Sunday, July 31, 2016

फर्क स्वदेश नेपाली

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः बविता पाख्रीन
एरेन्ज ः आशिष अविरल 
एल्बम ः लौ आयो रातो खबर 
फर्क स्वदेश नेपाली दाजुभाइ 
आफ्नै देश सुन्दर पार्नलाई २ 
हुँदैन हामीलाई विदेशीको भर 
फर्कौँ है सँगी हो आफ्नै जन्म घर २

ती तिम्रा सानो भाइले पर्खेर बाटो हेर्दै छन्
ती तिम्री सानी बैनीले सम्झेर सधैँ रुँदै छिन् 
यी वृद्ध आमा नि टोलाइरहेछिन्
ती तिम्री सङ्गीनी बोलाइरहेछिन् २ 

यो हाम्रो मातृभूमिलााई विदेशीले नङ्ग्रा गाड्दै छ 
त्यो तिम्रो सानो गाउँमा फटाहाले राज गर्दै छ 
गाउँ घर सबैले तिमीलाई खोज्दै छ 
क्रान्तिको बाटोमा लम्क भन्दै छ २ 

दलालीको बादशाहलाई मिलेर सँगै फालौँला
साम्यवादको निर्माण गरी बल्ल पो थकाइ मारौँला 
नेपाली जनताको यही सल्लाह छ
दुश्मनको किल्लामा खैलाबैला छ २ 

फर्क स्वदेश नेपाली दाजुभाइ 
आफ्नै देश सुन्दर पार्नलाई २ 
हुँदैन हामीलाई विदेशीको भर 
फर्कौँ है सँगी हो आफ्नै जन्म घर २
फर्कौँ है सँगी हो आफ्नै जन्म घर २ । 
२०५३  

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...