Saturday, November 6, 2021

दलाल पुँजिवादी सत्ता र केपी सरकारको काण्डे अनुहार

 प्रकासित ः रातोखबर साप्ताहिक २०७६ फागुन २१ बुधबार ः 
अनलाईन ईरातोखबर २०७६ फागुन २७ गते 

चिरन पुन ‘मिलन’
प्रारम्भ ः 
अहिले हाम्रो देशमा दलाल पुँजिवादी राज्यसत्ता र केपी मण्डलीको काण्डे सरकारले जनतालाई आतङ्कीत बनाएको छ । यो राज्यसत्ता र सरकार जनविरोधी छ । यो राष्ट्रविरोधी पनि छ । यो भ्रष्टाचारी छ । यो हत्यारा छ । यो फाँसिवादी छ । यसको चरित्र कालोबजारिया प्रकृतिको छ । यसको चरित्र तस्करी र कमिसनखोरी धरातलमा छ । चरम् षडयन्त्रकारी पनि छ । निकृष्ट राष्ट्रघाति छ । ठुल्ठुला घोटाला र काण्डहरु लादेको छ । भ्रष्टाचारी, कमिसनखोर र कालाबजारियाहरुसँग लगन गाठो कसेको छ । उत्तरसाम्राज्यवादीहरुको पाउमा लम्पसार पर्ने र निगम् पुँजिवादलाई बेरोकतोक देशभित्र भित्राउने काम गरेको छ ।  यो चरम् शोषणकारी पनि छ । आफ्नो कुर्सीस्वार्थ पुरा गर्न जुनसुकै प्रकारका जनविरोधी हथकण्डा अपनाउन यो तयार हुन्छ । जस्तोसुकै प्रकारका षडयन्त्रकारी गतिविधी संचालन गर्न मरिहत्य गर्छ ।  त्यसैले हाम्रो पार्टी माथि प्रतिवन्द लादेको छ । क्रान्तिप्रेमी जनतामाथि दमन थोपरेको छ । हत्या–आतङ्क मच्चाएको छ । क्रान्तिप्रेमी जनता र नेता कार्यकर्तालाई झुट्टा मुद्धामा फसाएको छ । जेल, नेल र हिरासतमा कोचेको छ ।  

केपी सरकारको काण्डे परिचय ः 
केपी ओली नेतृत्वको मण्डलीले यो सरकारलाई जनताको सरकार, कम्युनिस्टको सरकार, दुई तिहाईको सरकार, ‘सुखि नेपाली र सम्वृद्ध नेपाल’ आदीका नाराहरु दिएको छ । आकाशतर्फ फर्किएर केपी ओलीले नानाभाँतीका उट्पट्याङ् आश्वासनहरु बाडिरहेका हुन्छन । तर, ति सवै आश्वासनहरु बेकामी छन । कम्युनिस्ट चरित्र, आदर्शको त कुरै छोडौ सामान्य लोकतान्त्रिक मुल्य–मान्यता बोकेको काँग्रेसलाई समेत उसका जनता र राष्ट्र विरुद्धका कार्यले उछिनेको छ । यसले आफुलाई कम्युनिस्ट होईन जनविरोधी र राष्ट्रविरोधी काण्डै काण्डले भरिएको काण्डे सरकारको परिचय बनाएको छ । एनसेल करछली काण्ड, ह्वाईट बोर्डि जहाज काण्ड, सुन काण्ड, चिनी काण्ड, बालुवाटार ललिता निवास काण्ड, बुढिगण्डकी काण्ड, मेलम्ची काण्ड, मिटर ब्याजी काण्ड, मल काण्ड, भ्रष्टाचार काण्ड, निर्मला पन्त बलात्कार–हत्या काण्ड, आर्थिक घोटाला काण्ड, करै कर काण्ड, तस्करी–कालोबजारी काण्ड, होली बाईन काण्ड, कमिसनखोर काण्ड, आफ्ना नाता गोतालाई जागिर ख्वाउने काण्ड, लिपु–लिम्पीयाधुरा काण्ड, अवैद्य ठेक्का पट्टा काण्ड, निर्दोश नागरिकको हत्या काण्डजस्ता अनेकौ घृणीत, तिरस्कृत, षडयन्त्रकारी, जनताको हित विपरित र राष्ट्रको स्वाधीनता बिपरित काण्डहरु मच्चाएर मुलुकलाई बदनाम बनाउने कार्य गरिरहेका छन । 
केपी ओली नेतृत्वको काण्डे सरकारले आर्थिक हिसावले मुलुकलाई परनिर्भर र भिखमाँङ्गा बनाएको छ । राजनीतिक हिसावले आत्मसमपर्णकारी, दब्बु पारेको छ । सामाजिक हिसावले विचलनकारी तथा विखण्डन परिवेश सृजना गरेको छ भने, साँस्कृतिक हिसावले विकृत, अश्लिलता र कर्तव्यविमुख धरातलमा फसाएको छ । हरेक गतिविधीहरु आधारभुत राजनीतिक नैतिकता र मान्यता विपरित केन्द्रीत छ । यसप्रकारका काण्ड, घटनाक्रम र अबान्छित कार्यले गर्दा यो सरकार रुझेको विरालो जस्तो बनेको छ । सत्तामुखि निम्छरो अनुहार बोकेर नैतिकहिन ढङ्गले यो सरकार डुलिरहेको छ । यस्तो खालको नालायक काण्डे सरकारलाई सम्पूर्ण राष्ट्रप्रमी र जनप्रेमी जनसमुदायहरु एकतावद्ध भएर जरैबाट उखलेर फाल्न लामवद्ध बन्नु बाहेक अव अर्को विकल्प छैन र देखिदैन । 

चरित्रहिन नेतृत्व र बदनाम भुमिका ः  
अहिलेको केपी सरकार जसरी जन विरोधी र राष्ट्र विरोधी छ त्यसैगरी चरित्रहिन पनि छ । यो सरकार बदनाम मान्छेहरुको झुण्ड जस्तै बनेको छ । सरकार र सरकारी पार्टीका जिम्मेवार मन्त्री र नेताहरुनै हरेक प्रकारका बदनामी कमाएर राज्यलाई निर्लज्ज पारेको छ । यो विभिन्न जनताको हित विपरित, राष्ट्रको स्वाधीनता विपरित कार्य, गतिविधी र काण्डहरु मच्चाएर पेन्डुलम मात्र बनेको छैन, षडयन्त्रकारी र फाँसिवादी पनि भएको छ । हत्या, हिँसा, बलात्कार, भ्रष्टाचार, घुसखोर, कमिसनखोर जस्ता पाखण्डपूर्ण गतिविधीहरु हुनुमा एकातिर दर्शन, विचार, राजनीति, सिद्धान्त र बर्गप्रतिको गद्धारीका कारणले गर्दा हो भने अर्कोतर्फ चरित्रहिन नेतृत्व र उनिहरुको बदनाम भुमिकाका कारणले गर्दा पैदा भएको हो । 
हालै केपीको निकै पाखण्डी, असहिष्णु, कुटिल विस्वासपात्र संचारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको मोलमोलाई गर्दाको अडियो सार्वजानिक भएपछि राजिनामा दिनु पर्यो । आफुलाई प्रखर घुस विरोधी बताउने केपी र गोकुल बास्कोटाले एउटा प्रेस किन्दा त ७०÷७४ करोड कमिसन खान्छन वा माग्छन भने उनिहरुको अधिनस्त संचालित कैयौ परियोजनाहरुबाट कति रकम झ्याम् पारे होलान सहजै अनुमान गर्न सकिन्छ । एउटा नेपाली उखान छ, ‘सियो चोर्ने ले सुन पनि चोर्छ र घर पनि फोर्छ’ यहाँ प्रश्न नैतिकताको हो ।  यस्ता नैतिकहिन मानिसहरुको हातमा रहेको सरकारले कसरी जनतालाई सेवा र राष्ट्रलाई हित गर्न सक्लान् गम्भिर प्रश्न उठेको छ । यस्तो प्रकारका  बदनामी घटनाका कारणबाट सरकारको जिम्मेवार मन्त्री, पार्टीका नेताहरुले राजिनामा दिनुपर्ने विषयलाई कदापी सामान्य मान्न सकिदैन । यस्ता प्रकारका अनेकौ घटना र सन्दर्भहरु छन जो वर्तमान केपी सरकार र केपी –प्रचण्ड नेतृत्वको पार्टीका मन्त्री र नेताहरुले देखाएको चरित्र र खेलेको भुमिका जसका कारणबाट उनिहरुले आफुले आफ्नो जिम्मेवारीबाट पदच्युत मात्र होईन, देशलाई नै लज्जित बनाउने कार्य गरेका छन । 
बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री र सरकारी नेकपाका नेता केसव स्थापीतले चरित्रहिन कार्य गरेकाले २०७५ कार्तिक १६ गते आफ्नो पद गुमाउनु परेको थियो । त्यस्तै सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री तथा सरकारी पार्टीका नेता प्रकाशबहादुर रावतले आर्थिक अनियमितता र किर्ते काण्डका कारणले २०७६ कार्तिक २४ गते आफ्नो मन्त्री पद गुमाउनु परेको घटना समेत ताजै छ । परस्त्रीसँगको काण्डले सुदुर पश्चिम प्रदेशकै सामाजिक विकाश मन्त्री तथा सरकारी पार्टीका नेता दिर्घबहादुर सोडारीले पदीय आचरण विपरित कार्य गरेकाले २०७५ कार्तिक २७ गते मन्त्री पदबाट हात धुनु पर्यो । नक्कली बैङ्क ग्यारेन्टी काण्ड घटाएर कर्णाली प्रदेश भौतिक पूर्वाधारमन्त्री तथा सरकारी पार्टीका अर्का नेता खड्कबहादुर खत्री २०७६ भदौमा बर्खास्तीमा परे । भने, सोलु कोरिडोर निमार्णका क्रममा करिब २६ करोड अनियमितता गरेको भन्दै तत्कालिन उर्जा मन्त्री तथा सरकारी पार्टीका नेतृ राधा ज्ञवालीले २०७२ असोज १५ गते बर्खास्ती हुनु परेको घटना नेपाली जनतासामु लुकेको छैन । 
तत्कालिन कानुनमन्त्री तथा सरकारी पार्टीका नेता शेरबहादुर तामाङले बंगलादेशमा एमविविएस पड्न जाने  नेपाली छात्राले सर्टिपिकेट पाउन शारिरिक सम्वन्ध कायम गर्नु पर्ने जस्ता अनौतिक अभिव्याक्ति दिएका कारण २०७५ साउन ८ गते राजिनामा दिनु परेको थियो । २०७२ साल असारमा तत्कालिन एमाले नेता तथा कृषिमन्त्री हरिप्रसाद पराजुली ले महिलामाथि अस्लिल हर्कत गरेकाकारण बर्खास्तीमा परे । तत्कालिन सभामुख कृष्णबहादुर महरा आफ्नै कर्मचारीमाथिको यौन दुराचारको आरोपमा सभामुखबाट २०७६ असोज १४ गते राजीनामा दिदै जेलसमेत बस्नु पर्यो, भने अहिले संचारमन्त्री तथा सरकारका प्रवत्ता समेत रहेका केपीका रखौटे गोकुल बास्कोटाले सेक्युरेटि प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७४ करोड कमिसन बार्गेनिङका दौरान निलज्र्ज सरकारबाट बाहिरिनु पर्यो । यो विषय २ महिना अगाडि नै प्रधानमन्त्री ओलीलाई थाहा थियो र उनि किन चुप लागे ? उल्टै तिनै भ्रष्टाचारी गोकुलको गुणगानमा समय खेर फाले यसले के कुरा स्पस्ट हुन्छ भने यो घटनामा प्रधानमन्त्री समेतको संलग्नता भएको स्पस्ट हुन्छ ।  यि सवै घटना र सन्दर्भहरु सरकारी पार्टीका नेता र मन्त्रीहरुले गरेका कर्तुतहरु हुन । त्यसका साथै गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मदिरा काण्ड, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको महिला काण्ड जस्ता घटनाहरु गुपचुप गरिएको छ । नेताहरु आफ्नो जन्मदिन मनाउन जनताले तिरेको करबाट लाखौँ लाख खर्च गर्दै हेलिकप्टरमा सयर गरिरहेका छन । यि र यस्ता प्रकारका प्रतिनिधीमुलक घटनाले सरकारी पार्टी र केपी मण्डली सरकारको मुल प्रवृति के र कस्तो हो भन्ने कुरा बुझ्न कठिन पर्दैन । यस्ता पात्रहरुले भरिएको विचार विहिन समुह र दृष्टिकोण विहिन झुण्डमा आज सरकारी (नेकपा) परिणत भएको छ । दृष्टिकोण विहिन समुह भएकाकारण उनिहरुले यसप्रकारका घृणित कार्यहरु गर्न उद्धत भैरहेको कुरा दिनको घाम जस्तै छर्लङ्गै भएको छ । 

८ सय ८४ जना भेडिगोठे साँसदको लुट ः 
आज जनप्रतिनिधीका नाममा माथि देखि तलसम्म जनतामा माथि लुट मच्चाएको छ । राष्ट्रलाई कङ्गाल बनाउने कार्य भैरहेको छ । तस्करहरु, चोर डकैतहरु, कालोबजारियाहरु, कमिसनखोरीहरु, हत्यारा–बलात्कारीहरु, ठेकेदारीहरु राष्ट्रघातिहरु, जनघातिहरु कथित जनप्रतिनिधी बनेर सुखविलास गरिरहेका छन् । हाम्रो जस्तो देशमा निकै ठुलो संसदहरुको ताँती छ । उनिहरुलाई जनप्रतिनिधीको रुपमा राज्यले खर्च बेहोरिरहेको छ । त्यसबाहेक राज्यले मासिक करोडौँ खर्च पूर्वहरुलाई बेहोर्ने गर्दछ । यसको सन्द्यर्भमा कुरा गर्दा केहि सन्दर्भहरु उल्लेख्य छन त्यो हेरौ ः झण्डै १ अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा जम्मा साँसदको सङ्ख्या ५ सय ४५ जनाको छ । त्यस्तै, ३२ करोड जनसङ्ख्या भएको अमेरिकामा ४ सय ३५ जना साँसदले देश संचालन गरेका छन । २५ करोड जनसङ्ख्या भएको ईन्डोनेसियामा साँसद ५ सय ५० जना, २० करोड जनसङ्ख्या भएको ब्राजिलमा साँसद ५ सय १३ जना, १९ करोड जनसङ्ख्या भएको पाकिस्तानमा साँसद सङ्ख्या २ सय ७२ जना मात्रै छन । १७ करोड जनसङ्ख्या भएको नाईजेरियामा साँसद ३ सय ६० जना, १६ करोड जनसङ्ख्या भएको बङ्गलादेशमा साँसद ३ सय ३० जनाले देश संचालन गरिरहेका छन ।  १४ करोड जनसङ्ख्या भएको जापानमा ४ सय ८० जना, १२ करोड जनसङ्ख्या भएको रुसमा ४ सय ४० जनाको साँसदको सङ्ख्या छ । यि सन्दर्भहरुलाई हेर्दा उदेक लाग्दछ कि, जम्मा २ करोड ७० लाख चानचुन जनसङ्ख्या भएको हाम्रो मुलुकमा साँसदको सङ्ख्या ८ सय ८४ जनाको भेडिगोठ छ । उनिहरु आलिसान सुविधामा छन् । आफ्नै हात जगन्नाथ भनेजस्तै जनताले सकिनसकी करतिरेको ढुकुटिमाथि ब्रह्लुट मच्चाईरहेका छन् । लाग्छ उनिहरु कुनै युगका महाराजाहरु हुन । धनाड्य मालिकहरु हुन । कुख्यात तस्करहरु हुन । चल्तीका डाकुहरु हुन । राज्य उनिहरुकै बपौति हो । देशको अर्थतन्त्र उनिहरुकै विर्ता हो । 
हामीले हेर्नसक्छौ ः एकजना निजामति राष्ट्रसेवक कर्मचारी (जसले आफ्नो परिवारको जिविकार्जनका मुख्य उदेश्य सहित मुलुकमा जागिर खाएको हुन्छ) को अधिकृतले ३० हजार, उपसचिवले ३४ हजार, सहसचिवले ४० हजार, ना. सुव्वाले २३ हजार र मुख्यसचिवले ५४ हजार तलवमा मासिक गुजारा गर्दै राज्यलाई सेवा गरेका हुन्छन् । सेनामा प्रमुख सेनानीको २८ हजार, महासेनानीको ३१ हजार, उपरथीको ३७ हजार रथीको ३८ हजार र प्रधानसेनापतिको ३९ हजार तथा प्रहरी आईजिपीको ३८ हजार, एआईजीको ३७ हजार, डिआईजीको ३२ हजार, एसएसपीको ३० हजार र हवल्दारको १८ हजार मासिक तलबमा ठुलो चाडबाडमा घरपरिवारलाई भेट्न समेत जान नपाई काम गर्दछन् । किनकी, उनिहरुले राज्यसँग जागिर खाईरहेका छन यो स्वभावीक पनि छ र उनिहरुलाई आजको महङ्गीको अवस्थामा यति सुविधाले नपुगेको पनि हुन सक्छ ।  
तर, राजनीति भनेको नीतिहरुको पनि मुल नीति हो । यो जनताको सेवाका लागि गरिन्छ । राष्ट्रका हितका लागि गरिन्छ । आफ्नो ब्याक्तिगत स्वार्थबाट मुक्त भएर गरिन्छ । घर परिवारको मोह, जेल नेलको डर, मृत्युको आगमन सवैलाई यसले वेप्रवाह लिन्छ । यो स्वयीच्छिक र बेतलवी काम भएकालेनै सवैले यो काम गर्न सक्दैनन् । यसमा निश्चित तलव भत्ता हुदैन । २०५४ सालसम्म पनि जनप्रतिनधीहरुलाई मासिक तलव भत्ता थिएन । तर आज राजनीतिलाई कमाईखाने भाँडो बनाईएको छ । राजनीतिलाई तस्करी गर्ने अखडामा परिणत बनाउने कार्य भएको छ, यो अत्यन्त गलत कार्य हो । आज जनप्रतिनिधीहरुले आफ्नो तलव सुविधा आफै निर्धारण गरेर राज्यको ढुकुटीलाई स्वाहा पार्ने काम गरेका छन् भने जनताकालाई करै करको जातोमुनि पिसिरहेका छन् । एकजना नगरपालीकामा निर्वाीचत जनप्रतिनिधीले आफ्नो सम्पूर्ण सुविधा बाहेक वडाअध्यक्षले मासिक २५ हजार, उपमेहेरको ३५ हजार र मेहेरको ४० हजार तलब बुझ्छ । गाँउपालीकाका वडाअध्यक्षले मासिक २० हजार, उपाध्यक्षले ३० हजार र अध्यक्षले ३५ हजार तलब बुझ्छन् । महानगरपालीकाको वडाअध्यक्षले मासिक ३० हजार, उपमेहरले ५० हजार र मेहरले ६० हजार तलव बुझ्छन् । त्यसबाहेकका उनिहरुले लिने सुविधा अनेकौ प्रकारका छन । जनप्रतिनधीहरु आफैले आफ्नै ठेक्कामा डोजरहरु चलाएका छन्, जनतालाई ढाटेका छन र ५ वडा वडाभएको गाँउपालीकामा अध्यक्ष उपाध्यक्षले चड्ने सुविधासम्पन्न गाडी बाहेक ५०÷६० वटासम्म सेतो नम्वरप्लेटका सरकारी मोटरसाईकलहरु बेरोकतोक गुडिरहेका छन । सरकारी नम्वर प्लेटका गाडिहरु लगेर जाँडखाने भट्टी चाहार्ने, विवाह, वर्तवन्ध र आफ्ना आसेपासेलाई ओसार पसार गर्ने साधन भएको छ । यसरी स्थानिय जनप्रतिनिधीका नाममा करोडौँ रकम स्वाहा पार्ने कार्यलाई यो दलाल पुँजिवादी सत्ताले उद्धत गरेको छ ।  
एकजना जनताको प्रतिनिधी, राजनीतिलाई जनताको सेवा भन्दै हिड्ने साँसदले मासिक १ लाख ४८ हजार भन्दा धेरै तलब बुझेर खान्छन् । राष्ट्रपतिले मासिक ५ लाख भन्दा धेरै, उपराष्ट्रपतिले मासिक ४ लाख ५० हजार भन्दा धेरै, प्रधानमन्त्रीले मासिक ३ लाख भन्दा धेरै, सभामुखले मासिक २ लाख ८० हजार भन्दा तलब बुझेर भर्कुछन् । उनिहरुको सुरक्षा, यातायात, सुचना संचार, सचिवालय र दैनिक भैपरिआउने सुविधाको कुरा गर्नेहो भने त्यो अकल्पनिय छ । देशका प्रधानमन्त्री समेत रहेका केपी ओलीले आफ्नो ब्याक्तिगत उपचारका लागि मात्रै करिब १ खर्ब भन्दा धेरैको उपचार खर्च राज्यकोशबाट लिएका छन्  । आफ्नो सम्पक्ति विवरणमा १ कठ्ठा जमिन र १ तोला सुन लेखाएका प्रचण्डसँग आफ्नो परिवारका सदस्यको उपचारका लागि अमेरिका, सिङ्गापुर, थाईल्याण्ड, चीन जस्ता देशहरुमा करोडौ खर्च गर्ने पैसा कहाँबाट आउँछ ? यो स्वभावीक प्रश्न छ उनिहरुले देशलाई लुटेका छन् । राष्ट्रलाई ठगेका छन् । तस्कर, कमिसनखोर, कालोबजारिया, विचौलियाहरु उनिहरुको किचन पात्रहरु बनेका छन् । यी सवै कार्य जनताले कर तिरेर जम्मा भएको र विदेश पलायन हुने युवाहरुको रेमिटेन्स्बाट संकलित रकमबाट जम्माा भएको राज्यकोशको ढुकुटी र विचौलिया, तस्कर, घुसखोरीबाट प्राप्त रकमबाटै भईरहेको कुरा बुझ्न मुस्किल पर्दैन । यसरी स्थानिय तहका २८,२०८ जनप्रतिनिधी र प्रतिनिधीसभा, राष्ट्रियसभा, मन्त्रीपरिषद्, उनिहरुका आसेपासेले भरिएका सचिवालय र राज्यले खर्च बेहुर्नु पर्ने नेतृत्वहरुको खर्च विवरणलाई हेर्दा उदेकलाग्दो अवस्थामा छ । एकातिर आज प्रत्येक नेपालीको टाउकोमा ३८ हजार रिण थोपरिएको छ भने अर्कोतिर सत्ताधारीहरुको ठाँट, रवाफ र भड्किलो खर्च ब्यवस्थालाई हेर्दा कुनै आलिसान राजा महाराजाको भन्दा कम देखिदैन । यसरी राज्यको ढुकुटिलाई आफ्नै बाउको बपौति सम्झेर राज्यलाई टाट पल्टाईरहेका छन । जनप्रतिनिधीका नाममा राज्यलाई कङ्गाल बनाईरहेका छन । यो सम्पूर्ण जनसमुदायले बुझ्न आवश्यक छ र उनिहरुको लुटको स्वर्गलाई एकीकृत जनक्रान्तिको ज्वालाले जलाएर राख पारिदिनु पर्दछ । 

अस्थिर र ढुलमुल सरकार ः 
बहुदलको आगमन पछिका नेपालको सरकार र सरकार गठन पुनर्गठनका सन्दर्भहरुलाई हेर्दा किनै घिनलाग्दो अवस्थाको छ । आफ्नो कुर्सी स्वार्थलाई केन्द्रमा राखेर सरकार गठन पुनगर्ठनको फोहोरी खेलहरु देखाएर विश्वलाई नै चकित पार्ने कार्य सत्तासिनहरुले गरेका छन् । आफ्नो झिना मसिनो स्वार्थपूर्ति गर्न सरकारको छिनाझपेटी र सरकार गठन पुनर्गठनको सन्दर्भहरुलाई हेर्ने हो भने उदेकलाग्दो परिस्थिती छ । नेपालमा बहुदलिय ब्यवस्थाको आगमन पछिको करिब यो ३० बर्षको आवधीमा सरकार परिवर्तनको सन्दर्भलाई हेर्नेहो भने हामी स्पस्ट हुन सक्छौ कि, हाम्रो देशमा कुर्सीको छिनाझपेटी कुन तह र कुन हदसम्मको भयो भनेर ।  दक्षीण एसियाका देशहरुमा मात्रैपनि सरकार फेरिएको सन्द्यर्भलाई हेर्नेहो भने, श्री लङ्कामा जम्मा ६ पटक सरकार परिवर्तन भएको छ, । 
बङ्गलादेशमा ९ पटक, भारतमा ११ पटक, पाकिस्तानमा १३ पटक र हाम्रो देश नेपालमा २७ पटक सरकार बदलिएको छ । यो कुराले हाम्रो देशको राजनीतिक अस्थिरतालाई बताउछ । सरकारको संचालन यिनै पार्टीहरुले गरेका छन् । यिनै नेताहरु कुन न कुनैरुपमा मन्त्री बनेका छन । सरकारमा हाल क्रियाशिल रहेका पार्टीहरु नेपाली काग्रेस, एमाले, राप्रपा, मद्येशवादी र प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी नै हुन ।  हाम्रो जस्तो देशका लागि यो निकै डरलाग्दो र भयायह अवस्था हो । राजनीतिक अस्थिरताको मुख्य कारण वर्तमान दलाल पुँजिवादी राज्यसत्ता नै हो । यसरी एकतिर सरकारका कामहरु झन पछि झन भयानक, भ्रष्टाचारी, षडयन्त्रकारी र फासिवादी बन्दै जाने र अर्कोतिर उत्तरसाम्राज्यवादी शक्तिहरु हाम्रो देशको स्वाधीनतामाथि हस्तक्षेप गर्दै जाने अवस्थाले मुलुकको अवस्था जर्जर र पिडादायी दिशातर्फ गैरहेको छ । त्यसैले यो अस्थिर र ढुलमुल सरकारको दलाल पुँजिवादी चरित्रलाई बेलैमा नेपाली जनताले जरैबाट उखलेर फाल्नु पर्दछ । 

अन्त्यमा ः  
अहिले हाम्रो देश क्रान्ति र प्रतिक्रान्तिको भीषण टकरावमा छ । एकातिर दलाल पुँजिवादी राज्यसत्ताका सम्पूर्ण मतियारहरु टुप्पीदेखिकै बल लगाएर फाँसिवाद लादेका छन् भने अर्कोतर्फ कमरेड विप्लवको नेतृत्वमा हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी एककिृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्न महासमरमा जुटेको छ । एकीकृत जनक्रान्ति हरेक दमन, षडयन्त्रलाई चिर्दै नेपालको सम्पूर्ण भुभागहरुमा भुसको आगोजस्तै हुर्किएको छ । त्यो विशालरुपमा जनताको भरोषायोग्य बन्दै गएको छ । सामाजिक दलाल पुँजिवादका मतियार केपी –प्रचण्ड गुट र बादल गृह प्रशासनले जतिसुकै दमन र षडयन्त्रका तानाबानाहरु बुने पनि जनतासामु यि सवै निष्प्रभावी र किस्काम सावित हुनेछ । हत्या, आतङ्क, लुट, खसोटले टिकेको तिम्रा स्वर्गलाई जनताको मजवुत एकता र झनै सुद्धिढ बन्दै गएको एकीकृत जनक्रन्तिले ध्वस्त पारिदिनेछ । यहि सङ्कल्प, प्रतिवद्धता र दायीत्वबोधसाथ उठौ, जुटौ, लागौ र वैज्ञानिक समाजवाद स्थापना गर्ने सुन्दर सपना र दृढयाात्रालाई सुनिश्चित पारौँ । 
२०७६ फागुन ५ । 


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...