Wednesday, September 13, 2023

जनघातीलाई किन दिने भोट



जनघातीलाई किन दिने भोट

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ !
झुक्याउन फेरि’नि बोकी आउलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट !

हाम्रो देशको नदीनाला बेचिखाने यिनै हुन्
असमान यी सम्झौताले देश ठग्ने यिनै हुन् ।
यो देशको स्रोत साधन लुटिखाने यिनै
मुल्यवृद्धि चर्काएर मस्ती गर्ने यिनै
सुकुमबासी वस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाइँ गर्ने यिनै ।
जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौँ
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौँ !
झुक्याउन फेरि’नि बोकी आउलान् नोट
यी भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनतामारालाई किन दिने भोट !

जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नैपर्छ
शान्ति, समानता, समृद्धिलाई वैज्ञानिक समाजवाद ल्याउनैपर्छ ।
उत्पीडित श्रमिकहरू सबै मिली उठौँ
राष्ट्रभक्त नेपाली हो जुर्मुराउँदै हिंडौँ
एकीकृत जनक्रान्तिको महासमरमा बढौँ
मक्किएको यो व्यवस्था एकधक्कामा फालौँ
जनसत्तालाई ... ।।

कथित चुनाव खारेज अभियानको सन्दर्भमा तयार पारिएको एउटा गीतका शब्दहरू हुन् यी । २०७४ वैशाख १ गते यो गीत लेखेँ र सङ्गीत पनि तयार भयो । हतार–हतार रेकर्ड पनि गरियो । सामना परिवारका थुप्रै कलाकारले गीत गाउनुभयो । यो गीतमा दलाल सत्ताका अङ्ग–रक्षकहरूको चरित्र र कथित चुनावको सन्दर्भलाई केही प्रस्ट्याउन खोजिएको छ । कथित चुनावमा जनताको प्रतिकार जारी छ । बम विस्फोटका घटनाहरू रोकिएको छैन । सङ्कटकालमा जस्तो गरी सेना परिचालन गरिएको छ । संसद्वादी दल, सुरक्षाकर्मी र निर्वाचन आयोग एक–अर्कालाई दोष देखाउँदै आफू चोखो बन्ने होडबाजीमा लागेका छन् ।

कथित आचार–संहितालाई लत्याउँदै दलाल र पैसावाला उम्मेद्वारहरू २ किलोमिटरको बाटोमा समेत हेलीको प्रयोग गरेर राज्यकोषको दुरुपयोग गरिरहेका छन् । राजनीति पैसावाला दलाल र ठेकेदारको हातमा पुगेको छ भन्ने कुरा जनतालाई बुझ्न मुस्किल छैन । संसद्वादी व्यवस्थाका मतियार देउवा, केपी, प्रचण्डलगायतहरू पुरानै प्रतिक्रियावादी– संशोधनवादी राग अलाप्दैछन् । होइन, हान्नैपर्नेहरूलाई हानेका छन्, देउवाको कार्यक्रममा पड्कियो रे नि ? केपी ओली र प्रचण्ड गएको कार्यक्रममा पनि विस्फोट भयो रे ? रामचन्द्रे, वर्षमान, जनार्दन, रामशरण महत त झन्डै पो गएनन् हई ? होइन कान्छा यी देश लुटाहालाई त ठीकै पो गरेछन् जस्तो लाग्छ, जसले गरे पनि मलाई त ठीकै पो लाग्या’छ ! हो है वा मलाई पनि ठीकै लाग्या’छ । आखिर देश लुट्ने यिनै त हुन् नि होइन र ? ताकेरै दलाल, भ्रष्टाचारी, नेतै–नेतालाई हानेका छन्, हो यिनलाई अझै पुगेन जस्तो लाग्छ ! मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाबजारको सीमाचोकस्थित ठुल्दाइको चियापसलमा भएको छलफलको सन्दर्भ हो यो । आजभोलि देशभर एकाबिहानै चोकचोक र हरेक चियापसलमा चिसोलाई पर्वाह नगरेर मानिसहरू जम्मा हुन्छन् र यस्तै–यस्तै बहस सुरु गरिहाल्छन् । ए ... बाबु, यी मूलाहरूलाई भोट दिएर केही हुनैवाला छैन, म त चुनावका दिन मासुभात खाने, घरमै मजाले सुत्ने विचार ग¥या’छु, भोट हाल्न नजा केही हुन्न, यी नकचरालाई भोट हालेर । बूढी र केटाकेटीलाई पनि त्यही भनेको छु मइलेत ! बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका १६ टाङ्सगयाबस्ती ४६ का राममान भोलनको भनाइ हो यो ।

“सर्वहारावर्गका महान् नेता माक्र्स र एङ्गेल्सले भू–दास प्रथाको पतन भएझैँ, पुँजीवादी व्यवस्थाको पनि पतन हुनेछ र पुँजीवादले सर्वहारावर्गको रूपमा आफ्नो चिहान खन्ने वर्ग जन्माउँदैछ” भनेर बताउनुभएको थियो । त्यस्तै, आज उत्तर साम्राज्यवादको पालन– पोषणमा हुर्किएको दलाल संसदीय व्यवस्थाको चिहान खन्न वैज्ञानिक समाजवादी व्यवस्थाको आँधीहुरी फैलाउनुपर्ने परिवेश सिर्जना भएको छ ।

शान्ति, समानता, समृद्धि र स्वाधीनताका लागि वर्तमान दलाल संसदीय व्यवस्था बाधक छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका लागि पनि यो व्यवस्था झनै अवरोधक छ । दलाल संसदीय व्यवस्था भनेको लुटिखाने वर्गको व्यवस्था हो । राष्ट्रलाई लुट्ने, जनतालाई ठग्ने यसको परिचय हो । त्यसैले, यो दलाल संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । जबसम्म नेपाली जनताले यो व्यवस्थालाई फालेर वैज्ञाानिक समाजवादी व्यवस्थाको स्थापना गर्न सक्ने छैनन्, तबसम्म जनताको अधिकारमाथि यिनीहरूको धावा बोल्ने क्रम रोकिनेछैन । यो विषयलाई आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले जोडतोडले उठाएको छ ।

माक्र्स–एङ्गेल्सले बताउनुभएझैँ, पुँजीपतिवर्गको विरुद्ध क्रान्तिकारीहरूले सर्वहारा क्रान्तिद्वारा आफ्नै राजनीतिक शासन सर्वहारावर्गको अधिनायकत्वले शोषकहरूको प्रतिरोधलाई चकनाचुर पारेर नयाँ वर्गहीन, कम्युनिस्ट समाजको सिर्जना गर्नुपर्छ । आज नेपाल कम्युनिस्ट पार्टी माक्र्स–एङ्गेल्सले बताउनुभएझैँ दलालवर्गको अधिनायकत्वलाई चकनाचुर पार्न चाहन्छ । जनताको मुटुमा किलासरह बनेर बसेको दलाल संसदीय व्यवस्थाको शोषणयुक्त समाजलाई जरैदेखि उखेलेर फाल्न चाहन्छ । यो सन्दर्भमा देखिएको एउटा सानो अन्तर्विरोधको झलक कथित चुनावका सन्दर्भमा पनि देखापरेको छ । संसद्वादीहरू बल लगाएर आफ्नो कथित संविधानको क्रियाशीलतालाई अघि बढाउन चाहन्छन् भने नेपाल कम्युनिस्ट पार्टी जनताको बलमा कथित चुनावी नौटङ्कीलाई ध्वस्त पार्न चाहन्छ । आजको अन्तर्विरोधको चुरो कुरा यहीमा निहित छ । 

राज्य लाचार छ, निकम्मा छ र भ्रष्ट पनि छ । बाटो हिंड्ने बटुवालाई समाउँछ, हिरासत राख्छ अनि भन्छ– बम पड्काउने मान्छे ? बजार गर्न जानेहरूलाई समाउँछ, पुलिस कस्टडीमा राख्छ अनि भन्छ– विस्फोटक पदार्थ बोक्ने मान्छे ? कसले विस्फोट बनायो, कसले बम पड्कायो, किन विस्फोट बनायो ? अत्तोपत्तो पाउँदैन । विस्फोटका बारेमा कुनै तथ्य सार्वजनिक गर्न सक्दैन अनि कतै लुगा सुकाउने १ मिटर तार र टिभीको बिग्रेको रेमोट भेट्यो भने कुर्लन्छ– बम बनाउने सामग्रीसहित गिरफ्तार !

राजनीतिक आस्थाको आधारमा नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई समात्छ, विभिन्न मुद्दामा फसाउँछ, हिरासत राख्छ, षड्यन्त्र गर्छ तर रोकिँदैन बम विस्फोटका घटनाहरू ! किरियापुत्री बसेकै अवस्थामा बैतडीका सेक्रेटरी वासुदेव जोशीलाई लतार्दै पुलिसले गिरफ्तार ग¥यो । बेहोस अवस्थामा रहेका आफ्नो छोरालाई आईसीयुमा उपचार गराइरहेका पार्टीका पीवीएम वीरजङ्गलाई काठमाडौंबाट अपहरण शैलीमा पुलिसले समात्यो । ८८ वर्षका नन्दन अर्याल र ८५ वर्षका दरोगालाई बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुलिसले हिरासतमा लियो । दुर्घटनामा सिकिस्त परेको बिरामी अस्पतालमा उपचार गराउँदा–गराउँदै अस्पतालकै बेडबाट सीसीएम सुमनलाई विराटनगर न्युरो अस्पतालबाटै प्रहरीले समात्यो ।

आफैँ बिरामी अवस्थामा घरमा लडिरहेका दाङका मकर ओलीलाई पनि पुलिसले छोडेन । विद्यार्थीलाई पढाइरहेकै अवस्थामा ताप्लेजुङका शिक्षिका सुशीला गौतमलाई स्कुलकै कक्षा कोठाबाट गिरफ्तार गरेर लग्यो । निर्वाचनकै सन्दर्भमा गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुँदा बुटवलको पत्रकार प्रकाश डुम्रेलाई पत्रकार सम्मेलनस्थलबाटै समातियो । मानवअधिकारका लागि अहोरात्र खट्ने निर्वाचन आयोगले पर्यवेक्षकका लागि परिचयपत्रसहित पर्यवेक्षणमा हिंडेका मानवअधिकारकर्मी रौतहटका होमप्रसाद गौतमलाई समेत हिरासतमा कोच्यो । यी त केही नमूना सन्दर्भ मात्र हुन् लाचार सरकारको गिरफ्तारीको । यी र यस्ता गतिविधि के हुन्, राज्यले बोल्नुपर्दैन ? कथित ठूला पार्टीका नेताहरूले भन्नुपर्दैन ?

कथित लोकतन्त्रका मसिया ठान्नेहरूले देख्नुपर्दैन ? क्रान्तिकारी जनताले बुझेकै छन् कि क्रान्तिकारीहरूका लागि राज्यका दमन उत्प्रेरणाका सन्दर्भहरू बन्ने गर्दछ । राज्यको दमनले प्रतिबद्धतालाई जगाउने गर्दछ । विचारमा आक्रोशको ज्वाला थपेर दन्का ने गर्दछ । त्यसले ठूला–ठूला विस्फोटहरू बोकेर ल्याउँछ । त्यही विस्फोटको भुँवरीमा परेर ठूला–ठूला तानाशाहहरू खरानी हुन्छन् । हामीले यति मात्र भन्न सक्नेछाँै कि हेक्का रहोस्, तिम्रा यो नौटङ्की तालले तिम्रो स्वार्थको स्वर्गलाई बचाउन सक्नेछैन । तिम्रो एकलौटी कालोयुद्ध जनताले स्वीकार गर्नेछैनन् । आतङ्कवादको नाममा युद्धको सहारामा आफ्नो स्वार्थ पूरा गर्ने तिम्रा अभीष्टलाई कदापि जनताले पूरा हुन दिनेछैनन् ।

जसरी चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव छन् तु स्यूको दक्षिणपन्थी अवसरवादी गुटको नेतृत्वले गर्दा सन् १९२४ देखि १९२७ सम्मको क्रान्तिकारी नीतिमा गडबड गरेर पार्टीको नीतिमा गम्भीर भड्काव पैदा भयो । जसको कारणले गर्दा तत्कालीन अवस्थामा क्रान्तिमा ठूलो क्षति व्यहोर्नुप¥यो । त्यसैगरी तत्कालीन माओवादीको नेतृत्वमा रहेर प्रचण्ड– बाबुराम मण्डलीले गरेको गभ्भीर गल्तीले गर्दा आज नेपालको क्रान्तिकारी आन्दोलनमा समेत ठूलो धोकाधडी भएको छ । यो अवस्थाबाट मुक्त बन्दै एकीकृत जनक्रान्तिको महासमरलाई अघि बढाउन विप्लवको नेतृत्वमा पुनर्गठित पार्टी नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको शिरलाई उँचो बनाउने अभियानमा लामबन्द बनेका छन् । दाङ जिल्लाको तुलसीपुरमा भएको देउवाको कार्यक्रमका दौरान भएको विस्फोटनमा परेर एक जना म्यादी प्रहरी चौधरीको ज्यान गयो ।

राजनीतिक–वृत्तमा र अहिले सुरक्षा निकायहरूमा पनि व्यापक बहस हुन थालेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चरित्र राजनीतिक हो वा होइन ? के यो पार्टी साँच्चिकै आतङ्कवादमा विश्वास राख्दछ ? के यो पार्टीले उठाएका मुद्दाहरू राजनीतिक छैनन् ? यस्ता बहसमा घोत्लिन थालेको नेपालको बौद्धिकवर्ग, सुरक्षा निकाय, मानवअधिकारकर्मी र सबैले एकपटक फेरि निधार तन्काएर सोच्नुपर्ने बेला भएको छ । 

‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेजस्तै कथित विश्लेषक र सुरक्षाविद्को भ्रष्ट अनुहार झल्काउँदै टुप्पीदेखिको बल लगाएर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्कारी देख्ने तिम्रा कुदृष्टिको मूल्याङ्कन नेपाली जनताले गर्ने नै छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई समातेर जेल हाल्दैमा यो वैज्ञानिक समाजवादी आन्दोलन रोकिन्छ भन्ने लागेको छ भने फेरि एकपटक समाजशास्त्र, मानवशास्त्र र राजनीतिक अर्थशास्त्रको शिक्षा लिन र ‘राम राम भन्ने तर काँध नथाम्ने’ परीपाटीजस्तै एकीकृत जनक्रान्तिले तिम्रा सबै भ्रमलाई च्यातचुत पारिदिनेछ । तिम्रा सबै कुदृष्टिहरूलाई नाङ्गेझार पारिदिनेछ ।

जसरी रुसमा लोकवादीले मानव इतिहासको बुझाइ गलत थियो, इतिहासका निर्माता, वर्गहरू र वर्गसङ्घर्षहरू होइनन्, त्यसका प्रमुख व्यक्ति–नायक वीरहरू हुन् भन्दथे । त्यस्तै, आज कथित बुद्धिजीवी र सुरक्षाविद्ले नेकपाले उठाएको माग र मुद्दालाई आतङ्कवादको जामा पहिलाएर हेर्ने उनीहरूको गलत दृष्टिकोणको पनि छिट्टै पर्दाफास हुनेछ ।

चीनमा सन् १९२७ अक्टोबरमा हुनान च्याङसी सिमान्त क्षेत्रस्थित चिङकाङसान पहाडमा ऐतिहासिक क्रान्तिकारी आधारक्षेत्र स्थापना गर्दै, सन् १९२८ अप्रिलमा चु तेहको नेतृत्वमा रहेको नानछाङ विद्रोहमा भाग लिने सैन्य दललाई माओ नेतृत्वमा रहेको सैन्य दलसँग मिलाएर चिनी मजदुर तथा किसानको लाल फौजको चौथो सेनाको गरेर च्याङ क्याई सेकको नेतृत्वमा रहेको सेनालाई संयुक्त प्रतिरोध गर्दै चिङकाङसान पहाडको आधारक्षेत्रलाई जसरी सुढृढ गरिएको थियो, त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई अघि बढाउँदै दलाल संसदीय व्यवस्थाका हरेक जीवाणुहरूलाई नस्ट गर्न योजनावद्ध र सङ्गठित अभियानमा लामवद्ध भएको छ ।

दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता, दलाल सरकारको विकल्पमा जनसरकार, पुरानो सेनाको विकल्पमा नयाँ र सुदृढ जनसेना, पुरानो अदालतको विकल्पमा जनअदालतको पुनर्गठन गर्दै अघि बढेको छ । यसैको वरिपरि जनताको व्यापक समर्थनले गर्दा, कथित चुनावलाई खारेज गर्ने र जनसत्तालाई सुदृढ गर्ने अभियानले शिखर चुम्दै गएको छ । सम्पूर्ण किसान, मजदुर, युवा, विद्याार्थी, महिला, कर्मचारी, सुरक्षाकर्मी,
मध्यमवर्ग, राष्ट्रभक्त र देशभक्त शक्तिहरू एकताबद्ध हुँदै गएका छन् । पुरानो सत्ताले फैलाएका अफवाहहरूलाई चकनाचुर पार्न लामबन्द बन्दै अघि बढेका छन् ।

दलाल सत्तालाई ढाल्ने र वैज्ञानिक समाजवादी सत्तालाई आगमन गर्ने यो अभियानमा खाँचो परेको खण्डमा गोलाबारुद, बम मात्र हैन, सबैखाले क्रान्तिका औजारहरूलाई प्रयोग गर्न क्रान्तिकारीहरू कत्ति पनि पछि हट्नुहुँदैन भन्ने क्रान्तिकारी मान्यतामा अविचलित बन्दै गएका छन् । नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको कथित चुनाव खारेज अभियानले अवश्य सार्थक महत्वका साथ सफलता प्राप्त गर्दै अघि बढेको छ । जनताले फेरि पनि भन्दै गएका छन्, झुक्याउन फेरि’नि बोकी आउलान् नोट, यी राष्ट्रघातीलाई किन दिने भोट ?!

(रातोखबर साप्ताहिक, वर्ष ३, अङ्क ४५, पूर्णाङ्क १२०, २०७४ मङ्सिर, काठमाडौं)
 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...