Saturday, November 6, 2021

हाम्रो दायीत्व ः

अखिल (क्रान्तिकारी) जिल्ला समिति काठमाण्डौ 
मुखपत्र ः विगुल 
प्रकासित मिति  ः २०७७ असोज १५ । 
मिलन
विषय प्रवेश ः 
हामी के आफ्नो मृत्युलाई प्वाँख जस्तो हलुङ्गो होईन, पहाडजस्तो गरुङ्गो र ओजिलो बनाउन सक्छौ ? त्यसो हो भने उत्पीडित बर्गलाई मुक्त बनाउने क्रान्तिकारी मार्गमा बलिदान हुन तयार बनौ ! के हामी सधैभरी लुटिने ब्यवस्था होईन, त्यो लुटिने ब्यवस्था फालिनु पर्दछ भन्ने सोच्छौ ? त्यसो हो भने, हामी जेल, नेल र झुट्टामुद्धा भोग्न तयार बनौ ! दलालसत्ताका मालिकहरु (जो आफुलाई आज जितेको महशुस गर्छन) को दुबैहात मुखमा र दिनभर मेहनत गर्ने श्रमीक तथा उत्पीडितहरुको दुबै हात गोजिमा हुने ब्यवस्थाको अन्त्य होस् भन्ने चाहन्छौ ? त्यसो हो भने एकीकृत क्रान्तिमा सामेल बनौ ! हामीले देशमा चरम भ्रष्टाचार देखेका छौ, कालोबजारीया भोगेका छौ, बलात्कार देखेका छौ, तस्करी भोगेका छौ, हत्या, हिङ्सा बेहोरेका छौ, राष्ट्रघात देखेका छौ, जनघात बेहोरेका छौ तर, बोल्न सक्दैनौ ! लेख्न सक्दैनौ ! संगठित हुन सक्दैनौ ! क्रान्तिमा सामेल हुन सक्दैनौ ! भने, हामी मानिस भएर जिउनुको के अर्थ ? मानिस भएर जन्मिनुको के अर्थ ? हाम्रो जिवन र मृत्यु किडा – मकिडाको जस्तो अर्थहिन हुनेहो भने त्यो जिवन र मृत्युको पनि के अर्थ ? हामीले बुझ्नु पर्दछ, हाम्रो जिवनको अर्थ छ र हुनुपर्छ । हाम्रो मृत्युको पनि अर्थ छ र हुनुपर्छ । त्यसैले त आज हामी एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान कार्यमा जुटिरहेका छौ । त्यसैले त हामीले फेरी क्रान्तिको कुरा गरिरहेका छौ । बलिदानको कुरा गरिरहेका छौ । जेल, नेल, झुट्टामुद्धाहरु समेत बेहोर्ने कुरा गरिरहेका छौ । 

जबसम्म समाजमा बर्ग रहन्छ तबसम्म बर्गसंघर्ष चलिनै रहन्छ विश्वसर्बहारा बर्गका महान गुरु कार्लमाक्र्सले यो कुरा त्यसै भन्नुभएको थिएन । त्यसैले आजसम्म संसारभरका श्रमीक÷उत्पीडितबर्गहरुले यो कुरालाई आत्मसाथ गरिरहेका छन नि ! १० बर्षसम्म संचालीत जनयुद्धमाथि ठुलो गद्धारी, धोकाधडी र प्रतिक्रान्ति भएपछि आज देशमा फेरी तस्करहरु चलमलाईरहेका छन । भ्रष्टाचारीहरु सलबलाईरहेका छन । कालोबजारीयाहरु मौलाईरहेका छन । सुदखोरीहरुको अनुहार हसिँलो बन्दै गैरहेका छन । फटाहा र बदमासहरु फेरी नयाँ नयाँ रङ र रुपमा झुल्किन थालेका छन  । राष्ट्रघात र जनघातका श्रृङ्खलाहरुले नयाँ नयाँ कृतिमान कायम गरिराखेको यो सन्दर्भमा क्रान्तिकारीहरुले केही सोच्ने बेला भैसकेको छ । बहादुरहरुले केही बोल्ने बेला भैसकेको छ । कोभीड १९ को विश्वब्यापी कहर त छँदैछ, विगतका दिनहरुमा पनि विभिन्न समयमा यसप्रकारका महामारीहरु मानव समाजले नबेहोरेको होईन । नतमस्तक दलाल राज्यसत्ताको भर परेर होईन, आफै सचेत बनौ, सामाजिक दुरी कायम राखौ, संयमीत बनौ, आफ्नो मनोबललाई उचो राखौ, अनुशासनलाई पालन गरेर कोभीड १९ माथि विजय प्राप्त गर्नु बाहेक हामीसँग अर्को विकल्प छैन ।  यो परिवेशमा हाम्रो अगाडि उपस्थित दायीत्वहरुलाई पुरागर्न एकतावद्ध बनौ । न्यायप्रेमी जनतासँग एकाकार होऔ । एकीकृत जनक्रान्तिको गर्भिलो यात्रामा लामवद्ध बनौ । त्यसका लागि सहि विश्वदृष्टिकोण, पार्टी÷संगठन, नीति –कार्यक्रमहरु सहि हुन आवश्यक छ । यो लेखमा यसै सन्दर्भमा संक्षीप्त चर्चा गरिने छ ।  
  
विश्व दृष्टिकोण ः 
क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन सहि विश्व दृष्टिकोणको अतिनै खाँचो हुन्छ । सहि विश्व दृष्टिकोण अथवा दर्शन विना हामी एककदम पनि अघि बढ्न सक्दैनौ । त्यसका लागि हामीले माक्र्सवादी दर्शन वा दृष्टिकोणलाई आत्मसाथ गरेका छौ । त्यसलाई हामी कम्युनिस्ट दर्शन पनि भन्न सक्छौ अथवा क्रान्तिकारी दर्शन पनि भन्न सक्छौ । “माक्र्सवादी दर्शन भनेको भौतिकवादी दर्शन हो” “लेनिन – माक्र्सवादका तीन श्रोत र तीन संघटक अंग १९१३ ।” माक्र्सवादी दर्शनशास्त्र भनेको प्रकृति, मानव समाज र मानवचिन्तनको विकासको अतिसामान्य नियमहरुको विज्ञान हो जसले जीवन र जगतलाई बुझने, बदल्ने र बदलिएको वस्तुलाई विकास गर्ने बौद्धिक हतियार प्रदान गरेको हुन्छ । दर्शनशास्त्र एउटा ज्ञान सिद्धान्त हो । “प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो” माक्र्स रिनीसेजेटुङको लागि लेखिएको लेख १८४२ मा बताउनु भएको थियो । 

जव मानवसमाजमा आदिम साम्यवादको अन्त भएर दास युगको शुरुवात भयो त्यसैबेलादेखि जीवन र जगतलाई हेर्ने, बुझने सन्दर्भमा दुई दर्शनशास्त्रको उदय र विकाश हुदै आयो  । ती दुई दर्शन शास्त्रमा भौतिकवाद र आर्दवाद मुख्य हुन् । यसमा निम्न भिन्नताहरु छन् । पदार्थ र चेतनामा पदार्थ पहिलो हो र चेतना पदार्थकै विकसित रुप हो भन्ने दर्शन भौतिकवादी दर्शन तथा चेतना पहिलो हो र पर्दाथ चेतनाको उपज हो भन्ने आदर्शवादी दर्शन । पहिलो दर्शनले जीवन र जगतलाई बुझने र ब्याख्या गर्ने विधी द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादलाई अपनाउछ भने दोश्रोले अधिभुतवादलाई आत्मसाथ गर्दछ  । पहिलोले सामाजिक जीवन, प्रकृति र व्रहमाण्ड बोधगम्य छ भन्दछ भने दोश्रोले अवोधगम्य छ भन्नेकुरा मान्दछ । पहिलोले यो संसार गतिशिल  र परिवर्तनशिल छ भन्ने कुरा मान्दछ भने दोश्रोले स्थीर छ भन्नेकुराको आत्मसाथ गर्दछ । पहिलोले गति र परिवर्तनको कारण पदार्थभित्र रहेको अन्तरविरोधलाई मान्दछ भने दोश्रोले आत्म वा परमात्मा वा ईश्वरको खेल वा अदृष्य शक्तिलाई विश्वास गर्दछ । यो अवस्थामा हामीले अथवा कम्युनिष्टहरुले पहिलो दर्शन वा दृष्टिकोण भौतिकवादी दर्शनलाई मान्दछौ । यसलाई हामीले माक्र्सवादी दर्शन पनि भनिन्छ । यो दर्शन वा दृष्टिकोणनै सहि र वस्तुनिष्ट दृष्टिकोण हो । 
 
“दार्शनिकहरुले संसारको ब्याख्या मात्र गरेका छन् मुख्य कुरा त यसलाई बदल्नु हो” “माक्र्सले फायरवाखबारे निबन्ध १८४५ मा यो कुरा बताउनुभएको थियो । यो कुरा आजपनि त्यतिकै सहि छ । कम्युनिस्टको काम भनेको बुझ्नु मात्र हैन त्यसलाई बदल्नु हो । अब संसारलाई बदलेर मात्र पुग्दैन बदलिएको संसारलाई रक्षा, विकास र रुपान्तरण गर्नुपनि हो । यो कुरा विश्वस्तरमा देखिएको प्रतिक्रान्तिले दिएका शिक्षाहरु हुन । सहि दृष्टिकोण र दर्शनसँग जोडिएको अर्को महत्वपूर्ण प्रश्न भनेको संघर्ष हो । क्रान्ति हो, परिवर्तन हो र रुपन्तरण हो । यस सन्दर्भमा माओले अतिनै सान्दर्भीक कुरा बताउनुभएको छ, “जहाँ वर्ग संघर्ष हुन्छ त्यहाँ मात्र सहि दर्शन हुन सक्छ । ब्यवहार बिना ज्ञान सिद्धान्त र दर्शनबारे छलफल गर्नु समय खेर फाल्नु सरह हो” “ग्रन्थ ९ माओ १९६४”। सहि विश्व दृष्टिकोण वा दर्शनलाई ठिकढंगले बmुझ्न नसक्दा त्यहाँ अनेकौ समस्याहरु पैदा हुने गर्दछन् । विभिन्न खाले अवसरवादहरु देखा पर्दछन् । क्रान्ति र रुपान्तरणमा भ्रमहरु पैदा हुन्छन र अन्त्यत दलाल पुँजीवादको सेवा गर्ने, उत्तर साम्राज्यवादको सेवागर्ने  प्रकृयामा सामेल हुन्छन । विश्वस्तर र नेपालको सन्दर्भमा पनि यो कुरा दिनको घामझै छर्ललङ्ग भएको छ ।  त्यसैले हामीले सहि विश्व दृष्टिकोण वा दर्शनलाई अध्ययन गर्नु पर्दछ । बुझ्नु पर्दछ र बुझेका कुरालाई पार्टी, संगठन, क्रान्तिकारी ब्यवहारमा बदल्न कोशिस गर्नुपर्दछ तथा बदलिएको बस्तुलाई रक्षा, विकास र रुपान्तरण गर्न निरन्तर कोशिस गर्दै जानु पर्दछ । 

पार्टी÷संगठन ः 
हामीले यहाँ क्रान्ति सम्पन्न गर्ने पार्टी÷संगठनको कुरा गरेका छौ । सहि दृष्टिकोण÷दर्शनलाई मानव समाजको जिवन ब्यवहारमा लागु गर्ने, देश, काल, परिस्थिती अनुशार परिचालन गर्ने र क्रान्तिको नेतृत्व गर्ने भनेको सहि र सिद्धान्तनिष्ठ पार्टी÷संगठनले नै हो । त्यसको अभावमा क्रान्ति सम्पन्न हुन सक्दैन । आमुल परिवर्तन हुन सक्दैन । श्रमीक बर्गको आफ्नो राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना हुन सक्दैन । त्यसैले यो कुरा बुझ्न आवश्यक छ । सहि पार्टी÷संगठन बारे कुरा गर्दा महान गुरु लेनिनको एउटा निकै सान्दर्भीक भनाई बताउनु भएको छ । “सर्वहारावर्ग त्यतिबेला मात्र अजेय बन्न सक्दछ, जुन बेला माक्र्सवादी दर्शन÷सिद्धान्तले उसमा प्रार्दुभाव गरेको वैचारिक एकतालाई एक त्यस्तो संगठनको भौतिक एकताले सुदृढ तुल्याउने छ । जसले लाखौंलाख श्रमजीवीहरुलाई मजदुर वर्गको एक सेनामा आवद्ध गर्नेछ ।” । 

सहि पार्टी÷संगठन भनेको सर्वहारा÷श्रमीक बर्गको सचेत, अगुवा तथा संगठित दस्ता हो ।  सर्वहारा÷श्रमीक संगठनको उच्च रुप हो । सवै जन संगठनहरुको उच्च रुप तथा केन्द्रीकृत अभिव्याक्ति हो । मजदुर, किसान र उत्पीडित बर्गको अगुवाको सजिव रुप हो । क्रान्तिकारी परिवर्तन तथा रुपान्तरणको संवाहक हो । आर्थिक, साँस्कृतिक, राजनैतिक, सामाजिक, परिवर्तनको गज भएकाले यसको महत्वलाई सवै नेता कार्यकर्ताले त्यतिकै स्पस्ट बुझाईको आवश्यकता रहिरहन्छ । त्यो बुझाईलाई श्रमीक र उत्पीडित जनतालाई समेत केन्द्रीकरण गर्न हरदम कोशिस गरिरहनु पर्दछ । 

यस सन्दर्भमा कुरा गर्दा पार्टी÷संगठन भित्र अनेकौँ समस्याहरु पनि देखापर्ने गर्दछन् त्यसबाट पार्टी÷संगठन मुक्तहुन कोशिस गरिरहनु पर्दछ । यसलाई यसरी उल्लेख गर्न सकिन्छ । पार्टी÷संगठनकोे अनुशासन मान्ने र नमान्ने ।, सक्रिय रुपमा पार्टी ÷संगठनको काम गर्ने र नगर्ने ।, दुःख कष्ट उठाएर पनि पार्टी÷संगठनको काममा केन्द्रीकृत हुने र नहुने ।, पार्टी÷संगठनमा एकता बचाई राख्न कोशिस गरिरहने र सधै गुटबन्दी, अराजकता, अनुशासन हिनता र फुटपरस्त कार्यमा लाग्न प्रयत्न गरिरहने ।, श्रमजीवि वर्गको बीचमा रहेर पार्टी÷संगठनको कामलाई प्राथमिकता दिने र नदिने ।, सधै क्रान्ति पार्टी÷संगठन र परिवर्तन बारे आशावादी भई आत्माविश्वासका साथ प्रस्तुत हुने र सधै निराशा र अर्कमण्यताको प्रचारगर्नमा रमाउने । आदी आदी छन् ।  

पार्टी÷संगठनलाई चुस्त, दुरुस्त, सक्रीय, जुझारु बनाउदै क्रान्तिको नेतृत्व गर्नसक्ने बनाउनका लागि देखिएका समस्याहरुलाई बारम्बार हलगर्दै जानुपर्दछ । आवश्यकता अनुशार पार्टी÷संगठन भित्र सुद्धिढिकरण र सुद्धिकरणको प्रकृयाहरु लागु गरिरहनु पर्दछ । यहि परिस्थितिलाई ध्यानमा राखेर हाम्रो पार्टीले अहिले सुद्धिकरणको प्रकृया अघिबढाएको छ । यसैसँग पार्टी÷संगठनभीत्र सुद्धिढिकरणको अभियान पनि चलेकै छ ।  “पार्टी शुद्धीकरण पार्टी जीवनको निकै गहन विषय हो । शुद्धीकरणको सार पार्टीका विचार, राजनीति, आचारण, व्यवहार र संगठनमा रुपान्त्रण गर्नु र नयाँ जीवन पैदा गर्नु हो । अर्थात पुरानो जीवनमा पैदा हुने विभिन्न अपूर्णता, असक्तता, खरावी, विचलन र अशुद्धिलाई सफा र शुद्ध गर्ने विशेष प्रकृया हो । पार्टीलाई पुरानो चरित्रबाट नयाँ चरित्रमा, पुरानो दृष्टिकोणबाट नयाँ दृष्टिकोणमा र पुरानो जीवनबाट नयाँ जीवनमा रुपान्त्रण गर्ने कदम हो । मालेमावादी र एकीकृत जनक्रान्तिको विचारमा उठाउने पहल हो । त्यसैले कम्युनिष्ट पार्टीको जीवनका खासखास चरणमा शुद्धीकरण जरुरी पर्छ र पार्टीले संचालन गर्नु पर्छ ।” नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आठौ ऐतिहाँसिक पूर्ण बैठकद्धारा पारीत प्रतिवेदन – २०७६ ।  

हाम्रो पार्टीले यतिवेला “क्रान्तिका लागि सुदृढ पार्टी, सुदृढ पार्टीका लागि शुद्धीकरण र शुद्धीकरणद्वारा पार्टीको रुपान्तरण” भन्ने सैद्धान्तिक मान्यतालाई आत्मसाथ र स्थापीत गर्दै पार्टी÷संगठनभित्र देखापर्ने अवसरवाद, पलायनवाद, वर्गसमन्वयवाद, आत्मसुरक्षावाद, अराजकतावाद, तदर्थवाद, अर्थवाद जस्ता विभिन्न समस्याहरुलाई समाधान गर्ने एउटा जिवन्त सुद्धिकरणको प्रकृयालाई अघि बढाएको छ । “सुद्धिकरणलाई आफ्नो र पार्टीको जिवनमा लागु गरौ, आफैलाई बदल्दै पार्टीलाई नमुनाकृत गरौ”  ऐतिहाँसिक आठौ पूर्णबैठकद्धारा पारीत राजनीतिक प्रतिवेदन २०७६ । यो प्रतिवद्धतालाई पार्टीले अघि सारेको छ । यसले पार्टी ÷संगठनको सम्पूर्ण निकायमा एउटा नयापन दिएको छ । नयाँ विश्वास, जोस– जागर, नयाँ प्रतिवद्धता र नयाँ उत्साह पैदा गरेको छ । यो प्रकृयालाई पार्टी र सवै जनसंगठनहरुले आफ्नो तलसम्मका निकायहरुसम्म निसङ्कोच पुर्याउन आवश्यक र अनिवार्य छ । किनकी हाम्रो पार्टीले क्रान्तिको नेतृत्व त गर्नुनै छ र क्रान्ति जितेर वैज्ञानिक समाजवादी राज्य ब्यवस्था स्थापनापनि गर्नु  छ । त्यसैले पार्टी केन्द्रीय समितिले अघिसारेको यो महान र ऐतिहाँसिक प्रकृयालाई कडाईपूर्वक आत्मसाथ गर्नु बाहेक आजको दिनमा हामीसँग अर्को कुनै विकल्प छैन । 

हामीले सिद्धान्तनिष्ट पार्टी ÷संगठनको बोध गरेका छौ । बैचारिक र राजनीतिक परिपक्कता भएको पार्टी÷संगठनको कुरा गर्ने गरेका छौ । ईमान्दारीता सहित पार्टी÷संगठनको काममा खट्ने नेता÷ कार्यकताको अभावमा पार्टी÷संगठनले आफ्नो गति बढाउने र मति सपार्ने कार्य गर्न सक्दैन । कैयौ नेता÷कार्यकर्ताहरुमा उतार चडाव देखिन्छ । कहिले निकै सकृयजस्तो देखिन त कहिले कता हो कता हराउने प्रवृतिहरु छन । यो पार्टी र क्रान्तिका लागि सहि होईन । जस्तोे सुकै परिस्थितिमा र सुख दुखमा पार्टी÷संगठनमा टिकी रहने र निरन्तरता कायम गरिरहने नेता÷कार्यकता र पार्टी÷संगठनले मात्र आजको दायीत्व र जिम्मेवारीलाई पुरागर्न सकिने छ । “म के दावा गर्छु भने निरन्तरता कायम राख्ने नेताहरुको टिकाउ संगठन नभएमा कुनै पनि क्रान्तिकारी आन्दोलन टिकाउ हुन सक्दैन” । “क्रान्तिकारी कामको लागि क्रान्तिकारी पार्टीमा मुख्यरुपले त्यस्ता मानिसहरु हुनै पर्छ जसले क्रान्तिकारी कामलाई आफ्नो पेशा बनाएका हुन्छन” । “संकलित रचनाहरु रसियाली संस्करण, भाग ४ – पृष्ठ ४५६ क. लेनिन” । विश्व सर्वहारा बर्गका नेता कमरेड लेनिनले राख्नु भएको यो सन्दर्भहरु आजका दिनमा पनि हाम्रा लागि त्यतिकै सान्दर्मीक छन । यो विषयहरुलाई हामीले सधै आत्मसाथ गर्दै आफ्नो संगठन र समितिहरुमा लागु गर्न प्रयत्नशिल रहिरहनु पर्दछ । 

सहि पार्टी÷संगठनको कुरा गर्दा त्यसमा गोलवन्द हुने नेता÷कार्यकताहरुले सधै जुझारु भाव राख्छौ कि राख्दैनौ ? सधै  विद्रोही बन्न सक्छौ कि सक्दैनौ ? निरन्तर सिकारु बन्न कोशिस गर्छौ कि गर्दैनौ ? सधै सृजनात्मक बन्छौ कि बन्दैनौ ?  पार्टी÷संगठनमा सधै समर्पण भाव राख्छौ कि राख्दैनौ ? ईमान्दारीताका साथ पार्टी÷संगठन र क्रान्तिको अनुशासनमा बस्छौ कि बस्दैनौ ? पार्टी÷संगठनको विधी÷पद्धतिलाई मान्छौ कि मान्दैनौ ? निरन्तर संघर्षप्रमी हुन्छौ कि हुदैनौ ? जनमुखी चरित्रलाई आत्मसाथ गर्छौ कि गर्दैनौ ? संगठनात्मक, साँस्कृतिक, व्याक्तिगत, सामाजिक, आर्थिक, राजनीतिक अनुशासनको पालना कडाईपूर्वक गछौ कि गर्दैनौ ? आफु भित्रको खराबीका विरुद्ध, गलत विचार, पद्धती र सिद्धान्तको विरुद्ध र बाहिरी दुष्मनहरुको विरुद्ध आखा रातो पार्छौ कि पार्दैनौ ? सहि विचार, नीति, कार्यक्रम, सिद्धान्त, राजनीति र दर्र्शनलाई आत्मसाथ गर्ने, खोज अनुसन्धान गर्ने र सधै अध्ययन अनुसन्धान गर्ने कार्यमा कटिवद्ध बन्छौ कि बन्दैनौ ? यी र यस्ता विषयहरु निकै महत्वपूर्ण विषयहरु हुन । हुनत हामीलाई यी विषयहरु सधै सुनेजस्तै, सधै जाने–बुँझे जस्तै लाग्न सक्नेछ तर यी विषयहरु पार्टी ÷संगठनमा गोलवन्द्ध हुने प्रारम्भ देखि जिवनको अन्तिम अवस्थासम्म लागु हुने र मनन गर्ने विषयहरु हुन । यसलाई हामीले सधै ध्यान दिदै एकीकृत जनक्रान्तिमा सामेल बन्नु र बनाउने कोशिष गरिरहनु पर्दछ ।
  
नीति ÷कार्यक्रम ः 
कुनैपनि पार्टी÷संगठनमा उसले तय गर्ने नीति÷कार्यक्रमले समाज र क्रान्तिलाई कुन दिशातर्फ लैजाने र त्यसले बस्तुनिष्ट नेतृत्व गर्न सक्छ वा सक्दैन भन्ने कुराको निर्धारण हुन्छ । नीति÷कार्यक्रमको कुरा गर्दा माओको यो भनाईलाई मनन गर्नुपर्ने आवश्यकता छ । “नीति र कार्यनीति पार्टीका ज्यान हुन, सवै स्तरका नेता कामरेडहरुले यसबारे पुरा ध्यान दिनै पर्छ र कुनै पनि हालतमा यसबारे लापरबाही गर्नु हुन्न” “परिस्थितिको विषयमा परिपत्र – मार्च २०, १९४८ क. माओ” । एकीकृत जनक्रान्ति सम्पन्न गर्न हामीलाई सहि नीति÷कार्यक्रमको अतिनै खाँचो पर्दछ । हाम्रो जनप्रीय पार्टी स्थापना काल देखिनै यो कुरामा निकै घनिभुत छलफल र उच्च जनवादी तरिकाले बहसहरु संचालन गर्दै आफ्नो रणनीतिक र आवधिक ÷कार्यनीतिक प्रश्नहरुमा सहि नीति, योजना र कार्यक्रमहरु तय गर्दै आईरहेको छ । त्यसलाई जनताको बीचमा पुर्याउन समेत मेहनत गर्दै पनि आईरहेको छ । त्यसैले गर्दा नै हाम्रो पार्टीका नीति÷कार्यक्रम र योजनाहरु दुस्मनका लागि मुटुको किला सावित भएको छ । परिणामत दलाल सत्ताले हाम्रो पार्टी, नीति र कार्यक्रम माथि प्रतिवन्द थोपरेको छ । दुस्मनहरु अतालिएर पार्टी र जनसंगठनका नेता कार्यकर्ताहरुलाई झुट्टा मुद्धामा फसाउने, जेल– नेलमा थुनेर क्रान्तिको प्रवाहलाई रोक्न खोज्न मुतेन्यानो तरिका यो केपी नेतृत्वको दलाल सरकारले अपनाएको छ । तर हत्या, हिँसा, दमन र अत्याचारले क्रान्ति रोकिदैन । यस्ता आततायी घटनाहरुले क्रान्तिलाई झनै उर्जा थपिरहन्छ । र जनतालाई दुस्मनसँग जुध्न झनै प्रेरित गर्दछ । 

अहिले हाम्रो पार्टीले एकातिर तात्कालिन राजनीतिक विषयहरुमा सहि नीति, कार्यक्रम र योजना सहित संघर्षमा केन्द्रीत बन्नु हाम्रो आजको कार्यनीतिक अनिवार्य दायीत्व बन्न जान्छ भने अर्कोतिर एकीकृत जनक्रान्ति सम्पन्नगर्ने विषयहरु र त्यसको तयारीको पक्षलाई प्रभावकारी र घनिभुत बनाउने कुरामा त्यतिकै महत्वका साथ जोड दिदै जानु पर्ने दायीत्व र जिम्मेवारी हाम्रो काँधमा छ । यी दुवै कार्यलाई कुशलतापूर्वक अघि बढाएर मात्र हामीले एकीकृत जनक्रान्तिलाई अघि बढाउन र जित्न सक्नेछौ । भने अल्पकालिन हिसाबले दलाल सत्ताले राष्ट्र र जनतामाथि लादेको राष्ट्रघात, जनघात, भ्रष्टाचारका विरुद्ध सहि संघर्षका कार्यक्रमहरुको तय र नेतृत्व गर्ने सकिने छ । 

अहिले हाम्रो पार्टीले राष्ट्र र नेपाली जनतामाथि भै रहेका सम्पूर्णखाले उत्पीडनहरुका विरुद्ध सहि नीति÷कार्यक्रमहरु सहित संघर्षको नेतृत्व गर्दै आईरहेको छ । भने आजको आर्थिक, राजनीति, सामाजिक, साँस्कृतिक परिवेशका विशेषताहरुलाई सहि र वस्तुनिष्ट विष्लेषण गरेर नेपाली क्रान्तिका विशेषताहरु सुचिकृत गरेको छ । कार्यदिशा सहि हुनु र नहुनुले क्रान्तिको बिजयलाई सुनिश्चित गर्दछ भन्ने महत्पूर्ण भनाईलाई आत्मसाथ गर्दै बस्तुनिष्ट नेपाली क्रान्तिका विशेषताहरु हाम्रो पार्टीले अघि सारेको हो ।  यसलाई निम्न बुदाँहरुमा राखेर हेर्न सकिन्छ । 
एकः हाम्रो देशको भूपरिवेष्ठित अवस्था 
दुई ः आज विकाश भएको  गाँउ  शहरको सम्वन्ध र विकाश (नगरसमाजको विकाश), 
तीन ः विज्ञान र प्रविधीको विकाश, 
चार ः नयाँ श्रमिक वर्गको विकाश (मध्यम बर्ग), 
पाँच ः जाति÷जनजातिको बसोवास र आज विकाश भएको अन्तरसम्वन्ध, 
छ ः देशभक्त शक्तिको प्रभाव र उपस्थिति, 
सात ः दलाल पूंजीवादी चरित्र र प्रभाव रहेका छन । 
एकीकृत जनक्रान्तिका यी विशेषताहरु आफ्नै मौलिक धरातलमा उभिएका छन । कुनै पनि देशको वस्तुगत विशेषतामा आधारित रहेर नीति, कार्यक्रम र कार्यदिशाहरु तय गरिएन भने क्रान्तिले भड्कावको दिशा समात्न पुग्दछ । त्यसैले देशको आफ्नो मौलिक आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक विशेषताहरुको सहि मुल्याङ्कन गरेर तय गरिने सहि क्रान्तिको कार्यदिशाले मात्र क्रान्तिलाई विजयसम्म पुर्याउन सकिने छ ।   

हाम्रो पार्टीले नेपाली क्रान्ति सम्पन्न गर्नका लागि एकीकृत जनक्रान्तिलाई कार्यदिशाको रुपमा अघि सारेको छ । त्यसैको जगमा क्रान्तिका ५ (पाँच) आधारहरुका सन्दर्भमा ब्यापक छलफल गरेर निष्कर्ष समेत निकालेको छ । जसमा पहिलोः वैचारिक – राजनीतिक आधार, दोश्रो ः साँगठनिक आधार, तेश्रो ः संघर्ष सम्वन्धी आधार, चौथो ः आर्थिक आधार, पाँचौ ः विज्ञान र प्रवृतिगत आधार रहेका छन् । तत्सम्वन्धी पार्टीले सहि नीति, योजना र कार्ययोजना जनताको वीचमा अघि सारेको छ । जुन नेपाली क्रान्ति सम्पन्न गर्नका लागि अनिवार्य ध्यान दिनुपर्ने विषयहरु हुन । यी सन्दर्भहरुलाई हामीले हेर्ने, बुझ्ने मात्र हैन हाम्रो साङ्गठनिक जिवनमा वा क्रान्तिको जिवनमा लागु गर्ने पर्दछ । अनिमात्र हामीले देखेको र अनिवार्य पुग्नुपर्ने सुन्दर राजनीतिक ब्यवस्था वैज्ञानिक समाजवादमा पुग्न सक्नेछौ । 

अन्त्यमा ः 
आज देश चौथर्फी संकटमा फसेको छ । परिवेशहरु जटिल मोडमा छ । नयाँ नयाँ संभावनाहरुको निकटतामा हामीहरु छौ ।   हामी क्रान्तिकारी कामको प्रकृयामा लागेकाले संकटहरुलाई हरेक समय नयाँ संभावनामा बदल्न कोशिस गरिरहेका छौ । निस्सासीयको र मुर्झीएको नेपाली क्रान्तिले फेरी आशाका किरणहरु प्रवाह हुन थालिसकेको छ । दलाल सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद भन्ने बहसहरु यत्रतत्र हुने प्रकृयाको आरम्भ भैसकेको छ । यथास्थितिको हल एकीकृत जनक्रान्तिले मात्र गर्न सक्छ र त्यसको नेतृत्व हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ भन्ने सवैलाई स्पस्ट हुदै गईरहेको छ । वैज्ञानिक समाजवाद स्थापनाका लागि विशाल धु्रविकरणका प्रकृयाहरु आरम्भ भैसकेका पनि छन । यो सन्दर्भमा हामी र हाम्रो पार्टीमाथिको दायीत्व, जिम्मेवारी र भुमिकालाई अहम्ढंगले पुरा गर्न कटिबद्धताका साथ लागौ । विजय सुनिस्चित छ । वैज्ञानिक समाजवादको भविश्य उज्जल छ ।  
२, भाद्र २०७७ 
धन्यवाद ।  



No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...