Saturday, November 6, 2021

बैज्ञानिक समाजवादी क्रान्तिको आवश्यकता ः

दृष्टिकोण  पत्रीकाको लागि  

चिरन पुन ‘मिलन’
 
“दर्शन शास्त्रले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ भनें सर्वहारावर्गले दर्शनशास्त्रमा आफ्नो बौद्धिक हतियार भेटाउँछ” – कार्लमाक्र्स, हेगेलको कानून–दर्शनको आलोचनामा योगदान, सन् १८४३ र जनवरी १८४४ ।
“हामी युद्ध उन्मुलनका पक्षपाती हौं, हामी युद्ध चाहदैनौं, तर युद्धलाई युद्धद्वारा मात्र उन्मुलन गर्न सकिन्छ, त्यसैले बन्दुकबाट छुटटी पाउन बन्दुक उठाउन जरुरी छ ” – माओ, युद्ध र रणनीतिका समस्याहरु, १९३८ ।
“क्रान्ति त्यस्तो स्याउ होइन, जो पाकेपछि आफैँ झर्छ, यसलाई आफैले सम्भव बनाउनु पर्छ” – चे ग्वेभारा ।

आरम्भ ः 
कार्लमाक्र्स, माओ र चे ग्वेभाराले छुट्टा छुट्टै समयमा छुट्टा छुट्टै सन्दर्भमा राख्नुभएको महत्वपूर्ण विचारलाई यहाँ प्रस्तुत गरिएको छ । कार्लमाक्र्स, माओ र चे ग्वेभाराले राख्नु भएको विचार हाम्रो लागि आदर्श विचारहरु हुन । कार्लमाक्र्सले भनेजस्तै हामीसँग सर्वहारावर्गको आफ्नो बौद्धिक हतियार माक्र्सवादी दर्शन छ । उत्तरसाम्राज्यवादी, दलाल पूँजिवादी र प्रतिक्रियावादीहरु बन्दुकका शक्तिको आधारमा   आफ्नो सम्पूर्ण शक्तिको मापन गर्ने गरेका छन । किनकी, उनिहरु बन्दुककै बलमा टिकेका छन । बन्दुककै साहारामा बाँचेका छन् र बन्दुककै आधारमा अडेका छन । उनीहरुबीच बन्दुककै होटबाजी चलेको छ । बन्दुक थुपार्ने, बन्दुक ओसार्ने र बन्दुक पसारेर सवैलाई आफ्नो अधिनस्त राख्न चाहन्छन । बन्दुककै आधारमा आफ्नो श्रेष्ठता कायम रहेको मान्दछन् । त्यसैले क्रान्तिकारी कम्युनिस्टहरुले त्यस्तो बन्दुकबाट छुट्टी पाउन बन्दुकनै उठाउनु पर्ने सन्दर्भलाई कमरेड माओले अघि सार्नुभएको थियो । र त्यसलाई विश्वभरका कम्युनिस्टहरुले आधार र आत्मसाथ गरेका हुन ।  

हामीले क्रान्तिको कुरा गरेका छौ । क्रान्तिको कुरा मात्र गरेका छैनौ क्रान्ति जित्ने कुरा पनि गरेका छौ । चे ग्वेभाराले भनेजस्तै क्रान्तिलाई हामी आफैले संभव बनाउने भनेका छौ । आदरणीय महासचिव कमरेड विप्लवको नेतृत्वमा रहेको हाम्रो गौरवशाली तथा जनप्रीय  पार्टी नेपाल कम्युनिस्ट पार्टीले वारम्वार भनिरहेकै छ चे ग्वेभारा राख्नुभएको विचारलाई आत्मसाथ गर्नेकुरा मात्र छैन, आफ्नै जिवनमा लागु गर्ने कुरा पनि छ । एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी हुनुको नाताले एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्नसक्छौ भन्ने हामीसँग दृढ विस्वास छ । क्रान्ति हाँक्नसक्ने पार्टी छ । जुझारु जनसेना छ । सक्षम संयुक्तमोर्चा (सत्ता) निर्माण हुदै गैरहेको छ । विशाल क्रान्तिकारी जनसमुदायको साथ समर्थन छ । मुलुकमा शोषण, दमन, उत्पीडन छ । राष्ट्रघात र जनघात छ । सिङ्गो पार्टीमा क्रान्ति जित्ने आँट, विस्वास र भरोसा छ । त्यसैले त दलाल सत्ताको फाँसिवादी दमनको प्रवाह नगरेर वैज्ञानिक समाजवादी क्रान्तिको आवश्यकताको महत्ववोध गर्दै एकीकृत जनक्रान्तिमा लामवद्ध भएका छौ । 

वैज्ञानिक समाजवादी क्रान्तिको आवश्कता ः  
मानव समाजमा करिब ८ हजार वर्षदेखि विभिन्न प्रकारका शोषण–उत्पीडन रहदै आएको छ । सन् १८४५ जर्मन विचारधारा बारे माक्र्सको लेखबाट शुरु भएर कम्युनिस्ट घोषणापत्र सन् १८४८ सम्म पुग्दा कम्युनिस्ट दर्शन र विचारले विश्वभरी आफ्नो पहल अघि बढाएको हो । सन् १८४८ बाट प्रारम्भ भएको कम्युनिस्ट दर्शन अथवा माक्र्सवादी दर्शनले अहिले करिब पौने दुईसय वर्ष बीचमा संसार भरका करिव दुईतिहाइ भूभागमा यसले पटक–पटक ठुला र भिषण क्रान्तिको हुरी चलायो र वैज्ञानिक समाजवादी सत्ताको जन्मपनि दियो  । पेरिस कम्युन (१८ मार्च सन् १८७१), बोल्सेभिक क्रान्तिले (सन् १९१७) ले सोभियत समाजवादी सत्ता, चिनियाँ क्रान्तिले (सन् १९४९) मा चिनिया जनवादी÷समाजवादी सत्ता लगायत विभिन्न मुलुकहरुमा कम्युनिस्ट सत्ताको जन्म दियो । दुईतिहाई भन्दा धेरै देशहरु र जनसङ्ख्यालाई कम्युनिस्ट ब्यवस्थाले ओगट्यो । तर आज कम्युनिस्ट दर्शन, विचार, सिद्धान्त विरुद्ध साम्राज्यवादीहरुले निकै ठुलो बैचारिक हमला गरेका छन् । कम्युनिस्ट युग समाप्त भयो, कम्युनिस्ट दर्शन मर्यो । कम्युनिस्ट विचार पराजय भयो । आदी आदी ।  

हो हामीले स्वीकार गर्न सक्छौ, कि विश्वका समाजवादी देशहरुमा प्रतिक्रान्ति भएको छ । सोभियत संघ, मंगोलिया, चीन, भियतनाम, लाओस, कम्बोडिया, अल्बानिया, उत्तरकोरिया, क्यूवा, चेकोस्लोभाकिया, रुमानिया, पूर्वी जर्मनी, युगोस्लाभिया, हङगेरी, पोल्याण्ड आदी देशहरुमा समाजवाद टिकिरहन सकेन । भने, विजयको निकट पुगेको क्रान्तिलाई अवसरवादीहरुको भुमिका र प्रतिक्रियावादीहरुको चर्को दमनले गर्दा टर्की, फिलिपिन्स, चिली, इन्डोनेशिया, निकारागुवा, पेरु, नेपाल आदी  देशहरुमा समाजवादी सत्ता स्थापना हुनबाट चुक्यो । तरपनि प्रश्न ज्वलन्त छन् के ति देश लगाएत विश्वमा शोषण, दमन, उत्पीडन उन्मुलन भएको छ ? अवश्य छैन । के त्यहाँ आर्थिक संकट छैन ? अहिलेको विश्व झनै चरम आर्थिक संकट तर्फ गैरहेको छ । के विश्व बर्ग बिहिन भएको छ ? अवश्य छैन । के अहिलेको विश्वमा अन्तर्विरोध छैन ? अवस्य छ । बरु, अन्तरर्विरोध झनै चर्किएको छ । आज अन्तर्विरोधको कुरा गर्दा साम्राज्यवादी – साम्राज्यवादीका बीचमा, साम्राज्यवादी र पूँजीवादी बीचमा, पूँजीवादी साम्राज्यवादी र समाजवादी भन्नेहरु बीचमा, उत्तर—साम्राज्यवादी र उत्पीडित राष्ट्रहरु बीचमा केन्द्रीत  छ र त्यो युद्ध उन्मुख छ । के अहिले विश्वमा आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिक, आणवीक होडबाजी छैन ? अवश्य छ । त्यो झनै विष्फोटक अवस्थामा छ । 

यस्तो अवस्थामा रहेको विश्व परिवेशमा हामी ठोकुवा गर्न सक्छौ, क्रान्ति जिउँदो छ । क्रान्ति निरन्तर छ ।  माक्र्सवादी दर्शन पराजित भएको छैन । कम्युनिस्ट विचार, सिद्धान्त मरेको छैन । क्रान्ति संभव छ । वैज्ञानिक समाजवाद अनिवार्य छ र वैज्ञानिक समाजवादी क्रान्ति अनिवार्य छ । एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने विषय समय सान्दर्भिक र वस्तुपरक छ । त्यसैले त दलाल पुँजिवादी सत्ताका मतियार, फासिवादका हिमायती केपी – प्रचण्ड मण्डलीहरुलाई हाम्रो पार्टी र हाम्रो पार्टीले बोकेको दर्शन, विचार, सिद्धान्त, नीति कार्यक्रम मुटुको किला बनेको हो । त्यहाँबाट अतालिएर दलालहरुले हाम्रो पार्टीलाई प्रतिवन्द लगाएका छन । दमन र षडयन्त्रमा उत्रिएका छन । क्रान्तिप्रति पागलपूर्ण अफवाह फैलाएका छन । उत्तरसाम्राज्यवादीसँग हार–गुहार गरिरहेका छन । हुने नहुने लम्पट तर्कहरु गर्दै जनतालाई भ्रम छरिरहेका छन । क्रान्तिको दौरान शाषकबर्गमा यसप्रकारको निक्रिश्ट रुवाबासी संसारभर हिजपनि थियो र आज पनि हुने गरेको छ । 
माक्र्सले भनेका छन, “दास युग देखि आज सम्मको ईतिहास बर्ग संघर्षको हो ।” बर्ग संघर्ष साम्यवादी समाज स्थापना नहुने बेला सम्म निरन्तर चलिरहने विषय हो । जबसम्म समाजमा शोषण, दमन, उत्पीडन रहन्छ तबसम्म क्रान्ति चलिरहन्छ । क्रान्ति जित्न माक्र्सवादी दर्शन, क्रान्तिकारी कम्युनिस्ट, विचार–सिद्धान्त र कार्यदिशा पाहिलो सर्त हो । माक्र्सवादी दर्शन, सहि क्रान्तिकारी कम्युनिस्ट विचार–सिद्धान्त र कार्यदिशाले लैस भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, त्यसको नेतृत्वमा सेना र संयुक्त मोर्चा (सत्ता) दोश्रो अनिवार्य सर्त हो । यि पहिलो र दोश्रो सर्तलाई आत्मसाथ गरेर हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी सकृय, गतिशिल र जनसमक्ष क्रियाशिल तथा जनप्रीय छ । क्रान्ति जित्ने विश्वास सहित अघि बढेको छ । साम्राज्यवादी, प्रतिक्रियावादी, अवसरवादी र क्रान्ति गर्न सकिन्न भन्ने विचलनकारी चिन्तन बोक्नेहरुको उत्तर साम्राज्यवादी, प्रतिक्रियावादी, अवसरवादी विचारलाई खारेज गरेर अघि बढिरहेको छ । 

वैज्ञानिक समाजवादी क्रान्तिको शिक्षा ः 
वैज्ञानिक समाजवादी क्रान्तिको शिक्षाको बारेमा चर्चा गर्दा केहि सन्दर्भहरुलाई उल्लेख गर्नु अनिवार्य हुन्छ । जसले वैज्ञानिक समाजवादी सत्ता र विचारको सवैभन्दा ठुलो हिस्सा ओगटेका थियो । पेरिस कम्युन  १८७१ मार्च १८ मा स्थापना भयो तर, त्यो धेरै दिन टिक्न सकेन । त्यसो हुनुमा त्यहाँ कैयौ कमजोरीहरु भएको मान्न सकिन्छ । विश्व सर्वहारा बर्गका महान नेता तथा दार्शनिक कार्ल माक्र्सको भनाईमा पेरिस कम्युन टिक्न नसक्नुका यी ४ मुख्य कारणहरु थिए । ति हुन  १. बुर्जुवाहरू माथि सर्वहारा अधिनायकत्व लागूगर्न नसक्नु, २. सेना निर्माण गर्न नसक्नु, ३. बैक जस्ता वित्तीय संस्थाहरूमा कब्जा गर्न नसक्नु,  ४. वुर्जुवा वर्गले दिएको झुठो आश्वासनप्रति बढि विश्वास गर्नु मुख्य थियो । अन्य कैयौ कारणले गर्दा पेरिस कम्युन छिटै ढल्यो । त्यसका अर्को महत्वपूर्ण पक्ष भनेको साम्राज्यवादी र उत्पीडित बर्ग बीच चलेको बर्गसघर्षको तिर्बताको कारण रहेको छ  । यी अवस्थालाई हेर्दा पेरिस कम्युन विश्व कम्युनिस्ट आन्दोलनका लािग निकै ठुलो शिक्षाप्रद विषय बन्न गयो ।    

रुसमा अक्टुवर क्रान्ति (सन् १९१७ नेभेम्वर ७ ) मा सम्पन्न भयो । र, पहिलो वैज्ञानिक समाजवादी देशको रुपमा सोभियत समाजवादी सत्ताले विश्वसामु क्रान्तिको लाल झण्डालाई फहरायो । त्यसले संसारभर कम्युनिस्ट दर्शन र विचारलाई अग्रस्थानमा ल्याउन सफल भयो । सर्वहारा बर्गले संसारका ठुल्ठुला तानाशाहरुलाई पनि पराजित गर्न सक्छन् भन्ने शिक्षा दियो । त्यसले दर्शन, राजनीति, संगठन र अन्तर्राष्ट्रिय सम्वन्धको नयाँ कोशेढुङ्गा सावित हुन गयो । अक्टोवर क्रान्तिले विश्व कम्युनिस्ट आन्दोलनमा कैयौ महत्वपूर्ण योगदानहरु दिएको छ । जसले संसारभरी चल्ने उत्पीडित बर्गको क्रान्तिमा ठुलो उथलपुथल ल्यादिएको छ ।  त्यसमा यी विषयहरु मुख्य छन् १. वैज्ञानिक समाजवाद स्थापना गर्नु । २. सर्वहारावर्गीय अधिनायकत्व लागू गर्नु । ३. माक्र्सवादको आधारमा पार्टी संगठन निर्माण गर्नु । ४. कम्युनिस्ट पार्टीको संगठनात्मक पद्दतिको विकास गर्नु । ५. तेस्रो अन्तर्राष्ट्रिय स्थापना र विकास गर्नु ।  ६. सशस्त्र विद्रोहको कार्यदिशा निर्माण गर्नु । ७. समाजवादलाई विश्वभर फैलाउनु । ८. माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गर्नु र ९. बन्दुकको बलमा टिकेको शासनबाट छुट्टि पाउन बन्दुक नै उठाउनु पर्दछ भन्ने मान्यतालाई स्थापीत गर्नु आदी रहेका छन् । रुसले आज विकाश गरेको सम्पूर्ण श्रोत, पेरणा र मुख्य जग सोभियत समाजवादी सत्ता थियो भन्न कुनै अतियुक्ति रहँदैन । 

त्यस्तै चिनीयाँ नयाँ जनवादी क्रान्ति सन् १९४९ मा सम्पन्न भयो । त्यो सन् १९५७ समाजवादी सत्तामा रुपान्तरण गरियो ।  चिनीया क्रान्तिले पनि विश्व कम्युनिस्ट आन्दोलनमा निकै महत्वपूण योगदानहरु पुर्याउन सफल भएको छ । जनसङ्ख्याको हिसावले सवैभन्दा ठुलो र शक्तिशाली साम्राज्यवादी राष्ट्रहरुलाई समेत जनताले धुलो चटाउन सक्छन् भन्ने कुराको नमुनायोग्य कदम बन्न गयो ।  तिनिहरुलाई यसरी उल्लेखित गर्न सकिन्छ । १. अद्र्धसामन्ती र अद्र्धऔपनिवेशिक देशको आफ्नै मौलिक क्रान्तिका लागि कार्यदिशा निर्माण । २.दीर्घकालिन युद्ध  (जनयुद्ध) को सिद्धान्तको विकास । ३. सर्वहारा साँस्कृतिक क्रान्तिको सिद्धान्त र त्यसको विकास । ४.  निरन्तर क्रान्तिको सिद्धान्त । ५. दोस्रो विश्वयुद्धपछि क्रान्तिको सफलता । ६. साम्राज्यवाद “कागजी बाघ हुन” जतिशुकै शक्तिशाली भएपनि साम्राज्यवादलाई हराउन सकिन्छ भन्ने शिक्षा । ७. जनताको जनवादी अधिनायकत्वको विकास । ८. माक्र्सवाद – लेनिनवादलाई माक्र्सवाद – लेनिनवाद – माओवादमा विकास आदी महत्वपूर्ण छन । विश्वका आधाभन्दा धेरै भुः भागहरुमा स्थापना भएको समाजवादी सत्ताहरु र प्रतिक्रान्तिका शिक्षाहरुलाई आजको कम्युनिस्ट आन्दोलनले राम्रोसँग हेर्नु र बुझ्नु आवश्यक छ । वैज्ञानिक समाजवादको उल्लेखित योगदान र प्रतिक्रान्तिलाई वस्तुनिष्ट सस्लेषण गर्नु र आगामी क्रान्तिको कार्यदिशा तथा कार्य–योजना बनाउनु आजको कम्युनिस्टहरुको मुख्य दायीत्व बन्न गएको छ । अनिमात्र आजको क्रान्तिलाई संगठित गर्न र विजयसम्म पुर्याउन सकिनेछ । यो वस्तुपरक यथार्ततालाई आत्मसाथ गरेर नै नेपाल कम्युनिस्ट पार्टीले कैयौँ दार्शनिक, आर्थिक, राजनीतिक र कार्यादिशाबारे नयाँ नीति र योजनालाई अघि सारेको सन्दर्भ हो । 

माक्र्सवादी दर्शनको जगमा वैज्ञानिक समाजवाद ः  
“प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो” कार्ल माक्र्स रिनीसेजेटुङको लागि लेखिएको लेख सन् १८४२ । दर्शनशास्त्र भनेको प्रकृति, मानव समाज र मानवचिन्तनको विकासको नियमहरुको विज्ञान हो जसले, जीवन र जगतलाई बुझने, बदल्ने र बदलिएको वस्तुलाई विकास गर्ने बौद्धिक हतियार प्रदान गर्दछ ।  
दर्शन शास्त्रमा २ ओटा पक्षधरता छन् र दुई विश्वदृष्टिकोण पनि । आदिम साम्यवादको अन्त भएर दास युगको प्रारम्भसँगै मानव जीवन र जगतलाई बुझने दुई दर्शनशास्त्रको उदय भएको हो । ती दुई दर्शन शास्त्रमा भौतिकवाद र आदर्शवाद मुख्य हुन् । यी दुई दर्शनमा निम्न भिन्नताहरु छन् । क) पदार्थ र चेतनामा पदार्थ पहिलो हो र चेतना पदार्थबाटै विकाश भएको हो भन्ने भौतिकवादी दर्शन । ख) चेतना पहिलो हो र चेतनाकै उपज पदार्थ हो भन्ने मान्यता राख्ने आदर्शवादी दर्शन । भौतिकवादी दर्शनले जीवन र जगतलाई बुझने, विश्लेषण गर्ने तथा सस्लेषण गर्ने विधी द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादलाई अवलम्वन गरेको हुन्छ भने, आर्दशवादी दर्शनले अधिभुतवादी दृष्टिकोण अवलम्वन गर्दछ । भौतिकवादी दर्शनले सामाजिक जीवन, प्रकृति र व्रहमाण्ड बोधगम्य छ भन्दछ भने, आदर्शवादी दर्शनले यि सवै अवोधगम्य छ भन्ने मान्यता राख्दछ । त्यस्तै भौतिकवादी दर्शनले यो संसारका हरेक वस्तु गतिशिल  र परिवर्तनशिल भएको कुरा स्वीकार गर्दछ भने आदर्शवादी दर्शनले स्थिर भएको कुरा बताउछ र अस्थिरताका कारण इश्वरीय वा अलौकिकतालाई मान्दछ । भौतिकवादी दर्शनले गति र परिवर्तनको कारण पदार्थभित्र रहेको अन्तरविरोधलाई स्वीकार गर्दछ, भने आदर्शवादी दर्शनले आत्म वा परमात्मालाई मान्दछ यी दुई दर्शनमा देखिएको मुख्य फरक यिनै हुन ।    

यहाँ हामीले अथवा कम्युनिस्टहरुले मान्ने दर्शन भनेको भौतिकवादी दर्शन हो । अथवा त्यसलाई माक्र्सवादी दर्शन भनिन्छ ।  कार्लमाक्र्सले जब माक्र्सवादी दर्शनको जग बसाल्नु भयो यसले संसारमा निकै ठुलो हलचल पैदा गरेको छ । र विश्वमा कम्युनिस्ट विचार र सत्ताको मुख्य कारक तत्व माक्र्सवादी दर्शन बन्न गयो ।  जसले संसारका आधाभन्दा धेरै भुः भागहरुमा वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न सफल भयो र आजसम्म पनि यो प्रकृया (क्रान्ति) निरन्तर जारी रहेको छ । त्यो विचार आजपनि बेगवानरुपमा अघि बढिरहेको छ । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले माक्र्सवादी दर्शनकै जगमा वैज्ञानिक समाजवाद स्थापना गर्ने कुरालाई दह्रोसँग पकडेको हो ।  

जब कार्लमाक्र्सले जर्मनेली शास्त्रीय दर्शन – इमानुयल कान्टको अज्ञेयवाद, जर्ज विल्हेल्म हेगेलको द्वन्द्ववादी – आदर्शवाद र लुडविग फायरबाखको अधिभूतवादी – भौतिकवाद, बेलायती राजनैतिक अर्थशास्त्र – एडम स्मिथ, डेविड रिकार्डो, जेम्स रोवर्ट माल्थस, फ्रान्सिसी क्रान्ति – सेन्ट साइमन, चाल्र्स फुरिये र रोबोट ओभेन जस्ता दार्शनिकहरुका दर्शनहरुमा देखिएका कमजोरीहरुलाई हटाई नयाँ दर्शन भौतिकवादी दर्शन वा माक्र्सवादी दर्शनशास्त्रको स्थापना गर्नुभयो त्यसलेले संसारलाई मथिङ्गल खियाएर सोच्न बाध्य बनायो । र संसारभरीका उत्पीडित मानिसहरुलाई आफ्नो भरोसायोग्य बाटो देखाउन सफल भयो । जसले एकातिर संसारका सम्पूर्ण बस्तुहरुलाई हेर्ने, बुझ्ने, ब्याख्या गर्ने र बदल्ने वस्तुनिष्ट दृष्टिकोण द्धन्द्धात्मक भौतिकवादको विकाश गर्यो भने अर्कोतिर मानवसमाजको विकाशबारे सहि दृष्टिकोण दिन ऐतिहाँसिक भौतिकवादले सक्यो । त्यसका साथै  मानवसमाजमा अर्थ प्रणाली, आर्थिक परिचालन र शोषण आदीबारे माक्र्सवादी अर्थशास्त्रीय दृष्टिकोण अगाडि सार्यो ।  जसले संसारलाई अर्थ शास्त्रीयढङ्गले अघि बढाउन र त्यसको जिवनप्रणालीलाई बुझ्न – बुझाउन कोशेढुङ्गा सावित बनेको छ । 

भौतिकवादी दर्शन वा माक्र्सवादी दर्शनलाई परिष्कृत गर्नेकार्य कमरेड ऐङ्गेल्स, लेनिन, स्टालिन, माओसम्मले आफ्नो मौलिक योगदानहरु दिने कार्य भैरहेको छ । जसले मुलुकको सापेक्षतामा लागु गर्न कैयौँ फराकिलो बाटो बनायो । यहि परिवेशमा आजसम्म पनि क्रान्ति गर्ने पार्टीहरुले आफ्नो मौलिक सापेक्षतामा माक्र्सवादी दर्शनको वस्तुनिष्ट मार्गदर्शन प्रदान गरेको छ । हाम्रो गौरवशाली तथा जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीले संसारभर देखिएका प्रतिक्रान्तिको शिक्षा, अर्थप्रणालीको विकाश र लागु, हाम्रो मुलुकको आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक लगायतका विषयहरुमा वस्तुनिष्ट विश्लेषण गरेर हाम्रै सापेक्षतामा मौलिक कार्यदिशा एकीकृत जनक्रान्ति निर्माण आदी जस्ता विषयहरुमा केहि आफ्ना दृष्टिकोणहरु अघि सारेको छ । र, त्यसलाई पार्टी जिवनमा लागुगर्दै अघि बढेको छ । यी सम्पूर्ण सन्दर्भहरुलाई हेर्दा आजको सन्दर्भमा क्रान्ति जित्न सकिन्छ भन्ने दृढ विश्वास सहित नेपाल कम्युनिस्ट पार्टी अघि बढिरहेको छ । यसरी विश्वभरी चलेका क्रान्तिका सकरात्मक तथा नकारात्मक सन्दर्भहरुलाई हेर्दा वैज्ञानिक समाजवाद स्थापनाको मुख्य दार्शनिक आधार माक्र्सवादी दर्शननै बन्न जानेकुरा निर्विकल्प रहेको छ । 

अन्त्यमा
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ले अघि सारेको नीति–कार्यक्रमलाई उर्लदो जनसमर्थन देखे पछि अतालिएको केपी –प्रचण्ड मण्डलीले दलाल पँुजिवादको तलुवा चट्दै हाम्रो पार्टीमाथि प्रतिवन्दको नाटक मञ्चन गरेर कलाविहिन नाटक प्रहशन दुनियासामु गरिरहेको छ । हत्या, दमन, षडयन्त्र गर्दै क्रान्तिका विरुद्धमा विषबमन गरिरहेको छ । सामाजिक दलाल पुँजिवादी सत्ताको कठपुतली मतियारहरु कस्ता छन् भन्नेकुरा केपी ओलीको घरमै बस्ने, छोरा सरह पालिएका पकलण्ठु विस्वसपात्र गोकुलप्रसाद बास्कोटाको भुमिका हेरेपुगिहाल्छ । साहित्यकार खगेन्द्र सग्रौलाका भाषामा भन्नुपर्दा “गौपुत्रको जाईफल खस्ला र खाउला” भने जस्तै गरी बुरुक – बुरुक बादरे सैलीमा उफ्रिरहेका छन् दलाल सत्ताका असली पाखण्डी मतियारहरु । उनिहरुजस्ता  हैसियत विहिन फासिवादका गौप्राणी र खलपात्रहरुको उफ्राईको हिसाव – किताव नेपाली क्रान्तिले अवश्य गर्नेनै छ । दुनियाका ठुल्ठुला तानाशाहरु हिटलर, मुसोलिनो, जार लगायतले जनतासामु धुलो चाटे भने झुसे बारुलोको उफ्राईले के अर्थ लाग्लार ? सागर छुन निरन्तर बगिरहने नदी जस्तै क्रान्ति बेप्रवाह अघि बढिरहेको छ र बढिरहने छ । माक्र्सवादी दर्शनको जगमा वैज्ञानिक समाजवाद स्थापना गर्ने एकीकृत जनक्रन्तिको महासमर लक्ष्यसम्म पुगिछोड्ने छ । 
धन्यवाद । 


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...