Saturday, November 6, 2021

वैज्ञानिक समाजवाद स्थापनाका लागि गर्भिलो यात्रा ः

नेपाल कम्युनिष्ट पार्टी उपत्यका विशेष ब्यूरो मुखपत्र क्रान्ती का लागी । 

मिलन 

“माक्र्सवाद लेनिनवादको सिद्धान्तवाट सुसज्जित, स्व आलोचनाको पद्धतीलाई अंगालेको र जनसमुहसग गासिएको अनुशासनवद्ध पार्टी, त्यस्ता पार्टीको नेतृत्वको मातहात सेना, सवै क्रान्तिकारी बर्ग र सवै क्रान्तिकारी डफ्फाहरुको संयुक्त मोर्चा तिनै तिन मुख्य हतियारहरु हुन जो हामीले सत्रुलाई हरायौ !” जनताको जनवादी अधिनायकत्व (जून ३०, १९४९) क. माओ ।   

विषय प्रवेश ः  
“आफैलाई रुपान्त्रण गर्दै पार्टीलाई शुद्धीकरण गरौं, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाईमा उठाऔं ।” हाम्रो जनप्रीय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको ऐतिहाँसिक आठौ पूर्ण बैठकमा महासचिव कमरेड विप्लवद्धारा प्रस्तुत तथा केन्द्रीय समितिले ब्यापक छलफलद्धारा सर्वसम्वत पारित गरिएको राजनीतिक प्रतिवेदनको मुल नारा हो यो । कमरेड माओले वताउनु भएजस्तै क्रान्तिको लागि सुद्धीढ र शक्तिशाली पार्टी, सेना र संयुक्त मोर्चा अनिवार्य प्रश्न हो ।  त्यसका लागि पार्टीभित्र निरन्तर सुद्धिकरण अनिवार्य हुन्छ । क्रान्तिकारी पार्टी भित्र कहिले सुद्धिकरणद्धारा पार्टी भित्र देखा पर्ने बेकारहरुलाई सफागर्नु पर्दछ भने कहिले सुद्धिढिकरण मार्फत पार्टीलाई सुद्धिढ, शक्तिशाली र मजवुद बनाउने प्रकृयालाई अघि बढाउनु पर्दछ । यो क्रान्तिकारी पार्टी भित्र चल्ने निरन्तर प्रकृया हो । यसलाई निकै वैज्ञानिक र वस्तुनिष्ट ढंगले ऐतिहाँसिक आठौ पूर्ण बैठकले सस्लेषण गरेको छ भने अर्कोतर्फ राष्ट्रीय तथा अन्तराष्ट्रिय परिस्थितिको वस्तुनिष्ट ढंगले सस्लेषण गरेर आगामी कार्य योजना तय गरेको छ । 

राष्ट्रिय राजनीतिका तरङ्ग ः 
“बुर्जुवा जनवाद, सर्वहारा बर्गलाई प्रशिक्षित तुल्याउन र उसका संघर्षको प्रशिक्षण दिनमा सधै, संकुचित, पाखण्डपूर्ण, झुठो र नकली हुन्छ । यो सधै धनिहरुको लागि जनवाद र गरिबहरुको लागि धोका हुनजान्छ’ ‘सर्वहारा क्रान्ति र गद्धार काउस्की’” संकलित रचना पार्चौ संस्करण, खण्ड ३७, ९ अक्टुबर १९१८ विश्व सर्वहारा बर्गका महान नेता लेनिनले सविस्तारमा बताउनु भएको छ । लेनिनको यो भनाई आज हाम्रो देशको राष्ट्रिय राजनीतिमा समेत निकै मिल्दो जुल्दो छ । बुर्जुवाहरुको जनवाद वा भन्ने गरेको समाजवाद केवल झुठो, नकली वा जनतालाई अलमलाउने वा ढाट्ने कुरामा मात्र सिमित हुन्छ । यो निकै पाखण्डपूर्ण, आडम्मरीपूर्ण र संकुचित समेत हुन्छ । वर्जुवाहरुले गर्ने कुरा र काम केवल धनिहरुका लागिमात्र हुन्छ । उनिहरु केवल पुजिपतिहरुका लागि मात्र हित हुने काम गर्दछन् । बुर्जुवाहरु सारमा राष्ट्र र जनताका लागि अहित हुने काममा मात्र केन्द्रीत हुन्छन् । यहि कुरा लेनिनले स्पस्टसँग बताउनु भयो  र आज हाम्रो देशको राष्ट्रिय राजनीति त्यहि परिवेशसँग मिल्दो जुल्दो ढंगले अगाडि बढिरहेको छ ।   

आज नेपाली जनताको जीवन निकै कष्टपूर्ण छ । नेपाली जनता करै करको जातोमुनि पिल्सिएका छन् । लाखौ लाख युवाहरु विदेश पलाएन भएका छन । भ्रष्टाचारले सिमा नाघेको छ । कमिसनखोरहरुको बिगविगी चलेको छ । कालोबजारी मौलाएको छ । तस्करहरुले देशैलाई डामाडोल पारेका छन् । सामाजिक सुरक्षा अस्तब्यस्त नै बनेको छ । राष्ट्रका ठुला भन्ने परियोजनाहरु कमसिन खाने र भ्रष्टाचार गर्ने थलो बनेको छ । जनताको जीविकाआर्जन गर्ने दैनिक जीवनका वस्तुहरु महँङ्गीले किनीनसक्नु भएको छ । माथिदेखि तलसम्मका कथित जनप्रतिनिधीहरु जनविरोधी कार्यमा लुप्त बनेको अवस्था छ । विकाश निमार्णका कार्यहरु लथालिङ्ग छन । चेलिबेटी बेचबिखन, विदेश पलायन, बलात्कार, हत्या दिनहँ दर्दनाक अवस्थामा छ । 

समाजमा असुरक्षा, मानव तस्करी, गुण्डागर्दी, ठगीधन्दा, जुवातास, जाँडरक्सी, अश्लिलता, वेश्यावृत्ति चरम छन् । “सुखी नेपाली, संमृद्ध नेपाल”को आर्थिक नारासहित शिक्षा, स्वास्थ्य, रोजगार, खाध्यान्न, पानीजहाज, रेल, सुशासन आदीको अस्वभावीक प्रचारगरेर जनतालाई भ्रम छर्न सामाजिक दलाल पुजिवादी केपी सरकार टुप्पीदेखिको बललगाएर कस्सिएको छ । आफुलाई कम्युनिस्टको सरकारको भ्रम छर्न खोजेता पनि यसको यो कम्युनिस्ट सरकार होईन, काण्डे सरकार बनेको छ । एनसेल करछली काण्ड, ह्वाईट बोर्डि जहाज काण्ड, सुन काण्ड, चिनी काण्ड, बालुवाटार ललिता निवास काण्ड, बुढिगण्डकी काण्ड, मेलम्ची काण्ड, मिटर ब्याजी काण्ड, भ्रष्टाचार काण्ड, निर्मला पन्त बलात्कार – हत्या काण्ड, आर्थिक घोटाला काण्ड, कर काण्ड, तस्करी–कालोबजारी काण्ड, होली बाईन काण्ड जस्ता घृणीत अनेकौं काण्डहरु मच्चाइएका छन् । केपी सरकार काण्डै काण्डको परिचय बोकेर देशलाई टाट पल्टाईको बाटोमा अघि बढिरहेको छ । त्यसैले विश्व सर्वहारा बर्गका महान नेता कमरेड लेनिनले भन्नु भयजस्तै यो केपी नेतृत्वको सामाजिक दलाल पुजिवादी बुर्जुवा सरकार केवल राष्ट्र र जनताका लागि पाखण्डीपूर्ण, धोकेबाज र षडयन्त्रकारी भएको कुरा छर्लङ्ग हुन्छ । 

बैदेशिक हस्तक्षेपका नयाँ आयाम ः    
नेपालको राष्ट्रीय राजनीति, नेपाली सार्भौमिकता र स्वाधीनतामाथि बैदेशिक शक्तिहरुको विभिन्न प्रकारका हस्तक्षेपहरु रहदै आएको छ । आर्थिक, राजनीतिक, सामाजिक, सास्कृतिक, सिमाना, रणनीतिक लगाएतका क्षेत्रहरुलाई बैदेशिक हस्तक्षेपले प्रत्यक्ष्य असर पुराईरहेको छ । अहिलेको सन्दर्भमा भन्नुपर्दा हाम्रो देशमा विदेशी हस्तक्षेपका मुख्यत ः चार प्रकारका चलखेल र हस्तक्षेपहरु ज्वलन्त छन् । आफ्ना रणनीतिक उदेश्यहरु पुरा गर्न आ आफ्नै प्रकारका योजना सहित नेपालमा चासो, चिन्ता र सकृयता बढेको अवस्था विद्धमान छ । पहिलो, भारतको हिन्दुवादी सरकारको तर्फबाट हुने रणनीतिक चलखेल र हस्तक्षेप । दोश्रो अमेरिकाको हिन्द प्रसान्त रणनीति र त्यो भित्र लुकेको (एमसिसि) को माध्यमबाट हुने रणनीतिक योजना र हस्तक्षेप । तेश्रो, चीनले अघि सारेको वीआरआई र चौथो, युरोपियन युनियनको दलाल संघीयता र क्रिश्चियन धर्म—रणनीति र चलखेल मुख्य हुन ।  

१. भारत एउटा हाम्रै छिमेकी साम्राज्यवादी देश हो । उसले मुख्यत ः दक्षीय एसियाका सवै राष्ट्रहरुमा आफ्नो अतिक्रमणकारी नीति लागु गर्दै आईरहेको छ । उसले बारम्वार मुख्यत ः दक्षीण एसियाका सम्पूर्ण मुलुकहरुमा आफ्ना हस्तक्षेपकारी रवैया अवलम्वन गर्दै आएको छ । हाम्रो देशको सन्दर्भमा भन्न्ुा पर्दा हरेक समयमा विभिन्न खाले षडयन्त्रकारी नीति – संझौंताहरुद्वारा आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, भौगोलिक लगाएतका क्षेत्रहरुलाई नियन्त्रण गर्न र आफ्नो अधिनस्त राख्न हरदम पहल गरिरहेकै छ । भारतमा नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपाको सरकार बनेदेखि आर्थिक, राजनैतिक, सामाजिक, भौगालिक हस्तक्षेपका अलावा धार्मिक हस्तक्षेपलाई पनि तीव्र पारेको छ । भारतले हाम्रो देशमाथि बहुआयामिक रणनीति सृजना गरेर आफ्नो उदेश्य पुरा गर्न खोजिरहन्छ । जसको कारणले गर्दा नेपालको राजनीतिक संकक्रमणकालमा ठुलो फाईदा उठाउने गरेको छ । हिन्दुत्वको विषयलाई आफ्नो रणनीतिक उदेश्य पुरा गर्ने मनसाय सहित परिचालित भएको देखिन्छ । त्यो सँग जोडेर राजतन्त्रको नचाहिदो बकबास पनि नजानिदो प्रकारले प्रचार गरेको पाईन्छ । उसको यसप्रकारको षडयन्त्रकारी साम्राज्यवादी, हिन्दुत्वको राजनीति नेपाल र नेपाली राष्ट्र र जनताको हित विपरित भएकाले त्यसको विरुद्ध सम्पूर्ण क्रान्तिकारी, न्यायप्रेमी, राष्ट्रवादी, जनप्रेमी जनतासमुदाय एकतावद्ध हुन आवश्यक छ ।  

२. अमेरिकाले लामो समयदेखिनै विश्वमा आफ्नो, अर्थ, सैन्य, आणवीक लगाएतका क्षेत्रमा एकलौटी हस्तक्षेप र षडयन्त्र कायम गर्र्दै आएको छ । अहिले विश्वमा सवैभन्दा धेरै झण्डै १ सय २५ भन्दा धेरै आणवीक भट्टीहरु उसैलेनै संचालन गरिरहेको छ । विश्वका सवैभन्दा धेरै मुलुकहरुमा आफ्नो प्रत्यक्ष सैनिक उपस्थिति बनाएर त्यहाको सम्पूर्ण श्रोत, साधन, र स्वाधीनतामाथि हस्तेक्ष गरिरहेको छ । यसै सन्दर्भमा अमेरिकाले हाम्रो देशलाई दक्षीण एसियाकै रणनैतिक महत्वको स्थानमा राख्दै आएको छ ।  खासगरी चीनलाई रणनैतिकरुपले घेराहाल्ने, र भारतलाई कार्यनैतिकरुपले प्रभावमा राख्न हाम्रो देशको भुगोललाई उसले प्रयोगमा लिन खोजिरहेको छ । अहिले विश्व अर्थराजनीतिमा देखिएका ठूला हेरफेर र त्यसमा चीनको बढदो भूमिकाका कारण अमेरिकाले खुलेआम हिन्द प्रसान्त रणनीति विकास गरेको छ र त्यसको माध्यमबाट आफ्नो हस्तक्षेपलाई अघि बढाउने नयाँ नीति अघि सारेको छ । उसले घोषणा नै गरेको छ कि विश्वमा चीनको खतरा मुख्य बनेकोले उसलाई रोक्नकै लागि हिन्द प्रसान्त रणनीति विकास गरिएको हो । भने, त्यसैको महत्वपूण अङ्गको रुपमा रहेको आर्थिक परिचयोजना (एमसिसि) समेत पारित गरेर अघि बढ्न मनोवैज्ञानिक दबाब सृजना गरेर अघि बढिरहेको छ । अमेरिकाले यही दृष्टिकोण अनुसार नेपालमा आफ्नो गतिविधि बढाइ सकेको छ । उसको जोड नेपालमा सैन्य अखडा खडा गर्नेसम्मको रहेको छ । 

अमेरिकाले अघि सारेको यसप्रकारको षडयन्त्रकारी रणनीति नेपालका लागि निकै खतरापूर्ण, हानिकारक, हस्तक्षेपकारी र विभाजनकारी रहेको छ । उसको उदेश्य त्यतिमा मात्र सिमत छैन कि नेपालमा बढ्दै भएको बैज्ञानिक समाजवादी धारा र चल्दै गएको एकीकृत जनक्रान्तिका बारेमा समेत आफ्नो घिनलाग्दो टिप्पोणी गरेर कम्युनिस्ट विरोधी चासोलाई विश्वसामु प्रस्ट पारिसकेको छ । यो कम्युनिस्ट विरोधी छ । नेपाली क्रान्ति विरोधी छ । नेपाली जनता विरोधी छ । नेपालको सार्भभौमिकता विरोधी छ  । तसर्थ अमेरिकी यसप्रकारका नीतिका विरुद्ध शसक्त प्रतिरोध संघर्ष उठाउनु अनिवार्य छ । र फेरी त्यहि गित गुन्जाउनु पर्ने भएको छ,  ‘ओ याङ्की गो होम, डर्टी याङ्की गो होम’ । 

३. हाम्रो उत्तर तर्फको अर्को देश हो चीन । उसले आफुलाई आर्थिक, बजार, प्रवृधि लगाएतका क्षेत्रमा ठुलो विकाश गर्दै लगेको छ । यसै सन्दर्भमा चीनले वीआरआईको नीति अघि सारेर विश्वसामु उपस्थित भएको छ । वीआरआईलाई उसले अन्तराष्ट्रिय स्तरमा मानव संमृद्धिका लागि भन्दै अघि बढेको देखिन्छ । चीनको त्यो नीतिलाई अमेरिकाले शान्तिपूर्णरुपले विश्व नियन्त्रण गर्ने रणनीति भनेर विरोध गरिरहेको छ भने, भारत अमेरिकी दृष्टिकोणसँग कहि सहमत देखिन्छ । चीनको पहलमा वीआरआईमा नेपालले हस्ताक्षर गरेपछि संभाव्यता अध्ययन चलिरहेको छ । वीआरआई मार्फत चीनले विश्वमा यातायात, बजार, प्रविधि, अर्थ राजनीति लगाएतमाथि आफ्नो बोलवाल कायम गर्न चाहन्छ । कुनै पनि आर्थिक योजनाको सम्बन्ध राजनैतिक प्रभावसँग रहने भएकाले गर्दा त्यो नेपालको राष्ट्रिय राजनीतिसँग सम्वन्ध राख्दैन भन्न सकिदैन । 

४. अर्कोतर्फ हाम्रो देशमा निकै दरिलो ढंगले उपस्थित भएको युरोपीयन युनियन हो । उसले पनि नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक लगाएतका क्षेत्रमा आफ्नो दरिलो पकट जमाई राख्न हरसंभव कोशिस गरिरहेको छ ।  नेपालमा आफ्नो प्रवेश शुत्रका रुपमा संघीयता, धर्मनिरपेक्षता भन्दै क्रिश्चिनीटी र  विभिन्न ठुला (आईएनजिओ) लाई पकडेको छ । उसले शान्ति वार्ताको समयदेखि नै यसलाई समातेर नेपालका दलाल सत्ताधारीहरु भित्र प्रवेश गरेको छ । भने पछिल्लो समय प्रचण्ड मण्डली (माके) एमाले, काग्रेसलगाएत सवैलाई गिजोलेको छ र आफ्नो प्रभावमा राख्न सफल भएको छ । त्यसका लागि अरबौ रुपियाँ खर्च पनि गरेको छ । अहिले पनि यसले संघीयता, धर्म र गैरसरकारी संस्थाहरुमार्फत अरबौ रकम खर्च गरेर राजनीतिक र साँस्कृतिक रुपमा नेपाली जनतालाई पदभ्रष्ट पार्ने कार्य गरिरहेको छ । युरोपियन युनियनको चाल दलाल संघीयतालाई बढावा दिने, धर्मको नाममा क्रिश्चियनीटीलाई प्रचार गर्ने, राजनीतिक रुपले कम्युनिस्ट विरोधी जनमत तयार गर्ने, आर्थिक रुपले दलाल पूँजिवादी सत्तासग सम्वन्ध, समन्वय र संरक्षण गरेर कम्युनिस्ट विचार र संगठनलाई कमजोर बनाउने  कार्यमा तल्लिन रहेको प्रस्ट देख्न सकिन्छ । यसप्रकारको युरोपियन युनियनको नेपालमा रहेको सक्रियतालाई रोक्न सबैतहका नागरिकहरु सचेत र संगठित हुन आवश्यक छ ।  

माथि उल्ल्ोखित समस्या र हस्तक्षेपलाई मलजल गर्ने, बढवा दिने काम मुख्यत नेपालको आन्तरिक दलाल पुजिवादी सत्ताले गरिरहेको छ । विभिन्न साम्राज्यवादी देशहरुसँग साठगाठ गर्ने, आफ्नो कुर्सी स्वार्थकालािग नेपालको स्वाधीनतामाथि सौदावाजी गर्ने काम नेपालको दलाल पुजिवादी सत्ताले गरिरहेको छ । त्यसको ज्वलन्त उदाहरण हालैको लिपु लिम्पीयाधुरा प्रकरणलाई हेरे प्रस्ट भैहाल्छ । नेपालको दलाल सत्ताले अमेरिका र चिनसँग दलाली युरोपियन युनियनसँग साँठगाठ गरिरहेको छ र आफ्नो आर्थिक, राजनीतिक स्वार्थ पुरा गर्न लागिपरेको छ । त्यसैले यो जनविरोधी राष्ट्रविरोधी दलाल सत्तालाई जरैबाट उखलेर फाल्न आवश्यक छ । 

पार्टी शुद्धीकरणको ऐतिहाँसिक शुरुवात ः 
“इतिहासमा जनसमुदाय–वर्ग–पार्टी–नेताबारे सैद्धान्तिक विकास सबैलाई थाहा छ कि जनसमुदाय वर्गमा बाँडिएको छ...वर्गहरुको नेतृत्व राजनैतिक पार्टीले गर्दछन्, राजनैतिक पार्टीहरुको संञ्चालन प्रायःतिनका सबभन्दा मान्य, प्रभावशाली एवं अनुभवी सदस्यहरुको धेरै–थोरै स्थायी समूहले गर्दछन्, जसलाई पार्टीको सबभन्दा जिम्मेवार पदमा चुनिन्छ, त्यसलाई नेता भनिन्छ ” – लेनिन, बामपन्थी साम्यवादःएक बालरोग १९२० ।  विश्वसर्वहारा बर्गका नेता कमरेड लेनिनले भन्नु भएजस्तै एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको नेताहरुको पार्टी हो । अथवा क्याडरहरुको पार्टी हो । तिनै क्याडरहरुले क्रान्तिकारी पार्टी र क्रान्तिको नेतृत्व गरिरहेका हुन्छन् । जसरी एउटा मेसिन पाटपुर्जा विना चल्न सक्दैन, त्यसैगरी कम्युनिस्ट पार्टी पनि जुझारु, अनुशासित क्याडर विना अघि बढ्न सक्दैन ।   जब मेसिनका पाटपुर्जा मा खिया लाग्दछन् मेसिन चल्न छोड्छ, त्यसलाई नियमित सफा गर्नु पर्दछ । एउटा जीवन्त कम्युनिस्ट पार्टी पनि मेसिन जस्तै हो त्यसैले निश्चित समय र प्रकृयामा सुद्धिकरण र सुद्धिढिकरण गरिरहनु पर्दछ । अथवा एउटा क्रान्तिकारी पार्टीका लागि यो नियमित प्रकृया जस्तै हो । त्यसैले यो प्रकृयामा हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीले निर्ममता पूर्वक सुद्धिकरणको अभियानलाई अघि बढाएको हो ।  

“पार्टी शुद्धीकरण पार्टी जीवनको निकै गहन विषय हो । शुद्धीकरणको सार पार्टीका विचार, राजनीति, आचारण, व्यवहार र संगठनमा रुपान्त्रण गर्नु र नयाँ जीवन पैदा गर्नु हो । अर्थात पुरानो जीवनमा पैदा हुने विभिन्न अपूर्णता, असक्तता, खरावी, विचलन र अशुद्धिलाई सफा र शुद्ध गर्ने विशेष प्रकृया हो । पार्टीलाई पुरानो चरित्रबाट नयाँ चरित्रमा, पुरानो दृष्टिकोणबाट नयाँ दृष्टिकोणमा र पुरानो जीवनबाट नयाँ जीवनमा रुपान्त्रण गर्ने कदम हो । मालेमावादी र एकीकृत जनक्रान्तिको विचारमा उठाउने पहल हो । त्यसैले कम्युनिष्ट पार्टीको जीवनका खासखास चरणमा शुद्धीकरण जरुरी पर्छ र पार्टीले संचालन गर्नु पर्छ ।” नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आठौ ऐतिहाँसिक पूर्ण बैठकद्धारा पारीत प्रतिवेदन २०७६ ।  

कम्युनिस्ट पार्टी भित्र सुद्धिकरण गर्नुको अर्थ पार्टीको दृष्टिकोण र ब्यवहारलाई मालेमावादी बनाउनु हो । अथवा सर्वहारावर्गीय धरातलमा रुपान्तरण गर्नु हो । पार्टी भित्र देखा पर्ने अवसरवाद, पलायनवाद, वर्गसमन्वयवाद, आत्मसुरक्षावाद, अराजकतावाद, तदर्थवाद, अर्थवाद जस्ता विभिन्न समस्याहरुलाई समाधान गर्ने एउटा जिवन्त प्रकृया हो । त्यसैले हाम्रो गौरवशाली पार्टीले “क्रान्तिका लागि सुदृढ पार्टी, सुदृढ पार्टीका लागि शुद्धीकरण र शुद्धीकरणद्वारा पार्टीको रुपान्तरण” भन्ने सैद्धान्तिक मान्यतालाई आत्मसाथ र स्थापीत गर्दै सुद्धिकरणलाई लागु गरिएको हो । कम्युनिस्ट आन्दोलन, क्रान्ति, बर्ग, ईतिहास तथा आजको आवश्यकता माथि जवाफदेयीता हुने गरी सम्पूर्ण केन्द्रीय समितिका सदस्य कमरेडहरुको आवश्यक मरामर्समा पार्टीको स्थायी समितिले यो ऐतिहाँसिक पहललाई अघि बढाएको हो । पार्टीको ऐतिहाँसिक आठौ पूर्णबैठकले त्यसको गाम्भिर्यता माथि घनिभुत बहस गर्दै, सर्वसम्मत रुपमा पारीत गरेर एकीकृत जनक्रान्ति हाँक्नसक्ने क्षेमताको विकाश गर्न सुद्धिकरणको प्रकृयालाई पार्टीको सम्पूर्ण निकायमा लागु गर्ने गराउने प्रकृया अघि बढेको छ । 

“सुद्धिकरणलाई आफ्नो र पार्टीको जिवनमा लागु गरौ, आफैलाई बदल्दै पार्टीलाई नमुनाकृत गरौ”  ऐतिहाँसिक आठौ पूर्णबैठकद्धारा पारीत राजनीतिक प्रतिवेदन २०७६ । यो प्रतिवद्धतालाई पार्टीले अघि सारेको छ । यसले पार्टीको सम्पूर्ण निकायमा एउटा नयापन दिएको छ । नयाँ विश्वास, जोस– जागर, नयाँ प्रतिवद्धता र नयाँ उत्साह पैदा गरेको छ । यसलाई निरन्तर क्रान्तिको सिद्धान्त वा महान सर्वहारा साँस्कृति क्रान्तिको दिशा निर्देश वा पहिला आफ्नै टाउको आगो लगाउ वा कम्युनिस्ट आन्दोलनमा देखिएको महान बहसहरुको सैद्धान्तिक मान्यताको जगलाई टेकेर पार्टीले यो कदमलाई अघि बढाएको छ । त्यसैले त पार्टी भित्र वा बाहिर यसले नयाँ तरङ्ग पैदा गरेको छ । विभिन्न गलत प्रवृतिहरुलाई निरुत्साहित गरेको छ । एकीकृत जनक्रान्ति जित्नसक्ने बिस्वास पैदा गरेको छ ।   

दलाल सत्ताको दमन र हाम्रो दायीत्व ः  
एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान उदेश्य सहित हाम्रो पार्टी पुनर्गठन पछि तुफानी गतिमा जनतासमक्ष पार्टीले अघि सारेका नीति– कार्यक्रम लिएर गयो । देशब्यापी जनताको लहरहरु पैदा भयो । फेरी क्रान्तिप्रति जनताको भरोसा र विस्वास जागृत हुने अवस्था पैदा हुदै गयो । भ्रष्टाचार, तस्करी, कालोबजारी, लुट खसोट जस्ता जनघात र राष्ट्रघातका विरुद्ध पार्टीको आव्हनमा जनताको प्रतक्ष्य सहभागीतामा ठुला ठुला जन कारवार्हीहरु अघि बढे । हजारौँ जनताको सहभागीतामा ठुला ठुला जनसभाहरु मार्फत देशब्यापी पार्टीको नीति कार्यक्रम र जन कारवार्हीहरुबारे स्पस्ट बनाउने कार्यहरु भयो । चरणवद्ध अभियानहरु लिएर हिमाल, पहाड, तराई सम्म पार्टी पुग्यो । महिनौ लामो संगठन सुद्धिढिकरण अभियानहरु चले । देशब्यापी एकीकृत जनक्रान्तिको उद्घोष भयो । विशाल रुपमा जनताको समर्थन र हाम्रो पार्टी प्रतिको जनआक्रशण देखिसके पछि दलाल पुजिवादी सत्ताका मतियारहरु थरथर काप्दै विदेशी शक्तिको पाउमा लम्पसार पर्न पुगे । ‘कथित’ जनसंविधानको समेत धज्जी उडाउदै हाम्रो जनप्रीय पार्टी माथि प्रतिवन्द थोपरेर संकटकाल विर्साउने गरी षडयन्त्र, दमन, हत्या, झुट्टा मुद्धाको साहारामा प्रचण्ड – केपी मण्डलीहरु टुप्पीदेखिको बल लगाएर उभिएका छन् । 

केपी सरकार पागलपूर्ण ढंगले हाम्रो पार्टी माथि निर्लज्ज षडयन्त्रमा उत्रिएको छ । प्रतिबन्धपछि कहिले विभिन्न भ्रम छर्ने र दबाब दिने, कहिले बार्ता भन्ने र दमन गर्ने, त कहिले सर्वदलीय सहमति भन्दै दमन गर्ने रणनीतिमा उभिएको छ । यसै सन्दर्भमा पार्टीका राजनैतिक, संगठनात्मक काममा हिडिरहेको अवस्थामा सर्लाही जिल्ला इञ्चार्ज कमरेड कुमार पौंडेल, ओखलढुङ्गा जिल्ला सेक्रेटरी कमरेड नीरकुमार राई, जनमुक्ति सेना नेपालका सदस्य कमरेड तीर्थ घिमिरेलाई गोली हानेर क्रूरतापूर्वक हत्या गरेको छ । भने कमरेड दुर्गा रोकालाई हिरासतमै गोली हानेर घाईते अवस्थामै जेलमा फसाएको छ ।  त्यसैगरी कमरेड सुदर्शन, शिलु, रणवीर, माइला, प्रज्वलन, बुन्धु, हितमान, आर्दश, मुकुन्द, दिपेश लगाएत सयौं जना कमरेडहरुलाई विभिन्न झुट्टा मुद्धाहरु थोपरेर जेल—हिरासतमा बन्दी बनाईएको छ । अदालतले निर्दोश भन्दै छोड्ने र प्रहरीले समात्दै विभिन्न जिल्लाहरुमा घुमाउदै लाने जस्ता निर्लज्य कार्य गरिएको छ । गिरफ्तार परेका कामरेडहरुलाई चरम शरिरिक तथा मानसिक यातना दिईएको छ । विरामी पर्दा औषधी उपचार समेत गर्न दिईएको छैन । भने देश व्यापीरुपमा वारेन्ट, खानतलासी, गिरफ्तारी, हिरासत, जेलबन्दी व्यापक बनाईएको छ । भने, जनपक्षीय आवाज बुलन्द गर्ने सामान्य नागरिक र जनताहरुलाई समेत चरम् दमन गर्ने कार्यमा उत्रिएको छ । 

क्रान्ति र प्रतिक्रान्तिको बीच भिषण टकराव पदैै जाँदा कायरहरु, भगौडाहरु, छद्म अवसरवादीहरु पलायन हुन्छन । क्रान्ति छोडेर कुकुरले पुछर लुकायर भागे जस्तै भाग्छन । दुस्मनको कित्तामा आत्मसमर्पण गर्न पुग्छन । अल्पकालिन भएपनि दुस्मनद्धारा परिचालित हुन्छन र मुतेन्यानो जस्तै दुस्मनसँग साखुल्य हुन लालाईत बन्छन । विभिन्न बाहानामा क्रान्तिबाट पन्छिन्छन् र तिनै दुस्मनसँग जीवनको भिख माग्न पुग्छन यो एउटा सामान्य प्रकृया हो । यो केवल विचार विहिन, हैसियत विहिन, गैर क्रान्तिकारी मान्छेहरुको पलायनता मात्र हो । यो प्रकृया दुनियाको सवै क्रान्तिमा हुदै आएको बासी कुरानै हो । जसरी, पिलो निचोरेर शरिरको ओजन नघटे जस्तै, हिउदँमा सालको पातहरु झरेर सालको बोटहरु नसुके जस्तै, शरिरको काचुली फेरेर सर्पहरु नमरेजस्तै प्रकृया हो क्रान्ति । त्यसैले त कमरेड कमरेड माओले बताउनु भयो, “बर्गहरु संघर्ष गर्छन, केहि बर्ग विजय पाउछन, अरुहरु निर्मुल हुन्छन । ईतिहास यस्तै छ, सभ्यताको हजारौ बर्षको ईतिहास यस्तै छ ।” “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,”  “अगष्ट १४, १९४९,” । 

“आत्मसुरक्षा, आत्मसमर्पण होईन – विद्रोह, बर्ग समन्वय होईन–संघर्ष, गद्धारी होईन – बलिदान” भन्ने भावलाई आत्मसाथ गर्दै, एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने गर्भिलो क्रान्तियात्रा अगाडि बढेको छ । यसै दौरानमा कमरेड कुमार, कमरेड तिर्थ, कमरेड निरकुमार, कमरेड महान, कमरेड दिपेन्द्र, कमरेड निरन्तर, कमरेड प्रज्वल, कमरेड रविन, कमरेड रामस्ािंह कमरेड धनरुप, कमरेड सनराईजले उच्च साहदत प्राप्त गरिसक्नु भएको छ । भने क्रान्तिकारीहरुका लागि गिरफ्तारी, हिरासत, जेल जीवन क्रान्तिको एउटा मोर्चा भएकाले पार्टी नीतिको पक्षमा दृढतापूर्वक उभिएर आफ्नो पहाड जस्तो गर्हुङ्गो र ओजिलो पन सयौ कमरेडहरुले देखाईरहनु भएको छ । त्यसैगरी किसान, मजदुर, मध्यमवर्ग, देशभक्त, बुद्धिजीवी, साहित्यकार, कलाकार, पत्रकार, मानवधिकारवादी, कानूनविदहरुले निकै ठुलो सहयोगात्मक भावना बढेर गएको छ । आम न्यायप्रेमी जनसमुदाय र नागरिकले पार्टीलाई सहयोग गर्ने परिपाटीको विकाश भएको छ भने, पार्टीको क्रान्तिकारी प्रतिष्ठा निकै बढेर गएको छ । यी सवै सन्दर्भहरु एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने सुनौलो, गर्भिलो यात्राकै दौरान भएका छन् । यो निकै महान कार्य हो । यो निकै जनप्रीय कार्य हो र यो निकै क्रान्तिप्रीय कार्य हो । यो निकै बहादुर र क्रान्तिबीरहरुले गर्ने कार्य हो । अघि बढौ साथीहो, हाम्रो जित सुनिश्चित छ । एकीकृत जनक्रान्ति – जिन्दावाद ! वैज्ञानिक समाजवाद – जिन्दावाद !

अन्त्यमा ः  
चमचम गर्ने खुकुरी सान लाउने बेला भो    
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो  
बेला भो, बेला भो 
फेरि जँघार तर्ने बेला भो  
बारुदसँग खेल्ने बेला भो  
फेरि बन्दुक बोक्ने बेला भो  
दुस्मनसँग भिड्ने बेला भो   

कायरहरु सङ्कटबाट घुँडा टेकी भाग्छन्  
वीरहरु क्रान्ति गर्छन् र दुस्मनलाई जित्छन्   
सडेगलेको यो सत्ता ढल्छ, पक्कै ढल्छ  
क्रान्तिले आफ्नो बाटो आफँै खन्दै जान्छ    
बेला भो बेला भो  
आँधीबेहरी ल्याउने बेला भो 
आगोसँग खेल्ने बेला भो  
अस्त्रशस्त्र बोक्ने बेला भो  
दलालहरु ठोक्ने बेला भो  

राष्ट्रघाती कालो सत्ता कब्जा गरिछाड्छौँ  
लटुाहाको जाली संसार ध्वस्त पारिदिन्छौँ   
मक्किएको यो सत्ता एक धक्कामै फाल्छौँ   
वर्गवैरी सखाप पार्दै हाम्रो लक्ष्य चुम्छौँ     
बेला भो बेला भो
तुफानसँग खेल्ने बेला भो 
विस्फोटहरु हेर्ने बेला भो 
एम्बुसहरु फुल्ने बेला भो  
क्रान्तिमोर्चा खुल्ने बेला भो । 

 
धन्यवाद । 
२०७६ माघ २५ 
 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...