रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर
एल्बम ः क्रान्तिकारी रातो झण्डा
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर
एल्बम ः क्रान्तिकारी रातो झण्डा
निम्छरा अनुहारमा खुसीको लालीछर्ने
दासताको जञ्जीरतोड्न क्रान्तिको मसालबाल्ने २
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४
संसारबाटै रातोसूर्य अस्ताइसक्यो लाग्नेलाई
विश्वभरी क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई
सगरमाथा देश बोल्छ
हिमाल,पहाड,मधेस बोल्छ
(खोला नाला)२ छहरा बोल्छ
गाउँ सहर पहरा बोल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४
गाउँ सहरको विशेषता मध्यमवर्गको उपस्थिति
विज्ञान प्रविधि विकास र भूपरिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ
दलित मधेसी एकत्व खेल्छ
(दलाल सत्ताको) २ उत्पीडन बोल्छ
देशभक्तको एकता फुल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४
राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालोबजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजीवीको एकता बन्दै
दलालको चिहान खन्छ
(स्वाधीनताको) २ आवाज बोल्दै
जनक्रान्तिको बिहान खुल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ६
माघ, २०७३
No comments:
Post a Comment