Saturday, November 6, 2021

प्रतिवन्दको एक बर्ष ः अवस्था र अनुभुतिहरु ः

रातोखबर साप्ताहिक २०७६ चैत्र ५ बुधबार 
ईरातोखबर अनलाईन २०७६ चैत्र ८ गते शनिवार 

चिरन पुन ‘मिलन’
विषय आरम्भ
अनुभुति एक (१) ः  
“सपनाका यात्रीहरु (सपना) जोगाउनु पर्छ   
सपनामै जिउछ जीवन 
सपनामै रम्छ जीवन 
सपनाका यात्रीहरु (सपना) जोगाउनु पर्छ 
सपनाबाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ  
सपनाहरु मर्न नदेउ 
सपनाहरु झर्न नदेउ 
सपनाका यात्रीहरु (सपना) जोगाउनु पर्छ...”    – कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ।  

हाम्रो गौरवशाली तथा जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव कमरेड विप्लवले लेख्नुभएको निकै सुन्दर ÷मर्मस्प्रसी र समय सान्दर्भीक गितको केहि शब्दहरुबाट यो लेखको विषय आरम्भ गरिएको छ ।  हामी सुन्दर सपनाको यात्रीहरु हौँ । हामीले सपनाहरु जोगाउनु पर्छ । सपनामै जीवनहरु जिउछ । सपनामै जीवनहरु चल्छ ।  सपनामै जीवनहरु रम्छ । सपनामै जीवनहरु बाँच्छ । सपनामै जीवनहरु मर्छ । सपनामै जीवनहरु झर्छ । सपनाबाँचे जीवनहरु बाँच्छ । सपना मरे जीवनहरु पनि मर्छ । त्यसैले त आदरणीय महासचिव कमरेड भन्नुहुन्छ, “सपनाबाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ । सपनाहरु मर्न नदेउ । सपनाहरु झर्न नदेउ । सपनाका यात्रीहरु (सपना) जोगाउनु पर्छ..” । महासचिव कमरेडले अति सुन्दरढङ्गले गितका शव्दहरु मार्फत बताउनु भएजस्तै हाम्रो सुन्दर लक्ष्य छ । सुन्दर योजना छ । सुन्दर बाटोमा हामी हिडिरहेका छौ । सुन्दर सपना पुरा गर्न लागिपरेका छौ । त्यो भनेको वैज्ञानिक समाजवाद स्थापना गर्ने सपना हो । एकीकृत जनक्रान्तिलाई पुरा गर्ने सपना हो । श्रमीक बर्गको राज्यसत्ता स्थापना गर्ने सपना हो । हामी हाँसी हाँसी यो सपना पुरा गर्न लागिपरेका छौ ।
 
अनुभुति दुई (२) ः 
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी माथि राज्यले २०७५ फागुन २८ गते प्रतिवन्द लगाएको थिथो, जो आज १ बर्षको समय वितेको छ । जतिवेला म पश्चिम् रुकुमका सुन्दरवस्तीहरुमा जनसभा मार्फत एकीकृत जनक्रान्तिका सन्देशहरु जनतालाई सुनाईरहेको थिए । र देशभर म लगाएत पार्टीका साथिहरु (संगठन सुद्धृढ तथा विस्तार अभियान – २) मा खटिरहेका थियौँ । जनताको बढ्दो समर्थन र विस्वास लहरलाग्दो थियो । हजारौँ पार्टी तथा जनसङ्गठनहरुका कमिटिहरु बन्दैथिए । हजारौँ जनताहरु पार्टी र जनसङ्गठनमा प्रवेश गरिरहेका थिए । हजारौँ वाल पेन्टिङले देश रङ्गीदै थियो ।  हजारौं कोणसभा र जनसभाहरु सम्पन्न गरिदै थियो ।  हजारौँ जनताका मुद्धाहरुको फौसलाले जनतालाई न्यायको अनुभुत दिलाउदै थियो । लाखौँ पार्टीका पर्चा – पम्प्लेटहरु वितरण भैरहेको थियो । प्रचण्ड मण्डलीले दिएको धोकाधडीबाट मुर्झिएका सहिद परिवारजनहरुका अनुहारहरुमा खुसी र विस्वासका चमकहरु देखिन थाल्दै थियो  । १० बर्षे जनयुद्धका घाईते– अपाङ्ग कमरेडहरुमा नयाँ जोस – जाँगर भरिएर अनुहारमा हँसिलो चमक देखिदै थियो । मानिसहरु पार्टीमा लामवन्दी हुदैँ थिए । देश एकीकृत जनक्रान्तिमय बन्दै थियो । जनताले स्वतः स्फुर्त नाराहरु लगाउदै हाम्रो पार्टीको खोजि देशभरमा हुँदै आएको थियो । विप्लव आउ – देश बचाउ ! विप्लव आउ – भ्रष्टाचारीलाई कारवार्ही गर ! विप्लव आउ – कालोबजारीलाई दण्डीत गर !  विप्लव – आाउ राष्ट्रियता बचाउ ! आदी– आदी । एकीकृत जनक्रान्तिको उत्सवपूर्ण परिवेशबाट उत्तरसाम्राज्यवादी र देशभीत्रका दलाल पुँजीवादी राज्यसत्ता र त्यसका असली मतियारहरु अत्तालियो  र हठात् हाम्रो पार्टी माथि प्रतिवन्द्ध लगाएर न्यायपूर्ण आवाजलाई बन्देज लगाउन खोज्यो । त्यो आज एक (१) बर्षको समयावधी वितेको छ । 

तरङ्गीत केही प्रश्नहरु ः 
प्रतिवन्द्धको यो एक (१) बर्षमा नेपाली समाजका विभिन्न तह र तप्कामा अनेकौँ सकारात्मक तथा नकारात्मक प्रश्नहरु तरङ्गीत बनिरहेका छन । बहसहरुले नेपाली राजनीतिक बजार गर्मागर्मी बनिरहेको छ । विभिन्न चर्चा वा परिचर्चाहरुले दैनिकी गुजारीरहेकै छन् । आफ्ना मिसनहरु जेसुकै भएपनि मिडियाहरु सचेतपूर्वक हाम्रो पार्टीसँग सम्वन्धित समाचार लेख्न वा छाप्न दौडधुप बनिरहेकै देखिन्छन । यस्तो परिस्थितिमा केहि प्रश्नहरु स्वतह् ः उठेका छन । ति हुन ः दलाल पुँजीवादी सत्ताले हाम्रो पार्टी माथि थोपरेको प्रतिवन्द्ध सहि थियो वा गलत ! प्रतिवन्द्धले सत्तालाई के फाईदा पुग्यो ! राज्यले प्रतिवन्द्ध लगाएर पुरा गर्न खोजेको लक्ष्य पुरा भयो वा भएन !, हाम्रो पार्टीलाई त्यसको असर के पर्यो त ? यसले पार्टी सुद्धिढ भयो वा कमजोर !, राजनीतिक वा मनोवैज्ञानिक हिसावले पार्टीलाई हित गर्यो वा अहित ! यसमा पार्टीको कार्यनीतिहरु सहि भए वा गलत !, पार्टीको योजना कार्यन्वयनहरु सफल भए वा असफल !, आदी प्रस्नहरु बजारमा छरपस्ट भएका छन र यसको बस्तुनिस्ट जवाफ पार्टी भित्र र वाहिर तथा नेपाली समाजले खोजिरहेको अवस्था विद्धमान छ । 

हामीले भनिरहेका छौ, हाम्रो पार्टी माथि लगाईएको प्रतिवन्द्ध एकदमै गलत थियो र छ । वैज्ञानिक समाजवाद स्थापनाको कुरा गर्दा वा एकीकृत जनक्रान्तिको कुरा गर्दा, समानताको कुरा गर्दा, वा देशमा भैरहेको बेतिथीहरुको विरोध गर्दा हाम्रो पार्टी र क्रान्तिप्रेमी जनतामाथि आफुलाई कम्युनिस्टनै भन्ने केपी गुट र जनयुद्धकै नेतृत्व गरेको छविलाल दलाल गुटले प्रतिवन्द्ध थोपर्नु भनेको राजनीतिक वा संवैधानिक हिसावले भन्नुपर्दा चरम बेईमानी तथा घातक कदम हो । अवसरवादको भद्धा नमुना हो । सामाजिक फाँसिवादी चरित्रको कुटिल ÷ विशालु रुप हो । उत्तरसाम्राज्यवादको नाङेगो दलाली हो । कुर्सी रसस्वादनको उदाङ्गो कार्य हो । हाम्रो पार्टीमाथि प्रतिवन्द्ध थोपरेर आफ्नो स्वार्थपुरा गर्न सोच्नु भनेको उनिहरुको केवल अस्थायी र ‘मुतेन्यानो’ तरिका मात्र हो । यसले तिनीहरुको राजनीतिक चरित्रलाई ‘डोकोभित्र थुनेको विरोलो ले म्याउः गर्यो’ भनेजस्तै दुनियासामु छरपस्ट पारेको छ । सत्ताधारीहरु आफ्नै धोति फुस्केर समाली नसक्नु बनेका छन् र विभिन्न जनविरोधी तथा राष्ट्र विरोधी काण्डै–काण्डहरुले पोतिएको कालो मलिन र रुन्चे अनुहार पारेर पशुपतिको शिवरात्रीमा देखिने नागाबाबाजस्तो बेश्रम डुलिरहेका छन । जहाँसम्म हाम्रो पार्टीसँग सम्वन्धित प्रश्नहरु हुन, संक्षीप्तमा भन्नुपर्दा पार्टीले यसबीचमा कैयौ महत्वपूर्ण उपलव्धीहरु हाँसिल गरेको छ । यसलाई यसरी सुचिकृत गर्न सकिन्छ ः 
पहिलो, 
राजनीतिक÷ बैचारिक उपलव्दी हो । हाम्रो पार्टीले अघि सारेको राजनीतिक विचारहरुमाथि विभिन्न आशङ्का सहीतका प्रश्नहरु गर्ने गरेका थिए त्यसको एकमुस्ट जवाफ प्रतिवन्द्धले दिएको छ । राजनीतिक हिसावले जनतालाई हाम्रो पार्टीको नीतिलाई बुझ्न, चिन्न र स्पस्ट हुन महत्वपूर्ण भुमिका खेलेको छ । 

दोश्रो ः 
बर्ग सङ्घर्ष वा कम्युनिस्ट धु्रवीय विचार सिद्धान्तलाई जनतासमक्ष पुर्याउन सफल हुनु हो । हामीले देखिरहेका छौ प्रतिवन्द्ध लागेको यो एक (१) बर्षमा नेपालको राजनीति दुई धु्रवमा कित्तावन्दी बन्न पुग्यो । एकातिर, राष्ट्रघाति, दलाल, भ्रष्टचारी, कमिसनखोरी, कालोबजारिया, तस्कर,  ठेकेदार, बलात्कारी, देशवेचुवा, विभिन्न काण्ड मच्चाउने काण्डे, राजनीतिकको नाउमा राष्ट्र ठग्ने भ्रष्ट राजनीतिज्ञहरु, दलालका ऐजेन्ट केही कर्मचारी र सुरक्षाकर्मी, उत्तरसाम्राज्यवादको असली मतियार, केहि सुराकी र सिआईडी ९ऋक्ष्म्०,  हाम्रो पार्टी र क्रान्तिप्रेमी जनसमुदायमाथि षडयन्त्र गर्न र कुटिल योजना वनाउन लागि परे भने अर्कोतिर, देशका राष्ट्रप्रमी, जनप्रेमी, मानवअधिकारका पक्षधर, कम्युनिस्ट क्रान्तिकारी, राष्ट्रसेवक कर्मचारी, देशभक्त सुरक्षा निकायहरुमा काम गर्ने सुरक्षाकर्मी, किसान, मजदुर, शहिद परिवार, घाईते– अपाङ्ग, वकिल, वुद्धिजिवी, महिला, दलित, सुकुम्वासी, श्रमजीवि, देशभक्त तथा मध्यमवर्ग, राजनीतिक विष्लेषक, जनप्रेमी कलाकर्मी, पूर्व रिर्टायड अफिसरहरु, राष्ट्रभक्त न्यायलय तथा न्यायकर्मी, विभिन्न जनपक्षीय सङ्घ ÷सस्था न्यायप्रेमी जनसमुदाय आदी –आदी र हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अर्कोतिर धु्रविकृत बन्न पुगे । जसको बलमा राज्यका सवैखाले षडयन्त्रहरुलाई निस्काम पारेको छ । तिनै श्रमजीवि जनताको बलमा प्रतिवन्द्धको कुटिल योजनालाई पानिको फोका सरह खारेज गरिदिएको छ । विप्लव नेतृत्वको पार्टीलाई ३५ दिनमा सखाप पारिदिन्छौँ भनेर गुड्डीहाँक्ने दलाल पुँजीवादी एजेन्टहरुको महाबाणीहरु गाजा खाने पटमुर्खी सावित भएको छ ।  

तेश्रो ः 
एकीकृत जनक्रान्तिको कार्यदिशालाई सहि प्रयोगहुने प्रकृयाको बस्तुनिष्ट प्रारम्भ भएको छ । जनताहरु पार्टीले अघिसारेको कार्यदिशा सहि भएको तर्फ अग्रसर हुँदै गएका छन ।  

चौथो ः 
पार्टी भित्र घुसेका छद्म अवसरवादी, तथा दुस्मनको घुसपैठियाको पहिचान हुदै गएको छ र, उनिहरु पार्टीबाट निस्कासित र बहिर्गमीत हुदै गइरहेका छन । 

पाँचौ ः 
पार्टीलाई एकीकृत जनक्रान्ति जित्नसक्ने र जनताको भरोसायोग्य बनाउन देखापर्ने खराबीहरुको सहि र बस्तुनिष्ट पहिचान गरी पार्टीलाई रुपान्तरणको प्रकृयामा अघि बढाउन यसैबीच निर्ममतापूर्वक सुद्धिकरणलाई अघि बढाउन सफल भएको छ । “क्रान्तिका लागि सुदृढ पार्टी, सुदृढ पार्टीका लागि शुद्धीकरण र शुद्धीकरणद्वारा पार्टीको रुपान्तरण” – “केन्द्रीय समितिको ऐतिहाँसिक आठौ पूर्ण बैठकद्धारा पारित प्रतिवेदन २०७६” । भन्ने मान्यतालाई पार्टीभित्र स्थापीत गर्दै लैजान पार्टी सफल भएको छ । 

छैँठौँ ः 
क्रान्तिकारी नेता कार्यकर्ताहरु र क्रान्तिप्रेमी जनसमुदायहरुमा क्रान्तिकारी धु्रविकरणको प्रकृया अघि बढिरहेको छ र त्यसका विशाल संभावनाहरुको थप आधारहरु पैदा भएको छ । 

सातौ ः 
प्रतिवन्द्धको यो एक (१) बर्षको अवधिमा दुस्मनलाई चिन्न, बुझ्न र उसका योजनाहरुको  बहुपक्षीय नकरात्मतालाई उजागर गर्न सफल भएको छ ।  

आठौ ः 
दलाल पुँजीवादी राज्यसत्ता र फाँसीवादी दमन तथा षडयन्त्रहरुलाई चिर्न सक्ने, बुझ्न सक्ने, र प्रतिरोध गर्न सक्ने तथा एकीकृत जनक्रान्तिलाई अघि बढाउन सक्ने र क्रान्ति जित्नसक्ने दिशातर्फ पार्टी, सेना, संयुक्तमोर्चा (सत्ता) र भरोसायोग्य जनाधार निमार्ण हुदै गएको छ । 

नवौ ः 
आफुलाई कम्युनिस्ट भन्ने, राष्ट्र र जनतालाई ठग्ने तथा लुटुने पात्र – प्रवृतिहरुको गलत कृयाकलाप र चरित्र उदाङ्गो हुँदै गएको छ । 

दशौ ः 
उत्तरसाम्राज्यवादी शक्तिहरु (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले हाम्रो पार्टीको बारेमा गरेको टिप्पोणी) र देशीय दलाल पुँजिवादी सत्ता र केपी – प्रचण्ड गुटको निदँहराम हुनेगरी क्रान्ति झनै स्पातिलो, जुझारु र सक्षम बन्दै गएको छ । 

एघारौ ः 
हाम्रो पार्टी राष्ट्र र जनतामाझ क्रान्तिकारी वैकल्पीक शक्तिको रुपमा विकाश हुँदै गएको छ र पार्टीमाथिका कैयौँ अन्यौलताहरुबारे आम न्यायप्रेमी जनसमुदाय र वैद्धिक समुदायहरुमा आशा जागृत हुदै गएको छ । लगायत यसरी उल्लेखित प्रश्नहरुको एकमुष्ट जवाफ दिन हाम्रो पार्टी र हामीहरु हिचकिचाउनु पर्ने कुनै कारण छैन । 

अनुभुति तीन (३) ः 
हाम्रो गौरवशाली तथा जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिवन्द्ध लगाईएको यो एक बर्ष (१) २०७६ फागुन २८ गते पुग्यो । त्यहि दिन विहानै ७ बजे “भ्रष्टाचारी गोकुल बास्कोटा माथि कारवार्ही किन ?” शिर्षकमा १० बुँदे प्रचा वितरण गर्दै भ्रष्टाचारी गोकुल बास्कोटामाथि पार्टीले कारवार्ही गर्यो । यसले केहि तरङ्ग पैदा गर्नुका साथै भ्रष्टाचारीहरुको क्याम्पमा हायलकायल मच्चिएको छ । यो कारवार्हीको साङ्गो पाङ्गो समिक्षा समयनुशार हुने र गरिने छ । तर यी विषयहरुमा ध्यान पुर्याउन आवश्यक छ । 

प्रथम ः
भ्रष्टाचारी गोकुल बास्कोटा माथि चेतावनी स्वरुप कारवार्हीको त्यसको १ घण्टा पनि नवित्दै अन्नपुर्ण पोस्ट दैनिक अनलाईनमा रामकृष्ण अधिकारीले “प्रतिवन्धले विप्लवलाई धक्का” शिर्षकमा लामो आलेख लेखे । त्यस्तै नयाँ पत्रिका दैनिकको अनलाईनमा टेकराज थामीले “प्रतिवन्द्धको एकबर्ष ः विप्लव नेकपा अस्तब्यस्त” भन्ने शिर्र्षकमा मुख्य समाचार विष्लेषण प्रकाशित भयो । कान्तिपुर दैनिकको अनलाईनमा मातृका दहालले “यस्तो थियो राजधानीमा चन्द समुहको विस्फोट श्रृङ्खला नख्खु देखि बास्कोटा सम्म” शिर्षकमा लामै आलेख लेखे । भने, नागरिक दैनिकको अनलाईनमा टपेन्द्र कार्कीले “वार्ता भन्दा पक्राउमा ध्यान” शिर्षकमा आलेख आयो । देशको मुख्य मुख्य दैनिक पत्रीकाहरु र सचार माध्याममा  हाम्रो पार्टीका बारेमा लेखिएका सम्पूर्ण सन्दर्भहरु हेर्दा त्यहाँ आ – आफ्नै जोडकोणहरु छन । त्यसमा कुनै खण्डन – मण्डन गर्नु वा टिका – टिप्पोणी गर्नु केहि छैन । उनिहरुले बाहिरबाट हेर्दा जे लाग्यो त्यहि लेखे । जस्तो देखे होलान, त्यस्तै लेखे होलान् । ति आलेखहरुका कतिपय सन्दर्भहरु हेर्दा राज्यलाई उचाल्ने प्रकारका पनि छन । उनिहरुका आलेखका शिर्षकहरु हेर्दा राज्यको फाँसिवादी चरित्रलाई तावेदारी गरेको अनुहार पनि झल्किएको देखिन्छ । मात्र यत्ति के भनुभने नेपालका ठुला मिडियाहरुको निश्चित मिसनहरु छन । राष्ट्र, जनताका बारेमा सहि सुचना सम्पे्रसण गर्नु पत्रकारीताको मुलमर्म हो भने, सुचनाको नाममा अनावश्यक भ्रमीत कुराहरु प्रकासित गर्नु, दलाल सत्ताको तावेदारी गर्नु, उसको साखुल्यहुन खोज्नु आदी र विषयलाई मिनिमाईज वा अतिरन्जना गर्नु पित पत्रकारीता हो । भएका सहि सुचनाहरु  वस्तुनिष्ट होउन र सुचनाहरुको आधिकारिकता पुष्टिहुने गरी लेखुन र छापुन । यो हाम्रो आग्रह हो ।  

दाश्रो ः 
तत्काल दलाल पुँजिवादको असली मतियार बनेको सरकारी (नेकपा) को तर्फबाट छविलाल दहालले विज्ञप्ती मार्फत  “आतङ्ककारी र अपराधिक घटना भएकाले तत्काल राज्यले कारवार्ही गर्नुपर्ने” पुरानै डकार डकारे । प्रतिक्रियावादीहरुले महान १० बर्षे जनयुद्धका दौरान यसप्रकारका शव्दहरु राखेर कैँयौ पटक विज्ञप्तीहरु आउने गर्दथे । आज छविलाल दहालनै त्यो प्रकारको विज्ञप्ती दिनेकुराले उनको राजनीतिक बाटो कहाँपुग्यो भन्नेकुरा जनतालाई बुझाउन झनै छर्लङ्ग भएको छ । दलाल पुँजिवादीसत्ताका मतियारहरु बनिसकेपछि यसप्रकारका विज्ञप्ती दिनु कुनै नौलो कुरा भएन । मात्र विषय के हो भने राष्ट्र र जनतामाथि ठगिधन्दा चलाउनेहरुलाई आफैले कारवार्ही गर्नुको सट्टा नेपाल कम्युनिस्ट पार्टीद्धारा गरिएको कारवार्ही प्रति जाँडेतर्क गर्दै बहुलायर हिड्नु र पुरानै बासी तर्कहरु गरेर बकबास गर्नु दलाल पुँजीवादी र अवसरवादी तत्वहरुको कामै हो । अझ यतिसम्म भन्न सकिन्छ एकीकृत जनक्रान्ति अघि बढाउने क्रान्ति जित्ने पार्टीका लागि यो त ट्रेलर मात्र हो खास फिलिम प्रदशन हुन त बाँकिनै छ । जनताले भ्रष्टहरु अपराधीहरुमाथि कारवार्ही गर्न छोड्ने छैनन यो कुरा पनि सम्वन्धित सवैले हेक्का राख्न आवश्यक छ । भीरबाट लड्नै थालेको गोरुलाई राम राम भन्न सवैले सक्लान् तर काँध थाम्न कसैले सक्ने छैन ।  

तेश्रो ः 
प्रतिवन्द्ध पछि पार्टीबाट पालायन भएर भाग्नेहरुका बारेमा हो । नयाँपत्रिका राष्ट्रिय दैनिकको अनलाईनमा टेकराज थामीले पदम राई र पूर्व पिविएम मोहन कार्की सहित देशभरबाट केहि पलाएन हुनेको जुन विवरण उल्लेख गरेको छन् त्यो सहि छ । उनिहरु पलाएन भएका छन । क्रान्तिबाट भागेका छन । उनिहरुले क्रान्तिलाई धोका दिएका छन् । आफ्ना प्रतिवद्धतालाई दलाल पुँजिवादी सत्ताको जुठोपुरोसँग बिक्री गरेका छन् । जहाँसम्म पार्टीको पिविएमहरु भन्ने सवाल छ, उनिहरुको गलत गतिविधी र पार्टी नीति विपरित कार्य गरेकाले जेलमै रहँदा पार्टीले सुद्धिकरण मार्फत उनिहरुलाई पार्टीबाट निष्कासन गरिसकेको कुरा दिनको घामझै छलङर््ग छ । त्यसैले उनिहरु रुझेको मुसाजस्तो गरी सरकारी पार्टीको पाउमा लम्पसार पर्न पुगेका हुन । मानिसका शरिरमा कहिलेकाँहि फोहोरी खटिराहरु (जसलाई पिलो पनि भनिन्छ) निस्कने गर्दछ । मानिसले त्यसलाई निचोरेर फाल्नु पर्दछ । जसरी पिलो निचोरिदा मानिसको ओजन घटेको हुदैँन । हिउँदमा विरुवाहरुमा पातहरु झर्दैमा विरुवा मरेको (सुकेको) हुदैन, त्यसरीनै क्रान्तिबाट डरछेरुवाहरु भाग्दैमा क्रान्ति सकिदैन र रोकिदैन । हामीले हेर्न सक्छौ कि विश्व कम्युनिस्ट आन्दोलन र नेपालमै पनि कम्युनिस्ट आन्दोलनहरुमा लागेका कैयौ मानिसहरुले क्रान्तिलाई धोका दिदै दुस्मनको कित्तामा पुगेका छन र हुन्छन । यो सामान्य प्रकृया हो । उनिहरुलाई “नयाँ बोतलमा पुरानै रक्सी” को रुपमा हेर्न र बुझ्न सकिन्छ ।  अर्को सत्य के हो भने, कैयौँ बेला अवसरवादीहरु हरियो घाँसमा लुकेको हरियो सर्प बनेर पार्टी भित्र लुकेर बसेका हुन्छन् निश्चित समयमा देखिन्छन्, चिच्चाउछन्, र हतार हतार लुक्ने ठाँउखोज्दै भाग्छन । त्यसैले उनिहरुको पलाएन यसैको निरन्तरता मात्र हो र गलत मानिसहरु पार्टीबाट बाहिरिँदा पार्टी, क्रान्तिलाई बेहित हँदैन बरु हितनै गर्दछ । यो कुरा कैयौ विश्व र नेपालको कम्युनिस्ट आन्दोलनले सिकाएका पाठहरु हुन । यसै सन्दर्भमा होचिमिन्हको यो महान भनाई यहाँ राख्न सान्दर्भीक होला “कायरहरु घुडा टेक्छन्, क्रान्तिबाट भाग्छन् बहादुरहरुले क्रान्ति लड्छन् जित्छन् र अघि बढ्छन् ।” 

चौथो ः 
“आतङ्ककारी”, “अपराधिक” र “चन्दा आतङ्क मच्चाएको” जस्ता घृणीत शव्दजालले भरिएको आरोपहरु हाम्रो पार्टी माथि थोपर्ने गरिएको छ । यो साम्राज्यवादी, सामन्त, दलाल पुँजिवादी शक्तिहरुले लगाउने बासी आरोपनै हो । हिज रुसमा वोल्सेविकहरुलाई यहि आरोपहरु लगाइयो । चिनमा माओ र क्रान्तिकारीहरुलाई त्यहि आरोपहरु थोपरियो । १० बर्ष जनयुद्धमा तत्कालिन माओवादीलाई यि र यस्तै भाषा र सैलीका आरोपहरुको थोपरियो ।  आज त्यहि कुरा दोहोरिएको छ । मात्र पात्रहरु र सन्दर्भहरु फरक देखिएका छन । त्यसैले “आतङ्ककारी”, “अपराधिक” र “चन्दा आतङ्क मच्चाएको” जस्ता आधारहिन बकम्फुसे तर्कको कुनै अर्थ र तुक छैन । यी र यस्तो बकम्फुसे आरोपहरुलाई खारेज गर्नु बाहेक हामीसँग अर्को विकल्प छैन । बरु यो केपी प्रचण्ड गुटको सरकारले नै जनतालाई आतङ्क मच्चाएको छ । लुट मच्चाएको छ । राष्ट्रलाई कङ्गाल बनाएको छ । त्यो कुरा पछिल्लो बालुवाटार ललितानिवास काण्ड र गोकुल बास्कोटा प्रकरणलाई हेरे पुगिहाल्छ । सत्ताधारीहरुनै अपराधिक गिरोह संचालन गरेका छन । यो कुरा ३३ किलो सुन प्रकरण, ह्वाईट बोर्डी जहाज घोटाला प्रकरण र अहिले संसदमा प्रतिनिधीत्व गर्ने गुण्डा नाईके र ठेकेदारहरुको सुचि हेरे पुगिहाल्छ । 
 
जहाँसम्म “चन्दा आतङ्क मच्चाएको” को कुरा छ, यो पनि वाइयात तर्क हो । एउटा सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद गर्दा त राष्ट्रलाई ७० ÷७४ करोड झ्वाम् पार्न खोज्छन् भने अरु के कुरा गर्नु ? नेपाल कम्युनिस्ट पार्टीको आदरणीय प्रवत्ता कमरेड प्रकाण्ड गिरफ्तार हुने बेला “चन्दा आतङ्क मच्चाएको” नाममा मुद्धा थोपर्न खोजिएको थोयो । तर त्यो कुरा दलाल सत्ताले कुनै तत्थ्य फेला पार्न सकेन र टाउको टाङ्मुनि छिराएर निउरेमुन्टे भयो । एकातिर हाम्रो पार्टीले विभिन्न ब्यवसायीहरु र विभिन्न तह र तप्काका जनसमुदायलाई एकीकृत जनक्रन्तिको लागि सहगोग गर्नुहोस् भनेर अपील गरेको छ । त्यसको साथै जनपरिषद (सत्ता) ले निश्चित प्रतिसत करको रुपमा सहयोग गर्नुहोस भनेर अनुरोध पनि गरेकै छ । भने अर्कोतिर पार्टीलाई आर्थिक हिसावले सवैभन्दा सस्थागत र मितव्यायी परिचालन गर्ने पार्टी पनि हाम्रो पार्टी बन्न गएको छ । र कैयौ विकाश निर्माणका योजनाहरु भवन, बाटो, खानेपानी, विजुली वत्ताी, स्कुल, सौचालय र शहीद भवनहरु निमार्णलाई समेत अघि बढाएको छ । छिटफुटरुपमा देखिने पार्टीको नीति विपरित अािर्थक कारोवार गर्नेहरुलाई पार्टीले सुन्यसहन्सिलतामा कारवार्ही अघि बढाएको छ । र पार्टीको नाम बेचेर कहि कतै कसैको खेलोमेलो चलेको छ भने त्यसको पनि खोजी पार्टीले गरेको छ ।  त्यसैले राज्यका भ्रष्ट मतियारहरुले लगाउने बेफजुलका यसप्रकारका भत्ता आरोपहरुको कुनै तुक रहने छैन । 

पाचौँ ः 
वार्ताको सन्दर्भमा गरिएको कुप्रचार बारे पनि स्पस्ट हुन आवश्यक छ । २०७६ फागुन २८ गते नागरिक दैनिकको अनलाईनमा प्रकासित टपेन्द्र कार्कीले “वार्ता भन्दा पक्राउमा ध्यान” शिर्षक मार्फत आफ्नो आलेख सार्वजनिक गरेका छन् । यहाँ उनको आलेखबारे टिका टिप्पोणी गर्न खोजिएको होईन केवल सन्दर्भमात्र राख्न खोजिएको हो । नीतिगत हिसावले हाम्रो पार्टी कहिल्यै बार्ता विरोधी होईन र हुन सक्दैन । क्रान्तिकै दौरानमा रुस, चिन, भियतनाम लगाएत र हाम्रै देशमा समेत १० बर्षे जनयुद्धका दौरान कैयौ पटक वार्ता र सम्वादहरु हुँदै आएको सन्दर्भ हाम्रो अगाडि ताजै छ । तर यहाँ हामी सचेत रहनु पर्ने के हो भने सवै वार्ताहरुले जनताको पक्षमा सहि परिणामहरु दिँदैनन् । नेपालको १० बर्षे जनयुद्धलाई प्रतिक्रान्तिमा विस्थापन गर्न वार्ताले नै मुख्य भुमिका खेलेको थियो भन्नेकुरा भुल्नु हुुदैन । वार्ता किन ? र के का लागी भन्ने विषय महत्वपूर्ण हुन्छ र हो । हाम्रो पार्टी नीतिगत हिसावले कहिल्यै बार्ताको विरोधी थिएन र हुन सक्दैन । तर, यो फाँसिवादी सरकारनै वार्ता भन्दै षडयन्त्र गर्दै गरेकाले पार्टीले कहिल्यै वार्ता गर्ने कुरामा इच्छुक देखाएन । त्यसैले औपचारिक कुनै वार्ता समिति पनि गठन गरेन ।  

प्रतिवन्द्ध पछिको यो १ बर्षमा राज्यले अनेकौ पटक षडयन्त्रहरु गर्दै आइरहेको छ । प्रतिवन्द्धको शूरुवाति चरणमा हाम्रो पार्टी माथि “भ्रम छर्ने र दमन गर्ने” नीति लियो । केपीले उरन्ठ्यालो र हाँस्यास्पद ढगले “हतियार बोकेर लुरुलुरु आत्मसमर्पण गर्न” आउन भने र ३५ दिने म्याद सूचना जारी गरे । त्यसप्रकारको षडयन्त्रलाई पार्टीले परास्त गर्नु थियो र गर्यो । केपी नेतृत्वको फाँसिवादी सरकारको त्यो नीतिले धुलो चाटिसकेपछि दोश्रो चरणमा दोश्रो षडयन्त्रकारुपमा “वार्ता भन्ने दमन गर्ने” नीति अगाडि सार्यो र सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता समिति बनाएको नाटक पनि देखायो । तर त्यसको सहि उदेश्ये थिएन र केपी मण्डलीको षडयन्त्रकारी नीति बुझ्न मुस्किल पर्दैनथ्यो र परेन । सरकारले  “वार्ता भन्ने दमन गर्ने”  रणनीति बुझेरै पार्टी त्यसलाई पनि रड्डीको टोकरीमा मिल्काईदियो । यसैबीच मध्ये कमाण्ड ईन्चार्ज कमरेड सुदर्शन, उपत्यका ईन्चार्ज कमरेड माईला लामा लगाएतलाई कायरतापूवर्क गिरफ्तार गर्यो । पार्टीले त्यो कुरा बुझेरै राज्यको वार्ताको कुरालाई थोत्रो टोकरीमा मिल्काईदिईसकेको थियो । त्यसपछि फासिवादी सरकार सर्वदलीय सहमति कायम गर्ने भन्दै विभिन्न दलहरुको ढोका चाहार्न पुग्यो र “सर्वदलिय सहमिति सहित दमन गर्ने ” रणनीतिमा आएको छ ।  त्यसमा पनि घोर षडयन्त्र छ । त्यसैले राज्यको यसप्रकारको गलत षडयन्त्रकारी नीतिको विरुद्ध सङ्घर्ष गर्नु बाहेक क्रान्तिकारी पार्टीको अर्को विकल्प थिएन र छैन । यसमा सवै स्पस्ट हुनु पर्दछ । 

छैठौँ ः 
बलिदान, जेल नेल र हिरासत को कहर । यसबीच कमरेड कमरेड कुमार, कमरेड तिर्थ, कमरेड निरकुमार, कमरेड महान, कमरेड दिपेन्द्र, कमरेड निरन्तर, कमरेड प्रज्वल, कमरेड रविन, कमरेड रामस्ािंहले बलिदानी दिनु भएको छ । अवश्य क्रान्तिको दौरान शहिदहरु बन्न सकिन्छ । सवै कमरेडहरु पार्टीको योजना कार्यन्वयन गर्ने सन्दर्भमा शहिद बन्नु भएको छ । महान शहिद कमरेडहरुको बलिदानको बदला एकीकृत जनक्रान्तिले लिनेनै छ । त्यसका साथै कमरेड सुदर्शन, कमरेड शिलु, कमरेड रणवीर, कमरेड माइला, कमरेड प्रज्वलन, कमरेड बुन्धु, कमरेड हितमान, कमरेड आर्दश, कमरेड शुवास, कमरेड दिपेश लगाएत सयौं जना कमरेडहरुलाई विभिन्न झुट्टा मुद्धाहरु थोपरेर जेल—हिरासतमा बन्दी बनेर पार्टीको नीति अनुशार प्रतिवद्धताका साथ जेलको मोर्चालाई प्रभावकारी बनाउदै हुनुहुन्छ । यसले पार्टीको परिपक्कता र क्रान्तिप्रतिको दृढ सङ्कल्प र निष्ठालाई दर्शाउछ । यो अजङ्गको चट्टानी अडानले गर्दा दुस्मनहरु तिलमिलाईरहेका छन । कातरहरु सलवलाईरहेका छन । पहिला सुराकी गरेर गिरफ्तार गराउने र पछि आत्मसमर्पण गराउन टुप्पीदेखिकै बललगाएर ४ वुँदे फारम बाँड्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयमा दौडिएको सन्दर्भहरु र दौडिने पात्रहरुको सुचि र पहिचान पनि भएकै छ । उपयुक्त समयमा त्यसको हिसाव किताव एकीकृत जनक्रान्तिले गर्ने नै छ । यी सवै सन्दर्भहरुलाई हेर्दा हामी आफैले र हाम्रो आफ्नै पार्टीले जानिबुझिकन सृजना गरिएको परिस्थिति हो यो । यसमा सिङ्गो पार्टी पङ्तीलाई कुनै पश्चाताप हुने कुरैछैन । हाँसी हाँसी मर्न सक्ने र मर्दा मर्दै बाँच्न सक्ने जिवनलाई क्रान्तिकारीहरुले सहर्ष स्वीकार गरेकै विषय हो । यसविच बन्नुभएका शहीद तथा जेलहिरासतको कहर बेहोर्ने  कमरेडहरुको दिशा निर्देशले अवश्य एकीकृत जनक्रन्तिको शान र मान बढाएको छ । 

निष्कर्ष ः 
केहि समय अगाडि कुनै सन्दर्भले महासचिव कमरेड विप्लवसँग भेटहुने मौका मिलेको थियो । करिब २ घण्टा लामो बसाई र छलफल पश्च्यात पार्टी माथि आउने जुनसुकै कठिन र अप्ठ्यारा चुनौतिहरुलाई डटेर सामना गर्ने निर्देशनात्मक भाव सहित महासचिव कमरेडले मुसुक्क हाँसेर गितका शव्दहरु गुनगुनाउनु भयो ।
“निरन्तर बग्ने समय, समयझै बदलिन्छ युग  
सपना उड्छ युगसँग 
युग फेरिन्छ सपनासँग
सपनाका यात्रीहरु (सपना) जोगाउनु पर्छ...” 

सङ्गीत म आफैले निकै मेहनत गरेर तयार पारेको छु । यो छिट्टै सुन्न पनि पाउनु हुनेछ । आदरणीय महासचिव कमरेडले भन्नु भएजस्तै हाम्रो सपनाहरु सुन्दर छन् त्यसैले त हामी खटिरहेका छौ । हामी डटिरहेका छौ र जुटिरहेका पनि छौ । कोही सहिद बनेका छौ । कोही घाइते–अपाङ्ग भएका छौ । कोही जेलमा छौ । कोही हिरासतमा छौ । कोहिले नेल भिरिरहेका छौ । कोही चरम यातनाको कहरलाई हाँसी–खुसी स्वीकार गरिरहेका छौ । कोही गाँउवस्ती र शहरका गल्लीहरु तथा चोक चोकहरुमा पार्टीको योजना सफल पार्न केन्द्रीत छौ । कोहि श्रमीक बर्गका जनतासँग हातेमालो गर्दैछौ । कोही पिटी – परेडमा छौ । कोही संघर्षको योाजनामा छौ । आ–आफ्नै काममा छौ र ब्यस्त छौ । एकीकृत जनक्रान्तिलाई विजयसम्म पुर्याउने प्रतिवद्धतामा छौ । किनकी, हाम्रो बाटो सुन्दर छ । हाम्रा योजनाहरु वस्तुनिस्ट छन् । हाम्रो भविश्य उज्जल छ ।“सपनाका यात्रीहरु (सपना) जोगाउनु पर्छ”, प्रतिवन्द्धको यो एक (१) बर्षमा हामी झन बलिया भएका छौ । हामीले अवश्य जित्ने छौ । एकीकृत जनक्रान्ति – जिन्दावाद ! वैज्ञानिक समाजवाद – जिन्दावाद ! 
२०७६ फागुन २८ 
धन्यवाद । 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...