Saturday, November 6, 2021

विदेशी गल्ली गल्लीमा

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः निर्मला घिसिङ
एरेन्ज ः आशिस अविरल 
एल्बम् ः चमचम गर्ने खुकुरी 

कसले पु¥यायो तिमीलाई  
अरबको खाडीमा, त्यो मरुभूमिमा, मलाया छाउनीमा, (विदेशी गल्लीगल्लीमा)     
रहरले हो कि बाध्यताले  
दस हन्डर खानुमा, सीमा काटी जानुमा, जीवन उतै फाल्नुमा (भारतको गल्लीगल्लीमा) २   
 
कहिलेसम्म देश छाडी लर्को लागी जाने तिमी पराईको देशमा  
तातोरातो खुन पसिना किन बस्छौ बगाएर बिरानो त्यो ठाउँमा  
हाम्रै परिवेशमा जाँगर चलाउनु छ  
आफ्नै सुन्दर देशमा मोती फलाउनुछ २ 
कसले पु¥यायो... 
 
कति दिन बस्छौ तिमी देश लुटिएको हेरी परदेशी ठाउँमा  
रातदिन ठाउँठाउँमा सीमा मिचिएको फेरि हाम्रो आफ्नै देशमा 
फर्की आऊ परदेशबाट देश सिँगार्नुछ  
हाम्लाई शोषणमाथि क्रान्ति चर्काउनुछ २    
कसले पु¥यायो तिमीलाई  
अरबको खाडीमा, त्यो मरुभूमिमा, मलाया छाउनीमा, (विदेशी गल्लीगल्लीमा)    
रहरले हो कि बाध्यताले  
दस हन्डर खानुमा, सीमा काटी जानुमा, जीवन उतै फाल्नुमा (भारतको गल्लीगल्लीमा) २   
कस्ले पुर्यायो... । 

चैत, २०७४ 


No comments:

Post a Comment

सस्तो मूल्यमा बिक्रीमा छ

सस्तो मूल्यमा बिक्रीमा छ – चिरन सी प्रकाशन ः जनखबर डटकम २०८२ बैशाख, २ (मङ्गलबार) काठमाडौ । आउनुहोस, आउनुहोस, लैजानुहोस, सस्तो मुल्यमा बिक्री...