Saturday, November 6, 2021

कहाँ झुकेको छ र ? (सन्दर्भ सहिद सप्ताह)

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः चिरन पुन, बबिता पाख्रीन 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः चमचम गर्ने खुकुरी 

कहाँ झुकेको छ र 
बलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास 
कहाँ लुकेको छ र
सहिदको रगतले सिञ्चिएको हाम्रो इतिहास २  

कोही छुटे बाटैमा हिम्मत हारेर
कोही बिके दुश्मनको गोटी बनेर २  
कोही छौँ जनक्रान्तिको झन्डा नछाडेर 
समाजवाद ल्याइछाड्ने हिम्मत नहारेर 
कहाँ छिपेको छ र
वीरताले कुँदिएको क्रान्तिको हाम्रो इतिहास 
कहाँ हारेको छ र
गौरवताले रङ्गिएको क्रान्तिको हाम्रो इतिहास

बर्बरताको पर्खाल ढाल्न अठोट लिनेहरू
दासताको जञ्जीर तोड्ने राता मान्छेहरू २  
सगरमाथा शिखर नाघ्न उर्लिएकाहरू 
एकीकृत जनक्रान्तिमा निस्किएकाहरू २ 
कहाँ झुकेको छर 
बलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ लुकेको छ र
सहिदको रगतले सिञ्चिएको (हाम्रो इतिहास 
हाम्रो इतिहास) ४ । 
फागुन, २०७४  

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...