Saturday, November 6, 2021

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
एरेन्ज ः सौगात सायर 
एल्बम ः चमचम गर्ने खुकुरी 




जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार 
(अब हामी सहन्नौँ तेरो अत्याचार) २  
भन्दै छौँ हाम्रै हो 
लिपु हाम्रै हो 
कालापानी हाम्रै हो त्यो सुस्ता हाम्रै हो 
भन्दै छौँ हाम्रै हो
महाकाली हाम्रै हो २ 
गण्डक हाम्रै हो, त्यो कर्णाली हाम्रै हो २ 

कति गाड्छौ सिमानामा विषालु त्यो खुनी पञ्जा
कति लाउँछौ पानीमाथि विस्तारवादी गिद्धे आँखा २ 
उत्पीडनको ज्वालामुखी फुट्छ अब बुझिराख
सानो झिल्का सल्किएर लाख बन्छौँ सम्झिराख
भन्दै छौँ छोड अब
सीमा मिच्न छोड २ 
हाम्रो भूमि छोड्, 
अब तेरो हैकम छोड्
भन्दै छौँ छोड् अब
लुटपाट छोड् २ 
(हस्तक्षेप छोड्, अब हाम्लाई हेप्न छोड) २ 

उतै मात्र छैनन् दुश्मन यतै दलाल डुलिरा’छन् 
सिक्किमजस्तै बनाउन जाल बुन्दै घुमिरा’छन् २ 
देश बेच्ने राष्ट्रघाती उतैतिर बास सरे हुन्छ 
जनता लुट्ने जनघाती झिटिझाम्टो कसे हुन्छ
भन्दै छौँ छोड् अब 
देश बेच्न छोड् २ 
जनता ठग्न छोड्, अब दलाल बन्न छोड्
भन्दै छौँ छो्ड अब 
राष्ट्रघात छोड् २ 
जनघात छोड् अब कालो सत्ता छोड् २  
माघ, २०७३
 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...