Wednesday, September 13, 2023

क्रान्तिकारी विरासत र जनताको विद्रोह

 

क्रान्तिकारी विरासत र जनताको विद्रोह

प्रारम्भ
वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आदरणीय महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को कुशल नेतृत्वमा एकीकृत जनक्रान्तिको उद्घोषसहित नेपाल कम्युनिस्ट पार्टी अघि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी विश्वक्रान्तिको अविछिन्न उत्तराधिकारीको रूपमा नेपालमा पुनर्गठन गरिएको हो । सन् १८७१ को पेरिस कम्युनबाट सुरु भएको विश्वक्रान्तिका ज्वारभाटाहरू निकै उथल–पुथल अवस्थाबाट यहाँसम्म आइपुगेको छ । विश्वक्रान्तिको अनगिन्ती पे्ररणाका सन्दर्भ क्रान्तिकारीहरूका लागि जगजाहेर छन् । हजारांै कीर्तिमानी सङ्घर्ष र बलिदानबाट क्रान्तिकारी आन्दोलन यो अवस्थासम्म आइपुगेको हो ।

नेपाली क्रान्तिकारी आन्दोलनको सम्पूर्ण ऐतिहासिक सन्दर्भलाई र आजको नेपाली समाजको वस्तुनिस्ट र वैज्ञानिक संश्लेषणसहित त्यसको नेतृत्व गर्न नेपाल कम्युनिस्ट पार्टी सक्षम बनेको छ । विप्लवको कुशल नेतृत्व, आजको समाजको वस्तुनिस्ट कार्यदिशा र क्रान्ति सम्भव छ भन्ने मान्यतालाई हाम्रो पार्टीले सकुशल–सक्षम ढङ्गले स्थापित गर्न सिङ्गो पार्टी दृढ सङ्कल्पित छ । यसैको आलोकमा नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा लामवद्ध हुन नेपाली जनतालाई उद्घोष गरिराखेको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यावस्थाको स्थापना आजको अनिवार्य आवश्यकता हो । उत्पीडनका विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । दमनले विस्फोट जन्माउँछ भन्ने कुरा विश्वको अनगिन्ती इतिहासले प्रमाणित गरिसकेको विषय हो ।

क्रान्तिकारी आन्दोलनका ऐतिहासिक विरासत
सन् १९१७ को रसियन अक्टोबर क्रान्ति, सन् १९१८—१९ को जर्मन क्रान्ति हुँदै, सन् १९४५ मा भियतनामको अगस्ट रिभोलुसन, सन् १९४९ मा सम्पन्न भएको चाइनिज क्रान्ति, नेपालमा सन् २००६ मा सुरु भएको जनयुद्ध र सन् १९६७ देखि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा आजसम्म सञ्चालन भइरहेको जनयुद्ध हुँदै कोरिया, क्युबा, भियतनाम, युरोपका कैयांै देशहरू, फिलिपिन्स, पेरुजस्ता विश्वभर देखिएका क्रान्तिकारी आन्दोलनले संसारभर ठूलो क्रान्तिकारी शिक्षा र परिवर्तनहरूको दिशाबोध बोकेर ल्याएको छ । चाहे त्यो प्रथम विश्वयुद्धको आहालबाट सोभियत समाजवादी सत्ताको जन्म होस् या दोस्रो विश्वयुद्धको परिवेशबाट चिनी जनवादी–समाजवादी सत्ता निर्माणको प्रक्रिया नै किन नहोस् । आजको विश्वव्यापी आर्थिक आधारको एउटा महत्वपूर्ण हिस्सा विश्व–समाजवादी व्यवस्थाको गर्भबाट जन्मिएको हो ।

हामीले यो पनि भन्न सक्नेछौँ कि विश्वभर समाजवादी व्यवस्थाका लागि सबैभन्दा धेरै रगत कम्युनिस्ट क्रान्तिकारीहरूले नै बगाएका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा पनि सबैभन्दा धेरै बलिदान, सबैभन्दा धेरै जेलनेल, हिरासत र यातना, सबैभन्दा धेरै बेपत्ता, र सबैभन्दा धेरै घाइते–अपाङ्ग हुनेहरू क्रान्तिकारी कम्युनिस्टहरू नै हुन् । अझ भनौँ, जसले राष्ट्रका लागि सबैभन्दा धेरै बलिदान पोखेको हुन्छ, उसैलाई राष्ट्रप्रति धेरै चिन्ता हुन्छ । यो दिनको घामझैँ छर्लङ्ग भएको इतिहासलाई कुल्चेर एकलौटी दलाल सत्ताले नेपाली जनतालाई उत्पीडन लाद्न चाहन्छ भने यो नेपाली जनताका लागि कुनै पनि हालतमा मान्य हुने विषय होइन ।

नेपाली महान् र गौरवपूर्ण जनयुद्धको ऐतिहासिक प्रस्तावनाहरूलाई बेचेर दलाल सत्ताको मतियारमा नियुक्त हुने प्रचण्ड–बाबुराम मण्डलीलाई छुट हुने विषय कदापि हुनुहँुदैन र हुनेछैन पनि । प्रचण्ड–बाबुराम मण्डलीले आफ्नो स्वार्थका लागि महान् जनयुद्धका महान् एजेन्डाहरूलाई बिक्री गर्न तयार भएको फाइदा उठाउँदै जनयुद्धका ऐतिहासिक विरासतलाई आफ्नो हितानुकूल बनाउन सफल मानिएका साम्राज्यवादका दलाल देउवा, केपी गुटका
दलाल प्रवृत्तिले कुनै पनि मान्यतामा दोषमुक्त हुन सक्नेछैनन् ।

नेपालका विद्रोह र त्यसका शिक्षा
हामीले नेपालको राजनीतिक सन्दर्भहरूलाई पनि हेर्न, जान्न र बुझ्न सक्छौँ कि अनेकौँ विद्रोह र क्रान्तिबाट हालसम्मका राजनीतिक अवस्थाको आगमन भएको हो । नेपालका प्रथम सहिद लखन थापाले राणा शासनविरुद्ध १९३३ तिर विद्रोह, राणा प्रधानमन्त्री जङ्गबहादुरको सरकारले लखन थापासहित ६ जना युवालाई गोर्खा मनकामनामा रुखमा झुन्ड्याएर हत्या गरे । प्रचण्ड गोरखाका सदस्यहरूले १९८८ मा भीम शमसेरमाथि बम प्रहार र त्यो बेला सङ्घर्षको दौरानमा ४ जनाको हत्या गरियो । २००४ सालमा स्थापना भएको नेपाली कांग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासनविरुद्ध सशस्त्र सङ्घर्ष सुरु गरेको बेला तत्कालीन सरकारले दर्जनौँको हत्या भयो । २००८ सालमा सामन्तवाद र विस्तारवादविरुद्ध सुदूर पश्चिममा किसान नेता भीमदत्त पन्तले सशस्त्र विद्रोहको उठान गरे । पन्तको “कि जोत हलो कि छोड थलो नत्र हुने छैन भलो” को नारामा सयौँ युवा सामेल भए । अन्ततः
भीमदत्तलाई झुन्ड्याएर मारियो ।

२००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्र विद्रोहको उठानपश्चात् राज्यको दमनद्वारा उनको हत्या गरियो । राजाको कूविरुद्ध नेपाली कांग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलन सुरु ग¥यो । सोही साल माघ ५ गते जनकपुरको रङ्गभूमिमा राजाको गाडीमाथि बम प्रहार गरेको आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फासि दिइयो । २००७ देखि २०१७ सालसम्म सञ्चालन भएको सङ्घर्षमा ८ जनाले ज्यान गुमाए । २०१८ माघमै कांगे्रसले भरतपुर कब्जा ग¥यो । सोही सेरोफेरोमा पर्सा, कञ्चनपुर, विराटनगर, रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधि भए । यो दौरानमा ११९ जनालाई निर्ममतापूर्वक मारियो ।

२०१९ असोज १७ गते पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएको बझाङी राजासहित ११ जना कांग्रेसी कार्यकर्तालाई शाहीसेनाले गिरफ्तार गरी वित्थडलेकमा हत्या ग¥यो । नेपाली कांग्रेसले सशस्त्र सङ्घर्षको क्रममा २०३१ सालमा ओखलढुङ्गाको टिमुरेबोटेमा ४१ जना कार्यकर्तालाई शाहीसेनाको मारे । गिरफ्तार परेका लडाकु टुकुडीका नेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । २०३१ सालमा राजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार भयो । २०२७ सालमा तत्कालीन ‘झापा जिल्ला समिति नेकपा’ ले ‘वर्ग सत्रु खत्तम पार्ने’ विद्रोह सुरु गरे । त्यो दौरानमा २३ जनालाई राज्यले हत्या ग¥यो तर पनि आन्दोलन र जनताको विद्रोह रोकिएन ।

२०३० र ३१ सालमा झापामा किसान सङ्घर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी, धनुक्षा, सिन्धुलीमा पनि किसान सङ्घर्ष चल्यो । २०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोसिस गरियो । जुगेडीमा धर्मे र घोडे नामका दुई सामन्तको अन्न खोसेर जनतालाई बाँडियो । २०३६ सालको आन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो । सोही साल सुर्खेतकाण्डमा ७ जनालाई मार्ने काम भयो । २०३७ सालमा सिन्धुलीका केही युवाहरूले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालीन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठान गर्न खोजे तर राज्यले व्यापक दमन गर्दै ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी, दलबहादुर रजन मारिए भने अन्य जेलमा परे ।

२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा रोल्पा–थबाङमा जनताले विद्रोह गरे । त्यस मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्ने स्थिति बन्यो । २०४० सालको सिन्धुपाल्चोकको पिस्करकाण्डमा ६ जनालाई मारियो । २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबारवरिपरि, सिंहदरबार दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवनको आसपास बम प्रहार भयो । २०४२ साल चैतमा चुनावमा ध्वस्त बनाउन भन्दै तत्कालीन नेकपा
(मशाल) का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण भयो । २०४६ सालको जनआन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमाउनुपरेको थियो । २०५२ साल तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा महान् जनयुद्ध सुरु भयो र त्यो १० वर्षसम्म चल्यो । त्यसमा ८८९५ हजारभन्दा धेरै सहिद बने । हजाराँै आजसम्म पनि बेपत्ता अवस्थामा छन् । हजारौँ योद्धाहरू अपाङ्ग र घाइते जीवन बितााइरहेका छन् ।

२०६२–०६३ को आन्दोलनमा पनि नेपाली जनतालाई मार्ने काम रोकिएन । मधेस आन्दोलनका दौरान पनि दर्जनौँ मानिसहरूको हत्या भयो । कथित स्थानीय निर्वाचन खारेजको दौरानमा समेत नेपाल कम्युनिस्ट पार्टीका धनरूप बटाला र सनराइजले आफ्नो जीवनको आहुति दिएर एकीकृत जनक्रान्तिका प्रथम र दोस्रो सहिद बन्न पुगे । यो
ऐतिहासिक सङ्घर्ष र विद्रोहका शृङ्खलाको शिक्षाले के पाठ सिकाउँछ भने जब राष्ट्रमा अन्याय–अत्याचार हुन्छ, जनतामाथि उत्पीडन लादिन्छ, त्यतिखेर जनताले विद्रोह गर्दछ । जनताको विद्रोह हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । जनताले आवश्यकता परे हतियार पनि बोक्छन्, दुश्मनलाई धावा पनि बोल्छन् र आफूले नजित्दासम्म लडिरहन्छन् भन्ने कुरा प्रमाणित भइसकेको कुरा पनि हो । राज्यको कुनै पनि ताकतले जनताको विद्रोहलाई रोक्न र दबाउन सक्दैन । आजको नेपाली जनतासँग सही दर्शन, विचार, राजनीति, कार्यदिशा, रणनीति, कार्यनीति बोकेको सक्षम क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी साथमा छ । मालेमावादको सिद्धान्तले ओतप्रोत जनमुक्ति सेना छ । जनताको आफ्नो सत्ता जनपरिषद् (जनसत्ता) छ । जनताकै न्यायालय क्रियाशील छ । जनतालाई सुखदुःखमा साथ दिने स्थानीय तहसम्म पार्टीका नेता–कार्यकर्ता क्रियाशील छन् । त्यसैले, हामीले ढुक्क भन्न सक्छौँ कि यदि सुरक्षा निकायको परिचालन र दलाल सत्ताको जुनसुकै तिकडमलाई जनताले परास्त गर्नेछन् ।

उपसंहार
सन् १९१४ जुन २८ मा बाल्कन राज्यको सानो सहर सेरावेजोमा अस्ट्रो हङ्गेरियाली हेब्स बुर्क राजवंशका उत्तराधिकारी (राजकुमार) अस्ट्रियाका आर्क डयुक फर्डिन्यान्ड पत्नी सोफियासहित सर्बियालीको आक्रमणमा गोलीको सिकार भए । यही घटनाले प्रथम विश्वयुद्धको सुरुआत भयो । २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको ४८ बुँदे मागलाई बेवास्ता गरेर राज्यले दमन गर्दा १० बर्से महान् जनयुद्ध सुरुआत भयो । यो सन्दर्भलाई सबैले मनन गर्न आवश्यक छ ।

दलाल सत्ताले राष्ट्रघात गरेको छ । जनघात गरेको छ । जनतामाथि अनेक प्रकारका उत्पीडन लादेको छ । भ्रष्टाचारले देश आकुल–व्याकुल बनेको छ । राजनीति ठेकेदार, भ्रष्टाचारी र व्यापारीसँग पैसा मोलमोलाइको हतियार बनेको छ । मुलुक कमिसनखोर, कालोबजारी र विचौलियाको रजाइँस्थल बनेको छ । आफूलाई ठूला दलका ठूला नेता भन्नेहरूले साम्राज्यवादको पाउमा लम्पसार परेर राष्ट्रिय स्वाधीनतालाई मागिखाने भाँडो बनाएका छन् । यस्तो परिवेशमा घोषणा गरिएको कथित संसदीय चुनावले जनता र राष्ट्रको हितमा काम गर्न नसक्ने कुरा आजसम्म उनीहरूले निर्वाह गरेका भूमिकाबाटै प्रस्ट हुन्छ ।

आफ्नो सत्ता स्वार्थलाई पूरा गर्न तयार गरिएको कथित गठबन्धनको नौटङ्कीले जनविरोधी खलपात्र जन्माउनुबाहेक अरू आशा गर्न सकिँदैन । नेपाल कम्युनिस्ट पार्टीको अपीललाई जनताले सहर्ष स्वीकार गरेर दलाल राज्यसत्ताको कथित चुनावविरुद्ध विद्रोह र प्रतिवाद गर्न सुरु गरेका छन् । अवश्य पनि जनताको यो विद्रोह र प्रतिवाद अझ उच्च तहसम्म लम्कनेछ । सम्पूर्ण उत्पीडित जनसमुदाय, विभिन्न पार्टी, कर्मचारी, सुरक्षा निकाय, न्यालयभित्र रहेका देशभक्त तथा राष्ट्रभक्त चिन्तन र प्रवृत्तिको एकताबद्ध सहकार्य र विभिन्न तह र तप्कामा रहेका जनसमुदायको बलियो एकताले वैज्ञानिक समाजवादको स्थापना गर्ने क्रान्तिलाई सफलताको विन्दुमा पु¥याउनेछ । नेपाल कम्युनिस्ट पार्टीको यो महान् र गौरवपूर्ण यात्रामा सहकार्य गर्न सबै तयार बनौँ ।

(दृष्टिकोण मासिक, वर्ष २, अङ्क ३, २०७४, पुस, काठमाडौं)

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...