Saturday, November 6, 2021

हजार अप्ठ्यारा आउन सक्छन्

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः बबिता पाख्रीन
एरेन्ज ः वि वि अनुरागी 
एल्बम ः चमचम गर्ने खुकुरी 


हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा २  
(सुवासिलो सुगन्ध छर्न) २ 
(फल्नू फुल्नू यही माटोमा) २ 

निस्पट्ट त्यो अँध्यारो चिर्न (जून बनेर आऊ) २ 
विषालु काँडा पन्छाउँदै (फूल बनेर आऊ) २।२ 
जुन बनेर आउ फुल बनेर आउ २  
हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा 

कठीन घुम्ती उमङ्गयात्रा (रोक्दै नरोकी आऊ) २ 
हजारौँ चोट सहेर पनि (मुस्कान बोकेर आऊ) २।२ 
रोक्दै नरोकी आऊ मुक्कान बोकेर आऊ २  
हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा 
(सुवासिलो सुगन्ध छर्न) २ 
(फल्नू फुल्नू यही माटोमा) २ 
पुस, २०७४ 

No comments:

Post a Comment

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।