Sunday, July 31, 2016

खबरदार दुश्मनहरू

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः टेक, रमन, आरोह, निर्मला, सोनु, विमला
एरेन्ज ः आशिष अविरल 
एल्बम् ः लौ आयो रातोखबर 

खबरदार दुश्मनहरू (तिम्रो काल आयो) २ 
जनतालाई लुटिखाने (तिम्रो दिन गयो) २ 
लेफ्ट राईट लेफट ४ 
लेफ्ट राइटको तालमा खुकुरी भिरेर 
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१ 

दलाली सत्ताको अब (सहँदैनौँ दमन) २
भ्रष्ट यो जाल झेल अब (चाहँदैँनौ हैकम) २ 
जेल हाले स्पातझैँ बन्छ 
क्रान्तिको लागि यो मन 
एक मरे लाखौँ जन्मिन्छ 
बाँधेर शिरमा कफन 
लेफ्ट राइट लेफ्ट ४  
लेफ्ट राइटको तालमा खुकुरी भिरेर 
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१ 

विस्तारवादीको अब (चाहँदैनौँ दमन) २ 
साम्राज्यवादीको अब, (सहँदैनौँ हैकम) २ 
दमन गरे विष्फोट भैदिन्छौँ 
फाल्छौ बरु यो जीवन 
मुक्त हुन्छौँ संसार जित्दै 
तोडेर सबै बन्धन
खबरदार दुश्मनहरू (तिम्रो काल आयो) २ 
जनतालाई लुटिखाने (तिम्रो दिन गयो) २ 
लेफ्ट राईट लेफट ४ 
लेफ्ट राइटको तालमा खुकुरी भिरेर 
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१ । 

२०७३ 

No comments:

Post a Comment

सस्तो मूल्यमा बिक्रीमा छ

सस्तो मूल्यमा बिक्रीमा छ – चिरन सी प्रकाशन ः जनखबर डटकम २०८२ बैशाख, २ (मङ्गलबार) काठमाडौ । आउनुहोस, आउनुहोस, लैजानुहोस, सस्तो मुल्यमा बिक्री...