Saturday, November 6, 2021

आऊ समाऊँ क्रान्तिका लागि

रचना÷सङ्गीत÷स्वर ः चिरन पुन 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः चमचम गर्ने खुकुरी 










आऊ समाऊँ क्रान्तिका लागि हामीले हातहरू 
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू २ 
हामीले हातहरू 

पिल्सिएका मानवजातिको मुक्तिका लागि सबै आऊ
हेपिएका श्रमिकहरूको स्वतन्त्रताका लागि आऊ २  
नसा नसामा देशभक्तिको रगत उमाल्नेहरू
शिरा शिरा राष्ट्रभक्तिको प्रेम उराल्नेहरू
आऊ जुटाऊँ क्रान्तिकालागि हामीले साथहरू 
हामीले हातहरु 

बाँधिएका रक्तपिपासुको बन्धन चुँडाल्न तिमी आऊ
मुर्झिएका विश्वक्रान्तिको ज्वारभाटा उराल्नलाई आऊ २ 
थोपा थोपामा जनक्रान्तिको बीज उमार्नेहरू 
मुटु मुटुमा क्रान्तिज्वाला निभ्न नदिनेहरू 
आऊ रमाउ क्रान्तिका लागि हामीले मनहरू 
हामीले हातहरु 
आउ समाउ क्रान्तिका लागि हामीले हातहरू
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू 
हामीले हातहरू । 
माघ, २०७४

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...