Saturday, November 6, 2021

चमचम गर्ने खुकुरी

रचना÷सङ्गीत ः चिरन 
स्वर ः चिरन, बबिता, निर्मला, रमण 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः चमचम गर्ने खुकुरी 


चमचम गर्ने खुकुरी शान लाउने बेला भो २ 
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
बेला भो, बेला भो २ 
फेरि जङ्घार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो
दुश्मनसँग भिड्ने बेला भो 
चमचम गर्ने खुकुरी सान लाउने बेलाभो २  

कायरहरू सङ्कटबाट घुँडा टेकी भाग्छन् 
वीरहरू क्रान्ति गर्छन् र दुश्मनलाई जित्छन् २ 
सडेगलेको यो सत्ता ढल्छ पक्कै ढल्छ
क्रान्तिले आफ्नो बाटो आफैँ खन्दै जान्छ २ 
बेला भो, बेला भो,
आँधीबेहरी ल्याउने बेला भो
आगोसँग खेल्ने बेला भो
अस्त्र शस्त्र बोक्ने बेला भो
दलालहरू ठोक्ने बेला भो
चमचम गर्ने खुकुरी गर्ने खुकुरी सानलाउने बेलाभो २  

राष्ट्रघाती कालोसत्ता कब्जा गरिछाड्छौँ
लुटाहाको जालीसंसार ध्वस्त पारिदिन्छौँ २
मक्किएको यो सत्ता एकधक्कामै फाल्छौँ 
वर्गबैरी सखाप पार्दै हाम्रो लक्ष्य चुम्छौँ २ 
बेला भो, बेला भो 
तुफानसँग खेल्ने बेला भो
विस्फोर्टहरू हेर्ने बेला भो
एम्बुसहरू फुल्ने बेला भो
क्रान्तिमोर्चा खुल्ने बेला भो
चमचम गर्ने खुकुरी शान लाउने बेला भो २  
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
बेला भो, बेला भो २ 
फेरि जङ्घार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो
दुश्मनसँग भिड्ने बेला भो 
चमचम गर्ने खुकुरी सानलाउने बेलाभो २  
फागुन, २०७४ 


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...