Saturday, November 6, 2021

नरुनू आमा नरुनु बाबा

रचना÷संङ्गीत ः चिरन पुन 
स्वर ः सुनिता थिङ 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः चमचम गर्ने खुकुरी 

नरुनू आमा, नरुनू बाबा २ 
लड्न जाँदैछु, म त लड्न जाँदैछु  
जित्न जाँदैछु, म त जित्न जाँदैछु 
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदैछु  
हजार चोट सहनुभन्दा जित्न जाँदैछु  
नरुनू आमा, नरुनू बाबा  
 
कानुन छ भन्छन् – दिनै चेली बलात्कार, (खै रोक्न आज सकेको) २
सरकार छ भन्छन् – लाखौँ युवा बिदेसिए, (खै छेक्न आज सकेको) २ 
यो कस्तो कानुन हो यो कस्तो कानुन हो 
यो कस्तो सरकार हो यो कस्तो सरकार हो 
नरुनू आमा नरुनु बाबा 
 
चिचिला बाबुनानी भोकले रुँदा (झर्को नमानी सम्झाइदिनू) २
दुष्टले आई घर घेरा हाल्दा (एक थोपा आँसु नबगाइदिनू) २ 
यो दलालसत्ता हो यो दलालसत्ता हो  
यो भ्रष्ट सरकार हो यो भ्रष्ट सरकार हो  
नरुनू आमा, नरुनू बाबा २ 
लड्न जाँदैछु, म त लड्न जाँदैछु  
जित्न जाँदैछु, म त जित्न जाँदैछु 
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदैछु  
हजार चोट सहनुभन्दा (जित्न जाँदैछु) ४    
साउन, २०७५ 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...