Saturday, November 6, 2021

आठौँ महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदन

 संसद्वाद, आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सङ्घर्ष गरौँ १ माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गरौँ १ १

  • ३ ‘साम्यवाद भनेको इतिहाससिद्ध चालक हो र यसले आफ्नो समाधान आफैँ गर्छ ।’

–माक्र्स, निजी सम्पत्ति र साम्यवाद, १८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू, पृ. २९६–९७, प्रगति प्रकाशन मास्कोद्वारा अङ्ग्रेजीमा १९७५ मा प्रकाशित माक्र्स–एङ्गेल्स पूर्ण सङ्कलित रचना, ग्रन्थ ३ ।

३ ‘विज्ञानको कुनै सीधा तथा सपाट राजमार्ग हुँदैन र त्यसको प्रकाशमान शिखरसम्म त्यो नै पुग्न सक्छ जो उसको अघिल्तिर उभिएको ठाडो उकालोदेखि डराउँदैन ।’

–माक्र्स, पुँजीको फ्रान्सिसी संस्करणको भूमिका– १८७२, प्रगति प्रकाशन मस्कोद्वारा प्रकाशित हिन्दीको तेस्रो संस्करण, १९८७ ।

३ ‘पुँजीवादी विज्ञान त माक्र्सवादबारे सुन्नसम्म पनि चाहँदैन । यसले के घोषणा गर्दैछ भने यसको खण्डन भइसकेको छ र नष्ट भइसकेको छ । ...तर हरेकपल्ट अधिकृत विज्ञानद्वारा ‘समूल नष्ट’ पारिएपछि यो अझ बढी शक्तिशाली, अझ बढी जोडदार, अझ बढी ओजस्वी पो बनेको छ’– लेनिन, माक्र्सवाद र संशोधनवाद, पूर्ण सङ्कलित रचनाको ग्रन्थ ४५ मा ग्रन्थ १५ पृ.३१, १९०८ प्रगति प्रकाशन मस्कोद्वारा अङ्ग्रेजीमा प्रकाशित, तेस्रो प्रकाशन, १९७७ ।

३ ‘हामीले नीतिमा गल्ती गर्ने होइन भने सर्वहारा र पँुजीपति वर्गका स्वार्थमा सामञ्जस्य ल्याउने सुधारवादी नीति, ‘पुँजीवाद समाजवादमा विकास हुँदैछ’ भन्ने सम्झौतावादीहरूको नीति होइन, सर्वहारावर्गको सम्झौताहीन सङ्घर्षलाई निरन्तरता दिनुपर्दछ ।’

–स्टालिन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद– १९३८, ब्रुस फ्राङ्कलिनको सम्पादन तथा भूमिका लेखनसहित अङ्ग्रेजीमा प्रकाशित प्रमुख सैद्धान्तिक रचनाहरू– १९०५–१९५२, पृ. ३०२ ।

३ ‘...महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्य...विश्वदृष्टिकोणको समस्या समाधान गर्ने हो ।’

–माओ, अल्बानियाली सैन्य प्रतिनिधिमण्डलसँग भाषण– १९६७, अङ्ग्रेजीमा, माओ चुनिएका रचना, ग्रन्थ ९ को पृ. ३४१, श्रमिकवर्ग प्रचुरानालु हैदराबाद, भारत ।

१) सम्बोधन

अध्यक्षमण्डल,

सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरू,

लालसलाम १

आठौँ महाधिवेशनको सुखद र गौरवपूर्ण क्षणमा सर्वप्रथम हामीलाई सदैव क्रान्तिकारी मार्गमा अग्रसर हुन लालकिरण प्रदान गर्ने विश्वक्रान्ति, नेपाली क्रान्ति, मुख्यतः महान् जनयुद्धका आठ हजार आदरणीय सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै हजारौँ महान् बेपत्ता योद्धाहरूप्रति विशेष स्मरणसहित सम्मान प्रकट गर्दछौँ । त्यसैगरी हजारौँ महान् घाइते योद्धाहरू र नेपालका सबै क्रान्ति र जनयुद्धमा सबैखाले सहयोग गर्नुहुने आदरणीय जनताप्रति उच्च सम्मान प्रकट गर्दछौँ । कम्युनिस्ट पार्टीको यो सबैभन्दा उच्च र जिम्मेवार निकाय (महाधिवेशन) बाट महान् सहिद, बेपत्ता योद्धा, घाइते योद्धा र जनताका सपनाहरू पूरा गरिछोड्ने दृढ सङ्कल्प पनि व्यक्त गर्न चाहन्छौँ ।

अध्यक्षमण्डल र कमरेडहरू 

हाम्रो पार्टीको सातौँ महाधिवेशन भएको चार वर्ष बितेको छ । चार वर्षमा पार्टीले दलाल संसदीय व्यवस्था, भारतीय साम्राज्यवादी हस्तक्षेप र उत्तरसाम्राज्यवादीहरूका विभिन्न हस्तक्षेपविरुद्ध पेचिला सङ्घर्ष सञ्चालन गर्नुप¥यो । त्यस्तै माओवादी आन्दोलनमा पैदा भएका आत्मसमर्पणवाद, विसर्जनवाद, पलायनवाद र अकर्मण्यतावादविरुद्ध जोडदार सङ्घर्ष सञ्चालन गर्नुप¥यो । परन्तु पार्टीले ती समस्या र खराबीमाथि मूलभूत रूपले विजय हासिल गर्दै एक शक्तिशाली र क्रान्तिकारी पार्टीको आधार निर्माण गर्न सफल भएको छ । शान्तिप्रकियाका कठिन तर निर्णायक सङ्घर्षहरू र प्राप्त गरेका सफलतालाई अवलोकन गर्दा विज्ञानको मार्ग पकडेमा पीडाहरू गौरवको जननी बन्न सक्छन्; पराजयहरू विजयका आधार बन्न सक्छन् भन्ने महसुस हुन्छ ।

हामीले नेपालमा शान्ति, स्वाधीनता, समानता र समृद्धिको बाधक बनेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई परिवर्तन गर्नुछ । नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्नुछ । यो नेपाली राजनीतिको युगीन कार्यभार हो । यसलाई सामान्य मेहनत र सङ्घर्षद्वारा पूरा गर्न सम्भव छैन तर

वैज्ञानिक समाजवादको सर्वहारावर्गीय विचार र भावनालाई आत्मसात गरेर यसलाई परिपूर्ति गर्न सकिन्छ । हामीलाई विश्वास छ, यो ऐतिहासिक आठौँ महाधिवेशनले इतिहासले सुम्पिएको यो गौरवपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नेछ । अतः आउनुहोस्, हामी सबै एकताबद्ध, सङ्कल्पबद्ध र निर्भीक भएर आठौँ महाधिवेशन सफल पारौँ ।

२) भूमिका

विश्व २१ औँ शताब्दीमा प्रवेश गरेको छ । नयाँ शताब्दीसँगै राजनीतिक, आर्थिक, प्राविधिक, सांस्कृतिक क्षेत्रमा नयाँ विशेषताहरू देखापरेका छन् । विश्व राजनीति बहुधु्रवीय बन्न पुग्दा नयाँ अन्तरविरोधहरू देखापरेका छन् । साम्राज्यवाद पुरानै रूपमा नरहेर उत्तरसाम्राज्यवादी चरित्रमा पुगेको छ । विज्ञान र प्रविधिले अभूतपूर्व विकास गरेको छ । आर्थिक प्रतिस्पर्धाको चित्र नै बदलिएर कुल गार्हस्थ उत्पादनमा चीन पहिलो स्थानमा पुगेको छ । सैन्य प्रविधिको श्रेष्ठता विश्व नेतृत्वको मानक बन्न खोज्दैछ ।

माओको मृत्युपछि विश्व कम्युनिस्ट आन्दोलनमा केही महत्वपूर्ण परिवर्तन देखिएका छन् । रुस र पूर्वी युरोपमा पुँजीवादको पुनस्र्थापना भएको छ । वैज्ञानिक समाजवादी क्रान्तिमा अवरुद्धता देखापरेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन केन्द्रविहीनजस्तो बन्न पुगेको छ । पछिल्लो समयमा कम्युनिस्टहरूबीच नयाँ वैचारिक, राजनीतिक बहसहरू सकारात्मक ढङ्गले देखापरेका छन् । वैज्ञानिक समाजवादी क्रान्तिहरू विभिन्न रूपमा उठिरहेका छन् । केही देशहरूमा स्थिति उत्साहजनक देखा परिरहेको छ ।

नेपालमा माओवादी पार्टी शान्तिप्रक्रियामा प्रवेश गरेपछि केही गम्भीर परिघटनाहरू देखापरे । जनयुद्धमा पराजित संसदीय व्यवस्था अनेकौँ षड्यन्त्रद्वारा पुनस्र्थापित हुन पुग्यो । संसद्वादी दलहरू सत्तामा हाबी हुन पुगे । माओवादी मूल नेतृत्व (प्रचण्ड, बाबुराम) मा विसर्जनवाद, आत्मसमर्पणवाद र पलायनवाद देखाप¥यो । पार्टीमा क्रान्तिकारी र नवसंशोधनवादी धाराबीच भीषण दुई लाइन सङ्घर्ष सञ्चालन भयो र माओवादी पार्टी विभाजित बन्न पुग्यो ।

पार्टी पुनर्गठनपछि हामीले नेपाली क्रान्तिको नयाँ कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ संश्लेषण ग¥यौँ । कार्यदिशाअनुरूपका सङ्गठन, राजनीति, सङ्घर्षलाई ठोस गर्दै अगाडि बढ्यौँ । हाम्रो पार्टी र क्रान्ति नै लोकप्रिय र वैकल्पिक शक्ति बनिरहेको छ । यो देखेर उत्तरसाम्राज्यवादी र दलाल तत्वहरू सशङ्कित र तरङ्गित हुन पुगेका छन् । उनीहरू क्रान्तिको ज्योति र क्रान्तिको मुनालाई निभाउन र निमोठ्न रातारात सक्रिय भएका छन् । परन्तु क्रान्तिको दियो झन्पछि झन् फैलिँदै र चहकिलो बन्दै गएको छ ।

विश्वमा फेरिएका अन्तरविरोध र चर्किरहेका सङ्घर्षहरू, विश्वव्यापी रूपमा विकसित विज्ञान र प्रविधि, कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका पराजय र पुनर्उत्थानका प्रयत्नहरू, नेपाली राजनीतिक आन्दोलनमा देखापरेका धोका–बेइमानी, माओवादी आन्दोलनमा आएको विचलन र विघटन, त्यसका विरुद्धमा क्रान्तिकारीहरूले सञ्चालन गरेका भीषण दुई लाइन सङ्घर्ष र पार्टी पुनर्गठन, पार्टीले पहिलो राष्ट्रिय सम्मेलनबाट गरेको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाको संश्लेषणसहित हामी आठौँ महाधिवेशनमा उपस्थित छौँ ।

महाधिवेशन कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय हो । यो श्रमिक वर्ग, पार्टी सदस्य, कार्यकर्ता र नेताहरूको सामूहिक प्रतिनिधित्व गर्ने श्रेष्ठ थलो हो । यसले गर्ने संश्लेषण, लिने निर्णय र बनाउने योजनाले सिङ्गै जनता र देशको भविष्य निर्धारण गर्दछ । हामी देशभरबाट ६ सय प्रतिनिधि र ३ सय पर्यवेक्षकको सहभागितामा यो गहन कार्यभार पूरा गर्न उपस्थित छौँ । यो महाधिवेशनप्रति स्वभावतः विश्वभरिका भाइचारा पार्टी, कम्युनिस्टहरू र नेपाली जनताको ठूलो चासो र अपेक्षा छ । हामीलाई पूर्ण विश्वास छ– कालो बादललाई रातो सूर्यका किरणले चिरेर उज्यालो क्षितिज खोलेजस्तै यो महाधिवेशनले नेपाली क्रान्तिका प्रतिकूलताहरूलाई चिर्दै वैज्ञानिक विचार, नीति, कार्यक्रम र योजनाहरू संश्लेषण गर्न पूर्ण सफल हुनेछ ।

३) अन्तर्राष्ट्रिय परिस्थिति

विश्व २१ औँ शताब्दीमा बढिरहेको छ । २१ औँ शताब्दीमा बढिरहँदा यसका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक विशेषताहरू हुन पुगेका छन् । नयाँ विशेषताका कारण राजनीतिक एवम् आर्थिक अन्तरविरोधहरू पनि बदलिएका छन् ।

यो शताब्दीको कम्युनिस्ट आन्दोलन पनि नयाँ स्थितिमा छ । पराजय, विचलन र पुनर्गठनका परिघटनाहरू अगाडि आएका छन् । क्रान्तिहरू केही सतहमा र केही सतहभित्र ज्वारभाटाका रूपमा चलिरहेका छन्् । पुँजीवादी संसदीय व्यवस्था सङ्कटग्रस्त हँुदै गएको छ । वैज्ञानिक समाजवादी क्रान्ति पुनः अगाडि आउने सम्भावना बढेको छ । विश्वको यस्तो राजनीतिक, आर्थिक, प्राविधिक विशेषतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

क) राजनीतिक चरित्र

विश्व २० औँ शताब्दीबाट २१ औँ शताब्दीमा प्रवेश गर्दा बदलिएका मुख्य राजनीतिक विशेषताहरू निम्न छन् ।

१) बहुध्रुवको निर्माण

२) उत्तरसाम्राज्यवादी चरित्र

३) अन्धराष्ट्रवादको प्रयोग

४) उच्चतम सैन्य शक्तिको विकास

५) पुँजीवाद र संसद्वादको सङ्कट

१) राजनीतिक दृष्टिले बहुध्र्रुवको विकास महत्वपूर्ण परिवर्तन हो । पूर्वसोभियत सङ्घको विघटनपछि स्वघोषित रूपमा एकधु्रवीय बन्न पुगेको अमेरिकी साम्राज्यवाद यतिबेला तोडिएको छ । एकातिर अमेरिकी धु्रव छ भने अर्कोतिर रुसी धु्रव रहेको छ । चीनले पनि एउटा शक्तिका रूपमा आफूलाई विकास गर्दैछ । क्षेत्रीय स्तरमा नयाँनयाँ शक्ति केन्द्रहरू देखापर्दैछन् ।

विश्व बहुधु्रवीय बन्ने क्रमसँगै नयाँ सङ्घर्ष र युद्धहरू सुरु भएका छन् । केही वर्ष अगाडिसम्म अमेरिकाले कमजोर देशहरूविरुद्ध एकतर्फी रूपमा चलाइरहेका युद्धहरू बदलिएका छन् । आज रुस पनि युद्धमा उत्रिएको छ । यता चीन पनि युद्धमनस्थितिमा तानिँदै गएको छ । अर्कोतिर मध्यपूर्वमा साम्राज्यवादविरोधी युद्धहरू बढ्दै गएका छन् । युद्धबाट भइरहेको क्षति हेर्दा भयावह छ । तथ्याङ्कअनुसार मध्यपूर्वमा मात्र दस लाखभन्दा बढीको मृत्यु भएको छ भने खर्बौं डलरबराबरको क्षति भएको छ ।

अमेरिकी योजनामा भएको टर्कीको सैन्य कु असफल भएपछि टर्की अमेरिकी धु्रवबाट रुसी धु्रवमा पुग्ने सम्भावना बढेको छ । दक्षिण चीन सागरको सीमा विस्तारलाई लिएर भइरहेको विवाद यथावत् नै छ । संयुक्त राष्ट्रसङ्घको अदालतले चीनको सीमा विस्तारलाई मान्यता नदिने गरेको गलत निर्णय र राष्ट्रसङ्घ अदालतको निर्णयलाई चीनले मान्न अस्वीकार गरेको घटना निकै पेचिलो बनेको छ ।

उत्तरकोरियाको अणुबम परीक्षणलाई लिएर अमेरिकाले दक्षिणकोरियामा जडान गर्न थालेको उच्चशीतोष्ण सुरक्षा प्रतिरोध प्रणाली (थाड) को विषयले रुस, चीन र अमेरिकाबीच तनाव उत्पन्न भइरहेको छ ।

हालै भारत नियन्त्रित कास्मिरमा कास्मिरी विद्रोहीले आक्रमण गरेपछि भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य हमलाको प्रचार र पाकिस्तानले गरेको प्रतिक्रियाले त्यो क्षेत्र अरू तनावपूर्ण बन्दै जाने देखिएको छ ।

अगस्टमा कोलम्बियाको क्रान्तिकारी विद्रोही शक्ति फार्क र सरकारबीच गृहयुद्ध रोक्ने शान्तिसम्झौता भयो । उक्त सम्झौतालाई अमेरिकी उक्साहटमा जनमतसङ्ग्रहद्वारा अस्वीकृत गर्न लगाइएको विषय पनि गम्भीर खालको छ । यी सबै बहुधु्रवकै अभिव्यक्ति हुन् ।

२) विश्व उत्तरसाम्राज्यवादी चरित्रमा प्रवेश गर्नु अर्को राजनीतिक विशेषता हो । दोस्रो विश्वयुद्धको अन्त्य, शीतयुद्धको आरम्भ, सोभियत सङ्घको पतन र नयाँ धु्रवको विकासले साम्राज्यवाद उत्तरसाम्राज्यवादमा पुगेको छ । उत्तरसाम्राज्यवादका विषयमा सैद्धान्तिक महत्वको शीर्षकमा उल्लेख गरिनेछ ।

३) शक्ति राष्ट्रहरूमा देखापरेको अन्धराष्ट्रवाद तेस्रो राजनीतिक विशेषता हो । रुसमा पुटिनले दिएको रुसी राष्ट्रियताको नारा, बेलायतले जनमतसङ्ग्रहद्वारा ईयूबाट बे्रक्जिट (अलग) हुने गरेको निर्णय, अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले दिएको अमेरिकालाई फेरि महान् बनाउने नारा, अमेरिकाबाट आप्रवासीलाई धपाउने, मुस्लिमलाई अमेरिका पस्न नदिने र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा, भारतमा मोदीले दिएको ‘मेकिङ इन्डिया’ को नारा र चिनियाँ राष्ट्रपति सीले दक्षिण समुद्री सीमा विस्तार गर्न लिएको निर्णय आदिले विश्वराजनीतिमा पुनः अति राष्ट्रवाद वा अन्धराष्ट्रवाद बढ्ेको प्रस्ट देख्न सकिन्छ । शक्ति राष्ट्रहरूमा अन्धराष्ट्रवाद बढ्नुको अर्थ विश्व भयानक युद्धको नजिक जानबाहेक अर्को हुँदैन ।

४) उच्चतम सैन्य शक्तिको विकास चौथो राजनीतिक विशेषता हो । विश्वमा शक्तिको मापन सैन्य श्रेष्ठतामा गरिँदैछ । सैन्य श्रेष्ठता अत्याधुनिक सैन्य प्रविधिद्वारा निर्धारित भइरहेको छ । बीसौँ शताब्दीसम्म हाबी रहेको स्थल र हवाई सैन्य शक्तिको ठाउँ अत्याधुनिक हवाई, साइबर र क्षेप्यास्त्र सैन्य शक्तिले लिँदै गएको छ । अन्तरमहाद्विपीय क्षेप्यास्त्रप्रणाली, नक्षत्र क्षेप्यास्त्रप्रणाली र प्रतिरोध क्षेप्यास्त्रप्रणाली यसको केन्द्र भागमा रहेका छन् ।

५) पुँजीवादी संसद्वादी व्यवस्थाको सङ्कट यतिबेलाको पाँचौँ राजनीतिक विशेषता हो । उत्तरसाम्राज्यवादले जति नै राजनीतिक, आर्थिक, सैनिक शक्तिको प्रयोग गरे पनि यसले विश्वलाई शान्ति, स्थिरता र समृद्धि दिन सकेको छैन । बरु विश्वमा यही व्यवस्थाको असफलताका कारण भयानक युद्धहरू फैलिँदै गएका छन् । एकपछि अर्को देशमा पुरानो सत्ताविरुद्ध विद्रोहहरू जन्मिने गरेका छन् । लेनिनले भन्नुभएको छ, ‘साम्राज्यवाद भनेको युद्ध हो । शान्तिको सर्त वैज्ञानिक समाजवाद मात्र हुन सक्छ ।’ आज पनि यो बहस अगाडि आएको छ ।

ख) आर्थिक चरित्र

यो शताब्दीमा आउँदा विश्वको आर्थिक चित्र पनि बदलिँदै गएको छ । दोस्रो विश्वयुद्धपछि शीतयुद्धकालमा साम्राज्यवादी शक्तिहरूले अगाडि सारेको उदारीकरण असफल भएको छ भने नयाँ खालका आर्थिक विशेषताहरू देखापरेका छन् । चीन विश्व बजारको प्रतिस्पर्धामा उत्रिएर विश्वकै दोस्रो आर्थिक शक्ति बन्न पुगेको छ । आर्थिक चरित्रका दृष्टिले साम्राज्यवाद उत्तरसाम्राज्यवादमा पुगेको छ । खासगरी वैज्ञानिक समाजवादको लोकप्रियताबाट अत्तालिएको पुँजीवाद र साम्राज्यवादले कयौँ क्षेत्रमा समाजवादका विशेषताहरूलाई आफ्नो तरिकाले प्रयोग गर्दै आफ्नो चरित्र सुरक्षित गर्ने कोसिस गरिरहेको छ । वर्तमान विश्वका आर्थिक विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

१) उदार अर्थप्रणालीको असफलता

उदारीकरणको असफलता आजको एउटा विशेषता हो । दोस्रो विश्वयुद्धपछि शीतयुद्धकालमा पुँजीवादले उदारीकरण र निजीकरणको नीति अगाडि बढायो । यसको उद्देश्य विश्व बैङ्क, विश्व मुद्राकोष, ठूला वित्तीय संस्थालाई विश्वभर विशेषतः तेस्रो मुलुकहरूमा प्रवेश गराउने, ती राष्ट्रका नियमकानुनहरूलाई बदलेर वित्तीय संस्थाअनुरूप बनाउने, ठूलो पुँजीलाई निर्बाध

रूपले लगानी गर्न दिने, जनताको सस्तो श्रमलाई उपयोग गर्ने, पुँजीलाई भूमण्डलीकृत गर्ने रहेको थियो । उनीहरूले यसलाई पुँजी, सुविधाको विस्तारद्वारा जनताको स्तर उठाउने प्रचार गरेका थिए तर बीसौँ शदीको अन्त्यसँगै उदारीकरणको प्रयोग पनि असफल हुन पुगेको छ । विश्वको अर्थतन्त्र पुनः अन्धराष्ट्रवाद र अतिकेन्द्रित विशेषतातर्फ फर्किएको छ ।

२) निगम पुँजीको प्रयोग

साम्राज्यवादले २० को आठौँ दशकबाट निगम पुँजीको प्रयोग ग¥यो । उदारवादको असफलतासँगै निगम पुँजीको प्रयोग अगाडि आएको छ । निगम पुँजीको प्रभुत्व चौतर्फी देखिन्छ । पहिले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष आदिबाट काम गर्दै आएको साम्राज्यवादले पछिल्लो समयमा निगम पुँजीको प्रयोगमा विशेष जोड दिएको छ । यसको प्रमुख चरित्र भनेको आर्थिक उत्पादनको सम्पूर्ण क्षेत्रलाई केन्द्रीकृत संरचनाअन्तर्गत परिचालन गर्ने रहेको छ । यसले पुँजीको उत्पादन, विनिमय, वितरण सबैलाई एउटै डालोबाट नियन्त्रण गर्दछ ।

निगम पुँजीको प्रभाव आर्थिक बजारमा मात्र नरहेर राजनीतिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, स्वास्थ्य आदि क्षेत्रसम्म फैलिएको छ । खुलेआम चर्चा छ कि पुँजीवदी राष्ट्रहरू (अमेरिका, भारत, युरोप र एसिया) मा देशको राजनीतिक नेतृत्व कसलाई दिने भन्ने निर्णय निगम पुँजीपतिहरूको हातमा पुगेको छ । त्यसैगरी समाजमा कस्तो संस्कृति जन्माउने, हुर्काउने र फैलाउने, कुन धर्मलाई प्रोत्साहन गर्ने भन्ने मामिला पनि निगम पुँजीपति वर्गद्वारा निर्धारित हुने गरेको छ ।

३) चीनको तीव्र आर्थिक विकास

यो शताब्दीको अर्को आर्थिक विशेषता चीनको तीव्र आर्थिक विकास र चीनले हासिल गरेको दोस्रो स्थान रहेको छ । बीसौँ शताब्दीको अन्त्यमा विश्व बजारमा प्रवेश गरेको चीनले आर्थिक क्षेत्रमा तीव्र विकास गर्दै विश्वको दोस्रो स्थान लिन पुगेको छ भने गार्हस्थ उत्पादनमा अमेरिकालाई उछिन्दै पहिलो हुन पुगेको छ । चीनको आर्थिक विकाससँगै गठन भएको ब्रिक्स र ब्रिक्सको नेतृत्वमा स्थापना भएका न्यु डेभलपमेन्ट बैङ्क र एसियन एन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्कजस्ता संस्थाहरूले अमेरिकाको नेतृत्वमा सञ्चालित विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोषको एकलौटी प्रभुत्वलाई कमजोर बनाउँदै लग्ने अवस्था छ । केही विश्लेषकहरूको दृष्टिमा चीनको आर्थिक विकास विश्वमा ठूलो युद्धबिना गरिएको विकास हो ।

४) आर्थिक उत्पादनमा जोड

उत्तरसाम्राज्यवादले पछिल्लो समयमा आफ्नो प्रभाव क्षेत्रहरूमा आर्थिक उत्पादनमा निकै जोड दिने गरेको छ । विश्वका रणनीतिक र सामरिक महत्वका क्षेत्रमा दलालहरू खडा गर्ने, ती देशहरूमा आफ्ना कम्पनी र कारखानाहरू खडा गर्ने, त्यहाँका जनताको सस्तो श्रमलाई उपयोग गर्ने र आर्थिक वृद्धिमा जोड दिने नीति साम्राज्यवादले लिएको छ । पैसा उसकै, उद्योग उसकै, प्रविधि उसकै, केबल श्रम र बजार मात्र प्रयोग गरी भौतिक सुविधा दिएर राजनीतिक रूपले प्रभुत्व जमाउने काम गर्दै आएको छ । श्रमिक वर्गलाई अधिकार, मुक्ति र स्वाधीनताको चेतनाबाट सम्पूर्ण रूपले यन्त्रजस्तो बनाएर राजनीतिक सत्ता टिकाउनमा लागेको देखिन्छ । यसलाई उनीहरूले उदार अर्थप्रणालीको संज्ञा दिन खोजे पनि यो आर्थिक विशेषता यो शताब्दीको विशेषता हो । दक्षिणकोरिया, मलेसिया, साउदी अरब, कतार, सिङ्गापुर आदि यसका उदाहरणहरू हुन् ।

५) समन्वयकारी रूपको प्रयोग

यो शताब्दीमा उत्तरसाम्राज्यवादले आर्थिक क्षेत्रमा प्रयोग गरेको समन्वयकारी आर्थिक रूप पनि एउटा विशेषता बनेको छ । यसको प्रयोग आर्थिक उत्पादन र वितरण गर्न खोजिएको छ । उत्पादनमा मालिक र श्रमिकको बीचमा रहेको अन्तरविरोधलाई भ्रमित गर्न र वर्गसङ्घर्षलाई भुत्ते पार्न यस्तो रूपलाई प्रयोग गरिएको छ । उद्योगहरूमा मजदुरको सेयरको व्यवस्था, मुनाफाबाट बोनस र अतिरिक्त वेतनको व्यवस्था, मुनाफाको सानो हिस्साबाट श्रमिकको जीवन व्यवस्थापन र सामाजिक कार्यमा विनियोजन यसका उदाहरणहरू हुन् ।

६) भूमण्डलीकृत चरित्र

उत्तरसाम्राज्यवादले पछिल्लो समयमा पुँजीको चरित्रलाई भूमण्डलीकृत गरिदिएको छ । गतिशीलता र भूमण्डलीकृत यसको विशेषता बनेको छ । पुँजीपतिले आफ्नो पुँजीलाई केन्द्रबाट आधुनिक प्रविधिको उपयोग गर्दै मुनाफाको सर्तमा जता पनि पठाउन सक्ने र जताबाट पनि फिर्ता गर्न सक्ने विशेषतामा ढालेको छ । यसलाई कुनै ठाउँविशेषको मतलब नभई मुनाफासँग मतलब छ । मुनाफा हुन्छ भने विश्वको कुनै पनि कुनामा पुग्न तयार हुन्छ । मुनाफा छैन भने सुविधा सम्पन्न ठाउँमा पनि रहँदैन । पृथ्वीको कुनै पनि भूभाग यसको पहँुचबाट बाहिर छैन ।

६) उपभोगवादी चरित्र

उत्तरसाम्राज्यवादले पछिल्लो समयमा पुँजीको चरित्रलाई अधिकतम रूपले उपभोगवादी बनाइदिएको छ । एउटा शबद नै खुब प्रचलनमा रहेको छ– प्रयोग गर्नु र मिल्काउनु (ग्कभ बलम तजचयध) । यसको मतलब हो पुँजीको लगानी र उत्पादन नागरिकको आवश्यकतासँग सम्बन्धित नभएर पुँजी निर्यात गर्ने देश र पुँजीपतिलाई बढीभन्दा बढी फाइदा कसरी हुन्छ, कसरी बजार ठूलो बनाउन सकिन्छ, कसरी नागरिकलाई उपभोगका लागि तान्न सकिन्छ भन्नेसँग मात्र सरोकार छ ।

उपभोगवादी चरित्रले मानवीय जीवनका मूल्य, मान्यता, आदर्श, संस्कार सबैलाई तहसनहस गर्दै मान्छेलाई पुँजीको खेलौना बनाइदिने गरेको छ ।

ग) सैन्य चरित्र

२१ औँ शताब्दीमा पुग्दा विश्वको सैन्य चरित्र पनि बदलिएको छ । दुनियाँको नियन्त्रण र सञ्चालन सैन्य शक्तिको भरमा गरिँदैछ । बदलिएको सैन्य चरित्रलाई बुझ्न हामी निम्न विशेषताहरू उल्लेख गर्न सक्छौँ ः

१) सैन्यीकृत विश्व

सैन्यीकृत विश्व आजको विशेषता बनेको छ । विश्वराजनीतिको केन्द्रमा सैन्य शक्ति रहेको छ । शक्ति केन्द्रको मापन पनि सैन्य शक्तिका आधारमा गरिन्छ । पूर्वसोभियत सङ्घको समयमा नेटो र वार्सा प्याक्टले विपरीत सैन्य गठबन्धनले गरेका थिए भने आज अमेरिकी गठबन्धन र रुस चीनलगायतको मोर्चा सक्रिय हुँदै गएका छन् । दुनियाँका सबै राजनीतिक एवम् आर्थिक मामिलाहरूलाई सैन्य शक्तिको प्रभावमा राखेर सुल्झाइने गरिएको छ । सैन्य प्रतिस्पर्धाको कारण विश्व विभाजन, भागबन्डा, धु्रव, प्रतिधु्रवको अवस्था सिर्जना भएको छ ।

२) अत्याधुनिक सैन्य प्रविधिको विकास

अत्याधुनिक सैन्य प्रविधिको विकास अर्को सैन्य विशेषता हो । जुनसुकै आधुनिक प्रविधि पहिले सुरक्षा क्षेत्रमा प्रयोग भएर मात्र नागरिकहरूको उपयोगमा जाने गरेका छन् । सूचना, हवाई, ऊर्जा, रसायन, सुरक्षा, यातायात सबै प्रविधिहरूमा यो लागू भइरहेको छ । नयाँ प्रविधिको अनुसन्धान पनि सैन्य आवश्यकतालाई केन्द्र राखेर गरिँदैछन् ।

३) ठूलो धनराशिको प्रयोग

सैैन्य क्षेत्रमा ठूलो धनराशिको प्रयोग तेस्रो सैन्य विशेषता हो । सबै शक्तिशाली देशहरूले आफ्नो बजेटको ठूलो हिस्सा सैन्य क्षेत्रमा लगानी गरिरहेका छन् । अमेरिकाले सेनामा लगानी गरेको बजेट विश्वका अधिकांश देशको कुल बजेटभन्दा कयौँ गुणा बढी रहेको छ । अमेरिकी सैन्य बजेट नेपालको कुल बजेटको ५८ गुणा ठूलो रहेको छ । त्यसैगरी रुस, चीन, भारत, ब्रिटेन आदि देशका सैन्य बजेट पनि निकै ठूलो परिमाणमा रहेका छन् । शक्ति राष्ट्रहरूले सैन्य क्षेत्रमा खर्चिरहेको रकम मानवजीवनको सुधारमा लगाउने हो भने पनि विश्वले आजको गरिबी भोग्नु पर्नेछैन ।

४) दक्ष जनशक्ति प्रयोग

दक्ष जनशक्तिको प्रयोग चौथो सैन्य विशेषता हो । सबै शक्ति राष्ट्रहरूले सबैभन्दा दक्ष जनशक्ति सेनामा प्रयोग गरिरहेका छन् । बीसौँ शताब्दीसम्म बलियो मानिएको स्थल सेना घटाउँदै हवाईसेना, साइबर सेना र आईटी सेनामा शक्ति बढाइँदैछ । अमेरिका, रुस, चीन, ब्रिटेन आदि देशमा हवाईसेनाको सङ्ख्या लाखौँ पु¥याइएको छ ।

घ) सामाजिक विशेषताहरू

२१ औँ शताब्दीमा पुग्दा विश्वका सामाजिक विशेषताहरू पनि नयाँ बनेका छन् । खासगरी उत्तरसाम्राज्यवादी, दलाल पुँजीवादी राजनीतिक विशेषताहरूका कारणले नयाँ सामाजिक स्थिति बनेको हो जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

१) पुँजीवादी विश्व व्यवस्था

पुँजीवादी विश्व व्यवस्था यो शताब्दीको पहिलो सामाजिक विशेषता हो । पूर्वसोभियत सङ्घ विघटन भएपछि विश्वमा अस्थायी रूपले भए पनि पुँजीवाद हाबी हुन पुगेको छ । अमेरिकी नेतृत्वमा उत्तरसाम्राज्यवाद हाबी भइरहेको छ । अमेरिकाले संयुक्त राष्ट्रसङ्घमार्फत शासनलाई पनि कम गर्दै प्रत्यक्ष नेतृत्व र निर्देशन गर्न खोजिरहेको छ । यसलाई विश्व व्यवस्थाका रूपमा हेरिएको छ ।

२) नवऔपनिवेशिक अवस्था

नवऔपनिवेशिक अवस्था आजको अर्को सामाजिक विशेषता हो । शीतयुद्धकालको अन्त्यपछि साम्राज्यवादको चरित्रमा परिवर्तन भयो । साम्राज्यवाद राजनीतिक रूपले उत्तरसाम्राज्यवादमा पुग्दा साम्राज्यवादी कालको उपनिवेशवाद बदलिएर नवउपनिवेशमा पुगेको छ । यसको विशेषता भनेको राजनीतिक र आर्थिक क्षेत्रमा दलालहरू खडा गरेर राज्यको समग्र नेतृत्व आफ्नो नियन्त्रणमा राख्ने हो । दलालहरू रूप र अनुहारमा सम्बन्धित देशकै भए पनि अर्थ, सुरक्षा, राजनीतिको नेतृत्व शक्तिकेन्द्रको हातमा कायम हुन्छ । यस्तो सामाजिक अवस्था नेपालजस्ता अविकसित देशमा मात्र नभएर जापान, दक्षिणकोरिया, जर्मनी, मलेसियाजस्ता आर्थिक रूपले विकसित देशमा पनि रहेको छ जहाँ अमेरिकी सेना तैनाथ छ र मुख्य नीतिहरू ऊबाट नै निर्देशित छन् ।

३) प्राविधिक समाजको विकास

प्राविधिक समाजको विकास तेस्रो विशेषता हो । १९ औँ र २० औँ शताब्दीमा विज्ञान र प्रविधिको सम्बन्ध यो स्तरमा जनताको हातमा आइसकेको थिएन । प्रायः प्रविधिको नियन्त्रण राज्यसँग नै थियो । परन्तु यो शताब्दीमा प्राविधिक क्षेत्रमा अभूतपूर्व क्रान्ति हुन गयो । यसलाई विज्ञहरूले चौथो क्रान्ति पनि भनेका छन् । प्रविधिमा जनताको पहुँचले गर्दा विगत कालका सामाजिक सम्बन्धहरू बदलिएका छन् । प्राविधिबिनाको समाज अपाङ्ग बन्ने स्थिति छ । प्रविधिले समाजलाई एकातिर पूरा खुला र व्यापक बनाइदिएको छ भने अर्कोतिर निकै साँगुरो र बन्द पनि बनाइदिएको छ । यसमा कम्प्युटर, टीभी, मोबाइल फोन, अनलाइन, फेसबुक, यातायात, बिजुली आदि मुख्य रहेका छन् ।

४) धार्मिक एवम् जातीय प्रवृत्ति विस्तार

धार्मिक र जातीय प्रवृत्ति विस्तार पनि आजको समाजको विशेषता बनेको छ । १९ औँ शताब्दीमै पुँजीवादले धर्मसँग सम्बन्धविच्छेद गरेको थियो । तर वैज्ञानिक समाजवादले भौतिकवादलाई जनतामा स्थापित गर्न थालेपछि उत्तरआधुनिकतावादी, उत्तरसाम्राज्यवादी प्रवृत्तिले उल्टो फन्को मार्दै धर्म र जातीयतालाई प्रोत्साहन दिन पुगेको छ । उत्तरसाम्राज्यवादले एकातिर विज्ञानलाई प्रयोग गरेर दुनियाँमा प्रभुत्व जमाउने, अर्कोतिर समाजलाई धार्मिक र जातीयकरण गर्दै दुनियाँलाई अन्धत्व लाद्ने काम गरिरहेको छ । उसले धर्मको आडमा सत्ता टिकाउने खेल खेलिरहेको छ । अर्बाैं डलर धर्मको प्रचारमा लगाएर धर्म विस्तार गर्ने कार्य गरिरहेका छन् । अन्धविश्वासलाई कतिसम्म प्रश्रय दिइएको छ भने धार्मिक ग्रन्थ छोएमा बिरामी सन्चो हुन्छ भन्नेजस्तो झूटो र भ्रामक चेतना फैलाइँदैछ । धर्मकै नाममा ठूलठूला युद्ध छेड्ने स्थिति बनेको छ ।

च) सांस्कृतिक अवस्था

२१ औँ शताब्दीमा पुग्दा विश्वको सांस्कृतिक विशेषतामा पनि परिवर्तन देखापरेको छ । विगतकालको साम्राज्यवादी, पुँजीवादी, समाजवादी सांस्कृतिक चरित्रमा फेरबदल भएको छ । विश्व उत्तरआधुनिकताको चपेटामा पर्दै गएको छ । समाजका मानवीय मूल्यमान्यताहरू विघटित र विखण्डित हुँदै गएका छन् । वर्तमान संस्कृतिका विशेषतालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः

१) उत्तरआधुनिक संस्कृति

उत्तरआधुनिकतावादी संस्कृति आजको मुख्य विशेषता हो । सबै वस्तुलाई विभाजन, विखण्डन र विसर्जनमा हेर्नु यसको सार हो । यो संस्कृतिले मानवजीवन, समाज र राज्यलाई प्रगति र परिवर्तनतिर नलगेर विकृति, विसङ्गति र अराजकतातर्फ धकेल्ने गरेको छ । यसले सबै वस्तुलाई केवल उपभोगको दृष्टिले मात्र हेर्छ । राजनीतिक दृष्टिले पुरानै राज्यव्यवस्थालाई कायम राख्न सहयोग पु¥याउँछ ।

२) उपभोगवादी चरित्र

उपभोगवादी र प्रयोगवादी प्रवृत्ति संस्कृतिको अर्को विशेषता हो । जनता, समाज र राज्यलाई फाइदा पुग्छ–पुग्दैन यसलाई मतलब हुँदैन । केवल आफ्नो ग्रुप, कम्पनी र लगानीकर्तालाई मुनाफा हुन्छ कि हुँदैन भन्नेसँग मात्र मतलब छ । यो कति उपभोगवादी छ भने निजी फाइदाका लागि जे पनि गर्न पुग्छ । समाजमा हुर्किरहेका सबै विकृतिको स्रोत यही संस्कृति बनेको छ ।

३) अप्राकृतिक चरित्र

यो संस्कृति अप्राकृतिक र अराजकतावादी पनि छ । यतिसम्म कि गर्नै नहुने पशुवत्खालका क्रियाकलाप गरिरहेको छ । पुरुषले पुरुषलाई र महिलाले महिलालाई विवाह गर्ने, पर्यावरण र प्राकृतिक हुने नाममा छाडा र अराजकतापूर्ण क्रियाकलाप सञ्चालन गर्ने, पैसाको स्वार्थमा शरीर किनबेच गर्नेजस्ता कार्यहरू यसैका परिणाम हुन् ।

उल्लिखित राजनीतिक, आर्थिक, सैनिक, सामाजिक, सांस्कृतिक विशेषताहरूले गर्दा अन्तर्राष्ट्रिय राजनीतिक अन्तरविरोधहरू पनि नयाँ विकास भएका छन् जो निम्न रहेका छन् ः

१) शक्तिकेन्द्रहरूबीचको सङ्घर्ष

शक्तिकेन्द्रहरूबीचको सङ्घर्ष पहिलो अन्तरविरोध रहेको छ । रुस र चीनको उदयले एकधु्रवीय विश्व टुट्न पुगेको छ । पूर्वसोभियत सङ्घको ठाउँ रुसले र आर्थिक शक्तिको स्थान चीनले लिँदा यो अन्तरविरोध बढ्दै गएको छ । यो अन्तरविरोधले गर्दा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा नयाँ स्थिति देखापरेको छ । उदाहरणका लागि सिरिया, युक्रेन, उत्तरकोरिया र दक्षिण चीन सागरको विवादलाई लिन सकिन्छ ।

२) शक्तिराष्ट्र र मुस्लिम देशहरूबीचको अन्तरविरोध

पश्चिमा शक्ति राष्ट्रहरू र मुस्लिम दुनियाँबीचको सङ्घर्ष दोस्रो राजनीतिक अन्तरविरोध रहेको छ । अमेरिकी जुम्ल्याहा भवनमाथि अलकायदाले गरेको हमला र कुवेतमा इराकले गरेको सैन्य हस्तक्षेपपछि अमेरिका र युरोपले अफगानिस्तान र इराकविरुद्ध सैन्य हस्तक्षेप गरे । त्यसपछि फैलिएको युद्धले मध्यपूर्वका मुस्लिम देशहरूलाई लपेटामा पा¥यो । हालै अमेरिकी राष्ट्रपति ट्रम्पले ६ वटा मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएपछि यो अन्तरविरोध अरू चर्किएर

मध्यपूर्वबाहेक एसिया, अफ्रिकाका देशहरूमा विस्तार हँुदै गएको छ । अफ्रिकाको नाइजेरिया एसियाका इन्डोनेसिया, बङ्गलादेश, पाकिस्तान आदि देशमा भएका घटनाहरू यसका उदाहरण हुन् ।

३) उत्तरसाम्राज्यवाद र समाजवादी शक्तिबीचको सङ्घर्ष

उत्तरसाम्राज्यवाद र समाजवादी शक्तिबीचको सङ्घर्ष तेस्रो अन्तरविरोध रहेको छ । यो अन्तरविरोध उत्तरसाम्राज्यवाद, दलाल पुँजीवाद र सत्तामा रहेका र नरहेका समाजवादी शक्तिसँग केन्द्रित छ । जुनसुकै बहाना बनाए पनि उत्तरपुँजीवादी–साम्राज्यवादी शक्तिहरूको एउटा सङ्घर्ष चीन, कोरिया, क्युबा, भियतनामविरुद्ध केन्द्रित छ । ती देशहरूभित्र पुँजीवादी तत्वहरूलाई विद्रोहसम्म पु¥याएर होस्, क्षेत्रीय एवम् धार्मिक विद्रोहहरू उचालेर होस्, नाकाबन्दी लगाएर होस् वा अनेक बहानामा विश्वबाट अलग गरेर होस् पुँजीवादी र साम्राज्यवादीहरूले पुँजीवाद स्थापना गर्ने सङ्घर्ष छेडिरहेका छन् । त्यसैगरी क्रान्तिमा रहेका वा क्रान्तिको तयारीमा जुटिरहेका पार्टी र शक्तिविरुद्ध उनीहरूले दृश्य, अदृश्य सङ्घर्षहरू सञ्चालन गरिरहेका छन् ।

४) दलाल तत्वहरू र जनताबीचको अन्तरविरोध

दलाल तत्वहरू र जनताबीचको सङ्घर्ष चौथो अन्तरविरोध हो । उत्तरसाम्राज्यवादले अन्य देशहरूमा बढीभन्दा बढी दलालहरू निर्माण गर्ने र दलालहरूमार्फत नै साम्राज्यवादी स्वार्थ पूरा गर्ने तरिका प्रयोग गर्दै आएको छ । दलालहरू अनुहार र नागरिकको दृष्टिले तत् देशकै हुने गर्दछन् परन्तु दलालहरूले उनीहरूका स्वार्थहरूलाई आँखा चिम्लिएर पूरा गरिदिन्छन् । उनीहरूले देशका प्राकृतिक स्रोतसाधन, जनशक्ति, अर्थतन्त्र, सुरक्षा सारा कुराहरू साम्राज्यवादीलाई सुम्पिदिने गरेका छन् । यसले गर्दा विश्वव्यापी रूपमा दलाल पुँजीवादी तत्वहरू र जनताको बीचमा सङ्घर्ष रहँदै आएको छ । हाम्रो देशमा पनि साम्राज्यवादी दलाल र नेपाली जनताबीचको अन्तरविरोध चर्किंदै गएको छ ।

५) उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको सङ्घर्ष

उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको सङ्घर्ष पाँचौँ अन्तरविरोध रहेको छ । जुन बेला साम्राज्यवादी र साम्राज्यवादी शक्तिको बीचमा युद्ध र विश्वयुद्ध हुने गर्छ त्यसबेला मात्र अन्तरविरोध उनीहरूबीचमा मुख्य बन्ने गर्छ अन्यथा सामान्यतः साम्राज्यवादी शक्ति र कमजोर देशहरूबीचमा नै सङ्घर्ष हुने गर्छ । आज मध्यपूर्वमा धर्मका नाममा होस् वा ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा लादिएका राजनीतिक हस्तक्षेपहरू नै हुन सबै सङ्घर्षहरू उत्पीडित देशसँगको सङ्घर्ष नै हो ।

निष्कर्ष

माथि उल्लेख गरिएका राजनीतिक–आर्थिक अन्तरविरोधहरूमा पनि उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्र एवम् जनताबीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोध रहेको छ ।

छ) विश्व कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन १६९ वर्षबाट अगाडि बढ्दैछ । पुँजीवादको विकासपछि खोज गरिएको वैज्ञानिक समाजवादी विचारधारा र राजनीति नयाँ शिक्षा र अनुभवसहित गतिशील छ । इतिहासमा यसले ऐतिहासिक सफलता, अतुलनीय लोकप्रियता, भयानक पराजय भोगेको छ । पीडादायी पराजय बेहोरेर पनि वैज्ञानिक समाजवादको सम्भावना कसैले पन्छाउन नसक्ने गरी अगाडि आउँदैछ । साम्राज्यवाद त्रसित छ भने केवल वैज्ञानिक समाजवादको प्रवाहबाट नै त्रसित छ । कम्युनिस्ट आन्दोलनको यो प्रवाहलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

१) प्रारम्भ

कम्युनिस्ट आन्दोलनको प्रारम्भ सन् १८४७ मा माक्र्स–एङ्गेल्सको नेतृत्वमा गठित कम्युनिस्ट लिगबाट भयो । यसले व्यवस्थित रूप सन् १८४८ को कम्युनिस्ट घोषणापत्र प्रकाशित भएपछि प्राप्त ग¥यो । यसको पहलकर्ता स्वयम् माक्र्स र एङ्गेल्स रहनुभयो । कम्युनिस्ट आन्दोलनको प्रारम्भले माक्र्सकै भाषामा ‘युरोप कम्युनिस्टको भूत’ ले काँप्न पुग्यो । उहाँहरूकै पहलमा सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रिय गठन हुन पुग्यो । माक्र्सको निधनपछि सन् १९८९ मा एङ्गेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन भयो । यस अवधिमा कम्युनिस्ट आन्दोलन युरोप, अमेरिकामा फैलिन सक्यो । सन् १८९५ मा एङ्गेल्सको निधनसँगै यसको क्रान्तिकारी चरण अन्त्य भयो ।

२) सफलता र लोकप्रियता

रुसमा बोल्सेभिक पार्टीको निर्माण भई सन् १९१७ मा महान् अक्टोबर क्रान्ति सम्पन्न भयो । भीआई लेनिनको नेतृत्वमा युरोपको पछौटे तर शक्तिशाली साम्राज्यवादी देश रुसमा समाजवादी क्रान्ति सफल भयो । रुसमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भएपछि कम्युनिस्ट पार्टीको प्रभाव र लोकप्रियता निकै बढ्यो । दोस्रो अन्तर्राष्ट्रियको संशोधनवाद पराजित र पतन भयो भने वैज्ञानिक समाजवाद एक सफल सिद्धान्तका रूपमा स्थापित बन्न पुग्यो । लेनिनको नेतृत्वमा सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रिय गठन भयो । पुँजीवादी देशहरू तीसको दशकमा गम्भीर आर्थिक मन्दीमा

पर्दा पनि सोभियत सङ्घ त्यसबाट मुक्त रह्यो । तेस्रो अन्तर्राष्ट्रको सहयोग, दोस्रो विश्वयुद्धमा समाजवादको विजयपछि समाजवादको विजय पूर्वीयुरोप, चीन, कोरिया, भियतनाम, क्युबासम्म पुग्यो । सन् १९१७ को रुसी अक्टोबर क्रान्तिदेखि सन् १९४९ को चिनियाँ नयाँ जनवादी क्रान्तिसम्मको अवधि नै विश्वकम्युनिस्ट आन्दोलन अधिकतम लोकप्रिय भएको अवधि हो ।

४) समाजवादी मार्गमा विचलन र असफलता

सन् १९५३ मा कमरेड स्टालिनको निधन र गद्दार ख्रुस्चोभ सत्तामा पुगेपछि वैज्ञानिक समाजवादी मार्गमा विचलन आयो । खु्रस्चोभले सन १९५६ मा भएको सोभियत सङ्घ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनमा तीन स (शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण सहकार्य) को धारणा ल्यायो । उसले स्टालिनमाथि हदैसम्मको तुच्छ आरोपहरू लगायो । त्यसले विश्व कम्युनिस्ट आन्दोलनमा बहस र विभाजन सिर्जना ग¥यो । माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले खु्रस्चोभी संशोधनवादको विरोध ग¥यो । साठीको दशकमा पुग्दा बहस निकै माथि पुग्यो । चीनले क्रान्तिकारी धारको र रुसले संशोधनवादी धारको प्रतिनिधित्व ग¥यो । यही बहसलाई दुई धारबीचको महाबहस भनियो ।

सन् १९९० मा पुग्दा खु्रस्चोभी लाइन बोरिस एल्सिनमा पुगेर प्रतिक्रान्तिमा पतन भयो । लेनिन–स्टालिनको नेतृत्वमा स्थापना भएको वैज्ञानिक समाजवाद विघटन भएर पुँजीवाद स्थापना भयो । संशोधनवादी लाइनकै कारण पूर्वीयुरोपका समाजवाद पनि पतन हुन पुगे । यसैलाई आधार बनाएर उत्तरआधुनिकतावादी र उत्तरसाम्राज्यवादीहरूले हल्ला मच्चाएका छन्, ‘इतिहासको अन्त्य भयो’, ‘विचारधारात्मक युगको अन्त्य भयो ।’ कम्युनिस्ट आन्दोलनको इतिहासमा यो अवधि नै सबैभन्दा उतारको अवधि हुन पुग्यो ।

५) पुनर्गठनको प्रक्रिया

माओको मृत्युपछि अन्तर्राष्ट्रिय आन्दोलन केन्द्रविहीन बन्न पुग्यो । तर रिमले ८० को दशकमा माओवादीहरूको नेतृत्व गर्ने पहल ग¥यो । त्यसैगरी भाकपा (माओवादी), इटली, टर्की, फिलिपिन्स आदि देशका पार्टीहरूले पनि साझा कामहरू गर्न प्रयत्न गरे । कामहरू प्रभावकारी हुन नसके पनि क्रान्तिकारी कम्युनिस्टहरूलाई पुनगर्ठन गर्ने पहल भइरहेको छ । पूर्वसोभियत सङ्घको विघटनपछि देखापरेको निराशालाई क्रान्तिकारीहरूले क्रमशः चिर्दै अगाडि बढ्न आरम्भ भएको छ । यो पहलमा क्रान्तिमा रहेका पार्टीहरूको प्रेरणा छ भने सचेततापूर्वक क्रान्तिकारी पार्टीहरूले गरिरहेका कामहरू पनि महत्वपूर्ण छन् । यसमा हाम्रो पार्टीको पहल पनि एक हो ।

६) स्टालिनको विषय

कमरेड स्टालिन रुसी सामाजिक जनवादी मजदुर पार्टीका एक नेता र कमरेड लेनिनका घनिष्ट कमरेड थिए । उनी उत्पीडित वर्गबाट हुर्केका सचेत, सक्षम र जनताका प्रिय नेता थिए । उनी अक्टोबर क्रान्तिका कमान्डर पनि थिए । लेनिन, स्टालिनलगायतका नेताहरूको नेतृत्वमा नै विश्वमा पहिलो सर्वहारावर्गीय क्रान्ति सफल भएर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना भएको थियो । उनले साम्राज्यवादी र संशोधनवादीहरूले गरेका सबै षड्यन्त्र र हमलालाई असफल पार्दै वैज्ञानिक समाजवादको रक्षा गरे र विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गरे । लेनिनको साथमा स्टालिन नभएको भए सम्भवतः सोभियत समाजवाद पहिले नै समाप्त हुने थियो ।

सन् १९५३ मा कमरेड स्टालिनको मृत्यु भयो र नेतृत्वमा खु्रस्चोभ पुग्यो । खु्रस्चोभले आश्चर्यजनक ढङ्गले वैज्ञानिक समाजवादको क्रान्तिकारी मार्गलाई परिवर्तन गर्दै ‘तीन स’ को धारणा ल्यायो । गद्दार खु्रस्चोभले स्टालिनमाथि समेत अस्वाभाविक र आश्चर्यजनक ढङ्गले तुच्छ र असह्य आरोपहरू लगायो । उसले स्टालिनलाई तानाशाह, हत्यारा, जँड्याहा, जुवाडेजस्ता अपशब्दले आरोपित ग¥यो । खु्रस्चोभको यो विचारविरुद्ध माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले दुई लाइन सङ्घर्ष सञ्चालन ग¥यो । सङ्घर्षमा विश्वभरका कम्युनिस्ट पार्टीहरू विभाजित हुने स्थिति आयो । चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्तिकारी धारको नेतृत्व ग¥यो भने सोभियत सङ्घले संशोधनवादी धारको प्रतिनिधित्व ग¥यो । यो सङ्घर्षलाई नै महाबहस भनियो ।

कमरेड स्टालिनप्रति गद्दार खु्रस्चोभले हमला नगर्दै उनका क्रान्तिकारी विचार र व्यक्तित्वबाट तर्सिएका साम्राज्यवादी तत्वहरूले स्टालिनलाई तानाशाहको आरोप लगाइरहेका थिए भने केही वामपन्थी बुद्धिजीवीहरूले समेत सोभियत समाजवादलाई समाजवादी सिद्धान्तअनुरूप नचलेको अनि स्टालिन कम्युनिस्ट नेताभन्दा तानाशाह भएको टिप्पणी गरिरहेका थिए । त्यसमा जर्मनीको फ्रेङ्कफर्ट स्कुलका बुद्धिजीवीहरू र अन्य विश्लेषकहरू थिए । यो प्रचार सोभियत सङ्घको विघटनपछि अझ धेरै बढ्यो । नेपालमा एमालेका केही नेताले स्टालिनबारे यस्तो विश्लेषण गर्दथे । पछि बाबुराम थपिए भने आज प्रचण्ड पनि यही निष्कर्षमा छन् । यो प्रचारबाट कयौँ क्रान्तिकारी कम्युनिस्टहरू पनि भ्रमित भएको देखिन्छ ।

स्टालिनबारे समीक्षा गर्दा हाम्रो के स्पष्ट दृष्टिकोण छ भने उनका केही कमजोरी थिए तर ती कमजोरी जटिल वस्तुस्थितिले गर्दा आउने र कामका क्रममा एक कम्युनिस्ट नेतामा हुनसक्ने कमजोरी नै थिए । किनकि स्टालिनले नै सर्वहारावर्गीय सत्तामा अरू कुनै नेताले नगरेका कामहरू गर्दै थिए र कसैले नदेखेका चुनौतीसँग लड्दै थिए । तर जसरी स्टालिनमाथि हमला भयो र भइरहेको छ त्यो सत्य होइन । बरु स्टालिनका विषयमा क्रान्तिकारी नेताहरूले गरेका केही टिप्पणी असान्दर्भिक त भएनन् भन्ने समीक्षा गर्न सकिन्छ । खासगरी लेनिनले सन् १९२४ को १२ औँ महाधिवेशनमा ‘स्टालिन

महासचिवका लागि योग्य नभएको’ भन्दै अर्को उत्तम मान्छे खोज्न गरेको टिप्पणी र माओले खुला रूपले ‘स्टालिनका ३० प्रतिशत कमजोरी थिए’ भनेर गरेको यसका उदाहरण हुन् । जुन टिप्पणीहरूले स्टालिनको क्रान्तिकारी नेतृत्व र योगदानमाथि हमला गर्न सघाउ पु¥याए ।

हामीले कमरेड स्टालिनलाई दृढताका साथ पकड्नुपर्छ । उनीमाथि थोपरिएका खु्रस्चोभी र साम्राज्यवादी आरोपहरूलाई चिर्दै उनले वैज्ञानिक समाजवादी सत्ता र अन्तर्राष्ट्रिय सर्वहारा वर्गप्रति निर्वाह गरेको जिम्मेवारीलाई स्थापित गर्नुपर्छ साथै उनको क्रान्तिकारी व्यक्तित्व र योगदानको रक्षा गर्नुपर्छ । उनले विश्व कम्युनिस्ट आन्दोलनमा प्रदान गरेका शिक्षाहरूलाई यो शताब्दीका क्रान्तिहरूमा प्रयोग गर्नुपर्छ । यसको मतलब स्टालिनका कमजोरीहरूप्रति आँखा चिम्लिनुपर्छ भन्ने होइन । नेतृत्वका हिसाबले स्टालिनबाट भएका कमजोरीहरूलाई पनि समाधान गर्नुपर्छ तर क्रान्तिकारी नेताका कमजोरीहरूलाई क्रान्तिकारी विचारको विकासबाट मात्र हटाउन सकिन्छ । हाम्रो विचारमा यो नै स्टालिनका सन्दर्भमा सही दृष्टिकोण हुन्छ ।

७) सर्वहारा सांस्कृतिक क्रान्तिबारे

सर्वहारा सांस्कृतिक क्रान्ति कमरेड माओको नेतृत्वमा सञ्चालन गरिएको सर्वहारा वर्गीय क्रान्ति हो । यो सन् १९६६ देखि सन् १९७६ सम्म चलेको थियो । यसको मूल उद्देश्य पार्टीभित्र र बाहिरबाट जन्मिएका समाजवादविरोधी विचारविरुद्ध लड्नु र ती खराब विचारबाट वैज्ञानिक समाजवादलाई रक्षा गर्नु रहेको थियो । परन्तु माओको निधनको कारण यो क्रान्ति पूरा हुन पाएन् । विश्वभरिका क्रान्तिकारीले भने सर्वहारा सांस्कृतिक क्रान्तिको मार्गदर्शनलाई पकडिरहेका छन् ।

माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न ग¥यो । नयाँ जनवादी सत्ता आठ वर्ष चलाएपछि चीनलाई वैज्ञानिक समाजवादमा प्रवेश गराइयो । विशाल जनसङ्ख्या भएको देश चीनमा नयाँ जनवाद स्थापना भए पनि सन् १९५२ देखि नै तीन खराबी र पाँच खराबी देखापरेका थिए । माओले चीनलाई समाजवादमा प्रवेश गराउन खोज्दा राष्ट्रपति ल्यु साओ चीको नेतृत्वमा विरोध गरियो । सैन्य जनरलसहितको संलग्नतामा समाजवादलाई बाधा पार्न खोजियो । ल्यु साओ ची गुटले सन् १९५६ देखि ५८ सम्म चलेको आठौँ महाधिवेशनबाट माओ विचारधारालाईसमेत हटाइदिन पुग्यो । माओले पार्टीभित्र सच्याउन अनेक प्रयत्न गरे पनि ती सजिलै समाधान हुन सकेनन्, बरु समस्याहरू धेरै बढ्न थाले । जब माओले पार्टी र सत्तामा देखापरेका पुँजीवादी प्रवृत्तिलाई सामान्य तरिकाले हल गर्न नसक्ने देख्नुभयो तब उहाँले केन्द्रमा बम वर्षा गर भन्ने नारा दिनुभयो र सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने निर्णय लिनुभयो । सन् १९६६ बाट यो विधिवत् रूपले सञ्चालन गरियो ।

सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन भएपछि पार्टी र सत्तामा देखापरेको दक्षिणपन्थी अवसरवादी, पुँजीवादी प्रवृत्तिमाथि निकै हदसम्म विजय प्राप्त भयो । परन्तु पार्टीमा दक्षिणपन्थी अवसरवादविरोधी सङ्घर्षको आडमा लिन प्याओवादी प्रवृत्ति जन्मिन पुग्यो जो दक्षिणपन्थी प्रवृत्तिभन्दा पनि खतरनाक, नेतृत्वको प्रशंसा गर्दै नेतृत्वलाई नै भौतिक हमला गर्ने स्तरमा देखाप¥यो । एकातिर दक्षिणपन्थी प्रवृत्ति, अर्कोतिर लिन प्याओवादी प्रवृत्तिसँग एकैपटक लड्नु पर्दा क्रान्तिकारीहरूलाई निकै समस्या प¥यो । यी प्रवृत्तिमाथि पूरै विजय हासिल गर्न नपाउँदै सन् १९७६ मा कमरेड माओको निधन हुन पुग्यो । माओको निधनले गर्दा सांस्कृतिक क्रान्ति पनि अधुरै रह्यो ।

सर्वहारा सांस्कृतिक क्रान्तिको सवालमा हाम्रो स्पष्ट दृष्टिकोण के छ भने माओको निधन र क्रान्तिकारीहरूको पराजयले गर्दा यो क्रान्ति पूरा हुन नपाए पनि सांस्कृतिक क्रान्तिमा माओले लिनुभएको विचार वैज्ञानिक थियो । यो विचार रुसको ख्रुस्चोभको संशोधनवादविरुद्ध र चीनमा दक्षिणपन्थी प्रवृत्तिसँग सङ्घर्ष गर्दा विकास भएको विचार हो । यसको उद्देश्य समाजवाद स्थापना भइसकेपछि पनि समाजवादी सत्ताभित्र पैदा हुने गलत विचारविरुद्ध सङ्घर्ष गर्ने विचारको विकास गर्नु थियो । माओ यो विचार दिनेमा एक हदसम्म सफल हुुनुभएको छ । हामी क्रान्तिकारी कम्युनिस्टहरू जो वैज्ञानिक समाजवादको स्थापनाका लागि लडिरहेका छौँ हाम्रा लागि सांस्कृतिक क्रान्तिको विचार अनिवार्य आवश्यकता छ । अझ भन्ने नै हो भने हामीले यो शताब्दीमा क्रान्तिको प्रक्रियामै सर्वहारा सांस्कृतिक क्रान्तिको विचारलाई आत्मसाथ गर्न जरुरी छ । आजैबाट सांस्कृतिक क्रान्तिको विचारलाई पार्टीजीवन र राजनीतिक क्रान्तिमा प्रयोग गर्न जरुरी छ । यसले हामीलाई विचारधारात्मक क्षेत्रमा आफैँलाई, कमरेडहरूलाई रूपान्तरण गर्दै वैज्ञानिक समाजवादलाई सफल पार्न मार्गदर्शन गर्नेछ ।

४) राष्ट्रिय परिस्थिति

पार्टीले २०६९ सालमा सातौँ महाधिवेशन गरेयता चार वर्ष बितेको छ । चार वर्षमा नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्थितिहरू तीव्र वेगमा फेरबदल हुन पुगेका छन् । राजनीतिक रूपले २०६३ सालदेखि चल्दै आएको शान्तिप्रकिया असफल भएको छ । दलाल पुँजीवदी संसदीय व्यवस्था लादिएको छ । भारतीय साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको छ । दलालीकरण लज्जास्पद प्रकारले बढेको छ । राजनीतिक सङ्कट कायमै छ । क्रान्तिको प्रक्रिया नयाँ प्रकारले सङ्गठित भएको छ । परिवर्तित स्थितिले नयाँ खालका राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धहरू निर्माण हुँदै गएका छन् । जनताका बीचका अन्तरविरोधहरू पनि नयाँ बनेका छन् । यी विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

१) राजनीतिक स्थिति

नेपालको राजनीतिक परिस्थिति नयाँ बनेको छ । २०६२ सालबाट सुरु भएको माओवादी र संसद्वादी दलहरूबीचको शान्तिप्रक्रिया असफल भएको छ । साम्राज्यवादीहरूको योजनामा संसद्वादी दलहरूले विस्तृत शान्तिसम्झौताको मूल मर्म लत्याएका छन् । जनतामाथि सहमतिविपरीत संसदीय राज्यसत्ता लादेका छन् । प्रचण्ड–बाबुरामहरूले जनयुद्धका विचार, राजनीति, आदर्श, मूल्यमान्यताहरूलाई परित्याग गर्न पुगे । बाबुराम विसर्जनवादमा र प्रचण्ड आत्मसमर्पणवादमा पतन भए । जनमुक्ति सेना विघटन गर्न पुगे । जनसत्ता, जनअदालन, जनप्रशासन विघटन गरिए । प्रचण्ड–बाबुरामको नेतृत्वमा चलेको जनयुद्धलाई असफल बनाइयो ।

संसद्वादीहरूले संसदीय संविधान बनाएपछि शान्ति र समृद्धि हुन्छ भन्ने खुब प्रचार गरेका थिए । केहीले त आर्थिक वृद्धिदर १० भन्दा माथि जाने विश्लेषण गरेका थिए । हामीले जनताको राज्य र जनताको संविधान नबनेसम्म शान्ति र समृद्धि हुँदैन भनेका थियौँ । आज व्यवहारतः जनताले बुझ्ने गरी संसद्वादीहरूले गरेको प्रचार झूट साबित भएको छ । संविधानपछि राज्यको गोलीबाट ६ दर्जन नागरिकको ज्यान गएको छ । सयौँजना घाइते भएका छन् । हाम्रा कमरेडहरू जेलमा थुनिएका छन् । देशको कुनै पनि भागमा शान्तिसुरक्षा छैन । आर्थिक वृद्धिदर ० मा झर्न पुग्यो । व्यापारघाटा अर्बौं पुगेको छ । भ्रष्टाचार, तस्करी, महँगी आकासिएको छ । करछली चरम छ । राज्यका उच्च तहका नोकरशाह र नेताहरू नै भ्रष्टाचारमा लिप्त छन् ।

संविधान बनेपछि भारतीय हस्तक्षेप झनै चुलिएको छ । उसले नेपालका राजनीतिक दलालहरूलाई प्रयोग गरेर देशका नदी, आर्थिक, हवाईअड्डा सबै नियन्त्रण गरेको छ । दलालहरूले कुर्ची र कमिसनको लोभमा कर्णाली, अरुण, हवाईअड्डा सुम्पिएका छन् । दलालहरू काङ्ग्रेस, एमाले, माके, कर्मचारी, उद्योगपति, प्रशासन सबैतिर बढेका छन् । बाबुरामले बिप्पा र प्रचण्डले २५ बुँदे सहमतिपत्र र एयर मार्सल सम्झौता गरेका छन् । भारतको प्रभाव कतिसम्म छ भने सत्तामा पनि आफैँ, विद्रोहमा पनि आफँै रहेर नेपाललाई घुमाइरहेको स्थिति छ ।

संविधान बनाएर संसदीय सत्ता लादेपछि हामीले संसद्वादी दलहरूको बेइमानी, विश्वासघात तथा प्रचण्ड–बाबुरामहरूको धोका, गद्दारीविरुद्ध सङ्घर्ष चलायौँ । संसद्वाद, प्रतिक्रान्ति, आत्मसमर्पणवाद, विसर्जनवादविरुद्ध विद्रोह ग¥यौँ । जनताको संविधानको खाका पेस ग¥यौँ । संसदीय व्यवस्थाको विरुद्ध जनताको सत्ता गठन गर्दै जनप्रतिनिधिसभा र जनपरिषद् निर्माण ग¥यौँ । जनगणतन्त्रको मार्ग खोल्यौँ । दलाल पुँजीवादका विरुद्ध क्रान्ति सम्पन्न गर्ने क्रान्तिकारी कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ निर्माण ग¥यौँ । प्रतिक्रान्तिमाथि एक तहको विजय हासिल ग¥यौँ ।

जनभावना, अपेक्षा र आवश्यकताविरुद्ध संसदीय व्यवस्था लादिएपछि कुनै पनि उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्र सन्तुष्ट छैनन् । जनताहरू विरोध र प्रतिरोध सङ्घर्षमा उत्रिरहेका छन् । सङ्घर्षमा कम्युनिस्ट पार्टीहरू, मधेसका क्षेत्रीय पार्टी, थारू, मगर, लिम्बू, नेवाः, मजदुर, युवा, विद्यार्थी, किसान, मुस्लिम सबै जुटिरहेका छन् । हाम्रो पार्टीले सबै जनताको भावनाअनुरूप क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाइरहेको छ ।

संसदीय संविधान बनिसकेपछि संसद्वादी दलहरूको कुर्ची झगडाले राजनीतिक सङ्कट चर्किरहेको छ । संविधान बनाउँदा एक भएका दलहरू भारतले नाकाबन्दी गरेपछि भारतपन्थी र चीनपन्थी बन्न पुगे । केपी वली भारतको इसारामा नाच्न तयार नभएपछि वा एमाले थोरै चीनतिर ढल्केजस्तो भएपछि एकातिर मधेसमा क्षेत्रीयतावादी आन्दोलन चर्कियो, अर्कोतिर भारतपन्थीहरूले केपीलाई कुर्चीबाट झिकिदिए र त्यसको ठाउँमा प्रचण्डलाई बसाए । प्रचण्ड कुर्चीमा पुगेपछि भारतको नाकाबन्दी हट्यो भने चीनको सम्बन्ध कमजोर भयो । आज पनि संसद्वादीहरू बीचमा सङ्घर्ष चर्किरहेकै छन् । एकथरी भारतसँग जोडिएका छन् भने अर्कोथरी अमेरिका, युरोप र चीनसँग जोडिएका छन् । सत्ताको रसास्वादन गर्न काङ्ग्रेस, एमाले, माकेको त्रिकोणात्मक सङ्घर्ष चलिरहेको छ । संसद्वादी दलहरूको अक्षमता र असफलताबाट फाइदा उठाउने सोचाइमा पूर्वराजावादीहरू पनि सक्रिय भइरहेका छन् । यसका लागि उनीहरूले भारतका हिन्दु अतिवादी सन्तमहन्तलाई उठाएर ल्याइरहेका छन् ।

यी सबै राजनीतिक क्रियाकलाप हेर्दा शान्तिप्रक्रिया नै कसको बीचमा सुरु भएको हो, माओवादी र संसद्वादी सत्ताको बीचमा हो कि मधेस र काठमाडौँको बीचमा हो कि, राजावादी र गणतन्त्रवादी बीचमा हो कि, भारत र नेपालको बीचमा हो कुनै स्पष्टता छैन । यो नेपालको सङ्कटपूर्ण राजनीतिक स्थिति हो ।

२) आर्थिक अवस्था

संसद्वादी सत्ता लादिएपछि राष्टको आर्थिक स्थिति निकै नाजुक अवस्थामा पुगेको छ । देशको उद्योग, कृषि, व्यापार, राजस्व सबै क्षेत्रमा गिरावट आएको छ । विदेशी ऋण थुप्रिँदै प्रतिव्यक्ति २२ हजार पुगेको छ । बेरोजगारी बढ्दो छ । दलाल पुँजीको दबदबा चारैतिर बढेको छ । आर्थिक गिरावटका कारण गरिबी रेखामुनिको जनसङ्ख्या २७ प्रतिशत पुगेको छ । यो वर्ष देशको आर्थिक वृद्धिदर जम्मा ०.७ प्रतिशतमा रह्यो । देशको आर्थिक विशेषताहरूलाई बुझ्न निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

क) औद्योगिक पुँजीको अवस्था

औद्योगिक पुँजी राष्ट्र विकासको प्रमुख आधार हुन्छ । औद्योगिक पुँजीले जति विकास गर्छ देशको उन्नति त्यति नै तीव्र बन्न पुग्छ । तर नेपालको औद्योगिक पुँजीको स्थिति निकै कमजोर रहेको छ । तथ्याङ्कअनुसार औद्योगिक पुँजीको मात्रा १७ प्रतिशत मात्र छ । २०७३ सालमा यसको उत्पादन जम्मा ६.५ प्रतिशतमा झर्न पुग्यो ।

खासगरी राज्यसँग सुस्पष्ट नीति हुन नसक्नु, राष्ट्रिय अर्थतन्त्र विदेशी वस्तुको आयात र दलाल पुँजीको चपेटामा पर्नुका कारणले यो अवस्था आएको छ ।

ख) कृषि पुँजीको अवस्था

नेपालमा पुँजीको प्रमुख आधार कृषि हो । तर देशको कृषि उत्पादन घट्दै गएको छ । उपयुक्त कृषि नीति नहुनु, किसानलाई सहुलियत नहुनु, आधुनिक उत्पादनको प्रयोग नहुनु, सिँचाइको सुविधा र उन्नत बिउ, मल उपलब्ध हुन नसक्नुका कारण समस्या आएको हो । तथ्याङ्क अनुसार कुल गार्हस्थ उत्पादनको जम्मा ३१.७ प्रतिशत मात्र कृषिले ओगटेको छ जब कि कृषिमा निर्भर नागरिकहरू ६५ प्रतिशत रहेको छ । कुनै समयमा कृषिमा नेपाल आत्मनिर्भर मात्र थिएन कि कृषिजन्य वस्तु निर्यातसमेत गर्दथ्यो । नेपालबाट धान, दाल, घ्युजस्ता वस्तुहरू ठूलो परिणाममा निर्यात हुन्थ्यो । परन्तु अहिले खाद्य बालीमा नेपाल परनिर्भर बन्न पुगेको छ । प्रतिमहिना अर्बौंबराबारको खाद्यान्न आयात हँुदै आएको छ ।

ग) व्यापारको अवस्था

देशले आर्थिक आय गर्ने स्रोतका दृष्टिले व्यापार क्षेत्र महत्वपूर्ण हो । परन्तु नेपालको व्यापार क्षेत्र पनि निकै कमजोर भएको छ । नेपालको व्यापार आयातमुखी रहेको छ । नेपालले गएको आर्थिक वर्ष पचासी अर्ब निर्यात ग¥यो भने आयात सात खर्ब छयासी अर्ब बीस करोड ग¥यो । यसबाट नेपालले ९२२ प्रतिशत व्यापारघाटा (नौ गुणा) बेहोर्नु परेको छ । यो संसारकै कमजोर अवस्था हो । औद्योगीकरण हुन नसक्नु, निर्यातमुखी उत्पादन नहुनु, उत्पादित वस्तुको बजार व्यवस्थापन हुन नसक्नुजस्ता कारणहरूले गर्दा हाम्रो व्यापारस्थिति यसरी खस्किँदै गएको हो ।

घ) विप्रेषण पुँजीको अवस्था

नेपालको प्रमुख आर्थिक स्रोत विप्रेषण (रेमिट्यान्स) बन्न पुगेको छ । विदेशी श्रम बजारमा पुगेका नेपाली युवाहरूले आर्जन गर्ने पुँजी नै विप्रेषण (रेमिट्यान्स) हो । गएको आर्थिक वर्षको तथ्याङ्कअनुसार विपे्रषणको अवस्था निम्नानुसार रहेको छ ः

विप्रेषणको प्रवृत्ति परिणामस्वरूप आ.व. २०५०÷५१ मा यसको आप्रवाह रु. २ अर्ब १५ करोड रहेकोमा आ.व. २०७१÷७२ मा रु. ६ खर्व १७ अर्ब रह्यो जसको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.१ प्रतिशत हुन आउँछ । आ.व. २०७२÷७३ मा विप्रेषण आप्रवाह वृद्धि भई रु. ६ खर्ब ६५ अर्ब पुगेको छ भने कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.६ प्रतिशत पुगेको छ ।

विप्रेषण आयको प्रयोग ऋण तिर्न २५.३ प्रतिशत, दैनिक उपयोगका लागि २३.९ प्रतिशत, शिक्षा, स्वास्थ्यमा ९.७ प्रतिशत, सामाजिक कार्यका लागि ३ प्रतिशत, उत्पादनमूलक कार्यहरूमा १.१ प्रतिशत र बचत कार्यका लागि २८ प्रतिशत हुने अध्ययनले देखाएको छ । आ.व. २०५०÷५१ मा कुल राष्ट्रिय बचत कुल गार्हस्थ बचत अनुपात १४.६ प्रतिशतभन्दा अलिकति माथि १६.८ प्रतिशत रहेकोमा आ.व. २०७२÷७३ मा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य बचत अनुपात ५.३ प्रतिशतभन्दा उल्लेख्य ४२.९ प्रतिशत रहनुमा विप्रेषण आप्रवाहको प्रमुख भूमिका रहेको देखिन्छ ।

ङ) दलाल पुँजीको अवस्था

नेपालमा हरेक वर्ष दलाल पुँजीको अतिक्रमण बढ्दै गएको छ । यसले उद्योग, कृषि, व्यापार, स्वाथ्य, शिक्षा आदि क्षेत्रमा नियन्त्रण गर्दै लगेको छ । दलाल पुँजीको मुख्य विशेषताहरू निम्न रहेका छन् ः

१) पुँजीको पलायन

२) श्रमको अत्यधिक शोषण

३) बजारमा एकाधिकार

४) राष्ट्रिय अर्थतन्त्रको नियन्त्रण

च) विदेशी ऋणको बढ्दो भार

३) सामाजिक अवस्था

यतिबेला नेपालको समाजिक अवस्थामा पनि परिवर्तन आएको छ । सामन्तवादको अन्त्य भएको छ । दलाल पुँजीवाद हाबी भएको छ । विदेशी हस्तक्षेपले गर्दा नेपाल नवऔपनिवेशिक अवस्थामा पुगेको छ । जातीय र धार्मिक प्रवृत्तिमा विस्तार भएको छ ।

नेपाली समाज निकै लामो समय सामन्ती, अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रह्यो । दस वर्षको जनयुद्ध, शान्तिसम्झौता र पहिलो संविधानसभासम्म पुग्दा नेपालमा राजतन्त्र गयो र संसदीय गणतन्त्र प्राप्त भयो । गणतन्त्र जनताको गणतन्त्रमा रूपान्तरण हुन नसक्दा राज्यको नेतृत्व दलाल पुँजीवादी र संसद्वादीहरूको हातमा पुग्यो । राजनीतिक नेतृत्वमा दलाल पुँजीवाद हाबी भएपछि अर्थतन्त्र, प्रशासन, संस्कृतिमा पनि दलाल पुँजीवादी प्रवृत्ति नै हाबी बन्न पुगेको छ । यसले गर्दा नेपालमा पहिलोपटक समाजको चरित्रमा मूल रूपले परिवर्तन हँुदै दलाल पुँजीवादी समाज अगाडि आउन पुगेको छ ।

यतिबेला साम्राज्यवाद उत्तरसाम्राज्यवादमा पुगेको छ भने कमजोर देशहरूको स्थिति उपनिवेशबाट नवउपनिवेशको चरित्रमा पुगेका छन् । नेपाल सुगौली सन्धिदेखि अर्धउपनिवेशमा पुगेको हो तर हाल भारत साम्राज्यवादमा पुगेको छ भने नेपाल नवऔपनिवेशिक अवस्थामा बदलिएको छ । नवऔपनिवेशिक अवस्थामा जाँदा देशका राजनीतिक, आर्थिक, सुरक्षा आदि क्षेत्रहरू साम्राज्यवादको नियन्त्रणमा रहेका छन् तर सत्ता सञ्चालन मात्र दलालहरूमार्फत गराइरहेको छ ।

दलाल पुँजीवाद आएपछि नेपालमा सामाजिक रूपले धार्मिक र जातीय प्रवृत्तिमा निकै विस्तार हुन पुगेको छ । अठाह्रौँ शताब्दीमै धर्मसँग सम्बन्धविच्छेद गर्ने पुँजीवाद यतिबेला पैसाको बलमा धर्म परिवर्तन गराउने र धार्मिक कार्यमा समाजलाई घिसार्नेमा लागेको छ । यसको प्रभाव नेपालमा परिरहेको देखिन्छ । विशेषतः यो कार्य अमेरिका र युरोपले गरिरहेको देखिन्छ । यतिसम्म प्रचार गरेका छन् कि बाइबलले छोयो भने बिरामी निको हुन्छ । त्यसैगरी दलाल

पुँजीवादको स्थापनासँगै जातीय भावनामा पनि निकै विस्तार भएको छ । साम्राज्यवाद आफू भूमण्डलीकृत भएको छ तर कमजोर देशमा जनतालाई कमजोर बनाउन, आपसमा विभाजित गर्न र पुँजीवादलाई लाद्न यो प्रवृत्तिको विस्तारमा भूमिका निर्वाह गरिरहेको छ । यो प्रवृत्तिको विस्तारले वर्गसत्तासँगको सङ्घर्षलाई जातीय भिडन्ततिर मोडिने खतरा बढेको छ । यसलाई नेपालको नयाँ सामाजिक विशेषता भन्न सकिन्छ ।

४) सांस्कृतिक अवस्था

नेपालको सांस्कृतिक अवस्था पनि तीव्र रूपमा परिवर्तन भइरहेको छ । राष्ट्रिय संस्कृति कमजोर हुँदै गएको छ । जनताको संस्कृति सङ्घर्षमा छ । दलाल पुँजीवादी र उत्तरआधुनिकवादी संस्कृति फैलिँदैछ । दलाल व्यवस्था आएपछि राज्यले देशको संस्कृति र जनवादी संस्कृति संरक्षण गर्न सकेको छैन, उल्टो पुँजीवादी, उपभोगवादी, प्रयोगवादी छाडा संस्कृतिलाई प्रेरित गरिरहेको छ । विदेशी च्यानलहरूलाई छाडा छोडिदिएर उनीहरूकै संस्कृतिलाई प्रोत्साहन दिने गरेको छ ।

५) नेपालका अर्थराजनीतिक अन्तरविरोधहरू

उल्लिखित राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विशेषताहरूले नेपाली अर्थराजनीतिक अन्तरविरोधहरू पनि नयाँ बन्न पुगेका छन् । सामान्यतः ती अन्तरविरोधहरू चार खालका रहेका छन् ः

क) दलाल सत्ता र क्रान्तिकारी शक्तिबीचको सङ्घर्ष

ख) दलाल तत्व र देशभक्त शक्तिबीचको सङ्घर्ष

ग) संसद्वादी–संसद्वादी दलालबीचको सङ्घर्ष

घ) दलाल सत्ता र आम उत्पीडित वर्ग, राष्ट्र, क्षेत्र, लिङ्गबीचको सङ्घर्ष

क) दलाल सत्ता र क्रान्तिकारी शक्तिबीचको अन्तरविरोध

दलाल सत्ता र क्रान्तिकारी शक्तिबीचको अन्तरविरोध पहिलो अन्तरविरोध हो । राजतन्त्र र सामन्तवादको अन्त्य भएपछि सत्तामा दलाल पुँजीवाद पुगेको छ । अर्कोतिर दलाल पुँजीवादलाई अस्वीकार गर्ने क्रान्तिकारी शक्ति छ । संसद्वादी धारले संसदीय सत्तालाई सुदृढ गर्न चहान्छ भने क्रान्तिकारी धारले नौलो जनवादी र वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छ । दुई विपरीत विचार र सङ्घर्षका कारण यो अन्तरविरोध पैदा भएको छ ।

ख) संसद्वादी दलाल र देशभक्त शक्तिबीचको अन्तरविरोध

नेपालमा संसद्वादी दलाल र देशभक्त शक्तिबीचको अन्तरविरोध दोस्रो अन्तरविरोध छ । नेपालमा इतिहासदेखि देशको सार्वभौमिकता, स्वाधीनता र अखण्डता चाहने देशभक्त शक्ति रहँदै आएको छ । सङ्गठित, असङ्गठित रूपमा यो शक्ति अहिले पनि क्रियाशील छ । खासगरी बुद्धिजीवी, लेखक, सेना, प्रहरी, व्यवसायी, कर्मचारी आदि क्षेत्र यसको प्रभाव देखिन्छ । सत्तामा दलाल पुँजीपतिहरू पुगेपछि र उसले राष्ट्रिय सार्वभौमिकताविरुद्ध काम गर्न थालेपछि यसले सङ्घर्ष गर्दै आएको छ ।

ग) संसद्वादी र संसद्वादी तत्वहरूबीचको अन्तरविरोध

संसद्वादी र संसद्वादी तत्वहरूबीचको अन्तरविरोध तेस्रो राजनीतिक अन्तरविरोध छ । दलाल संसदीय व्यवस्थामा सवै सहमत भए पनि दलालहरू विभिन्न खालका छन् । यी दलालहरूबीचमा को सरकार र सत्तामा पुग्ने र कसले सत्ताको रसास्वादन गर्ने भन्नेमा सङ्घर्ष रहेको छ । माथि नै उल्लेख गरियो– अन्तर्राष्ट्रिय राजनीतिक सङ्घर्षमा साम्राज्यवादी शक्तिहरू आफूअनुकूलका दलालहरू तयार गर्न चाहन्छन् । संसद्वादी दलहरू पनि आफ्नो स्वार्थ कताबाट पूरा गर्न सकिन्छ भन्ने हिसाबले फरक केन्द्रमा घुस्रिन पुग्छन् । यसले स्वभावतः संसद्वादीहरू तत्वहरूकै बीचमा सङ्घर्ष र अन्तरविरोध पैदा हुने गर्दछ । नेपाली राजनीतिमा यो अन्तरविरोध काङ्ग्रेस, एमाले, माके, मधेसवादी, राप्रपा आदि बीचमा प्रस्टै देख्न सकिन्छ ।

घ) दलाल पँुजीवादी सत्ता र उत्पीडित वर्ग, राष्ट्र, क्षेत्र, लिङ्गबीचको अन्तरविरोध

दलाल पँुजीवादी सत्ता र उत्पीडित वर्ग, राष्ट्र, क्षेत्र, लिङ्गबीचको अन्तरविरोध चौथो अन्तरविरोध हो । दलाल पुँजीवादी सत्ता आएपछि कुनै पनि श्रमिक वर्ग, राष्ट्र, क्षेत्र, लिङ्गको अधिकार दिन चाहेन । विभिन्न तर्कहरू गरे पनि जनतालाई दलालहरूको सत्ताभित्र कैद गर्न पुग्यो । मजदुरले राजनीतिक र आर्थिक अधिकार पाएनन्, उत्पीडित राष्ट्रहरू (मगर, थारू, गुरुङ, तामाङ, नेवाः, मधेसी, राई, लिम्बू आदि) ले राजनीतिक मुक्ति पाएनन्, महिलाहरूले आर्थिक र राजनीतिक अधिकार पाएनन् । तर श्रमिक जनताहरू सबै आआफ्नो अधिकारको सुनिश्चितता चाहन्छन् । सत्ताले अधिकार छिन्ने र जनताले अधिकार चाहनेबीचको सङ्घर्षले यो अन्तरविरोध पैदा भएको छ ।

ङ) प्रधान अन्तरविरोध

नेपाली अर्थराजनीतिक सङ्घर्षले सत्ता र जनताको बीचमा चार खालका अन्तरविरोधहरू रहे पनि प्रधान अन्तरविरोध दलाल पुँजीवादी संसदीय व्यवस्था र नेपाली उत्पीडित जनताको बीचमा रहेको छ । दलाल संसदीय व्यवस्था मुख्यतः भारतीय साम्राज्यवादद्वारा संरक्षित छ त्यसकारण राष्ट्रिय स्वाधीनताको अन्तरविरोध भारतसँग नै मुख्य रहेको छ । यो अन्तरविरोधको समाधान ‘एकीकृत जनक्रान्ति’ द्वारा वैज्ञानिक समाजवादको स्थापना हो ।

५) नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त सिंहावलोकन

२००६ साल वैशाख १० (अङ्ग्रेजी संवत् सन् १९४९ अप्रिल २२) गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपालको कम्युनिस्ट पार्टीले ६७ वर्ष पार गरेको छ । सात दशक लामो कम्युनिस्ट आन्दोलले धेरै आरोह–अवरोह, सफलता र असफलता पार गरेको छ । केही गौरव र केही दुःखदायी अनुभव गर्दै गन्तव्यमा बढिरहेको छ । यो कम्युनिस्ट आन्दोलनका सन्दर्भमा केही मुख्य विशेषता र घटनाहरूबारे सङ्क्षेपमा उल्लेख गर्नु उपयुक्त देखिन्छ ः

क) कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक पहल

ख) कम्युनिस्ट पार्टीमा देखिएको विचलन

ग) पार्टी सङ्गठनको विस्तार

घ) जनयुद्धको पहल र प्रचण्डको विचलन

ङ) माओवादीभित्रको बहस र सम्बन्धविच्छेद

च) नयाँ कार्यदिशाको संश्लेषण र धु्रवीकरण

छ) ऐतिहासिक आठौँ महाधिवेशन

क) कम्युनिस्ट पार्टी निर्माणको ऐतिहासिक पहल

नेपाल कम्युनिस्ट पार्टीको स्थापना कमरेड पुष्पलाललगायत चारजना कमरेडहरूको नेतृत्वमा सन् १९४९ अप्रिल २२ मा भारतको कलकत्तामा भएको थियो । कमरेड पुष्पलालले नेपाली क्रान्तिको कार्यक्रम र कार्यनीति निर्माण गर्नुभयो । स्थापनालगत्तै नेपालमा फर्किएर पार्टी निर्माणलाई अगाडि बढाउनुभयो । पार्टीले जहानियाँ राणा शासनविरुद्ध सक्दो सङ्घर्ष सञ्चालन ग¥यो । यो नेपालका लागि निकै गौरवपूर्ण र ऐतिहासिक परिघटना हो । आज कम्युनिस्ट आन्दोलनले जुन विकास र विस्तार गरेको छ त्यसको सम्बन्ध वस्तुतः त्यही ६७ वर्ष पुरानो पार्टी स्थापनाको जगसँग सम्बन्धित छ । तसर्थ १९४९ अप्रिल २२ नेपाली राजनीतिक एवम् कम्युनिस्ट आन्दोलनसँग विशेष रूपले जोडिएको छ ।

ख) कम्युनिस्ट पार्टीमा देखिएको विचलन

नेपालमा राणा शासन गएपछि कम्युनिस्ट पार्टी विस्तार भयो । पार्टीमा इमानदार व्यक्तिसँगसँगै सुधारवादी, संसद्वादी, राजावादी दृष्टिकोण भएका व्यक्तिहरू पनि प्रवेश गरे । उनीहरूले पार्टी सङ्गठनमा बिस्तारै प्रभाव जमाउँदै संस्थापक महासचिव पुष्पलालको हातबाट नेतृत्व हत्याए । पहिलो महाधिवेशनबाट नै कमरेड पुष्पलाललाई नेतृत्व नदिएर मनमोहन अधिकारीलाई महासचिव बनाइयो । मनमोहन राजनीतिक रूपले स्पष्ट दृष्टिकोण नभएका सुधारवादी र संसद्वादी थिए । उनले राजावादी रुझानसहित देखाए । विसं २०१४ को दोस्रो महाधिवेशनले पनि कमरेड पुष्पलाललाई नेतृत्व नदिएर डाक्टर केशरजङ्ग रायमाझीलाई महामन्त्रीको जिम्मा दियो । उनी पढेलेखेका जमिनदार परिवारका थिए । उनमा सर्वहारावर्गीय दृष्टिकोण नै थिएन । उनी महामन्त्री भएपछि पार्टीमा राजावादी प्रवृत्ति बढ्यो । जब राजा महेन्द्रले २०१७ साल पुस १ गते बहुदललाई निषेध गरेर पञ्चायत लादे तब रायमाझीले राष्ट्रियताका लागि राजाले चालेको कदम ठीक छ भन्दै दरबार प्रवेश गरे साथै उनले कम्युनिस्ट पार्टीलाई राजापरस्त बनाउन पुगे । तर पार्टीभित्रका क्रान्तिकारीहरूले रायमाझी प्रवृत्तिका विरुद्ध विद्रोह गर्दै कम्युनिस्ट पार्टीलाई पुनर्गठन गरे । पुनर्गठनपछि २०१९ सालमा नेताहरूले तेस्रो महाधिवेशन आयोजना गरे । तर तेस्रो महाधिवेशनले पनि सही निर्णय दिन सकेन । राजनीतिक विचारमा दक्षिणपन्थी प्रवृत्ति भएका तुल्सीलाललाई महामन्त्रीको जिम्मेवारी दियो । कमरेड पुष्पलालले नयाँ जनवादी क्रान्तिको कार्यक्रमसहित सङ्घर्ष गरे पनि सफल हुन सक्नुभएन । जब पार्टीमा तुल्सीलालको रुसी संशोधनवादी विचार आयो तब पार्टी अराजक र विकेन्द्रित बन्न पुग्यो । पार्टी केन्द्रीकृत नै हुन सकेन । पार्टीको कमजोर स्थितिलाई ध्यान दिँदै कमरेड पुष्पलालले २०२५ सालमा प्रथम राष्ट्रिय सम्मेलन गरेर पार्टी पुनर्गठन गर्ने पहल गर्नुभयो । उहाँले राजनीतिक रूपले पार्टीलाई खु्रस्चोभी संशोधनवादी धारबाट अलग गरे पनि विविध कारणले सङ्गठनात्मक रूपले पार्टीलाई केन्द्रित र एकताबद्ध गर्न भने सफल हुनुभएन । नेपालको कम्युनिस्ट आन्दोलन सबैभन्दा विकेन्द्रित भएको समय यही मानिन्छ ।

ग) पार्टी सङ्गठनको विस्तार, कम्युनिस्ट विद्रोहका प्रयासहरू

कम्युनिस्ट पार्टी स्थापना भएपछि यसका नेता, कार्यकर्ताहरूले सामन्तवाद, जमिनदारी प्रथाविरुद्ध र राष्ट्रियताका पक्षमा विभिन्न सङ्घर्ष र विद्रोहहरू गर्ने प्रयास गरे । खासगरी २००९ सालमा भीमदत्त पन्तको नेतृत्वमा पश्चिम कैलालीमा भएको किसान विद्रोह, २०२८ सालमा पूर्व झापाका युवा कम्युनिस्टहरूले सामन्तवादका विरुद्ध गरेका विद्रोह, जनकपुरका र नारायणीका किसान सङ्घर्ष, लुम्बिनी, राप्तीका किसान सङ्घर्षहरू निकै महत्वपूर्ण रहे । ती विद्रोह र सङ्घर्ष उठे पनि सही दृष्टिकोण, योजनाको अभावले सफल हुन सकेनन् परन्तु नेपालमा कम्युनिस्ट पार्टीलाई विस्तार गर्न यी विद्रोहहरूको ठूलो

योगदान छ । वास्तवमा २०५२ सालबाट सुरु भएको जनयुद्ध र यसको सफलताका पाटाहरूमा यी विद्रोहहरूको योगदान जोडिएको छ ।

घ) जनयुद्धको ऐतिहासिक पहल, चुनबाङ बैठक र शान्तिप्रक्रिया

२०५२ साल फागुन १ गतेबाट महान् जनयुद्ध सुरु भयो । जनयुद्ध इतिहासमा पहिलो योजनबद्ध क्रान्ति थियो । यसको मुख्य उद्देश्य संसदीय व्यवस्था फालेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नु थियो । जनयुद्ध छोटो समयमै पुरानो सत्तालाई विस्थापित गर्दै जनसत्ताहरू स्थापना गर्न सफल भयो । २०६१ सालसम्म पुग्दा जनसत्ता स्वायत्त प्रदेश जनसरकार निर्माण गर्ने स्तरमा विकास ग¥यो । देशभर दुई सत्ता, दुई सेना, दुई अदालत, दुई प्रशासन निर्माण भए । जनयुद्धमा हजारौँ युवकयुवती र लाखौँ जनता लामबद्ध भए । जनयुद्धमा नौ हजारबराबर योद्धाहरूको बलिदान भयो ।

जनयुद्धको विकास तीव्र गतिमा भइरहेको स्थितिमा २०६० माघ १९ मा संसदीय व्यवस्थालाई कु गर्दै राजतन्त्र शक्तिमा आयो । सक्रिय राजतन्त्र शक्तिमा आएपछि नेपाली राजनीतिले नयाँ मोड लियो । संसद्वादीहरू कोही जेल परे भने कोही शक्तिहीन अवस्थामा लाखापाखा लागे । त्यही क्रममा चुनबाङ बैठकले संसद्वादी दलहरूसँग संयुक्त मोर्चा बनाएर राजतन्त्रका विरुद्ध जाने निर्णय ग¥यो । त्यसका लागि लोकतान्त्रिक गणतन्त्र, संविधानसभा र राज्यको नयाँ संरचना भन्नेमा कार्यक्रम तय भयो । त्यही नीतिअन्तर्गत संसद्वादीसँग माओवादीको रोल्पा सहमति भयो । त्यसको मूल मर्म सबै मिलेर राजतन्त्रको विरुद्धमा जाने र संसद्वादीले जनयुद्धका प्रस्तावहरू सम्बोधन गर्ने भन्ने थियो । चुनबाङ बैठकमै संसद्वादीहरूसँगको सहकार्य गणतन्त्रसम्म मात्र हुने गणतन्त्रपछि संसद्वादीहरू पुँजीवादी गणतन्त्रतिर फर्किने हामी जनगणतन्त्रतिर बढ्ने भन्ने थियो । निरङ्कुश राजतन्त्र आएको सन्दर्भ र संसद्वादी दलहरूले माओवादीका प्रस्तावहरूलाई सम्बोधन गर्ने सर्तमा राजतन्त्रसँग नगई संसद्वादी दलहरूसँग सहकार्य गर्ने राजनीतिक कार्यनीति सिद्धान्ततः प्रगतिशील र सही नै थियो । तर संसद्वादीहरूसँग भारतमा ८ बँुदे र १२ बँुदे सहमति गर्नु अनि भारतको प्रतिनिधिहरूसमेत शान्तिप्रक्रियामा उपस्थित हुने अवस्था बन्नु गम्भीर कमजोरी थिए ।

ङ) प्रचण्ड, बाबुरामको विचलन, जनमुक्ति सेनाको विसर्जन र सम्बन्धविच्छेद

२०६२ बाट माओवादी र संसद्वादी दलको बीचमा शान्तिप्रक्रिया सुरु भयो । राज्यको रूपान्तरण र स्थायी शान्तिका लागि भनेर विस्तृत शान्तिसम्झौता भयो । २०६४ चैतमा पहिलो संविधानसभाको चुनाव भयो । माओवादी पार्टी सबैभन्दा ठूलो पार्टीका रूपमा अगाडि आयो । संविधानसभाबाट गणतन्त्र पनि आयो । जब राज्यलाई रूपान्तरण गर्न माओवादले जनयुद्धमा निर्माण गरेका संरचनाहरूलाई पुरानो सत्तासँग समायोजन गर्ने बहस भयो तब संसद्वादी दलहरूले बेइमानी सुरु गरे । संसद्वादीहरूले नेताहरूलाई किन्ने, भ्रष्ट पार्ने र राजनीतिक प्रस्तावबाट विचलित गर्नेतिर जोड दिए । प्रचण्ड, बाबुराम विदेशी र संसद्वादी शक्तिसँग झुक्न थाले । संसद्वादी र प्रचण्डहरू मिलेर जमिनदारको जमिन फिर्ता गर्ने, सत्ता विघटन गर्ने, जनमुक्ति सेनालाई विसर्जन गर्ने खेल खेल्न थाले । २०६५ सालको खरीपाटी भेलामा प्रचण्ड र बाबुरामले जनमुखी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यक्रम ल्याए । हामीले त्यसलाई इन्कार गर्दै जनगणतन्त्रको लाइन पेस ग¥यौँ । त्यसपछि पार्टीमा दुई लाइन सङ्घर्ष चल्यो । २०६७ मा पालुङटार सातौँ विस्तारित बैठकमा प्रचण्डले संविधानसभा र विद्रोहको लाइन, बाबुरामले संविधान निर्माणको लाइन र हामीले जनयुद्धको जगमा जनविद्रोहको लाइन पेस ग¥यौँ । २०६९ मा पुग्दा प्रचण्ड–बाबुरामले जनमुक्ति सेनालाई विसर्जन गर्ने निर्णय गरेर जनसेनाको ब्यारेकमा नेपाली सेना हुलेपछि हामीले विद्रोह ग¥यौँ । पार्टीलाई कमरेड किरणको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी–माओवादीका नाममा पुनगर्ठन ग¥यौँ ।

माओवादी पार्टीमा प्रचण्ड–बाबुरामको विचलन आकस्मिक होइन । यसका पछाडि केही सिलसिलेबार घटनाहरू रहेका छन् । दोस्रो राष्ट्रिय सम्मेलनमा अगाडि सारिएको संविधानसभाको कार्यनीति, रोल्पाको दुम्लामा भएको बैठकमा पारित गरेको एक्काईसौँ शताब्दीको जनवाद, चुनबाङ बैठकमा पास गरेको लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमा यो विचलनका कीटाणु देख्न सकिन्छ ।

च) माओवादीभित्रको बहस र सम्बन्धविच्छेद

प्रचण्ड–बाबुरामसँग सम्बन्धविच्छेद गरिसकेपछि विसर्जनवाद, आत्मसमर्पणवाद, नवसंशोधनवादमाथि वचारिक र राजनीतिक सङ्घर्षमाथि मूलतः विजय हासिल गरियो । हामीले सङ्गठनात्मक क्षेत्रमा कामहरूलाई सुदृढ गर्नुपर्ने साथै क्रान्तिका सन्दर्भमा नयाँ निर्णय गर्नुपर्ने भएकाले २०६९ पुसमा २७ देखि माघ २ सम्म सातौँ महाधिवेशन सम्पन्न ग¥यौँ । कमरेड किरणको नेतत्वमा नेकपा—माओवादी निर्माण ग¥यौँ । पार्टीको कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह नै भयो । जब कार्यदिशाअनुरूपको सङ्गठन निर्माण र फौजी तयारीको विषय पार्टीमा आयो त्यसपछि पार्टीभित्र छद्म संसद्वाद र दक्षिणपन्थी अवसरवाद देखाप¥यो । त्यो प्रवृत्तिले पार्टीलाई घुमाइफिराइ संसद्वाद र आत्मसमर्पणवादकै मार्गमा लाने निश्चित थियो । त्यसले प्रचण्डसँगको सन्बन्धविच्छेदलाई वैचारिक, राजनीतिक र क्रान्तिको मामिला नबनाएर केवल सङ्गठन, नेतृत्व र अवसरको सङ्घर्ष मात्र बनाइरहेको थियो । स्थायी समिति र पोलिटब्युरोको बैठकमा सशस्त्र तरिकाले क्रान्ति सम्भव छैन, नवऔपनिवेशिक अवस्थामा बल प्रयोगको विषय सोचनीय छ भन्ने धारणाहरू देखापरे । विशेषतः यो तर्क देव गुरुङले उठाए भने बादल, सुमन, पम्फाहरूले पनि समर्थन गरिरहेका थिए । केही व्यक्तिहरूले बाहिरै लेखहरू पनि लेखे । यो पार्टीमा हुर्किंदै गरेको अवसरवाद, संसद्वाद, आत्मसमर्पणवाद नै थियो । यो घुमिफिरी प्रचण्डहरूकै लाइनमा पुग्ने पलायनवाद थियो । यसका विरुद्ध ढिला नगरी सङ्घर्ष आवश्यक हुन गएको थियो । यो कुरा हामीले कमरेड किरणलाई राख्यौँ तर किरण कमरेडमा

अकर्मण्यता र निर्णयहीनता देखाप¥यो । जब अवसरवादीहरूसँग वैचारिक सङ्घर्ष भयो तब उनीहले बहसलाई वैचारिक, राजनीतिक क्षेत्रबाट सचेततापूर्वक मोडी सङ्गठन र अनुशासनको विषय बनाएर क्रान्तिकारीहरूलाई कारबाही गर्न थाले । किरण कमरेड त्यसको हतियार बनेको प्रस्ट देखाप¥यो ।

अवसरवादीहरूसँगको सङ्घर्षले गर्दा पार्टी सङ्गठनलाई गति दिनसक्ने अवस्था रहेन । पार्टी पूर्ण रूपले केवल भैपरी आउने दैनिक काम–कार्यमा मात्र सीमित रहने अवस्था आयो । तयारीका काममा कुनै जिम्मेवारी बोध र तदारुकता देखापरेन । यसै सिलसिलामा पार्टीका समस्याहरूलाई समाधान गर्न राष्ट्रिय सम्मेलनमा जाने निर्णय भयो । सम्मेलनका लागि किरणले लेखेको प्रस्तावमा हामी सहमत हुन नसकेपछि एकीकृत जनक्रान्तिको कार्यदिशा प्रस्तुत ग¥यौँ र राष्ट्रिय सम्मेलनमा कार्यदिशाको बहसको माग ग¥यौँ । एक चरण क. किरणसहित टोली राज्य स्तरका कार्यकर्ताबीच बहसमा पनि सहभागी भयौँ । जब पार्टीमा क्रान्तिकारीहरूको जागरुकता र सक्रियता बढ्यो तब क. किरणहरू हठात् राष्ट्रिय सम्मेलनको प्रस्तावबाट पछि फर्किन खोज्नुभयो । हामीले नेतृत्वलाई भेला बोलाउन सहयोग पुगोस् भनेर नै २०७१ कात्तिक २४ र २५ गते देशभरिबाट प्रतिनिधिमूलक सहभागितामा शिवगढी भेला ग¥यौँ । भेलाबाट हामीले नेतृत्वसमक्ष राष्ट्रिय सम्मेलन स्थगित नगर्न माग गर्ने, राष्ट्रिय संमेलन नहुने स्थितिमा राष्ट्रिय भेला गर्न वा मङ्सिरसम्म महाधिवेशन बोलाउन आग्रह गर्ने निर्णय लियौँ । कमरेडहरू तीनवटै प्रस्तावमा सहमत हुनुभएन ।

नेतृत्वले पार्टीमा देखिएको अवसरवाद, संसद्वाद, आत्मसमर्पणवादविरुद्ध सङ्घर्ष चलाउनुको साटो क्रान्तिकारीहरूका विरुद्ध असैद्धान्तिक किचलो उठाउन थालेपछि अन्तरसङ्घर्ष सञ्चालन गर्नुको कुनै अर्थ देखिएन । वैचारिक बहसको वातावरण पनि नहुने क्रान्तिको ठोस तयारी पनि नहुने स्थितिमा किरणहरू सँगसँगै बस्नुको कुनै औचित्य रहेन । त्यसैले हामी उहाँहरूसँग सम्बन्ध तोडेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने निष्कर्षमा पुग्यौँ । उक्त निष्कर्षअनुरूप नै २०७१ मङ्सिर ८ गते पत्रकारसंमेलन गरी पार्टी अलग भएको घोषणा ग¥यौँ । पार्टी घोषणको एक महिनापछि २०७१ साल पुस २३ देखि २६ सम्म प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न ग¥यौँ । सम्मेलनबाट हामीले नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण ग¥यौँ ।

प्रचण्ड–बाबुरामसँगको सम्बन्धविच्छेदको केही समयमै किरणसँग सम्बन्धविच्छेद गर्दा सङ्गठनात्मक रूपले केही चुनौतीहरू थपिए । परन्तु हामीलाई थाहा थियो– जतिसुकै पीडा र चुनौती भए पनि गलत मार्ग नत्यागेसम्म विजयको ढोका खोल्न सकिँदैन । हामीले सम्बन्धविच्छेदको निर्णय लिँदा जति कठिन भए पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र क्रान्तिलाई गुणात्मक गति दिनका लागि यो कदम ऐतिहासिक महत्वको थियो । यसले जनयुद्धभित्रैदेखि पार्टीमा देखापर्दै आएको दक्षिणपन्थी आत्मसमर्पणवाद, संशोधनवाद, संसद्वाद, सुधारवाद, अकर्मण्यतावाद र जडसूत्रवादविरुद्धको सङ्घर्षलाई सापेक्षतामा निर्णायक रूपले क्रमभङ्ग गरिदियो । संसद्वादको भेलमा बग्नै थालेको क्रान्तिकारी आन्दोलनलाई नयाँ आधारमा सुरक्षित र पुनर्सङ्गठित गरिदियो ।

च) नयाँ कार्यदिशाको संश्लेषण र धु्रवीकरण

हामीले २०७१ सालको प्रथम राष्ट्रिय सम्मेलनबाट नेपाली क्रान्तिको नयाँ कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ संश्लेषण ग¥यौँ । यसका रणनीति र कार्यनीति निर्माण ग¥यौँ । कार्यदिशाअनुरूपका राजनीतिक, साङ्गठनिक, सङ्घर्ष, सांस्कृतिक, अन्तर्राष्ट्रिय कामहरूलाई अगाडि बढायौँ । योजनाहरूको कार्यान्वयनले नेपाली राजनीतिमा विशेष तरङ्ग पैदा गर्न पुग्यो । पार्टी नयाँ भावका साथ क्रियाशील भयो । पार्टीका वरिपरि क्रान्तिकारी, वामपन्थी, देशभक्त, लोकतन्त्रवादीहरू गोलबन्द हुने क्रम अगाडि आयो । यही क्रममा कमरेड सुदर्शनको नेतृत्वमा प्रचण्डबाट विद्रोह गरी निर्माण भएको ‘कम्युनिस्ट न्युक्लस’ माओवादी केन्द्रबाट विद्रोह गर्नुभएका कमरेड सन्देश पौडेल, क्रान्तिकारी माओवादीबाट विद्रोह गर्नुभएका कमरेड इस्लाम हवारीलगायतका क्रान्तिकारी कमरेडहरूसँग ध्रुवीकरण सफल भयो । धु्रवीकरणको प्रक्रियामा चलेको कमरेड स्टालिन, सर्वहारा सांस्कृतिक क्रान्ति, वैज्ञानिक समाजवाद, एकीकृत जनक्रान्ति, क्रान्तिकारी धु्रवीकरणजस्ता वैचारिक, राजनीतिक विषयहरूको अन्तरक्रियाले पार्टीलाई नयाँ उचाइ प्रदान गर्न राम्रो सघाउ पुग्यो । यो धु्रवीकरणले चारैतिर छरिएर रहेका क्रान्तिकारी कमरेडहरूलाई एकताबद्ध गर्न ठूलो मद्दत पु¥यायो ।

छ) ऐतिहासिक आठौँ महाधिवेशन

हामी कम्युनिस्ट पार्टी स्थापना भएको ६७ वर्षपछि ऐतिहासिक महाधिवेशनमा जुटेका छौँ । यो महाधिवेशन सङ्गठनात्मक रूपले मात्र नभएर वैचारिक, राजनीतिक, सङ्गठनात्मक, सांस्कृतिक विषयवस्तुका दृष्टिले पनि भिन्न र नयाँ छ । हामीले माथि नै चर्चा ग¥यौँ, नेपाली कम्युनिस्ट आन्दोलनले गौरव र पीडाका प्रवाहहरू पार गरेको छ । हामीले एकतबद्ध कम्युनिस्ट पार्टीको अनुभव पनि ग¥यौँ । गुट र फुटको अनुभव पनि ग¥यौँ । क्रान्तिकारीको अनुभव पनि ग¥यौँ । विचलनको अनुभव पनि ग¥यौँ । भीषण वर्गसङ्घर्ष र जनयुद्धको पनि अनुभव ग¥यौँ, भयानक गद्दारी र पतनको अनुभव पनि ग¥यौँ । यी सबै अनुभव र शिक्षाहरूसहित यो महाधिवेशन गर्दैछौँ । महाधिवेशनबाट हामीले विश्व परिस्थिति, राष्ट्रिय परिस्थितिको मात्र विश्लेषण गर्दैछैनौँ, मालेमावादका प्रमुख आधारहरू दर्शन, राजनीति, आर्थिक, सङ्गठनका क्षेत्रमा पनि नयाँ संश्लेषण गर्दैछौँ । यसर्थ यो महाधिवेशन नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ आयाम साबित हुनेछ ।

ज) समकालीन कम्युनिस्ट धाराहरू

नेपालमा कम्युनिस्ट पार्टीहरूको सङ्ख्या दर्जनभन्दा बढी छ । तर प्रवृत्तिगत दृष्टिले कम्युनिस्ट आन्दोलनमा तीन धार रहेका छन् । पहिलो क्रान्तिकारी धार, दोस्रो दक्षिणपन्थी, संसद्वादी सुधारवादी धार र तेस्रो मध्यमार्गी धार । यी धारको

प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी धारको, एमालेले संसद्वादी सुधारवादी धारको नेतृत्व गर्छन् । अन्य पार्टीहरू समयअनुसार कहिले क्रान्तिकारी धार नजिक आउँछन् भने कहिले एमाले नजिक पुग्छन् ।

६) पार्टी पुनर्गठनपछि कामको समीक्षा

हामीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेको २ वर्ष भयो । दुई वर्षको अवधिमा पार्टीले देशको वस्तुस्थितिअनुरूप वैचारिक, राजनीतिक, सङ्गठनात्मक, सङ्घर्ष, आर्थिक, प्रकाशन, अन्तर्राष्ट्रिय, जनवर्गीय सङ्गठन आदि क्षेत्रमा महत्वपूर्ण निर्णय लियो र कुशलतापूर्वक कार्यान्वयन ग¥यो । पार्टीको निर्णय र प्रयोगबाट प्राप्त परिणामहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

१) हामीले वैचारिक, राजनीतिक क्षेत्रमा ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा संश्लेषण ग¥यौँ । कार्यदिशाको यो संश्लेषण जनविद्रोह र जनयुद्धभन्दा नयाँ थियो । यो संश्लेषण गर्दा हामीले दुई पाटोमा ध्यान दियौँ ः पहिलो, नेतृत्वको विचलन र दोस्रो, वस्तुगत परिस्थितिमा आएको परिवर्तन । नेतृत्वको विचलनलाई विचारधारात्व र राजनीतिक सङ्घर्षद्वारा हल गर्ने र वस्तुस्थितिमा आएको परिवर्तनलाई कार्यदिशाको विकासद्वारा समाधान गर्ने निष्कर्ष निकाल्यौँ । नयाँ कार्यदिशा निर्माण गरेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग र बहस देखाप¥यो ।

हामीले क्रान्तिको कार्यदिशा नयाँ बनाउने निर्णय लिएपछि हाम्रो विचारविरुद्ध विभिन्नखाले प्रवृत्तिबाट हमला गर्ने कोसिस भयो । एकथरीले यो केही पनि होइन, शून्यवादी छ भन्ने आरोप लगाए भने अर्काथरीले जे भने पनि यो जनयुद्धकै निरन्तरता हो भन्ने प्रचार गरे । जसले यो केही होइन, वामभित्रको दक्षिण प्रवृत्ति हो भन्दै थिए तीमध्ये एकथरी लज्जास्पद प्रकारले प्रचण्डको आत्मसमर्पणवादको टाङमुनि विश्राम लिन पुगेका छन् भने कतिपयको स्थिति हुटिट्याउँको जस्तो भएको छ । जसले यो जनयुद्ध नै हो भन्ने गर्दथे तिनीहरू अझै पनि अनेकौँ अतिवादी खालका प्रचारहरू गर्दै बसिरहेका छन् । उनीहरूले सशस्त्र सङ्घर्ष जतिबेला पनि सुरु हुन सक्छ, यो पार्टीले अरूको उक्साहटमा हतियार उठाउँदैछ भन्नेसम्मका तुच्छ प्रचारहरू गर्दै हिँडेका छन् । तर हामीले रुसी जनविद्रोहको मोडल र चिनियाँ जनयुद्धको मोडललाई मात्र पकडेर वा नक्कल गरेर क्रान्ति हुन नसक्ने, नेपाली विशेषतालाई पकड्दै रुसी र चिनियाँ कार्यदिशाका सार्वभौमिक पक्षलाई लिने निष्कर्ष निकाल्यौँ । त्यसका लागि केही मौलिकता, केही नयाँको विकास र केही क्रान्तिकारी साहस आवश्यक छ भन्यौँ । पछिल्लो समयमा पुग्दा हाम्रो कार्यदिशाप्रति ठूलो जनमत सहमत हुन आइपुगेको स्थिति छ ।

२) पार्टी पुनर्गठनपछि हामीले कम्युनिस्ट पार्टीलाई एक असल र क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने निर्णय लियौँ । दाङ सम्मेलनबाटै हामीले प्रचण्डदेखि किरणसम्ममा देखापरेको अर्थहीन र भूमिकाहीन बोझिला कमिटी निर्माण गर्ने तरिकालाई रोकथाम ग¥यौँ । विभिन्न क्षमता राख्ने कमरेडहरूलाई केन्द्रीय विभाग र विशेष कमिटीमार्फत सक्रिय हुने व्यवस्था मिलायौँ । यसले सुरुमै पार्टीमा राम्रो सन्देश गयो ।

कम्युनिस्ट पार्टी के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा धरानमा केन्द्रीय सम्मेलन ग¥यौँ । त्यसले गरेको दिशानिर्देशले पार्टीलाई सञ्चालन गर्न निकै सहज भएको छ । दुई वर्षको अभ्यासमा आउँदा पार्टी क्रमशः असल र क्रान्तिकारी पार्टीका रूपमा स्थापित र सङ्गठित हँुदै गएको छ । सबै क्षेत्रका पार्टी कमिटीहरू व्यवस्थित बन्दै आएका छन् । कमिटीहरू जनतातिर फर्किने र नयाँ सदस्यहरू निर्माण गर्नेतिर अग्रसर भएका छन् ।

३) पार्टी पुनर्गठनपछि पार्टीले सङ्घर्षको क्षेत्रमा अग्रणी भूमिका पूरा गरेको छ । राष्ट्रियता, जनअधिकार, महँगी, भ्रष्टाचार, तस्करहरूविरुद्ध योजनाबद्ध निरन्तर सङ्घर्ष सञ्चालन गरेको छ ।

कथित संविधान निर्माणको विरुद्धमा नेपाल बन्ददेखि जनताको संविधान निर्माण गर्ने, जनपरिषद् र जनसरकार निर्माण गर्ने, भारतले लगाएको नकाबन्दी, हस्तक्षेप, नेपालमाथि लाद्न खोजेको प्रभुत्वविरुद्ध हामीले कोणसभा, विरोध प्रदर्शन, सेबोटेज हुँदै नेपाल बन्दसम्म आयोजना ग¥यौँ । सयौँ कमरेडहरूलाई गिरफ्तार गर्ने, मुद्दा लगाउने र जेल हाल्दा पनि कार्यक्रमहरू प्रभावकारी प्रकारले सञ्चालन भए ।

जनअधिकारका क्षेत्रमा राज्यका उच्च ओहोदामा पुगेर भ्रष्टाचार गर्ने, राष्ट्रघात गर्ने प्रशासक, उच्च वर्ग, राष्ट्रघाती योजनाहरू सञ्चालन गर्ने कम्पनी, तिनका नाइके, भूमाफिया आदिका विरुद्धमा सयौँको सङ्ख्यामा कारबाहीहरू सञ्चालन गर्दै नेपाल बन्दसम्म ग¥यौँ ।

राष्ट्रियताका क्षेत्रमा लिपुलेक, माथिल्लो कर्णाली, अरुण ३, प्रचण्डले भारतमा गरेको २५ बुँदे सहमति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाईसुरक्षा राख्ने सहमतिविरुद्ध प्रदर्शन, सभा, जनकारबाही गर्दै नेपाल बन्दसम्म ग¥यौँ । यी सङ्घर्षले पार्टीलाई जनभावनाको प्रतिनिधित्व गर्ने शक्तिका रूपमा स्थापित गरेको छ ।

४) पार्टी पुनर्गठनपछि सुरु बैठकबाट नै आर्थिक कामलाई संस्थागत र पारदर्शी बनाउने नीति लियौँ । केन्द्रमा बलियो केन्द्रीय विभाग बनायौँ । विभागले केन्द्रीकृत रूपले स्रोत परिचालन गर्न थालेपछि र सबै पार्टी कमिटीहरूमा संस्थागत काम सुरु भएपछि आर्थिक क्षेत्र निकै व्यवस्थित भएको छ ।

पार्टी केन्द्रका कामहरू हालसम्म व्यवस्थित रूपले सञ्चालन भइरहेका छन् । ठूलो आर्थिक अभाव भएको छैन । भार ठूलो भए पनि कामहरू अगाडि बढिरहेका छन् ।

५) पार्टी पुनर्गठनपछि प्रकाशनको क्षेत्र पनि सुव्यवस्थित भएको छ । आधुनिक राजनीतिक सङ्घर्षमा प्रकाशनको महत्व निकै धेरै हुन्छ भन्ने बुझेर हामीले सुरुमै विशेष ध्यान दियौँ र प्रकाशनलाई संस्थागत र नियमित गर्ने निर्णय लियौँ । त्यसअनुसार केन्द्रीय विभाग गठन ग¥यौँ र कामहरू अगाडि बढायौँ ।

हाम्रो प्रकाशन विभाग पार्टी केन्द्रको मर्मअनुरूप नै क्रियाशील भएको छ । यसले रातो खबर साप्ताहिक नियमित चलाएको छ । दुईवटा मुखपत्र, बुलेटिन, सहप्रकाशन कम्युनिस्ट दृष्टिकोण, महासचिव विप्लव, कमरेड प्रकाण्ड र कमरेड कञ्चनका रचना प्रकाशन, पोस्टर, पर्चा छाप्ने कार्यहरू गरेको छ । पार्टीले यस क्षेत्रबाट राम्रो परिणाम हासिल गरेको छ ।

६) पार्टी निर्माणपछि अन्तर्राष्ट्रिय काम पनि व्यवस्थित हुँदै गएको छ । आन्तरिक रूपले पार्टी निर्माणको प्रक्रिया प्रभावकारी बन्दै गएको छ । युरोप, कतार, संयुक्त अरब इमिरेट, अरब, जापान, मलेसिया, हङ्कङ र भारतमा पार्टी कमिटीहरू निर्माण भएका छन् । कमिटीहरूले सक्दो आर्थिक, राजनीतिक सहयोग पनि गरिरहेका छन् । ती देशहरूमा राजनीतिक प्रशिक्षण पनि सम्पन्न भएका छन् ।

राजनीतिक, कूटनीतिक दृष्टिले युरोपमा कम्युनिस्ट पार्टीहरूसँगको भेटघाट, माओवादी पार्टीहरूसँग सम्बन्ध निर्माणमा गरेको पहल, चीन, कोरिया र क्युबाका पार्टीहरूसँग सम्बन्ध निर्माणका लागि भएका पहल अफ्नो ठाउँमा महत्वपूर्ण छन् । विभागले कम्युनिस्ट पार्टीहरूबाहेक विभिन्न देश र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिहरूसँग पनि राजनीतिक एवम् कूटनीतिक भेटघाट र छलफल चलाइरहेको छ ।

७) पार्टी पुनगर्ठनपछि जनवर्गीय सङ्गठन र मोर्चाहरूका काम पनि सन्तोषजनक प्रकारले अघि बढिरहेका छन् । विभिन्न समयमा युवा, विद्यार्थी, मजदुर, किसान, महिला, दलित सङ्गठनहरूले चलाएका सङ्गठनात्मक अभियानहरू प्रभावकारी रहे । त्यसैगरी शिक्षक, जनस्वास्थ्य, बुद्धिजीवी, कर्मचारी, खेलकुद सङ्गठनहरूले सम्पन्न गरेका बैठक, प्रशिक्षण र भेलाहरू सन्तोषजनक रहे । सङ्गठनका क्षेत्रमा राष्ट्रिय मोर्चाहरूले सम्पन्न गरेका भेला र बैठकहरू पनि ठिकै ढङ्गले सफल भए । जवस मोर्चाका यी कार्यक्रमहरूले पार्टीलाई जनतामा पु¥याउन राम्रो सहयोग पु¥याएका छन् ।

८) पार्टीको पुनर्गठनपछि सांस्कृतिक क्षेत्रका काम पनि उत्सहपूर्ण रहेका छन् । जनसांस्कृतिक महासङ्घले सञ्चालन गरेका प्रशिक्षण, कविता गोष्ठीहरू, सांस्कृतिक कार्यक्रम, सामना परिवारले देशैभरि चलाएका सांस्कृतिक अभियानहरू भव्यताका सथा सफल भएका छन् । यी कार्यक्रमहरूले जनतामा पार्टी र हाम्रो कार्यदिशालाई स्थापित गर्न ठूलो सहयोग पु¥याएका छन् ।

पछिल्लो समयमा सांस्कृतिक परिवारहरू विभिन्न ब्युरो र जिल्लाहरूमा सङ्गठित हुँदै गएका छन् । शान्तिकालको पछिल्लो समयमा विसर्जन भएका परिवारहरू पुनः सङ्गठित हुन थालेको अनुभव सबैतिर भएको छ ।

९) पार्टीको नेतृत्वमा गठन गरिएको देशभक्त सङ्घीय जनवादी मोर्चाका कामहरू पनि प्रभावकारी प्रकारले सम्पन्न भएका छन् । भारतीय हस्तक्षेपका विरुद्ध स्वाधीनताको अन्दोलन, विचारगोष्ठी, अन्तरक्रिया कार्यक्रमहरू देशभर सञ्चालन भएका छन् ।

१०) पार्टी पुनर्गठनपछि कानुन विभागको काम पनि संस्थागत भएर गएको छ । आन्दोलनको चापले पूरै व्यवस्थित हुन नसके पनि राष्ट्रिय स्तर र ठूला मुद्दाहरू विभागमा केन्द्रित हुने क्रम बढ्दै गएको छ ।

११) सुरक्षा विभागका कामहरू पनि सुदृढ र व्यवस्थित हुँदै गएका छन् । तयारी, आपूर्ति, परिचालन र व्यवस्थापनका कामहरू नियमित चलिरहेका छन् । यस क्षेत्रमा जिम्मा लिएका कमरेडहरूले निकै राम्रो मेहनत गरिरहेका छन् ।

१२) कार्यालयका काम पनि पार्टीको स्तर र जिम्मेवारीअनुरूप व्यवस्थित भएर गएका छन् । स्टाफ व्यवस्था, कामको विभाजन, कार्यसम्पादन दुरुस्त भएर गएको छ । कार्यालयलाई नियमित कार्य सञ्चालनमा कुनै समस्या परको छैन ।

७) पार्टीसामु रहेका चुनौती र अवसरहरू

हाम्रो पार्टी पुनगर्ठन भइसकेपछि नयाँ चुनौती र अवसरहरू देखिएका छन् । माओवादी शान्तिकालमा आएपछि आत्मसमर्पणवाद, विसर्जनवाद, पलायनवाद र अकर्मण्यतावाद मुख्य चुनौती बनेका थिए । हामीले नयाँ पार्टी निर्माण गरिसकेपछि ती चुनौतीहरू कमजोर भएका छन् । तर नयाँ चुनौतीहरू थपिएका छन् । अवसरहरू पनि जनयुद्धबाट आएको पार्टी सिङ्गै हुँदा निकै ठूला थिए, पार्टीमा आएको विचलन र विभाजनले ती अवसरलाई पछाडि धकेलिदियो तर पुनर्गठनपछि पुनः नयाँ अवसर हाम्रासामु आएका छन् । हामीले नेपाली क्रान्तिलाई सफलतापूर्वक हाँक्न र विजयसम्म पु¥याउनका लागि ती चुनौती र अवसरहरूलाई ठीक तरिकाले बुझ्न र सञ्चालन गर्न आवश्यक छ । यसका लागि चुनौती र अवसरहरूलाई सङ्क्षेपमा उल्लेख गर्न आवश्यक छ ।

क) चुनौतीहरू

विश्वको राजनीतिक परिस्थिति र नेपाली परिस्थितिका कारण हाम्रो क्रान्तिका सामु केही चुनौतीहरू खडा भएका छन् । पार्टीले यी चुनौतीहरूको ठीकठीक पहिचान र समाधान गर्न जरुरी छ । मुख्य रूपले नेपाली क्रान्तिसामु खडा भएका चुनौतीहरू निम्न रहेका छन् ः

१) जनता र पार्टीेबीचको सम्बन्ध निर्माण

२) संसद्वादी घेराबन्दी

३) प्रतिविद्रोह र प्रतिदीर्घकालीन युद्ध

४) साम्राज्यवादी घेराबन्दी

५) आर्थिक एवम् प्राविधिक आपूर्ति

६) दक्षिणपन्थी हावा

१) जनता र पार्टीबीचको सम्बन्ध घनिष्ट प्रकारले निर्माण गर्ने विषय पहिलो चुनौती हो । यो चुनौती आउनुका पछाडि दुई कारण छन् ः पहिलो, प्रतिक्रियावादी शक्तिहरूले क्रान्तिकारीका विरुद्ध सञ्चालन गर्ने अनेकौँ प्रचार र दोस्रो, विचलनकारी, आत्मसमर्पणवादी तत्वहरूले जनतालाई दिएको धोका तथा उनीहरूले गरेको प्रचार ।

हामीलाई राम्रो ज्ञान छ, क्रान्ति गर्नका लागि क्रान्तिकारी र जनताका बीचमा घनिष्ट सम्बन्ध चाहिन्छ । उनीहरूको बीचमा नङ र मासुको जस्तो एकता चाहिन्छ । यो कुरा प्रतिक्रियावादीहरूले बुझेका छन् । त्यसैले उनीहरू जसरी पनि जनता र क्रान्तिकारीहरूलाई अलगथलग र विभाजित गरिदिन खोज्छन् । उनीहरूको संश्लेषण नै छ, क्रान्तिकारी र जनताका बीचको सम्बन्धलाई कुनै पनि तरिकाले बिगारिदिनुपर्छ । जनतामा क्रान्तिकारीहरूलाई लोकप्रिय हुन दिनु हँुदैन । सकेसम्म जनता नै क्रान्तिकारीविरुद्ध उत्रिने स्थिति बनोस् । यसका लागि उनीहरूले साम, दाम, डण्ड, भेद जे पनि प्रयोग गर्छन् । जब उनीहरू यो गर्न सफल हुन्छन् क्रान्तिले धक्का खाने स्थिति आउँछ । आज नेपालमा प्रतिक्रियावादीहरूले यसलाई प्रयोग गरिरहेका छन् र क्रान्तिको प्रक्रियासँगै अझ अगाडि बढाउनेछन् । यसमा शान्तिकालपछि आत्मसमर्पणवादी र विसर्जनवादीहरूले क्रान्तिबारे गरिरहेका अनेकौँ भ्रम प्रचार पनि सहयोगी बनेका छन् । यसलाई हामीेले गम्भीरतापूर्वक लिनुपर्छ । कुनै पनि स्थितिमा जनतासँग एकीकृत हुन जोड दिनुपर्छ ।

२) क्रान्तिका लागि दोस्रो चुनौती संसद्वादी प्रवृत्तिको घेराबन्दी हो । संसद्वादी राजनीतिक हावा आजको विश्वको खराब हावा हो । यसले संसदीय सत्ता संरक्षणका लागि क्रान्तिकारी नेता र कार्यकर्ताहरूलाई अनेकौँ घेराबन्दी गर्दछ । अवसर, लोभलालचमा फसाएर हुन्छ, विभिन्न प्रकारले विचलित र बदनाम गरेर हुन्छ, पार्टीमा फुट–विभाजन गरिदिएर हुन्छ वा भौतिक प्रकारले समाप्त गरेर हुन्छ क्रान्तिकारीलाई खतम गर्नु यसको चरित्र हुन्छ । विश्वका कयौँ क्रान्तिहरू संसद्वादीहरूका यस्ता घेराहरूलाई तोड्न नसक्दा पराजित हुने स्थिति आएको छ । हाम्रो देशमा पनि यी तरिकाहरू प्रयोग गरेर क्रान्तिलाई समस्यामा पार्दै आएका छन् । यो चुनौतीलाई पनि हामीले गम्भीरता पूर्वका लिनुपर्छ ।

३) प्रतिविद्रोह र प्रतिदीर्घकालीन युद्धरणनीति क्रान्तिसामुको तेस्रो चुनौती हो । जब रुसमा विद्रोहबाट र चीनमा दीर्घकालीन जनयुद्धबाट श्रमिक जनता पुरानो सत्तालाई पराजित गर्न सफल भए ती सफल सैन्य रणनीतिलाई विश्वभरिका क्रान्तिकारीहरूले अनुसरण गर्न थाले तब साम्राज्यवादी र पुँजीवादी सैन्य विज्ञहरूले ती रणनीतिका विरुद्ध प्रतिविद्रोह र प्रतिदीर्घकालीन युद्धका रणनीतिहरू विकास गर्न खोजेका छन् । केही हदसम्म प्रयोग पनि गरिरहेका छन् । यो रणनीतिमा जनविद्रोहलाई कसरी नियन्त्रण गर्ने, जनयुद्धलाई कसरी नियन्त्रण गर्ने भन्ने सैन्य नीतिहरू विकास गरिएका छन् । पछिल्लो समयमा क्रान्ति सफल हुन नसक्नुका पछाडि यसको पनि प्रभाव रहेको छ । यसर्थ हामीले क्रान्ति गर्दा यो चुनौतीलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ ।

४) साम्राज्यवादी घेराबन्दी क्रान्तिसामुको चौथो चुनौती हो । बीसौँ शताब्दीपछि साम्राज्यवाद भूमण्डलीकृत भएको छ । यसले कुनै पनि पुँजीवादी देशमा आउने सङ्कटलाई आफ्नो सङ्कटका रूपमा हेर्छ । विशेषतः वैज्ञानिक समाजवादी क्रान्तिलाई अन्तर्राष्ट्रिय समस्याका रूपमा हेर्छ । विश्वमा जहाँ पनि क्रान्तिको सम्भावना देखापर्छ त्यहाँ साम्राज्यवाद घेराबन्दी गर्न आइपुग्छ । क्रान्तिलाई असफल गर्न सञ्चारमाध्यमबाट भ्रम प्रचार गरेर हुन्छ कि प्रतिक्रियावादी सत्तालाई आर्थिक, सैनिक, राजनीतिक सहयोग गरेर हुन्छ वा क्रान्तिकारी नेता र जनतामाथि दमन गरेर हुन्छ, ऊ क्रान्तिलाई घेराबन्दी गर्न आउँछ । नेपालमा पनि यो प्रयोग जनयुद्धकालमा भयो अब पनि हुन्छ भन्ने बुझ्नुपर्छ । यसलाई पनि क्रान्तिकारीहरूले गम्भीरतापूर्वक लिनुपर्छ ।

५) आर्थिक एवम् प्राविधिक आपूर्ति क्रान्तिको पाँचौँ चुनौती हो । क्रान्ति स्वभावतः उत्पीडित जनताको बलमा सञ्चालन हुन्छ र यो भीषण प्रक्रियाबाट अगाडि बढ्छ । यसमा सामान्य आर्थिक र सामान्य प्राविधिक तयारीले पुग्दैन । उता प्रतिक्रियावादीहरूले सक्दो घेराबन्दी गर्छन् । त्यसैले क्रान्ति अगाडि बढ्दा क्रान्तिकारीहरूलाई आर्थिक र प्राविधिक समस्या आउने गर्छन् । क्रान्तिकारीहरूले यी विषयहरूलाई मिलाउन नसक्दा क्रान्तिमा ठूलो कठिनाइ आउने गरेको छ । तसर्थ यो चुनौतीलाई पनि हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।

६) दक्षिणपन्थी हावा हाम्रो क्रान्तिको छैटौँ चुनौती हो । कम्युनिस्ट आन्दोलनमा जहिले पनि दक्षिणपन्थी प्रवृत्ति देखापर्छ । यो कम्युनिस्ट आन्दोलनभित्र बसेर क्रान्तिका विरुद्ध गलत प्रचार गरिरहन्छ । सम्पूर्ण जीवनपद्धति पुँजीवादभित्र राखेर मुखले मात्र कम्युनिस्टको कुरा गर्दै क्रान्तिका विरुद्ध भ्रम फैलाउँछ । यसको काम नै भ्रम, निराशा, आशङ्का र अविश्वास फैलाउने हो । आज प्रचण्ड–बाबुरामसहितको दक्षिणपन्थी हावा बगिरहेको छ । यो चुनौतीप्रति पनि क्रान्तिकारीहरू सचेत हुनुपर्छ ।

ख) अवसर

विश्वको राजनीतिक परिस्थिति र नेपालको राजनीतिक वस्तुस्थितिले हाम्रो पार्टीसामु केही महत्वपूर्ण अवसरहरू पनि पैदा गरिदिएको छ । पार्टीसामु पैदा भएका यी अवसरहरूलाई पनि हामीले सही तरिकाले बुझ्न र सञ्चालन गर्न आवश्यक छ । पार्टीसामुका वर्तमान अवसरहरू निम्न रहेका छन् ः

१) संसदीय व्यवस्थाको असफलता

२) पार्टीको वैज्ञानिक एवम् क्रान्तिकारी विचार

३) पार्टी र क्रान्तिप्रति जनताको सकारात्मक सोचाइ

४) असफल पार्टी र कार्यकर्ताको क्रान्तिकारी भावना

५) अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धको विकास

६) साम्राज्यवादी शक्तिहरूबीचको चर्किंदो अन्तरविरोध

१) संसदीय व्यवस्थाको असफलता र सङ्कट हाम्रो क्रान्तिको पहिलो अवसर हो । सङ्क्रमणकालपछि जनताको इच्छा र क्रान्तिकारीहरूको सहमतिविपरीत भारतीय साम्राज्यवादको इसारामा संसद्वादी दलहरूले संसद्वादी संविधान पास गरेर दलाल संसदीय व्यवस्था जनतामा लादे । उनीहरूले संविधानपछि शान्ति र समृद्धि छाउन प्रचार गरे तर उनीहरूबीचको सत्तास्वार्थले यो सफल हुन सकेन । उल्टो जनताको बीचमा जातीय, क्षेत्रीय, धार्मिक अन्तरविरोधहरू चर्किन पुगे । भारतीय हस्तक्षेप चर्को रूपमा अगाडि आयो । संसदीय व्यवस्था जनताले बुझ्ने गरी बदनाम र असफल हुन पुग्यो । दलालहरू जनताको आँखामा बदनाम हुन पुगे । यो क्रान्तिका लागि निकै महत्वपूर्ण अवसर हो । यसलाई हामीले सही प्रकारले पकड्नुपर्छ ।

२) पार्टीको वैज्ञानिक एवम् क्रान्तिकारी विचार क्रान्तिका लागि दोस्रो अवसर हो । हामीले पछिल्लो समयमा जनताको अधिकार, राष्ट्रिय स्वाधीनता, दलाल संसदीय व्यवस्था र क्रान्तिका सन्दर्भमा जुन विचार निर्माण गरेका छौँ सही छ र यसप्रति बुद्धिजीवी, व्यवसायी र आमनागरिकको धारणा सकारात्मक बन्दै गएको छ । यो अवसरलाई पनि हामीले सही तरिकाले पकड्नुपर्छ ।

३) हाम्रो पार्टी र क्रान्तिप्रति जनताको सकारात्मक धारणा बन्नु तेस्रो अवसर हो । जनयुद्धको समयमा माओवादीप्रति जनताको विश्वास र आस्था निकै उचाइमा थियो । जब प्रचण्ड–बाबुरामले जनता र क्रान्तिप्रति नै गद्दारी गर्न पुगे तब माओवादीप्रति चर्को घृणा पैदा हुन पुग्यो । तर हामीले पार्टी निर्माण गरेर नयाँ विचारसहित निरन्तर काम गरेपछि जनताले पुनः पार्टी र क्रान्तिप्रति सकारात्मक धारणा बनाउँदै गएका छन् । क्रान्तिका लागि चाहिने सबैभन्दा बलियो आधार नै यही हो । यस अवसरलाई दह्रोसँग पकड्नुपर्छ ।

४) असल कम्युनिस्ट पार्टीको निर्माण र कार्यकर्ताको क्रान्तिकारी भाव हाम्रो चौथो अवसर हो । कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवाद र साम्यवादमा समर्पित पार्टी हुनुपर्छ । यसको अनुशासन, संस्कृति र आदर्श उच्च हुनुपर्छ । प्रचण्ड–बाबुरामको विचलनपछि यो मान्यतामा नसोचेको स्तरमा विचलन आयो परन्तु हामीले पार्टी पुनर्गठन गरेपछि पुनः क्रान्तिकारी पार्टी निर्माण हुन पुगेको छ । पार्टीले आफूलाई दृढतापूर्वक सच्याउन थालेको छ । साथै पार्टीका नेता र कार्यकर्ताहरूमा क्रान्तिकारी भावना पुनर्जागृत भएको छ । कार्यकर्ताहरू श्रमिक वर्ग, जनता र क्रान्तिप्रति समर्पणभावका साथ अगाडि बढ्दैछन् । यो निकै महत्वपूर्ण अवसर हो । यसलाई सही तरिकाले पकड्नुपर्छ ।

५) क्रान्तिकारी भाइचारा पार्टीहरूसँगको सम्बन्ध विस्तार पाँचौँ अवसर हो । शान्तिकालमा आएर भत्किएको क्रान्तिकारीहरूको सम्बन्ध पुनः क्रमशः जोडिँदैछ । हाम्रो क्रान्तिको उचाइमा यो सम्बन्ध नभए पनि ठिकै प्रकारले बढ्दै छ । यो क्रान्तिको अवसरलाई पनि हामीले पकड्नुपर्छ ।

६) अन्तर्राष्ट्रिय क्षेत्रमा साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोध क्रान्तिका लागि अर्को अवसर हो । बीसौँ शताब्दीको अन्त्यसम्म हाबी रहेको एकध्रुवीय विश्व यतिबेला बहुध्रुवमा पुगेको छ । उनीहरूबीचको अन्तर्विरोध सामान्य स्तरमा नभई उच्च स्तरमा पुगेको छ । यो अन्तर्विरोधले विश्वका सबै क्षेत्रलाई प्रभावित पारेको छ । कुनै पनि देशलाई सजिलै अतिक्रमण गरेर खाइहाल्ने स्थिति देखिँदैन । यो क्रान्ति र क्रान्तिकारीहरूका लागि अवसरको विषय हो । यसलाई पनि हामीले सही प्रकारले पकड्नुपर्छ ।

८) केही महत्वपूर्ण सैद्धान्तिक विषयहरू

‘हामी माक्र्सको सिद्धान्तलाई एकदम सम्पूर्ण र अनुल्लङ्घनीय मान्दैनौँ; यसको विपरीत हामी विश्वस्त छौँ कि यसले विज्ञानको जग मात्र हालेको छ । समाजवादीहरू जीवन गतिसँगै पाइला चाल्न चाहन्छन् भने उनीहरूले यसको सर्वत्तोमुखी विकास गर्नुपर्छ ।’

–लेनिन, हाम्रो कार्यक्रम, अक्टोबर १८९९, प्रगति प्रकाशन मास्कोद्वारा १९६४ को अङ्ग्रेजीमा प्रकाशित पूर्ण सङ्कलित, पृ.२११–२१२ ।

हामीले पार्टीभित्र विचारधारात्मक र राजनीतिक सङ्घर्षहरू सञ्चालन ग¥यौँ । विश्व कम्युनिस्ट आन्दोलनका सफलता र असफलताका अनुभव र शिक्षाहरूको विश्लेषण ग¥यौँ । आज विकास भएको साम्राज्यवादको राजनीतिक चरित्रहरूको विश्लेषण ग¥यौँ । विकसित विज्ञान र प्रविधिको अध्ययन ग¥यौँ । नेपालभित्रैका नयाँ राजनीतिक विशेषता र अन्तरविरोधहरूको विश्लेषण ग¥यौँ । यी सबै अध्ययन, अनुसन्धान र निष्कर्षका आधारमा लेनिनले १८९९ मै संश्लेषण गरेको विचारलाई आत्मसात गर्दै हामीले केही महत्वपूर्ण दार्शनिक, राजनीतिक, आर्थिक, सङ्गठनात्मक र कार्यदिशासम्बन्धी संश्लेषणहरू गर्नु आवश्यक ठानेका छौँ । ती विषयहरू निम्नलिखित छन् ः

क) दर्शनको विषय

वस्तुको अध्ययन, अनुसन्धान, संश्लेषण, ग्रहण र प्रयोग दर्शनको क्षेत्र हो । मानव समाजको नयाँनयाँ अध्ययन, अनुसन्धान, विकास र प्रयोग समाज विज्ञानको विषय हो । ब्रद्माण्डमा वस्तुको अस्तित्व व्यापक र विशाल छ । यसको अध्ययन, अनुसन्धान, नयाँ संश्लेषण र ग्रहण गर्ने क्रम जारी छ र रहिरहनेछ । मानवसमाजको विशेषता र गुणहरू पनि व्यापक र अनेक छन् जसको अनुसन्धान, संश्लेषण, ग्रहण र प्रयोग पनि निरन्तर जारी रहनेछ । यी दुवै विषयमा कुनै एक समयको अनुसन्धान र संश्लेषण नै अन्तिम र शाश्वत् रहिरहने विषय होइनन् । यी अनुसन्धाननीय र खण्डननीय छन् ।

‘पदार्थ रूपान्तरणको कारण बाह्य होइन, भित्री हुन्छ । यो बाह्य यान्त्रिक शक्तिको दबाबका कारणले होइन, बरु पदार्थभित्र विद्यमान आफ्नो भिन्न प्रकृति र परस्पर अन्तरविरोधी सङ्घटकको एकअर्कासँग सङ्घर्षको कारणले पदार्थको गति र

विकासलाई संवेग प्राप्त हुन्छ । यसप्रकार गति र रूपान्तरणका नियमको आविष्कारको परिणामस्वरूप द्वन्द्वात्मक भौतिकवाद विश्व भौतिक एकताको सिद्धान्त विकास गर्न, यसलाई प्रकृति र समाजको इतिहासमा विस्तार गर्न सक्षम छ । यसकारण निरन्तर गतिमा पदार्थको जस्तै विश्वको अनुसन्धान मात्र सम्भव छैन, बरु निम्न स्वरूपबाट उच्चतर स्वरूपमा पदार्थ अनन्त रूपले गतिमा भएझैँ विश्वको अनुसन्धान पनि गर्न सकिएको छ । यसो भनौँ कि विकास र प्रक्रियामा जस्तै विश्वको अनुसन्धान गर्न सम्भव छ’

–माओ, चुनिएका रचनाहरू, ग्रन्थ ६ पृष्ठ २२०–२२९, क्रान्ति प्रकाशन, सेकुन्दराबादबाट प्रकाशित अङ्ग्रेजी संस्करण, पृ.७२ ।

विज्ञानको विकास सन्दर्भमा माओले उल्लेख गर्नुभएको विचार एकदमै सही छ । हामीले आज विज्ञानका क्षेत्रमा चलिरहेको अनुसन्धान हेर्दा वैज्ञानिकहरूले कालो सुरुङ (द्यबिअप ज्यभि) सम्मको यात्रा गरिरहेका छन् । उनीहरूले एकीकृत भौतिक सिद्धान्तको परिकल्पना गरेका छन् ।

भौतिक वैज्ञानिकहरूले वस्तुको सबैभन्दा सानो एकाइ क्वार्क बताएका छन् जब कि केही समय अगाडिसम्म न्युट्रोन, इलेक्ट्रोन र प्रोटोनलाई नै सानो एकाइ मानिन्थ्यो । वस्तुमा विपरीत तत्व अनिवार्य हुने नियमलाई खण्डन गरियो र एउटै वस्तु आफैँमा विपरीतमा बदलिने गुण हुन्छ भन्ने अर्थात् अनिश्चयताको सिद्धान्त विकास भयो । सापेक्षता र अनिश्चयताको सिद्धान्तलाई महान् वैज्ञानिक स्टेफन हकिङले एकीकृत सिद्धान्तमा विकास गरिरहेका छन् ।

एउटा रोचक पक्ष विज्ञानमा के रहन्छ भने ठीक उल्टो लाग्नेजस्ता नियमहरू सत्य साबित हुँदा सर्वस्वीकार्य हुन पुग्छन् । जस्तो कि केही समय अगाडिसम्म कालो सुरुङ (द्यबिअप ज्यभि) को यात्रा असम्भव मानिन्थ्यो वा जान नसकिने स्थान मानिन्थ्यो । कालो सुरुङबाट कुनै वस्तु बाहिर आउन नसक्ने विश्वास गरिन्थ्यो । सबै वैज्ञानिकहरूले यही मान्दथे र विज्ञानका विद्यार्थीले यही अध्ययन गर्दथे तर हकिङले कालो सुरुङमा जान सक्ने साधन बनाउन सम्भव हुने बताएपछि विज्ञानको व्याख्या नै बदलिएको छ । सबै वैज्ञानिकले यसलाई स्वीकारेका छन् र विद्यार्थीहरूले पनि कालो सुरुङमा जान सकिने अध्ययन गरिरहेका छन् ।

राज्यका सन्दर्भमा पनि माक्र्सपूर्व यसलाई परिवर्तन गर्न नसकिने विषयका रूपमा व्याख्या गरिन्थ्यो तर वैज्ञानिक समाजवादको अनुसन्धानले राज्यसत्तालाई बदल्न सकिने विचार सर्वस्वीकार्य बनाइदियो । आज वैज्ञानिक समाजवादले धक्का खाएको स्थितिमा हामीले दर्शनमा पनि खोज गर्नुपर्ने भएको छ । दर्शनका विषयमा अध्ययन गर्दा हामीले ३ विषयमा ध्यान दिन खोजेका छौँ ।

पहिलो माक्र्सले संश्लेषण गर्नुभएको ‘दार्शनिकहरूले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा त यसलाई बदल्नु हो’ भन्ने विचारलाई विकास गर्ने विषय हो । माक्र्सले भन्नुभएको विचार सही नै हो तर समाजवादको असफलताले के साबित गरेको छ भने वस्तुलाई बदल्नु मात्र पूर्ण होइन, बदलिएको वस्तुलाई रक्षा र विकास गर्ने कुरा मुख्य बन्दो रहेछ । हामीले बदल्ने कुरामा मात्र जोड दियौँ तर रक्षा र विकास गर्नेमा विचार निर्माण गर्न सकेनौँ भने बदलिएको वस्तु उल्टोतिर बदलिने वा विघटन पनि हुन सक्दो रहेछ । त्यसैले हामीले भनेका छौँ दर्शनको काम बदल्ने काम मात्र होइन कि बदलिएको वस्तुलाई रक्षा र विकास गर्नु पनि हो । तसर्थ बदल्नेसँगै रक्षा र विकास गर्ने दर्शन निर्माण गर्नु छ ।

दोस्रो दर्शनको विषय द्वन्द्वात्मक भौतिकवादको विपरीतको एकत्वको नियमलाई विकास गर्नेसँग सम्बन्धित छ । दार्शनिक रूपले विपरीतको एकत्व नै वस्तुको जीवन हो । यो दार्शनिक मान्यता सही छ । परन्तु विपरीतको एकत्वको नियम प्रकृति र समाजमा लागू हुँदा एकै प्रकारले हुन्छ भनेर बुझ्नु गलत हुन्छ । निर्जीव वस्तुमा विपरीतको एकत्वका तत्वहरू जुन गुण र मात्रामा हुन्छन् सजीव र पार्टीमा त्योभन्दा निकै फरक गुण र मात्रामा हुन्छन् । निर्जीवमा सरल र यान्त्रिक संरचना बढी हुन्छ भने समाज र पार्टीमा जटिल, गतिशील र बहुआयामिक हुन्छ । निर्जीवमा जीवनका लागि जुन विपरीत तत्वको आवश्यकता हुन्छ वा जुन विपरीतको अस्तित्व अनिवार्य हुन्छ सजीवमा त्यो नहुन सक्छ किनकि समाज र पार्टीमा विपरीतहरूका मात्रा र विशेषता बहुआयामिक हुँदा कुन विपरीत जीवनका लागि अनिवार्य हो र कुन होइन भन्ने बुझ्न आवश्यक हुन्छ । कुनै विपरीत जीवन हुन्छन् भने कुनै विपरीत मृत्यु हुन्छ । उदाहरणका लागि पुँजीवादी समाजका लागि सामन्तवादी समाज विपरीतको एकत्वको सर्त होइन । यो हुन्छ तर पँुजीवादका लागि अनिवार्य भनियो भने पुँजीवादको मृत्यु र सामन्तवादको जीवन हुन्छ । समाजवादका लागि पुँजीवादी समाज विपरीतको एकत्व होइन । त्यो एक समय हुन्छ तर त्यसलाई वैज्ञानिक समाजवादले खान सकेन भने समाजवाद समाप्त हुन्छ । यही कुरा पार्टीको हकमा पनि सही हो । कम्युनिस्ट पार्टीका लागि विपरीतको एकत्व अनिवार्य हो तर दुई लाइन सङ्घर्ष अनिवार्य होइन अर्थात् दुई लाइन सङ्घर्ष र विपरीतको एकत्व एउटै नभएर फरकफरक पक्ष हुन् । समाजवाद रहँदासम्म विपरीत विचारसँगको सङ्घर्ष भइरहने भए पनि समाजवादको उच्चतम विकाससँगै विपरीतको गुण र मात्र सहजातीय र सहवर्गीय हुन अनिवार्य छ । समाजवाद चलिरहँदा पनि विपरीत विचार देखापर्छ भने त्यो खराब विचारसँगको सङ्घर्ष हुन्छ । त्यसलाई परास्त गर्नुपर्छ । उदाहरणका लागि पार्र्टीमा क्रान्तिप्रति नै आशङ्का गर्ने, पार्टीको कार्यदिशाप्रति नै सहमत नहुने विचार आयो भने त्यो लामो समय सँगै रहन सक्दैन । त्यो पार्टीका लागि चाहिने विपरीत होइन । त्यो समस्या हो । त्यसलाई समाधान गरिएन भने पार्टीको जीवन खतरामा पर्छ । विपरीतसम्बन्धी यो बुझाइ दर्शनमा नहुँदा प्रतिक्रान्तिलाई सहयोग पुग्यो, क्रान्तिलाई क्षति भयो ।

दर्शनको तेस्रो विषय समाज विज्ञानमा विकास गर्नेसँग सम्बन्धित छ । प्रकृति विज्ञानको विकासले माक्र्सवादको पुष्टि र विकास गर्दछ । यसैले गर्दा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका दुस्मनहरूले प्रकृति विज्ञानको नयाँ आविष्कारलाई यसको खण्डनमा लगाउने कुचेष्टा गर्दछन् । यस्तै कुचेष्टा अस्ट्रियाली दार्शनिक माख र रसियन माखवादीहरूले गरेका थिए । उनीहरूले न्युट्रन, प्रोटोन र इलेक्ट्रोनको विकास हुँदा ‘पदार्थको लोप भयो’ भनेर भौतिकवादको खण्डन गरेका थिए । परिणामतः १९०८ मा ‘भौतिकवाद र आनुभविक आलोचनावाद’ मा लेनिनले विज्ञानको नयाँ आविष्कारसहित भौतिकवादको नयाँ उचाइमा विकास गरी उनीहरू आनुभविक आलोचनावादी भएको पुष्टि गर्नुभयो । आज नेपालमा फेरि नयाँ

रूपमा माखवादीहरूको जन्म भएको छ । उनीहरूले माथि उल्लेख भएझैँ क्वान्टम र एकीकृत भौतिक विज्ञानको विकास तथा यसको सूचनाप्रविधिमा प्रयोगले ‘पदार्थ नरहेको’ निष्कर्ष निकाल्दैछन् । कम्प्युटरमा लेख्दा उत्पन्न अक्षर–तरङ्ग पदार्थ होइन । यस्ता तर्कहरू क्रान्ति उतारको बेला आउँछन् । १९०८ रुसमा क्रान्ति उतारमा थियो र अहिले नेपालमा करिब त्यस्तै छ । वास्तविकतामा पदार्थ हराएको होइन, बरु संशोधनवादीहरूको माक्र्सवादी विश्वदृष्टिकोण हराएको हो । तरङ्गजस्तै हावा पनि हो । यो त नयाँ होइन, पहिलेदेखि थियो । हावाबारे विचार गर्दै उनीहरूले पदार्थ छैन किन नभनेको त ? पदार्थ हरायो भन्ने तर्क अरू केही नभएर अधिभूतवादी आदर्शवादमा आत्मसमर्पण हो । यसले हाल आफूलाई द्वैतवादी अवस्थामा राखेको छ । हाम्रो पार्टीले नै यसको चिरफार गरेर नयाँ उचाइमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास गर्न जरुरी छ ।

ख) उत्तरसाम्राज्यवादको विषय

साम्राज्यवाद शब्द सामन्ती राज्यको उपज हो । यो सामन्ती राज्यसत्ताको प्रमुख सम्राट (इम्पेरर) बाट विकसित भएर साम्राज्य भएको हो । परन्तु साम्राज्यवाद शब्दको प्रयोग सन् १९०० पछि पुँजीवादको चरम विकासलाई बुझाउनका लागि गरियो ।

राजनीतिक क्षेत्रमा साम्राज्यवाद शब्दको प्रयोग लेनिनले नै पहिलोपटक गर्नुभएको होइन । ब्रिटेन, जर्मनका बुद्धिजीवीहरूले पुँजीवादको अर्थराजनीतिक चरित्रको विश्लेषण गर्दै साम्राज्यवाद आइसकेको निष्कर्ष दिए । ती निष्कर्षहरूसहितको अध्ययन गर्दै र पुँजीवादको वास्तविक चरित्रको अनुसन्धान गर्दै लेनिनले सन् १९२० मा लेख्नुभएको हो । पछि लेनिनवादको विकासमा यो विश्लेषण एक आधार बन्न पुग्यो । आज लेनिनले साम्राज्यवाद शब्दको प्रयोग गरेको अवधि ९६ वर्ष भयो । लेनिनले पुँजीवाद भन्ने माक्र्सको संश्लेषणलाई साम्राज्यवादमा संश्लेषण गर्दा चारवटा कारणलाई मुख्य बताउनुभएको थियो । ती थिए–

१) एकाधिकार

२) अति उत्पादन

३) विश्व विभाजन

४) अति केन्द्रीकरण

यतिबेला हामी लेनिनभन्दा १०० वर्ष अगाडि आएका छौँ । यो समय निकै तीव्र औद्योगिक विकासको समय हो । अर्थविश्लेषकहरूको भनाइमा चौथो औद्योगिक क्रान्तिको चरण हो । यसको विशेषता भनेको इन्टरनेट, डिजिटल र साइबर प्रविधिको विकास हो । यो विकास लेनिनले विश्लेषण र संश्लेषण गरेको विशेषताभन्दा निकै नयाँ ठाउँमा पुगेको स्थिति हो ।

साम्राज्यवादले राजनीतिक रूपले आफूलाई बढी प्रतिस्पर्धात्मक, लोकतान्त्रिक, समावेशी, समानुपातिक, लोककल्याणकारी, मानवअधिकारवादीको रूप दिन खोजेको छ । नागरिकहरूलाई एक हदसम्म भ्रम पनि परेको छ । जब कि आज पनि साम्राज्यवादको चरित्र अधिनायकवादी, तानाशाही, केन्द्रीकृत, फासिवादी र अभिजातवर्गीय नै छ ।

साम्राज्यवादले आर्थिक क्षेत्रमा पनि आफूलाई समाज कल्याणकारी, उदारवादी र समन्वयकारी देखाउने कोसिस गरिरहेको छ । कतिसम्म भने यसले उद्योगहरू सञ्चालन गर्दा मजदुरलाई पनि सेयर बाँडेको नाटक गर्छ । मुनाफाको एउटा हिस्सा समाज कल्याण र मजदुरलाई वितरण गर्ने बहाना गर्छ । नागरिकहरूलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेको दाबी गर्छ जब कि उत्पादनमा हायर एन्ड फायर र कामको मात्र वेतन भन्ने कठोर नीति लागू गर्छ । एकातिर विश्वव्यापी रूपले सैन्यशक्तिको विस्तार गर्ने र अत्याधुनिक सैन्य प्रविधि र शक्तिको प्रयोग गर्छ, अर्कोतिर विश्वभरि दलालहरू खडा गरेर उनीहरूको सहभागितामा जनतालाई शासन र उत्पीडन गर्दछ । यी विशेषताहरू लेनिनले प्रयोग गरेको साम्राज्यवादमा पाइँदैनथ्यो । यसर्थ आजको विकसित चरित्र वा नयाँ चरित्रअनुरूप साम्राज्यवादलाई परिभाषित गर्न आवश्यक भएको छ । अन्यथा साम्राज्यवादको व्याख्या पुरानै विशेषतामा गर्ने, त्यसलाई हल गर्ने कार्यदिशा पनि पुरानैलाई प्रयोग गर्ने सोच्दा वस्तु र चेतना, वस्तुस्थिति र योजनामा अन्तर पर्न गएर साम्राज्यवादविरोधी क्रान्तिहरू नै असफल हुनेतिर गएको देखिन्छ । तसर्थ आज विकसित पुँजीवादी, साम्राज्यवादी विशेषतालाई पुरानै रूपमा साम्राज्यवाद मात्र भन्नुभन्दा नयाँ विशेषतासहित अगाडि आइरहेकाले साम्राज्यवादलाई चरित्रअनुरूपको मिल्दो शब्द ‘उत्तर’ थपेर अर्थात् फेरिएको, पछिको वा पछिल्लो र अतिमा पुगेको अर्थ बुझाउने उत्तरसाम्राज्यवाद बनाउनु वस्तुवादी हुन्छ ।

उत्तरसाम्राज्यवादमा पुँजीवाद पुग्दा यसका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र प्राविधिक विशेषताहरू निम्न रहेका छन् ः

१) उत्तरसाम्राज्यवादका राजनीतिक विशेषताहरू

क) प्रतिस्पर्धात्मक र आवधिक निर्वाचनपद्धतिको प्रयोग

ख) समावेशी, समानुपातिक र सहभागितामूलक

ग) लोककल्याणकारी नाराको प्रयोग

घ) मानवअधिकारको प्रचार

ङ) धर्मराजनीतिको प्रयोग

च) जातिवादको प्रयोग

छ) अत्याधुनिक सैन्य प्रविधिको प्रयोग

ज) चरम अधिनायकत्वको प्रयोग

२) उत्तरसाम्राज्यवादका आर्थिक विशेषताहरू निम्न छन् ः

क) निगम पुँजीको प्रयोग

ख) समन्वयकारी रूपको प्रयोग

ग) सामाजिक सुरक्षाको प्रचार

घ) पुँजीको भूमण्डलीकृत चरित्र

३) उत्तरसाम्राज्यवादका सांस्कृतिक विशेषताहरू निम्न रहेका छन् ः

क) खुल्ला र भद्दा रूपको प्रयोग

ख) चरम उपभोगवादको प्रयोग

ग) धर्म–संस्कृतिको प्रयोग

घ) दलालीकरणको व्यापक वृद्धि

४) उत्तरसाम्राज्यवादका सामाजिक विशेषता निम्न देखिएका छन् ः

क) नगर समाजको विकास

ख) प्राविधिक समाजको विकास

ग) नयाँ श्रमिक वर्गको विकास

घ) नवऔपनिवेशिक चरित्र

ग) कार्यदिशाको सवाल

‘माक्र्सवाद सङ्घर्षद्वारा मात्र विकसित हुनसक्छ र यो कुरा विगतको हकमा मात्र नभई वर्तमानको हकमा र भविष्यको हकमा पनि त्यत्तिकै साँचो हो । जे कुरा सही छ त्यो सधैँ नै गलत कुरासँगको सङ्घर्षबाटै विकसित हुन्छ । सत्य, शिव र सुन्दर सधैँ नै असत्य, अशिव र कुरूपको विरोधमा विद्यमान हुन्छन् र तिनीहरूसँगको सङ्घर्षबाटै विकसित हुन्छन् ।’

– माओ, जनताहरूबीचका अन्तरविरोधहरूको सही सञ्चालनबारे, सङ्गम प्रकाशन बागबजार काठमाडौँद्वारा प्रकाशित नेपाली अनुवाद, भाग ५, पृ.३३३ ।

कार्यदिशा भनेको राज्य र जनताबीचको राजनीतिक र आर्थिक अन्तरविरोधलाई समाधान गर्ने राजनीतिक, आर्थिक रं सङ्घर्षको विधि हो । यसले जनताको विकास र समृद्धिको बाधक बनेर बसेको पुरानो सत्तालाई क्रान्तिकारी सङ्घर्षको तरिकाद्वारा समाधान गर्छ । क्रान्तिको कार्यदिशा विश्व र देशको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक विशेषताअनुरूप निर्माण गरिन्छ । देशको विशेषता जस्तो छ कार्यदिशाको निर्माण पनि सोहीअनुरूप हुने गर्छ । देशको राजनीतिक, आर्थिक, सामाजिक अवस्था सामन्तवादी छ भने सोहीअनुरूप, दलाल पुँजीवादी छ भने सोहीअनुरूप र पुँजीवादी छ भने सोहीअनुरूपको कार्यदिशा निर्माण हुन्छ ।

देशको राजनीतिक, आर्थिक, सामाजिक विशेषताअनुसार हालसम्म दुईवटा क्रान्तिका कार्यदिशा प्रयोग गरिएका छन् । रुसको समाजवादी क्रान्तिमा प्रयोग गरिएको जनविद्रोहको कार्यदिशा र चीनमा माओको नेतृत्वमा प्रयोग गरिएको जनयुद्धको कार्यदिशा । आज विश्वलाई वा रुसी विशेषतामा वा चिनियाँ विशेषतामा व्याख्या गर्ने र सोहीअनुरूप वा जनविद्रोह वा जनयुद्धको कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिने गरिएको छ ।

हाम्रो अध्ययन र बुझाइमा आजको विश्व रुस वा चीनको जस्तो छैन । समाजको चरित्र सामन्तवाद वा पुँजीवाद (साम्राज्यवाद) जस्तो मात्र छैन । बीसौँैँ शताब्दीबाट २१ औँ शताब्दीमा प्रवेश गरेसँगै साम्राज्यवादको चरित्र उत्तरसाम्राज्य विकास हुन पुगेको छ । यसका विशेषताहरू माथि उल्लेख गरिसकिएको छ । साम्राज्यवाद नयाँ विशेषतामा पुगेपछि यसको समाधान पनि लेनिन वा माओसम्मले विकास गरेको कार्यदिशाबाट मात्र सम्भव छैन । सहरबाट गरिने जनविद्रोह वा गाउँबाट गरिने दीर्घकालीन जनयुद्धको कार्यदिशा मात्र प्रयोग गरेर क्रान्ति सम्पन्न गर्न सम्भव छैन । तसर्थ क्रान्तिकारीहरूले आजको राजनीतिक विशेषता र अन्तरविरोधहरूलाई पक्डेर कार्यदिशाको विकास अनिवार्य रूपले गर्नैपथ्र्यो । हामीले सोही दृष्टिकोण र अध्ययनका आधारमा नेकपा (माओवादी) पुनर्गठन गरेपछि नेपाली राजनीतिक क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरेका छौँ । एकीकृत जनक्रान्तिको कार्यदिशा हामीले गाउँ र सहर भनेर अलग नगरी नयाँ समाजको विशेषताअनुरूप प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध आमश्रमिक जनतालाई सङ्घर्षमा उठाउने कार्यदिशा हो । यो कार्यदिशाका विशेषतालाई निम्नानुसार संश्लेषण गरेका छौँ ः

१) नगरसमाजको विकास

२) नयाँ श्रमिक वर्गको विकास

३) विज्ञान र प्रविधिको विकास

४) आर्य, जनजाति, मधेसी र दलित समुदायको बसोबास

५) देशभक्त शक्तिको उपस्थिति

६) भूपरिवेष्ठित देश

७) दलाल पुँजीवादी चरित्र

उल्लिखित विशेषताअनुरूप संश्लेषण गरिएको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा राजनीतिक दृष्टिले मात्र होइन, सैन्य दृष्टिले पनि नयाँ र महत्वपूर्ण छ । एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशा हामीले विशेष भेलाबाट पारित गरिसकेकाले त्यसबारे यहाँ चर्चा गर्नु आवश्यक र उपयुक्त देखिँदैन ।

घ) कम्युनिस्ट पार्टी सञ्चालनसम्बन्धी दृष्टिकोण

कम्युनिस्ट पार्टी सञ्चालनको विषय कम्युनिस्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउने विषय हो । यो एक हदसम्म समाज, राज्यलाई रूपान्तरण गर्ने र सञ्चालन गर्ने विषय पनि हो । हालसम्म यसको सञ्चालन लेनिनले विकास गरेका जनवादी केन्द्रीयताका चार नियमद्वारा गरिँदैछ । यी नियमहरू गलत छैनन् । परन्तु समाजवादमा देखापरेको पछिल्लो समस्याले यी नियमहरूको प्रयोगले मात्र पार्टी र सत्ता सुदृढ हुन सकेनन् । त्यसैले हामीले थप एउटा नियमको विकास गर्नुपर्नेमा जोड दिएका छौँ । त्यसलाई आवधिक प्रणालीको प्रयोग भनेका छौँ ।

लेनिनले जनवादी केन्द्रीयताका नियमको संश्लेषण मुख्यतः अक्टोबर क्रान्ति सम्पन्न भएलगत्तै रुसमा चलिरहेको गृहयुद्ध, पार्टीमा देखापरेको अराजकता र तेस्रो अन्तर्राष्ट्रिय निर्माणको सन्दर्भमा गर्नुभएको थियो । पछिल्लो घटनाक्रममा ती नियमहरू अपूर्ण साबित भए । जनवादी केन्द्रीयताको व्याख्या गरेर एउटै व्यक्ति आजीवन कार्यकारी पदमा रहिरहने विषयले पनि कम्युनिस्ट आन्दोलनलाई गतिहीन र यान्त्रिक बनाउन पुग्यो । कमिटीहरू विचारकेन्द्रित भन्दा पनि व्यक्तिकेन्द्रित हुने अवस्था देखियो । यसले साम्यवादी उच्चतम सभ्यताको नेतृत्व गर्ने पार्टी र राज्य जति बहुआयामिक, गतिशील र हराभरा हुनु पर्दथ्यो त्यो ल्याउन सकेन । त्यसैले हामीले यो समस्यालाई हल गर्ने नियमका रूपमा जिम्मेवारीको आवधिक प्रणालीलाई अगाडि सारेका छौँ ।

हाम्रो दृष्टिकोणमा एउटा कम्युनिस्ट, कम्युनिस्ट पार्टीमा सहभागी हुने, नेतृत्व तहमा पुग्ने र नेता हुने विषय समयसापेक्षित, अस्थायी र संयोगको विषय हो तर कम्युनिस्ट बनेर जनता, देश, समाज र मानवजातिको नेतृत्व गर्ने र योगदान पु¥याउने कुरा दीर्घकालिक, स्थायी र निरपेक्ष विषय हो । कम्युनिस्टले कम्युनिस्ट पार्टीको निर्माण र सञ्चालन मात्र गर्ने होइन, अपितु कम्युनिस्ट समाजको निर्माण र सञ्चालन गर्ने हो । कम्युनिस्ट राज्य र विश्वको निर्माण र सञ्चालन गर्ने । कम्युनिस्टले पार्टी र पार्टीको नेतृत्वमा रहँदा मात्र कम्युनिस्ट भएको अनुभूति गर्ने, कम्युनिस्ट पार्टी र कमिटीमा हुँदा मात्र कम्युनिस्ट आचार, व्यवहार, मूल्य र मान्यताको बोध गर्ने पार्टी र कमिटीमा नहुनेबित्तिकै कम्युनिस्टको युगान्तकारी जिम्मेवारीलाई लत्याएर पुरानै समाज, संस्कृति र व्यवहारको अनुसरण गर्न पुग्ने समस्याहरूलाई हल गर्न यो नीति र विचारले मद्दत पु¥याउनेछ ।

यसलाई राम्रो तरिकाले प्रयोग गर्दा कम्युनिस्टले खास समयमा समाज, राज्य र नागरिकहरूका लागि कम्युनिस्ट बनेर सेवा गर्ने अनि खास समयमा समाजको सदस्य बनेर समाजलाई कम्युनिस्ट बन्न उत्प्रेरित गर्ने संस्कृतिको विकासमा ठूलो भूमिका निर्वाह गर्नेछ ।

ङ) कम्युनिस्ट आर्थिक प्रणालीको विषय

कम्युनिस्ट पार्टीले पार्टी, समाज र राज्यमा कस्तो आर्थिक दृष्टिकोण राख्छ र कसरी जीवनपद्धतिमा प्रयोग गर्छ भन्ने विषय निकै महत्वपूर्ण छ । सिद्धान्त, विचार, नीतिहरूलाई जीवनमा प्रयोग हुने कार्यक्रममा प्रतिबिम्बित गर्ने मामिला पेचिलो र जीवन्त छ । कार्ल माक्र्स, लेनिन, माओ र अन्य कम्युनिस्ट विचारकहरूले सिद्धान्त र विचारका क्षेत्रमा जति सुन्दरता प्रदान गरेका छन् त्यसको कार्यान्वयन कठिन परिरहेको छ ।

माक्र्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभयो, ‘कम्युनिस्टहरूको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य गर्नु हो ।’ लेनिनले भन्नुभयो, ‘साम्यवादमा क्षमताअनुसारको काम र कामअनुसारको दाम उपलब्ध हुनेछ ।’ माओले भन्नुभयो, ‘क्रान्तिलाई पकड र उत्पादन बढाऊ ।’ यी आर्थिक दृष्टिकोण र विचारहरू धेरै सुन्दर र उच्च छन् परन्तु वैज्ञानिक समाजवाद प्राप्त भएपछि यो दृष्टिकोणलाई क्रान्तिकारीहरूले सफलतापूर्वक लागू गर्न नसकेको देखिन्छ । लेनिन, स्टालिन र रुसी कम्युनिस्टहरूले खडा गरेको वैज्ञानिक समाजवाद र पूर्वीयुरोपका समाजवाद टिक्न नसक्नुको एउटा कारण आर्थिक मामिला नै देखिन्छ । यो समस्या बुझ्न धेरै टाढा जानु नै पर्दैन, जनयुद्धदेखि पहिलो संविधानसभाको चुनावसम्म लोकप्रिय रहेको माओवादी पार्टी नेताहरूको अपारदर्शी र अनियमितताकै कारण पछिल्लो चरणमा बदनाम हुन पुग्यो । जनयुद्धको कठिन समयमा सर्वहाराकरण र कम्युनीकरण भन्दै व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउन तयार माओवादी पङ्क्ति शान्तिवार्तापछि आर्थिक क्षेत्रमा सबैभन्दा भद्दा, कुरूप र पतीत देखाप¥यो । अनैतिक प्रकारले पार्टीको पैसा लुकाउने, भ्रष्टाचार गर्ने, जनताले कब्जा गरेको जमिन व्यक्तिहरूले बेचेर खाने, आफ्नो नाममा बनाउने गरे । सम्पूर्ण सत्तामा नपुग्दै यो स्तरको विचलन आउँछ भने पूर्ण सत्तामा पुगेको स्थिति (जहाँ जनताको सम्पूर्ण विश्वास नेताहरूमा हुन्छ) मा पुग्दा नेताहरू आदर्शमा नबस्ने भएपछि कति विकृति आउन सक्छ, सहजै अनुमान लगाउन सकिन्छ । यसर्थ अर्थतन्त्र सम्बन्धमा कम्युनिस्ट दृष्टिकोण मूर्त र पारदर्शी हुन अनिवार्य देखिन्छ । हामीले तय गर्ने त्यो अर्थनीति जनवादी, व्यावहारिक र आदर्शोन्मुख हुनुपर्छ । समाजवादी सत्ता सञ्चालनका अनुभव, क्रान्ति सञ्चालन गर्दाका अनुभव र शिक्षालाई ग्रहण गर्दा हाम्रो नीति निम्नअनुसार हुनुपर्छ ः

आम नागरिकका हकमा रोजगारीको सुनिश्चितता गर्दै क्षमताअनुसारको काम, कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । यो नीतिले नागरिकहरूको निजी जीवन सुखी र समृद्ध हुनेछ । यो कुरा पुँजीवादमा सम्भव नै छैन । उनीहरू क्षमताभन्दा काम बढी गराउँछन् भने तोकिएको दाम दिन्छन् । त्यसैले कम्युनिस्ट समाज र राज्यमा मात्र निजी जीवन सुखमय हुन्छ ।

पार्टी कार्यकर्ताको अर्थनीति रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकताअनुसारको दाम हुनुपर्छ । यो नीतिअनुसार कम्युनिस्ट कार्यकर्ताहरूले काम गरेको आधा भाग दाम राज्यका लागि र आधा भाग दाम आफ्नो परिवारका लागि पाउनेछन् । जसले गर्दा कार्यकर्ताको निजी जीवन सुखपूर्ण हुनेछ भने उनीहरूको योगदानले राज्यले पनि समृद्धि प्राप्त गर्नेछ । यो नीतिमा रहने कार्यकर्ताको जीवन सरल, अनुशासित र अनुकरणीय हुनेछ ।

पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरूको नीति क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम हुुनुपर्छ । यो नीतिअन्तर्गत नेताहरूले आफ्नो सम्पूर्ण समय राज्य र जनताका लागि लगाउनु पर्नेछ भने नेताहरूको आवश्यकता राज्य वा संस्थाले पूर्ति गर्नुपर्छ । नेतृत्वले निजी सम्पत्ति जम्मा गर्ने स्थिति बन्नु हुँदैन । यसले नेताहरूको जीवन वैभव र विलासीपूर्ण नभएर सरल र आदर्श हुनेछ । यसले नयाँ पिँढीलाई कम्युनिस्ट आदर्शमा डो¥याउन मार्गदर्शन गर्नेछ ।

जब हामीले यो आर्थिक नीतिमा कम्युनिस्ट आन्दोलनलाई डो¥याउनेछौँ वैज्ञानिक समाजवाद जनता, कार्यकर्ता र नेताहरूको श्रम, मेहनत, स्वतन्त्रता, उन्नति, प्रगति, समृद्धि र आदर्शले प्रज्वलित हुनेछ । जो पुँजीवाद, साम्राज्यवाद र दलाल पुँजीवादभन्दा हजारौँ गुणा उन्नत र सभ्य हुनेछ ।

च) राजनीतिक कार्यक्रमको विषय

नेपाल यति बेला गणतान्त्रिक संसदीय व्यवस्थामा पुगेको छ । राजतत्त्रको अत्य भएको छ, सत्ता दलाल–पुँजीपति वर्गको हातमा पुगेको छ । राज्य राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक, दृष्टिले दलालीकृत भएको छ । राज्यसत्ताको नेतृत्वदेखि उद्योग, कृषि, बैङ्क, वजार, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति आदि क्षेत्र दलालहरूको कब्जामा गएका छन् ।

विदेशी उत्पीडन पनि विगत कालको जस्तो औपनिवेशिक अवस्थामा छैन । उनीहरूले दलालहरू खडा गर्ने र दलालहरूमार्फत नै कामहरू पूर्ति गर्ने तरिका प्रयोग गरेका छन् । तर पुँजीवादीहरूको चौतर्फी नियन्त्रण कति व्यापक छ भने राजनीति, अर्थ, सुरक्षा, प्रशासन, संस्कृति कुनै पनि क्षेत्र बाँकी छैनन् । यसलाई हामीले नवऔपनिवेशिक अवस्था भनेका छौँ । साम्राज्यवादीहरूको हस्तक्षेप र नियन्त्रण एवम् दलालहरूको निर्लज्ज आत्मसमर्पण र दलालीकरणले गर्दा देशभित्रको राजनीतिक अन्तरविरोध नै बदलिन पुगेको छ । बदलिएको अन्तर्विरोधअनुसार नेपालको प्रमुख अन्तर्विरोध दलाल पुँजीवाद र नेपाली जनताका बीच सर्न पुगेको छ ।

राजनीतिक चरित्र र प्रधान अन्तर्विरोधमा आएको परिवर्तनअनुसार राजनीतिक कार्यक्रममा पनि विकास गर्नुपर्छ । राजनीतिक अन्तरविरोध बदलिने तर राजनीतिक कार्यक्रम पुरानो नै भयो भने क्रान्तिलाई हानि हुन पुग्छ । हामीले विगतमा अर्धसामन्तवाद र अर्धउपनिवेशवाद भएकाले क्रान्तिको कार्यदिशा नयाँ जनवाद निर्माण गरेका थियौँ । तर दस वर्षको जनयुद्ध, गणतन्त्रको स्थापना, दलाल पुँजीवादको स्थापना, नवऔपनिवेशिक अवस्था आदि कारणले गर्दा अब नेपालको राजनीतिक कार्यक्रम नयाँ जनवाद मात्र बनाउँदा अपूर्ण हुन्छ र पछि पर्न जान्छ । अर्को कुरा नयाँ जनवाद कुनै लामो र स्थायी चरण पनि होइन । यो केवल समाजवादमा प्रवेश गर्ने खुड्किलो मात्र हो । कम्युनिस्टहरूको आधारभूत राज्यव्यवस्था भनेको वैज्ञानिक समाजवादी व्यवस्था नै हो । माओकै उदाहरण लिँदा पनि सन् १९४९ मा क्रान्ति गर्नुभयो र नयाँ जनवाद लागू गर्नुभयो तर यो समय लामो रहन दिनुभएन । छिट्टै वैज्ञानिक समाजवादमा लाने प्रस्ताव गर्नुभयो । यसर्थ हामीले अबको राजनीतिक कार्यक्रम विगतकै जस्तो नयाँ जनवादी मात्र भन्नु वस्तुवादी हँुदैन, वैज्ञानिक समाजवादी बनाउनु वैज्ञानिक र वस्तुवादी हुन्छ । वस्तुवादी कार्यक्रम निर्माण गरेर नै क्रान्तिको वरिपरि नयाँ मित्र र सहयोगी शक्तिहरूलाई धु्रवीकृत र एकताबद्ध गर्न सकिन्छ । तसर्थ नेपालको आउँदो राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवादी अपनाउनुपर्छ ।

छ) राष्ट्रिय (जातीय) मुक्तिको सवाल

नेपाल बहुजातीय वा बहुराष्ट्रिय देश हो । आधुनिक नेपाल अगाडिसम्म यहाँ ससाना राज्यहरू पुगनपुग सयका हाराहारीमा थिए । प्रायः राज्यहरू राष्ट्रका रूपमा विकसित भइसकेका थिएनन् । तिनको चरित्र वा कबिलाई प्रकारको वा सामन्ती खालको थियो । आधुनिक नेपाल बनेपछि नै सापेक्षित रूपले बलियो र केन्द्रीकृत राज्यको विकास भयो । नेपाल सुदृढ नहँुदै लड्नु परेको सन् १८१६ को नेपाल–अङ्ग्रेज युद्धले यसलाई आजको सीमामा बाँध्यो । यतिबेला नेपालभित्र मुख्य रूपले १३ वटा राष्ट्रहरू रहेका छन् भने क्षेत्रीय स्तरमा बसोबास गर्ने राष्ट्र र अल्पविकसित जातिहरू पनि छन् । ती हुन् ः १) क्षेत्री–ब्राहमण २) थारू ३) मगर ४) गुरुङ ५) नेवार ६) तामाङ ७) अबध ८) भोजपुरा ९) मिथिला १०) राई ११) लिम्बू १२) कर्णाली खसान १३) सेती–महाकाली खसान । अन्य क्षेत्रीय जातिहरूमा भोटेलामा, शेर्पा, कोच, कुमाल, राई दनुवार रहेका छन् । यीबाहेक लोपोन्मुख जातिहरू राउटे, चेपाङ, ब्यासी पनि रहेका छन् ।

आधुनिक नेपालको निर्माणसँगै राज्यको चरित्र द्वैध खालको भयो । पहिलो सामन्त वर्गीय चरित्र र दोस्रो क्षेत्री–ब्राह्मणवादी । सत्ताको मूल चरित्र वर्गबाट मापन गरिने हुँदा सत्ताको चरित्र सामन्ती नै भयो । परन्तु विशिष्ट अवस्थामा गोर्खा राज्य क्षेत्री–ब्राह्मणको नेतृत्वमा रहेकाले जातीय चरित्र पनि स्वतः लिन पुग्यो । राजनीतिक रूपले जनतामा सामन्ती शासन कायम भयो र सामन्ती उत्पीडन चल्यो भने जातीय रूपले सत्ता र शासन क्षेत्री–ब्राह्मणको कायम हुन पुग्यो । वर्गीय एवम् जातीय रूपले किसान, दलित, पश्चिमका क्षेत्री ब्राह्मण र जनजातिहरू सत्ताको अधिकारबाट वञ्चित हुन पुगे । उनीहरूमाथि उत्पीडन बढ्दै गयो ।

यतिबेला सिद्धान्ततः वर्गीय उत्पीडन र मुक्तिको सवालमा खासै ठूला विवादहरू देखिँदैनन् । यद्यपि वर्गीय बनोट, चरित्र र नयाँ वर्गहरूको विकासबारे बहसहरू चली नै रहेका छन् । परन्तु जातीय उत्पीडन र मुक्तिका सन्दर्भमा भने अलि बढी बहस र मतभेदहरू बजारमा प्रस्ट देखिन्छन् ।

माक्र्सवादी–लेनिनवादी–माओवादी दृष्टिकोणमा जातीय समस्या समाजको समाधान गर्नुपर्ने एक समस्या हो । यसलाई वर्गसत्ताकै समस्याका रूपमा हेर्न सकिन्छ परन्तु वर्गीय समस्याका रूपमा मात्र लिएर पुग्दैन । यसको राष्ट्रिय समस्याका रूपमा पनि लिनुपर्छ जो वर्गभन्दा फरक पनि हो ।

जातिको उत्पत्तिलाई ऐतिहासिक भौतिकवादी कोणबाट हेर्दा मानवसमाज विभिन्न गोत्र, कबिला र जातिमा बसोबास गर्दै विकास भयो । उनीहरूका आआफ्ना उत्पादन सम्बन्धहरू कायम भए । उनीहरूको समाज र उत्पादन सम्बन्धका विशेषताहरू आफ्नै खालका भए । जब सम्पत्तिको स्वामित्वमाथि एकले अर्कोलाई दखल गर्न थाले तब त्यसले वर्गीय सङ्घर्षसँगसँगै जातीय सङ्घर्षहरू पनि विकास भए । वर्गमा विजयीले वर्गअधिनायकत्व प्रयोग ग¥यो भने जातिमा पनि युद्धबाट विजयी जातिले जातीय अधिनायकत्व प्रयोग ग¥यो । सापेक्षतामा वर्गसङ्घर्ष चौतर्फी र रणनीतिक बन्यो भने जातीय सङ्घर्ष पनि खासखास समयमा अगाडि आए ।

समाजको गोत्र र कबिलाकालमा हुने सङ्घर्ष विकसित हुँदै राष्ट्र, देश र साम्राज्यका रूपमा अगाडि आयो । जब राष्ट्रले साम्राज्यवादी आकार लिन थाल्यो सिङ्गै देश उत्पीडित हुने र साम्राज्यवादी अधिनायकत्वमा पर्ने अवस्था बन्यो । युद्धहरूको विकास र विस्तार पनि नियमित सेनासँग जोडियो र अत्याधुनिक सैन्य शक्तिको विकास हुन पुग्यो । दुनियाँमा साम्राज्यवादको प्रयोग सामन्ती कालदेखि भए पनि वास्तविक साम्राज्यवाद बीसौँ शताब्दीबाट परिभाषित भयो । समाजले साम्राज्यवादी प्रवृत्तिको विकास भोग्नुपरे पनि यो अन्ततः वर्गसङ्घर्षकै एक रूप हो किनकि एक देशले अर्को देशलाई नियन्त्रण गर्नु वा उपनिवेश बनाउनुको प्रमुख उद्देश्य पनि कुनै जातिलाई समाप्त गर्ने नभई त्यहाँको आर्थिक स्रोत कब्जा गर्ने वा आर्थिक रूपले फाइदा सोहोर्नेसँग नै थिए र हुन्छ । यसको भ्रूण उत्पादनलाई निजी सम्पत्ति बनाउने, कब्जा गर्ने साथै गोत्र र कबिलालाई हराएर आफ्नो क्षेत्र ठूलो बनाउनेभित्र हुन्छ ।

हामीले इतिहासबाट बुझ्न सक्छौँ– सिकन्दर महान्ले भारतसम्मको यात्रा धन कव्जा गर्नकै लागि गरेका थिए । अङ्ग्रेजहरूले सोह्रौँ शताब्दीबाट बाहिरी दुनियाँ खोज्दै हिँडे, त्यो पनि व्यापार गर्न र धन सोहोर्न नै थियो । अठारौँ शताब्दीमा युरोपियन युद्धहरू भए । त्यसको कारण पनि सम्पत्ति कब्जा नै थियो । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध भयो, त्यो पनि बजार र सम्पत्ति कव्जा गर्नकै लागि थियो । काठमाडौँमा एकपटक १४०६ सालमा बङ्गालका नबाब समसुद्दिनले हमला गरेका थिए । त्यसको कारण पनि काठमाडौँमा सुन, हीरा र धन छ भन्ने थियो । नेपालले तिब्बतमा हमला पनि सम्पत्तिकै लागि गरेको थियो । पृथ्वीनारायणले गोर्र्खाबाट अन्य राज्य हान्दा आर्थिक फाइदालाई पनि आधार बनाएका थिए ।

यी दृष्टान्तले के बुझाउँछन् भने गोत्र, कबिलाको लडाइँ होस् वा राज्यबीचको लडाइँ होस्, कि त साम्राज्यवादीको लडाइँ होस्, त्यसको पहिलो उद्देश्य आर्थिक कब्जा गर्नु र सम्पत्ति हत्याउनु नै हुन्छ । यद्यपि त्यो पछि राष्ट्र र जातिकै विरुद्धमा किन नजाओस् । तसर्थ वर्गबीचको सङ्घर्ष नै जातीय उत्पीडनको पनि पहिलो कारण हो । यसो भनेर सधैँ र सबै जातीय उत्पीडन धनसम्पत्तिकै लागि हुन्छन् भनेर भन्न मिल्दैन । उत्पीडनको खास चरणमा जातीय प्रतिरोध र भिडन्त पनि अगाडि आउन सक्छ ।

समाजमा उत्पीडन उत्पन्न हुन्छन् । ती उत्पन्न मात्र हुँदैनन्, अन्त्य पनि हुन्छन् । माक्र्सवाद वा वैज्ञानिक समाजवादी विचारले यही बोध गराउँछ । वर्गहरू र वर्गउत्पीडन पैदा हुन्छ भने खास स्थानमा पुग्दा वर्गउत्पीडनको पनि अन्त्य हुन्छ । त्यसका लागि वर्ग अन्त्य गर्ने वैज्ञानिक विचार र राज्यको आवश्यकता पर्छ । जातीय उत्पीडनको विषय पनि यही हो । राज्य निर्माण भएपछि जातीय उत्पीडन उत्पन्न हुन्छ भने अर्को स्थितिमा जातीय उत्पीडनको पनि अन्त्य हुन्छ ।

आजसम्म अनुसन्धान भएको राजनीतिक विचारमध्ये उत्पीडनहरूलाई अन्त्य गर्न सक्ने विचार भनेको वैज्ञानिक समाजवादी, साम्यवादी विचार मात्र हो । उत्पीडनको राजनीतिक आधार भनेको दास, सामन्ती र पुँजीवादी उत्पादन सम्बन्ध र राज्यव्यवस्थाहरू हुन् । यी व्यवस्थाहरूले समाज र राज्यमा शोषक वर्गहरू (सामन्त, पुँजीपति र दलाल पुँजीपति) को रक्षा गर्छन् । तसर्थ यी व्यवस्थाबाट वर्गउत्पीडनको अन्त्य सम्भव छैन । त्यसैगरी सामन्तवाद, पुँजीवाद, साम्राज्यवादले उत्पीडक जातिलाई रक्षा गर्ने भएकाले यी व्यवस्थाबाट उत्पीडित जातिको मुक्ति पनि सम्भव छैन । जातीय उत्पीडनको अन्त्य पनि वैज्ञानिक समाजवाद वा साम्यवादले मात्र गर्न सक्छ ।

केही राजनीतिज्ञ र पार्टीहरूको दृष्टिकोण के छ भने जातीय उत्पीडनबाट मुक्ति पाउन जातीय राज्य (सङ्घीय) बने हुन्छ वा आफ्नो जातिको राज्य मात्र बनाए पुग्छ । कतिपयले यसको उल्टो वर्गीय मुक्ति भए पुग्छ, जातिको मुक्ति स्वतः हुन्छ भन्ने सोच्छन् । यी दुवै दृष्टिकोण गलत हुन् । जसले जातिको राज्य बने पुग्छ वा अर्को जातिका विरुद्ध लडे पुग्छ भन्छन् ती सामन्तवादी र पुँजीवादी विचारभन्दा अगाडि नबढेका मान्छेहरूका विचार हुन् । ती विचारमा जातीय सत्ताको मात्र कुरा छ, जनताको मुक्तिको कुरा छैन । यसले जातीय उत्पीडनको एउटा भागबाट त छुट्कारा दिन्छ तर अर्को उत्पीडन वा वर्गीय उत्पीडनबाट मुक्ति दिँदैन जब कि श्रमिक जनताको हकमा वर्गीय मुक्ति मुख्य विषय हो । कुनै देश राष्ट्रिय रूपले मुक्त भएर पनि वर्गीय रूपले मुक्त हुन सकेन भने अन्ततः मानवमुक्तिको मुख्य पक्ष नै अन्त्य हुन्छ । जस्तो कि अङ्ग्रेजबाट भारत मुक्त त भयो तर भारतीय जनता वर्गीय रूपले मुक्त हुन सकेनन् जसको कारण करोडौँ जनताले दलाल पुँजीवादी, सामन्त र पुँजीपतिको शोषण खप्नु परिरहेको छ । भारत मुक्त हुँदाको फाइदा भारतीय सामन्त र पुँजीपति वर्गले त पायो तर भारतीय जनताले पाउन सकेनन् । यसको उल्टो जसले वर्गीय मुक्तिको कुरा मात्र गर्छन् ती जनवादी स्वतन्त्रतालाई पकड्न नसकेका विचार हुन् । जनताको जातीय विशेषता, भाषा, संस्कृति, आर्थिक कार्य आदिको विकास र क्षेत्र फरकफरक परिमाणमा रहेका

छन् । सापेक्षतामा कम विकसित जाति, राष्ट्र, भाषा, संस्कृति आदिले पूर्ण जनवादी स्वतन्त्रतासहित नयाँ जनवाद र वैज्ञानिक समाजवादमा एकीकृत र केन्द्रीकृत हुने अवसर पाउनुपर्छ । फरक तहमा रहेका जातिहरूको स्तरलाई समान स्तरको अवसर र सहभागिताले जनवादी स्वतन्त्रतालाई पकड्न सक्दैन । यसले वैज्ञानिक समाजवादभित्र असन्तुलन ल्याउने स्थिति बन्छ । तसर्थ जातीय मुक्तिलाई वर्गीय मुक्तिको पूरक बनाउन यसको स्वतन्त्रतालाई सुनिश्चित गर्नुपर्छ ।

आधुनिक नेपाल निर्माण नहँुदासम्म यसभित्रका ससाना राज्य र उपराज्यहरूमा मुख्यतः वर्गीय समस्या नै थियो । सबै राज्यहरू ती कबिलाई नै किन नहुन्, त्यहाँ किसानहरूमाथि मुखिया, समुदाय प्रमुख वा अगुवाहरूको शासन र शोषण चल्दै आएको थियो । त्यो पहाडमा होस् वा मधेसमा सबै राज्य र उपराज्यमा थियो । परन्तु जब आधुनिक नेपालको निर्माण भयो यसले एकैपटक दुईवटा उत्पीडनलाई अगाडि ल्यायो । आर्थिक उत्पादन सम्बन्धका दृष्टिले सामन्त वर्ग र श्रमिक वर्गको मुख्यतः किसान वर्गको विभाजन र किसानमाथि सामन्ती उत्पीडन ल्यायो । जातीय, भाषिक र संस्कृतिका दृष्टिले क्षेत्री–ब्राह्मण र अन्य जनजाति मधेस, दलित आदिबीचको विभाजन र जनजाति, मधेसी, दलितमाथि क्षेत्री–ब्राह्मणको उत्पीडन । आर्थिक सम्बन्धका दृष्टिले सबै जातिका सामन्त र शासकहरूले सबै जातिका जनतामाथि शोषण गरे भने राजनीतिक शासनका दृष्टिले क्षेत्री–ब्राह्मणले सत्ताको शासन चलाए ।

अङ्ग्रेज युद्धपछि अर्धउपनिवेश र राणा शासनको अन्त्यपछि अर्धसामन्ती व्यवस्थामा रहेको नेपाल यति बेला भारतीय साम्राज्यवादी हस्तक्षेपसमेतबाट नवउपनिवेशमा र जनयुद्ध र गणतन्त्रको स्थापनापछि दलाल पुँजीवादमा बदलिएको छ । राजनीतिक एवम् आर्थिक सम्बन्धबाट यो नयाँ स्थिति हो ।

नेपालमा केही शक्तिले गणतन्त्रमा सङ्घीय भयो भने जातीय मुक्ति हुन्छ । त्यसैले केही भूगोल र अधिकार बाँडफाँट गरे पुग्छ भन्ने सोचाइ राख्ने गरेका छन् । केहीले सत्ता एकात्मक भए पनि जनवादी भए पुग्छ भन्ने सोचाइ राख्ने गर्छन् । हाम्रो विचारमा यी दुवै दृष्टिकोण गलत छन् । पहिलो खालको दृष्टिकोण पुँजीवादी, संसद्वादी वा यथास्थितिवादी सोचाइ हो भने दोस्रो खालको विचार यान्त्रिकतावाद हो । जसले जातिले निश्चित भूगोल पाए पुग्छ, शासन जुन वर्गले गरे पनि हुन्छ भन्ने दृष्टिकोण राख्छन् यसको नेतृत्व संसद्वादी, दलाल पुँजीवादी वर्गले गरिरहेका छन् । उनीहरूले जातिहरूमाथिको उत्पीडनलाई जातीय दृष्टिले मात्र हेर्नु किसान, मजदुर जनताको विरुद्ध छ किनकि जातिहरूभित्र वर्गहरू छन् र त्यसमा पुनः जनतालाई दलाल र सामन्तहरूले नै शासन गर्ने हुन् भने सारमा श्रमिक जनताका लागि त्यो सङ्घीयता अर्थहीन बन्छ जस्तो भारतमा छ । जस्तो कि तराई मधेसमा काठमाडौँको सत्ताको मात्र उत्पीडन छैन, तराई मधेसका ठूला जमिनदार र दलाल पुँजीपति वर्गको पनि चर्को उत्पीडन छ । अझ भन्ने नै हो भने तराईको आन्दोलनको मुख्य विशेषता नै जमिनदारका विरुद्ध किसान आन्दोलन रहिआएको छ । त्यहाँ अहिले मधेस भए पुग्छ, केही जिल्ला वा भूगोल थपघट भए पुग्छ भन्ने सोचाइ श्रमिक जनतालाई उत्पीडनबाट मुक्ति दिने दृष्टिकोण होइन । काठमाडौँको दलाल पुँजीवादी सत्ताले शासन गर्नुको सट्टा मधेसको दलाल पुँजीपति वर्गले शासन गर्न पाउनुपर्छ भन्ने दृष्टिकोण हो । यो जनताका लागि कुनै अर्थको छैन । यो ‘क’ को ठाउँमा ‘ख’ ले शासन गर्ने जस्तो मात्र हुन्छ । जहाँसम्म जनवादी व्यवस्था भए पुग्छ वा वैज्ञानिक समाजवादी सत्ता भए हुन्छ भन्ने दृष्टिकोण राजनीतिक व्यवस्थाका दृष्टिले सही भए पनि आजको सत्ताचरित्रमा जनताका विभिन्न जाति समुदायको विकास र आर्थिक अवस्थाले गर्दा जनवादी स्वतन्त्रता कुण्ठित हुन पुग्छ । एक प्रकारले एकात्मक व्यवस्था हुन पुग्ने हुन्छ । यसले क्षेत्री–ब्राह्मणद्वारा थोपरिएको विभेद र उत्पीडनकारी शासनको कारण विकासमा पछि परेका वा सत्ता सञ्चालनको अधिकारबाट वञ्चित हुन पुगेका जाति, जनजाति, अल्पविकसित जाति, दलित समुदायको हकमा अपूर्ण र अन्याय हुन पुग्छ । यसले वस्तुतः उत्पीडित जातिलाई मुक्तिको स्वअनुभूति हुन सक्दैन । जब कि जनताको व्यवस्थामा परिभाषित स्वतन्त्रताभन्दा स्वसंलग्न र स्वयम् स्वीकार्य स्वतन्त्रताको सुनिश्चितता अनिवार्य छ । यसको उचित समाधान भनेको जनवादी गणतन्त्र वा वैज्ञानिक समाजवादभित्र उत्पीडित जातिको स्वशासनको सुनिश्चितता हो । स्वशासनसहितको नयाँ जनवाद र वैज्ञानिक समाजवादले मात्र वर्गीय र जातीय मुक्ति सुनिश्चित गर्न सक्छ । यसले अति अविकसित र लोपोन्मुख जातिलाई राजनीतिक संरक्षण र विशेष अधिकारको सुनिश्चितता गर्न सक्छ र नेपाल वास्तविक जनताको नेपालमा रूपान्तरित हुनेछ ।

ज) पार्टी नामको विषय

हाम्रो पार्टी कम्युनिस्ट पार्टी हो । यो अन्तर्राष्ट्रिय सर्वहारावर्गीय टुकडी हो । सामान्यतः कम्युनिस्ट पार्टी भनेपछि अन्य कुनै विशेषणको आवश्यकता पर्दैन । तर कम्युनिस्ट आन्दोलनमा विभिन्न विचलन र प्रवृत्तिहरू पैदा भएपछि साथै क्रान्तिकारी र अवसरवादी सबैले कम्युनिस्ट पार्टी नै भन्न थालेपछि आन्दोलनले क्रान्तिकारीहरूको थप पहिचान आवश्यक बनाइदियो । त्यसैको परिणाम नै कम्युनिस्ट पार्टीको पछाडि वा अगाडि थप परिचय वा पहिचान दिने शब्द थप्ने चलन आयो ।

नेपालमा २००६ साल अप्रिल २२ मा कम्युनिस्ट पार्टी गठन हुँदा कम्युनिस्ट पार्टीको नामले भएको थियो । तेस्रो महाधिवेशनपछि कम्युनिस्टहरूका अनेक धार देखापरे । तिनले अरूबाट फरक देखाउन कम्युनिस्ट पार्टीपछाडि अनेक उपनामहरू थप्दै गए । माले, मशाल, श्रमिक सङ्गठन, माक्र्सवादी, एमाले, माओवादी सबै त्यसैका परिणामहरू हुन् ।

जनयुद्धको तयारी गर्न थालेपछि तत्कालीन एकताकेन्द्रमा क्रान्तिकारी र अवसरवादी धारबीच सङ्घर्ष चर्कियो । जब २०५१ सालमा एकताकेन्द्रमा विभाजन आयो बहुमत केन्द्रीय सदस्यहरूको केन्द्रीय समितिले पहिलो राष्ट्रिय सम्मेलबाट नेकपा (माओवादी) नाम राख्यो । एकताकेन्द्र नाम लामाजीहरूले प्रयोग गर्नुभयो । त्यस बेलाको सन्दर्भमा पार्टीको नाम माओवादी राख्दा सार र रूप मिल्न गएको थियो र त्यसले सकारात्मक प्रभाव पनि दियो । जनयुद्ध र संविधानसभाको पहिलो चुनावसम्म माओवादी पार्टीको पहिचान त्याग, बलिदान, देश र जनताको रक्षक, सत्य र न्यायको प्रतीकका रूपमा थियो । परन्तु जब

शान्तिप्रक्रियामा प्रचण्ड–बाबुरामले आत्मसमर्पण र विसर्जनको बाटो पकड्दै गए उनीहरूको आर्थिक जीवन रहस्यमय र भ्रष्ट बन्दै गयो । पैसाका लागि तस्कर, दलाल, कमिसनखोरसँग साँठगाँठ बढ्दै गयो तब माओवादी जनताको आँखामा गिर्दै गयो । माओवादीका दुस्मनहरूले योजनाबद्ध रूपले सञ्चारमाध्यम र प्रचारप्रसारबाट माओवादीलाई बदनाम गर्दै लाने नीति पनि अपनाए । भित्री विचलन र बाह्य हमलाबाट पछिल्लो समयमा माओवादीलाई विचलन र विकृतिको प्रतीक बनाउन खोजिएको छ । हामीले माओवादीको पुनर्गठन गरेपछि माओवादीको प्रभाव सुल्टोतिर फर्किएको छ तर पूरै ठीक भएको स्थिति छैन । माओवादीमा कुनै विशेषण जोड्दा मात्र जनतामा सकारात्मक सोचाइ बन्ने खालको भएको छ । अर्कोतिर कम्युनिस्ट पार्टी विश्वसर्वहारा वर्गको अग्रदस्ता हुनुको कारण कुनै सन्दर्भमा उपनाम जोड्नु परे पनि वास्तवमा कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी नै हो । सम्भव रहँदासम्म कम्युनिस्ट पार्टीकै रूपमा सङ्गठित र परिचालित गर्दा राम्रो हुने हो । तेस्रो कुरा नेपाली सन्दर्भबाट हेर्दा हामीले सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई एउटै झन्डामुनि गोलबन्द गर्ने पहल गर्नुपर्ने छ । संसद्वादी धारा बदनाम र असफल हुँदै गएको स्थितिमा इमानदार कम्युनिस्टहरूलाई गोलबन्द गर्ने सम्भावना पनि बढेको छ । यसका लागि पनि सहज र सर्वसम्मत नाम कम्युनिस्ट पार्टी उपयुक्त देखिन्छ । यसर्थ सबै पाटाबाट हेर्दा हामीले पार्टीको नाम कम्युनिस्ट पार्टी मात्र राख्दा वस्तुवादी त हुन्छ नै सँगै सहज, सरल र सजीव पनि हुनेछ । तसर्थ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्नु उपयुक्त हुनेछ ।

झ) राजनीतिक विषय

वैज्ञानिक समाजवादी व्यवस्था मानवइतिहासमा आजसम्मकै जनवादी र सभ्य व्यवस्था हो । तर बीसौँ शताब्दीको पराजयले यसको प्रयोगमा केही गम्भीर शिक्षा प्राप्त भएका छन् । त्यसमा जनवाद र अधिनायकत्वलाई मिलाउने सवाल राजनीतिक रूपले ध्यान दिनुपर्ने विषय बनेको छ ।

कतिपय स्थितिमा कस्तो बुझाइ छ भने जनवाद भनेको चुनाव गर्नु वा भोट हाल्नु हो भन्ने र अधिनायकत्व भनेको शासन चलाउने वा अनुशासन पालना गराउने हो । यो प्रचार बढी पुँजीवादीहरूले गरेका छन् भने कयौँ बेला कम्युनिस्टहरू पनि भ्रमित हुने गरेका छन् । कम्युनिस्टहरू जनवादी हुँदैनन् । जनतालाई मत दिन दिँदैनन् । आफ्नो मतबाट प्रतिनिधि छान्न पाइँदैन । अधिनायकत्वका नाममा केही व्यक्तिहरूले तानाशाही चलाउँछन् तर यो सत्य होइन । सत्यता के हो भने पुँजीवादी व्यवस्थामा जनवाद वा जनताले मत दिन पाउँदैनथे र अहिले पनि पुँजीवादभित्र शुद्ध मतदान छैन । सबैभन्दा पहिले मजदुर, किसान, महिलालाई मत दिने अधिकार सुनिश्चित गर्ने पार्टी कम्युनिस्ट पार्टी हो र व्यवस्था समाजवादी व्यवस्था हो । पेरिसमा श्रमिक वर्गले प्रत्यक्ष चुनावद्वारा प्रतिनिधि मात्र होइन, मन्त्रीहरू पनि चुनेको थियो । रुसमा बोल्सेभिक पार्टीको अगुवाइमा मजदुर, किसान, महिलालाई भोट हाल्ने अधिकार दिइएको थियो जब कि अमेरिका र अन्य पुँजीवादी देशमा त्यो अधिकार थिएन । कम्युनिस्टले जनमतको सुनिश्चितता दिएपछि मात्र पुँजीवादीहरूले सिकेका हुन् । आज पनि पुँजीवादीहरूले खुब चुनाव र जनमतको प्रचार गर्छन् तर तिनका हरेक चुनावमा अमेरिकादेखि भारत, नेपालसम्म धाँधली र मत किनबेच भएको आरोप–प्रत्यारोप उनीहरू आफैँले गरिरहेका छन् जब कि वैज्ञानिक समाजवादमा धाँधली र किनबेचको कुनै अर्थ नै हँुदैन ।

अधिनायकत्वको हकमा पनि गलत प्रचार छ । अधिनायकवादी कम्युनिस्ट होइनन् । कम्युनिस्टहरूले वैज्ञानिक समाजवादको रक्षा गर्ने विषयलाई अधिनायकत्व भनेका हुन् । त्यो भनेको श्रमिक जनताको रक्षा हो । वास्तविकतामा अधिनायकवादी पुँजीवादीहरू हुन्छन् । उनीहरूको शासन हो मुठीभर शासक वर्गको शासन । समाजवादमा हरनागरिकको राजनीतिक, आर्थिक, शिक्षा, स्वास्थ्यको अधिकार हुन्छ तर पुँजीवादमा हुँदैन । जनतालाई अधिकार नदिने तर शासन मान्नैपर्ने व्यवस्था पुँजीवादी अधिनायकत्व हो । बीसौँ शताब्दीमा यो मान्यतालाई पकड्ने र लागू गर्नेमा कमी भएको छ । तसर्थ हामीले समाजवादमा जनवाद र अधिनायकत्वको मान्यतालाई वैज्ञानिक विधिमा ढालेर लागू गर्नुपर्छ । समाजवादमा श्रमिक जनताले शासन सञ्चालन गर्ने जनप्रतिनिधि प्रत्यक्ष निर्वाचनबाट गर्न पाउनेछन् भने वैज्ञानिक समाजवादलाई जनवादको बलमा संरक्षण गर्ने अधिनायकत्व विकास गरिनेछ । यसले समाजवादलाई पुँजीवादसँग तुलनै गर्न नसकिने गरी जनवादी बनाउनेछ ।

ञ) वर्गविश्लेषणको विषय

वर्गहरूको वस्तुवादी विश्लेषण, पहिचान, परिचालन र सङ्घर्ष क्रान्तिको आधारभूत विषय हो । क्रान्ति भनेकै वर्गसङ्घर्षको उच्चतम अभिव्यक्ति हो । क्रान्तिको सफलता र विफलताको एउटा मुख्य पाटो वर्गहरूको विश्लेषण, पहिचान र परिचालनसँग सम्बन्धित हुन्छ ।

राजनीतिक सङ्घर्ष र क्रान्तिको विकाससँगै वर्गहरूमा परिवर्तन भइरहन्छन् । वर्गहरूको परिवर्तनले नेतृत्वदायी भूमिकाहरू पनि फेरिने गर्छन् । सामन्तवादी सत्ताभित्र जुन वर्गहरू प्रमुख हुन्छन् दलाल पुँजीवादमा ती बदलिन्छन् । दलाल पुँजीवादमा जुन वर्ग प्रमुख हुन्छन् पुँजीवादमा ती फेरिन्छन् । राजनीतिक नेतृत्वले राजनीतिक सङ्घर्षका क्रममा परिवर्तन हुने वर्गविशेषता र सङ्घर्षहरूलाई सही प्रकारले पकड्न र सञ्चालन गर्न जरुरी हुन्छ । अन्यथा वर्गसङ्घर्ष एकातिर र क्रान्ति अर्कोतिर हुन जान्छ । सङ्घर्ष ठीक ठाउँमा भएन भने क्रान्तिले असफलता बेहोर्नुपर्ने हुन्छ ।

दस वर्षको जनयुद्ध र शान्तिप्रक्रियापछि नेपालमा राजतन्त्रको अन्त्य भएको छ । २०४६ सालको बहुदलपछि उदाएको दलाल पुँजीवाद २०६५ सालमा राजतन्त्रको अन्त्यपछि सामन्तवाद मूल रूपले अन्त्य भएको छ । सत्ता, राजनीति, अर्थतन्त्र, प्रशासन, संस्कृति सबैतिर दलाल पुँजीवाद हाबी भएको छ । राजनीतिक सत्तामा आएको यो परिवर्तनले नेपाली समाजका वर्गहरूमा पनि महत्वपूर्ण फेरबदल गरिदिएको छ । जनयुद्ध सुरु गर्दा जुन वर्ग राजनीतिक नेतृत्वमा थियो त्यो बदलिएको छ ।

उदाहरणका लागि जनयुद्धको प्रमुख निशानामा सामन्त वर्ग र दलाल पुँजीपति वर्ग थिए । तर आज सामन्त वर्ग पछाडि धकेलिएको छ र राजनीतिक नेतृत्वमा दलाल पुँजीपति वर्ग पुगेको छ । यसले गर्दा वर्गसम्बन्धमा पनि परिवर्तन हुन पुगेको छ ।

यतिबेला नेपाली समाजको अर्थराजनीतिक विशेषताका आधारमा वर्गविश्लेषण निम्न रहेका छन् ः

आर्थिक दृष्टिले नेपालमा ८ वटा वर्ग रहेका छन्–

१) दलाल पुँजीपति वर्ग

२) सामन्त वर्ग

३) राष्ट्रिय पुँजीपति वर्ग

४) सुदखोर, माफिया वर्ग

५) नयाँ श्रमिक वर्ग (मध्यम वर्ग)

६) सर्वहारा वा मजदुर वर्ग

७) किसान वर्ग

८) भूमिहीन सुकुमबासी वर्ग

राजनीतिक दृष्टिले ७ वटा शक्ति रहेका छन्–

१) दलाल पुँजीवादी शक्ति

२) पुँजीपति शक्ति

३) नोकरशाही शक्ति

४) सुदखोर, माफिया शक्ति

५) देशभक्त शक्ति

६) सुधारवादी शक्ति

७) क्रान्तिकारी शक्ति

दुवै दृष्टिकोणबाट अध्ययन गर्दा दलाल पुँजीपति वर्ग, सुदखोर माफिया वर्ग, नोकरशाही वर्ग वर्तमान सत्ता सञ्चालक र शोषक वर्ग हुन् भने देशभक्त, श्रमिक वर्ग, क्रान्तिकारी वर्ग शोषित, उत्पीडित वर्ग हुन् । सुधारवादी, राष्ट्रिय पुँजीपति वर्ग ढुलमुले वर्ग हुन् । राजनीतिक सङ्घर्षका दृष्टिले मुख्य प्रतिपक्ष वर्ग दलाल पँुजीपति र क्रान्तिकारी श्रमजीवी वर्ग रहेका छन् । प्रधान अन्तरविरोध यी दुई वर्गको बीचमा नै केन्द्रित छ । क्रान्तिको सवाल पनि यी दुई वर्गको टक्कर नै हो । हामीले क्रान्ति सम्पन्न गर्नका लागि दलाल पँुजीपति र सुदखोर माफिया वर्गविरुद्ध अरू सबै देशभक्त, राष्ट्रिय पुँजीपति, नयाँ श्रमिक वर्ग, मजदुर–किसान सबैलाई एउटै मोर्चामा आबद्ध गर्न पहल गर्नुपर्छ । दलाल पुँजीपति वर्ग हाबी रहेसम्म राष्ट्रिय पुँजीपति र देशभक्त शक्तिको उन्नति हुन नसक्ने भएकाले हामीले सही प्रकारले पहल गरेमा दलाल पुँजीपति वर्गका विरुद्ध संयुक्त मोर्चा वा सहमति हुन सक्छ ।

९) पार्टीका समग्र नीतिहरू

पार्टीनीतिहरू पार्टी कार्यदिशालाई विशिष्ट क्षेत्रमा व्यक्त गर्ने विषय हुन् । नयाँ जनवाद र वैज्ञानिक समाजवादमा पुग्ने तत्कालिक र दीर्घकालिक चरणहरूको अभिव्यक्ति नीतिहरूले गर्छन् । पार्टीले ती नीतिहरू निर्माण गर्दै आएको छ । यतिबेला हामी ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाद्वारा दलाल पुँजीवादलाई फाल्ने सङ्घर्षमा छौँ । हाम्रा नीतिहरू सोहीअनुरूप निर्धारित छन् । यसलाई निम्नानुसार उल्लेख गरिन्छ ः

क्ष्। राजनीतिक नीति ः नेपालमा दलाल पुँजीवादी संसदीय राज्यसत्तालाई फालिसकेपछि जनताको राजनीतिक व्यवस्था नयाँ जनवाद र वैज्ञानिक समाजवाद स्थापना हुनेछ । यो राज्यव्यवस्था कम्युनिस्ट पार्टीको नेतृत्व, जनवादी पार्टीहरूको प्रतिस्पर्धा र जनताको प्रत्यक्ष नियन्त्रणमा हुनेछ । राज्यको जनप्रतिनिधिसभा (व्यवस्थापिका) जनताको प्रत्यक्ष निर्वाचनद्वारा चुनिनेछ भने जनप्रतिनिधि संस्थाले कार्यकारी संस्था जनसरकारको निर्वाचन गर्नेछ । राज्यको ढाँचा केन्द्रीकृत समाजवादी सत्ताभित्र स्वायत्त शासन हुनेछ । राज्यका सबै तहमा सम्पूर्ण वर्ग (मजदुर, किसान, मध्यमवर्ग अर्थात् नयाँ श्रमिक वर्ग) जाति जनजातिहरूको समानुपातिक प्रतिनिधित्व रहनेछ । राज्यका अङ्गहरूमा महिला र दलितको विशेषाधिकारसहितको समानुपातिक प्रतिनिधित्व हुनेछ । केन्द्रीय सत्ता स्थापना नहुँदासम्म देशका सबै क्षेत्रमा जनवादी सत्ताको अङ्गका रूपमा जनसत्ताहरू स्थापना गरिनेछन् ।

क्ष्क्ष्। आर्थिक नीति ः नयाँ जनवाद र वैज्ञानिक समाजवादभित्र राज्यको नेतृत्व र निजी क्षेत्रको सहभागिता रहने अर्थनीति हुनेछ । औद्योगिक पुँजी नेतृत्वमा रहनेछ भने कृषि, बजार, पर्यटनलगायतको विकास गरिनेछ । नेपालको मूल आधार कृषि भएकाले कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने नीति लिनेछ । वस्तुको उत्पादननीति निर्यातमुखी बनाइनेछ । वैज्ञानिक समाजवादमा सामन्ती अर्थनीतिलाई अन्त्य गरिनेछ । दलाल पुँजीपतिको अतिक्रमण र हस्तक्षेपलाई रोकिनेछ साथै दलाल पुँजीलाई राष्ट्रियकरण गरी शिक्षा, स्वास्थ्य, सहकारी क्षेत्रमा लगाइनेछ । देशभित्रको पुँजी पलायनलाई रोकिनेछ । देशभक्त, प्रगतिशील उद्योगी व्यवसायीहरूलाई उत्प्रेरित र संरक्षण गरिनेछ । राष्ट्रिय अर्थतन्त्रको विकासमा बाधा नपुग्ने तहसम्म वैदेशिक पुँजीलाई पनि भित्र्याउने नीति प्रयोग गरिनेछ ।

क्ष्क्ष्क्ष्। सांस्कृतिक नीति ः नयाँ जनवाद र वैज्ञानिक समाजवादभित्र कम्युनिस्ट संस्कृतिको निर्माण गर्दै जनवादी संस्कृतिको विकास गरिनेछ । वैज्ञानिक दृष्टिकोणमा आधारित संस्कृतिमा जोड दिइनेछ साथै सबै

जनसमुदायका संस्कृतिहरूको संरक्षण र विकास गर्न सहयोग गरिनेछ । समाजवादभित्र रूढिवादी, उत्तरआधुनिक, पुँजीवादी छाडा, फोहोरी, उपभोगवादी संस्कृतिको अन्त्य गरिनेछ । वेश्यावृत्तिलाई निषेध गरिनेछ ।

क्ष्ख्। सुरक्षानीति ः वैज्ञानिक समाजवादमा हरनागरिक, संस्था, समुदायको सुरक्षा सुनिश्चित हुनेछ । देशको सुरक्षा गर्ने सैन्य शक्ति रहनेछ । सामाजिक सुरक्षाका लागि जनसुरक्षा बल रहनेछ । देश र जनताको सुरक्षालाई सुदृढ गर्न १८ वर्ष पुगेका हरेक युवाले सैन्य तालिम लिने व्यवस्था हुनेछ । सुरक्षामा परनिर्भरता अन्त्य गरिनेछ ।

ख्। सामाजिक नीति ः वैज्ञानिक समाजवादमा सबै नागरिकहरूलाई बस्ने, खाने, लगाउने, शिक्षा, स्वास्थ्य, रोजगारीको अधिकार सुनिश्चित हुनेछ । कसैले पनि मानवबाट मानवमा हुने विभेद, उत्पीडन, शोषण भोग्नुपर्ने छैन । अन्धविश्वास, धार्मिक चेतनालाई नियन्त्रण गर्दै अन्त्य गर्नेतिर लगिनेछ भने कसैले धर्म मान्न चाहेमा स्वतन्त्रता प्रदान गरिनेछ ।

ख्क्ष्। न्याय नीति ः वैज्ञानिक समाजवादमा हरेक नागरिक र संस्थालाई समान एवम् निष्पक्ष न्यायको अधिकार सुनिश्चित हुनेछ । न्याय सर्वसुलभ र जनताको सहज पहुँचमा हुनेछ । न्याय क्षेत्रमा विभेद र चर्को शुल्कको अन्त्य गरिनेछ ।

ख्क्ष्क्ष्। शिक्षा नीति ः वैज्ञानिक समाजवादमा सबै नागरिकहरूलाई शिक्षा हासिल गर्ने अधिकार सुनिश्चित हुनेछ । शिक्षा सबैका लागि उपलब्ध गराउने दायित्व राज्यको रहनेछ । शिक्षालाई जनवादी, व्यावहारिक, सर्वसुलभ र वैज्ञानिक बनाइनेछ ।

ख्क्ष्क्ष्क्ष्। स्वास्थ्य नीति ः वैज्ञानिक समाजवादमा सबै नागरिकका लागि स्वास्थ्यउपचारको अधिकार सुनिश्चित हुनेछ । स्वास्थ्यउपचारको दायित्व राज्यको रहनेछ । स्वास्थ्यलाई सर्वसुलभ बनाइनेछ । स्वास्थ्य क्षेत्रको व्यापारीकरण अन्त्य गरिनेछ ।

क्ष्ह्। भूमि नीति ः समाजवादमा देशको भूमि राज्यको स्वामित्वमा रहनेछ । भूमिमा नागरिकको अधिकार समान हुनेछ । उत्पादनमूलक भूमिको दुरुपयोग हुन दिइनेछैन ।

ह्। सूचना–सञ्चार नीति ः समाजवादमा हरेक नागरिकका लागि समान सूचना अधिकार सुनिश्चित गरिनेछ । देश र जनतासँग सम्बन्धित विषयहरूमा निर्णय लिनुपर्दा हरनागरिकले पूर्वसूचित हुन पाउने अधिकार सुनिश्चित गरिनेछ । सूचना–सञ्चारमा विदेशी एकाधिकार अन्त्य गरी राज्य र स्वदेशी उद्यमीहरूको स्वामित्व कायम गरिनेछ ।

ह्क्ष्। प्रशासनिक नीति ः समाजवादमा जनताका दैनिक काम कार्य सम्पादन गर्न जनप्रशासन सेवा सुनिश्चित गरिनेछ । जनप्रशासनलाई नोकरशाही, पुँजीवादी चरित्रबाट मुक्त गरी जनवादी र सर्वसुलभ बनाइनेछ ।

ह्क्ष्क्ष्। कूटनीतिक नीति ः नयाँ जनवाद वैज्ञानिक समाजवादमा अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध समानतामूलक हुनेछ । देशको स्वाधीनता र सार्वभौमिकतालाई केन्द्रमा राखेर कार्य सञ्चालन गर्ने कूटनीति अवलम्बन गरिनेछ । नेपालले मुख्यतः चीन र भारतसँगको सम्बन्धलाई सन्तुलित प्रकारले सञ्चालन गर्नेछ ।

ह्क्ष्क्ष्क्ष्। जातीय मुक्तिको नीति ः नेपाल बहुराष्ट्रिय देश हो । लामो समयदेखि धेरै राष्ट्रहरू उत्पीडित अवस्थामा छन् । वैज्ञानिक समाजवादमा यहाँका सबै राष्ट्र र अविकसित जातिहरूलाई राज्य सञ्चालनमा समान अधिकार रहनेछ । लोपोन्मुख जातिहरूलाई राजनीतिक संरक्षण र विशेष अधिकारको व्यवस्था गरिनेछ । जातीय मुक्तिलाई सुनिश्चित गर्न देशलाई वैज्ञानिक समाजवादी राज्यअन्तर्गत स्वायत्त प्रदेशको संरचना निर्माण गरिनेछ । कुनै पनि राष्ट्रले राज्यमा अधिकार हनन र उत्पीडनको महसुस गरेमा आत्मनिर्णयको अधिकार प्राप्त गर्न सक्नेछन् ।

ह्क्ष्ख्। सन्धिसम्झौताको नीति ः वैज्ञानिक समाजवादले देश र जनतालाई हित हुने गरी मात्र सन्धिसम्झौता गर्नेछ । विदेशीसँग सन्धिसम्झौता गर्दा समानता र परस्पर हितका आधारमा गरिनेछ । विगतमा भएका सबै असमान सन्धिसम्झौताहरू खारेज गरिनेछ ।

ह्ख्। गैरसरकारी संस्थाको नीति ः वैज्ञानिक समाजवादको खास अवस्थासम्म गैरसरकारी संस्था सञ्चालन गर्ने अधिकार रहनेछ तर गैरसरकारी संस्था राज्यप्रति उत्तरदायी हुनेछन् साथै देशलाई हानि गर्ने, जनताको सुव्यवस्थामा दखल गर्ने सङ्घसंस्थाहरू सञ्चालन गर्न पाइनेछैन ।

ह्ख्क्ष्। धार्मिक नीति ः वैज्ञानिक समाजवादमा धर्मलाई राज्यबाट अलग राखिनेछ । धर्म मान्न चाहनेको हकमा धार्मिक स्वतन्त्रता प्रदान गरिनेछ । धर्मका नाममा जनतामाथि गरिने शोषण अन्त्य गरिनेछ ।

ह्ख्क्ष्क्ष्। रोजगारी नीति ः वैज्ञानिक समाजवादमा सबै नागरिकका लागि रोजगारी अनिवार्य हुनेछ । कामअनुसारको दाम सुनिश्चित हुनेछ । श्रममा भाग लिनुलाई आदर्श बनाइनेछ ।

ह्ख्क्ष्क्ष्क्ष्। कृषि नीति ः कृषिलाई वैज्ञानिकीकरण गर्दै आधुनिक र सर्वसुलभ बनाइनेछ । कृषिमा आत्मनिर्भर बन्ने नीति निर्माण गरिनेछ । उत्पादनमूलक जमिनको संरक्षण गरिनेछ । कृषिमा सहभागी नागरिकलाई विशेष सहुलियत उपलब्ध गराइनेछ ।

ह्क्ष्ह्। मजदुर नीति ः मजदुर (श्रमिक) वर्गलाई सम्मानित वर्गका रूपमा स्थापित गर्दै राज्य सञ्चालनमा सहभागी बनाइनेछ । श्रमअनुसारको पारिश्रमिकको व्यवस्था गरिनेछ । उत्पादनको नेतृत्व प्रदान गरिनेछ ।

ह्ह्। महिला नीति ः समाजवादले महिलाहरूलाई सम्पूर्ण रूपले अधिकार सम्पन्न गराउनेछ । राजनीतिक सत्तामा आर्थिक रूपले पैतृक सम्पत्तिमा, सांस्कृतिक रूपले समान अवसर प्रदान गर्नेछ । विकासको खास अवधिसम्म विशेष अधिकार र अवसरको सुनिश्चितता गर्नेछ ।

ह्ह्क्ष्। दलित नीति ः दलित समुदाय ऐतिहासिक श्रमिक वर्ग हो । यो समुदाय सयौँ वर्षदेखि सामन्तवादी एवम् पुँजीवादी सत्ताद्वारा अमानवीय प्रकारले उत्पीडित छ । वैज्ञानिक समाजवादमा दलित समुदायमाथिको विभेद पूर्ण रूपले उन्मूलन गरिनेछ । राज्यका सबै तहमा विशेष अवसर अधिकारको तहमा सुनिश्चित गरिनेछ । श्रमिक वर्गका रूपमा सम्मान गरिनेछ ।

ह्ह्क्ष्क्ष्। मधेसी नीति ः वैज्ञानिक समाजवादभित्र मधेसी राष्ट्रमाथिको विभेद पूर्ण रूपले अन्त्य गरिनेछ । स्वायत्त प्रदेशको अधिकार सुनिश्चित गरिनेछ । राज्यमा समान अधिकार सुनिश्चित गरिनेछ ।

ह्ह्क्ष्क्ष्क्ष्। युवा नीति ः वैज्ञानिक समाजवादमा युवाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, अनुसन्धानको अधिकार सुनिश्चित गरिनेछ ।

ह्ह्क्ष्ख्। मुस्लिम नीति ः वैज्ञानिक समाजवादमा मुस्लिमहरूलाई राज्यमा समानुपातिक अधिकार सुनिश्चित गरिनेछ । कुनै पनि विभेद हुन दिइनेछैन ।

ह्ह्ख्। जमुसे नीति ः वैज्ञानिक समाजवादमा राष्ट्र र जनताको रक्षा गर्ने जनताको सेना रहनेछ । जनमुक्ति सेना आधुनिक विज्ञानप्रविधिबाट सुसज्जित हुनेछ ।

ह्ह्ख्क्ष्। घाइते नीति ः वैज्ञानिक समाजवादमा जनयुद्ध, जनआन्दोलनका घाइते योद्धाहरूको उच्च सम्मान हुनेछ । उनीहरूलाई पूर्ण सहयोग गरिनेछ । घाइते योद्धाका परिवारका समस्यालाई राज्यले जिम्मा लिनेछ । क्रान्तिकालमा पनि घाइते योद्धाहरूको रक्षा जनसत्ताले गर्नेछ ।

ह्ह्ख्क्ष्क्ष्। सहिद नीति ः समाजवादी सत्ताले महान् सहिदहरूलाई उच्च सम्मान गर्नेछ । उहाँहरूका योगदानहरूको प्रचारप्रसार गर्नेछ । सहिद परिवारको सम्पूर्ण जिम्मा राज्यले लिनेछ । जनसत्ताले सहयोग उपलब्ध गराउनेछ ।

ह्ह्ख्क्ष्क्ष्क्ष्। बेपत्ता योद्धा नीति ः वैज्ञानिक समाजवादी सत्ताले बेपत्ता योद्धाहरूको खोजखबर गर्नेछ । बेपत्ता योद्धाहरूलाई उच्च सम्मान गर्नेछ । योद्धा परिवारलाई राज्यले पूर्ण सहयोग गर्नेछ ।

ह्ह्क्ष्ह्। जलस्रोत नीति ः वैज्ञानिक समाजवादले नेपालको जलस्रोतलाई नेपालको नियन्त्रणमा राख्नेछ । विदेशीसँग भएका असमान सन्धिसम्झौता खारेज गर्नेछ । जलस्रोतलाई जनताको सहभागिता र राज्यको नेतृत्वमा जलविद्युत्, सिँचाइ, खानेपानी आदिमा सदुपयोग गर्नेछ ।

ह्ह्ह्। खेलकुद नीति ः समाजवादले किशोर, युवाका लागि खेलकुद सुविधा अनिवार्य उपलब्ध गराउनेछ । खेलाडीहरूलाई विशेष सुविधाको व्यवस्था राज्यबाट गरिनेछ । जनसत्ताले त्यसतर्फ पहल गर्नेछ ।

ह्ह्ह्क्ष्। वन नीति ः वैज्ञानिक समाजवादले वनको विनास, तस्करी रोकेर रक्षा र विकास गर्नेछ । वनको रक्षामा जनतालाई सक्रिय बनाउनेछ । जनसत्ताले वनको संरक्षण गर्ने कार्यक्रम निर्माण गर्नेछ ।

ह्ह्ह्क्ष्क्ष्। पर्यटन नीति ः समाजवादी सत्ताले पर्यटन क्षेत्रलाई संरक्षण र विकास गर्नेछ । पर्यटन क्षेत्रको अतिक्रमण र प्रदूषणलाई रोक्नेछ । पर्यटन व्यवसायलाई राज्य र जनताको आयस्रोत बनाउनेछ । जनसत्ताले पर्यटन क्षेत्रलाई संरक्षण र विकास गर्ने कार्यक्रम तय गर्नेछ ।

ह्ह्ह्क्ष्क्ष्क्ष्। सिँचाइ नीति ः समाजवादमा कृषि विकासका लागि आधुनिक सिँचाइ सुविधा उपलब्ध गराउनेछ । नेपालका नदीनालालाई नेपाली सिँचाइकै लागि प्रयोग गर्नेछ । जनसत्ताले सिँचाइ विकासका लागि काम गर्नेछ ।

ह्ह्ह्क्ष्ख्। उद्योग नीति ः वैज्ञानिक समाजवादभित्र औद्योगिकीकरणलाई मुख्य बनाइनेछ । देशको नेतृत्वदायी अर्थतन्त्र औद्योगिक हुनेछ । देशभित्रका उद्योगी–व्यवसायीहरूलाई विशेष सहयोग प्रदान गरिनेछ । राज्यको नेतृत्वमा औद्योगिक कार्यमा जनतालाई सहभागी बनाइनेछ ।

ह्ह्ह्ख्। यातायात नीति ः समाजवादभित्र यातायातलाई प्रमुख महत्वका साथ निर्माण गरिनेछ । सुरक्षित यातायातको व्यवस्था गरिनेछ । जनसत्ताले यातायात निर्माणमा जोड दिनेछ ।

ह्ह्ह्ख्क्ष्। गैरसरकारी संस्था नीति ः वैज्ञानिक समाजवादमा समाजवादी सत्तालाई सहयोग पु¥याउने गैरसरकारी संस्था सञ्चालन गर्न पाइनेछ । देश र जनताको अहितमा हुने संस्थालाई रोकिनेछ । जनसत्ताले देश र जनताको हितमा काम गर्ने गैरसरकारी संस्थालाई काम गर्ने अनुमति दिन सक्नेछ ।

१० आगामी कार्यक्रम

पार्टीको आगामी कार्यक्रम कार्यदिशा र पार्टी नीतिहरूलाई जनतासँग जोड्ने माध्यम हो । पार्टीले वस्तुवादी कार्यक्रमद्वारा जनतालाई सङ्गठित परिचालित गर्दछ । कार्यक्रमहरूद्वारा नै पार्टीले जीवन्तता हासिल गर्दछ । जुन पार्टीसँग ठोस र वैज्ञानिक कार्यक्रम हुँदैन त्यसले क्रान्तिको वरिपरि श्रमिक जनतालाई सुसङ्गठित प्रकारले गोलबन्द गर्न सक्दैन । त्यसैले नयाँ जनवाद र वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि अगाडि बढाइने एकीकृत जनक्रान्तिका आगामी कार्यक्रमहरू निम्नानुसार हुनेछन् ः

क्ष्। राजनीतिक कार्यक्रम ः दलााल पुँजीवादी संसदीय राज्य व्यवस्थाका विरुद्ध सङ्घर्ष सञ्चालन गर्नु, जनताको बीचबाट दलाल सत्तालाई विस्थापित गर्नु र जनताको सत्ता स्थापना गर्नु राजनीतिक कार्यक्रम हुनेछ । जनताको सुख, शान्ति, समृद्धिका सङ्घर्षको अवधिमा जनताले आफ्नो स्थानबाट जनताको सत्ता वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्दै अगाडि बढ्नेछन् । सत्तामा जनताका विभिन्न वर्ग, समुदाय, राष्ट्र, लिङ्ग आदिको सहभागिता रहनेछ ।

जनताको सत्ताअन्तर्गत जनताको जनप्रतिनिधिसभा, जनपरिषद्हरू गठन हुनेछन् । सत्ताले सत्तासँग सम्बन्धित सबै कामहरू सञ्चालन गर्नेछ । सत्ताका सबै कार्यहरू जनसंविधान र जनसत्ता सञ्चालन निर्देशिकाअनुरूप हुनेछन् ।

क्ष्क्ष्। आर्थिक कार्यक्रम ः जनसत्ता सञ्चालन भएको ठाउँमा जनताको अर्थतन्त्र निर्माण र विकासमा जोड दिइनेछ । अन्य स्थानमा राष्ट्रिय पुँजीपति, उद्योगी, व्यवसायीलाई सहयोग र संरक्षण गरिनेछ । असीमित उत्पीडन गरिरहेको दलाल पुँजीलाई निरुत्साहित गर्दै रोक्नेतिर लगिनेछ । कृषिमा पनि दलालहरूको अतिक्रमणलाई रोकिनेछ । नेपाली कृषि व्यवसायी र किसानहरूलाई संरक्षण गर्ने गरी कार्यक्रमहरू अगाडि बढाइनेछ । व्यापारको क्षेत्रमा राष्ट्रिय व्यवसायीहरूलाई प्रोत्साहन गरिनेछ ।

क्ष्क्ष्क्ष्। आयातमुखीभन्दा निर्यातमुखी व्यापारमा जोड दिइनेछ । सहकारीप्रणालीलाई उत्पादन, उपभोग, वित्तीय आदि क्षेत्रमा प्रयोग गरिनेछ । जनसहकारी सञ्चालन गर्दा पार्टीका नेता र कार्यकर्ता परिवारहरूलाई पनि सहभागी गराउन जोड दिइनेछ ।

क्ष्ख्। सांस्कतिक कार्यक्रम ः कम्युनिस्ट संस्कृति र जनसंस्कृतिको विकासमा जोड दिइनेछ । जनकलाकार, साहित्यकार, सांस्कृतिक योद्धाहरूलाई सहयोग गरिनेछ । उत्तरआधुनिक एवम् उपभोगवादी छाडा संस्कृतिलाई नियन्त्रण गर्दै लगिनेछ । खुलेआम रूपमा सञ्चालन गरिएका छाडा क्रियाकलाप रोकिँदै लगिनेछ । वेश्यावृत्तिलाई निषेध गर्न सङ्घर्ष गरिनेछ । सामना परिवारसहित ब्युरो स्तरमा समेत जनसांस्कृतिक टोलीहरू निर्माण गरी कार्यक्रमहरू सञ्चालन गरिनेछ । जनसांस्कृतिक महासङ्घद्वारा साहित्यिक कार्यक्रमहरू सञ्चालन गरी प्रकाशन गर्ने व्यवस्था गरिनेछ । पार्टीले विकास गरेको कम्युनिस्ट संस्कृति पाका र अग्रज कमरेडहरूलाई सम्मान र संरक्षण गर्ने, नयाँ पुस्ताका प्रतिभाहरूलाई प्रेरित र पुरस्कृत गर्ने साथै समाजमा कम्युनिस्ट संस्कृति निर्माण गर्ने नीति कार्यान्वयन गर्दै लगिनेछ ।

ख्। सुरक्षा कार्यक्रम ः सामाजिक एवम् व्यक्तिगत सुरक्षाका लागि सङ्घर्ष गरिनेछ । जनसत्ता चलेका स्थानमा जनसुरक्षाको व्यवस्था जनसुरक्षा विभागको पहलमा गरिनेछ । नागरिकहरूलाई आत्मसुरक्षाका लागि चाहिने ज्ञान दिइनेछ भने जनसुरक्षा बलको निर्माण गरिनेछ ।

ख्क्ष्। न्याय कार्यक्रम ः राज्यमा निष्पक्ष र सर्वसुलभ न्याय हुनुपर्छ भनेर सङ्घर्ष गर्ने । जनसत्ता सञ्चालन भएका क्षेत्रमा जनअदालतमार्फत नागरिकहरूलाई सर्वसुलभ र निष्पक्ष न्याय दिलाउने । कानुनलाई जनवादी र सुलभ बनाउन पहल गरिनेछ ।

ख्क्ष्क्ष्। शिक्षा कार्यक्रम ः राज्यभित्र नागरिकहरूलाई शिक्षा उपलब्ध गराउनु राज्यको दायित्व हो भन्ने कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षामा भइरहेको निजीकरण एवम् व्यापारीकरणका विरुद्ध सङ्घर्ष गरिनेछ । अति चर्को शुल्क र कमजोर गुणस्तरविरुद्ध आन्दोलन गरिनेछ । शिक्षालाई व्यावहारिक र गुणस्तरीय बनाउन आन्दोलनहरू चलाइनेछ ।

ख्क्ष्क्ष्क्ष्। स्वास्थ्य कार्यक्रम ः जनताको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि साथै निःशुल्क उपचार सुविधा सहज बनाउन सङ्घर्ष सञ्चालन गरिनेछ । स्वास्थ्यमा व्याप्त निजीकरण र व्यापारीकरणका विरुद्ध आन्दोलन गरिनेछ । क्रान्ति र जनयुद्धका घाइते योद्धा र जनतालाई निःशुल्क उपचारको व्यवस्था गराउन लागिपरिनेछ । जनसत्ताबाट जनतालाई सम्भव रहेसम्म स्वास्थ्य सुविधा र सेवा दिन पहल गरिनेछ ।

क्ष्ह्। भूमि कार्यक्रम ः भूमिसुधारका लागि सङ्घर्ष कायम राख्ने, भूमिहीन किसानहरूको हितमा सङ्घर्ष सञ्चालन गर्ने साथै भूमाफियाविरुद्ध सङ्घर्ष गरिनेछ । जनसरकारमार्फत जमिन जनताको हातमा सुरक्षित गर्न पहल गरिनेछ ।

ह्। सूचना–सञ्चार कार्यक्रम ः देशका सबै नागरिकले राजनीतिक, आर्थिक, सुरक्षा, सांस्कृतिकलगायत विषयमा सुसूचित हुन पाउने अधिकारका लागि सङ्घर्ष सञ्चालन गरिनेछ । जनसत्ताले सत्ता चलेका क्षेत्रका जनतालाई सूचना सुविधा उपलब्ध गराउनेछ ।

ह्क्ष्। प्रशासन कार्यक्रम ः जनताका लागि सरल र सुलभ प्रशासनिक अधिकार उपलब्ध गराउन सङ्घर्ष गरिनेछ । जनसत्ताले आफ्नो क्षेत्रमा जनप्रशासन सञ्चालन गरी सुविधा उपलब्ध गराउनेछ । जनप्रशासन सञ्चालन प्रशासन नियमावलीअनुसार गरिनेछ ।

ह्क्ष्क्ष्। कूटनीति कार्यक्रम ः राष्ट्रले अवलम्बन गर्ने कूटनीति दुवै छिमेकीसँग समान र सम्मानपूर्ण बनाउन दबाब दिने । राष्ट्रहितविपरीत गरिने कूटनीतिविरुद्ध सङ्घर्ष सञ्चालन गरिनेछ । पार्टी र जनपरिषद्ले सन्तुलित कूटनीति अवलम्बन गर्नेछन् ।

ह्क्ष्क्ष्क्ष्। जातीय कार्यक्रम ः जनजातिको मुक्ति र सत्ता प्राप्ति नयाँ जनवाद र वैज्ञानिक समाजवादी सत्तामा मात्र हुनसक्छ । तसर्थ जनजातिलाई स्वायत्त शासनको सुनिश्चिततासहित सत्ता सञ्चालनमा पु¥याउन सङ्घर्षका कार्यक्रमहरू आयोजना गरिनेछ । जनसत्ताले सत्ता सञ्चालन गर्दा जनजातिको स्वशासनको मान्यताअनुरूप गर्नेछ ।

ह्क्ष्ख्। सन्धिसम्झौताको कार्यक्रम ः सुगौली सन्धि, १९५०, कोसी, गण्डक, कर्णाली, कालापानीलगायत असमान सन्धिसम्झौताहरूको खारेजीका लागि सङ्घर्ष सञ्चालन गरिनेछ । देशका विरुद्ध अगाडि सारिने कुनै पनि राष्ट्रघाती कार्यविरुद्ध सङ्घर्ष गरिनेछ । पार्टी र जनसत्ताबाट स्वाधीन राष्ट्रले पञ्चशीलका सिद्धान्तमा आधारित भएर सन्धिसम्झौता गर्न दबाब दिइनेछ ।

ह्ख्। धार्मिक कार्यक्रम ः राज्यलाई धर्मबाट अलग गर्न दबाब दिइनेछ । राजनीतिक उद्देश्य र आर्थिक लाभलाई केन्द्रमा राखेर सञ्चालन गरिने धार्मिक विस्तार रोेक्न पहल गरिनेछ । जनसत्ता चलेका स्थानमा धर्मलाई नितान्त व्यक्तिगत मामिला मानिनेछ ।

ह्ख्क्ष्। रोजगारीको कार्यक्रम ः नागरिकहरूको विशेषतः युवा रोजगारी अधिकारका लागि सङ्घर्ष सञ्चालन गरिनेछ । प्राप्त रोजगारीको सुरक्षा र सुविधाका लागि काम गरिनेछ । जनसरकार सञ्चालन भएका स्थानमा रोजगारीका अवसरहरू निर्माण गर्न पहल गरिनेछ ।

ह्ख्क्ष्क्ष्। कृषि कार्यक्रम ः पार्टीले सुकुमबासीहरूको गाँस, बास र कामका लागि सङ्घर्ष गर्नेछ भने जनसरकारका तर्फबाट बासको व्यवस्था गर्ने पहल गर्नेछ । त्यस्तै गरिब किसानको हितमा खाद्य सम्प्रभुतासहितका सङ्घर्षहरू सञ्चालन गरिनेछ । किसानहरूलाई सहुलियतमा कृषिऋणको व्यवस्था गराउन सङ्घर्ष सञ्चालन गरिनेछ ।

ह्ख्क्ष्क्ष्क्ष्। मजदुर कार्यक्रम ः मजदुरवर्गीय अधिकारका लागि माग प्रस्तुत गरिनेछ । नो वर्क नो पे, हायर एन्ड फायर, ठेक्कापट्टा खारेज गर्ने, जथाभाबी मजदुर निष्कासन गर्ने कार्य रोक्न नीतिका विरुद्ध सङ्घर्ष गरिनेछ । पार्टीले जनसरकारमार्फत मजदुर वर्गको संरक्षण र अधिकार सुनिश्चित गर्न कार्यक्रम अगाडि बढाइनेछ ।

ह्क्ष्ह्। महिला कार्यक्रम ः पार्टीले महिलाहरूलाई राजनीतिक एवम् आर्थिक रूपले पुरुषसरह अवसर र सहभागिता प्रदान गर्न कार्यक्रम सञ्चालन गर्नेछ । महिलाहरूका अधिकारहरूको कार्यान्वयन र प्रयोगमा जोड दिनेछ । राजनीतिक सत्ता र पैत्रिक सम्पत्तिमा समान अधिकार लागू गराउन सङ्घर्ष गरिनेछ । जनताको सरकारले महिलाहरूलाई राजनीतिक विशेष अधिकार सुनिश्चित गर्नेछ ।

ह्ह्। दलित कार्यक्रम ः ऐतिहासिक श्रमिक वर्ग (दलित समुदाय) को सम्पूर्ण मुक्ति र स्वतन्त्रता नयाँ जनवादी र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाभित्र मात्र सम्भव छ । तसर्थ दलित वर्गलाई राजनीतिक रूपले अधिकार सम्पन्न गराउन साथै जातीय विभेद, उत्पीडन, छुवाछूत प्रथाविरुद्ध सङ्घर्ष गरिनेछ । जनसत्ता सञ्चालन गर्दा भने सत्तामा दलित समुदायको विशेषाधिकारसहितको सहभागिता सुनिश्चित गरिनेछ ।

ह्ह्क्ष्। मधेसी कार्यक्रम ः मधेसी जाति नेपालको उत्पीडित जाति हो । सत्तामा स्वायत्त सत्ताको अधिकार सुनिश्चित गर्न जनतालाई सङ्गठित गरिनेछ साथै मधेस मुक्तिका लागि राजनीतिक सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गरिनेछन् । जनसत्ताले मधेस स्वायत्त शासनको प्रयोग गर्दै अगाडि बढ्नेछ ।

ह्ह्क्ष्क्ष्। युवा कार्यक्रम ः युवाहरू देश निर्माण र विकासका प्रमुख आधार हुन् । युवाको शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकार सुनिश्चितताका लागि योजना निर्माण गरेर त्यसको कार्यान्वयन गराउन सङ्घर्ष सञ्चालन गरिनेछ । जनसत्ताले युवा क्षमतालाई जनता र देशको हितमा परिचालन गर्नेछ । विदेश पलायन हुन र भाडाका सेनामा जानबाट रोक्ने पहल गर्नेछ ।

ह्ह्क्ष्क्ष्क्ष्। मुस्लिम कार्यक्रम ः नेपालमा मुस्लिम समुदाय एक धार्मिक समुदाय मात्र नरहेर सामाजिक समुदाय पनि हो । मुस्लिम समुदायको अधिकार सुनिश्चितताका लागि राजनीतिक आन्दोलनमा सहभागी बनाउन र अधिकार प्राप्तिको सङ्घर्षमा अगाडि बढाउन कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

ह्ह्क्ष्ख्। जनमुक्ति सेना ः प्रतिक्रियावादी दलाल संसदीय सत्ताका विरुद्ध क्रान्ति अगाडि बढाउँदा जनताको सेना सङ्गठित गरिनेछ । नेपाली सेना र प्रहरीलाई पनि जनताका पक्षमा उत्रिन आह्वान गरिनेछ ।

ह्ह्ख्। घाइते योद्धा ः घाइते योद्धाहरूलाई सम्मान कार्यक्रमहरूद्वारा अभिनन्दन र सम्मान गरिनेछ । घाइतेहरूको जीवन निर्वाहका लागि सम्भव रहेसम्म आवश्यक सहयोग गरिनेछ । उनीहरूका ज्ञान, अनुभव, स्मरणहरू प्रकाशित गर्ने काम गरिनेछ ।

ह्ह्ख्क्ष्। सहिद परिवार ः महान् सहिद परिवारलाई विशेष सम्मान प्रदान गरिनेछ । सहिदका बालबच्चाहरूको रेखदेख गरिनेछ । सहिद परिवारलाई पार्टी र जनसत्ताले पूर्ण सहयोग गर्नेछन् । सहिदहरूका गाथा, रचना, कृतिहरू प्रकाशित गरिनेछ ।

ह्ह्ख्क्ष्क्ष्। बेपत्ता योद्धा परिवार ः बेपत्ता योद्धा परिवारलाई पार्टी र सत्ताले स्मरण र सम्मान प्रदान गर्नेछ । बेपत्ता योद्धाका परिवारलाई आवश्यक पर्ने सहयोग पूर्ण रूपले गर्नेछ । उनीहरूका रचना, गाथा प्रकाशित गरिनेछ ।

ह्ह्ख्क्ष्क्ष्क्ष्। जलस्रोत कार्यक्रम ः नेपालको जलस्रोत देशको सबैभन्दा बलियो आधार र स्थायी स्रोत हो । यसमा भारतीय नियन्त्रण असैह्य प्रकारले बढेर गएको छ । नेपालको जलस्रोत नेपालकै हातमा नहुने स्थिति बनेको छ । सर्वप्रथम नेपालको जलस्रोतमा नेपालको पूर्ण अधिकार र स्वामित्व कायम गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । त्यसका लागि असमान एवम् राष्ट्रघाती सम्झौताहरू खारेज गर्न सङ्घर्ष गरिनेछ । जलस्रोतलाई नेपाली जनताको हितमा नेपाली जनताकै लगानीमा परिचालन गर्न जोड दिइनेछ । जनसत्ताले जलस्रोतको प्रयोग जनता र सहकारी संस्थाको सहभागितामा गर्दै अगाडि बढ्नेछ ।

ह्ह्क्ष्ह्। खेलकुद कार्यक्रम ः खेलकुद भनेको नागरिकहरूको स्वस्थ स्वास्थ्यका लागि आवश्यक विषय हो । यसले यतिबेला देशको समृद्धि र गौरवको पनि परिचय दिने गरेको छ । नागरिकहरूका लागि विशेषतः युवाहरूका लागि खेलकुदको सुविधा उपलब्ध गराउन राज्यसँग माग राख्ने र सङ्घर्ष सञ्चालन गरिनेछ । जनसत्ता सञ्चालन भएका स्थानहरूमा क्लब निर्माण गर्ने र खेलकुद सञ्चालन गर्ने कार्य जनसत्ताले गर्नेछ ।

ह्ह्ह्। वन कार्यक्रम ः नेपाल प्राकृतिक रूपले वनजङ्गलको धनी देश हो । निकै बहुमूल्य रूखका बोटबिरुवाहरू यहाँ पाइन्छन् तर पछिल्लो समयमा वनतस्कर, वनमाफिया, कमिसनखोरहरूको अवैध एवम् अव्यवस्थित कटान र चोरी निकासीले देशलाई अपूरणीय नोक्सान भइरहेको छ । पार्टीले यो समस्यालाई रोक्न र वनजङ्गलको सुरक्षा गर्न जनताको सहभागितामा वनसंरक्षण कार्यक्रम सञ्चालन गर्नेछ । वनतस्कर र माफियाहरूलाई कडा कारबाही सञ्चालन गर्नेछ ।

ह्ह्ह्क्ष्। पर्यटन कार्यक्रम ः नेपालको पर्यटन क्षेत्र उत्कृष्ट मानिन्छ । प्राकृतिक पर्यटन क्षेत्रलाई मात्र सही प्रकारले उपयोग गर्न सके जनताको आर्थिक आयमा निकै ठूलो मद्दत पुग्नेछ । हाल दलाल पुँजीवादी राज्यव्यवस्थासँग कुनै सुव्यवस्थित पर्यटन योजना छैन । पार्टीले विज्ञहरूसहितको सहभागितामा पर्यटन क्षेत्रका विकासका लागि कार्यक्रमहरू सञ्चालन गर्नेछ । पर्यटन क्षेत्रहरूमा जनसत्ताले पर्यटन विकासका लागि सहयोग पु¥याउनेछ ।

ह्ह्ह्क्ष्क्ष्। सिँचाइ कार्यक्रम ः नेपाल कृषिप्रधान देश हुनु र जलस्रोत प्रचुर रहेकाले सिँचाइको निकै महत्व छ । तर प्रतिक्रियावादी राज्यसत्ताले नदीनाला बेचेर सिँचाइका लागिसमेत नदीनाला प्रयोग गर्न नमिल्ने बनाउँदै लगेको छ । पार्टीले हाम्रा नदीनालाहरूको प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न साथै जनतालाई सिँचाइ सुविधा उपलब्ध गराउन सङ्घर्षका कार्यक्रम सञ्चालन गर्नेछ । जनसत्ताले सम्भव भएसम्म सिँचाइ योजना परिचालन गर्नेछ ।

ह्ह्ह्क्ष्क्ष्क्ष्। उद्योग कार्यक्रम ः नेपाली उद्योगहरूमा दलाल पुँजीको अतिक्रमण रोक्न सङ्घर्ष गरिनेछ । राष्ट्रिय पुँजीपति वर्ग, उद्योगी व्यवसायी, लगानीकर्तालाई संरक्षण र प्रोत्साहन गरिनेछ । देशको पुँजी पलायनलाई रोकिनेछ । राष्ट्रिय उद्योगहरूमा निर्यातमुखी उत्पादनमा जोड दिइनेछ ।

ह्ह्ह्क्ष्ख्। यातायात कार्यक्रम ः देशमा सुव्यवस्थित र सुरक्षित यातायात विकास गर्न सङ्घर्षका कार्यक्रम सञ्चालन गरिनेछ । यातायातलाई जनताको सुविधामुखी र सेवामुुखी बनाउन दबाब दिइनेछ । हवाई यातायातलाई पनि सुरक्षित र सुलभ बनाउन सङ्घर्ष गरिनेछ ।

ह्ह्ह्ख्। गैरसरकारी संस्थाको कार्यक्रम ः जनताको सेवामा काम गर्ने प्रगतिशील गैरसरकारी संस्थालाई काम गर्न दिइनेछ । विदेशी तत्वहरूबाट परिचालित जनविरोधी एवम् दलाल गैरसरकारी संस्थाहरूलाई रोकिनेछ । जनसत्ताबाट जनविरोधी संस्थाहरूलाई कारबाही सञ्चालन गरिनेछ ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...