Saturday, November 6, 2021

रोल्पाको थबाङ रुकुम चुनबाङ

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
एरेन्ज ः सौगात सायर 
एल्बम ः चमचम गर्ने खुकुरी 

रोल्पाको थबाङ रुकुम चुनबाङ
जनक्रान्तिगर्न जाग्दै छन् फेरि २ 
काँधमा बन्दुक बोकेर २
 
जारको सत्ता हिटलरी दमन जनताको सामु कहाँ टिक्यो खै २ 
राणाको शासन पञ्चको हुकुम नेपाली जनता कहाँ झुके खै २ 
सिस्नेको हिमाल त्यो माछापुच्छ«े धौलागिरिको शिर 
शैलुङ्गेकाख त्योसाँगा–झन्ज्याङ सगरमाथा उच्च शिर
रोल्पाको थबाङ रुकुम चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २ 
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २ 
काँधमा बन्दुक बोकेर २ 

दलाल सत्ता यो जनघात कति दिन सहौँ यो राष्ट्रघात २
नलडी हुन्न नफाली हुन्न मिलेर हामी यो अत्याचार २
पूर्वको मेची त्यो सप्तकोशी कालीगङ्गाको बेग
कञ्चन मस्र्याङ्दी त्यो महाकाली बागमतीमा हाम्रो भेट 
रोल्पाको थबाङ रुकुम चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २ 
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २ 
पुस, २०७३ 




No comments:

Post a Comment

सस्तो मूल्यमा बिक्रीमा छ

सस्तो मूल्यमा बिक्रीमा छ – चिरन सी प्रकाशन ः जनखबर डटकम २०८२ बैशाख, २ (मङ्गलबार) काठमाडौ । आउनुहोस, आउनुहोस, लैजानुहोस, सस्तो मुल्यमा बिक्री...