हुन्छ । यसले मात्र समाजमा रहेको उत्पीडनलाई हल गर्न सक्नेछ । यो व्यवस्था भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो ।

आर्थिक दृष्टिले जस्तै राजनीतिक हिसाबले पनि नेपालमा रहेका राजनीतिक शक्तिहरूलाई हेर्न, बुझ्न र जान्न आवश्यकता छ । हाल नेपालमा रहेका राजनीतिक शक्तिलाई मुख्यत ः सातवटा शक्तिमा विभाजन गर्न सकिन्छ ।
एक ः दलाल पुँजीवादी शक्ति
दुई ः पुँजीवादी शक्ति
तीन ः नोकरशाही शक्ति
चार ः सुदखोर, माफिया शक्ति
पाँच ः देशभक्त शक्ति
छ ः सुधारवादी शक्ति
सात ः क्रान्तिकारी शक्ति

आजको नेपाली समाज यिनै शक्तिहरूको बीचमा देखापर्ने राजनीतिक अन्तर्विरोधको बीचमा छ । दलाल पुँजीवादी शक्ति, नोकरशाही शक्ति, सुदखोर, माफिया शक्तिहरू यो दलाल संसद्वादी सत्तालाई टिकाउन लागि परेका छन् । उनीहरूले वर्तमान राज्यसत्ताको सबै सुख सुविधा र अङ्गहरूको प्रयोग गरेर क्रान्तिकारी शक्तिलाई आतङ्ककारीका भिल्ला भिराउँदै युद्धमार्फत आफ्नो लुटको सत्तालाई कायम राख्न चाहन्छन् भने अर्कोतिर सबै देशभक्त, राष्ट्रिय पुँजीपति शक्ति र क्रान्तिकारी शक्तिहरू यो दलाल संसद्वादी शक्तिको हातमा रहेको राज्यसत्तालाई फालेर वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न लागि परेका छन् । राष्ट्रभक्त, देशभक्त र क्रान्तिकारीहरू उनीहरूको विरुद्ध एकीकृत जनक्रान्तिमा लामवद्ध हुँदै वैज्ञानिक समाजवादका लागि एकताबद्ध बन्दै गइरहेका छन् । यो अवस्थामा आजको आर्थिक तथा राजनीतिक दृष्टिले देखापरेका समस्याको हल वैज्ञानिक समाजवादले मात्र गर्न सक्नेछ । उत्पीडितहरूको समाज र न्यायपूर्ण समाजका लागि वैज्ञानिक समाजवाद यस मानेमा अर्थपूर्ण र अनिवार्य मानिएको हो ।

उपसंहार
उल्लिखित विषय र अवस्थाका आधारमा वैज्ञानिक समाजवादका लागि उत्पीडित जनसमुदाय एकताबद्ध हुन अनिवार्य छ । कम्युनिस्ट आन्दोलनमा देखापरेका सबैखाले प्रतिक्रिवाद, अवसरवाद, संशोधनवादलाई परास्त गर्न जरुरी छ । सबैखाले राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, लुटपाट र विचौलियाको जगजगीलाई तोड्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको बाटो सही हुन्छ भन्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको मान्यता रहेको छ । अवश्य पनि हरेक क्रान्ति सभ्य, सुशील र सरल बाटोमा जाँदैन । त्यसका लागि निकै उथल–पुथल अवस्थाको खाँचो पर्न सक्छ । 

दलाल संसद्वादी सत्ताले जनतालाई एकतर्फी युद्ध थोपरेर अघि बढेकाले त्यो अन्यायपूर्ण युद्धलाई रोक्न र परास्त गर्न क्रान्तिकारीहरू र उत्पीडितवर्गहरूले पनि न्यायपूर्ण क्रान्तिको सहारा लिनुपर्ने हुन सक्छ । हरेक युद्धहरूलाई सही ढङ्गले समाधान गर्ने भनेको सही क्रान्तिकारी दर्शन, सिद्धान्त, राजनीति र विचार बोकेको क्रान्तिकारी पार्टीको नेतृत्वमा सञ्चालन हुने क्रान्तिले मात्र हो । अवश्य पनि हामीले कसैलाई लुकाउनुहुँदैन, बल प्रयोगको सिद्धान्तलाई तिलाञ्जली दिने पार्टी क्रान्तिकारी हुन् सक्दैन । नेपाल कम्युनिस्ट पार्टीले बल प्रयोगको सिद्धान्तलाई आत्मसात् गर्दछ । आवश्यकता परेको खण्डमा क्रान्तिका सबैखाले साधन र स्रोतलाई प्रयोग गर्नुपर्ने आदर्शमाथि विश्वास राख्छ । त्यसैले दलाल संसद्वादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता, सेना, न्यायालयको अवधारणालाई मूर्त रूपमा लागू र क्रियाशील गर्न थालिएको हो । सबै उत्पीडित जनसमुदाय यो महाभियानमा लामवद्ध बनाँै । दलाल व्यवस्था — मूर्दावाद ! वैज्ञानिक समाजवाद — जिन्दावाद !

(रातोखबर साप्ताहिक, वर्ष ३, अङ्क २६, पूर्णाङ्क १२१, २०७४ मङ्सिर, काठमाडौं)

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...